बिहिवार, चैत्र २७, २०७६

    राज्य-समाज

    राष्ट्रियसभा बैठक : कर्मचारी समायोजन अध्यादेश, २०७५ बहुमतले स्वीकृत

    शुक्रबार, पौष २०, २०७५ साल
    काठमाडौँ, २० पुस  राष्ट्रियसभाको शुक्रबारको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्ताव गर्नुभएको उक्त विधेयकलाई बैठकले स्वीकृत गरेको हो ।  यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय..

    स्थानीय तहलाई ४ वर्गमा वर्गीकरण गर्दै सरकार, सूचक निर्धारणको आधार कस्तो ?

    शुक्रबार, पौष २०, २०७५ साल
    काठमाडौँ, २० पुस  सरकारले ७५३ वटा स्थानीय तहको प्रारम्भिक वर्गीकरण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा स्थानीय तहको वर्गीकरण गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् ।  उनका अनुसार अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका..

    निर्मला हत्या प्रकरण : प्रमाण नष्टका साथै निर्दोष व्यक्तिलाई यातनादिने ८ प्रहरीविरुद्ध मुद्दा चलाईने

    शुक्रबार, पौष २०, २०७५ साल
    काठमाडाैँ, २० पुस ।   कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानमा लापरबाही गर्ने प्रहरीविरुद्व मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । अनुसन्धान प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएको हो । सार्वजनिक न्यायविरुद्धको कसुरको दफा ८९, ९१, ९२,..

    घुससहित भरतपुर नापीका कर्मचारी पक्राउ, बालविवाह गर्ने भारतीयलाई कैद सजाय

    शुक्रबार, पौष २०, २०७५ साल
    रत्ननगर, २० पुस : उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।  पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए ।  पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई दिइएको थियो । सोही..

    रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ गराएकोप्रति राप्रपाको विरोध

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस  राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रहेका रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ गराउने कार्यप्रति विरोध जनाएको छ ।  पार्टीका नेता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा विसं २०७२ भदौमा टिकापुरमा भएको घटनाका अभियुक्त चौधरीलाई सपथ गराउने कार्यले कानूनी राज्यको सिद्धान्तप्रति उपहास भएको जनाएको छ ।  उक्त घटनामा सात प्रहरी तथा अढाई वर्षे बालकको मृत्यु भएको थियो । घटना लगत्तै..

    सरकारका १३ निर्णय – सार्वजनिक विदादेखि विशेषज्ञ सेवासहितको अस्पतालसम्म

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौं, १९ पुस सरकारले सार्वजनिक विदा थपघटका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ । सरकारले घोषणा गर्ने सार्वजनिक विदाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गृहमन्त्री, सहरी विकास मन्त्री, नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदल गठन गरेको हो ।  सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ । आदिवासी जनजाति..

    टीकापुरकाण्डका अभियुक्त रेशम चौधरीले सिंहदरबार पुगेर लिए थारू भाषामा शपथ (फोटोफिचर)

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस कैलालीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित रेशम चौधरीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्। संघीय संसदका सभामुख कृष्णबहादुर महराले चौधरीलाई संसद सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन्। ढाकाटोपी र चस्मा लगाएका चौधरी सपथका लागि सिंहदरबार पुग्दा संसद सचिवालयका कर्मचारीले उनलाई स्वागत गरेका थिए। सभामुखको कार्यकक्षमा उनले सपथ लिएका हुन्। बिहान साढे ११ बजेका लागि तय भएको कार्यक्रम दिउँसोका..

    संसद्‌मा आज हुने भनिएको प्रधानमन्त्री ओलीको सम्बोधन अन्तिम समयमा स्थगित

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौं, १९ पुस  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशन सम्बोधन अन्तिम समयमा आएर स्थगित भएको छ । बोल्नका लागि तयारी नपुगेको भन्दै प्रधानमन्त्री ओलीले बिहिबार सम्बोधन नगर्ने जानकारी आएको संसद् सचिवालय स्रोतले जानकारी दियो ।  यसअघि प्रधानमन्त्रीले समसामयिक विषयमा बोल्नका लागि समय माग गरेका थिए ।  भर्खरै शुरू भएको बैठकमा कृषि मन्त्री चक्रपाणि खनालले जैविक विषादी व्यवस्थापन विधेयक, २०७५ पेश..

    थुनामा रहेका राजपाका नेता रेशमले शपथ खाएर पुनः जेलमै जाने, यस्तो छ घटनाक्रम

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौं १९ पुस कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता रेशम चौधरीले बिहिबार सपथग्रहण लिँदैछन् । शपथका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगिनेछ। स्रोतका अनुसार शपथपछि उनलाई पुनः कारागार नै लगिनेछ । उनले निर्वाचित भएको प्रमाणपत्र र सांसद्को लोगो भने शपथसँगै बुझ्नेछन्। सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा उनलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको महराका प्रेस संयोजक डिल्ली मल्लले..

    प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशन : प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्ने

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्दै हुनुहुन्छ ।  यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।  सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गर्नुभएको हो । ..

    सरकारी मुद्दा प्रभावकारी बनाउन महान्यायाधिवक्ता कार्यालयद्वारा वकिललाई तालीम !

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, १८ पुस महान्यायाधिवक्ता कार्यालयले सरकारी पक्षका मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि सरकारी वकिललाई विषयगत रुपमा विशिष्टीकरण तालीम दिएको छ ।  महान्यायाधिवक्ता कार्यालयको दोस्रो पञ्चवर्षीय योजनाअनुसार सरकारी मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि विशिष्टीकरणको तालीम दिइएको हो । अहिलेसम्म महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिललाई संवैधानिक कानून र राजश्व कानूनमा तालीम दिइसकेको छ ।  सरकारी वकिल कुनै पनि विषयमा पोख्त नहुँदा प्रायः सरकारी पक्ष..

    दीपकराज जोशीलाई अबदेखि पेशी नतोक्ने प्रधानन्यायाधीश राणाको निर्णय

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौं, १८ पुस प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई अबदेखि पेशी नतोक्ने बताएका छन् ।पद बहाली गरेपछि पत्रकारहरुसँग कुरा गर्दै जबराले आगामी दिनमा पनि न्यायाधीश जोशीलाई पेशी नतोकिने बताए। 'सार्वभौम संसदीय समितिको सम्मानका लागि मैले पेशी नतोकेको हो,' प्रधान न्यायाधीश जबराले भने, 'मैले संसदीय समितिमा नै समितिको निर्णयको सम्मान गर्छु भनेको थिएँ।' संसदीय समितिबाट अस्वीकृत भए पनि न्यायाधीश दीपकराज जोशीले मुद्दा हेर्दै..

    राष्ट्रपति भण्डारीद्वारा चोलेन्द्र शम्शेर जबराले लिए प्रधानन्यायाधीशको शपथ

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, १८ पुस  प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको थियो । बुधबार  चोलेन्द्र शम्शेर जबराले प्रधानन्यायाधीशको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई प्रधानन्यायाधीशको पद तथा गोपनियताको शपथ गराएकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको विशेष समारोहमा शपथ भएको हो । जबरालाई मंगलबार संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि स्वीकृत गरेको थियो । उनीमाथि परेका उजुरीको..

    पार्टी एकताको डाडुपन्यु सभापतिको हातमा छ : काङ्ग्रेस नेता पौडेल

    मंगलवार, पौष १७, २०७५ साल
    गोरखा, १७ पुस : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आन्तरिक एकताबद्ध बनाउने कुरा पार्टी सभापतिमा भर पर्ने बताउनुभएको छ ।  मङ्गलबार नेपाल प्रेस युनियन गोरखाको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उहाँले आफू एकताको लागि प्रतिबद्ध रहेको बताउनुभयो । “म एकताका लागि पूर्ण रुपमा प्रतिबद्ध छु, अब एकतालाई साकार रुप दिने कुरा पार्टी सभापतिमा भरपर्छ”, उहाँले भन्नुभयो, “पार्टी एकताको डाडुपन्यु पार्टी..

    विभिन्न सवाल-जवाफपछि प्रधानन्यायाधीशका रुपमा बुधबार बिहान सपथ लिँदै जबरा

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस  प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ । जबराले बुधबार सपथ ग्रहण गर्न भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिँदै गरेका जबराले मंगलबार बिहान संसदीय सुनुवाई समितिमा जवाफ दिएका थिए । यसअघि बसेको सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना पेश गरेका उनले मंगलबार उनीमाथि उठेका प्रश्नहरुको एकएक गरी जवाफ दिएका हुन् । आफ्नो कार्ययोजनामा..

    विद्यार्थीसँग प्रधानमन्त्रीले भने - मैले स्कूल पढ्दा घाँस काट्ने र बाख्रा हेर्ने होमवर्क गर्नुपर्‍थ्यो

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस  “बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छु” प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको प्रश्नको जवाफमा भन्नुभयो, “मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा मलाई खुशी लाग्छ ।”  नेपाल स्काउटले आयोजना मंगलबार गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नयाँ पिँढीको चेहरामा मुस्कान हुनुपर्नेमा जोड दिनुभयो । “मानिस भोकबाट मुक्त हुनुपर्दछ । कठ्याङ्ग्रिएर मर्ने अवस्था आउनु..

    वीरगन्जलाई फोहोर मुक्त बनाउन प्लाष्टिक र हर्न प्रयोगमा रोक, लापरबाही गर्नेको तस्बिर खिच्न आग्रह

    मंगलवार, पौष १७, २०७५ साल
    वीरगन्ज, १७ पुस  वीरगन्ज महानगरपालिकालाई फोहोर मुक्त बनाउन मंगलबारदेखि प्लाष्टिक र हर्न प्रयोगमा निषेध लगाइएको छ । मंसिर १८ गते बसेको वीरगन्ज महानगरको कार्यपालिका बैठकले पुस १७ गतेदेखि प्लाष्टिक र हर्नमा रोक लगाउने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका क्रममा मंगलबारदेखि प्लाष्टिक प्रयोग र हर्न बजाउन रोक लगाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर भिष्मकुमार भुषालले जानकारी दिए। अभियानको पहिलो दिन मंगलबार बिहान महानगरपालिकाका..

    समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने सरकारको निर्णय

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अध्यादेश अनुसार समायोजन नभई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताउनुभयो ।  उहाँका अनुसार आन्दोलन गर्ने कर्मचारीलाई ‘निजामति सेवा ऐन–२०४९’ अनुसार आचरण र अनुशासन पालना नगरेको भन्दै कारवाही गर्ने..

    संसदीय सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा जबराको नाम सर्वसम्मतले अनुमोदन

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस  प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ ।  समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइ नसकिएकाले आज सुनुवाइको लागि समितिको बैठक बोलाइएको थियो । समितिका संयोजक लक्ष्मणलाल कर्णले समितिबाट प्रस्तावित प्रधानन्यायाधीश जबराको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्वत अनुमोदन भएको जानकारी दिनुभयो । ..

    कमल थापाको नजरमा विपी एक महान नेता, काँग्रेसी नीतिको यसरी गरे प्रशंशा...

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विपीको राष्ट्रिय मेलमिलापको नीतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रेरणाको रुपमा लिएको बताउनुभएको छ ।  पार्टीद्वारा यहाँ आयोजित ४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘वर्तमान राजनीतिक सन्दर्भमा राष्ट्रिय मेलमिलापको महत्व’ विषयक विचार गोष्ठीमा उहाँले देशको अस्तित्व जोगिए मात्र प्रजातन्त्र जोगिन्छ भन्ने विपीको अवधारणा वर्तमान अवस्थामा अझ सान्दर्भिक भएको बताउनुभयो ।  नेपाल विद्यार्थी सङ्घका संस्थापक संयोजक..

    सन् २०१९ मा समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक विन्दुमा पुग्छ : प्रधानमन्त्री

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौं १७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।    अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताउनुभएको छ । निर्वाचनमार्फत प्रकट जनचाहनालाई..

    कक्षा १० का विद्यार्थीलाई पढाउँदै मुख्यमन्त्री शङ्कर पोखरेल ! पढाउनुको उद्देश्य यस्तो रहेछ ...

    सोमबार, पौष १६, २०७५ साल
    लमही, १६ पुस बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत अन्य अतिथि विद्यालयमा पुग्नुभयो ।  विद्यार्थी प्रार्थना गरिरहेकै बेला औपचारिक कार्यक्रमको आयोजना गरियो । अनि शुरु भयो प्रदेश नं ५ को कार्यक्रम..

    "नेपाली सिंघम" ! घुस दिन आएकालाई थुनामा पठाउने डिएसपी पुरस्कृत

    सोमबार, पौष १६, २०७५ साल
    काठमाडौँ, १६ पुस ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिंह पुरस्कृत भएका छन् । ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले डिएसपी सिंहलाई रेकर्डमा जनिने गरी नगद पुरस्कार प्रदान गरेको हो । पुस १३ गते डिएसपी सिंहले आफुलाई घुस दिन आएका ‘गोरु तस्कर’ हेटौंडा–४ स्थायी घर भएका अब्दुल देवान र कोहलपुर–१२ स्थायी घर भएका नवराज थापालाई घुस रकमसहित पक्राउ गरेर मुद्धा..

    विपी मेलमिलापको निति लिएर स्वदेश फर्किएको ४२ बर्ष पुरा, कांग्रेसले आज देशैभरी 'मेलमिलाप दिवस' मनाउँदै

    सोमबार, पौष १६, २०७५ साल
    काठमाडौँ, १६ पुस  नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।  यसै सन्दर्भमा काङ्ग्रेसले सोमबार मुलुकभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका कार्यक्रम गरी मेलमिलाप दिवस भव्यरुपमा मनाउन लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।  मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने..

    प्रदेश नम्बर २ मा छुट्टै प्रहरी ऐन लागू, प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

    आईतवार, पौष १५, २०७५ साल
    जनकपुरधाम, १५ पुस  प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार प्रदेश प्रहरी ऐन,२०७५ प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख कायस्थले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। प्रदेश नम्बर २ को प्रदेशसभाले निर्माण गरेको प्रदेश प्रहरी ऐन, २०७५ प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रमाणीकरण गरेका छन् ।  प्रदेश सरकारले आफैं प्रहरी भर्ना गर्ने गरी निर्माण भएको..

    '४ बजिसक्यो' भन्दै संसद कर्मचारी हिँडेपछि प्रस्तावित प्रधान न्यायाधीश राणामाथिको सुनुवाई स्थगित

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि प्रस्तावित चोलेन्द्रशमशेर राणाविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई विशेष समितिको सुनुवाई मंगलबारका लागि सारिएको छ। आइतबार दुई जना सांसदले बोल्न बाँकी रहँदै संसदका कर्मचारीहरु निस्किएपछि सुनुवाई समितिको बैठक प्रभावित हुन पुगेको हो। सिंहदरबारस्थित संसद सचिवालयमा राणामाथि परेको उजुरीमाथि सुनुवाई भइरहेको छ। संसदका कर्मचारीहरुले संविधानसभा र अघिल्लो व्यवस्थापिका संसदमा ८० प्रतिशत भत्ता बुझ्ने गरेका थिए। तर, सरकारले..

    निर्मला पन्तको हत्यारा पत्ता लगाउन ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’ बोलाउने तयारी

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौं, १५ पुस पाँच महिना अघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर, हालसम्म दोषी पक्राउ पर्न नसकेपछि सरकारको कडा आलोचना मात्रै भएको छैन, प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठेको छ । निर्मलाको न्यायका लागि भन्दै सडक प्रदर्शन तथा अनशन समेत भइरहेका छन् । यही बेला सरकारले निर्मलाको हत्या पत्ता लगाउन अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता बोलाउने प्रतिबद्धता जनाएको छ । नेकपाको..

    श्रम स्वीकृति अब प्रदेश २ बाटै, सुरुमा सेवा लिने दुईजनालाई खुवाइयो 'लड्डु'

    आईतवार, पौष १५, २०७५ साल
    जनकपुर, १५ पुस प्रदेश नम्बर २ को जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति सेवा प्रदान गर्न थालिएको छ । केही समयअघि नै कार्यालय स्थापना भए पनि आइतबारदेखि सेवा प्रदान गर्न सुरु भएको हो । आइतबार पहिलो दिन श्रम स्वीकृतिको सेवा ग्रहण गर्ने दुईजनालाई सम्मान समेत गरिएको छ । कार्यालयको सेवारम्भ गरेको भन्दै दुई सेवाग्राही हंसपुर नगरपालिका–७ लौवाखोरका जलिल नदाफ र धनौजी..

    "नेपालको इतिहासमा पृथ्वीनारायण शाह सबैभन्दा महत्वपूर्ण सपुत"

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस  पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान वक्ताले उहाँले नयाँ नेपालको एकीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको छ ।  सीमाविद् बुद्धिनारायण श्रेष्ठले जापान, फ्रान्स, जर्मन, इटली, बेलायत आदि मुलुकले आफ्नो सीमा विस्तार गरिरहेका बेला नेपालले पनि आफ्नो सार्वभौम रक्षाका लागि..

    चितवनमा हात्ती महोत्सव - सुन्दरी प्रतियोगितामा हात्तीको 'क्याटवाक', बिजुली कलीलाई उपाधी

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौं, १४ पुस ।  चितवनको पर्यटकीय क्षेत्र सौराहामा बुधबार सुरु भएको ‘पन्ध्रौं चितवन हात्ती महोत्सव’ मा हात्ती फास्ट वाक र छावाबीचको फुटवलका खेलहरु सँगै शनिबार सुन्दरी प्रतियोगिता भएको छ । चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्तरगत शनिबार भएको सुन्दरी प्रतियोगितामा बिजुली कलीले बाजी मारेको छ । १८ वर्ष उमेरको उक्त हात्तीले अन्य सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएको हो ।  फष्ट रनरअप २२..
    Weather Forecast