शनिबार, माघ ११, २०७६

    राज्य-समाज

    भृकुटीमण्डपमा विप्लवको सभा, १ लाख समर्थक उतार्ने दाबी, सुरक्षा व्यवस्था कडा

    शनिबार, मंसिर ८, २०७५ साल
    काठमाडौं, ८ मङ्सिर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीको भृकुटीमण्डपमा शनिबार जनसभा गर्दैछ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो । शनिबार आयोजना गर्न लागेको कार्यक्रम प्रदर्शनी मार्गस्थित सडकमै हुने भएकाे छ । यसअघि खुल्ला मञ्च (रत्नपार्क)मा कार्यक्रम गर्ने भनिएकाे थियाे तर अन्तिममा अाएर कार्यक्रमस्थल परिवर्तन गरिएकाे हाे । पार्टीले आफ्नो पाँचौँ पुनर्गठन दिवसका अवसरमा विशाल जनसभा..

    सप्तरीको इनर्वामा बस दुर्घटना हुँदा ५ को मृत्यु, ३ दर्जन यात्रु घाइते, ४ को अवस्था चिन्ताजनक

    शनिबार, मंसिर ८, २०७५ साल
    राजविराज, ८ मङ्सिर  भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको एक महिला रहको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।  सो दुर्घटनामा परी..

    पूर्वप्रधान्यायाधीश गिरीको निधन, मङ्सिर ९ गते देशैभरका अदालत तथा न्यायाधीकरण बन्द हुने

    शुक्रबार, मंसिर ७, २०७५ साल
    काठमाडौँ, ७ मङ्सिर : पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको ७५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।  विसं २००१ वैशाख २५ गते महोत्तरी जिल्लामा जन्मिएका पूर्वप्रधानन्यायाधीश गिरीले २०२५ साल साउन ३० मा न्यायसेवामा प्रवेश गरेका थिए । उनी जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश भएका थिए ।  सर्वोच्च अदालतले आज प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानान्यायाधीश गिरीको निधनप्रति शोक व्यक्त..

    पर्यटनमन्त्री अधिकारीको प्रतिवद्धता - २४ घण्टाभित्र वाइडबडी जहाजको कागजात बुझाउँछु

    शुक्रबार, मंसिर ७, २०७५ साल
    काठमाडौं, ७ मंसिर ।  प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायु सेवा निगमले वाइड बडी जहाज खरिदबारे छानबिन गर्न उपसमिति बनाएको छ । जहाज खरिदबारे छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमिति बनाएको हो । कांग्रेस सांसद प्रकाशमान सिंह संयोजक रहेको उपसमितिमा नेकपाका सांसद नारदमुनि राना र संघीय  समाजवादी फोरमकी सांसद रेनुका गुरूङ सदस्य छन् । उपसमितिले छानबिन गरी एक महिनाभित्र प्रतिवेदन..

    सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य हो प्रतिस्पर्धा होइन – अर्थमन्त्री खतिवडा

    शुक्रबार, मंसिर ७, २०७५ साल
    काठमाडौँ, ७ मङसिर  अर्थमन्त्री डा युवराज खतिवडाले समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।  राष्ट्रिय सहकारी महासङ्घद्वारा शुक्रबार यहाँ आयोजित सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उनले हाम्रो विकासको ढाँचा भनेको सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्य हो, प्रतिस्पर्धा होइन भन्ने पक्षलाई..

    प्रदेश ५ का शिक्षक कर्मचारी विद्यालय बन्द गरेर मन्त्रालय घेराउमा, विभिन्न २६ सूत्रीय माग

    शुक्रबार, मंसिर ७, २०७५ साल
    बुटवल, ७ मंसिर  शिक्षक महासंघले प्रदेश ५ मा सबै विद्यालय बन्द गराएर शुक्रबार सामाजिक विकास मन्त्रालय घेराउ गरेको छ । बिहान १० बजे बुटवलको राजमार्ग चौराहाबाट विरोध प्रदर्शनसहित मन्त्रालय पुगेका शिक्षक तथा कर्मचारीले केही बेर नाराबाजीसमेत गरे । सामुदायिक विद्यालय बन्द गरेर शिक्षक तथा कर्मचारीले विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् । नेपाल शिक्षक महासंघले विभिन्न २६ सूत्रीय माग राखेर सरकारलाई पूरा..

    शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्छ – शिक्षामन्त्री पोखरेल

    शुक्रबार, मंसिर ७, २०७५ साल
    भक्तपुर, ७ मङ्सिर  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताएका छन् ।  शुक्रबार विश्वविद्यालय अनुदान आयोगको २५औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा उनले शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर लैजाने तथा त्यसलाई प्रयोग गर्नसके मात्रै देश समृद्ध हुने बताए । परम्परागत शिक्षा र परीक्षामुखी शिक्षा काम नलाग्ने बताउँदै मन्त्री..

    निर्मला हत्या प्रकरण : धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ - अनुसन्धानमै छौँ !

    शुक्रबार, मंसिर ७, २०७५ साल
    भीमदत्तनगर, ७ मङ्सिर  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहेका उनका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बसेका छन् ।  यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवा-आमाले हत्यारालाई सार्वजनिक गर्न माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालयको..

    महासमितिको तयारीमा जुट्यो प्रतिपक्षी, काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै

    शुक्रबार, मंसिर ७, २०७५ साल
    काठमाडौँ, ७ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ ।  महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । यसअघि उक्त बैठक मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो । बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । पार्टी..

    क्रियाशील ६ जनालाई पत्रकारिता पुरस्कार, नवलपुरमा ९ हजार व्यक्तिलाई ट्राफिक शिक्षा

    शुक्रबार, मंसिर ७, २०७५ साल
    पर्वत, ७ मङ्सिर : नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले जिल्लामा क्रियाशील छ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । उक्त शाखाको १०आँै साधारणसभाका अवसरमा लामो समयदेखि सक्रिय रहेर विभिन्न सञ्चार माध्यममा कार्यरत जिल्लाका छ पत्रकारलाई ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ प्रदान गर्न लागिएको हो ।  बिहीवार सम्पन्न उक्त शाखाको बैठकले २०७० देखि २०७५ साल सम्मकोे उक्त पुरस्कार क्रमशः नयाँ पत्रिकाका सन्तोष थापा, गोरखापत्रका गणेश पौडेल,..

    आन्दोलन फिर्तापछि दुहबीको जनजीवन सामान्य हुँदै, अवरुद्ध इटहरी–विराटनगर सडकखण्ड सञ्चालन

    शुक्रबार, मंसिर ७, २०७५ साल
    इनरुवा, ७ मङ्सिर : सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीका फिदा हुसेनको हत्याको विषयलाई लिएर तनावग्रस्त दुहबीको जनजीवन सामान्य हँुदै गएको छ ।  विरोध प्रर्दशनरत पक्ष र स्थानीय प्रशासनबीच बिहीबार सहमति भएपछि आन्दोलरत पक्षले आफ्नो सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएकाले त्यहाँको जनजीवन सामान्य हुँदै गएको हो । बुधबार दिउँसोबाटै सहमतिको प्रयास थालिएकामा बिहीबार सहमति जुटेसँगै दुई दिनदेखि अवरुद्ध कोशी राजमार्गको इटहरी–विराटनगर सडकखण्ड सञ्चालनमा आएको..

    मृतक हुसेनको शब पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो

    शुक्रबार, मंसिर ७, २०७५ साल
    इनरुवा, ६ मंसिर सुनसरीको दुहबीमा अज्ञात बन्दुकधारीले ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानि हत्या भएपछि विरोधमा उत्रिएका स्थानीय र प्रशासनबीच सहमति भएको छ । हिजो दिउँसोबाटै सहमतिको प्रयास थालिएपनि दोस्रो दिन बिहिबार मात्रै सहमति जुटेको हो । सहमतिसँगै दुई दिनदेखि अवरुद्ध कोशी राजमार्गको इटहरी विराटनगर सडक खण्ड सुचारु भएको छ । मृतक हुसेनको पोष्टमार्टमपछि भोलि मुस्लिम परम्परा अनुसार दाहसंस्कार गरिने मृतकका..

    कांग्रेसको प्रश्न : नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ? ९ महिनामै कता हरायो ?

    बिहिवार, मंसिर ६, २०७५ साल
    काठमडौँ, ६ मङ्सिर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशबाट सरकार बेपत्ता भएको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले ९ महिनामै देशबाट सरकार हराएको भन्दै व्यंग्य गरे ।  कांग्रेसले आफ्नो आन्तरिक तयारी तथा सरकारको समीक्षासहितको विज्ञप्ती प्रकाशित गर्दै देशको अवस्था धेरै जटिल मोडमा रहेको पनि निचोड निकालेको छ ।  नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको..

    उपभोक्ता ठग्ने व्यापारीलाई कारवाही गरिँदै, बढी नाफा खानेमा चितवन र तराई जिल्लाका व्यापारी

    बिहिवार, मंसिर ६, २०७५ साल
    काठमाडौँ, ६ मङ्सिर  उपभोक्ताको अधिकारसम्बन्धी नयाँ कानून लागू भएसँगै उपभोक्ता ठग्ने व्यापारीलाई जरिवाना तोक्न आपूर्ति विभागले शुरु गरेको छ ।  गत कात्तिक २ गतेदेखि लागू भएको नयाँ कानूनअनुरुप वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिलेसम्ममा काठमाडौँ उपत्यकाको दश व्यापारीबाट जरिवाना असुल गरेको छ भने पाँच व्यापारीले गलत काम गरेको हो कि होइन भनी अनुसन्धानको प्रक्रियामा रहेको विभागले जानकारी दिएको छ ।  दश व्यापारीबाट..

    पहाडी भू–भागमा १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना, चिसो क्रमशः बढ्दै

    बिहिवार, मंसिर ६, २०७५ साल
    काठमाडौँ, ६ मङ्सिर  देशको पहाडी भू–भागमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औँल्याएको हो । बिहिबार दिउँसो पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकी स्थानमा सामान्यतया सफा रहने छ ।  रातको समयमा पनि..

    नयाँ श्रम कानूनबाट लगानीको वातावरण बन्ने अपेक्षा, सिङ्गो अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने उल्लेख

    बिहिवार, मंसिर ६, २०७५ साल
    काठमाडौँ, ६ मङ्सिर  नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानूनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन् ।  श्रमिकहरूको वर्तमान आर्थिक अवस्था विषयमा बिहिबार जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उनले श्रम र श्रमिकहरूको सामाजिक सुरक्षासम्बन्धी नयाँ कानूनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको धारणा राखे ।  नेपाल उद्योग वाणिज्य महासङ्घको रोजगारदाता परिषदको अध्यक्षसमेत रहेका ढकालले..

    कार्यकर्तालाई देउवाको प्रश्न : मेरोचाहिँ विरोध गर्ने, ओलीको खै ?, किन बोल्नुहुन्न् ?

    बिहिवार, मंसिर ६, २०७५ साल
    बुटवल, ६ मंसिर   नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा केपी ओली नेतृत्वको सरकारविरुद्ध खनिएका छन् ।  ओली सरकार अधिनायकवादतर्फ अगाडि बढेको दाबी गर्दै उनले पार्टीले संसद र बाहिर दुबैतर्फबाट सरकारको सशक्त विरोध गर्नुपर्ने बताए ।  काँग्रेसले मंसिर अन्तिम साता काठमाडौँमा हुने महासमिति बैठकमा प्रस्तुत गर्ने राजनैतिक प्रस्ताव तयार गर्न सुरु गरेको प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रमलाई बिहिबार भैरहवामा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।  उनले..

    प्रचण्डको 'सिंगापुर' बनाउने 'ईन्ट्रेस्ट्' ! ५ बर्षभित्र चितवन संसारले हेर्न लायक शहर हुने !!

    बिहिवार, मंसिर ६, २०७५ साल
    चितवन, ६ मंसिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच बर्षभित्र संसारले हेर्न लायकको विकास मोडल चितवन हुने बताएका छन् । चितवनको भरतपुर महानगरपालिका २४ नम्बर वडाले बिहीबार आयोजना गरेको वातावरणमैत्री वडा घोषणा कार्यक्रममा अध्यक्ष दाहालले पाँच बर्षभित्र संसारले हेर्नै पर्ने मोडलको रुपमा चितवनलाई विकास गरिने बताए । ‘म सधैं आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बस्न पाउन्न ।..

    गगन थापाले सरकारसँगै आफ्नै पार्टीको पनि आलोचना गरे, भन्छन् 'कांग्रेसपनि फेल भयो'

    बिहिवार, मंसिर ६, २०७५ साल
    धनगढी, ६ मङ्सिर नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सरकारसँगै आफ्नै पार्टीको आलोचना गरेका छन् । बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै वर्तमान केपी ओली नेतृत्वको सरकारको आलोचना गरेका थापाले आफ्नै दल कांग्रेसले पनि सशक्त रुपमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका हुन् । बिहीबार बिहान प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा..

    प्रकाशमानलाई देउवाको कडा जवाफ, लगाए आपसी अन्तर्घात गरेको आरोप

    बिहिवार, मंसिर ६, २०७५ साल
    भैरहवा, ६ मङ्सिर कांग्रेस सभापति शेर बहादुर देउवाले गएको संसदीय निर्वाचनमा आपसी द्वन्द्वका कारण चुनाव लड्नाले पार्टी अहिलेको अवस्था आउनु परेको बताएका छन् ।  कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदाका सन्दर्भमा राय सुझाव संकलनका लागि बिहीबार भैरहवामा आयोजित ५ नम्बर प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेकपा एमाले र एकीकृत माओवादी दुई अलग राजनीतिक दल एकता भएर चुनाव लडेको तर विभाजित मनस्थितीले कांग्रेस..

    हुसेन हत्या प्रकरण : दुहबी अशान्त, गृहमन्त्रीको प्रतिबद्धता नआएसम्म शव नबुझ्ने आफन्तको अडान

    बिहिवार, मंसिर ६, २०७५ साल
    सुनसरी , ६ मङ्सिर  सुनसरीको दुहबीमा अज्ञात बन्दुकधारीले ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या गरेको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै मृतक हुसैनको शव सडकमै राखेर बिहीबार बिहानै देखि प्रर्दशन गरिरहेका छन् ।  सुनसरीको दुहबी, इनरुवा तथा लौकहीमा आन्दोलित मुस्लीम अगुवाहरूले बन्द गराएका छन् ।  उनीहरूले पूर्वबाट पश्चिम जाने सवारीका साधनहरू संचालनमा अबरोध गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको..

    गृहमन्त्री थापाद्वारा १ महीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुभारम्भ

    बिहिवार, मंसिर ६, २०७५ साल
    भक्तपुर, ६ मङ्सिर  बिहिबारदेखि भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गरे ।  पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधि र सफाई अभियन्ताहरूलाई कुचो,..

    नेकपाभित्र असन्तुष्टिका चाङ्ग, सचिवालय बैठक बस्दै, सरकारकाे समीक्षा पनि हुने

    बिहिवार, मंसिर ६, २०७५ साल
    काठमाडौँ, ६ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकतालगायत अड्किएका काम अघि बढाउन र सरकारका गतिविधिबारे छलफल गर्न बिहिबार सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा तल्ला कमिटिको एकीकरण, स्थायी कमिटी बैठकको एजेण्डा तय तथा सरकारको कामकारबाहीबारे छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।  प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बिहिबारका लागि बैठक तय..

    भक्तपुर नगरपालिकाको उपमेयर रजनी जोशीको घरबाट १६ लाख बराबरको चोरी, घटनाबारे अनुशन्धान हुँदै

    बिहिवार, मंसिर ६, २०७५ साल
    भक्तपुर, ६ मंसिर : भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ ।  सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ ।  यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही..

    नेपाल-भारत कूटनीतिक सम्बन्ध स्थापनाको ७ दशक : नेपाललाई हरतरहले सघाउने भारतको प्रतिबद्धता

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौँ, ५ मङ्सिर : नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालको चौतर्फी विकासमा हरतरहले भारतले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आज आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको आर्थिक–सामाजिक विकासका साथै शैक्षिक एवं सांस्कृतिक उन्नयनमा पनि भारतले निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि सक्दो सहयोग गर्ने दृढता व्यक्त गरे ।  भारत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा आगामी..

    माओवादीका पूर्व लडाकूले गृहमन्त्री बादलकै अगाडि गरे विष सेवन, वीर अस्पतालको इमरजेन्सीमा भर्ना

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौं, ५ मंसिर   तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको तत्कालीन ‘जनयुद्ध’मा सहभागी भएका एकजना पूर्व लडाकुले गृहमन्त्री रामबहादुर थापाकै अगाडि विष सेवन गरेका छन् ।  आज गृहमन्त्री थापालाई भेट्न गृह मन्त्रालय पुगेको कालीकोटका ३४ वर्षी कुलप्रसाद भट्टराईले विष सेवन गरेका हुन् । गृहमन्त्रीलाई भेट्दा उनले खल्तीबाट विषको बोत्तल निकालेर मुखमा हालेका थिए । भट्टराईले विष सेवन गरेपछि गृहमन्त्रीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि..

    राजधानीका विषयमा सहमति नहुँदा प्रदेशसभा ३ को बैठक अनिश्चित, जिम्मा नेकपा केन्द्रीय नेतृत्वसमक्ष

    बुधबार, मंसिर ५, २०७५ साल
    हेटौंडा, ५ मंसिर ।  राजधानीका विषयमा सहमति जुट्न नसक्दा प्रदेश ३ को प्रदेशसभाको बैठक नै अनिश्चित बनेको छ । स्थायी राजधानी टुंगो लगाउने उद्देश्यले प्रदेश सांसदबीच अनौपचारिक छलफल भए पनि अहिलेसम्म सहमति जुटेको छैन । प्रदेशसभामा एकल बहुमत रहेको नेकपाभित्रै प्रदेश राजधानीको विषयमा विवाद भएकाले राजधानीको टुंगो लगाउने जिम्मा नेकपा केन्द्रीय नेतृत्वसमक्ष पुगिसकेको छ । स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत २२..

    के छ पार्टीको कार्यशैलीप्रति नेकपाकै नेताले आपत्ति जनाएको ज्ञापनपत्रमा ? पुरा पढ्नुहोस् .. (पूर्णपाठ)

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौँ, ५ मङ्सिर पार्टीको कार्यशैलीप्रति नेकपाकै नेताले आपत्ति जनाएका छन् । बुधबार दिउँसो २० बढी नेताले महासचिव विष्णु पौडेललाई भेटेर आपत्ति जनाएका हुन् ।  दिउँसो महासचिव पौडेललाई सिंहदरबारमा भेटेर ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।  पार्टी एकीकरण, सरकारसँगको सम्बन्धलगायत विविध विषयमा केन्द्रीय समितिको बैठकका विषयमा असन्तुष्टि ज्ञापनपत्रमा समेटिएको छ । महासचिव पौडेलले पार्टीका काम कारबाहीप्रति ध्यानाकर्षण गराएको भन्दै सबै..

    शेरबहादुर देउवासँग प्रकाशमान 'फायर', पार्टीलाई विधान विपरित चलाएको आरोप

    बुधबार, मंसिर ५, २०७५ साल
    रुपन्देही, ५ मङ्सिर नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाएका छन् ।  विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे ।  नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको..

    २ दिनको उपचारपछि डिस्चार्ज भए डा. केसी, आफ्नै क्वाटरमा आराम गर्न चिकित्सकको सल्लाह

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौँ, ५ मङ्सिर बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक डा. गोविन्द केसी दुई दिनको उपचारपछि बुधबार डिस्चार्ज भएका छन् । डा. केसी छातीको दुखाइ सहन नसकेर सोमबार बिहान शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको र अहिले उनी आफ्नै क्वाटरमा आराम गरिरहेको डा.अभिषेक सिंहले जानकारी दिए । डा. केसीलाई अस्पतालको २१५ नम्बर क्याबिनमा भर्ना..
    Weather Forecast