मंगलवार, माघ ७, २०७६

    राज्य-समाज

    तीजको दिन राजधानीका निम्न स्थानहरुमा चल्दैन गाडी, वैकल्पिक बाटो यस्तो छ (सूचीसहित)

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा हुनसक्ने भीडभाडलाई मद्देनजर गर्दै प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको छ । अति नै भीडभाड हुने क्षेत्र भएर चल्नुपर्ने सवारी साधनलका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । हेर्नुहोस्, कहाँ चल्दैन गाडी र कुन बाटो प्रयोग गर्ने ? मालबाहक सवारी साधनहरू : - तीनकुनेबाट गौशालातर्फ र गोपिकृष्णबाट चाबहिलतर्फ आउन रोक लगाइएको । - नारायणटार..

    निर्मला हत्याकाण्ड : राजीनामा प्रकरणले संसदमा हंगामा, सरकारले अपराधी बचाएको प्रतिपक्षको आरोप

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य विरेन्द्र केसीले राजीनामा दिएको प्रकरण राष्ट्रियसभा बैठकमा उठेको छ । राष्ट्रियसभा बैठकमा बोल्दै सत्तापक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले नै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् भने प्रतिपक्षी सांसदले गृहमन्त्रीको जवाफ मागेका छन् । नेकपाकी सांसद नन्दा चपाईले निर्मला पन्त हत्या घटना छानबिन गर्न गठित समितिका सदस्य नै..

    डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारीमा सरकार

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ  सरकारले डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।  सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको मंगलबारको बैठकमा ‘रोजगारीको हकसम्बन्धी ऐन, २०७५’ को दफावार छलफलका क्रममा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने जानकारी दिइयो ।  प्रत्येक बेरोजगार व्यक्तिलाई सरकारले एक आर्थिक वर्षमा न्यूनतम् १०० दिनको..

    विमस्टेक सैन्य अभ्यासबाट नेपाल बाहिरिएपछि रिसायो भारत, लाजमर्दो अवस्थामा पुर्याएको ठहर !

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ पूर्व निधारित विमस्टेकको संयुक्त सैन्य अभ्यासमा पर्यवेक्षकमात्र हुने नेपालको निर्णयमा भारत असन्तुष्ट रहेको समाचार बाहिर आएको छ ।  एक हप्ता अघि नेपालले नै आयोजना गरेको विमस्टेक सम्मेलनको समयमा नेपालले सैन्य अभ्यासमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको थियो । विमस्टेकका सदस्य राष्ट्रहरुको सेना अधिकारीहरुको सहभागी रहने अभ्यास सोमबारबाट पुणेमा शुरु भयो । भारतीय अंग्रेजी पत्रिका द हिन्दुस्तान टाइम्सले यो विषयका जानकार एक..

    असन्तोष र असहमति छैन, मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै हो : गृहमन्त्री

    मंगलवार, भाद्र २६, २०७५ साल
    बनेपा, भदौ २६  गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको बताएका छन् ।  काभ्रेको बनेपामा जिल्ला सहकारी सङ्घले मंगलबार आयोजना गरेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा..

    प्रधानन्यायाधीश मिश्रकाे सपथ र पदबहालीमा जाेशीद्वारा स्वागत, किन राजीनामा दिँदैनन् जोशी ?

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ  नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । सोमबार मात्रै २८औँ प्रधानन्यायाधीशका रूपमा ओमप्रकाश मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए । त्यसलगत्तै उनले सर्वोच्च अदालत आएर प्रधानन्यायाधीशको पदभार पनि सम्हाले ।   शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले साेमबार पदबहाली गरेका हुन् । पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश..

    पोखरा लेखनाथ महानगरपालिको नाम हेरफेर, लेखनाथ शब्द हटाइएको सूचना राजपत्रमा प्रकाशित

    मंगलवार, भाद्र २६, २०७५ साल
    पोखरा, २६ भदौ :   पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ ।    नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम..

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि परिवारसहित ककनीमा

    सोमबार, भाद्र २५, २०७५ साल
    नुवाकोट, २५ भदौ :  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार आरामका लागि पर्यटकीयस्थल ककनी आएका छन् ।   नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बसेको  जानकारी दिए । उनि मङ्गलबार बिहान राजधानी फर्कने बताइएको छ । ..

    अख्तियार आयोगको निष्कर्ष : शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी परेको छ ।  आर्थिक वर्ष २०७४-७५ मा परेका कूल उजुरीमध्ये शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी रहेको पाइएको हो ।  कूल १९ हजार ४८८ वटा उजुरीमध्ये तीन हजार ५७० उजुरी अर्थात् १८ दशमलव ३२ प्रतिशत उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेका छन् । तीमध्ये दुई हजार ४९९ वटा उजुरीको आवश्यक कारवाही भइसकेको आयोगले..

    सांसदको प्रश्नमा नयाँ प्रधानन्यायाधीशको जवाफ - न्यायलयप्रति आम नागरिकको आस्था बढाउने काम गर्छु

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ  प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी आम नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा उनले अदालतमा हुने गरेको भ्रष्टचारलाई अन्त्य गरी आम नागरिकको न्यायमाथिको विश्वास बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  “अदालतमा भ्रष्टचारी र विचौलीयालाई प्रवेश नै निषेध गर्न गोप्य..

    प्रदेश नं १ : प्रशासकीय कार्यविधि विधेयक, २०७५ सर्वसम्मतिले पारित

    सोमबार, भाद्र २५, २०७५ साल
    विराटनगर, २५ भदौ  प्रदेश नं १ को प्रदेशसभामा सोमबार बसेको बैठकले प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।  आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।  सो विधेयक सम्बन्धमा प्रदेशसभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली, २०७४ बमोजिम प्रशासकीय कार्यविधि(नियमित) गर्न..

    अन्तर पार्टी महिला सञ्जालद्वारा राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको माग

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ  अन्तर पार्टी महिला सञ्जालले संवैधानिक व्यवस्थाअनुरुप संवैधानिक आयोग, कूटनीतिक निकायलगायत राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । सञ्जालले सोमबार प्रमुख दलका नेताहरुलाई भेटेर राज्यका हरेक निकायमा महिलाको समानुपातिक सहभागिताको हक हुनेछ भन्ने संवैधानिक व्यवस्थाअनुरुप प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको हो ।  सञ्जालका अध्यक्ष नीलम बर्मा र महासचिव कल्याणी रिजालको नेतत्वको टोलीले आज नेपाल..

    विप्लवसहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्तामा आउन सरकारको औपचारिक आह्वान

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ सरकारले विप्लव नेतृत्वका नेकपासहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्ताका लागि बोलाएको छ । सरकारद्वारा गठित सरकारी बार्ता टोलीले आज सिंहदरवारमा पत्रकार सम्मेलन गरी द्वन्द्वद्धरत सबै पक्षलाई वार्तामा आउन औपचारिक रुपमा आह्वान गरेको हो । पत्रकार सम्मेलनमा सरकार सबै प्रकारका द्वन्द्व निर्मुल गरी सहमतिका माध्यमबाट शान्ति, सहिष्णुता र सद्भाव कायम गरी समावेशी, समतामुलक, न्यायपूर्ण र अग्रगामी राज्य निर्माण गर्न..

    हिमाली क्षेत्रमा बहुआयामिक सम्बन्ध विस्तार गर्नु दुई देशको साझा लक्ष्य : सभामुख महरा

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ २५ भदौ  सभामुख कृष्णबहादुर महराले चीनले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) अभियान अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुङ्गा भएको बताएका छन् ।  चीन तिब्बत पर्यटन र सांस्कृतिक एक्सपोअन्तर्गत सोमबार ल्हासामा आयोजित ‘ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’लाई सम्बोधन गर्दै सभामुख महराले ‘बिआरआइ’ले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौ अवसर सिर्जना गरेको बताएका हुन् ।  बिआरआईमार्फत् हिमाली क्षेत्रबीच बहुआयामिक सम्बन्ध विस्तार..

    श्रीमानले थाहै नदिइ श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपछि …

    सोमबार, भाद्र २५, २०७५ साल
    स्याङ्जा, २५ भदौ श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमानले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी हुन् । उनले रुँदै भनिन्, ‘मलाई थाहा नै नदिइ कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो ।’ भिरकोट नगरपालिका–..

    प्रदेश सरकार र सङ्घीय सरकारबीच कुनै मतभिन्नता छैन : मुख्यमन्त्री शाही

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार र सङ्घीय सरकारबीच कुनै मतभिन्नता नभएको प्रष्ट परेका छन् ।  रिपोटर्स क्लबमा सोमबार आयोजित साक्षात्कारमा मुख्यमन्त्री शाहीले संविधानतः प्रदेश र सङ्घीय सरकारका अधिकार स्पष्ट भएकाले केन्द्र र प्रदेशबीच अधिकारका विषयमा विवाद छ भन्नु उपयुक्त नुहने बताए ।  “अहिलेको समय भनेको आरोप र प्रत्यारोप लगाउने समय होइन,सङ्घीय सरकारले नीति बनाउने हो, त्यसलाई कार्यान्वयन गर्ने..

    कृष्णप्रसाद हत्या प्रकरण: जेलबाट छुटेपछि छविलाल पौडेलले दिए यस्तो प्रतिक्रिया ...

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ  गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा अदालतबाट सफाइ पाएका छविलाल पौडेल जेलबाट रिहा भएका छन् । जेलबाट बाहिरिदै पौडेलले पीडित परिवारले घटनाबारे नबुझेरै आफूविरुद्ध उजुरी हालेको प्रतिक्रिया दिए । डिल्लीबजार कारागारबाट सोमबार बिहान रिहाइपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले लहडको भरमा उजुरी गर्नेलाई पछुतो हुने टिप्पणी गरे । ‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त..

    संविधान दिवस : महानगर झिलिमिली बन्ने, यस्ता छन् व्यवस्था

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौं, २५ भदौ  काठमाडौंँ महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ ।  आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे र सांस्कृतिक झाँकी प्रदर्शन र सजावटको काममा लागेको छ । मूल समारोह अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ, मञ्चको विशिष्ट कक्षलगायत स्थानमा पिउने पानीको व्यवस्था र ध्वनिको व्यवस्था गर्ने कामपाले जनाएको छ..

    निर्मला पन्तका परिवारले न्याय नपाउने स‌ंकेत, छानविनबाट अलगिए उपसचिव वीरेन्द्र केसी

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ निर्मला पन्त हत्या तथा बलात्कार प्रकरणको छानविन गर्न गृहमन्त्रालयबाट गठित समितिका एक सदस्य कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार समितिबाट राजीनामा दिएका छन् । १५ दिनका लागि गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा गठित समितिले अनुसन्धान टुंग्याइसकेको अवस्थामा थप १५ दिन समितिको म्याद थपिनु निर्मलामाथि न्याय नहुनु हो भन्ने निष्कर्षसहित उनले रिर्पोटर्स क्लबमा पत्रकार सम्मेलन गरी राजीनमा दिएका हुन् । ‘समितिको..

    प्रधानमन्त्री ओली र प्रचण्डबीच जनवर्गीय सङ्गठनको एकताका विषयमा छलफल

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार पार्टीको जनवर्गीय सङ्गठनको एकताको विषयमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीको जनवर्गीय सङ्गठन, प्रदेश र जिल्ला समितिको एकताको विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटघाटमा एकता प्रक्रियालाई पूर्णता दिन यही भदौ २७ गते पार्टी सचिवालयको बैठक बोलाउने सहमति..

    अन्तत: ६ महिनापछि सर्वाेच्चले पायाे प्रधानन्यायाधीश, मिश्रको नाम सर्वसम्मतले अनुमोदन

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।  समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको  हो । तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले १ चैत्र ०७४ मा राजीनामा दिएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आएको थियो । अन्तत: सर्वाेच्चले ६ महिनापछि प्रधानन्यायाधीश पाएकाे हाे  । पराजुलीको राजिनामापछि बरिष्ठ न्यायाधीसका हैसियतमा दीपकराज जोशी..

    बिमस्टेक संयुक्त सैन्य अभ्यासबाट नेपाल पछि हट्यो, थाइल्यान्ड पनि सहभागी नहुने

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ ।  सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले बिम्स्टेक शिखर सम्मेलनका क्रममा कुनै पनि तहमा संयुक्त सैनिक अभ्यास सम्बन्धी छलफल र..

    हामी आफ्नै कारणले चुनाव हारेका हौँ, आफ्नाले नै दुश्मन देख्ने प्रवृति सिर्जना भयो : सभापति देउवा

    सोमबार, भाद्र २५, २०७५ साल
    नेपालगञ्ज, २५ भदौ  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताए । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा सोमबार यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तर्क्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिए । “ बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको..

    पछिल्लो ८ महिनामा डलरको मूल्य १३ रुपैयाँले वृद्धि, यस्ता छन् डलर बढ्दाका बेफाइदा

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौं, २५ भदौ   पछिल्लो आठ महिनामा डलरको मूल्य नेपाली रुपैयाँको तुलनमा साढे १३ रुपैयाँले वृद्धि भएको छ । १ फ्रेबुअरी २०१८ मा एक अमेरीकी डलरको नेपालमा बिक्रीदर १०२ रुपैयाँ ०४ पैसा रहेकोमा ७ सेक्टेम्बरमा आइपुग्दा अहिलेसम्मकै उच्च दर ११५ रुपैयाँ ४८ पैसा पुगेको छ। आठ सेक्टेम्बरमा सामान्य ४० पैसाले बिक्रीदर घटेर सोमबार १० सेक्टेम्बरको लागि पनि सोही मूल्य तोकिएको छ। अमेरिकी डलर..

    प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ आज हुँदै, कस्तो छ सम्भावना ?

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौं, २५ भदौ  प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सनुवाइ सोमबार हुँदैछ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले मिश्रको सार्वजनिक सुनुवाई भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको हो । संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध परेका उजुरीको बारेमा प्रश्न गर्दै अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने भएको हो । बैठकले आगामी आइतबार प्रधानन्यायाधीशमा प्रस्तावित मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरुहरुलाई छलफलको लागि बोलाएको छ..

    तरुण दल नगर सभापति रोहित पुनको हत्याको विरोधमा रोल्पा बन्द

    सोमबार, भाद्र २५, २०७५ साल
    रोल्पा, २५ भदौ : नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो ।  बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका..

    पाकिस्तानको राष्ट्रपतिमा नियुक्त भएकोमा डा. अल्भीलाई राष्ट्रपति भण्डारीको शुभकामना

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ :   राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लामिक गणतन्त्र पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित  भइ नियुक्त भएकोमा डा अरिफुर रेहमान अल्भीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।    राष्ट्रपति भण्डारीले एक शुभकामना सन्देश पठाउनु भई नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको हो । नेपाल र पाकिस्तानबीच रहँदै आएको मैत्री सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने र जनस्तरको सम्बन्धसमेत प्रगाढ भएर..

    चितवन जिल्ला अदालतले फुजेल घटनाका प्रतिवादीलाई सफाइ दियो

    आईतवार, भाद्र २४, २०७५ साल
    चितवन, २४ भदौ : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको छ ।  न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार फैसलामा न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानूनी रुपले प्रमाण अभाव देखिँदा दावी स्थापना हुन सक्ने आधार एवं..

    ‘पार्टीभित्रका महाराजा नहटेसम्म बिपीको सपना साकार हुन्न’, काङ्ग्रेसको लोकप्रियतामा प्रश्न चिह्न

    आईतवार, भाद्र २४, २०७५ साल
    कलैया, २४ भदौ  नेपाली काङ्ग्रेसका पूर्वसांसद रामअयोध्याप्रसाद यादवले काङ्ग्र्रेसभित्रका राजा महाराजालाई नेतृत्वबाट नहटाएसम्म बिपीको सपना साकार नहुने बताएका छन् ।  १०५औँ बिपी जयन्तीको अवसरमा आईतबार आयोजित ‘वर्तमान सन्र्दभमा बिपीको विचारको सान्र्दभिकता’ विषयक गोष्ठीमा नेता यादवले पार्टीमा अहिले पनि तानशाह, नातावाद, कृपावाद र परिवारवाद हावी रहेको हुँदा पार्टी झुपडीमा बस्नेका लागि पनि बनाउनुपर्ने आवश्यकता रहेको बताए ।  महामानव बिपीको विचार र आदर्शलाई काङ्ग्रेसले बिर्सेको..

    राजनीतिज्ञ भन्छन् - बिपीको विचार बिर्सिएकाले जनताले बिर्सिए, तर वरिष्ठ नेता पौडेलले भने - त्यसो होइन !

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ  नेपाली काङ्ग्रेसले बिपी विचार बिर्सिएकाले तीनै तहको निर्वाचनमा पछि परेको राजनीतिज्ञले बताएका छन् ।  पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्तीका अवसरमा बिपी चिन्तन प्रतिष्ठानले आईतबार यहाँ आयोजना गरेको ‘आजको सन्दर्भमा बिपी विचार’ कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विधिको शासन स्थापनामा कोइरालाले महत्वपूर्ण योगदान दिएका स्मरण गरे ।  “स्वतन्त्र न्यायपालिकाको विकासमा बिपीको योगदान महत्वपूर्ण छ, विसं २००८ मा स्वतन्त्र न्यायपालिकाको..
    Weather Forecast