आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    रोल्पामा आमाले गरेको दुष्कर्मको सजाय भोग्दै ४ वर्षीया बालिका

    आईतवार, फागुन २७, २०७४ साल
    लिबाङ, रोल्पा, २७ फागुन ।  झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी ४ वर्षीया बालिका आशा परियार जिल्ला कारागार रोल्पाको बन्दी गृहमा थुनामा छिन् ।  परियारकी आमाले आफ्नै दिदी पर्ने थबाङ रोल्पाकी सुनकुमारी नेपालीको हत्या गरेको पुष्टि भएपछि मुलकी ऐन ज्यान सम्बन्धीको १४ नं बमोजिम जिल्ला अदालत रोल्पाले १० वर्ष कैद हुने गरी २०७३ फागुन ३ गते फैसला सुनाएको थियो । यसरी आमा थुनामा..

    प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज विश्वासको मत लिने कार्यक्रम

    आईतवार, फागुन २७, २०७४ साल
    बुटवल, २७ फागुन : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज विश्वासको मत लिने भएका छन् ।  कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गर्नेछन् ।  यस्तै, बैठकमा अन्य दुई विधेयकहरू समेत प्रस्तुत गर्ने र ती विधेयकसहित अर्को मस्यौदा समेत सांसदहरूलाई छलफलका..

    प्रधानमन्त्री ओलीले आज अपराह्नपछि प्रतिनिधिसभामा विश्वासको मत लिने

    आईतवार, फागुन २७, २०७४ साल
    काठमाडौँ, २७ फागुन । संघीय नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा संघीय संसद्को विश्वासको मत लिने भएका छन् । बाम गठबन्धन तर्फबाट प्रधानमन्त्री बनेका ओलीको पक्षमा सजिलै बहुमत पुग्ने देखिन्छ ।  यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।  पार्टीका प्रवक्ता भुवन पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता कायम गर्न..

    नेपाली सेनाले सय वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक रु १० हजार दिने

    शनिबार, फागुन २६, २०७४ साल
    हिले, धनकुटा, २६ फागुन : नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ ।  प्रधानसेनापति राजेन्द्र्र क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा आज आयोजित भूपू सैनिक सम्मेलनमा १०० वर्ष उमेर पुगेका भूपू सैनिकलाई शताब्दी मासिक भत्ता उपलब्ध गराउने जानकारी दिए ।  नेपाली सेनाले ९० देखि ९९ वर्ष उमेर समूहका भूपूसैनिकलाई कल्याणकारी कोषबाट पूर्व शताब्दी..

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय जनता पार्टी (राजपा)ले समर्थन गर्ने

    शनिबार, फागुन २६, २०७४ साल
    काठमाडौँ, २६ फागुन : राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ ।  आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।  प्रतिनिधिसभाको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको बताए ।  सदस्य यादवले..

    ‘नेपाल–भारतबीच सीमा विवादको पहिलो कारण स्पष्ट सीमारेखा नहुनु हो ।’

    शनिबार, फागुन २६, २०७४ साल
    काठमाडौं, फागुन २६ ।  नेपाल र भारत एक–आपसमा निकै नजिकका छिमेकी राष्ट्रकारुमा रहँदै आएका छन् । कारण यी दुई देशकाबीचमा आर्थिक, भौगोलिक, धार्मिक एवम् सामाजिक लगायतका हिसाबले निकै नै निकटताको सम्बन्ध रहँदै आएको छ । यी दुई देशकाबीचमा अहिलेसम्म पनि खुल्ला सिमाना रहेको छ । जसका कारण दुवै देशका नागरिकहरु आफ्नो सामान्य परिचयपत्रका आधारमा नै एक–आपसको देशमा निर्वाधरुपले आवत–जावत गर्दै आइरहेका..

    देश र जनताको अहितमा कुनै पनि काम गर्दिन : प्रधानमन्त्री ओली

    शनिबार, फागुन २६, २०७४ साल
    काठमाडौँ, २६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताउनुभएको छ ।  देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको समूहको ज्ञापनपत्र बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकाले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभूति गराउने बताउनुभयो ।  सरकारले सम्मानित जीवन जिउन पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउँछ,..

    राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई राष्ट्रिय जनता पार्टी (राजपा) ले समर्थन गर्ने

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन : राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा(एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ ।  राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिए । उनका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ । सत्ता नेतृत्वकर्ता एमाले र नेकपा (माओवादी केन्द्र) सँग भइरहेका..

    मुख्यमन्त्री गुरुङले पाए विश्वासको मत, ४१ जनाले गरे उनको पक्षमा मतदान

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ  फागुन २५ ।  प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावमा ४१ जनाले उनको पक्षमा मतदान गरेका थिए भने १७ जनाले विपक्षमा मतदान गरेका थिए। साठी सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेको २७ र..

    कृष्णबहादुर महरा: गणित शिक्षकदेखि प्रतिनिधिसभाको सभामुखसम्म

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन चार दशकदेखि निरन्तर वामपन्थी राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराको प्रतिनिधिसभाको सभामुखमा एकल उम्मेदवारी परेको छ । शालीन व्यक्तित्व महराविरुद्ध कुनै पनि राजनीतिक दलले उम्मेदवारी अगाडि सारेनन् । राजनीतिक दलबीच समन्वयकारी भूमिका निर्वाह गर्न सफल महरालाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको शालीन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्धतिको गरिमा अभिवृद्धि हुने विश्वास गरेको..

    गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक नगेन्द्र शर्माको उपचारका क्रममा निधन

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ २५ फागुन  गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।  मृर्गौला रोगबाट पीडित शर्माको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारले जनाएको छ ।  विसं २०४१ मा शर्मा संस्थानको महाप्रबन्धक बनेका थिए ।  उनका  एक छोरा र एक छोरी छन् ।  ..

    पूर्वी पृतनामा भूपूहरुको परेड, नेपाली सेना सबैको भरोसाको केन्द्र रहेको प्रधानसेनापतिको भनाई

    शुक्रबार, फागुन २५, २०७४ साल
    इटहरी, २५ फागुन निकै उत्साह र फूर्तिकासाथ आज नेपाली सेनाको पूर्वी पृतनामा भूपू सैनिकले बहालमै रेहेको झ–झल्को दिने गरी कवाज (परेड) प्रस्तुत गरेका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा इटहरीको मैदानमा आयोजना गरिएको भूपू सैनिक सम्मेलनका क्रममा १०१ भूपू सैनिकले फूर्तिका साथ कवाज प्रस्तुत गरेका थिए । सो अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली सेना सबैको आस्था र भरोसाको केन्द्र्र रहेको बताउँदै..

    कृष्णबहादुर महरा सभामुखमा निर्विरोध, शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा औपचारिक घोषणा गरिने

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध भएका छन् । सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध  भएका संघीय संसद् सचिवालयले जनाएको छ । यद्यपि उनी निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ । नेकपा(एमाले)का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा उनले..

    राष्ट्रियसभाका तीन सदस्यद्वारा शपथ, राष्ट्रपति निर्वाचनमा मतदान गर्न भने नपाउने

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन्  । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले शुक्रबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा. युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराएकी हुन् । नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था रहेको छ । यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत शपथमा रोक लगाएका कारण यही..

    मुख्यमन्त्री शेरधन राईद्वारा प्रदेश नं १ को मुख्य न्यायधिवक्तामा चुडामणि आचार्य सिफारिस

    शुक्रबार, फागुन २५, २०७४ साल
    विराटनगर २५ फागुन मुख्यमन्त्री शेरधन राईले प्रदेश नं–१ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गरेका छन्  । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।  मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीशसरह मर्यादा र सुविधा पाउने मुख्य..

    भूगर्व विभागले खानी उत्खननका लागि अध्ययन गर्ने, अध्ययनका लागि तीन करोड ९० लाख बजेट विनियोजन

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन खानी तथा भूगर्व विभागले मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्नेभएको छ । लामो समयदेखि खानीको अध्ययन र उत्खनन गर्दै आएको विभागले मुलुकको विभिन्न क्षेत्र गरी सात चरणमा गरिने उक्त भौगर्भिक अध्ययनका लागि रु. तीन करोड ९० लाख बजेट विनियोजन गरिएको छ । पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्यूठान र बागलुङ, तेस्रोमा..

    प्रदेश नं ३ मा व्यावहारिक भएर न्याय सम्पादन गर्न मुख्यमन्त्री पौडेलको आग्रह

    शुक्रबार, फागुन २५, २०७४ साल
    हेटौंडा २४ फागुन ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायमा गठित न्यायिक समितिका पदाधिकारीलाई निष्पक्ष, व्यावहारिक र विवेकशील भएर न्याय सम्पादन गर्न आग्रह गरेका  छन् ।  जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज यहाँ आयोजित स्थानीय तहका उपप्रमुख सम्मिलित न्यायिक समितिका पदाधिकारीका लागि आयोजित तीनदिने कानुनी प्रशिक्षणको उद्घाटन गर्दै उनले जनताको हितमा फैसला गर्दा संघीयताप्रति जनआस्था वृद्धि हुनेतर्फ सबैको ध्यानाकर्षण गरे  ।  पूर्वन्यायाधीश..

    प्रतिनिधिसभाको सभामुख उम्मेदवारी दर्ता: काँग्रेसले उम्मेदवारी नदिने

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन : नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पारे । केही बेरअघि नेकपा..

    वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने : नगरप्रमुख पाण्डे

    शुक्रबार, फागुन २५, २०७४ साल
    तुलसीपुर, दाङ, २५ फागुन ।  तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर–१२, रझेनामा रहेको केशव झुपा वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।  बिहीबार रझेनास्थित वृद्धाआश्रमको स्तरोन्नतिका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन समारोहलाई सम्बोधन गर्दे पाण्डेले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्  ।  नगरप्रमुख पाण्डेले वृद्धाश्रमको स्तरोन्नतिका लागि उपमहानगरपालिकाले गर्नसक्ने जुनसुकै सहयोग गर्न आफू तत्पर रहेको पनि बताए  ।..

    रोल्पामा महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी

    शुक्रबार, फागुन २५, २०७४ साल
    लिबाङ, रोल्पा, २५ फागुन ।  रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो ।  ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई दुःख दिएको भन्दै ७० वर्षीया वृद्ध आमा ३८ वर्षीय छोरी र १ वर्षकी नातिनी काखमा च्यापेर न्यायको ढोका ढक्ढकाउन प्रहरी कार्यालय, रोल्पामा आइपुग्नु भएको थियो । वृद्ध आमाको बिलौना सुन्दा..

    सिन्धुलीमा बजारदेखि गाउँसम्म हात्ती आतंक, स्थानीयबासी आजित

    शुक्रबार, फागुन २५, २०७४ साल
    सिन्धुली, २५ फागुन ।  सिन्धुलीमा झण्डै एक महिनादेखि जंगली हात्ती मानवीय बस्ती नजिक बसोबास गर्दा सर्वसाधारण त्रसित बनेका छन् ।  दिनभर जंगलमा बसोबास गर्ने र रातको समयमा मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण त्रसित बनेका हुन् । रातको समयमा जंगल र साँझ परेपछि मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण हात्तीको डर त्रासमा नै रातभर जाग्राम बस्न बाध्य रहेका छन् ।  बिहीबार बिहान सिन्धुलीको बजार क्षेत्रमा..

    राष्ट्रिय प्रकृति संरक्षण कोष मकवानपुर र गोरखामा सालकको सर्वेक्षण गर्दै

    शुक्रबार, फागुन २५, २०७४ साल
    रत्ननगर, चितवन, २५ फागुन राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर, चितवनले अतिसंकटापन्न अबस्थामा पुगेको स्तनधारी वन्यजन्तु सालकको मकवानपुर र गोरखामा समेत अध्ययन थालेको छ ।  मकवानपुरको रानीवन सामुदायिक वनबाट बिहीबारदेखि सालकको अध्ययन थालेको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए  । यसअघि फागुन ९ गतेदेखि चितवनमा शुरु भएको अध्ययन बिहीबार मकवानपुरसँगै गोरखामा समेत थालिएको भट्टराईले जानकारी दिए  । गोरखामा भने मिरकोट सामुदायिक वनमा..

    तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित 'सोल्मा'का अग्निपीडितलाई राहत वितरण

    शुक्रबार, फागुन २५, २०७४ साल
    तेह्रथुम, २५ फागुन ।  तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सोल्माका अग्नीपीडितलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरण गरेको छ ।  समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालसहितको टोलीले बिहीबार आगलागीस्थलको अवलोकनसमेत गर्दै पीडित परिवारलाई नगद रु २० हजार तथा अत्यावश्यक खाद्यान्नका सामग्री वितरण गरेको हो ।  मंगलबार दिउँसो भएको आगलागीबाट छघर पूर्णरुपमा जलेर नष्ट भएका थिए तर पूर्णरुपमा विस्थापित तीन परिवारलाई मात्रै तत्काल राहत वितरण..

    प्रदेश नं ४ का मुख्यमन्त्री गुरुङ आज प्रदेशसभाबाट विश्वासको मत लिंदै

    शुक्रबार, फागुन २५, २०७४ साल
    पोखरा, २५ फागुन।  प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएको छ ।  आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए  ।  संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । गत माघ २८ गते..

    महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादीको निर्णय, शुक्रबार दिउँसो १ बजेसम्मका उम्मेदवारी दर्ता हुँदै

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको सभामुख पदका लागि नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।   सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा शुक्रबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरालाई सत्तारुढ वाम गठबन्धनको समर्थन हुनेछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार..

    प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदै

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन : प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।  संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारीको सूचना दर्ता हुनेछ ।  सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सभामुखको उम्मेदवारी दर्ता गराइनेछ । सत्तारुढ वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) ले सो पदमा..

    अध्यक्ष दाहालद्वारा नारायणहिटी परिसरमा निर्मित गणतन्त्र स्मारकको अवलोकन

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बिहीबार साँझ नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारकको अवलोकन गरेका छन् ।  स्मारकको अवलोकनपछि उनले आफू प्रधानमन्त्री हुँदा यही परिसरभित्रै स्मारक बनाउनुपर्छ भनी ल्याएको अवधारणाले अहिले मूर्त रुप पाउँदा खुशी लागेको बताए ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण..

    फागुन २५ र २६ गते नेपाल बन्द भन्दै अफबाह फैलाउने रञ्जित गुरुङ न्युरोडबाट पक्राउ

    बिहिवार, फागुन २४, २०७४ साल
    २४ फागुन, काठमाडौं । फागुन २५ र २६ गते बन्द आव्हान गर्ने ‘पुर्व जनमुक्ति सेना रञ्जित गुरुङ समुह’का अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् ।  गुरुङलाई काठमाडौको न्युरोडबाट पक्राउ गरेको प्रहरीको भनाई छ  ।  महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले गुरुङ पक्राउ परेका पुष्टि गरेका हुन् ।  गुरुङले धाक र धम्की दिएर चन्दा असुल्ने काम समेत पाइएको छ । गुरुङ तत्कालिन माओवादीका..

    कर्णाली प्रदेशसभा नियमावली प्रतिवेदन हस्तान्तरण, नियमावली प्रतिवेदनमा २६ परिच्छेद र आठवटा अनुसूची

    बिहिवार, फागुन २४, २०७४ साल
    सुर्खेत, २४ फागुन कर्णाली प्रदेशसभा नियामवली, २०७४ मस्यौदा समितिले बुधबार सभामुख राजबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय मस्यौदा समितिले सभामुख शाहीलाई बुधबार साँझ प्रतिवेदन बुझाएको हो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलसहितको उक्त समितिले चारवटा समिति र तिनको कार्य क्षेत्रसमेत तोकिएको प्रतिवेदन बुझाएको हो । नियमावली प्रतिवेदनमा २६..

    “अब कोही भोको परेर मर्दैन, मर्यो भने यसको जिम्मेवारी सरकारले लिन्छ” : प्रधानमन्त्री ओली

    बिहिवार, फागुन २४, २०७४ साल
    २४ फागुन, काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अब कुनै पनि नेपाली भोकै पर्न नपर्ने अभिव्यक्ति दिएका छन् । बिहिवार भृकुटीमण्डपमा आयोजित अन्तरार्ष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानजमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । आफुहरुले विकास र समृद्धिलाई मध्य नजर गर्दै नयाँ नारा अगाडी ल्याएको जसअनुसार अव कुनै नेपाली भोको हुननपर्ने र यसको जिम्मेवारी सरकारले लिने बताएका छन् । प्रधानमन्त्री ओलीले..
    Weather Forecast