बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    प्रचण्डले दिए रेशम चौधरी जेलबाट छुट्ने संकेत, के भयाे सहमति ?

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौं, ५ असोज ।  नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसद रेशम चौधरी  जेलबाट छुट्ने संकेत गरेका छन् । सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उनले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिएका हुन् । टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको उनले बताए । उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा आयो,..

    कास्की-२ बाट स्व. रविन्द्र पत्नी विद्या बन्लिन् नेकपा उम्मेदवार ?

    आईतवार, असोज ५, २०७६ साल
    पोखरा, ५ असाेज ।  नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का नेता बामदेव गौतमले दोश्रो पटक कास्की–२ बाट निर्वाचन नलड्ने प्रष्टीकरण पुनः दिएका छन् ।  यसबारेमा उनले कारण पनि उल्लेख गरेका छन्, 'यसअघि ९२०७४ मा० प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया–१ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म..

    चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त प्रशिक्षण हुँदै

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज ।  सत्तारूढ नेकपा सचिवालयको शनिबारको बैठकमा चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) सँगको संयुक्त आयोजनामा हुन लागेको प्रशिक्षण सम्मेलनका विषयमा छलफल भएको छ । बैठकमा पार्टी स्कुल विभाग प्रमुख तथा सचिवालय सदस्य ईश्वर पोखरेलले सोमबार र मंगलबार हुन लागेको सम्मेलनबारे जानकारी गराएको सचिवालय स्रोतले जनाएको छ । सम्मेलनमा सीसीपीका तर्फबाट उनीहरूको राजनीतिक विचारधारा, नीति तथा सिद्धान्तबारे तीनवटा र नेकपाका तर्फबाट दुईवटा..

    प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका यी बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए ।  सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सले..

    संवैधानिक इजलास बस्न नसक्दा ४५० मुद्दा प्रभावित

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज ।  प्रधानन्यायाधीश र न्यायाधीशको बेवास्ताका कारण एक महिनादेखि संवैधानिक इजलास प्रभावित बनेको छ । संवैधानिक इजलास बस्न नसक्दा संवैधानिक प्रश्नसँग जोडिएका ४५० बढी मुद्दाको फैसला हुन सकेको छैन । न्यायपरिषद्को २८ साउनको बैठकले संवैधानिक इजलासमा थप ६ जना न्यायाधीशको नाम सिफारिस गरेयता संवैधानिक इजलास बस्न सकेको छैन । संवैधानिक इजलासमा यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे,..

    पदक विवाद: कार्यकर्ता बढाउन र फकाउन पदकको ‘योगदान’

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज । सरकारले संविधान दिवसको अवसर पारेर घोषणा गरेको पदक विवादरहित बन्न सकेन। राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्तिलाई वितरण गर्नुपर्ने पदक अधिकांशतः कुनै योगदान नै नपुर्याएका व्यक्तिलाई दिइयोे, कार्यकर्ता बढाउन र फकाउनका लागि यसको दुरुपयोग भयो भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ। संविधान दिवसको अवसर पारेर घोषणा गरिएको पदक पाउनेहरूको सूचीमा ख्यातिप्राप्त व्यक्तिको नाम नै नभएको चाहिँ होइन, मदनमणि दीक्षितजस्ता..

    आफ्नै पार्टीका सांसदप्रति किन असन्तुष्ट बने केपी ओली ?

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज ।  प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग गुनासो पोखेका छन् । सांसदहरू सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विधेयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको थियो । प्रतिपक्षी कांग्रेसलगायत पुनरुत्थानवादी शक्तिले जनतामा भ्रम छरेर सरकारलाई घेराबन्दीको प्रयास गरिरहे पनि त्यसको विपक्षमा सांसदहरू सशक्त रूपमा नउभिएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेका हुन् ।..

    संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क प्रस्थान

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । मन्त्री ज्ञवालीका साथ उहाँकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि हुनुहुन्छ । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट र सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, प्रधानमन्त्रीका सञ्चार संयोजक चेतन..

    संविधानमा सबैको अधिकार समेटिएको छ : युवराज ज्ञवाली

    शनिबार, असोज ४, २०७६ साल
    राँझा, ४ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले संविधानमा सबैको अधिकार समेटिएको बताउनुभएको छ । आज नेपालगञ्जमा आयोजित सशक्तिकरण एवम सञ्चार केन्द्र डेक नेपालको १२औँ साधारणसभा तथा पाँचौँ अधिवेशनको उद्घाटन गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिको अधिकार पनि संविधानमा समेटिएकाले निराश नहुन आग्रह गर्नुभयो ।  “संविधानमा सबैका अधिकार समेटिएका छन्”, नेता ज्ञवालीले भन्नुभयो, “आफ्ना अधिकार स्थापित गर्न कार्यान्वयनका..

    संविधान कार्यान्वयन साझा दायित्व : कृष्णप्रसाद सिटौला

    शनिबार, असोज ४, २०७६ साल
    बनियानी, ४ भदौ नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताउनुभएको छ । पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा उहाँले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग र समुदायको साझा दायित्व भएको बताउनुभयो ।  “सबै तह र तप्काको अथक संघर्ष र मेहनतबाट संविधान निर्माण भएको छ”, उहाँले भन्नुभयो, “यसको कार्यान्वयन गर्नु हामी सबैको..

    कास्की–२ बाट चुनाव नलड्ने बामदेव गौतमको घोषणा

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज दिवंगत रविन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की – २ बाट चुनाव लड्ने भनी हल्ला चले पनि नेकपाका उपाध्यक्ष वामदेव गौतम उक्त क्षेत्रबाट चुनाव नलड्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमले आफू कास्की–२ को उपचुनावमा नलड्ने प्रस्ताव राखेका हुन्। नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की प्रतिनिधि सभा २ बाट..

    रौतहटको गौर कारागारमा क्षमताभन्दा बढी कैदी

    शनिबार, असोज ४, २०७६ साल
    रौतहट, ४ असोज रौतहटको गौर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । विसं १९८९ मा स्थापना भएको गौर कारागारको क्षमता १२० जना अटाउने रहेकामा हाल यहाँ २९४ कैदीबन्दी छन् ।  कैदीबन्दीको सङ्ख्या बढ्दै गएको छ । क्षमताभन्दा बढी बनदी भएपछि व्यवस्थापन गर्न गाह्रो भएको गौर कारागारका  जेलर नायबसुब्बा शम्भु यादवले बताउनुभयो । “कारागार  भवन जीर्ण छ । कैदीको सङ्ख्या बढ्न थालेपछि समस्या..

    नेताको घर धाउने प्रवृत्तिको अन्त्य हुन्छ : कानूनमन्त्री कार्की

    शनिबार, असोज ४, २०७६ साल
    भद्रपुर, ४ असोज  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आगामी हिउँदे अधिवेशनमा प्रदेशको प्रहरी ऐन बनाइने बताउनुभएको छ । आज झापाको चन्द्रगढीमा ‘संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेश ऐन बनेपछि प्रदेशको शान्ति, सुरक्षा सोही बमोजिम हुने बताउनुभयो । हालसम्म प्रदेश सरकारले ४१ कानून बनाइसकेको मन्त्री कार्कीले बताउनुभयो । उहाँले अब बन्ने प्रहरी ऐनमा कार्यक्षमताका आधारमा सरुवा,..

    चाडपर्वमा आवागमन सहज बनाउन भारतीय पक्ष सहमत

    शनिबार, असोज ४, २०७६ साल
    भीमदत्तनर, ४ असोज नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने नेपालीको सीमा क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबीचको सीमा सुरक्षा समन्वय बैठकमा भारतकातर्फबाट सहभागी सीमा सुरक्षा बल (एसएसबी), भारतीय कष्टम तथा अन्य निकायले चाडपर्वका बेला घर फर्किने नेपालीको यात्रा सुरक्षित बनाउन सहयोग..

    भारतमा नेपाली संविधान दिवसको विरोध, ‘कालो दिन’भन्दै नारावाजी

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज भारतस्थित नयाँदिल्ली, जन्तरमन्तरमा संविधानको विरोध गरियो । भारतमा रहेका नेपाली विद्यार्थीहरुले संविधान दिवसलाई ‘कालो दिन’को संज्ञा दिँदै विरोध जनाएका हुन् । उनीहरुले कालो ब्यानरमा संविधान विरोधी नारा लेख्दै नारा समेत लगाएका थिए । संविधान विभेद्कारी भएको भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो । विरोध कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघ भारतका विद्यार्थीहरुको सक्रिय सहभागिता थियो । दिल्लीमा अध्ययनरत..

    कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्छ : अध्यक्ष दाहाल

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज  शनिबार कीर्तिपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्ने बताएका छन् । प्रचण्डले भने, ‘कीर्तिपुर आउँदा, अझ पाँगा आउँदा मलाई माइती आएजस्तो लाग्छ। मेरो माइतीघर नै हो भन्याजस्तो लाग्छ ’ उनले आफू २०/२२ वर्षको उमेरमा कीर्तिपुरमा बसेकोले भावनात्मक सम्बन्ध पनि रहेको बताए । ‘तानाशाही पञ्चायतको आन्दोलनको बेलामा..

    असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सी नेपाल आउने

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज चीनका राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ। उनको भ्रमण तालिका छिट्टै सार्वजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो। राष्ट्रपति सीको सुरक्षा, होटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ। अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ। राष्ट्रपति सी तिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कंदा नेपाल आउने भन्नेमा टुंगो..

    महत्त्वपूर्ण विधेयक अझै पनि विचाराधीन

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज ।  सङ्घीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन् । विषयवस्तुको विवादका कारण समितिले प्रतिवेदन नै तयार पार्न नसक्दा महìवपूर्ण मानिएका विधेयक समितिमै थन्किएका हुन् । विचाराधीनमध्ये केही विधेयक..

    जथाभावी बन्छन् देशको नक्सा

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज ।  नेपालको भौगोलिक नक्सा प्रकाशनका लागि नापीको अनुमति लिनुपर्ने व्यवस्था भए पनि अधिकांश नक्सा अनुमतिबिना प्रकाशन हुने गरेका छन् । यसै कारण कतिपय नक्सामा देशका सम्पूर्ण भूभाग नसेमिटएका नक्सा समेत बजारमा भेटिने गर्छन् । हरेक देशमा राष्ट्रिय नाप नक्सा निकाय हुन्छ, जसले भौगोलिक नक्साको काम गर्छ । यस्तो निकायले नक्सा बनाउने र ‘स्ट्यान्र्ड’ तोक्ने काम गर्छ । नेपालमा..

    पेन्सनधारीलाई पनि तलब

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज ।  जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि २०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए ।  प्रदेश ५ बाट निर्धारण भएको स्थानीय सरकारका जनप्रतिनिधिको मासिक सुविधाअन्तर्गत जिल्ला समन्वय समितिका उपप्रमुखको तलब ३६ हजार तोकियो । पेन्सनधारी जिल्ला समन्वय समिति दाङका उपप्रमुख शर्मा पनि जनप्रतिनिधि बनेपछि मासिक ३६..

    स्थानीय तहमा समस्यै–समस्या

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज ।  संघीय शासन प्रणाली सफलताको मुख्य आधार मानिएको स्थानीय तह समस्या नै समस्याले ग्रसित हुन थालेको छ । देशले चौथो संविधान दिवस मनाइरहँदा मुलुकका ७५३ वटामध्ये अधिकांश स्थानीय तह समस्याले ग्रसित पाइएको हो । स्थानीय तहका जानकारहरूका अनुसार संविधानको मर्मअनुसार स्थानीय तह चल्न सकेका छैनन् । जनप्रतिनिधिहरूले जनताको कामलाई उच्च प्राथमिकता दिन सकेका छैनन् भने उनीहरू विदेश भ्रमणमा..

    संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ : राष्ट्रपति

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौँ, ३ असोज   राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापक जनसहभागितासहित जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको बताउनुभएको छ ।    संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले संविधानले मानवअधिकार विधिको शासन, समावेशी लोकतन्त्र, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका स्वतन्त्र प्रेस, शक्तिको पृथकीकरण, सन्तुलन र नियन्त्रण समानता र सामाजिक न्यायजस्ता लोकतन्त्र र प्रगतिशील समाजका मूलभूत..

    दशैं लगतै चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदै

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौं, ३ असोज चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ र्फकनेछन् । सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । सम्भवत यो सम्मेलन तमिलनाडूमा हुनेछ । गत वर्ष मोदी चीन गएका थिए । मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको स्रोतको दाबी छन् । स्रोतका..

    प्रदेशमन्त्रीले नै जनकपुरमा संविधान जलाएपछि ...

    शुक्रबार, असोज ३, २०७६ साल
    जनकपुरधाम, ३ असोज प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान जलाएको छ।  संविधानलाई मधेस विरोधी भन्दै राजपाका कार्यकर्ताहरुले जनकपुरधामको शिव चोकमा शुक्रबार साँझ प्रहरीकै सामुन्ने संविधान जलाएको हो।  प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री तथा राजपा नेता जितेन्द्र सोनलको नेतृत्वमा राजपाका युवा नेता संविधान जलाएका छन्।  संविधान जलाउनु अघि राजपाले विरोध जुलुस निकालेका थिए। जुलुसको सुरक्षार्थ  नेपाल र सशस्त्र..

    'साना दुःखले आर्जेको संविधान होइन'

    शुक्रबार, असोज ३, २०७६ साल
    काभ्रेपलाञ्चोक, ३ असोज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुःखले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताउनुभएको छ ।  मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाद्वारा आज कुन्तामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जनताले रगत–पसिना बगाएर र जनताको आँशुसँग साटिएको, जनताद्वारा स्थापित दस्तावेज केही सामन्त अभिजातीय वर्ग तथा केही कुण्ठाग्रस्त वर्गले धुप बालेर नबदलिने दाबी गर्नुभएको हो । उहाँले..

    प्रतिसिलिन्डर २५ रुपैयाँले घट्यो खाना पकाउने ग्यासको मूल्य !

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौं, ३ असोज नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । संविधान दिवसको अवसर पारेर सरकारले उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरिएको हो । निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ । अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर..

    राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन उपप्रधानमन्त्रीको चेतावनी

    शुक्रबार, असोज ३, २०७६ साल
    भद्रपुर, ३ असोज   उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन चेतावनी दिनुभएको छ । उहाँले जनताले मिल्काइसकेको राजतन्त्र कहिल्यै नब्युँतिने बताउनुभयो ।   “जनताको बलिदान र त्यागले प्राप्त नेपालको संविधान विश्वकै उत्कृष्ट छ”, मन्त्री पोखरेलले भन्नुभयो, “मिल्काइसकेको राजतन्त्रको सपना देखेर अब कोही नसल्बलाए हुन्छ ।”    आज झापाको विर्तामोडमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आयोजना गरेको पाँचौँ संविधान दिवस कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले..

    नेमकिपाको महाधिवेशन शुरु, सरकारमा सामन्तवाद चरित्र देखा परेको आरोप

    शुक्रबार, असोज ३, २०७६ साल
    भक्तपुर, ३ असोज    नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन आजबाट शुरु भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आज महाधिवेशनको उद्घाटन गर्दै अहिलेको सरकारको कार्यशैली समाजवाद उन्मुख नदेखिएकाले सरकारले आफूलाई सुधार्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।    उहाँले अहिलेको नेकपाबाट समाजवाद आउने कुरा असम्भव रहेको दाबी गर्दै वर्तमान सरकारमा सामन्तवाद चरित्र देखा परेको आरोप लगाउनुभयो । बेरोजगारीको समस्याका कारण विदेशिनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको..

    वैदेशिक रोजगार व्यवसायी निर्वाचनः लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौँ, ३ असोज नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको हो । त्यसैगरी सो समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी..

    संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउँदै देशलाई समृद्ध बनाउनुपर्ने

    शुक्रबार, असोज ३, २०७६ साल
    धनकुटा, ३ असोज प्रदेश नम्बर १ को प्रदेशसभा, न्याय, कानून तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउँदै देशलाई समृद्ध बनाउनेतर्फ सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।  संविधान दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वर्तमान संविधानबाट मुलुकलाई छिट्टै समृद्ध बनाउन सकिने उल्लेख गर्दै यसको कार्यान्वयनमा सबै गम्भीर भएर लाग्नुपर्ने बताउनुुभयो ।  कार्यममा प्रदेशसभा सदस्य नीरन राईले जनताका भावना, चाहना..
    Weather Forecast