आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    सांसद समेत रहेका दिपक मनाङे विरुद्ध प्रहरीद्वारा रेडकर्नर नोटिस जारी

    आईतवार, चैत्र ४, २०७४ साल
    कठमाडौं, चैत्र ३ ।  प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका राजीव गुरुङ अर्थात् दिपक मनाङे विरुद्ध नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको खबर सार्ववनिक भएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले सांसद मनाङे विरुद्ध रेडकर्नर नोटिस जारी हो । यससँगै मनाङेलाई अब इन्टरपोलमा १ सय ९२ देशका प्रहरीले खोजी गर्नेछन् ।  सांसदको सपथ समेत नलिएका प्रदेश सांसद् मनाङे फौजदारी..

    निजामती कर्मचारी युनियनको महाधिवेशनमा आएकाको दुर्घटना, आठ जना घाइते

    आईतवार, चैत्र ४, २०७४ साल
    चितवन, ४ चैत ।  मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीन सवारी साधन ठोक्किँदा आठ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजे भरतपुर महानगरपालिका–३ आँपटारी नजिक मुग्लिनतर्फबाट आउँदै गरेका सवारी ठोक्किएका थिए । प्रहरीका अनुसार बा १८च १३२२ नं को कारले ब्रेक लगाएपछि पछाडिबाट आउँदै गरेको बा १७ च५१३५ नं को स्कारपियो कारमा ठोक्किएको थियो । स्कारपियोको पछाडिबाट..

    रातदिन अँध्यारो छ दृष्टिविहीन यी दाजुभाइ दिदीबहिनीको, कहाँ जाला यिनको भविष्य

    आईतवार, चैत्र ४, २०७४ साल
    लिबाङ, रोल्पा, ४ चैत ।  कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ ।  ऊसँग संसार हेर्ने दृष्टि छैन तर पनि ऊ ज्ञानको आँखाले संसार हेर्न प्रयत्नशील रहेको छ । फरक यत्ति हो कि बाहिरी आँखाले भन्दा ज्ञानको आँखाले संसार हेर्न निकै संघर्ष गर्नुपर्छ । त्यो पनि दृष्टि नै नभएकालाई अझ धेरै चुनौती..

    ललितपुरमा दमकलमा जनशक्ति अपर्याप्त हुँदा कार्य सम्पादन सुस्त बन्दै

    आईतवार, चैत्र ४, २०७४ साल
    ललितपुर, ४ चैत  । जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति अपर्याप्त भएको छ ।  दकमल सञ्चालनका लागि नौ जनाको समूह तयार अवस्थामा बस्नुपर्ने मान्यता भए पनि जनशक्ति अभावले गर्दा काम मिलाएर चार पाँच जना मात्रै हुने गरेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउँछन्  ।  महानगरपालिकाको आफ्नो एक जना कर्मचारी र १० जना करारका कर्मचारी गरेर दमकलमा ११ जना कार्यरत छन् । यिनीहरुले बिहान-बेलुका काम..

    राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई बधाई ज्ञापन

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौँ, ४ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।  बधाई सन्देश दिनहुँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा वाङ..

    गणेश लामाको रिहाइको माग गर्दै भएको जुलुसमा दोहोरो झडप

    आईतवार, चैत्र ४, २०७४ साल
    धुलिखेल, ४ चैत : गत बुधबार पेस्तोल र गोलीसहित पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ ।  शनिबार बेलुका करिब ६ बजेतिर बनेपाको गोदामचोकस्थित नेपाली काँग्रेस पार्टी कार्यालयबाट निकाल्न लागिएको जुलुसमा दोहोरो झपड भएको हो । मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले मसाल खोसेपछि काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।..

    नौलो अभ्यासको थालनी : भाडामा बस्नेको गुनासो घरधनीले सुने

    आईतवार, चैत्र ४, २०७४ साल
     बेनी, म्याग्दी, ४ चैत : घरबेटी र भाडामा बस्नेका बीच सधैँ विवाद भएको समाचार सुनिन्छ । घरमा भाडा तिरेर व्यवसाय गर्ने र कोठामा बस्नेहरु घरबेटीको हेपाहा प्रवृत्तिले आजित भएका हुन्छन् ।  चर्को भाडा, घरभित्रका सेवासुविधाका प्रयोगमा समेत घरधनीको सिण्डिकेटलगायतका कारणले सधँै गुनासो गर्ने भाडा व्यवसायीको समस्यालाई समाधान गर्न म्याग्दीको सदरमुकाम बेनीमा नौलो अभ्यासको थालनी गरिएको छ ।  म्याग्दी जिल्लाको सदरमुकाम बेनीको एउटा..

    सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा, सेनाद्वारा बिभिन्न कला प्रदर्शन (९ तस्वीर)

    शनिबार, चैत्र ३, २०७४ साल
    काठमाडौँ, ३ चैत : घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गर्नुभएको थियो । घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ ।  घोडेजात्रामा भएका विभिन्न प्रतियोगितामा पहिलो र दोस्रो स्थान हासिल..

    अबदेखि सरकारले खटाएको जुनसुकै स्थानमा कर्मचारी जानैपर्ने !

    शनिबार, चैत्र ३, २०७४ साल
    काठमाडौँ, ३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताउनुभएको छ ।  “खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ ।”  नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि..

    राष्ट्रियसभालाई सहमतिको थलो बनाउँछु : अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत : राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाउनुभएको छ ।  राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले भन्नुभयो, “मेरा सबै गतिविधि सहमतिका आधारमा अघि बढ्नेछन्् । मुलुकको समृद्धि र जनताको अपेक्षा पूरा गर्ने सवालमा सबै एक भएर अघि बढ्नेछाँै ।”  बौद्धिक समुदायको प्रतिनिधित्व रहने सदनका रुपमा रहेको राष्ट्रियसभाको अपरिहार्यतालाई प्रमाणित गर्न सबैको..

    एमाले-माओवादीले टुङ्ग्याए मन्त्री हुनेहरुको नाम (नामावली सहित)

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौं, २ चैत । नेकपा एमाले र माओवादी केन्द्र आफ्नो पार्टी सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ । एमालेले ६ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीले पाँच जना मन्त्रीका लागि नाम तय गरेको हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्री हुनेहरुको नाम टुंगो लगाएका हुन् । जसमा प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, रविन्द अधिकारी, रघुवीर महासेठ,..

    उपसभामुखमा बाम गठबन्धनकी शिवमाया तुम्बाहाम्फे निर्वाचित, दुई सय एक मतले विजयी

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी छिन् । प्रतिनिधिसभा शुक्रबारको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उनले २०१ मत प्राप्त गरेकी थिईन्। उनकी प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम)को पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिएका थिए । बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत..

    सिरहामा ९९३ हेक्टर वनक्षेत्रमा अतिक्रमण, सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण !

    शुक्रबार, चैत्र २, २०७४ साल
    लहान, २ चैत संक्रमणकालीन राजनीतिक अवस्थाका कारण सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ । जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिए। जिल्लामा रहेको कूल २१ हजार ४४ दशमलव ९ हेक्टर क्षेत्रफल वन क्षेत्रमध्ये ९९३ दशमलव १४ हेक्टर क्षेत्रफल सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण भएको पाइएको..

    ‘हेलो सरकार सेवा’ बन्द हुने, संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको जानकारी

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ,चैत  २ जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ ।  पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको हेलो सरकारका कार्यक्रम प्रमुख प्रद्युन्नप्रसाद उपाध्यक्षले जानकारी दिए।  सर्वसाधारणको गुनासो सुनेर त्यसलाई तत्काल सम्बोधन गर्नका लागि माघको पहिलो हप्तादेखि पोखरा, धनकुटा, हेटौडा, सुर्खेत र दिपायलबाट सो सेवा शुरु..

    सरकार-प्रतिपक्षबीच सुमधुर सम्बन्ध राख्छु भन्दै काँग्रेस नेत्री पुष्पा भुसालले दिईन् उपसभामुखमा उम्मेदवारी

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपसभामुख पदमा दुई सदस्यको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको छ । सो पदमा नेपाली काँग्रेसका पुष्पा भुसाल र नेकपा (एमाले)का शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो । भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेपाली काँग्रेसका डिला संग्रौला (पन्त)ले प्रस्ताव प्रस्तुत गरे । संग्रौलाले संविधानको सफल कार्यान्वयनका लागि सरकार र प्रतिपक्षबीच सुमधुर सम्बन्ध आवश्यक पर्ने भएकाले काँग्रेसका भुसालले उम्मेदवारी..

    विमान दुर्घटना दुःखद् एवम् गम्भीर प्रकृतिको घटना : प्रधानमन्त्री ओली

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत   प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनालाई नेपाल सरकारले दुःखद र गम्भीर घटनाका रुपमा लिएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले उक्त अकल्पनीय र त्रासदीपूर्ण घटनामा परी मृत्युहुनेहरुमा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।   उक्त दुर्घटनाका कारण भएको मानवीय क्षतिबाट..

    प्रदेश नं ३ का सरकारमा स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण

    शुक्रबार, चैत्र २, २०७४ साल
    हेटौँडा, २ चैत ।  प्रदेश नं ३ का सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ ।  प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो ।  स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।  प्रदेश नं ३ का सरकारले महानगरपालिकाका प्रमुखको तलब..

    प्रधानमन्त्री ओली आज सार्वजनिक महत्वको वक्तव्य दिंदै

    शुक्रबार, चैत्र २, २०७४ साल
      काठमाडौँ, २ चैत।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिने भएका छन्  ।  संघीय संसद् सचिवालयले प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको वक्तव्य दिनेलगायत कार्यसूची तय गरेको छ ।  प्रधानमन्त्री ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटना र समसामयिक विषयमा वक्तव्य दिने बुझिएको छ । सो विषयमा बैठकले दुर्घटनामा निधन भएकाहरुलाई श्रञ्द्धाजलि दिने विशेष प्रस्तावसमेत..

    नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पार्टी नेतृत्वलाई सच्चिन आग्रह

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत  ।  नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीमा गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन्  ।  पार्टीको १३ औँ महाधिवेशनबाट अस्तित्वमा देखिएको सिटौला समूहका आज यहाँ आयोजित नेता कार्यकर्ता भेलामा उनले  निर्वाचनपछिको अवस्थामा काँग्रेसले नयाँ मार्गचित्रका साथ अघि बढ्नुको विकल्प छैन भने  ।  नेता सिटौलाले पार्टीभित्र अहिले पनि सामन्ती संस्कार कायम रहेको बताउँदै “यसलाई हटाउन पार्टीमा..

    नगर प्रहरीसँग उपकरण अपर्याप्त, सामग्री पर्याप्त नहुँदा काममा असहज

    शुक्रबार, चैत्र २, २०७४ साल
    ललितपुर, २ चैत । आवश्यक उपकरणका अभावमा नगर प्रहरीले महानगरपालिकाको निर्णय प्रभावकारी कार्यान्वयन गराउन सकिएको छैन् । “नगर प्रहरीसँग अहिले काम गर्न हम्मर र गलबाहेक अरु केही छैन, उनीहरुलाई काम गर्न क्रेन, डोजर, रुख काट्ने मेसिन, ढलान काट्ने मेसिनलगायतका सामग्री आवश्यक छ,” नगर प्रहरी प्रमुख कदमलाल महर्जनल भन्छन, “कहिलेकाहीँ हामीले निर्णय कार्यान्वयन गर्न रुख, घर वा पर्खाल नै भत्काउनुपर्छ ।” त्यस्तै विपत्का समयमा..

    मन्त्रिपरिषद् विस्तार हुँदै, फोरम सरकारमा आउने भएपछि मन्त्रालयको संख्या बढाएर २१ पुर्याइदै

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत ।  फोरम सरकारमा आउने भएपछि मन्त्रालयको संख्या बढाएर २१ सम्म बनाउने तयारी  प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदैछन् ।  प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बाँकी सबै मन्त्री तोकिने जानकारी दिए । राष्ट्रपति कार्यालयले आज अपरान्ह् ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको छ ।  सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । नेकपा..

    तेह्रथुमस्थित मेन्छ्यायेम गाउँपालिका सुत्केरी र वृद्धवृद्धालाई एक हजार भत्ता थप्दै

    शुक्रबार, चैत्र २, २०७४ साल
    तेह्रथुम, २ चैत ।  मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ ।  सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्रोत्साहनस्वरुप रु एक हजार तथा यातायात खर्चबापत रु चार सय उपलब्ध गराउँदै आएको छ ।  त्यसबाहेक स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने मोराहाङका महिलालाई थप रु एक हजार तथा श्रीजुङ र पौठाकका महिलालाई..

    पूर्व अर्थमन्त्री डा रामशरण महतलाई बोतल प्रहार गर्ने व्यक्ति पक्राउ

    शुक्रबार, चैत्र २, २०७४ साल
    नुवाकोट, २ चैत : पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।  शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात..

    नवनियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन र बंगलादेशको बधाई

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत : श्रीमती विद्यादेवी भण्डारीले नेपालको राष्ट्रपतिको पद सम्हाल्नुभएकामा चीनका राष्ट्रपति सी चीन फिङले बधाई ज्ञापन गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीलाई आज पठाउनुभएको सन्देशमा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुकले चीन–नेपाल सम्बन्ध सुदृढीकरणलाई अति महत्व दिएको र द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताउनुभएको छ । नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रपति भण्डारीसँग बिहिबार अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट..

    पराजुलीलाई जवर्जस्ती राजीनामा दिन लगाइएको कानुन व्यवसायीको ठहर, प्रधानन्यायधीश पनि बेठीक रहेको अड्कल

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत कानुन व्यवसायीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई राजीनामा दिन बाध्य बनाइएको विचार व्यक्त गरेका छन् । रिर्पोर्टस क्लब नेपालले बिहिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले न्यायपरिषद्को सचिवलाई प्रधानन्यायाधीशका बारेमा बोल्ने अधिकार नभएकाले जवर्जस्ती राजीनामा दिन बाध्य पारेको बताए । ‘प्रधानन्यायाधीशलाई न्यायपरिषद्को सचिवले हटाउन पाउने व्यवस्था कहिपनि छैन’’ सांसद समेत रहनुभएका वरिष्ठ अधिवक्ता बिडारीले भने–‘‘तर ती सचिवले गैरकानुनी रुपमा प्रधानन्यायाधीशलाई..

    सुरक्षा निकायका प्रमुखका बिच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा शपथ ग्रहण

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बिहिबार पद तथा गोपनीयताको शपथ दिलाएकी छिन् । नेकपा (एमोल)का नेता तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा निर्वाचित गरेको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा उच्चपदस्थ कर्मचारीलगायत उपस्थित थिए ।  ..

    सरकारले सामाजिक उत्तरदायित्व बहन गर्छ : मन्त्री चुमान

    बिहिवार, चैत्र १, २०७४ साल
    पोखरा, १ चैत प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकारले सबै किसिमका सामाजिक उत्तरदायित्व बहन गर्ने बताएका छन्  । पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित सितापाइलामा सञ्चालित पोखरा बृद्धाश्रमको २१ औं वार्षिकोत्सवको बिहिबार पोखरामा उद्घाटन गर्दै उनले अधिकारका लागि अब सिंहदरबार जाने दिन समाप्त भएको बताए। राज्यको आँखा सबै ठाउँमा पुग्न नसकेकाले नै देशको आमूल परिवर्तनका लागि आन्दोलन भएको स्मरण गर्दै..

    वडाध्यक्ष चौहानमाथि आक्रमण, संलग्न भएकाको खोजि कार्य जारी

    बिहिवार, चैत्र १, २०७४ साल
    खोटाङ, १ चैत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ । गएराति घर फर्कंदै गरेको अवस्थामा उनी आक्रमणमा परेकी हुन् । आक्रमणपछि भागेकी वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आएकी छैनन् ।  आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उनले बताए । घटनास्थलमा वडाध्यक्षले प्रयोग..

    मोहन वैद्य र नेत्रविक्रम चन्दलाई पार्टी एकतामा आउन प्रचण्डको आग्रह, शहीदको भावनालाई सम्बोधन गर्न आह्वान

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन पुनः आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको भावना र चाहना मुताबिक पार्टी एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरेका हुन् । उनले कम्युनिस्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल..

    प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीद्वारा पद त्याग, राष्ट्रपतिलाई बुझाए राजीनामा

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहिबार पदबाट राजीनामा दिएका छन् । उमेरसम्बन्धी विवादमा परेका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि बिहिबार उनले शीतल निवास पुगी पदबाट राजीनामा दिएका हुन्  ।  महान्यायाधीवक्ता अग्नि खरेलले पराजुलीले राजीनामा राष्ट्रपतिलाई बुझाएको पुष्टि गरे। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले पनि पराजुलीको राजीनामा राष्ट्रपति कार्यालयमा रहेको बताए। राष्ट्रपति कार्यालयका..
    Weather Forecast