शनिबार, माघ ११, २०७६

    राज्य-समाज

    श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण एनआरएनए मध्यपूर्व संयोजक कतारबाट पक्राउ

    मंगलवार, कार्तिक ६, २०७५ साल
    काठमाडौँ, ६ कात्तिक गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा मंगलबार पक्राउ परेका छन् ।  संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे । शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले जानकारी दिए । प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुन सक्ने उनले बताए..

    अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पोखरेल चीनतर्फ प्रस्थान

    मंगलवार, कार्तिक ६, २०७५ साल
    काठमाडौँ, ६ कात्तिक : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  विश्वका करीब एक सय मुलुकको प्रतिनिधित्व हुने सम्मेलनमा १५ मुलुकका रक्षामन्त्री र ४० मुलुकका सेना प्रमुखको..

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा सचिवालय बैठकबाट अस्वीकृत

    मंगलवार, कार्तिक ६, २०७५ साल
     काठमाडौँ, ६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भने, “सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।” प्रा डा गोविन्द केसी अनशन प्रकरण विषयमा पार्टी अध्यक्षसँग विवाद..

    सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृ शोक

    मंगलवार, कार्तिक ६, २०७५ साल
    स्याङ्जा, ६ कात्तिक : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ ।  मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो । केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइ रहेकी अर्याललाई दशैँको समयमा घर ल्याइएको थियो ।  स्व तारादेवीका चार छोरा र चार छोरी रहेका छन् । स्व अर्यालको..

    कृष्णनगरमा कर्फ्यु : १२ बजेसम्मका लागि निषेधाज्ञा हटाइयो, जनजीवन सामान्य बन्दै

    मंगलवार, कार्तिक ६, २०७५ साल
    कपिलवस्तु, कृष्णनगर, ६ कात्तिक :   कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ ।    आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो ।    कफ्र्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।..

    कृष्णनगरको निषेधाज्ञा अनिश्चितकालसम्म, चितवनमा डमरु मृतावस्थामा फेला, नागढुङ्गामा बसबाट पटका बरामद

    सोमबार, कार्तिक ५, २०७५ साल
    कपिलवस्तु, ५ कात्तिक : जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले आइतबारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो ।  गए राति कडा सुरक्षाका बीच दुर्गाको मूर्ति विसर्जन गरिएको थियो । विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरियो । मूर्ति विसर्जन गर्न जाने..

    “सरकारले निर्मला पन्त हत्याकाण्डका अपराधीलाई पानी मुनि लुकेकै भए पनि नछाड्ने”

    सोमबार, कार्तिक ५, २०७५ साल
    गुल्मी, ५ कात्तिक : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको बताएका छन् ।  ज्ञवालीले भने, “अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।” अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार..

    पत्रकार रश्मिलाले लगाईन् केशव स्थापितलाई यौनहिंसाको आरोप, प्रमाणित गर्न स्थापितको चुनौती

    सोमबार, कार्तिक ५, २०७५ साल
    काठमाडौँ, ५ कार्तिक प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितलाई यौन हिंसाको आरोप लागेको छ। काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा स्थापितले आफूलाई यौन हिंसा गरेको आरोप पत्रकार एवं अधिकारकर्मी रश्मिला प्रजापतिले लगाएकी हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रजापतिले आफूले स्थापितको यौन प्रस्ताव अस्वीकार गर्दा जागिरसमेत गुमाउनुपरेको लेखेकी छन्। 'म स्थापितबाट कसरी यौन हिंसामा परेँ भन्ने यसअघि पनि लेखेकी थिएँ। उनको यौन प्रस्ताव..

    धनगढीस्थित मुख्य बजारको २ पसलमा भिषण आगलागी, निभाउने कार्य जारी

    सोमबार, कार्तिक ५, २०७५ साल
    धनगढी, ५ कार्तिक धनगढीको बजारको मुख्य बजारको दुई पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित गणेश इन्टर प्राईजेज र सरस्वती इन्टर प्राईजेजमा आगलागी भएको हो । नेपाल प्रहरी, सशस्त प्रहरी र धनगढी उपमहानगरपालिको दमकलले अहिले आगो निभाईरहेको छ । क्षतिको विवरण र कसरी आगो लाग्यो भन्ने जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।..

    अहिले पनि नेपाली काङ्ग्रेसको बलियो अस्तित्व छ : महामन्त्री डा. शशाङ्क कोइराला

    सोमबार, कार्तिक ५, २०७५ साल
    विराटनगर, ५ कात्तिक नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए ।उनले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै पार्टीको पराजय नेतृत्वले मात्र होइन सबैले लिनुपर्नेमा जोड दिए ।  सोही अवसरमा नेपाली काङ्ग्रेसका..

    कृष्णनगरमा लागेको कर्फ्यु १२ बजेसम्मका लागि स्थगित, कडा सुरक्षाबीच मूर्ति विसर्जन, जनजीवन सामान्य

    सोमबार, कार्तिक ५, २०७५ साल
    कपिलवस्तु, असोज ५ ।  माता दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद भई झडपको स्थिति उत्पन्न भएसँगै कपिलवस्तु जिल्ला प्रशासनले लगाएको कर्फ्यु आज बिहानदेखि दिनको १२ बजेसम्मका लागि हटेको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको हो । शुक्रबारदेखि नै कृष्णनगर एरिया तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट..

    कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिश

    आईतवार, कार्तिक ४, २०७५ साल
    काठमाडौँ, ४ कात्तिक : निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए ।  प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता उनले गृहमन्त्रालयले..

    प्रधानमन्त्री केपी शर्मा ओलीबाट एचआइभी सङ्क्रमित बालबालिकाहरुलाई दशैँको टीका

    आईतवार, कार्तिक ४, २०७५ साल
    काठमाडौँ, ४ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई शनिबार दशैँको टीका लगाइदिनुभएको छ ।  सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिनुभएको हो ।  सो अवसरमा बालबालिकाले गायनलगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए भने प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था र उनीहरुको आवश्यकताका बारेमा विद्यालयका..

    सुरक्षाको विषयमा सङ्घीय सरकारसँग समन्वय गर्नुपर्छ : काङ्ग्रेस नेता गच्छदार

    मंगलवार, असोज ३०, २०७५ साल
    विराटनगर, ३० असोज :  नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने बताएका छन् ।  विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र, अर्थ र सुरक्षाजस्ता विषयमा प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्नु नै राम्रो हुने प्रष्ट पारे । पूर्वउपप्रधानमन्त्री गच्छदारले प्रदेशको आन्तरिक सुरक्षाका लागि कानूनसम्मत ढङ्गले प्रदेश सरकार अगाडि बढ्नुुपर्नेमा जोड दिए..

    पर्वको बिदामा पनि मानव अधिकार आयोगका केन्द्रीय तथा मातहतका कार्यालयहरु खुल्ला रहने

    मंगलवार, असोज ३०, २०७५ साल
    काठमाडौँ, ३० असोज :  राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दशैँ, तिहार तथा छठ बिदामा खुल्ला हुने भएको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पर्वका अवसरमा ११ बजे देखि २ बजेसम्म कार्यालय खुला रहने उल्लेख छ ।  आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको..

    इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ परेका सुन प्रकरणका आरोपी बेनु श्रेष्ठ विराटनगरमा

    मंगलवार, असोज ३०, २०७५ साल
    विराटनगर, ३० असोज  : साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ ।  अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ हुँदै बेलुका विराटनगर ल्याइएको हो ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बेनुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।  सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३२ वर्षीय श्रेष्ठ..

    समृद्धिका लागि राजनीतिभन्दा माथि उठ्छौः शहरी विकासमन्त्री राई

    सोमबार, असोज २९, २०७५ साल
    बाँके, २९ असोज शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज शहरलगायत बाँके जिल्लालाई नै विकासको दृष्टिकोणबाट नमूना जिल्ला बनाउन मन्त्रालयबाट योजना छुट्याएको बताएका छन् । मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ नेपालगञ्जले यहाँ आज आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री राईले शहरी मन्त्रालयअन्तर्गत बाँकेमा भेरी अञ्चल अस्पतालको स्तरोन्नति, राष्ट्रियस्तरको पार्क र धर्मशालाको निर्माण, महिला स्नातकोत्तर कलेज स्थापना, सभा हल तथा सडक..

    चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिने नेपाल आयल निगमको भनाई

    सोमबार, असोज २९, २०७५ साल
    काठमाडौँ, २९ असोज नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर भरत रेग्मीले उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिए । डिपोले आइतबार..

    मारुती सिमेन्टको यस्तो कर्तुत, सामुदायिक वनको जग्गा कारखानाको नाममा ?

    सोमबार, असोज २९, २०७५ साल
    जनकपुरधाम, २९ असोज सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ । कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक वनको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको हो । कारखानाले जोभा प्राकृतिक सामुदायिक वनको १३ कट्ठा पाँच धुर जग्गा आफ्नो नाममा दर्ता गराएको देखिएको छ । मालपोत कार्यालय सिरहाको अभिलेखअनुसार कारखानाले..

    पूर्व राजाहरुले लगाउने श्रीपेच, मुकुट र राजदण्ड अब जनताले नारायणहिटी संग्राहलयमा हेर्न पाउने

    सोमबार, असोज २९, २०७५ साल
    काठमाडौँ, २९ असोज पूर्व राजाहरुले लगाउने श्रीपेच, मुकुट र राजदण्ड हेर्न पाउने भए जनता पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ..

    ३३ किलो सुन प्रकरणमा नयाँ खुलासा, एक अभियुक्तलाई दुबईमा पक्राउ गरी काठमाडौं ल्याइयो

    सोमबार, असोज २९, २०७५ साल
    काठमाडौँ, २९ असोज समन शाक्य हत्या र सुन प्रकरणमा फरार रहेका एक अभियुक्त युएईमा पक्राउ परेका छन्। घटनामा संलग्न भएका सुनसरीको इटहरी घर भएका ३२ वर्षीय बेनु श्रेष्ठ पक्राउ परेका हुन्। श्रेष्ठलाई इन्टरपोल प्रहरीको सहयोगमा संयुक्त अरब इमिरेट्समा पक्राउ गरिएको थियो। उनलाई आइतबार दिउँसो ३ बजेतिर काठमाडौँ ल्याएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए। जिल्ला अदालत मोरङमा श्रेष्ठ विरुद्ध फरार..

    दशैँ, तिहारजस्ता पर्वमा अवाञ्छित गतिविधी नियन्त्रण गर्न महानिरीक्षक खनालको निर्देशन

    सोमबार, असोज २९, २०७५ साल
    काठमाडौँ, २८ असोज : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सङ्गठनले गरेको अपेक्षा पूरा गर्न दृढताका साथ लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  गृह मन्त्रालय, मन्त्रिस्तरको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका अधिकृतलाई  दज्र्यानी चिह्न प्रदान गर्दै उनले नेतृत्व, निर्णय क्षमता, साङ्गठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।  इमान्दार, सक्षम र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीबाट..

    काङ्ग्रेसको चियापान कात्तिक १६ मा, श्रद्धाञ्जलिबाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित

    सोमबार, असोज २९, २०७५ साल
    काठमाडौँ, २९ असोज : नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ ।  पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरुप चियापान कार्यक्रम पछाडि सार्ने निर्णय भएको पार्टी..

    पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति नेपाली काँग्रेसद्वारा शोक प्रस्ताव पारित

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २८ असोज  नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आइतबार शोक प्रस्ताव पारित गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार अपराह्न बसेको बैठकले उनको निधनले बौद्धिक, निष्कलङ्क, प्रखर र क्रान्तिकारी नेतालाई गुमाएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । नेता बाँस्तोलाप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका..

    प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका कार्यकर्ता पक्राउ

    आईतवार, असोज २८, २०७५ साल
    धनुषा, २८ असाज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रवेशद्वारबाट संजय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई रिहाईको माग गर्दै तीनजना मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए । प्रवेशद्वारमै..

    दशैंको मुखमा ग्राहकको स्वास्थ्यसंग खेलवाड, गन्हाउने र गुणस्तरहीन मासु बिक्री वितरण !

    आईतवार, असोज २८, २०७५ साल
    भक्तपुर, २८ असोज सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ ।  आइतबार सूर्यविनायक नगरपालिकाले सूर्यविनायकदेखि सल्लाघारीसम्म रहेको मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसल फोहर, हरियो झिङ्गा भन्केको, गन्हाउने र खान योग्य नभएको मासु बिक्री गरेको पाइएको हो ।  नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वमा बजार अनुगमन शाखा, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र..

    शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य : गृहमन्त्री थापा

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २८ असोज गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गरे ।  “देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने भन्ने हो,” गृहमन्त्री थापाले भने, “अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छ ।” प्रहरीले..

    पानी संरक्षणका लागि ठोस् योजना ल्याउनुपर्नेमा सभामुख महराको जोड

    आईतवार, असोज २८, २०७५ साल
    दाङ, २८ असोज सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभएको छ ।  तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले  आयोजना गरेको बडादशैँ, दिपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “विविध कारणले पानीका मुहान सुक्दै गएकाले संरक्षणका लागि सबै एकजुट भएर ठोस् योजना ल्याउनुपर्छ ।”  दाङमा पानी सञ्चित गर्नका लागि माथिल्लो उत्तरी क्षेत्रको चुन ढुङ्गा निकासी रोकेर त्यस स्थानमा बाँसको..

    श्रद्धाञ्जलिका लागि चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर सानेपामा, आज नै दाहसंस्कार गरिने

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २८ असोज नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।  विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहेका बास्तोलाको हिजो राति निधन भएको थियो । उनका श्रीमती र दुई छोरी छन् । शनिबार नै उनको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो..

    पूर्वमन्त्री एवम् काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन, आज नै अन्त्यष्टि गर्ने तयारी

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २७ असोज : लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ ।  ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उहाँका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए ।  विसं २०६९ पुस १४ गतेदेखि उहाँ मष्तिस्काघातबाट पीडित हुनुहुन्थ्यो । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत हुनुहुन्थ्यो । ..
    Weather Forecast