शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    प्रदेश मन्त्रिपरिषद्को बैठकद्धारा विधेयक स्वीकृत, अल्पकालीन बजेट तर्जुमा गर्ने विषयमा समेत छलफल

    बिहिवार, चैत्र १५, २०७४ साल
    धनगढी, १५ चैत  प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशका मुख्य न्यायाधिवक्ताको काम कर्तव्य, अधिकार र सेवा शर्त सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि प्रस्तुत गरिएको अवधारणा पत्रलाई स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ लाई समेत प्रदेश सभाको बैठकमा पेश गर्न स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा..

    विप्लवले ‘वारेन्ट पत्र’ "ओलीनिवास" मा टाँसेलगत्तै प्रधानमन्त्रीको आयो यस्तो अभिव्यक्ती ...

    बिहिवार, चैत्र १५, २०७४ साल
    काठमाण्डु, १५ चैत प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमकस्थित निवासमा बुधवार नत्रेविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीले ‘वारेन्ट पत्र’  टाँसेको थियो । ओली निवासको सुरक्षार्थ प्रहरी सहायक निरीक्षक (असई)को कमाण्डमा ७ जना प्रहरीको ड्युटी रहेको स्थानमा सुरक्षकर्मीलाई छक्याउँदै विप्लवका कार्यकर्ताले ‘वारेन्ट–पत्र’ टाँसेका थिए ।  त्यसै बिषयमा कुरो गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप वर्तमान सरकारका लागि..

    संघीय संसद्मा राष्ट्रपति भण्डारीको पहिलो सम्बोधन आज दिउँसो ४ बजे

    बिहिवार, चैत्र १५, २०७४ साल
    काठमाडौँ, १५ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।  प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई आज दिउँसो ४ बजे राष्ट्रपतिबाट पहिलो सम्बोधन हुन लागेको हो ।  नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै..

    प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी, एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का नेता डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु भइसकेको बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता भट्टराईले आसन्न भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने र आर्थिक विषयमा कुराकानी हुने जानकारी दिए ।  भ्रमणका समय धेरै कुरामा हात हाल्ने भन्दा पनि महत्वपूर्ण विषयमा मात्रै..

    नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले रारा तालबाट देशबासीका नाममा सम्वोधन गर्ने !

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री ओली कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् । कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उनी रारा ताल जाने र सोही..

    ‘‘नेपाललाई स्वीटजरल्याण्ड होईन, नेपाललाई नेपाल नै बनाउने हो’’

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र राजनीतिक स्थायित्वलाई सदुपयोग गरेर देशको आर्थिक अवस्थालाई माथि उठाउने बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौँ राष्ट्रिय महाधिवेशनको काठमाडौँमा बुधबार उद्घाटन गदै उनले मुलुकको तीव्र विकास तथा समृद्ध र सुखी नेपाल बनाउने अभियानमा वर्तमान सरकार लागिपर्ने बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकासको नेतृत्व, समृद्धि हासिल र कृषिमा आधुनिकिरण वर्तमान सरकारको प्राथमिकता..

    नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनको विकल्प छैन: नेता प्रकाशमान सिंह

    बुधबार, चैत्र १४, २०७४ साल
    नेपालगन्ज, १४ चैत नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने —“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।” पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्नेमा..

    युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको ठाडो हस्तक्षेप हो– काँग्रेस नेता गच्छदार

    बुधबार, चैत्र १४, २०७४ साल
    विराटनगर, १४ चैत : नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताएका  छन् ।  विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गरे । नेपाली जनताले सार्वभौम संविधान सभाबाट जारी भएको संविधानप्रति कुनै विदेशी राष्ट्रले पुगेन भन्नु..

    मुख्यमन्त्री लालबाबु राउत र उनका मन्त्रीहरुलाई औपचारिक कार्यक्रममै भ्याइनभ्याइ....

    बुधबार, चैत्र १४, २०७४ साल
    महेन्द्रनगर, धनुषा, १४ : प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।  यसरी हेर्दा मुख्यमन्त्री र मन्त्रीको दैनिक एक समय खाना पनि कार्यक्रममै हुनेगरेको देखिएको छ । केही महिना पहिलेसम्म प्रमुख जिल्ला..

    कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भएपछि म्याग्दीका जनप्रतिनिधि कानून सिक्दै

    बुधबार, चैत्र १४, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १४ चैत : कानूनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भएपछि म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिले निर्वाचित कानूनी प्रक्रियाको विषयमा जानकारी लिन थालेका छन् ।  स्थानीय तहले जनप्रतिनिधिको क्षमता विकासका लागि तालीम सञ्चालन गरेका छन् । निर्वाचित भएको १० महिना बिते पनि सार्वजनिक सेवा प्रवाह, नीति र विकास निर्माणको क्षेत्रमा अपेक्षाकृत काम गर्न नसकेको भनेर आलोचना खेपीरहेका म्याग्दीका स्थानीय तहका..

    आम जनता लाभान्वित हुने योजनाहरुलाई बिशेष प्राथमिकता दिइने छ : मन्त्री बोहरा

    बुधबार, चैत्र १४, २०७४ साल
    डडेल्धुरा, १४ चैत : प्रदेश सरकारले जनतालाई लाभान्वित हुने योजना निर्माण गरिरहेको प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले बताएका छन् ।  प्रेस चौतारी डडेल्धुरा शाखाले मन्त्री बोहराको गृहजिल्ला डडेल्धुरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने, लाभान्वित हुने र सर्वसाधारणको जीवनस्तर उकास्नेखालका योजना बनाइरहेको जानकारी गराए ।  मन्त्री बोहराले प्रदेश नं ७ का अधिकांश जिल्लाका दूरदराजमा..

    तराईका कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा मलाइ छ : प्रम ओली

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मूलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एकजना बच्चालाई विद्यालय भर्ना गर्ने बताएक छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार  भएको राष्ट्रिय युवा परिषद्को कार्यक्रममा उनले आगामी वैशाख ५ गतेका दिन विद्यालय जाने उमेरका कुनै पनि बालबालिकालाई घरबाट आफैँले विद्यालयमा लगेर भर्ना गराउने बताएका हुन् ।  “यसपालिको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरका एकजना बच्चालाई..

    भावी प्रधानन्यायाधीशका लागि तीन न्यायाधीशको नाम संवैधानिक परिसद्मा पठाइयो

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत : न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ ।  परिषद्को मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको निर्णय गरेको परिषद्का सदस्य पदम वैदिकले जानकारी दिए ।  पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि प्रधानन्यायाधीश..

    निकुञ्जको टोलीले डाट गनमार्फत बेहोस बनाई नरभक्षी बाघलाई नियन्त्रणमा लिए

    बुधबार, चैत्र १४, २०७४ साल
    रत्ननगर, चितवन, १४ चैत : मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले हिजो साँझ नियन्त्रणमा लिएको छ ।  साँझ ६ः१० बजेको समयमा डाट गनमार्फत बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको टोलीमा सहभागी चितवन निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले बताए ।  टोलीले खोरमा राखेर बाघलाई चितवन ल्याउँदै गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले..

    सशस्त्र प्रहरीको टोली सीमा क्षेत्रको रेखदेख गर्न उत्तरी सीमातर्फ प्रस्थान

    बुधबार, चैत्र १४, २०७४ साल
    दार्चुला, १४ चैत : भारतीय पक्षले एकतर्फी रुपमा सीमा नदीको रुपमा रहेको महाकाली नदीमाथि पुल लगाएको घटना बाहिर आएपछि उत्तरी सीमाको रेखदेखमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाबाट बन्दोबस्तीका सामानसहित १५ जनाको टोली मंगलबार व्यास गाउँपालिकाको छाङ्रु प्रस्थान गरेको छ ।  भारतीय पक्षले गत फागुनमा नेपालको सहमतिबिनै व्यास गाउँपालिकाको वडा नं २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर..

    प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग

    मंगलवार, चैत्र १३, २०७४ साल
    हेटौँडा, १३ चैत : प्रदेश नं ३ को मंगलबार बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए ।  मंगलबारको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे ।  नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे । उनले..

    नयाँ मन्त्रालयको नयाँ संरचना: सांगठनिक संरचना प्रतिवेदन मन्त्रिपरिषद्मा पेश

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत नयाँ पुनःगठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार पारिएको प्रतिवेदन स्वीकृतका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुराना मन्त्रालयबाट पुनःगठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार पारी प्रतिवेदन पेश गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासकीय सुधार शाखाका प्रमुख खगराज बरालले जानकारी दिए । पुनःगठित मन्त्रालयको संरचनासहितको प्रतिवेदन सोमबार मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा..

    विप्लप निकट अनेरास्ववियुमा ३० वर्षे उमेर हदबन्दी, अबको आन्दोलन उपलब्धिमुलक गर्ने जिकिर

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले केन्द्रीय कमिटीले ३० वर्षे उमेर हदबन्दी लगाएको छ । मंगलबार क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीमा रहने विद्यार्थीको उमेरको हदबन्दी ३० वर्ष तोकिएको क्रान्तिकारीका अध्यक्ष चिरिञ्जीवी ढकालले जानकारी दिए । ‘‘चालिस– पचास वर्षसम्म विद्यार्थी राजनीतिक क्रियाकलाप गरिरहने भएकाले विद्यार्थीका मुद्दा उठ्न सकेन’’, उनले भने, ‘‘त्यसैले हामीले..

    सबैसँग मैत्री हाम्रो सिद्धान्त हो : प्रधानमन्त्री केपी शर्मा ओली

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट परेका छन् । काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा मंगलबार सम्बोधन गर्दै उनले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्छौं भने । पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून तथा विश्व शान्तिका..

    स्थानीय तहमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत, कार्य सञ्चालन प्रभावकारी हुनेमा विश्वास

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत स्थानीय तहको सेवालाई प्रभावकारी बनाउन स्थानीय तह करारमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४ स्वीकृत भएको छ । स्थानीय तहबाट हुने कामलाई प्रभावकारी तथा नियमित सेवा प्रवाह गर्न स्थानीय तहलाई तुरुन्तै कर्मचारीको आवश्यकता परेकाले कार्यविधि स्वीकृत गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय तह सञ्चालनका लागि कर्मचारीको..

    १८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो, अपुग स्थानमा थप कर्मचारी पठाइने

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ । मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो । रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा कार्यालयका लागि शाखा प्रमुखकारूपमा कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजङ्ग थापाले जानकारी गराए । यसअघि..

    खेलाडी विमल घर्ती मगरकी बहिनीको हत्यामा आरोपि चौधरीलाई सफाई

    मंगलवार, चैत्र १३, २०७४ साल
    नवलपरासी, १३ चैत : राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन् ।  मनिषाको मृत्युको कारण झुण्डिएर भएको पृष्टि भएको छ । विसं २०७३ जेठ १३ गते बिहान मनिषा आफ्नै घर बर्दघाट–८ मा मृतावस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको भन्दै नवलपरासी जिल्ला अदालतलमा मुद्दा दायर भएको थियो ।  उक्त..

    रोल्पाको माडीपुल निर्माणको दशवर्षसम्ममा मा दुई पिलर मात्र ठड्याइए, बेवारिसे बनेको ठेक्का रद्द

    मंगलवार, चैत्र १३, २०७४ साल
    रोल्पा, १३ चैत :  पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्ने रोल्पाको माडीखोला पुल निर्माण आरम्भ भएको १० वर्षमा मात्रै दुईवटा पिलर ठड्याएपछि बेवारिसे बनेको छ ।  पुल निर्माण नहुँदा जिल्ला सदरमुकाम आवतजावतमा लामो समयदेखि कष्ट व्यहोर्दै आएपछि तत्कालीन समस्या समाधानका लागि अस्थायी बेलीब्रीज निर्माण गरिएको थियो । बेलीब्रीज निर्माणसँगै पक्की पुल निर्माणमा बेवास्ता बढ्दै जान थालेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन्..

    नेपाल र युनेस्कोबीचको साझेदारी २०औँ वर्षमा प्रवेश, सहयोगको प्रशंशा

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत : नेपाल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) बीचको साझेदारी २०औँ वर्षमा प्रवेश गरेको छ ।  बीस वर्षअघि राजधानीको एउटा होटलमा एक व्यक्तिबाट शुरु भएको युनेस्कोको कार्यालय आज तीसभन्दा बढी कर्मचारीको कार्यस्थलमा रुपान्तरण भएको छ । युनेस्कोले नेपाल सरकारसँगको सहकार्यमा शिक्षा, विज्ञान, संस्कृति र सञ्चार तथा सूचनासँग सम्बन्धित सरकारी नीति एवं कार्यक्रमको सुदृढीकरणका साथै नेपालमा शान्ति..

    पर्सा राष्ट्रिय निकुञ्ज मान्छे खाने बाघ नियन्त्रणका लागि टोली परिचालन

    मंगलवार, चैत्र १३, २०७४ साल
    रत्ननगर, चितवन, १३ चैत । मान्छे खाने बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहित पशु चिकित्सक र वन प्राविधिज्ञको टोली परिचालन गरेको छ ।  मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ रमौली प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा सोमबार बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । शव उठाउने क्रममा पुनः बाघले आक्रमण गर्दा अन्य दुईजना घाइते भएका थिए ।  बाघले यसरी मान्छेलाई आक्रमण गरेपछि अन्य मानवीय क्षति हुन..

    निर्यातमा समस्या नहुने भएकाले यस वर्षदेखि व्यापार घाटा घट्छ : प्रधानमन्त्री ओली

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्षदेखि व्यापार घाटा घट्ने बताउनुभएको छ ।  नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ बालुवाटारमा ग्रहण गर्दै उहाँले भन्नुभयो – “व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ ।”  प्रधानमन्त्री ओलीले यसका लागि उपभोग्य वस्तुको उत्पादन, उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिने नीति कार्यान्वयन गर्नुपर्छ भन्दै नेपाली उपभोग्य..

    गौहत्या एवं त्यसको मासु प्रकरणबारे तथ्य बंग्याएर पीडित बनाए : उपसभामुख तामाङ

    मंगलवार, चैत्र १३, २०७४ साल
    नुवाकोट, १३ चैत : गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराएकी छिन ।  सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको उल्लेख गरिन ।  “नेपाल तामाङ घेदुङले मकवानपुर पदमपोखरीको घटना सम्बन्धमा यही चैत ७ गते गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु..

    युरोपियन युनियन (इयु) को प्रतिवेदन अस्वीकार्य एवं निन्दनीय : नेकपा एमाले

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत : नेकपा (एमाले) ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन अस्वीकार्य एवं निन्दनीय रहेको जनाएको छ ।  पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “युरोपेली संघ इलेक्सन अब्जरभेसन मिसनको व्यानरमा सार्वभौम नेपाली जनताले जारी गरेको संविधान विरुद्धमा नेपाल सरकारलाई सुझाव दिन तथा हस्तक्षेप गर्न सक्दैन ।”  एमलेले युरोपेली संघको निर्वाचन परिवेक्षण सुझाव..

    मित्रताको नीतिमा अगाडि बढ्दै गरेको नेपालको विदेश नीति सन्तुलित रहने !

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रताको नीतिमा अगाडि बढेको नेपालको विदेश नीति सन्तुलित रहने बताउनुभएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार ‘नेपाल–चीन सम्बन्ध’ शीर्षक पुस्तकको लोकार्पणपछि प्रधानमन्त्री ओलीले सबै मित्र राष्ट्रसँगको सम्बन्ध समानताका आधारमा रहने बताउँदै भन्नुभयो, “हामी मित्रतामा जोड दिन्छौं, हाम्रो नीति मित्रताको हो, यो असमान हुँदैन, असन्तुलित पनि हुँदैन, यो समान हुन्छ ।”  प्रधानमन्त्री ओलीले छिमेकसँगको..

    संसद्मा इयु निर्वाचन प्रतिवेदनको सर्बत्र विरोध, देशमा बाह्य हस्तक्षेप सह्य नहुने

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी इयुले प्रतिवेदन जारी गरेको भन्दै आपत्ति जनाए। उनले भने, “कुनै पनि देशमा यस्तो खालको हस्तक्षेप सह्य हुँदैन । नेपाल..
    Weather Forecast