शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    पराजुलीलाई जवर्जस्ती राजीनामा दिन लगाइएको कानुन व्यवसायीको ठहर, प्रधानन्यायधीश पनि बेठीक रहेको अड्कल

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत कानुन व्यवसायीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई राजीनामा दिन बाध्य बनाइएको विचार व्यक्त गरेका छन् । रिर्पोर्टस क्लब नेपालले बिहिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले न्यायपरिषद्को सचिवलाई प्रधानन्यायाधीशका बारेमा बोल्ने अधिकार नभएकाले जवर्जस्ती राजीनामा दिन बाध्य पारेको बताए । ‘प्रधानन्यायाधीशलाई न्यायपरिषद्को सचिवले हटाउन पाउने व्यवस्था कहिपनि छैन’’ सांसद समेत रहनुभएका वरिष्ठ अधिवक्ता बिडारीले भने–‘‘तर ती सचिवले गैरकानुनी रुपमा प्रधानन्यायाधीशलाई..

    सुरक्षा निकायका प्रमुखका बिच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा शपथ ग्रहण

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बिहिबार पद तथा गोपनीयताको शपथ दिलाएकी छिन् । नेकपा (एमोल)का नेता तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा निर्वाचित गरेको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा उच्चपदस्थ कर्मचारीलगायत उपस्थित थिए ।  ..

    सरकारले सामाजिक उत्तरदायित्व बहन गर्छ : मन्त्री चुमान

    बिहिवार, चैत्र १, २०७४ साल
    पोखरा, १ चैत प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकारले सबै किसिमका सामाजिक उत्तरदायित्व बहन गर्ने बताएका छन्  । पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित सितापाइलामा सञ्चालित पोखरा बृद्धाश्रमको २१ औं वार्षिकोत्सवको बिहिबार पोखरामा उद्घाटन गर्दै उनले अधिकारका लागि अब सिंहदरबार जाने दिन समाप्त भएको बताए। राज्यको आँखा सबै ठाउँमा पुग्न नसकेकाले नै देशको आमूल परिवर्तनका लागि आन्दोलन भएको स्मरण गर्दै..

    वडाध्यक्ष चौहानमाथि आक्रमण, संलग्न भएकाको खोजि कार्य जारी

    बिहिवार, चैत्र १, २०७४ साल
    खोटाङ, १ चैत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ । गएराति घर फर्कंदै गरेको अवस्थामा उनी आक्रमणमा परेकी हुन् । आक्रमणपछि भागेकी वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आएकी छैनन् ।  आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उनले बताए । घटनास्थलमा वडाध्यक्षले प्रयोग..

    मोहन वैद्य र नेत्रविक्रम चन्दलाई पार्टी एकतामा आउन प्रचण्डको आग्रह, शहीदको भावनालाई सम्बोधन गर्न आह्वान

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन पुनः आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको भावना र चाहना मुताबिक पार्टी एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरेका हुन् । उनले कम्युनिस्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल..

    प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीद्वारा पद त्याग, राष्ट्रपतिलाई बुझाए राजीनामा

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहिबार पदबाट राजीनामा दिएका छन् । उमेरसम्बन्धी विवादमा परेका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि बिहिबार उनले शीतल निवास पुगी पदबाट राजीनामा दिएका हुन्  ।  महान्यायाधीवक्ता अग्नि खरेलले पराजुलीले राजीनामा राष्ट्रपतिलाई बुझाएको पुष्टि गरे। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले पनि पराजुलीको राजीनामा राष्ट्रपति कार्यालयमा रहेको बताए। राष्ट्रपति कार्यालयका..

    राष्ट्रपतिलाई सार्क महासचिवको बधाई, क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनःनिर्वाचित भएकोमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद बी सियालले हार्दिक बधाई ज्ञापन गरेका छन । राष्ट्रपति भण्डारीलाई सार्कका आठ वटै सदस्य मुलुकका कूटनीतिक एवं सचिवालयका कर्मचारीका तर्फबाट आज एक पत्र पठाउँदै महासचिव सियालले बधाई ज्ञापन गरेका हुन् । पत्रमा नेपालले तीन वटा सार्कका शिखर सम्मेलन आयोजना गरेको स्मरण गर्दै उनले सार्कको स्थापनाकालदेखि..

    इलाम नगरपालिकाले ल्यायो जनगणना वृद्धिको नियम, जति बढी बच्चा जन्मायो उति बढी प्रोत्साहन रकम

    बिहिवार, चैत्र १, २०७४ साल
    मंगलबारे, इलाम, १ चैत ।  कर्मचारी व्यवस्थापन ऐन र शिक्षा नियमावलीमा समेत कर्मचारी तथा शिक्षक–शिक्षिकाले जति पटक बच्चा जन्माए पनि उसले पाउने सुविधामा कुनै कटौती नगर्ने  इलाम नगरपालिकामा जति बढी बच्चा जन्मायो उति बढी प्रोत्साहन रकम पाइने भएको छ ।  आगामी २० वर्षभित्र यस नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनगणना वृद्धि गर्न यस्तो नियम बनाइएको हो ।  यस निर्णयले नगरको जनसंख्या वृद्धि गर्ने योजना अघि..

    गृहमन्त्री थापासँग अमेरिकी राजदूतको भेट, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।  भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहिआएको बताउँदै यो अवधिमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताए ।  उनले नेपालको..

    उपसभामुख पदमा काँग्रेसले भुसाललाई उम्मेदवार बनायो, चैत २ गते को निर्वाचन हुँदै

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुखमा पुष्पा भुुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  यसअघि काँग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन ।  यही चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि काँग्रेस पदाधिकारी बैठकले आज भुसाललाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत निर्वाचित थिए । संघीय संसद् सचिवालयले..

    जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

    बिहिवार, चैत्र १, २०७४ साल
    लिबाङ, रोल्पा, १ चैत । ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ ।  प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार मंगलबार साँझको समयमा खेल्न भनी घर बाहिर रहेकी बालिकालाई अँध्यारो हुनेबेला अभियुक्त बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा बयान दिएका छन् ।  असह्य पीडा भएपछि बालिकाले घरमा गई आफ्नी हजुरआमासँग घटनाका..

    जिल्ला कारागार चितवनमा कैदीबन्दीको चाप बढेपछि ३० जना भीमफेदी चलान

    बिहिवार, चैत्र १, २०७४ साल
    चितवन, १ चैत  ।  जिल्ला कारागार चितवनमा कैदीबन्दी राख्ने ठाउँको अभाव भएपछि ३० जना पुरुष कैदीबन्दीलाई भीमफेदी कारागार चलान गरिएको छ । कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार गर्मी बढेसँगै सुत्न र बस्न कठिन भएपछि कैदीबन्दीलाई भीमफेदी चलान गरिएको हो ।  कारागारको क्षमता २५५ जनाको भए पनि हाल ६०० कैदीबन्दी रहेका छन् । भवनमा सुत्ने बस्ने ठाउँ नभएर बाहिर राख्नु पर्ने, सुरक्षा दिन कठिन..

    युएस बंगला विमान दुर्घटनाका दिवंगतहरुको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत ।  नेपाल शैक्षिक परामर्श संघले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।  सोही संघबाट बंगलादेशमा चिकित्साशास्त्र पढ्न गएका १३ विद्यार्थीले पढाइ सम्पन्न गरेर फर्कने क्रममा दुर्घटनामा परी ज्यान गुमाएकामा उनीहरुले बुधबार साँझ दुःख व्यक्त गरेका थिए ।  दुर्घटनामा ज्यान गुमाएकाका आफन्त तथा परिवारप्रति समवेदना प्रकट गर्दै..

    नार फुको च्याखु गोठमा सिमित ७७ वर्षीया आनीको संसार,

    बिहिवार, चैत्र १, २०७४ साल
    मनाङ, १ चैत ।   नेपालमा थुप्रै परिवर्तन भए र हुँदै आएका पनि छन् । महिला अधिकारका चर्का नारा र भाषणले कति सडक तताइएका पनि छन् ।  हिजोआज हाम्रो देशका महत्वपूर्ण ठाउँमा नारीको राम्रै उपस्थिति रहेको पाइन्छ भने सरकारले पनि महिलालाई प्राथमिकताका साथ अवसर दिँदै आएको छ । नियम कानून पनि निर्माण भएका छन् ।  तर दूरदराजमा रहेकी एक वृद्वा आनी छोमा लामालाई सरकार के..

    राष्ट्रपति भण्डारीद्वारा लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी शहीदलाई श्रद्धाञ्जलि

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा आज बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गर्नुभएको छ ।  राष्ट्रपति भण्डारी शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्न त्यहाँ पुग्नुहुँदा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए ।  नवनिर्वाचित राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो..

    तेह्र वर्षकै उमेरमा बालविवाह, रोके अभिभावकले

    बिहिवार, चैत्र १, २०७४ साल
    जाजरकोट, १ चैत । गाउँगाउँमा जनचेतना बढेसँगै बालविवाह रोक्न अभिभावक नै जुटेका छन् ।  नलगाड नगरपालिका–८ काब्राका १३ वर्षीया चन्द्रिका चदाराको बालविवाह रोकिएको छ । पञ्च भयार मावि, जिकुवामा कक्षा ५ मा पढ्ने छात्रा चन्द्रिका चदारालाई नलगाड–१ चिउरीका १५ वर्षीय प्रेम विकले सोमबार भगाएर लगेका थिए ।  भगाएर गरिएको बालविवाहले फाइदा नगर्ने भन्दै छात्राका बाबु जयलाल चदाराले केड नेपाल र महिला अधिकार मञ्चको..

    कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण, आजैबाट कार्यालयको काम शुरु

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत ।  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गर्नुभएको छ ।  कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गरेका छन् ।  न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उनि पदमा नरहेको जानकारी गराएको थियो । ..

    सधैं राष्ट्र र जनताको पक्षमा काम गर्नेछु : नवनिर्वाचित राष्ट्रपति भण्डारी

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत्र :  नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीेले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।  राष्ट्रपति भवन शीतलनिवासमा आज पदभार ग्रहण गर्ने क्रममा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै मुलुक नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको वर्तमान अवस्थामा नेपाली जनताका प्रतिनिधिमार्फत दिइएको यो जिम्मेवारीलाई पूरा गर्ने अठोट व्यक्त गर्नुभयो ।  राष्ट्रपति भण्डारीले २८ महिनाभन्दा बढी अवधिको पहिलो कार्यकालमा आमजनताबाट प्राप्त..

    प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त, न्यायपरिषद्ले राष्ट्रपतिलाई लेख्यो पराजुली 'पद'मा नरहेको चिठ्ठी

    बुधबार, फागुन ३०, २०७४ साल
    काठमाडौँ, ३० फागुन न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई पदमुक्त गराएको छ । न्याय परिषद सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको भन्दै उनलाई नै चिठ्ठी पठाएका छन्। त्यसको बोदार्थ राष्ट्रपति कार्यालय, संवैधानिक परिषद, प्रधानमन्त्री कार्यालय र सर्वोच्च अदालतलाई गराएका छन्। न्यायपरिषद्को सचिव स्तरीय निर्णयबाट प्रधानन्यायाधीश पराजुलीको अवकाश भइसकेको निर्णय गर्दै जानकारी पत्रमार्फत गराइएको हो।  पत्रमा प्रधाननन्यायाधीश पराजुली गत साउन २१ गते..

    इलाममा दोस्रो नगरसभा सम्पन्न, रु ७१ करोड ९३ लाख २१ हजारको बजेट स्वीकृत

    बुधबार, फागुन ३०, २०७४ साल
    इलाम फागुन ३० विभिन्न छवटा ऐन पारित गर्दै इलाम नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । सभाले ‘इलाम नगरपालिका सहकारी ऐन २०७४’, ‘इलाम नगरपालिका नगर प्रशासकीय ऐन २०७४’, ‘इलाम नगरपालिका नगर कर्मचारी ऐन २०७४’, ‘इलाम नगरपालिका कृषि व्यावसाय ऐन २०७४’, ‘इलाम नगरपालिका बजार अनुगमन ऐन २०७४’ र ‘इलाम नगरपालिका न्यायिक समिति ऐन २०७४’ पारित गरेको हो ।  नगरसभाबाट पारित ऐन एकसाताभित्र प्रमाणीकरण..

    नैतिक संकटमा परेका पदमुक्त प्रधानन्यायाधीस गोपाल पराजुलीद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ

    बुधबार, फागुन ३०, २०७४ साल
      काठमाडौँ, ३० फागुन नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा उनले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्  । सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।  न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई पदमुक्त गरेको बताए पनि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ गराएका छन्..

    शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने : पुष्पकमल दाहाल (प्रचण्ड)

    बुधबार, फागुन ३०, २०७४ साल
    काठमाडौँ, ३० फागुन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने बताएका छन् । किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा बुधबार काठमाडौँमा आयोजित ‘प्रदेश नं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाई कार्यक्रम’मा उनले भने—“बिहीबार वा शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ ।” अध्यक्ष दाहालले मन्त्रिमण्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने बताउँदै “वाम गठबन्धनले सयुक्त..

    उपराष्ट्रपति निर्वाचन चैत ९ गते, बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने

    बुधबार, फागुन ३०, २०७४ साल
    काठमाडौँ, ३० फागुन निर्वाचन आयोगले उपराष्ट्रपतिको निवाचन चैत ९ गते गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षता बुधबार बसेको बैठकले उपराष्ट्रपतिको निर्वाचन सो मितिमा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगका अनुसार चैत ९ गते शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ । निर्वाचन कार्यतालिकाअनुसार, चैत १ गते..

    सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान, निजी क्षेत्रको सुझावलाई लिएर अगाडि बढ्ने विश्वास

    बुधबार, फागुन ३०, २०७४ साल
    काठमाडौँ, ३० फागुन नेपाल चेम्बर अफ कमर्शले सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान गरेको छ । चेम्बरले बुधबार संघीय संरचनामा आर्थिक समृद्धिका अवसर तथा नवनिर्वाचित मुख्यमन्त्रीलाई सम्मान तथा अभिनन्दन गरेको हो । सम्मानितहुने मुख्यमन्त्रीमा प्रदेश–१ का शेरधन राई, प्रदेश–२ का लालबाबु राउत गद्दी, प्रदेश–३ का डोरमणि पौडेल, प्रदेश–४ का पृथ्वीसुब्बा गुरुङ, प्रदेश–५ का शंकर पोखरेल, प्रदेश–६ अर्थात कर्णाली प्रदेशका महेन्द्रबहादुर शाही र प्रदेश–७ का त्रिलोचन..

    राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित

    बुधबार, फागुन ३०, २०७४ साल
    काठमाडाँ, ३० फागुन  राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका छन । राष्ट्रियसभाको आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।  राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले अध्यक्ष पदमा तिमिल्सिना निर्विरोध निर्वाचित भएको घोषणा गरिन्।  त्यसअघि उहाँका प्रस्तावक खिमलाल भट्टराईले अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका  थियो भने उक्त प्रस्तावको समर्थक सुमनराज प्याकुरेल र दिनानाथ शर्माले समर्थन गरेका थिए ।  राष्ट्रियसभाको..

    लोकतन्त्रको सुदृढिकरणका लागि विपक्षी दलको भूमिका महत्वपूर्ण: काँग्रेस सभापति देउवा

    बुधबार, फागुन ३०, २०७४ साल
    काठमाडौँ, ३० फागुन ।  नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको सुदृढिकरणका लागि विपक्षी दलको भूमिका महत्वपूर्ण हुने बताएका छन ।  संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि काँग्रेसद्वारा आज काठमाडौँ आयोजित अभिमुखिकरण कार्यक्रममा उनले विपक्षमा रहेको बेला पार्टीको भूमिका सरकारमा रहेको भन्दा बढी सबल हुने बताए ।  ​देउवाले भने , “संसद्मा विपक्षीले कस्तो मुद्दा उठाए भनेर जनताले हेरिरहेका हुन्छन, त्यसैले अध्ययन गरेर तर्कका..

    राष्ट्रपति भण्डारीले आज प्रधाननयायधीशबाट पद तथा गोपनीयताको शपथ लिने

    बुधबार, फागुन ३०, २०७४ साल
    फागुन ३० काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन्। राष्ट्रपतिकार्यालयका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ बजेका लागि तय भएको हो । नेपालको संविधानको धारा ७१ मा 'आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिले संघीय कानुन बमोजिम प्रधाननयायधीश समक्ष पद तथा गोपनीयताको समथ लिने' व्यवस्था छ।   प्रधानन्यायधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको सपथ..

    आवश्यक कानूनको अभावमा जनप्रतिनिधि अन्योलमा, स्थानीय तहको काममा प्रमुख समस्याका रुपमा कानून

    बुधबार, फागुन ३०, २०७४ साल
    पोखरा, ३० फागुन ।  निर्वाचित भएको १० महिना बितिसक्दा पनि आवश्यक कानूनको अभावमा स्थानीय सरकारको नेतृत्वमा रहेका जनप्रतिनिधि यतिखेर अन्योलमा छन् ।  स्थानीय सरकार सञ्चालनका लागि संवैधानिक रुपमा अधिकार किटान गरिएकोमा त्यसको उपयोगका लागि कानून आवश्यक भए पनि त्यो बन्न नसक्दा जनप्रतिनिधिलाई समस्या भएको हो ।   कानून बन्न नसक्दा अपेक्षा गरेअनुरुप जनताका आकांक्षा पूरा गर्न नसकिएको माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले बताए ।  “हामी कानूनका..

    रेडक्रस नुवाकोट शाखा सभापतिमा नयाँ नेतृत्व, पुनः सुरतबहादुर चित्रकार चयन

    बुधबार, फागुन ३०, २०७४ साल
    नुवाकोट, ३० फागुन ।  नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा सभापतिमा पुनः सुरतबहादुर चित्रकार चयन हुनुभएको छ ।  विदुरमा मंगलबार भएको २९औँ जिल्लासभामार्फत सर्वसम्मतरुपमा वर्तमान सभापति चित्रकार चारवर्षे कार्यकालका लागि निर्वाचिन हुनुभएको निर्वाचन समितिका संयोजक मनोज थापाले जानकारी दिए ।  रेडक्रस नुवाकोट शाखा सदस्यहरुमा सीता तामाङ, दिलबहादुर शाक्य, नवराज सुवेदी, निरञ्जनप्रसाद आचार्य, केशव सुवेदी, हरि श्रेष्ठ, श्रीराम पाण्डे, बादलमान श्रेष्ठ, विनोद पाठक, उद्धव शर्मा..

    राष्ट्रपति भण्डारीलाई दोश्रो कार्यकालका लागी निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण

    बुधबार, फागुन ३०, २०७४ साल
    काठमाडौँ, ३० फागुन  ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।  राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी थिइन् ।  प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले नेपालको राष्ट्रपति पदमा निर्वाचन भएकामा राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमा शीतल निवासमा मंगलबार साँझै प्रमाणपत्र हस्तान्तरण गरे  ।  उक्त अवसरमा राष्ट्रपति भण्डारीमा बधाई ज्ञापन गर्दै..
    Weather Forecast