शनिबार, माघ ११, २०७६

    राज्य-समाज

    निजगढ विमानस्थल : हचुवाका आधारमा रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  प्रतिनिधिसभाको बिहिबारको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे ।  सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको लगानीको सुनिश्चितता गरेर मात्र निर्माण अगाडि बढाउन सरकारसित..

    सांसदद्वारा बलात्कारको घटना बढ्दै गएकोमा चिन्ता व्यक्त, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी १६ विधेयक लागू भएकामा खुशी व्यक्त गर्दै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।  बिहिबारको बैठकको शून्य समयमा उनिहरुले संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गर्दा यसको प्रभावकारी कार्यान्वयनमा सरकार र सदनलाई गम्भीर बन्न आग्रहसमेत गरे ।  सांसदले बझाङ जिल्लाका सेतीपारिका गाउँपालिकामा यातायात सम्बन्धबिच्छेद भएको र बालिका एवं महिला हिंसा, बलात्कारको घटना..

    कपास उद्योगको मेशिन प्रयोगविहीन, भवन जीर्ण, २ वर्षदेखि निमित्तको भर

    बिहिवार, असोज ४, २०७५ साल
    बाँके, ४ असोज  कपास प्रशोधनका लागि सरकारी लगानीमा कपास विकास समिति खजुराले खरीद गरेका चार वटा अत्याधुनिक जिनिङ मेशिन प्रयोगविहीन रहेका छन् ।  समितिमा रहेका पाँचमध्ये अहिले एउटा मात्रै मेशिन चलिरहेको छ । कपडा र धागो उद्योग बन्द भएसँगै कपास बिक्री घटेको र थोरै मात्रामा उत्पादित कपास प्रशोधनका लागि आवश्यक कच्चा पदार्थको अभावमा खजुरामा रहेका अत्याधुनिक मेशिन प्रयोगविहीन रहेको कपास विकास समितिका..

    युरोप भ्रमणमा रहेका वरिष्ठ नेता पौडेल पोर्चुगल प्रस्थान, २६ सेप्टेम्बरमा स्वदेश फर्कने तयारी

    बिहिवार, असोज ४, २०७५ साल
    लिस्बन, ४ असोज  युरोप भ्रमणमा रहेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुगेका छन् । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार साँझ पोर्चुगल आइपुगेका हुन् ।  वरिष्ठ नेता पौडेललाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली सङ्घ (एनआरएन) पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायत..

    नेताहरूको विदेश मोह ! शीर्ष नेताहरूको ९ टोली विदेशमा, ३ टोली जाने तयारीमा

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौं, ४ असोज  अहिलेका सत्तारुढ र प्रतिपक्षी दुवै दलका गरी ९ वटा राजनीतिक टोली विदेश भ्रमणमा गएका छन् । त्यस्ता ३ वटा टोली जाने तयारीमा छन् । २ वटा टोली स्वेदश फर्किएका छन् । उपराष्टपति पुन १२ सदस्यीय टोलीसहित १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन बुधबार चीन प्रस्थान गरेका हुन् । बेल्ट एन्ड रोडसम्बन्धी कार्यक्रममा समेत सहभागी हुने र सम्बोधन..

    चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न उपराष्ट्रपति पुनको आग्रह

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गर्नुभएको छ ।  भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताउनुभयो । उहाँले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियाँैदेखि सांस्कृतिक एवं विविध..

    चीनका उपराष्ट्रपति वाङ क्वी सान र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौँ, ३ असोज : चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग  भेट गरेका छन् ।  अध्यक्ष दाहालले उपराष्ट्रपतिसँगको भेटमा नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरिएको स्मरण गर्दै अबको अभिभारा देशको समृद्धि भएको बताएका थिए ।  मलुकको समृद्धिका लागि नेपालमा कम्युनिस्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरिएको..

    संविधान दिवसमा कांग्रेसको टिप्पणी : सरकारको संविधान अनुरुप लोकतान्त्रिक चरित्र नै छैन

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौं, ३ असोज नेपाली कांग्रेसले सरकारको कडा आलोचना गरेको छ । संविधान दिवसको अवसरमा बुधबार पत्रकार सम्मेलन गरी कांग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अझै अधुरो भन्दै ११ बुँदामा सरकारको आलोचना गरेको हो । पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ११ बुँदै प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरकारको कामले संघीयतालाई अलोकप्रिय बनाउन सहयोग गरेको आरोप लगाए । ‘ राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग..

    पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती, आर्थिक समृद्धिको यात्रामा ध्यान जरुरी !

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौँ, ३ असोज  सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताएका छन् । नयाँ मिडिया प्रालिले शुभारम्भ गरेको नयाँपाइला अनलाइनको शुभारम्भ गर्दै सभामुख महराले भने, ‘सङ्घीय सदनले मौलिक हकसितसम्बन्धी १६ वटा विधेयक पारित गर्यो, पारित प्रक्रियामा व्यापक छलफल भएको छ ।’ संविधान गतिशील दस्तावेज भएकाले समय र आवश्यकतानुसार संशोधन हुँदै जाने विश्वास पनि उनले व्यक्त गरे..

    कस्तो रह्यो मधेशमा संविधान दिवस ! मुख्यमन्त्रीको न सहभागिता, न शुभकामना

    बुधबार, असोज ३, २०७५ साल
    जनकपुरधाम, ३ असोज  संविधानमा असन्तुष्टि जनाउँदै आएका २ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवसको अवसरमा प्रदेशमा आयोजित कार्यक्रममा सहभागिता जनाएनन् । संघीय सरकारको परिपत्र अनुसार प्रदेश सरकारका कर्मचारीले व्यवस्थापन गरेको वृक्षारोपण कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू कोही पनि सहभागी भएनन् । प्रदेशमा रहेका सरकारी कर्मचारी र सुरक्षाकर्मीको सहभागितामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृक्षारोपण गरिएको जनाइएको छ । प्रदेशका प्रमुख सचिव..

    निर्मला पन्त हत्याका दोषीलाई कारबाहीको माग गर्दै त्रि.वि.परीसरमा उत्रिए विद्यार्थी (फोटो फिचर)

    बुधबार, असोज ३, २०७५ साल
    असोज, ३ किर्तिपुर  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई गिरफ्तारको माग गर्दै  त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले दवाबपूर्ण र्याली समेत निकालेका छन् । विश्वविद्यालयको घडी भवन अगाडिबाट निकालिएको र्याली किर्तिपुरबजार अगाडी कोणसभा गरि सम्पन्न भएको थियो । निर्मला पन्तको हत्या भएको ५४  औं दिन हुदा पनि प्रहरीले यसको सत्यतथ्य पत्ता लाग्न सकेको छैन । हत्याकाण्डका अपराधिलाई यथाशिघ्र पत्ता लगाई कानुनको..

    पहिरो खसेर थुनिएको बडिगाड ताल फुटाउन अध्ययन, ११ जनाको प्राविधिक टोली सो क्षेत्रमा

    बुधबार, असोज ३, २०७५ साल
    बलेवा, बागलुङ, ३ असोज  गत भदौ २९ गते पहिरो खसेर थुनिएको ढोरपाटन नगरपालिका–२ सिमलचौरस्थित बडिगाड खोला अझै खुल्न सकेको छैन । पहिरोसँगै कडा चट्टान खोलामा थुप्रिएपछि ताल बनेको छ ।  खोलामा बनेको ताल फुटाउन नेपाली सेनाको प्राविधिक टोलीले अध्ययन थालेको छ । सुरक्षित तरिकाबाट ताल फुटाउन नेपाली सेनाको पश्चिमाञ्चल पृतना कार्यालय पोखराबाट सेनानी बलबहादुर थापा नेतृत्वको ११ जनाको प्राविधिक टोली सो क्षेत्रमा..

    जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैन : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौँ, ३ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो सङ्ख्याका जनतालाई गरीबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका छन् ।  अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले..

    सैनिक मञ्च टुँडिखेलमा संविधान दिवसको रौनक यस्तो देखियो (फोटोफिचर)

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौं, ३ असोज प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेकाे छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रीगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो । समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा..

    विभिन्न विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौँ, ३ असोज  प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।  निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएका थिए । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा जारी विज्ञप्तिका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत भोलि बिहीबार प्रतिनिधिसभाका सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति पदमा निर्वाचित गरियोस् भनी कुनै अर्को सदस्यले समर्थनसहित प्रस्ताव..

    शहीदप्रति श्रद्धाञ्जलि र मुलुकप्रति सम्मान भाव प्रकट गर्दै संविधान दिवस मनाइयो

    बुधबार, असोज ३, २०७५ साल
    नेपालगञ्ज, ३ असोज शहीदप्रति श्रद्धाञ्जलि र राष्ट्रप्रति सम्मान भाव प्रकट गरी संविधान दिवस मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रमका सहभागीले नेपालमा लोकतान्त्रिक संविधान प्राप्तिको आन्दोलनमा जीवन आहुति दिने शहीदको तस्बीरमा पुष्पगुच्छा अर्पण गरेका थिए । कार्यक्रममा प्रदेश नं ५ प्रदेशसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक सांसद सुरेन्द्रबहादुर हमालले शहीदले कल्पना गरेको शान्त र समृद्धशाली मुलुक बनाउन सबैले होस्टेमा हैंसे गर्नुपर्ने समय..

    प्रधानमन्त्री भन्छन् - समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन राजनीतिक नेता र देशवासीलाई आह्वान

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौँ, ३ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् ।  संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा बुधबार नेपाली सैनिक मञ्च (टुँडिखेल) मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गरेका..

    संविधान दिवस विशेष :

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौँ, २ असोज  नेपालको वर्तमान संविधान विश्वमै सफलताको उदाहरण दिने गरिएको नेपालको शान्ति प्रक्रियाको उपज हो ।    विगतकाका ती दिन... सशस्त्र विद्रोह गरेको एउटा राजनीतिक शक्ति हतियार बिसाएर शान्ति प्रक्रियामा आई आफैले संविधान निर्माण गरेको उदाहरण संयुक्त राष्ट्रसंघसँग पनि विरलै होलान् । करीब दश वर्षसम्म सशस्त्र विद्रोह गरेको तत्कालीन नेकपा माओवादी शक्ति मुलुकका अरु प्रजातान्त्रिक दलहरुको आग्रहमा शान्ति प्रक्रियामा आयो, संविधान सभा निर्वाचनमा..

    संविधानले मानवाधिकार र प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको छ : मुख्यमन्त्री पौडेल

    बुधबार, असोज ३, २०७५ साल
    हेटौंँडा, ३ असोज  प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको संविधानले मानवअधिकारको प्रत्याभूति गर्न, प्रेस स्वतन्त्रताको साथै राजनीतिक दल खोल्न पाउने अधिकारको सुनिश्चित गरेको बताएका छन् ।  संविधान दिवसको उपलक्ष्यमा प्रदेश नं ३ प्रदेशस्तरको संविधान दिवस मूल समारोह समितिद्वारा हेटौँंडामा बुधबार आयोजित समारोहमा उनले प्रदेश सरकारले संसदीय प्रजातन्त्रको सुढृढीकरण गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन क्रियाशील रहने बताए ।  उनले जनताको जीवनशैली..

    प्रचण्डको चीन भ्रमण : ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा जोड

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौँ, ३ असोज  चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मङ्गलबार राति भेटवार्ता भएको छ ।  भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ सि चीनफिङ विचारको विकास गरी चीनलाई नयाँ उचाइमा उठाएकोमा खुशी व्यक्त गरेका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो क्रममा पूर्वप्रधानमन्त्री दाहालले आफ्नो दुवै..

    राष्ट्रपति विद्यादेवी भण्डारी : संविधान दिवसका अवसरमा शुभकामना सन्देश

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौँ, ३ असोज  : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ ।  संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ ।  सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “सामाजिक..

    उपराष्ट्रपति पुन बुधबार चीन जाँदै, ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुने

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज : उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दै हुनुहुन्छ ।  छदिने औपचारिक भ्रमणका लागि उहाँ बिहान सिए ४३८ नंको एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्नुहुने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।  सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन..

    ‘चौथो संविधान दिवस’ को अवसरमा गरिएको ‘विशेष अन्तर्वार्ता’ मा प्रधानमन्त्री ओलीले यसो भने ...

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौँ, २ असोज  संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ । यिनै चुनौतीका बीच प्रधानमन्त्री ओलीको टोली ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यका..

    संविधानलाई सर्वस्वीकार्य बनाउने मुख्य जिम्मेवारी सरकारको : सांसद प्रदीप गिरी

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज नेपाली काङ्ग्रेस सांसद प्रदीप गिरीले संविधानलाई सर्वस्वीकार्य बनाउने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्  ।  प्रतिनिधिसभा मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले भने, “काङ्ग्रेस सरकारमा नरहँदा पनि प्रतिक्रियावादी र षड्यन्त्रकारीलाई सहयोग गर्दैन, आवश्यक परेको बेलामा सरकारलाई सहयोग गर्छ ।” उनले काङ्ग्रेस सधैँ सत्यको पक्षमा अडिग रहेको बताए ।  कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको वास्तविकता शीघ्र पत्ता लगाई..

    संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा लोकतन्त्र मेला आयोजना हुने

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा लोकतन्त्र मेला आयोजना हुने भएको छ ।  राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा यही असोज ४ गतेदेखि ६ गतेसम्म विश्वसम्पदा सूचीको ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा मेला आयोजना हुनेछ । ‘समावेशी लोकतन्त्र : समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलो पटक हुने सो मेलाले बहुदलीय संस्कृतिको विकास र समावेशी लोकतन्त्रलाई थप प्रवद्र्धन गर्ने..

    प्रतिनिधिसभा शून्य समयः सांसदद्वारा सरकारको ध्यानाकर्षण,महिला हिंसा नियन्त्रण गर्न माग

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज  प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा उनीहरुले पछिल्लो समयमा महिलामाथि बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निर्मलाको हत्या भएको लामो समय भइसक्दा पनि दोषीलाई कारवाही गर्न नसक्दा कानूनी शासन र सरकारको सामथ्र्यमाथि नै प्रश्न खडा भएको बताए..

    मौलिक हक कार्यान्वयनसित सम्बन्धित १६ विधेयक समय सीमाअगावै पारित

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज सङ्घीय संसद्का दुवै सदनले (प्रतिनिधसभा र राष्ट्रियसभा) मौलिक हक कार्यान्वयनसित सम्बन्धित १६ विधेयकलाई समय सीमाअगावै पारित भएको जनाएको छ । संविधानमा असोज २ गतेभित्र विधेयक पारित गरिसक्नुपर्ने बाध्यकारी स्थिति रहेको छ ।  ती सदनले पारित गरेका विधेयकमा वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक २०७५, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन विधेयक २०७५, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५ र..

    चौथो संविधान दिवसको सम्पूर्ण तयारी पूरा, समारोहमा सर्वसाधारणलाई कुर्सीको व्यवस्था

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज  चौथो संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने गरी तयारीको काम भएको कामपाले जनाएको छ ।  यसअघिका वर्षमा विशिष्ट व्यक्तिका लागि मात्र बसेर हेर्ने व्यवस्थापनको काम गर्दैआएको कामपाले यस पटकदेखि सर्वसाधारणको लागि पनि व्यवस्थापन गरेको छ ।  कामपाका सहप्रवक्ता नवराज ढकालका अनुसारसर्वसाधारणका लागि बस्नका लागि कुसी,..

    चालू आर्थिक वर्षको २ महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको अर्थमन्त्रीको दाबी

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज  अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार अर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले साउन र भदौ महिनामा रु एक खर्ब २० अर्ब राजश्व जम्मा भएको तथा चालू खर्च रु ९६ अर्ब र पूँजीगत खर्च रु छ खर्ब भइसकेको बताए । उनका..

    सरकारले लियो एक्सन: कालिमाटीका ५२ स्टल खारेज, २५ वटालाई सफाइ

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौं, २ असोज  सरकारले कालिमाटी तरकारी बजारका ५२ स्टल खारेज गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बैठकले ती स्टलहरु खारेज गर्ने निर्णय गर्को कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए । बैठकले २५ वटा स्टललाई सफाइ दिने र सामान्य त्रुटी देखिएको १५ वटा स्टललाई खारेज नगरी थप कागजात माग गर्ने निर्णय गरेको छ । मन्त्रालयले गरेको..
    Weather Forecast