बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    मूलमै फोहर पानी ! सुन्दरीजलस्थित प्रशोधन केन्द्र जीर्ण हुँदा धारामा धमिलो पानी

    आईतवार, आषाढ १०, २०७५ साल
    काठमाडौँ, १० असार  सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी राम्रोसँग प्रशोधन नहुँदा धमिलो पानी धारामा खस्ने गरेको छ ।  सुन्दरीजल प्रशोधन केन्द्रमा रहेका छवटा प्रशोधन केन्द्रमध्ये हाल दुईवटा मात्र सञ्चालनमा छन् । विसं २०२२ मा निर्माण भएको प्रशोधन केन्द्र हालसम्म मर्मत भएको थिएन । केन्द्रले पानी प्रशोधन नै गर्न नसक्ने भएपछि चारवटा केन्द्रको मर्मत शुरु गरिएको कार्यालय प्रमुख वसन्तकुमार पालले बताए..

    दुई साताभित्र जनवर्गीय संगठनबीच एकता हुन्छ : नेता माधवकुमार नेपाल

    आईतवार, आषाढ १०, २०७५ साल
    चितवन, १० असार  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनवर्गीय संगठनको एकता दुई साताभित्र हुने बताएका छन् ।  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल, चितवनले आईतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीलाई संस्थागत गरेर सञ्चालन गर्न र जनतामाझ जानका लागि पहिलेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अन्तरगतका दुई जनवर्गीय संगठनबीचको एकता आवश्यक रहेको बताए ।  जनताको चाहना..

    विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न सुझाव

    आईतवार, आषाढ १०, २०७५ साल
    काठमाडौँ, १० असार  प्रतिनिधिसभाको आईतबारको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका शीर्षकमाथि छलफल भयो ।  छलफलमा नेकपाका राधा ज्ञवालीले विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न माग गरे ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निजी क्षेत्रसँग करीब ९०० मेगावाटका विद्युत् आयोजनामा लगानी ल्याउने सहमति हुनु सकारात्मक हो भने ।  राष्ट्रिय..

    सुखीपुर नगपालिकाद्वारा ४४ करोड बजेट पारित, मोटरसाइकल चोर पक्राउ

    आईतवार, आषाढ १०, २०७५ साल
    लहान, १० असार  सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि रु ४४ करोड ६ लाख भन्दा बढीको बजेट पारित गरेको छ ।  सुखीपुर नगरपालिकाको हिजो सम्पन्न दोस्रो नगरसभाले नगरप्रमुख रामऔतार यादवले प्रस्तुत गरेका ०७५-७६ का लागि रु ४४ करोड ६ लाख ६० हजारको बजेट सर्वसम्मतले पारित गरेको हो ।  योसँगै आगामी आर्थिक वर्ष ०७५-७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्ने सुखीपुर..

    भारतीय पक्षबाट निर्माण भइरहेका सडकले दक्षिण क्षेत्र डुबानमा पर्ने खतरा

    आईतवार, आषाढ १०, २०७५ साल
    बुटवल, १० असार  बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षबाट निर्माण भइरहेका सडकले त्यहाँको दक्षिण क्षेत्र डुबानमा पर्ने खतराप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराए  ।  प्रदेश नं ५ प्रदेशसभाको आईतबारको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले भारतीय पक्षले दशगजासँग जोडेर निर्माण गरेको सडकका कारण हुलाकी सडकदेखि दक्षिण क्षेत्र डुबानमा पर्ने खतराप्रति सरकारको ध्यानाकर्षण गराए ।  “यो विषय संघीय सरकारको भए पनि प्रदेश सरकारले..

    नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी नाका एक वर्षभित्र खुल्ने !

    आईतवार, आषाढ १०, २०७५ साल
    काठमाडौँ, १० असार  ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी खासा नाका आगामी एक वर्षभित्र अर्थात् सन् २०१९ को मे महिनासम्ममा खुल्ने भएको छ ।  चीनको छदिने औपचारिक भ्रमणबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा सो नाका खोल्ने विषयमा चीन सरकारसँग सहमति भएको बताए ।  पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले..

    प्रधानमन्त्रीको चीन भ्रमण सफल, के छन् त महत्वपूर्ण सहमति तथा समझदारी !

    आईतवार, आषाढ १०, २०७५ साल
    काठमाडौँ, १० असार   प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणले पारवहन तथा यातायात क्षेत्रमा नेपालको दायरा फराकिलो भएको बताएका छन् ।  मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईतबार आयोजित विशेष पत्रकार सम्मेलनमा उनले भने, “नेपाल–चीनबीचको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने तथा दुई देशबीच विगतमा सम्पन्न भएका सम्झौता र समझदारीको कार्यान्वयनको प्रक्रिया र ढाँचा तयार गर्न..

    प्रदेश नं ४ को नाम ‘गण्डकी’ राख्न सुझाव, तमुवान मगरात संयुक्त संघर्ष समिति धर्नामा !

    आईतवार, आषाढ १०, २०७५ साल
    पोखरा, १० असार प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आइतबार प्रदेशसभामा टेबुल भयो ।  प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम ‘गण्डकी’ राख्न सुझाइएको छ । दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि नाम राख्न सकिने सुझाव छ ।  गत जेठ २१ गते नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो ।  यसअघि नामांकन..

    स्थानीय तहले गरेको विकास निर्माणको काम, नेपाली काँग्रेस छायाँ सरकारको अनुगमन

    आईतवार, आषाढ १०, २०७५ साल
    रुकुम, १० असार  स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली काँग्रेसको छायाँ सरकारले अनुगमन गर्न शुरु गरेका छन् ।  बाँफीकोट गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारको अवस्थाका बारेमा छायाँ सरकारले अनुगमन गरेको हो ।  विकास निर्माणको नाममा हुनसक्ने भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि विभिन्न योजनाको अनुगमन शुरु गरिएको यहाँका छायाँ सरकार प्रमुख हर्कसिंह खत्रीले बताए ।  अनुगमनका क्रममा निर्माण भएका भौतिक पूर्वाधारमध्ये पुल, सडक,..

    प्रदेश नं ४ को नाम र राजधानी सम्बन्धमा प्रदेशसभा बैठकमा छलफल हुँदै

    आईतवार, आषाढ १०, २०७५ साल
    पोखरा, १० असार  प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आईतबार यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ ।  यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो ।  गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो ।  प्रतिवेदनअनुसार पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र..

    काँग्रेस सभापति देउवालाई तनाव र पिरलो ! सौराहास्थित होटलमा आराम गर्दै

    आईतवार, आषाढ १०, २०७५ साल
    चितवन, १० असार  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् ।  नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनि गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् । उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैनन् ।  जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा..

    प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी, सदस्यद्वारा धेरै विषय छुटेको भनाई

    आईतवार, आषाढ १०, २०७५ साल
    धनगढी, १० असार  प्रदेश नं ७ प्रदेशसभाको आईतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताए ।  बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।  यसरी धारणा व्यक्त गर्ने सदस्यहरुमा देवकी मल्ल थापा, रतनबहादुर..

    चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    आईतवार, आषाढ १०, २०७५ साल
    काठमाडौँ, १० असार : प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।  प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरे ।  प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका  थिए । ..

    जनसरोकारका विषयलाई समाचार बनाउन रासस अध्यक्ष श्यामलको आग्रह

    आईतवार, आषाढ १०, २०७५ साल
    बर्दिवास, १० असार   राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले जनसरोकारका र ओझेलमा परेका विषयलाई समाचारका माध्यमबाट जनसमक्ष ल्याउन समाचारदातालाई सुझाव दिएका छन् ।  राससका पूर्वक्षेत्रका कार्यालय र व्यवस्थापनबारे अवलोकन गर्न बिराटनगर जाने क्रममा शनिबार साँझ महोत्तरीको बर्दिवासमा जिल्लाका स्ट्रिञ्जरसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष श्यामलले विज्ञान र प्रविधिको विकाससँग आफूलाई जोडेर काम गर्न सुझाएका छन् ।  कोठाभित्र बसेर विभिन्न छापा र..

    प्रधानमन्त्रीको भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा

    आईतवार, आषाढ १०, २०७५ साल
    चीन, ल्हासा, तिब्बत, १० असार  छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गरे ।  त्यसका साथै प्रधानमन्त्री ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले महत्वपूर्ण वार्ता गरे । उनिहरुबीच दुई सरकारबीच सहयोगका बारेमा महत्वपूर्ण विचार विमर्श भयो । यो वार्ता दुवै सरकारका लागि निकै..

    नेपाल रेलमार्गसँग जोडिने विषयमा कुनै शंका नगर्न नेपाली प्रतिनिधि मण्डलद्वारा आग्रह

    शनिबार, आषाढ ९, २०७५ साल
    बेइजिङ, चीन, ९ असार :   परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण तथा प्रेरणादायी भएको बताएका छन्  ।    भ्रमणका क्रममा बेइजिङको कार्यक्रम सकेर प्रधानमन्त्री केपी शर्मा ओली ल्हासा आउने क्रममा सञ्चारकर्मीसँग मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध भएका पछिल्लो राजनीतिक परिवर्तनलाई चीनले खुलेर प्रशंसा गरेको बताए ।    प्रधानमन्त्रीले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्न चीनको सदा साथ रहने..

    संघीय संसदको संयुक्त नियमावली पारित, संसदीय सुनुवाई समिति गठनको बाटो खुल्यो

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार संघीय संसद्को शुक्रबारको संयुक्त बैठकले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५’ पारित गरेको छ ।  राष्ट्रियसभा र प्रतिनिधिसभाको शुक्रबार भएको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । बैठकमा समितिका सभापति कृष्णभक्त पोखरेलले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।  संशोधन प्रस्तावकर्ता विमला..

    बुटवल उपमहानगरपालिकाको ‘समृद्ध बुटवल खुसी बुटवलवासी’ परिकल्पना सार्वजनिक !

    शुक्रबार, आषाढ ८, २०७५ साल
    बुटवल ८ असार रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ‘समृद्ध बुटवल खुशी बुटवलवासीको’ परिकल्पना अगाडि सार्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  उपमहानगरपालिकाको शुक्रबारदेखि शुरु भएको तेस्रो नगरसभामा नगर प्रमुख शिवराज सुवेदीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय सरकारको रुपमा सरकार सञ्चालनका लागि आव २०७४÷०७५ लाई अध्ययन वर्ष घोषणा गरी सोको अनुभवका आधारमा आगामी आव २०७५÷०७६ लाई ‘कार्यान्वयन वर्ष’ का रुपमा..

    नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको ओलीसँग आग्रह

    शुक्रबार, आषाढ ८, २०७५ साल
    ल्हासा, चीन, ८ असार चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।  उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै न कुनै उपायबाट समस्याको समाधान गरिदिन आग्रह गरेका हुन् ।  चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शुक्रबार ल्हासा आइपुगेका हुन् ।  नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा नेपाली व्यापारीले प्रधानमन्त्रीसहितको..

    नेपाल र चीनबीच ऊर्जा सहकार्यका लागि उच्चस्तरीय संयन्त्र बन्ने

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार   नेपाल र चीनबीच ऊर्जा, जलस्रोत क्षेत्रका विविध आयामहरुमा सहकार्यका लागि मार्ग प्रशस्त भएको छ ।  चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा भएका सहमति तथा सम्झौताले ऊर्जा क्षेत्रको विकासमा रणनीतिक महत्व राख्ने र नेपालले अगाडि सारेको आर्थिक समृद्धिको लक्ष्य हासिल हुने सम्भावना बढेर गएको हो ।  नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र..

    जनतामुखी सेवा, सुरक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा प्रदेश सरकारको जोड

    शुक्रबार, आषाढ ८, २०७५ साल
    पोखरा, ८ असार पोखरा लेखनाथ महानगरपालिकाले आसन्न तेस्रो नगरसभामा लैजाने नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयमा प्रदेश नं ४ का मुख्यमन्त्रीसहित मन्त्रीसँग गरिएको छलफलमा जनतामुखी सेवा र पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । प्रदेशको समृद्धि र विकास जनतासँग प्रत्यक्ष जोडिएको बताउँदै छलफलमा सहभागी मन्त्रीहरूले जनतामुखी सेवा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै जनअपेक्षालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए । छलफलमा मुख्यमन्त्री पृथ्वीसुब्बा..

    चीन भ्रमण उत्साहजनक भइरहेको छ : नेकपा महासचिव विष्णु पौडेल

    शुक्रबार, आषाढ ८, २०७५ साल
    बुटवल, ८ असार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताएका छन् । शुक्रबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।’ महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत विभिन्न विषयमा चीनसँग सहमति हुने बताउँदै चीन र भारतसँगको समान सम्बन्धबाट नेपालको विकास सम्भव हुने धारणा व्यक्त गरे । उनले..

    गरिबी हटाउन र आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको आवश्यकता : महेन्द्रबहादुर शाही

    शुक्रबार, आषाढ ८, २०७५ साल
    सुर्खेत, ८ असार  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरिबी हटाउन र आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको आवश्यकता रहेको बताएका छन् ।  एसओएस बालग्रामको आयोजनामा शुक्रबार यहाँ भएको अन्तर्राष्ट्रिय एसओएस दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको विकास हुनुपर्दछ भने ।  मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेको बताउँदै मुख्यमन्त्री..

    कांग्रेस जिल्ला सभापतिको भेला - कम्युनिष्ट सरकारले फरक विचार राख्नेमाथि आतंक मच्चाएको आरोप

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार  नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सरकारको आलोचनामा केन्द्रित भएर सकिएको छ। भेला सकिएपछि जारी गरिएको १९ बुँदे हेटौंडा घोषणापत्रमा पार्टीभित्रका समस्या समाधानमा भन्दा सरकारको विरोधका विषयहरू समेटिएका छन्। जिल्ला सभापतिहरूले निर्वाचनको समीक्षा हुनुपर्ने माग गरे पनि नेतृत्वले उम्कने बाटो खोजेको छ। गत मंगरबारदेखि हेटौँडमा जारी जिल्ला सभापतिहरूको भेलामा निर्वाचनमा पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने माग जिल्ला सभापतिहरूले राखेका..

    नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयो : पर्यटनमन्त्री अधिकारी

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार   संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उनले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको जानकारी सदनलाई दिए ।  मन्त्री अधिकारीले सरकारको प्रयासबाट नेपाललाई हवाई सुरक्षा खतरा सूचीबाट..

    लागुऔषध वितरण रोकथाम गर्ने उद्देश्यले ८० हजार बोट गाँजा र ७०० लिटर घरेलु मदिरा नष्ट

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार   लागुऔषध सेवन तथा बिक्री वितरण रोकथाम गर्ने उद्देश्यले महानगरीय प्रहरी प्रभाग साँखुले २०० रोपनी जग्गामा उम्रेको ८० हजार बोट गाँजा नष्ट गरेको छ ।  प्रभागकी कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालको नेतृत्वमा खटिएको ९७ जनाको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका– १ गागलफेदी र शंखरापुर नगरपालिका– १, २ र ३ को नाङ्लेभारे तथा बोझिनीमा पर्ने बारी एवं सार्वजनिक जग्गामा..

    प्रम ओलीको चीन भ्रमण : यस्ता छन् रेलमार्गसहित विभिन्न १४ विषयमा भएका सम्झौताहरू

    शुक्रबार, आषाढ ८, २०७५ साल
    बेइजिङ, ८ असार   नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे वक्तव्यमा उक्त सम्झौताप्रति दुवैले खुशी व्यक्त गर्दै रेलमार्ग सम्पर्क सञ्जालले दुई देशको सिमापार सम्पर्क सञ्जालमा नयाँ युगको सन्देशबाहकको काम गर्ने..

    ‘प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक’(तस्वीर सहित)

    शुक्रबार, आषाढ ८, २०७५ साल
    बेइजिङ, चीन, ८ असार  प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ ।  प्रधानमन्त्री ओली र उनका समकक्षी लिखछ्याङबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र दुई देशबीच भएका महत्वपूर्ण सम्झौतापछि बिहिबार आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका सहायकमन्त्री कोङ सुयन युले सम्झौता सकिएसँगै ग्रेट हल अफ द पिपुल्समा आयोजित पत्रकार सम्मेलनमा भने, “प्रधानमन्त्री ओलीको भ्रमण ‘स्पेसल सिग्नेफिकेन्स’ भयो..

    नेपाल चीनबीच रेलमार्ग निर्माणमा महत्वपूर्ण द्विपक्षीय सम्झौतामा हस्ताक्षर

    बिहिवार, आषाढ ७, २०७५ साल
    बेइजिङ, ७ असार  नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।  विसं २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच गे्रट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको हो ।  रेलमार्ग निर्माणसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर..

    जनताको मन जित्न सफल रवि लामिछानेद्वारा अमेरिकी नागरिकता त्याग भएको जानकारी

    बिहिवार, आषाढ ७, २०७५ साल
    काठमाडौँ, ७ असार   पत्रकार रवि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धमा निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट बिहिबार अपराह्न प्रेस काउन्सिल नेपालमा प्राप्त भएको काउन्सिलले जनाएको छ ।  चार वर्षदेखि नेपालको अध्यागमन, श्रम र प्रेस कानुन उल्लंघन गरेको भनी लामिछानेमाथि आवश्यक कारवाही गर्न काउन्सिलमा परेको उजुरीमाथि छानवीन गर्ने क्रममा गत चैत २३ गते स्पष्टीकरण सोधिँदा उनले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको..
    Weather Forecast