आईतवार, भाद्र २९, २०७६

    राज्य-समाज

    नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास

    शनिबार, चैत्र २४, २०७४ साल
    नयाँ दिल्ली, २४ चैत : भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्नुभएको छ ।  हैदराबाद हाउसमा आयोजित विशेष समारोहमा उक्त पाइपलाइनको शिलान्यास गरिएको होे । अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा गत फागुनको अन्तिम सातादेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु भइसकेको छ । हालसम्म करीब तीन किलोमिटर पाइपलाइन बिच्छ्याइसकिएको छ ।  मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम..

    नेत्रविक्रम चन्द (विप्लव) का गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा

    शनिबार, चैत्र २४, २०७४ साल
    चितवन, २४ चैत : गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका छन ।  प्रेस सेन्टर र प्रेस चौतारीले शनिबार यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक भएको उनले बताए । उनले भने–“शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिदैछ त्यो सरकारलाई स्वीकार्य छैन ।” विप्लव..

    प्रम ओेली र समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै भेटवार्ता

    शनिबार, चैत्र २४, २०७४ साल
    नयाँ दिल्ली, २४ चैत : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास लोककल्याण मार्गमा शुक्रबार साँझ भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको हो ।  नेपालको विकास र आर्थिक समृद्धिका विषयमा आफूहरुबीच महत्वपूर्ण छलफल भएको हो, प्रधानमन्त्री ओलीले भने, “नेपालको समृद्धिलाई कसरी अगाडि बढाउने र..

    प्रधानमन्त्री ओली र भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीबीच भेटवार्ता

    शुक्रबार, चैत्र २३, २०७४ साल
    नयाँदिल्ली, २३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार अपराह्न शिष्टाचार भेटवार्ता गरे ।  त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।  भेटमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत भारतीय राष्ट्रिय काँग्रेसका अन्य शीर्ष नेताको सहभागिता थियो । सो अवसरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार..

    सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्र कपोलकल्पित र भ्रामक : शेरबहादुर देउवा

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाडौँ, २३ चैत नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको बताएका छन् । नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै सभापति देउवाले भने, “वि.सं २०६२-६३ को गणतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व बढी समय वामपन्थीबाट भएको छ । श्वेतपत्रमा काँग्रेसका कारण अर्थतन्त्र धरासायी भयो भन्नु..

    अब आर्थिक क्रान्ति र समृद्धिको समय आयो : मुख्यमन्त्री डोरमणि पौडेल

    शुक्रबार, चैत्र २३, २०७४ साल
    चितवन २३ चैत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आएको बताएका छन् । उद्योग संघ चितवनले आयोजना गरेको पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनीको शुकबार उद्घाटन गर्दै उनले अधिकारको लडाइँ सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बताए। चितवन र मकवानपुरलाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताउँदै मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ मा शक्तिखोरको औद्योगिक क्षेत्रबाहेक अन्यत्र..

    नगरप्रमुख चौधरीमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा

    शुक्रबार, चैत्र २३, २०७४ साल
    धनगढी, २३ चैत : कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा संलग्न चारजनालाई जिल्ला अदालतले जनही रु ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ ।  अदालतको बिहीबारको आदेशबमोजिम धरौटीमा छुटेकाहरुमा घोडाघोडी नगरपालिकाका भरतबहादुर शाह, कमल क्षेत्री, टीकापुरका हृदयराज बोगटी र लम्कीचुहा नगरपालिकाका नरेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।  घटनामा संलग्न भएका धनगढी उपमहानगरपालिकाका पूर्णप्रसाद खनाललाई भने..

    रारामा आउन ओलीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निम्तो, प्रमले राराबाट राष्ट्रका नाममा सम्बोधन गर्ने

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाण्डु, २३ चैत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारामा आउन औपचारिक निम्तो दिएका छन् । मुख्यमन्त्री शाहीले बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर निम्तोपत्र दिएका हुन् । निम्तोपत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटनका लागि आफू रारामा आउने प्रतिबद्धता व्यक्त गरेका छन् ।..

    राष्ट्रपतिले गरिन् यस्तो घोषणाः प्रधानमन्त्रीको दैनिक प्रशासनिक काम अब रक्षामन्त्रीबाट !

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाडौँ,२३ चैत  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने दैनिक प्रशासनिक काम अब रक्षमन्त्रीले गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा शुक्रबार भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने घोषण गरेकी छन् । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।..

    प्रधानमन्त्री ओली दिल्लीमा, भारतीय गृहमन्त्री राजनाथ सिंहद्वारा स्वागत

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाडौँ, २३ चैत : ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमण क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आज राजधानी नयाँ दिल्ली पुगेका छन् ।   इन्दिरा गान्धी बिमानस्थलमा अवतरण गरेसंगै प्रधानमन्त्री ओली लाई स्वागतका लागि भारत सरकारका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह त्यहाँ पुगेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि भएको हो । यसअघि मित्रराष्ट्र..

    श्वेतपत्रमा गलत आँकडा देखाएर नागरिकमाँझ भ्रम छरिएको छ : कांग्रेस नेता पौडेल

    शुक्रबार, चैत्र २३, २०७४ साल
    दमौली तनहुँ, २३ चैत :  नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।  घिरिङ गाउँपालिका–२ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले २०४८ सालपछि कमजोर अर्थतन्त्रलाई कांग्रेसले अहिलेको अवस्थामा ल्याएको जिकिर समेत गरे ।  जनतालाई विभिन्न आश्वासन बाँडेर वाम गठबन्धनले मत पाए पनि जनताको माग र..

    प्रधानमन्त्री ओलीको भारत भ्रमण आजदेखि, अरुण तेस्रो प्राथमिकतामा

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाडौँ, २३ चैत : निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लागेका छन ।  प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणबाट हुन लागेको हो । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ ।  नेपाल वायु सेवा निगमको नियमित..

    त्रिभुवन विश्वविद्यालय अब धुम्रपान निषेधित क्षेत्र, सबै निकायलाई व्यवस्थाका लागि निर्देशन

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत : त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ ।  त्रिवि सामान्य प्रशासन महाशाखाले यही चैत १६ गते पत्र पठाई सबै निकायलाई सो व्यवस्थाका लागि निर्देशन गरेको हो ।  बाँकेका नमस्कार शाह, मन भण्डारी, हेमराज भट्ट र प्रतिक्षा गिरीले गत चैत्र १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को..

    विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी : मुख्यमन्त्री शेरधन राई

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताएका छन् । जिल्ला समन्वय समिति महासंघद्वारा बिहिबार आयोजित प्रदेश कानूनमा जिल्ला समन्वय समितिसँग सम्बन्धित छलफल कार्यक्रमा बोल्दै उनले प्रदेश सरकारले समन्वय समितिको काम, अधिकार र भूमिका सम्बन्धमा प्रदेश सरकारले कानून मस्यौदा सुझाव समिति गठन गरेको बताए । मुख्यमन्त्री राईले..

    भारतसँगका सम्झौता कार्यान्वयनमा प्राथमिकता दिन प्रधानमन्त्रीलाई दिइयो यस्तो सुझाव ...

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत निर्वाचनपछिको नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने छिमेकी भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन विज्ञहरुले सुझाएका छन् । नयाँ संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि वाम गठबन्धनको नेतृत्वमा बनेको सरकारले लिएको विकास र समृद्धिको चाहनालाई छिमेकी मुलुकसँगको सम्बन्धलाई थप प्रगाढ बनाई ती मुलुकलाई विकासमा साझेदार बनाउनुपर्ने आवाज..

    “विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी हो ।”

    बिहिवार, चैत्र २२, २०७४ साल
    विराटनगर, २२ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताएका छन् ।  जिल्ला समन्वय समिति महासंघद्वारा बिहिबार यहाँ आयोजित प्रदेश कानूनमा जिल्ला समन्वय समिति सम्बन्धित छलफल कार्यक्रमा बोल्दै उनले प्रदेश सरकारले समन्वय समितिको काम, अधिकार र भूमिका सम्बन्धमा प्रदेश सरकारले कानून मस्यौदा सुझाव समिति गठन गरेको बताए ।  मुख्यमन्त्री..

    केन्द्र सरकारसँग सहकार्य गरी विकास र समृद्धि हासिल गर्नेछौँ : मुख्यमन्त्री गद्दी

    बिहिवार, चैत्र २२, २०७४ साल
    पर्सा, २२ चैत : परनिर्भरताको मानसिकताबाट माथि नउठेसम्म समृद्धि र विकास हासिल हुन नसकिने वक्ताले बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको ‘प्रदेश नं २ को अगामी नीति र कार्यक्रमको तर्जुमा तथा परिमार्जनसम्बन्धी सुझाव संकलन’ कार्यक्रमका सहभागी वक्ताले यस्तो बताएका हुन् ।  वक्ताहरुले २ नं प्रदेशमा रहेका सबल र दुर्वल पक्षको पहिचान गरी नीति निर्माण गरे समृद्ध प्रदेशको परिकल्पनालाई..

    चार महिनादेखि मिथिलेश बेपत्ता, खोजी कार्य जारी नै रहेको प्रहरीको भनाइ

    बिहिवार, चैत्र २२, २०७४ साल
    राजविराज, २२ चैत : विगत चार महिनादेखि एक बालक सप्तरीको राजजिराजबाट बेपत्ता भएका छन् ।  राजविराज नगरपालिका–१२ स्थित सिंग्योन बस्ने १३ वर्षीय मिथिलेश यादव हालसम्म फेला नपरेको उनका बुबा बिजुली यादवले बताए । राजविराज नगरपालिका–५ स्थित लिटिल एन्जलस स्कूलको कक्षा ६ मा अध्ययन गर्दै आएका मिथिलेश गत मंसिर महिनादेखि बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ ।  उनको अवस्था पता लगाउन स्थानीय प्रशासनलाई जानकारी..

    सबैभन्दा कम उचाइमा चौँरी पाल्न सफल सुरेश थकाली, जोखिम मोलेर गरेको परीक्षण सफल

    बिहिवार, चैत्र २२, २०७४ साल
    मनाङ, २२ चैत : जलवायु परिवर्तनलाई मध्यनजर गर्दै सबैभन्दा कम उचाइमा चौँरीपालन शुरु गरिएको छ ।  अक्सर गरेर चार हजार मिटरभन्दा माथि पालिने चौँरी अहिले करीब दुई हजार मिटर उचाइमा राखेर पालेको मनाङ नासोङ–४ ओडारगाउँका चौँरीपालक सुरेश थकालीले बताए । बेमौसममा हिमपात हुने र हिउँले खाएर घाँस उत्पादन नहुने र हिमपातका कारण चौँरी मर्ने हुनाले विकल्पका रुपमा कम उचाइमा ल्याएर पालेको उनको..

    दुई हजार ३०० हेक्टर वनमा आगलागी, आगलागीमा परी एकको मृत्यु

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत : गर्मीयाम शुरु भएसँगै मुलुकको दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ ।  विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो ।  सोमध्ये तनहुँको एक वन आगलागी हुँदा तीन हेक्टर, रौतहटका १० वनमा ४४ हेक्टर, मोरङको एक वनमा एक हेक्टर, सिन्धुली १५ वन ३३९ हेक्टर, मकवानपुर १७ वनमा १६५ हेक्टर, ओखलढुंगा पाँच वन..

    पश्चिमी वायुको प्रभावले देशैभर वर्षा, मनसुनी गतिविधि अझै केहि दिन जारी रहने

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत : पश्चिमी वायुको प्रभावले आज समेत देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भएको छ ।  पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । उनका अनुसार मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ । पूर्वमनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने उनको भनाइ छ..

    दुवै पार्टीलाई सहज हुने गरी एकता हुन्छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    बुधबार, चैत्र २१, २०७४ साल
    काठमाडौँ, २१ चैत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले नेकपा (एमाले) र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले दुवै पार्टीलाई सहज हुनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका हुन् । बैठकमा अध्यक्ष दाहालले भने, “पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजो मात्र..

    दुई छिमेकीको साथ र सहयोग लिई सरकारले काम गर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

    बुधबार, चैत्र २१, २०७४ साल
    काठमाडौँ, २१ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताएका छन् । उनले भने, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ । सरकार दायाँबायाँ अल्मलिने छैन । सबै क्षेत्रले सहयोग गर्नुहोस् ।” राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित दोस्रो सहकारी महासम्मेलनको बुधबार उद्घाटन गर्दै..

    नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्वसांसद भेटवालको निधन

    बुधबार, चैत्र २१, २०७४ साल
    रत्ननगर, चितवन, २१ चैत : नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको बुधबार निधन भएको छ ।  क्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा भेटवालको निधन भएको नेकपा (एमाले) चितवनका पूर्व अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिए ।  उनि पिशावथैली नजिकैको प्रोष्टेट ग्रन्थीकोे क्यान्सर रोगबाट पीडित थिए । पछिल्लो समयमा शरीरका विभिन्न अंगमा क्यान्सर फैलिएपछि विगत डेढ महिनादेखि उनि अस्पतालमा..

    गुरुयोजना बनाउँदै बेनी नगरपालिका, योजना सञ्चालन र काम प्रभावकारी हुने बिस्वास

    बुधबार, चैत्र २१, २०७४ साल
    बाबियाचौर, म्याग्दी, २१ चैत : बेनी नगरपालीकाले गुरुयोजना तर्जुमा गर्दैछ । नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न गुरुयोजना बनाउन लागिएको हो ।  परामर्शदाता छनोट गरेर गुरुयोजना निर्माणको तयारी गरिएको नगर कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका ८ नं वडाका अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए ।उनका अनुसार गत फागुन २८ गते स्थगित भएको नगरसभा चैत २३ गते बस्ने..

    पशुपति क्षेत्र मगन्तेरहित घोषणा, मगन्तेलाई मानवसेवा आश्रमको सहकार्यमा पुनःस्थापना !

    बुधबार, चैत्र २१, २०७४ साल
    काठमाडौँ, २१ चैत : पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरेको छ ।  कोषले मंगलबार आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिए ।  उनले भने, “माग्ने, चोर्नेकाम विकसित देशमा पनि हुन्छ, यो घोषणा महत्वकांक्षी जस्तो लागेपनि सबैको सहयोगमा कार्यान्वयन गर्न सकिन्छ, यसमा..

    “प्रधानमन्त्रीको भारत भ्रमणले दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउँछ ”

    मंगलवार, चैत्र २०, २०७४ साल
    चितवन, २० चैत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउन केन्द्रित हुने बताएका छन् ।  मंगलबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भारत भ्रमणका नयाँ एजेण्डा नभएको बताए ।अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पुराना एजेण्डाको विषयमा छलफल हुने बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणअघि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीचमा पार्टी..

    प्रधानमन्त्रीद्वारा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधनप्रति दुःख व्यक्त

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत :  प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।  आज उहाँले ट्वीटमार्फत शोकसन्देश जारी गर्दै सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । “कलाकार मदनकृष्णको सफल कलायात्रा र समाजसेवाकी अनन्य सहयोगी स्व सुवेदीप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु”, उहाँले भन्नुभएको छ, ‘‘शोकमा पर्नुभएका मदनकृष्ण र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”  सतसठ्ठी वर्षीया..

    प्रतिनिधिसभाको बैठकद्वारा दुई अध्यादेश स्वीकृत, विरोधको सूचना बहुमतले अस्वीकृत

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ स्वीकृत गरेको छ । चिकित्सा शिक्षा अध्यादेशले शिक्षा र स्वास्थ्य क्षेत्रमा भेदभावपूर्ण व्यवहार गर्ने भएकाले पेस नगर्न भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएको विरोधको सूचना बैठकको बहुमतले अस्वीकृत गरेको थियो । गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि..

    भारत भ्रमणमा देशको शिर झुक्ने काम गरिनेछैन, शिर उठाउने काम गरिनेछ : प्रधानमन्त्री केपी ओली

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिएका हुन्  । प्रधानमन्त्री ओलीले..
    Weather Forecast