सोमबार, कार्तिक ४, २०७६

    राज्य-समाज

    परिवर्तनलाई संस्थागत गर्न नेकपाले मात्र सक्छ : नारायणकाजी श्रेष्ठ

    बुधबार, असोज १, २०७६ साल
    चितवन, १ असोज   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको परिवर्तनको रक्षा नेकपाले बाहेक अरूले गर्न नसक्ने बताउनुभएको छ । नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालका पिता स्व कुलप्रसाद दाहालको नवौँ दिनमा आज उहाँकै निवास भीमसेननगरमा नेकपा चितवनले आयोजना गरेको शोकसभामा प्रवक्ता श्रेष्ठले देशमा सङ्घीयता र गणतन्त्र कम्युनिष्ट आन्दोलनको बलमा आएको बताउनुभयो ।    यो परिवर्तनको रक्षा र समृद्धिको यात्रा..

    अविरल वर्षाले नेपालगञ्ज डुबानमा

    बुधबार, असोज १, २०७६ साल
    राँझा, १ असोज   बिहानैदेखि परेको अविरल वर्षाले नेपालगञ्ज डुबानमा परेको छ । यहाँको न्यूरोड र घरबारी टोल क्षेत्रका अधिकांश पसलमा पानी छिरेको छ । नेपालगञ्जको सेतु विक चोक र न्यूरोड क्षेत्रका अधिकांश पसलमा पानी पसेको न्यूरोडका स्थानीय व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।    उहाँका अनुसार सेतु विक चोक नजिक रहेको कस्तुरी होटलसहित करीब आधा दर्जन..

    सेनालाई साधनसम्पन्न र प्रविधि मैत्री बनाउनुपर्छ

    बुधबार, असोज १, २०७६ साल
    विराटनगर, १ असोज नेपाली सेनालाई साधनसम्पन्न र प्रविधिमैत्री बनाउनाले विपद् व्यवस्थापनमा सहज हुने आज यहाँ आयोजित अन्तरक्रियामा सहभागीले सुझाव दिएका छन् ।  नेपाली सेना–स्थानीय पत्रकार, नागरिक समाज, प्रबुद्ध व्यक्तिहरुसँगको अन्तरक्रियामा सहभागीले सैनिक विद्यालय हिमाल, तराई र पहाडी क्षेत्रमा विस्तार गरी सैनिकसँगको ग्रामीण क्षेत्रका जनतासम्म पहुँच पु¥याउनुपर्ने आवश्यकता औंल्याएका छन् । पूर्वी पृतनापति अनन्त कार्कीले सेनाले पारदर्शी र आर्थिक सुशासनका रुपमा कार्य गरिरहेको जानकारी..

    नेपालको झण्डा : वैदिक, वैज्ञानिक र व्यावहारिक, यसरी बन्यो डिजाइन

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज ।   नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा  नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैँ हराउँदै गए । अहिले सरकारले संविधान दिवसका दिन राष्ट्रिय झण्डालाई महत्व दिएपछि झण्डाको चर्चा फेरि चल्न थालेको छ..

    सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज । आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ ।  नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागेको हो ।  राष्ट्रको गरिमासँग गाँसिएको उक्त संवादलाई सफलतापूर्वक..

    प्रतिनिधिसभामा विरोधको व्यंग्य – डेंगु नियन्त्रण गर्न लामखुट्टेश्वर महादेव स्थापना गरौं !

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौं, असोज १ । प्रतिनिधिसभा बैठकमा सांसदले डेंगु नियन्त्रणको विषयलाई लिएर व्यंग्य गरेका छन् । सरकारले डेंगु नियन्त्रणमा काम नगरेको भन्दै सत्तारुढ नेकपाका सांसद्ले लामखुट्टेश्वर महादेवको स्थापना गरेर शरण पर्न सुझाव दिएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिएपछिको प्रश्नोत्तरका क्रममा नेकपाका सांसद् विरोध खतिवडाले लामखुटेश्वर महादेव स्थापना गरेर अभियान चाल्न सुझाव दिएका हुन्..

    सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य : मन्त्री विष्ट

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक तथा निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको हो  ।  “विद्यालय शिक्षकले बिहान १०..

    हाम्रो परम्परा अन्धविश्वासी होइन वैज्ञानिक र प्रयोगात्मक हो : प्रधानमन्त्री ओली

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ । सातौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज यहाँ आयोजित मूल कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा राजनीतिक उपलब्धि हासिल र स्थिर सरकार गठन भइसकेकाले शान्तिपूर्ण ढङ्गले सुशासनका साथ अगाडि बढेको सरकारलाई विकास र समृद्धिमा वैज्ञानिकहरुले सघाउनुपर्ने बताउनुभएको हो..

    ज्ञानेन्द्र शाहीलाई कहाँ–कहाँ गरियो प्रवेश निषेध ?

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज  सत्तारुढ दल नेकपाका युवा संगठनले ज्ञानेन्द्र शाहीलाई  करिब ५ वटा जिल्लामा प्रवेश निषेध गरेको छ । केहि दिनअघि पर्यटनमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईको प्लेन उडानमा ढिलाई भएको भन्दै प्लेन जथाभावी बोलेपछि ज्ञानेन्द्र शाहीलाई विभिन्न जिल्लामा प्रवेश निषेध गरिएको हो ।  मन्त्री भट्टराई प्लेनमै गालीगलौज गरेका शाहीले सामाजिक सञ्जाल फेसबुकमा गाली गरेको भिडियो सार्वजनिक गरि..

    उपनिर्वाचनका लागि नेकपा र समाजवादी पार्टी सहित २१ दल दर्ता

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौं, १ असोज । उपनिर्वाचनमा भाग लिन चाहने दललाई निर्वाचन  आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले मङ्गलबारसम्म आयोगमा २१ वटा राजनीतिक दलले उपनिर्वाचन प्रयोजनका..

    राष्ट्रपतिको चासो सम्बोधन भएन

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कूटनीतिक राहदानीको प्रयोगका सन्दर्भमा देखाएको चासो सम्बोधन नगरी राष्ट्रिय सभाले सोमबार राहदानी विधेयक पारित गरेको छ । राष्ट्रपतिले यसअघि विधेयकका प्रावधानले ‘राहदानी जारी गर्ने तथा प्रयोग गर्ने’ विषयमा अस्पष्टता र द्विविधा सिर्जना हुने सम्भावना देखाउँदै प्रमाणीकरण नगरीकन फिर्ता गरेकी थिइन् । सरकारीबाहेकका काममा विदेश भ्रमणमा जाँदा पनि कूटनीतिक राहदानी पाउन सक्ने र त्यसको प्रयोग गर्न..

    शान्ति सैनिकको तलब बढ्यो

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज ।  नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा मंगलबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता ९ देखि ८५ अमेरिकी डलरसम्म बढाएको छ । तल्लो तहका सैनिकको अधिकतम ८५ बढ्दा अधिकृत तहका शान्ति सैनिकको न्यनूतम ९ डलरसम्म बढेको छ । शान्ति मिसनमा सहभागी फौजका सबै..

    विदेश मोहः राष्ट्रसंघ महासभामा मन्त्रीको नेतृत्व, उपप्रधानमन्त्री सहभागी

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज ।  उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारको नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ । प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औं महासभामा सहभागी नहुने भएपछि नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् । सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि जान लागेका छन् । महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् । पदीय..

    बिहीबारसम्म मनसुनी गतिविधि बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौँ, ३१ भदौ  मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले गएरातिदेखि शुरु भएको वर्षा बिहीबार बिहानसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले आज साँझ एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि सक्रिय मनसुनी प्रणालीका कारण प्रदेश नं १, २, ३, ५ र गण्डकी प्रदेशका केही भूभागका भारी वर्षाको भएको छ । आज साँझदेखि बिहीबार..

    वैदेशिक रोजगारीलाई कम गरिन्छ : मन्त्री लेखबहादुर थापा

    मंगलवार, भाद्र ३१, २०७६ साल
    चिप्लेढुङ्गा, ३१ भदौ गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रदेशमा नै रोजगारको वातावरण सृजना गरेर वैदेशिक रोजगारीलाई कम गरिने बताउनुभएको छ । समता फाउन्डेशनले आज पोखरामा आयोजना गरेको ‘वैदेशिक रोजगारीमा समस्या र प्रदेश सरकारको भूमिका’ विषयको अन्तरक्रियामा मन्त्री थापाले गरीबी र बेरोजगारी समस्या मुख्य चुनौती रहेको भन्दै यसको व्यवस्थापन लागि गण्डकी प्रदेश सरकारले नीति बनाउँदै गएको बताउनुभयो ।  मन्त्री..

    प्रदेश नं १ सन् २०२५ भित्र बालविवाहमुक्त प्रदेश बन्ने !

    मंगलवार, भाद्र ३१, २०७६ साल
    विराटनगर, ३१ भदौ   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सन् २०२५ सम्ममा ‘बालविवाहमुक्त प्रदेश’ घोषणालाई सफल बनाउन सहयोग गर्न आह्वान गर्नुभएको छ ।   सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय बालदिवस–२०७६ को उपलक्ष्यमा ‘भविष्यका कर्णाधार, बालबालिकासँग प्रदेश सरकार अन्तरसंवाद कार्यक्रममा उहाँले बालविवाह, बालश्रम, समाजमा रहेका कुरीति अन्त्यका लागि प्रदेश सरकारले आवश्यक सुझाव लिई कानूनको निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने विश्वास दिलाउनुभयो..

    बिपी विचार राष्ट्रिय समाजको जापान शाखा गठन

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौँ, ३१ भदौ बिपी विचार राष्ट्रिय समाज नेपालले विधानबमोजिम सङ्गठनलाई अन्तरराष्ट्रिय (नेपाली डायस्पोरा) क्षेत्रमा विस्तार गर्दै सोमबार जापानमा एक समारोहबीच बिपी विचार राष्ट्रिय समाज, जापान गठन गरेको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसरमा जापानको राजधानी टोकियोमा भेला भएका प्रबुद्ध नेपालीहरूको भेलाले प्राडा सुदीप अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय जापान शाखा गठन गरेको समाजका महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो ।  समाज गठन..

    चाडपर्वलाई लक्षित गरेर झापामा एक हजार बढी प्रहरी परिचालन

    मंगलवार, भाद्र ३१, २०७६ साल
    भद्रपुर, ३१ भदौ  नजिकै आइरहेको बडादशैँ, दीपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापाले एक हजार २३५ प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी भयरहित वातावरणमा आम नागरिकले चाडपर्वलाई मनाउन पाउन् भन्ने उद्देश्यका साथ एक हजार २३५ प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिनुभयो ।  उपरीक्षक मैनालीले सुरक्षा योजनाअन्तर्र्गत सवारी..

    रघुवीर महासेठलाई जिम्मेवारीबाट हटाउन १६ केन्द्रीय सदस्यले बुझाए पत्र

    मंगलवार, भाद्र ३१, २०७६ साल
    जनकपुर, भदौ ३१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १६ केन्द्री सदस्यहरुले पार्टी स्थाई कमिटी सदस्य रघुबीर महासेठ लगायतलाई पदबाट हटाउनुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् । प्रदेश नम्बर २ को बर्दिवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा भएको झडपका कारण पार्टीभित्र असन्तुलको संकेत देखापरेको हो ।  मंगलबार पार्टीका १६ केन्द्री सदस्यहरुले पार्टी स्थाई कमिटी सदस्य रघुबीर महासेठ लगायत प्रदेश इन्चार्ज, अध्यक्ष र..

    जागरण अभियानमा शीर्ष नेताको सक्रियता, मुलुकभर सञ्चालन

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौँ ३१ भदौ ।   प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शिर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि आ–आफ्नो क्षेत्रमा निरन्तर सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ ।   पार्टीले यही भदौ २४ देखि असोज ७ गतेसम्म ‘हिमाल पहाड तराई–मधेस नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मुलुकभर..

    ३ प्रतिशतमात्र काम बाँकी भनिएको मेलम्चीका प्रमुख किन फेरिए रातारात ?

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदौ । मेलम्ची खानेपानी आयोजनाको प्रमुख फेरिएका छन् । सहसचिव सूर्यप्रसाद कँडेललाई खानेपानी मन्त्रालयमा तानेर तिरेश प्रसाद खत्रीलाई मेलम्ची खानेपानी आयोजनाको प्रमुख बनाइएको हाे । तीन प्रतिशतमात्र काम बाँकी भएको भनिएको मेलम्चीका प्रमुख किन फेरिए होलान् ? भन्ने प्रश्नमा खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेश शाक्य भन्छन्, ‘यो नियमित आन्तरिक प्रक्रिया अन्तर्गतको सरुवा हो ।’ प्रवक्ताले यो सरुवालाई ‘नियमित प्रक्रिया’ भने पनि मन्त्री..

    कपिलवस्तु घटनाका पीडित भन्छन् : न्याय खोज्न कहाँ जाने ?

    मंगलवार, भाद्र ३१, २०७६ साल
    कपिलवस्तु, ३१ भदौ । नेपालको इतिहासमै कलङ्कका रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ । विसं २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणले ज्यान मात्र गुमाएनन्, रु ५० करोड बराबरको धनमाल लुटपाट तथा आगजनी भएको थियो । हत्यापछि भड्किएको..

    राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौँ, ३१ भदौ   संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि  प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ ।     प्राथमिकता र समीक्षा :   महासभाअन्तर्गत एकसातासम्म उच्चस्तरीय बैठक हुनेछन् जसमा विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, विकासोन्मुख..

    लुक्लाबाट उडेका ४ हेलिकप्‍टर काभ्रेमा आकस्मिक अवतरण

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदौ ।  लुक्लाबाट काठमाडौं उडेका चारवटा हेलिकोप्टरको काभ्रेमा आकस्मिक अवतरण गरिएको छ। पाँचखाल नगरपालिका २ जोरपाटीमा तीन र पाँचखालकै होक्सेमा एउटा हेलिकोप्टर आकस्मिक अवतर गरिएको हो। काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले लुक्लाबाट ८ वटा हेलिकोप्टर उडेकोमा चारवटा खराब मौसमका कारण काभ्रेमा आकस्मिक अवतरण गरेको पुष्टि गरे। 'एउटा सिन्धुलीमा ल्यान्ड गरेको सूचना छु', उनले भने, '८ वटा हेलिकप्टर लुक्काबाट उडेका रहेछन्।..

    नेकपामा मधेस मतभेद, कुन गुटमा को ?

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदौ ।  नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ। शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो। पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच अन्तरविरोध चुलिएको छ। दुवै जनाले अध्यक्ष पुष्पकमल दाहाललाई नेता मान्छन्। मधेसमा भने उनीहरू आआफ्नो समूह बनाउन क्रियाशील छन्। पूर्वएमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन्। पार्टी..

    नक्कली भ्याट बिल प्रकरणः ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदौ ।  सर्वोच्चले अदालतले करिब एक दशकदेखिको चर्चित भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई सुरु भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधिश प्रकाश कुमार ढुंगालानासहितको इजलासले करिब डेढ दर्जन मुद्दा निरन्तर सुनुवाइका लागि आगामी मंसिर १ का लागि ‘हेर्दाहेर्द’मा राखेको छ ।  भाटभटेनी डिपार्टमेन्ट स्टोर,..

    जीवनरक्षक औषधिको चरम अभाव

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदौ ।  नेपाली औषधि बजारमा जीवनरक्षक औषधि अभाव भएको छ । औषधि आयातसम्बन्धी स्पष्ट पैठारी नीति नबनेकाले जटिल प्रकृतिका बिरामीलाई चाहिने अत्यावश्यक जीवनरक्षक औषधि अभाव भएको हो ।  बिरामीको अत्याधिक चाप हुने सरकारी तथा निजी अस्पतालमा जीवनरक्षक औषधिहरूको दर्ता प्रक्रिया सहज नहुँदा अभाव हुने गरेको छ ।   नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सरकारी अस्पतालमा जीवनरक्षक औषधिहरूको चरम अभाव..

    प्रवृत्ति परिवर्तन हुन नसक्दा अपेक्षित सफलता भएनः प्रचण्ड

    सोमबार, भाद्र ३०, २०७६ साल
    काठमाडौँ, ३० भदौ   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट शासन प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसक्दा भौतिक पूर्वाधारका क्षेत्रमा अपेक्षित सफलता हासिल गर्न नसकिएको बताउनुभएको छ ।    नेपाल निर्माण व्यवसायी सङ्गठनको प्रथम एकता वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘भौतिक पूर्वाधार विकास र नेपाली निर्माण व्यवसायको अवस्था’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले राजनीतिक परिवर्तन पछाडि ऐन, कानून,..

    जनताका काममा कन्जुस्याइँ नगर्न मुख्यमन्त्री भट्टको निर्देशन

    सोमबार, भाद्र ३०, २०७६ साल
    अमरगढी, ३० भदौ  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताका समस्या सामाधान गर्न कुनै कन्जुस्याइँ नगर्न निर्देशन दिनुभएको छ ।  नेपाल नगरपालिका सङ्घ प्रदेश समितिको प्रथम अधिवेशन उद्घाटनसभाको आज डडेल्धुरामा उद्घाटन गर्दै उहाँले जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त भएका तीन तहका सरकारमध्ये पनि स्थानीय तहनै जनताले ठूलो विश्वासका साथ निर्वाचित गराएकाले स्थानीयस्तरबाट प्रदान गरिने स्वास्थ्य, शिक्षालगायतका विकास निमार्णका काममा कुनै कमी प्रमुख..

    प्रदेश नं– ५ को योजना आयोग अव आफ्नै संरचनामा सञ्चालन हुने

    सोमबार, भाद्र ३०, २०७६ साल
    बुटवल, ३० भदौ   प्रदेश नं– ५ को योजना आयोग अव आफ्नै संरचनामा सञ्चालन हुने भएको छ । आयोग यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्मचारीसहित व्यवस्थापन हुँदै आएको थियो ।    प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश योजना आयोग (गठन तथा सञ्चालन) आदेश, २०७४ दोस्रो संशोधन आदेशलाई स्वीकृति प्रदान गरेपछि आयोगको आफ्नै संरचनामा सञ्चालनको बाटो खुलेको बैठकपछि सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री..
    Weather Forecast