शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    प्रतिनिधिसभाको बैठकमा अध्यादेश पेश, दुवै सदनको संयुक्त बैठक चैत १५ गते बस्ने

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक यही चैत १५ गते अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले दुवै सदनको बैठक चैत १५ गते बस्ने र उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने जानकारी दिए । दुवै सदनको संयुक्त रुप संघीय संसद् हो । प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न..

    काँग्रेस कार्यसमिति बैठक : पार्टी सिद्धान्तबाट सञ्चालन हुनुपर्ने काँग्रेसी नेताहरुको माग

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत प्रतिनिधिसभा-प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसको लोकप्रिय मतमा अग्रस्थान नै आएको तर प्राविधिक रुपमा सिट संख्या कम आउँदा आत्तिहाल्नु पर्ने अवस्था नआएको काँग्रेसका केन्द्रीय सदस्यहरुले चुनावी विश्लेषण गरेका छन् । तीनै तहका निर्वाचनको चुनावी समीक्षा र अगामी दिनमा नेकाले लिने रणनीतिका बारेमा शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार बोल्ने केन्द्रीय सदस्यले निर्वाचनपछिको परिस्थितिका बारेमा आ–आफ्नो धारणा राखेका हुन् । उनीहरुले..

    युरोपियन युनियन (इयु) को निर्वाचन प्रतिवेदनमा प्रमुख विपक्षी दल काँग्रेसको पनि आपत्ति

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इ.यु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।  सोमबारको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि काँग्रेसले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए । इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिन अघि सार्वजनिक गरेको थियो ।  उक्त प्रतिवेदनका केही..

    राष्ट्रपतिले आगामी चैत १५ गते दिउँसो ४ बजे संसदमा सम्बोधन गर्ने

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत : मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।  निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो ।  आज बालुवाटारमा सम्पन्न बैठकपछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिनुका हुन् ।  यसैगरी बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा कुन्दन अर्याल..

    छलीमायालाई ‘सामुदायिक उत्थानशीलताका लागि नेतृत्व पुरस्कार’ प्रदान

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत ।  अल्पसंख्यक थामी सामुदायलाई नयाँ सोचका साथ व्यवसायमा संलग्न गराउन महत्वपूर्ण योगदान पुर्याएबापत छलीमाया थामीलाई ‘सामुदायिक उत्थानशीलताका लागि नेतृत्व पुरस्कार’ प्रदान गरिएको छ ।  दोलखा सोरुङखोलाकी थामीले देशभर रहेका ३० हजार थामी समुदायको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र हिमालय जागरण अभियानले संयुक्त रुपमा सो पुरस्कार प्रदान गरेकोे हो ।  छलीमायाले अलैँची खेतीमा एकीकृत व्यवस्थापनका..

    वैदेशिक रोजगारीबाट आएका २५ वर्षीय गोविन्द घिमिरे १ महिनादेखि सम्पर्कविहीन

    सोमबार, चैत्र १२, २०७४ साल
    नवलपरासी, १२ चैत : वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् ।  कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौँ विमानस्थलमा उत्रिएका घिमिरे अहिले एक महिनासम्म पनि परिवारको सम्पर्कमा नआएको परिवारिक स्रोतले जनाएको छ ।  घिमिरे एउटै कम्पनीमा काम गर्ने सर्लाहीका साथी सोनेलाल दाससँग काठमाडाँैसम्म आएको घिमिरेका बुबा..

    महाकाली अञ्चलमा भाडाका ३ सय २५ सवारी साधन प्रतिबन्ध, २ हजार १०१ सवारी साधन दर्ता

    सोमबार, चैत्र १२, २०७४ साल
    भीमदत्तनगर, १२ चैत :  चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ ।  यातायातमा दर्ता भएका ३२५ सवारी साधन प्रतिबन्ध लगाएको यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले जानकारी दिए । उनले २० वर्ष नाघेका सवारी साधन चलाउन रोक लगाएसँगै कार्यालयमा..

    इयुले प्रतिवेदन सच्याउनुपर्नेमा ओलीको जोड, नेपालको संविधानका भावनामा आँच पुर्याएको ठहर

    आईतवार, चैत्र ११, २०७४ साल
    काठमाडौँ, ११ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ(इयु)को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन आग्रह गरेका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आइतबार आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले निर्वाचन पर्यवेक्षणका नाममा इयुले नेपालको संविधानका भावनामा आँच पुर्याउने गरी प्रतिवेदन ल्याएको जनाउँदै भने, “नेपाललाई होच्याएको हो ? हेपेको हो ?..

    जुम्लामा ‘महिला हिंसामुक्त’ नमूना गाउँ घोषणा, सबैका लागि राम्रो सन्देश

    आईतवार, चैत्र ११, २०७४ साल
    सुर्खेत, ११ चैत : जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ ।  गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा हिंसामुक्त गाउँ घोषणा गरिएको हो । घोषणा कार्यक्रमको उद्घाटन गर्दै हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले महिलाको पहलमा कोइरेली गाउँ महिला हिंसामुक्त नमूना गाउँ बन्नु सबैका लागि राम्रो सन्देश भएको बताए ।  उहाँका अनुसार..

    सैन्य परीक्षामा अर्काको नामबाट परीक्षा दिने १२ जना नक्कली परीक्षार्थी पक्राउ

    आईतवार, चैत्र ११, २०७४ साल
    काठमाडौँ, ११ चैत : नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।  लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक केन्द्रबाट एक र सिआइटिई कलेज तीनकुनेबाट ११ गरी कुल १२ जना नक्कली परीक्षार्थीलाई शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएकोे छ ।  पक्राउ पर्ने..

    प्रधानमन्त्रीको भारत भ्रमण अगावै पार्टी एकता हुन्छ : ऊर्जामन्त्री पुन

    शनिबार, चैत्र १०, २०७४ साल
    काठमाडौँ, १० चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् ।  नेकपा (माओवादी केन्द्र) निकट पाल्पा–काठमाडौँ संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा यहाँ शनिबार आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा उहाँले आगामी १० दिनभित्रमा पार्टी एकता हुने गरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिए ।  मन्त्री पुनले भने –“यही चैत २३ गते..

    काँग्रेस कार्यसमिति बैठक : सभापति देउवामाथि खनिए नेताद्वय सिंह र सिटौला

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत (रासस) : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुक्रबार देखि शुरु भएको छ ।  बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका विविध कारणका बारेमा नेताहरुले आ–आफ्ना धारणा राख्नुभएको छ ।  बैठकको शुरुमै धारणा राख्नुभएका पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण..

    सार्वजनिक जग्गाको अवस्था बुझ्न विद्यासुन्दर शाक्य स्थलगत अनुगमनमा , सार्वजनिक सम्पत्तिलाई सामूहिक प्रयोगमा ल्याउने तयारी

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडाका सार्वजनिक जग्गाको अवस्था बुझ्न स्थलगत अनुगमन थालेका छन्  । व्यक्ति वा सीमित समूहले कब्जा गरेको सार्वजनिक सम्पत्तिलाई सामूहिक प्रयोगमा ल्याउन प्रमुख शाक्य धुक्रबार कामपा वडा नं ११ धोबीखोला पश्चिम वसन्तनगर पुगे । प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसहितको टोलीले सार्वजनिक जग्गाको अवस्था बुझ्न त्यस स्थानमा पुगेका हुन् । अनुगमनको क्रममा कामपाको उक्त स्थानमा आठ..

    बम विष्फोट हुँदा आठजना घाइते, विकास ट्रेडर्सलाई लक्षित गरेर घटना घटाईएको हुनसक्ने आशंका

    शुक्रबार, चैत्र ९, २०७४ साल
    लहान, ९ चैत अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी आज अपराह्न प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका छन् । अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास ट्रेडर्सका सञ्चालक विकास शारडा, उहाँका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी, पसलमा किनमेलका लागि आएकी सिरहाको नवराजपुर गाउँपालिका–३ निवासी २२ वर्षीया..

    नेपालमा दैनिक २५ देखि ३० भूकम्पका पराकम्प, पहिलाको तुलनामा अहिले जाने भूकम्पमा पाँच गुणा वृद्धि

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो । गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१ पराकम्प रहेका छन् । केन्द्रका प्रमुख लोकविजय अधिकारीले..

    न्यायपालिकाको शक्ति जनविश्वास: राष्ट्रपति विद्यादेवी भण्डारी

    शुक्रबार, चैत्र ९, २०७४ साल
    नेपालगञ्ज, ९ चैत राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताएकी छिन्  । नेपाल बार एशोसिएसनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको १४औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको लोकतान्त्रीकरण प्रक्रियामा एशोसिएसनले खेलेको भूमिका प्रशंसनीय छ भनिन् । ‘समकालीन विश्व राजनीतिक परिवेशमा संविधान निर्माणको ऐतिहासिक उपलब्धिलाई..

    आमसञ्चार नीतिको आधारमा छिट्टै कानून बन्छ : राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय आमसञ्चार नीतिको आधारमा जतिसक्दो चाँडो कानून बनाउने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १७ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा शुक्रबार आयोजित सामुदायिक रेडियोको नीति एवं स्थानीय तहसँगको साझेदारी’ विषयक अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले कानूनी कार्यान्वयनसँगै सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे । सोही अवसरमा सञ्चार राज्यमन्त्री बाँस्कोटाले..

    कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एमाले र माओवादी केन्द्रको एकता घोषणा गरिंदै

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत एमाले र माओवादी केन्द्रको एकता कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर घोषणा गर्ने तयारी दुबै दलले थालेका छन् । बैशाख १० गते पार्टी एकताको घोषणाका लागि कार्यदलले आफ्नो कामलाई तीब्रता दिएको नेताहरुले बताएका छन् । विक्रम संवत् २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । एकतासम्बन्धी संगठनात्मक संरचना र सैद्धान्तिक राजनीतिक विषयसम्बन्धी गृहकार्य गर्न गठित कार्यदलले काम अन्तिम..

    तीन महिनादेखि उदयपुरका प्रजिअ र सहायक प्रजिअ अनुपस्थित, २०० प्रकारका मुद्दा अनिर्णित

    शुक्रबार, चैत्र ९, २०७४ साल
     ९ चैत जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन बन्न पुगेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले गर्ने प्रमुख प्रशासनिक र प्रशासन सम्बन्धित न्यायिक कार्यका निर्णय हुन सकेका छैनन् । प्रदेश र केन्द्रको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्कीसमेत अन्यत्र गएदेखि हालसम्म उदयपुर जिल्ला प्रशासन..

    काँग्रेसले निर्वाचनपछिको अवस्थाबारे समीक्षा गर्दै, महासमिति बैठकको टुंगो लाग्ने

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजेदेखि बस्ने बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । निर्वाचनमा पार्टीको पराजयबारे छलफल..

    निर्वाचन आयोगद्वारा इयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अस्वीकार

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे युरोपेली सङ्घद्वारा जारी प्रतिवेदन अस्वीकार गरेको छ ।  “इयुको प्रतिवेदन र सो सम्बन्धमा उक्त संस्थाले जारी गरेको प्रेस विज्ञप्ति भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिताविपरीत समेत देखिएकाले उल्लिखित निर्वाचन पर्यवेक्षण प्रतिवेदन आयोगलाई पूर्णतः अस्वीकार्य रहेको छ”, आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  इयुको प्रतिवेदन र सो सम्बन्धमा उक्त संस्थाले जारी..

    कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत हुँदैन : मन्त्री पण्डित

    शुक्रबार, चैत्र ९, २०७४ साल
    विराटनगर, ९ चैत : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार कर्मचारीको सेवा र सुविधा वृद्धि गर्न तयार रहेको बताएका छन् ।  जिल्ला प्रशासन कार्यालय मोरङमा बिहिबार आयोजित जिल्लास्थित कार्यालय प्रमुखको भेलामा उनले भने – कर्मचारीले पहिले आफूलाई खटाएको स्थानमा जानुपर्छ, अनि मात्र सेवा र सुविधा वृद्धि गरिने छ ।”  मन्त्री पण्डितले कुनै पनि कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत नहुने..

    न्यायसेवा निष्पक्ष र सहज बनाउनुपर्छः महान्यायाधिवक्ता अग्निप्रसाद खरेल

    बिहिवार, चैत्र ८, २०७४ साल
    नेपालगञ्ज, ८ चैत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कार्यालय भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्तिको चाहना पूरा हुन नसक्ने बताएका छन् । नेपालगञ्जमा निर्माण भएको उच्च सरकारी वकिल कार्यालयको बिहिबार उद्घाटन गर्दै उनले कार्यालयबाट हुने सेवा प्रवाह निष्पक्ष र सहज बनाउनेतर्प  कर्मचारीको ध्यान जानुपर्नेमा जोड दिए । महान्यायाधिवक्ता खरेलले संविधान कार्यान्वयनको प्रक्रिया मुलुकभरि शुरु भइसकेको उल्लेख गर्दै संविधानले निर्दिष्ट गरेअनुसारका संरचना निर्माणको काम पनि अहिले द्रुतगतिमा..

    कर्मचारी र बजेट देऊ – मुख्यमन्त्री महेन्द्रबहादुर शाही

    बिहिवार, चैत्र ८, २०७४ साल
    भक्तपुर, ८ चैत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गरेका छन् । बिहिबार भक्तपुरमा रफत क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने – “बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेको छ ।” मुख्यमन्त्री शाहीले भने, “प्रदेश सरकार सञ्चालन अहिलेका लागि नितान्त नयाँ विषय हो, यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न दक्ष..

    संसारका उत्कृष्ट पथप्रदर्शकमा अशोक सिलवाल, टुरएचक्यूले ‘ग्लोबल टुर गाइड अवार्ड २०१८’ प्रदान गर्यो

    बिहिवार, चैत्र ८, २०७४ साल
    काठमाडौं, ८ चैत मूलधारको सक्रिय पत्रकारिताबाट अलग भएर पर्यटकका पथप्रदर्शक बनेका अशोक सिलवाल संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा समेटिएका छन् । संसारभरिका यात्री र पर्यटकलाई जोड्ने सबैभन्दा ठूलो अनलाइन पोर्टल टुरएचक्यूले उनलाई ‘ग्लोबल टुर गाइड अवार्ड २०१८’ प्रदान गरेको छ । सिंगापुरस्थित संस्थाले पर्यटकलाई अविश्वसनीय अनुभव दिलाएको भन्दै सिलवाललाई उक्त सम्मान प्रदान गरेको हो । उक्त पोर्टलले संसारभरका २६ हजारभन्दा बढी सक्रिय..

    प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधक : मुख्यमन्त्री महेन्द्रबहादुर शाही

    बिहिवार, चैत्र ८, २०७४ साल
    नगरकोट, ८ चैत प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताउनुभएको छ । उनले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना विभिन्न गतिविधिलाई तीव्रताका साथ कार्यान्वयनमा ल्याउने बताए। प्रदेश सरकार सञ्चालन नयाँ विषय भएको र सञ्चालनमा प्रभावकारिता ल्याउन दक्ष कर्मचारी नहुँदासमेत विभिन्न खालका समस्या देखिएको उनले बताए । कर्णाली प्रदशेलाई..

    पूर्वी नाकामा परिक्षणका क्रममा तरकारीमा विषादी भेटियो, कारवाही भएन

    बिहिवार, चैत्र ८, २०७४ साल
    काँकडभिट्टा, झापा ८ चैत ।  तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुनथालेको छ ।  प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाइ’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरकारी तथा फलफूलको दैनिक नमूना परीक्षण हुनथालेको हो ।  द्रुत..

    सात दिनभित्र कार्ययोजना ल्याउन सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटाको निर्देशन

    बिहिवार, चैत्र ८, २०७४ साल
    काठमाडौँ, ८ चैत  ।  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिएका  छन्  ।  मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले मातहतका संघसंस्थाका प्रमुखलाई आगामी तीन-चार महिनाभित्र लागू हुने गरी उद्देश्य र लक्ष्यसहितको कार्ययोजना ल्याउन निर्देशन दिएका हुन्   ।  राज्यमन्त्री बाँस्कोटाले भने , “दुईदेखि तीन पृष्ठको कार्ययोजनामा संस्थाले के काम गर्दैछ, के कमजोरी छन्, कसरी हटाउन..

    नेपालगन्जस्थित मानव बस्तीको बीचमा रहेको बाँके कारागारको सुरक्षा चुनौती बढदो

    बिहिवार, चैत्र ८, २०७४ साल
    नेपालगन्ज, ८ चैत  ।  नेपालगन्जको मध्यभाग मानवबस्तीको ठीक बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती र नागरिकको सुरक्षा चिन्ता अहिले बढ्दै गएको छ ।  कैदी, बन्दीको आचरण सुधारका लागि विक्रम संवत् २००० मा स्थापना गरिएको नेपालगन्जस्थित बाँके कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने सुरक्षा निकायका पदाधिकारी नै बताउँछन् । कारागार स्थापना हुँदा त्यस आसपास मानव बस्ती थिएन ।  नेपालगन्ज शहर विस्तार हुने..

    विश्व सम्पदा दिवस मनाउन ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन

    बिहिवार, चैत्र ८, २०७४ साल
    काठमाडौँ, ८ चैत  । मुलुकका सम्पदालाई प्रचार प्रसार गर्न जनस्तरबाट ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन गरिएको छ ।  समितिको निर्देशन समितिको संयोजकमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, सदस्यहरुमा अर्का सांसद रामवीर मानन्धर तथा प्रदेशसभा सांसद राजेश शाक्य र वसन्त मानन्धर छन्  ।  त्यसैगरी समितिको सहसंयोजकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सचिवमा डिल्लीरत्न तुलाधर र कोषाध्यक्षमा विन्देश्वर श्रेष्ठ छन्  । सञ्चार समितिको संयोजकमा भीमसेन..
    Weather Forecast