सोमबार, आषाढ २२, २०७७

    राज्य-समाज

    सरकारद्वारा विमान दुर्घटनाको छानबिन गर्न समिति गठन

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ वैशाख   सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले राससलाई जानकारी दिनुभयो ।   सो समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता..

    केन्द्रले पठाएको कर्मचारी स्थानीय तहले फिर्ता गरेपछि ...

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ वैशाख संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन् । आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता पठाएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।  कर्मचारी फिर्ता पठाउने स्थानीय तहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका छन् ।  स्थानीय मन्त्रालयका निमित्त सचिव सुरेश..

    सोलुखुम्बु जहाज दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो

    आईतवार, बैशाख १, २०७६ साल
    काठमाडौँ, १ वैशाख सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले पुष्टि गरे । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको थियो । आइतबार..

    नयाँ वर्षमा प्रधानमन्त्री ओलीद्वारा देशबासीलाई सम्बोधन

    आईतवार, बैशाख १, २०७६ साल
    काठमाडौं, १ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट ओलीले सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले सरकारका उपलब्धीको चर्चा गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धीको रुपमा व्याख्या गरेका छन् ।..

    प्रधानमन्त्री ओलीले आइतबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने

    शनिबार, चैत्र ३०, २०७५ साल
    काठमाडौं, ३० चैत नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री ओलीले विहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।  प्रधानमन्त्री ओलीले समृद्धिको क्षेत्रमा आफ्ना नयाँ योजनाहरु सार्वजनिक गर्ने बताइएको छ ।  ओलीले पुरानो वर्षको विदाई तथा नयाँ वर्षको स्वागतका लागि आजै नेताहरुलाई बालुवाटारमा रात्रीभोज समेत दिँदैछन् । ..

    मधेसी जनताको अधिकारका लागि ज्यान दिन तयार छु : सीके राउत

    शनिबार, चैत्र ३०, २०७५ साल
    सिरहा, ३० चैत जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसी जनताको अधिकारका लागि आफू ज्यान दिन तयार रहेको बताएका छन् । उनले मधेसवादी दलको पसल बन्द हुन लागेको बताएका हुन् । सिरहाको मिर्चैयामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले मधेसवादी दलहरुप्रति लक्षित गर्दै सँधै जनतालाई भ्रममा राख्न नसकिने भन्दै उनीहरुको दुकान बन्द हुने बताएका हुन् ।  उनले केही तत्वहरुले आफ्नो दुकान (पसल)..

    नेकपा महासचिव विष्णु पौडेल चीन प्रस्थान

    शनिबार, चैत्र ३०, २०७५ साल
    काठमाडौँ, ३० चैत  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल चीन प्रस्थान गर्नुभएको छ ।  उहाँ सियान विश्वविद्यालयद्वारा स्थापना गरिएको सियान–साउथ एसियन स्ट्डी सेन्टरको उद्घाटन गर्न शनिबार चीनतर्फ प्रस्थान गर्नुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।  चीनमा रहदा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । महासचिव पौडेल आगामी वैशाख ७ गते स्वदेश फर्कने हुने..

    यी प्रतिष्ठित व्यक्तिहरू जो बिसं. २०७५ मा अस्ताए

    शनिबार, चैत्र ३०, २०७५ साल
    काठमाडौँ, ३० चैत वर्ष २०७५ मा केही प्रतिष्ठित व्यक्तिहरूको मृत्यु भयो । जसमा बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री, वरिष्ठ सर्जन, पञ्चायतका सूत्रधारसमेत रहेका छन् ।  फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बहालवाला मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गयो ।  त्यसैगरी वृद्धभत्ताका सूत्राधार मानिने नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका भरतमोहन अधिकारीको फागुन १८ गते निधन भयो । २०५१ सालको कम्युनिस्ट सरकारका अर्थमन्त्री रहेका..

    लिबियाबाट भारत र अमेरिका भागेपनि नेपाली सेना नभाग्ने

    शनिबार, चैत्र ३०, २०७५ साल
    लिबिया, ३० चैत लिबियामा द्वन्द्व चर्किए लगत्तै भारत र अमेरिकाले आफ्ना शान्ति सेना फर्काए पनि नेपालले तत्काल सेना फिर्ता नगर्ने स्पष्ट पारेको छ । त्यहँको अवस्थाबारे नेपाली सेनाले गत चैत २५ मा पनि जानकारी गराएको थियो । लिबियामा एक सातादेखि संघर्ष चलिरहेको छ । यस क्रममा करिव ६० को मृत्यु भएको भनिएको छ । तीन सय बढी घाइते भएको जनाइएको छ ।..

    कांग्रेस कार्यकर्ताद्वारा वीपी राजमार्गमा प्रदर्शन, सवारी आवागमन बन्द

    शनिबार, चैत्र ३०, २०७५ साल
    सिन्धुली, ३० चैत तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेविरुद्ध कारबाही माग गर्दै नेपाली कांग्रेस, सिन्धुलीले गरेको प्रदर्शनले वीपी राजमार्गको सवारी आवागमन बिहानैदेखि अवरुद्ध बनेको छ । तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई नियन्त्रणमा लिएर विना कारवाही छाडिएकाे भन्दै कांग्रेस सिन्धुलीले गरेको प्रदर्शनले सवारी आवागमन प्रभावित बनेको हो । दोषीलाई कारवाहीको माग गर्दै काङ्ग्रेसका कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएपछि विपी राजमार्गअन्तर्गत भिमान, शान्तिनगरचोक, खुर्कोट,..

    चरम गुटबन्दीका कारण काङ्ग्रेसको भविष्य सङ्कटमा

    मंगलवार, चैत्र २६, २०७५ साल
    गाईघाट, २६ चैत : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताउनुभएको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन ९जिपी फाउण्डेशन० को नयाँ कार्यालय स्थापनाको अवसरमा उहाँले पार्टीको मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुटउपगुटमा लागेका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म काङ्ग्रेस साह्रै कमजोर बन्ने अवस्था आएको बताउनुभयो । केन्द्रीय सदस्य कोइरालाले हिजो..

    प्रदेशको राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने

    सोमबार, चैत्र २५, २०७५ साल
    विराटनगर, २५    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने बताउनुभएको छ ।   प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित ‘कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले भन्नुभयो, “यो विषय केही दिनभित्रमै प्रदेशसभामा प्रवेश पाई सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी र नामकरण टुङ्गो लाग्नेछ ।”    मुख्यमन्त्री राईले पत्रकारको दक्षता अभिवृद्धिका लागि..

    हिन्दू राष्ट्रको माग : राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा केही घाइते

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५ चैत  सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप भएको छ ।   प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाका कार्यकर्ता र प्रहरीबीच रामशाह पथमा झडप हुँदा ३५ नेता तथा कार्यकर्ता घाइते भएका हुन् । रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा पुगेर कोणसभा गर्ने क्रममा राप्रपाका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग..

    ७ जिल्लाका सीडीओ फेरिए, को कहाँ परे ? [सूची सहित]

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौं, २५ चैत ।  गृहमन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ ।  ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा उप–सचिव गोमादेवी चेम्जोङ्गलाई कामु प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।  दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी..

    अब नेपालमै फालाम र स्टीलको उत्पादन गर्नुपर्छ : उपराष्ट्रपति

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५ चैत  उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापार घाटा न्यूनीकरण गर्दैै फालाम तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टीलको उत्पादन गर्नुपर्नमा जोड दिनुभएको छ । ग्रील तथा स्टील व्यवासयी महासङ्घ नेपालको आज राजधानीमा भएको २५ औँ वार्षिक साधारणसभा तथा आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अपार सम्भावना रहेको फलाम खानीको उत्खनन् गरेर फलाम र स्टीलको आयात प्रतिस्थापन गरिनुपर्ने बताउनुभयो ।  उहाँले..

    राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाईयो : कुलमान घिसिङ

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५ चैत विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले टिप्पणी गरेको छ । प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखेको बताउनुभयो ।  उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उहाँले हुँदै नभएका विषयमा अफवाह फैलाएर प्राधिकरणको नेतृत्वलाई असफल बनाउने सोच कोही कसैले राखेको..

    पक्राउ परेका कमल थापालाई कार्यकर्ताले प्रहरीबाट थुतेर ल्याए

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५ चैत हिन्दु राष्ट्रको माग राख्दै रास्ट्रिय प्रजातन्त्र पार्टीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । पक्राउ परेका राप्रपा अध्यक्ष कमल थापालाई कार्यकर्ताले प्रहरीको नियन्त्रणबाट थुतेर ल्याएका छन् । राप्रपाले हिन्दु राष्ट्रको माग राख्दै गरेको प्रदर्शनमा प्रहरीले वरिष्ठ नेताहरुलाई पक्राउ गरेको थियो । राप्रपाको प्रदर्शन राजधानीको पद्मोदय मोडमा आइपुग्दा प्रहरीले राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको..

    राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, कमल थापा समातिए

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौं, २५ चैत ।  हिन्दु राष्ट्रको माग राख्दै रास्ट्रिय प्रजातन्त्र पार्टीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार भएको राप्रपाको प्रदर्शनमा विभिन्न नेताहरू समातिएका छन् । यस्तै पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का कार्याकर्ता र प्रहरीबीच आज काठमाडौंको प्रदर्शनीमार्गमा झडप भएको हो ।..

    काङ्ग्रेसमा विभाग गठनको सहमति जुटाउने प्रयास

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५ चैत  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गर्नुभएको छ । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।  पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका..

    काङ्ग्रेसमा अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन गरिँदै

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५ चैत : नेपाली काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ ।   पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको..

    दिगो विकासको लक्ष्य हासिल गर्ने गरी काम गर्न निर्देशन !

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौँ, २४ चैत  खानेपानीमन्त्री बीना मगरले दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यले आगामी योजना तयार गरी अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । खानेपानी मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकलाई आज सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने भएकाले आगामी योजना र बजेट तर्जुमा गर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभयो ।  उहाँले खानेपानी र सरसफाइ जस्ता विषय जनताका मौलिक अधिकारका..

    मोहन वैद्य भन्छन् - विप्लवलाई प्रतिबन्ध लगाउनु सरकारको गम्भीर भूल

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २४ चैत । नेकपा क्रान्तिकारी माओवादी अन्तर्गतको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।   प्रदर्शनमा मोर्चाका अध्यक्ष सीपी गजुरेल लगायतका नेताहरु सहभागी भएका थिए । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएको र्‍याली भृकुटीमण्डपमा पुगी सभामा परिणत भएको थियो । मोर्चाले चैत २४ गते जनआन्दोलन दिवसको अवसर पारेर सभा र प्रदर्शन गरेको हो ।  सम्मेलनको नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले उद्घाटन..

    वैशाख १ गते ३ सय ४२ जनालाई मानपदवी र विभूषण प्रदान गरिने (नामसहित)

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौँ, २४ चैत  नयाँ वर्षको अवसरमा गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा गरिएका मानपदवी र विभुषण प्रदान गरिने भएको छ । विभिन्न क्षेत्रका गरेर ३४२ जनालाई मानपदवी र विभूषण प्रदान गर्न लागिएको हो । राष्ट्रपति कार्यालयमा ‘विभुषण सुशोभन समारोह’ आयोजना गरेर मानपदवी प्रदान गरिने गृहमन्त्रालयले जनाएको छ । नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल..

    नागरिकता विधेयक खारेज गर भन्दै माइतीघरमा प्रदर्शन

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौँ, २४ चैत नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरी काठमाडौंको माइतीघरमा आइतबार प्रदर्शन भएको छ । नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिको नामबाट भएको प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जागरण परिषदलगायतका राजनीतिक दल तथा संघ, संगठन सहभागी थिए ।प्रदर्शनका सहभागीले नागरिकता विधेयक खारेज गर्नुपर्ने, उच्च स्तरीय नागरिकता छानबिन न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग..

    सांसद भिक्षु अश्वघोषको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौँ, २४ चैत    मन्त्रिपरिषद्को आईतबारको बैठकले नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।    भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उहाँको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।   बैठकले भिक्षुका समस्त शिष्यगण, अनुयायी र बौद्ध..

    ‘विसं २०७५ कानून निर्माणको युगीन वर्ष’

    आईतवार, चैत्र २४, २०७५ साल
    भरतपुर, २४ चैत    कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माण र कार्यान्वयनका सन्दर्भमा विसं २०७५  युगीन वर्ष भएको बताउनुभएको छ । आईतबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले संविधानअनुरुप सङ्घीयतालाई बलियो बनाउन यो वर्ष कानून निर्माणको ऐतिहासिक वर्ष भएको बताउनुभयो ।   उहाँले ३३९ कानूनमध्ये अधिकांश कानूनलाई संविधान र सङ्घीयताअनुरुप बनाउने काम गरिएको जानकारी दिनुभयो । “जनतालाई अधिकारसम्पन्न बनाउने कानूनको हिसाबले मौलिक..

    पेचिलो बन्दै नागरिकताको विषय : सरकारले प्रष्ट्याएका यी कुरा

    आईतवार, चैत्र २४, २०७५ साल
    पोखरा, २४ चैत  गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आउनुभएका गृहमन्त्री थापाले आईतबार यहाँ आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताउनुभयो । संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका..

    युवा नेता पौडेल भन्छन् - काङ्ग्रेस समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्छ

    आईतवार, चैत्र २४, २०७५ साल
    भरतपुर, २४ चैत  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काङ्ग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारण राख्नुभएको छ ।  चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेता पौडेलले समयअनुसार काङ्ग्रेस परिवर्तन हुनुपर्ने बताउनुभएको हो । निर्वाचनका बेला टिकट दिँदा ध्यान पुर्याउन नसक्दा निर्वाचनको गणितमा..

    राजधानीका फुटपाथ पसल र जथाभावी पार्किङ हटाइदै ! कुन-कुन क्षेत्र परे ?

    शनिबार, चैत्र २३, २०७५ साल
    काठमाडौँ, २३ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको हो ।  ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ । महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि..

    प्रदेशसभा विषयगत समितिको निर्वाचन सम्पन्न

    शुक्रबार, चैत्र २२, २०७५ साल
    विराटनगर, २२ चैत     प्रदेश नं १ को प्रदेशसभामा विभिन्न सात वटा विषयगत समितिको निर्वाचन शुक्रबार सम्पन्न भएको छ ।    न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिको सभापतिमा अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनरायण गनगाइँ, सामाजिक विकास समितिको सभापतिमा सरिता थापा, उद्योग, पर्यटन वन तथा वातावरण समितिको सभापतिमा सीता थेवे र प्राकृतिक..
    Weather Forecast