शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    प्रधानमन्त्री ओली दिल्लीमा, भारतीय गृहमन्त्री राजनाथ सिंहद्वारा स्वागत

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाडौँ, २३ चैत : ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमण क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आज राजधानी नयाँ दिल्ली पुगेका छन् ।   इन्दिरा गान्धी बिमानस्थलमा अवतरण गरेसंगै प्रधानमन्त्री ओली लाई स्वागतका लागि भारत सरकारका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह त्यहाँ पुगेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि भएको हो । यसअघि मित्रराष्ट्र..

    श्वेतपत्रमा गलत आँकडा देखाएर नागरिकमाँझ भ्रम छरिएको छ : कांग्रेस नेता पौडेल

    शुक्रबार, चैत्र २३, २०७४ साल
    दमौली तनहुँ, २३ चैत :  नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।  घिरिङ गाउँपालिका–२ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले २०४८ सालपछि कमजोर अर्थतन्त्रलाई कांग्रेसले अहिलेको अवस्थामा ल्याएको जिकिर समेत गरे ।  जनतालाई विभिन्न आश्वासन बाँडेर वाम गठबन्धनले मत पाए पनि जनताको माग र..

    प्रधानमन्त्री ओलीको भारत भ्रमण आजदेखि, अरुण तेस्रो प्राथमिकतामा

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाडौँ, २३ चैत : निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लागेका छन ।  प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणबाट हुन लागेको हो । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ ।  नेपाल वायु सेवा निगमको नियमित..

    त्रिभुवन विश्वविद्यालय अब धुम्रपान निषेधित क्षेत्र, सबै निकायलाई व्यवस्थाका लागि निर्देशन

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत : त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ ।  त्रिवि सामान्य प्रशासन महाशाखाले यही चैत १६ गते पत्र पठाई सबै निकायलाई सो व्यवस्थाका लागि निर्देशन गरेको हो ।  बाँकेका नमस्कार शाह, मन भण्डारी, हेमराज भट्ट र प्रतिक्षा गिरीले गत चैत्र १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को..

    विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी : मुख्यमन्त्री शेरधन राई

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताएका छन् । जिल्ला समन्वय समिति महासंघद्वारा बिहिबार आयोजित प्रदेश कानूनमा जिल्ला समन्वय समितिसँग सम्बन्धित छलफल कार्यक्रमा बोल्दै उनले प्रदेश सरकारले समन्वय समितिको काम, अधिकार र भूमिका सम्बन्धमा प्रदेश सरकारले कानून मस्यौदा सुझाव समिति गठन गरेको बताए । मुख्यमन्त्री राईले..

    भारतसँगका सम्झौता कार्यान्वयनमा प्राथमिकता दिन प्रधानमन्त्रीलाई दिइयो यस्तो सुझाव ...

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत निर्वाचनपछिको नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने छिमेकी भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन विज्ञहरुले सुझाएका छन् । नयाँ संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि वाम गठबन्धनको नेतृत्वमा बनेको सरकारले लिएको विकास र समृद्धिको चाहनालाई छिमेकी मुलुकसँगको सम्बन्धलाई थप प्रगाढ बनाई ती मुलुकलाई विकासमा साझेदार बनाउनुपर्ने आवाज..

    “विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी हो ।”

    बिहिवार, चैत्र २२, २०७४ साल
    विराटनगर, २२ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताएका छन् ।  जिल्ला समन्वय समिति महासंघद्वारा बिहिबार यहाँ आयोजित प्रदेश कानूनमा जिल्ला समन्वय समिति सम्बन्धित छलफल कार्यक्रमा बोल्दै उनले प्रदेश सरकारले समन्वय समितिको काम, अधिकार र भूमिका सम्बन्धमा प्रदेश सरकारले कानून मस्यौदा सुझाव समिति गठन गरेको बताए ।  मुख्यमन्त्री..

    केन्द्र सरकारसँग सहकार्य गरी विकास र समृद्धि हासिल गर्नेछौँ : मुख्यमन्त्री गद्दी

    बिहिवार, चैत्र २२, २०७४ साल
    पर्सा, २२ चैत : परनिर्भरताको मानसिकताबाट माथि नउठेसम्म समृद्धि र विकास हासिल हुन नसकिने वक्ताले बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको ‘प्रदेश नं २ को अगामी नीति र कार्यक्रमको तर्जुमा तथा परिमार्जनसम्बन्धी सुझाव संकलन’ कार्यक्रमका सहभागी वक्ताले यस्तो बताएका हुन् ।  वक्ताहरुले २ नं प्रदेशमा रहेका सबल र दुर्वल पक्षको पहिचान गरी नीति निर्माण गरे समृद्ध प्रदेशको परिकल्पनालाई..

    चार महिनादेखि मिथिलेश बेपत्ता, खोजी कार्य जारी नै रहेको प्रहरीको भनाइ

    बिहिवार, चैत्र २२, २०७४ साल
    राजविराज, २२ चैत : विगत चार महिनादेखि एक बालक सप्तरीको राजजिराजबाट बेपत्ता भएका छन् ।  राजविराज नगरपालिका–१२ स्थित सिंग्योन बस्ने १३ वर्षीय मिथिलेश यादव हालसम्म फेला नपरेको उनका बुबा बिजुली यादवले बताए । राजविराज नगरपालिका–५ स्थित लिटिल एन्जलस स्कूलको कक्षा ६ मा अध्ययन गर्दै आएका मिथिलेश गत मंसिर महिनादेखि बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ ।  उनको अवस्था पता लगाउन स्थानीय प्रशासनलाई जानकारी..

    सबैभन्दा कम उचाइमा चौँरी पाल्न सफल सुरेश थकाली, जोखिम मोलेर गरेको परीक्षण सफल

    बिहिवार, चैत्र २२, २०७४ साल
    मनाङ, २२ चैत : जलवायु परिवर्तनलाई मध्यनजर गर्दै सबैभन्दा कम उचाइमा चौँरीपालन शुरु गरिएको छ ।  अक्सर गरेर चार हजार मिटरभन्दा माथि पालिने चौँरी अहिले करीब दुई हजार मिटर उचाइमा राखेर पालेको मनाङ नासोङ–४ ओडारगाउँका चौँरीपालक सुरेश थकालीले बताए । बेमौसममा हिमपात हुने र हिउँले खाएर घाँस उत्पादन नहुने र हिमपातका कारण चौँरी मर्ने हुनाले विकल्पका रुपमा कम उचाइमा ल्याएर पालेको उनको..

    दुई हजार ३०० हेक्टर वनमा आगलागी, आगलागीमा परी एकको मृत्यु

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत : गर्मीयाम शुरु भएसँगै मुलुकको दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ ।  विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो ।  सोमध्ये तनहुँको एक वन आगलागी हुँदा तीन हेक्टर, रौतहटका १० वनमा ४४ हेक्टर, मोरङको एक वनमा एक हेक्टर, सिन्धुली १५ वन ३३९ हेक्टर, मकवानपुर १७ वनमा १६५ हेक्टर, ओखलढुंगा पाँच वन..

    पश्चिमी वायुको प्रभावले देशैभर वर्षा, मनसुनी गतिविधि अझै केहि दिन जारी रहने

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत : पश्चिमी वायुको प्रभावले आज समेत देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भएको छ ।  पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । उनका अनुसार मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ । पूर्वमनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने उनको भनाइ छ..

    दुवै पार्टीलाई सहज हुने गरी एकता हुन्छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    बुधबार, चैत्र २१, २०७४ साल
    काठमाडौँ, २१ चैत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले नेकपा (एमाले) र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले दुवै पार्टीलाई सहज हुनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका हुन् । बैठकमा अध्यक्ष दाहालले भने, “पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजो मात्र..

    दुई छिमेकीको साथ र सहयोग लिई सरकारले काम गर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

    बुधबार, चैत्र २१, २०७४ साल
    काठमाडौँ, २१ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताएका छन् । उनले भने, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ । सरकार दायाँबायाँ अल्मलिने छैन । सबै क्षेत्रले सहयोग गर्नुहोस् ।” राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित दोस्रो सहकारी महासम्मेलनको बुधबार उद्घाटन गर्दै..

    नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्वसांसद भेटवालको निधन

    बुधबार, चैत्र २१, २०७४ साल
    रत्ननगर, चितवन, २१ चैत : नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको बुधबार निधन भएको छ ।  क्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा भेटवालको निधन भएको नेकपा (एमाले) चितवनका पूर्व अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिए ।  उनि पिशावथैली नजिकैको प्रोष्टेट ग्रन्थीकोे क्यान्सर रोगबाट पीडित थिए । पछिल्लो समयमा शरीरका विभिन्न अंगमा क्यान्सर फैलिएपछि विगत डेढ महिनादेखि उनि अस्पतालमा..

    गुरुयोजना बनाउँदै बेनी नगरपालिका, योजना सञ्चालन र काम प्रभावकारी हुने बिस्वास

    बुधबार, चैत्र २१, २०७४ साल
    बाबियाचौर, म्याग्दी, २१ चैत : बेनी नगरपालीकाले गुरुयोजना तर्जुमा गर्दैछ । नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न गुरुयोजना बनाउन लागिएको हो ।  परामर्शदाता छनोट गरेर गुरुयोजना निर्माणको तयारी गरिएको नगर कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका ८ नं वडाका अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए ।उनका अनुसार गत फागुन २८ गते स्थगित भएको नगरसभा चैत २३ गते बस्ने..

    पशुपति क्षेत्र मगन्तेरहित घोषणा, मगन्तेलाई मानवसेवा आश्रमको सहकार्यमा पुनःस्थापना !

    बुधबार, चैत्र २१, २०७४ साल
    काठमाडौँ, २१ चैत : पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरेको छ ।  कोषले मंगलबार आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिए ।  उनले भने, “माग्ने, चोर्नेकाम विकसित देशमा पनि हुन्छ, यो घोषणा महत्वकांक्षी जस्तो लागेपनि सबैको सहयोगमा कार्यान्वयन गर्न सकिन्छ, यसमा..

    “प्रधानमन्त्रीको भारत भ्रमणले दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउँछ ”

    मंगलवार, चैत्र २०, २०७४ साल
    चितवन, २० चैत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउन केन्द्रित हुने बताएका छन् ।  मंगलबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भारत भ्रमणका नयाँ एजेण्डा नभएको बताए ।अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पुराना एजेण्डाको विषयमा छलफल हुने बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणअघि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीचमा पार्टी..

    प्रधानमन्त्रीद्वारा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधनप्रति दुःख व्यक्त

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत :  प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।  आज उहाँले ट्वीटमार्फत शोकसन्देश जारी गर्दै सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । “कलाकार मदनकृष्णको सफल कलायात्रा र समाजसेवाकी अनन्य सहयोगी स्व सुवेदीप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु”, उहाँले भन्नुभएको छ, ‘‘शोकमा पर्नुभएका मदनकृष्ण र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”  सतसठ्ठी वर्षीया..

    प्रतिनिधिसभाको बैठकद्वारा दुई अध्यादेश स्वीकृत, विरोधको सूचना बहुमतले अस्वीकृत

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ स्वीकृत गरेको छ । चिकित्सा शिक्षा अध्यादेशले शिक्षा र स्वास्थ्य क्षेत्रमा भेदभावपूर्ण व्यवहार गर्ने भएकाले पेस नगर्न भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएको विरोधको सूचना बैठकको बहुमतले अस्वीकृत गरेको थियो । गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि..

    भारत भ्रमणमा देशको शिर झुक्ने काम गरिनेछैन, शिर उठाउने काम गरिनेछ : प्रधानमन्त्री केपी ओली

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिएका हुन्  । प्रधानमन्त्री ओलीले..

    प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन अन्त्य, चिकित्सा शिक्षा अध्यादेश पास

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।..

    पाँच नमूना कानून सातै प्रदेशमा, प्रदेश तह सञ्चालन गर्न सजिलो हुने

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक पाँच नमूना कानून मंगलबार  सातै प्रदेशमा पठाएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री शेरबहादुर तामाङले विद्युतीय माध्यमबाट सात वटै प्रदेशलाई नमूना कानून पठाएका हुन् । कानून पठाउँदै उनले नमूना कानून पठाएपछि अब प्रदेश तह सञ्चालन गर्न सजिलो हुने बताए । यसरी पठाइएका नमूना कानूनका आधारमा प्रदेश तहले कानून बनाउने..

    ललितपुर महानगरपालिकामा नगर प्रहरी अपर्याप्त, निर्णय कार्यान्वयन गर्न गाह्रो

    मंगलवार, चैत्र २०, २०७४ साल
    ललितपुर, २० चैत : ललितपुर महानगरपालिकाको क्षेत्र पहिलेभन्दा दोब्बर भए तर, महानगरपालिकामा नगर प्रहरी संख्या थपिएको छैन ।  जनशक्ति अपर्याप्त हुँदा नगर प्रहरीलाई महानगरपालिकाको निर्णय कार्यान्वयन गर्न गाह्रो भएको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । तीसजनाको दरबन्दी भएकामा अहिले २३ जना नगर प्रहरी मात्रै कार्यरत छन् । उपमहानगरपालिका हुँदा १५ किलोमिटर क्षेत्रफल थियो । अहिले महानगरपालिकामा सात वटा वडा थपिएर ३२..

    प्रमको भ्रमण सिमाना र डुबान समस्या समाधानमा केन्द्रित हुनुपर्ने सुझाव

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत : नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकले सिमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।  सिमानामा आफूहरुले भोग्नुपरेका समस्या समाधानका लागि प्रभावित पक्षले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण यही चैत २३ गतेदेखि हुँदैछ । दुई देशबीचको खुला सीमा र सीमावर्ती क्षेत्रमा..

    कर्मचारी नहुँदा स्थानीय तहको काम प्रभावित, प्रभावकारी रुपमा सेवा दिन नसकिएको भनाइ

    मंगलवार, चैत्र २०, २०७४ साल
    बनेपा, २० चैत : कर्मचारी नहुँदा काभ्रेपलाञ्चोकका अधिकांश नगरपालिका र गाउँपालिकाले सेवाग्राहीलाई उचित सेवा दिन सकेका छैनन् ।  ६ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लाका अधिकांश कार्यालयमा कर्मचारी अभावका कारण दैनिक प्रशासनिक कामसमेत प्रभावित भइरहेको नगरपालिका र गाउँपालिकाका प्रमुखको भनाइ छ । जिल्लाको विकट डाडाँपारिस्थित महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले आठ वडामा चार मात्र वडा सचिवले काम गरिरहेको बताए । सबै वडामा..

    बैतडीका ४२ वडा सचिवविहीन, सेवा प्रभावित, सेवाग्राहीलाई समस्या

    मंगलवार, चैत्र २०, २०७४ साल
    बैतडी, २० चैत : स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ ।  सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो सहसुस गर्न थालेका छन् ।  बैतडीका ८४ वडामध्ये ४२ वडा सचिवविहीन रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए..

    एसिया प्रशान्त क्षेत्रको ऊर्जासम्बन्धी सम्मेलनमा भाग लिन मन्त्री वर्षमान पुन थाइल्याण्ड प्रस्थान

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत : एसिया प्रशान्त क्षेत्रको ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन सोमबार थाइल्याण्ड प्रस्थान गरेका छन् ।  सम्मेलन मंगलबार र बुधबार चल्नेछ । सम्मेलनमा मन्त्री पुनले नेपालको ऊर्जाको पछिल्लो अवस्था र सरकारले चालेको कदमकाबारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रीका सचिवालयले जनाएको छ ।  मन्त्री पुनले सम्मेलनमा ऊर्जाको सुरक्षा, चुनौती र सम्भावना तथा सरकारले अघि..

    बराबरी सिद्धान्तका आधारमा पार्टी एकता हुन्छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    सोमबार, चैत्र १९, २०७४ साल
    चितवन, १९ चैत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार  पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो ।” यसले पार्टी एकतामा अप्ठ्यारो पर्ने स्थिति नभएको बताउँदै उनले..

    लैंगिक सम्पर्क बिन्दुको तेस्रो सम्मेलन शुरु, १८ देशका ३६ जना सहभागी

    सोमबार, चैत्र १९, २०७४ साल
    काठमाडौँ, १९ चैत ‘कोलम्बो प्लानका लैंगिक सम्पर्क बिन्दुको तेस्रो सम्मेलन’ काठमाडौँमा शुरु भएको छ । नेपालसहित भारत, मलेसिया, जापान, दक्षिण कोरिया, थाइल्याण्ड र बंगलादेशसहित १८ देशका ३६ जना सहभागी सो सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समयको अन्तरालसँगै शिक्षा, स्वास्थ्य, आयआर्जन र जीवनस्तरलगायतका पक्षमा नेपाली महिलाको अवस्थामा थुपै्र सकारात्मक परिवर्तन आएको बताईन् । “राज्यको..
    Weather Forecast