शनिबार, माघ ११, २०७६

    राज्य-समाज

    उपत्यकावासीको १८ वर्ष लामो प्रतिक्षा : अब ६० दिनभित्र मेलम्ची खानेपानी आइपुग्ने

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज  काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए ।  कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ..

    पछिल्लो ५ महीनामा लैङ्गिक हिंसाका घटनामा वृद्धि, जबजस्ती करणी देखि अवैध गर्भपतन सम्म

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज  पछिल्लो पाँच महीनामा जबर्जस्ती करणी, करणी उद्योग, बहुविवाह, बालविवाह, घरेलुहिंसा र अवैध गर्भपतनजस्ता लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ । विसं २०७५ वैशाखदेखि भदौ महीनासम्म जबजस्ती करणी ७१०, जबर्जस्ती करणी उद्योग ३९१, बहुविवाह ३४०, बालविवाह ४०, घरेलुहिंसा पाँच हजार ४१७ र अवैध गर्भपतन १० वटा घटना प्रहरीकहाँ दर्ता भएका थिए ।  प्रतिनिधिसभा, महिला र सामाजिक समितिको बिहिबारको बैठकमा महिला,..

    निर्मला पन्तका हत्यारालाई छिट्टै कारवाहीको दायरामा ल्याउने गृहमन्त्रीको दाबी

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज  गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिएका छन् ।  उनले भने, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ । म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु । जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान भइराखेको छ । नतिजा (रिजल्ट) छिट्टै आउँछ ।” प्रतिनिधिसभा, महिला र सामाजिक..

    विगत ७ महिना यता देशको शान्तिसुरक्षा खस्किएको काङ्ग्रेस नेता गच्छदारको आरोप

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज सङ्घीय संसद्, प्रतिनिधिसभाको बिहिबारको बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था खस्किएको आरोप लगाए ।  नेता गच्छदारले प्रतिपक्ष दलका नेताको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढेको तथा अपराधीलाई पक्राउ गरी कारवाही गर्न नसकेको भ्रष्टाचारीहरु पुरस्कृत हुँदै गएको बताए ।  नेता गच्छदारले गृहमन्त्रीले समितिको बैठकमा हत्या, हिंसा र..

    प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री स्वराजको शिष्टाचार भेट

    बिहिवार, असोज ११, २०७५ साल
    न्यूयोर्क, ११ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुषमा स्वराजले शिष्टचार भेट गरेका छन् ।  सो अवसरमा दुई मुलुकबीच मित्रता तथा त्यसलाई थप सबल बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।  उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत..

    सरकारप्रति माधव नेपालको असन्तुष्टि : ‘कार्यको परिणाम हेर्न पाए बल्ल हाम्रो शिर ठाडो हुने थियो’

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौं, ११ असोज  पूर्वप्रधानमन्त्री तथा सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक ठिकठाक ढंगले नचलिरहेको भन्दै असन्तुष्टी जनाएका छन्। प्रतिनिधिसभाको जारी अधिवेशनको अन्तिम बैठक विशेष सम्बोधन गर्दै नेता नेपालले दुई तिहाईको सरकारको अनुभूति जनतालाई दिनुपर्ने बताएका छन्।  ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि कोही किनारा लगाइदेऊ देश बचाइदेऊ’ भनेर अधिवेशनको सुरुवातमा आफूले भनेका कुरा..

    प्रधानमन्त्री ओली र स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटबीच भेटवार्ता

    बिहिवार, असोज ११, २०७५ साल
    न्यूयोर्क, ११ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटसँग भेटवार्ता गरे ।  संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग प्रधानमन्त्री ओली तथा राष्ट्रपति बेर्सेट यहाँ छन् । सो अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताए । नेपालमा स्विट्जरल्याण्ड सरकारको सहयोगका विषयमा पनि छलफल भएको उहाँले जानकारी..

    काममा ढिलासुस्ती भएपछि मेयरले हाने लेखा अधिकृतलाई २ झापड, कर्मचारी आक्रोशित

    बिहिवार, असोज ११, २०७५ साल
    जनकपुरधाम, ११ असोज  महोत्तरी भँगाहा नगरपालिकाका प्रमुख (मेयर) सञ्जीवकुमार शाहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई काममा ढिलासुस्ती भएको भन्दै झापड हानेका छन् । कार्यालयको काममा ढिलासुस्ती भएपछि आक्रोशित मेयरले लेखा अधिकृत अधिकारीलाई झापड हानेको बताइएको छ । मेयरको व्यवहारले नगरपालिकाका कर्मचारी आक्रोशित भएका छन् । मेयरमाथि कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापनपत्र दिने र अन्य कानूनी प्रक्रियाबारे आन्तरिक छलफल भइरहेको लेखा..

    नेपाल र माडागास्करबीच कूटनीतिक सम्बन्ध स्थापना, समझदारीपत्रमा हस्ताक्षर

    बिहिवार, असोज ११, २०७५ साल
    न्यूयोर्क, ११ असोज  नेपाल र माडागास्करले बिहिबार औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् ।      परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गरे । यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका अधिकारीले जानकारी दिए ।  माडागास्करको औपचारिक नाम गणतन्त्र माडागास्कर हो र यो हिन्द महासागरमा अवस्थित..

    प्रदेश नम्बर ७ को राजधानी विवाद : धनगढी बिहानैदेखि अशान्त, गोदावरीमा स्वागत

    बिहिवार, असोज ११, २०७५ साल
    धनगढी, ११ असोज प्रदेश राजधानी सारिएको भन्दै बिहीवार विहानैदेखि धनगढी बजार बन्द गराइएको छ । प्रदेश नम्बर ७ को राजधानी गोदावरी नगरपालिकाको तेघरीमा सार्ने प्रस्तावको विरोधमा बिहीबार धनगढी बन्द गरिएको हो । एका बिहानै बजारमा आएका बन्दकर्ताले बजार बन्द गराएका छन् भने यहाँबाट चल्ने सार्वजनिक सवारी साधन बन्द भएका छन् । बिहान सञ्चालन हुने स्कुल कलेज पनि बन्द भएका छन् । राजधानी र..

    नेपाल वायु सेवा निगमको वाइडबडी खरीद प्रकरणमा अनियमितताबारे अध्ययन गरिने

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ ।  समितिको बिहिबारको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।  उनिहरुले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए..

    मुलुकी ऐनको मस्यौदा देउवा नेतृत्वको सरकारले बनाएको हो तर अहिले काङ्ग्रेसबाटै विरोध छ - नेम्वाङ

    बिहिवार, असोज ११, २०७५ साल
    इलाम, ११ असोज    नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन् ।    “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भने, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” बिहिबार बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उनले भने ।     अहिले..

    प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री थेरेसा मेबीच न्यूयोर्कमा भेटवार्ता

    बिहिवार, असोज ११, २०७५ साल
    न्यूयोर्क, ११ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभयो ।  संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताए । उनले..

    पत्नी सीताको उपचारका लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि बुधबार साँझ सिङ्गापुर प्रस्थान गर्नुभएको छ ।  यसअघि उहाँको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।  सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आउनुभएको छ । उहाँका साथमा..

    सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक पारित

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौँ, १० असोज  राष्ट्रियसभाको बुधबारको बैठकले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट कानून, न्याय तथा संसदीय मालिमामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।  यस्तै बैठकमा ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतालाई सम्मिलन गर्ने प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ ।..

    खुर्शिद हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने गृहमन्त्रीको प्रतिबद्धता

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौँ, १० असोज  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् ।  आजबुधबार गृहमन्त्रालयमा मृतक खुर्शिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधि सँगको भेटमा गृहमन्त्री थापाले घटनालगत्तै छानबिन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने विश्वास व्यक्त गरे । उनले मृतक अन्सारीका परिवारका प्रति..

    निजामती अस्पताल विस्तारमा चिनियाँ सहयोग, थप गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौँ, असोज १०  छिमेकी मुलुक चीनको सहायतामा निजामती सेवा अस्पतालको विस्तार र क्षमता वृद्धि हुने भएको छ । नेपाल सरकार र चीन सरकारबीचको सहायता कार्यक्रमअन्तर्गत निजामती अस्पतालको सेवा विस्तार, थप श्ययाको व्यवस्था र अत्याधुनिक सेवासहितका नयाँ भवन र अस्पतालको क्षमता विस्तार हुनेछ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र नेपालका लागि चिनियाँ राजदूत यू होङले बुधबार यहाँ आयोजित कार्यक्रममा..

    गृहमन्त्रीबाटै अनौठो खुलासा : मुचुल्कामा बुबाको नक्कली औंठाछाप, निर्मलाको कपडा जलाइयो

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौं, १० असोज    गृहमन्त्री रामबहादुर थापाले निर्मला बलात्कार हत्याबारे थप रहस्य खुलासा गरेका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ ।   गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको..

    रौतहटमा गाउँलेबीच शव जलाउने विषयमा झडप, प्रहरीद्वारा २० राउण्ड हवाई फायर

    बुधबार, असोज १०, २०७५ साल
    रौतहट, १० असोज  रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच नदीमा शव जलाउने विषयमा झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ । झडप रोक्न गरुडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । झडपका क्रममा केही गाउँले घाइते भएका छन् भने झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन् । गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि..

    राष्ट्रियसभा बैठक : अपराधी राज्यभन्दा बलिया भए, शान्ति सुरक्षाको अवस्था खस्कियो

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौँ, १० असोज   राष्ट्रियसभाको बुधबारको बैठकमा सांसदहरूले मुलुकभर शान्ति सुरक्षाको अवस्था खस्किएको, अपराधी राज्यभन्दा बलिया भएको हुने प्रवृत्तिको नियन्त्रण गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।  सभाको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले शक्तिशाली सरकार भए पनि देशभर नागरिक असुरक्षामा बस्नुपरेको र राज्यको उपस्थिति देख्न नपाइएकामा सरकारको आलोचना गरे । कञ्चनपुरको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा छानबिन..

    जनताका गुनासामा सरकार गम्भीर, समृद्धि र सभ्यताको आधार पर्यटन - अध्यक्ष प्रचण्ड

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौँ, १० असोज  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको बुधबार यहाँ उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारको कामको गम्भीर समीक्षा गरी थप प्रभावकारी बनाउन लागिपरेको उल्लेख गरे ।  “धेरै ठूलो मेहनत र सङ्घर्षपछि हामी राजनीतिक स्थिरताको वातावरणमा आइपुगेका छौँ । जनताको..

    प्रदेश नं ७ : स्थायी राजधानी कुन ठाउँमा बनाउन उपयुक्त हुन्छ भन्ने विषयमा प्रदेशवासीमा चासो

    बुधबार, असोज १०, २०७५ साल
    धनगढी, १० असोज  प्रदेश नं ७ को स्थायी राजधानी कुन ठाउँमा बनाउन उपयुक्त हुन्छ भन्ने विषयमा प्रदेशवासीमा पुनः चासो बढेको छ । मङ्गलबारको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी रहने स्थान र नामाङ्कनको लागि सुझाव दिन गठित विशेष सुझाव समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गरेसँगै राजधानीको विषयमा जनस्तरमा चासो बढेको हो ।  ‘‘स्थायी राजधानी कहाँ बनाउने भन्ने विषयलाई अहिले नै त्यति प्राथमिकता नदिएर अस्थायी..

    बन्दुकको गोलीबाट नभई जनताकै मतबाट 'परिवर्तन र शान्ति' आएको हो : प्रधानमन्त्री [५ फोटो]

    बुधबार, असोज १०, २०७५ साल
    न्यूयोर्क, १० असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताएका छन् ।  प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले बुधबार यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले नेपाली जनताले राणा र शाहवंशका निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेको र अन्त्यमा उनीहरूलाई पराजित..

    सरकारको काम प्रभावकारी हुन नसकेकोप्रति नेकपाकै शीर्ष नेतृत्व रुष्ट !

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौं, १० असोज  नेकपाभित्रै सरकारको काम प्रभावकारी हुन नसकेकोमा आवाज उठ्न थालेको छ । बलियो कम्युनिस्ट पार्टी, दुईतिहाइको सरकार गठन हुँदासमेत जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको जनगुनासो बढ्न थालेपछि नेकपाभित्र सरकारको सुस्त काम गराइप्रति शीर्ष नेतृत्व तहबाटै आवाज उठन थालेको स्रोतले बताएको छ । प्रतिपक्षी कांग्रेस कमजोर अवस्थामा रहेको र सरकारको काम गराइ पनि प्रभावकारी बन्न नसक्दा राजनीतिक वितृष्णा पैदा हुन..

    सङ्घीयताको आडमा मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो

    बुधबार, असोज १०, २०७५ साल
    पर्सा, १० असोज  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन् । राजपा पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिए ।  उनले कर वृिद्धको आडमा लोकतन्त्र विरोधीहरु सङ्घीयतासँगै..

    ‘नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैँ पन्छाउने गरेको छ’ : प्रधानमन्त्री ओली

    बुधबार, असोज १०, २०७५ साल
    न्यूयोर्क, १० असोज प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गरेका छन् ।  संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कार्य’ (एक्सन फर पिसकिपिङ) को उच्चस्तरीय बैठकमा प्रधानमन्त्री ओलीले आज उक्त आग्रह गरेका हुन् । उनले हरेक द्वन्द्वको..

    परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्रीबीच भेटवार्ता, बेलायतका राज्यमन्त्री र बुल्गेरियाका विदेशमन्त्रीसंग पनि भेट

    बुधबार, असोज १०, २०७५ साल
    न्यूयोर्क, १० असोज : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीसँग भेटवार्ता गर्नुभएको छ ।  उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अझै क्रियाशील तुल्याउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।  सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव वैरागी, परराष्ट्र मन्त्रालयका..

    महासचिव गुटेरेसद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

    बुधबार, असोज १०, २०७५ साल
    न्यूयोर्क, १० असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ उक्त समारोहमा सरिक हुनुभएको हो ।  अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्रसङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ । संयुक्त..

    व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका विश्वकर्मालाई थुनामुक्त गर्न आदेश

    मंगलवार, असोज ९, २०७५ साल
    काठमाडौँ, ९ असोज  सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न मंगलबार आदेश जारी गरेको छ ।  न्यायाधीश अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई अदालतका रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा विश्वकर्मालाई गैरकानूनी रुपमा थुनामा राखिएको देखिएको र पटक पटक थुनामुक्त गर्ने आदेश..

    राष्ट्रियसभा विशेष समय : सांसदहरुबाट उठेका विषय - वनदेखि हत्याहिंसा सम्म

    मंगलवार, असोज ९, २०७५ साल
    काठमाडौँ, ९ असोज  राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुले सामुदायिक वन, निजगढ विमानस्थल, पेट्रोलियम पदार्थको अन्वेषण, वैदेशिक रोजगार, सुरुङमार्ग र पुल निर्माण तथा हत्या हिंसासम्बन्धी विषय उठाएका छन् ।  सांसद चक्रप्रसाद स्नेहीले डडेलधुराको भित्री मधेशमा वन अतिक्रमण भएको भनी १०८ वटा सामुदायिक वनलाई कारवाहीको दायरामा ल्याउने क्रममा अतिक्रमणमा संलग्न रहेको आरोपमा निलम्बनमा परेका शिक्षकको रोकिएको तलव उपलब्ध गराउन माग गरे ।  सांसद राधेश्याम अधिकारीले प्रदेश..
    Weather Forecast