आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    प्रहरीलाई सुरक्षा ब्यवस्था मजबुत बनाउन गृहमन्त्री थापाको निर्देशन

    बिहिवार, बैशाख ६, २०७५ साल
    चितवन, ६ वैशाख : गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि बिहिबार बिहान निर्देशन दिदै उनले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताए । उनले भने “सुरक्षालाई बलियो बनाउँदै त्यसलाई रोक्नु आवश्यक छ ।”  जनप्रतिनिधिलाई पत्र पठाउने, कारबाही गर्ने, चन्दा उठाउने, ठाउँठाउँमा विस्फोट..

    ढुक्क हुनुहोस्, प्रयास गर्दै छौं पार्टी एकता बैशाख मै हुन्छ : पुष्पकमल दाहाल 'प्रचण्ड'

    बुधबार, बैशाख ५, २०७५ साल
    चितवन ५, वैशाख नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको एकता बैशाख महिनामै हुने बताएका छन् । चितवनको भरतपुरमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले भने, “अब कोशिष गर्दै छौं, आज हामी सबै देशभरी पुगेका छौं, भोलि फर्किएएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ । त्यसपछि मिति तय..

    सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री रामबहादुर थापा

    बुधबार, बैशाख ५, २०७५ साल
    चितवन, ५ वैशाख गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको बुधबार उद्घाटन गर्दै मन्त्री थापाले जनताको शान्तिसुरक्षाका लागि सरकार दृढ रहेको बताए । शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रको सुरक्षाका लागि इलाका स्तरको प्रहरी कार्यालय स्थापना गर्न सकारात्मक रहेको भन्दै उनले उद्योगको विकासबाट नै देशमा समृद्धि कायम हुने बताए..

    यस्ता सहमतिपछि वडा कार्यालयमा लगाएको तालाबन्दी खुल्यो

    बुधबार, बैशाख ५, २०७५ साल
    बैतडी, ५ वैशाख  बैतडीको सुर्नया गाउँपालिका–१ मा विगत आठ दिनदेखि गरिएको तालाबन्दी बुधबार खोलिएको छ । सुनर्या गाउँपालिका–१ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै केही राजनीतिक दलका स्थानीय प्रतिनिधिले विज्ञप्ति जारी गर्दै गत चैत २७ गते तालाबन्दी गरेका थिए । साबिकको हटैराज गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले अबउपरान्त योजना निर्माणका काममा बाधा नपुर्याउने  तथा निर्माणका काम सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष..

    नेपाल–भारत संयुक्त सर्वे टिमले सीमा स्तम्भ पुनर्निर्माण शुरु

    बुधबार, बैशाख ५, २०७५ साल
    भीमदत्तनगर, ५ वैशाख नेपाल–भारत संयुक्त सर्वे टिमले बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा रहेको मुख्य सीमा स्तम्भ पुनर्निर्माण शुरु गरेको छ ।  नेपाल–भारत सीमा स्तम्भ पुर्वेक्षण, सर्वेक्षण्म, मर्मत सम्भार, नयाँ सीमा स्तम्भ निर्माण तथा पुनर्निर्माणको जिम्मेवारी पाएको प्राविधिकसहितको संयुक्त टोलीले यहाँको डोकेबजारमा रहेको मुख्य सीमा स्तम्भ (७५३) नयाँ निर्माण शुरु गरिएको संयुक्त सर्वे टोलीमा रहनुभएका नापी सर्वेक्षक पूर्णबहादुर खड्काले जानकारी दिए ।  “यसअघि पनि..

    स्वेच्छिक अवकाश रोक्न मन्त्री लालबाबुु पण्डितले अपनाउने भए यस्तो रणनीति

    बुधबार, बैशाख ५, २०७५ साल
    विराटनगर, ५ वैशाख संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन् ।  विराटनगर विमानस्थलमा बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताए ।  मन्त्री पण्डितले कर्मचारी स्वेच्छिक अवकाश स्थगित गरिसकेकाले अब सबै कर्मचारीले खटाएको कार्यालयमा गई जनताको सेवा गर्नुपर्नेमा जोड..

    दुई पार्टीको बराबरी सिद्धान्तमा प्रतिनिधित्व गराउने : अध्यक्ष दाहाल

    बुधबार, बैशाख ५, २०७५ साल
    चितवन, ५ वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका छन् ।  प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताए ।  दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उनले प्रष्ट्याए । प्रधानमन्त्री केपी शर्मा..

    रसुवाको प्रहरी चौकीमा मोटरसाइकल प्रदान भएपछि सुरक्षा व्यवस्था थप मजबुत बन्दै

    बुधबार, बैशाख ५, २०७५ साल
    रसुवा, ५ वैशाख सडक सञ्जालले छोएको प्रहरी चौकीमा मोटरसाइकल प्रदान भएपछि सुरक्षा व्यवस्थामा थप प्रभावकारी बन्दै गएको छ ।  जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पारच्याङ, थाम्बुचेत, डाँडागाउँ, स्याफ्रु, टिमुरे प्रहरीचौकीलाई एक-एक वटा मोटरसाइकल प्रदान गरिएको र गाउँ क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीलाई छिटो छरितो सुरक्षा प्रदान गर्न सहजता आएको छ ।  स्थानीय तहमार्फत अहिले गाउँगाउँमा सडक निर्माणको कार्य भएका..

    वैशाख ९ मा पार्टी एकता नहुने लगभग पक्का, एकता भाँडिन सक्ने अवस्था सृजना !

    मंगलवार, बैशाख ४, २०७५ साल
    काठमाडौँ, ४ वैशाख एमाले र माओवादीवीच एकता प्रक्रियामा नयाँ विषयले प्रवेश पाएको छ । मंगलवार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा सरकार र पार्टी नेतृत्वको विषयले प्रवेश पाएको हो । नेकपा एमाले र माओवादी केन्द्रबिच वैशाख ९ गते घोषणा हुने भनिएको पार्टी एकता पछि सर्ने देखिएको छ । मिल्न बाँकी विषयमाथिको छलफलले सघन रुप निलिएका कारण निर्धारित मिति वैशाख ९ मा पार्टी एकता..

    नोटको बाकस बोकेर ठूला मान्छेको घरघरमा धाउने काम नगर्नुहोस् : मन्त्री लालबाबु पण्डित

    मंगलवार, बैशाख ४, २०७५ साल
    ललितपुर, ४ वैशाख संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनुचित लाभ हासिल गर्ने उदेश्यकासाथ नोटको बाकस बोकेर ठूला मान्छेको घरघरमा धाउने काम नगर्न अधिकृतहरुलाई सचेत गराएका छन् । ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणीका अधिकृतहरुको ३ महिने आधारभूत प्रशासन प्रशिक्षण तालिम समापन समारोहमा उनले कसैको चाकरीमा नलाग्न भनेका हुन् । मन्त्री पण्डितले मंगलबार १५३ अधिकृतलाई..

    सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन ल्याइयो यस्तो सूचना प्रणाली

    मंगलवार, बैशाख ४, २०७५ साल
    काठमाडौँ, ४ वैशाख केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ । विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सावित्रा बस्नेतले बताइन् । उनका अनुसार प्रणालीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा एउटै व्यक्ति दोहरिने तथा गलत तथ्यांक र मृत्यु भइसकेको व्यक्तिको नाममा रकम जाने जस्ता समस्या..

    बल्ल!एमाले–माओवादी पार्टी एकताका विषयमा टुङ्गो ‘सूर्य’ चिह्नमा समझदारी

    मंगलवार, बैशाख ४, २०७५ साल
    काठमाडौँ, ४ वैशाख पार्टी एकताको तयारी रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ ।  पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको..

    सभामुख महरा र राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता, राष्ट्रसंघको भूमिकाबारे चर्चा

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौँ, ३ वैशाख सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्लाभ जेन्का बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आज भएको भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरिएको थियो । भेटका अवसरमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको भन्दै संविधान कार्यान्वयनका लागि कानून निर्माण गर्नु अहिलेको..

    सचिव सरुवाको विवादले दुई दलबीचको सम्बन्धमा चिसोपन थपिदै !

    सोमबार, बैशाख ३, २०७५ साल
     काठमाडौं ३, वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको पूर्वसन्ध्यामा गरेको सचिवहरुको सरुवाबारे माओवादी मन्त्रीहरुले गरेको गुनासो अहिलेसम्म सेलाएका छैन । यो गुनासो नसेलाउँदै दुई पार्टीको विवाद आगामी बजेटको गृहकार्यमा सरेको छ । अहिले विभिन्न जिल्लाका स्थानीय तहका लागि छनोट गरिने विकास आयोजनाहरुका विभिन्न मन्त्रालयले बजेटको तयारी गरिरहेको र यसमा एमाले नेताहरुले माओवादीलाई उपेक्षा गरेको गुनासो माओवादी नेताले गरेका छन् । माओवादी..

    काम गर्नतिर मन फर्काउनुस् नत्र अवकाशको बाटोमा जाने निर्णय गर्नुस्: लालबाबु पण्डित

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं, ३ वैशाख  संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकासको निर्णय अहिलेका लागि स्थगित भइसकेकाले कर्मचारीहरुलाई काममा फर्किने निर्णय गर्न सुझाब दिएका छन् ।  रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा मन्त्री पण्डितले धेरै सेवा सुविधा पाइन्छ भन्ने आशामा स्वेच्छिक अवकासका लागि निवेदन दिएको भए काम गर्नतिर मन फर्काउन सुझाब दिएका हुन् ।  सरकारले स्वेच्छिक अवकासको निर्णय स्थगित गरे..

    अब संघीय सरकार एक्लैले शासन गर्ने अवस्था छैन : सभामुख महरा

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं ३, बैशाख : संघीय संसदका सभामुख कृष्णबहादुर महराले संघीय सरकार एक्लैले शासन गर्ने अवस्था अब नरहेको बताएका छन् । सभामुख महराले संघीय सरकारले राज्यलाई आवश्यक नीति निर्माण मात्रै गरे हुने पनि स्पष्ट पारेका छन् । उनले प्रदेश र स्थानीय तहको सरकारलाई विकास, निर्माणलगायतका काममा सक्रिय हुनेगरी स्वायत्त अधिकार दिने संवैधानिक व्यवस्था रहेको पनि स्मरण गराएका थिए । सभामुख महराले सूचनाको..

    अधिनायकवाद शुरु भइसक्यो, मनोमानी बढ्यो: शेरबहादुर देउवा

    सोमबार, बैशाख ३, २०७५ साल
    चितवन, ३ वैशाख नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए । उनले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको ।” सरकारको एक सय दिन हनिमुन समय भएको..

    ओली–प्रचण्डबीचको वान टु वान वार्ता सकियो, मंगलबार एकता समितिको बैठक बस्ने

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं ३, बैशाख : एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ बार्ता भएको छ । दुई नेताको २ घण्टा लामो छलफलपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको छ । नेताहरुबीच एकतामा देखिएका विवादबारे छलफल भएपनि कुनै सहमति हुन नसकेको बताइएको छ ।  बैठकपछि..

    एमाले-माओबादीको एकता लम्बिदै, राष्ट्रवादको नारा थन्किने डर !

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं ३, वैशाख : एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता नभई आफूमा विलय गराएर सिध्याउन खोजेको निश्कर्ष माओवादी नेताहरुले निकालेका छन् । पार्टी एकता नै गर्न चाहेको हो भने ओलीले बराबरीका आधारमा अघि बढ्नैपर्ने माओवादी नेताहरुको निश्कर्ष छ । आइतबार गर्ने भनिएको प्रधानमन्त्री ओलीसँगको छलफल स्थगन गरेर माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा ‘आराम गर्न’ गएका थिए ।..

    एक दर्जनभन्दा बढी गाँउमा खानेपानीको हाहाकार

    सोमबार, बैशाख ३, २०७५ साल
    गौशाला, ३ वैशाख महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ ।  अत्यधिक गर्मीसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिका लगायतका ठाउँमा खानेपानीको हाहाकार मचेको स्थानीयवासीले बताएका छन् ।  ढुंगा र चट्टानयुक्त भौगोलिक विकटताका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल गइसकेर ती विभिन्न गाविसमा रहेका २००..

    अब माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने, सरकारले तोक्यो यी ६ ठाउँ

    आईतवार, बैशाख २, २०७५ साल
    २ वैशाख, काठमाडौं । सरकारको निर्णयविरुद्ध वा अरु कुनै माग राखेर प्रदर्शन गर्ने मुख्य थलो  माइतीघर मण्डला काठमाडौंमा धेरै विरोध प्रदर्शन हुने ठाउँ हो । तर सरकारले अब यहाँ विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका ६ ठाउँलाई मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकी अन्य ठाउँमा विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो । वैशाख १६ गतेदेखि काठमाडौंको खुलामञ्च,..

    कर्मचारीहरूले कार्य थलोमा राजनीति गरे कारबाही हुन्छ : लालबाबु पण्डित

    आईतवार, बैशाख २, २०७५ साल
    बैशाख २, २०७५ काठमाडौं : सरकारले १५ दिनभित्र सबै तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक निजामती कर्मचारीहरूलाई आफूले प्राथमिकता दिने योग्यता, क्षमता अनुसार निर्धारण गरिएको पदमा जाने गरी १५ दिनभित्र आवेदन दिन पनि आह्वान गरे। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले तोकिएको कार्यक्षेत्रमा गएर काम गर्न कर्मचारीहरूलाई पुनः सचेत पनि गराए। मन्त्री..

    एमाले–माओवादी एकता तत्काल नहुने, आधा हिस्सा माग्दै माओवादी

    आईतवार, बैशाख २, २०७५ साल
    बैशाख २, २०७५ काठमाडौं :  नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता तत्कालका लागि नहुने देखिएकाे छ।  बैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापनमा दिवसको अवसर पारेर पार्टी एकता गर्ने भनिएको भए पनि तत्काललाई सम्भावना न्यून देखिएको छ । अब बन्ने एकीकृत पार्टीको राजनीतिक कार्यदिशा र सांगठनिक संरचना निर्माणका लागि बनेक दुई कार्यदलको प्रतिवेदनमा वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस..

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

    आईतवार, बैशाख २, २०७५ साल
    पोखरा, २ वैशाख  प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।  उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराए । भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी..

    सुत्केरी मरु विकको ज्यान जोगाउन रगत जुटाउँदै

    आईतवार, बैशाख २, २०७५ साल
    बाजुरा, २ वैशाख : जगन्नाथ गाउँपालिका–१ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति सम्पर्कमा आएर रगत दिन थालेका छन् ।  रगत अभावका कारण सुत्केरी विकको ज्यान खतरामा भएको समाचार गत चैत ३० गते राससमा प्रकाशन भएपछि हालसम्म ‘बी’ पोजेटिभ रगत दिनेहरु सम्पर्कमा आई तीन पिन्ट रगत दिएको नेपाल रेडक्रस सोसाइटी..

    मेलम्चीको पानीमा रोयल्टी विवाद, प्रभावित सरोकार समिति असन्तुष्ट

    आईतवार, बैशाख २, २०७५ साल
    काठमाडौँ २ बैशाख : गत बिहीबार काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजना पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री बिना मगर, मन्त्रालयका सचिव कृष्णराज बिसी, एसियाली विकास बैङ्कका निर्देशक हुम किम, मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटालगायतको खुसीको सीमा थिएन् । मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर लामो सुरुङ मार्गको अन्तिम तेस्रो चरणअन्र्तगत साढे ७ किलोमिटर सिन्धु–ग्याल्थुम खण्डको सुरुङ निर्माण सम्पन्न भएर ‘ब्रेक थ्रु’..

    म्याग्दीमा रहेको संसारकै गहिरो अन्ध गल्छी संकटमा: सडकका ढुंगा गल्छीमा

    आईतवार, बैशाख २, २०७५ साल
    बेनी, म्याग्दी, २ वैशाख म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को चर्चा विश्वभरि हुन्छ ।  लोकसेवा आयोगको परीक्षा र हाजिरीजवाफमा पनि संसारकै गहिरो गल्छीको नाम के हो र यो कहाँ पर्छ भनेर सोधिन्छ यही गल्छीलाई । विश्वभर चासो र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय छ ।  सांसरकै गहिरो गल्छी बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरोन्नतिका क्रममा मुख्य आकर्षक मानिएको गल्छीको आधा..

    कञ्चनपुरको शुक्लाफाँटामा आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै

    आईतवार, बैशाख २, २०७५ साल
    कञ्चनपुर, २ वैशाख कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ८८० परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन् ।  हेण्डपम्पमार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै आएका छन् । पानीसँगै मिसिएर आउने पहेलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छालासम्बन्धी विभिन्न रोग देखा पर्ने गरेको वडासदस्य बलदेव भट्टले बताए ।  “दूषित पानीका कारण लाग्ने रोगबाट बूढापाका, बालबालिका बढी प्रभावित हुँदै आए पनि युवा र..

    सिरियामा भएको आक्रमणलाई इरानद्वारा “अपराध”को संज्ञा

    आईतवार, बैशाख २, २०७५ साल
    तेहरान, १ वैशाख  इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिएको छ ।  “म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्,” खमेनीले भने ।  आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरुलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्ने बताए उनको आधिकारीक..

    रारा तालबाट प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै के-के भने ?

    शनिबार, बैशाख १, २०७५ साल
    काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को शनिबार मुगुमा  एक समारोहबीच उद्घाटन गरे । उनले शनिवार विहान कर्णालीको रमणीय रारा तालको डिलबाट सम्बोधन गरेका हुन् ।  सो अवसरमा उनले रारा एक पटक जानै पर्ने ठाउँ भएको बताउँदै छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बढेशकाल लागेपछि गारो हुँदोरहेछ भने ।  उनले १८ पन्ने लिखित सम्वोधन गरेका थिए..
    Weather Forecast