आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    कर्णाली प्रदेशद्वारा घोषणापत्र जारी : ‘छ बुँदे प्रतिबद्धता र नौ बुँदे आह्वान’

    आईतवार, बैशाख १६, २०७५ साल
    सुर्खेत,१६ वैशाख : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ ।  कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र तथा नेप्लिज सिभिल सोसाइटी माउण्टेन इनिसियटिभको पहल तथा राष्ट्रिय मानवाधिकार आयोग नेपालको समन्वयमा आयोजित ‘समावेशी विकास अधिकारको सुनिश्चिता सामाजिक न्याय र समृद्धिको पहल’ विषयक कर्णाली सम्मेलनबाट ‘कर्णाली घोषणा पत्र’ जारी गरिएको हो ।  कर्णाली प्रदेश सरकार, स्थानीय सरकार, सांसदहरु, योजनाविद्, विकास साझेदार,..

    विकासमा प्रदेशलाई नमूना बनाउनुपर्ने : प्रधानमन्त्री केपी शर्मा ओली

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौं १६, बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताएका छन् । उनले नारायणीदेखि कर्णालीसम्म र सुस्तादेखि राजापुरसम्मका भूभागले विकास तथा समृद्धिको संकेत गरेको बताए । प्रदेश नम्बर ५ को बिशेष बैठकलाई सम्बेधन गर्दै प्रधानमन्त्री ओलीले विकासमा प्रदेशलाई नमूना बनाउनुपर्ने बताए ।   लुम्बिनी आउने क्रममा  प्रदेशसभामा सम्बोधन गर्ने कार्यतालिका बनाएका ओलीले आइतबार बिहान ९..

    फूल फुल्ने ३ सय भन्दा बढी प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १६ वैशाख विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ ।  वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् ।  यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४६७, लाइकेन्स ७९२, झ्याउ एक हजार २१३, उनीउ ५८०, फूल नफुल्ने छ हजार ५३..

    पहिलो पटक प्रदेशसभामा सम्वोधन गर्दै प्रधानमन्त्री, लुम्बिनीमा हुने विशेष समारोहपनि सहभागी हुने

    आईतवार, बैशाख १६, २०७५ साल
    बुटवल, १६ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै छन् ।  प्रदेशसभामा गर्ने उनकोे यो पहिलो सम्बोधन हो ।  आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।  प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेशसभा र प्रदेश सरकारका आगामी जनसरोकारसँग सम्बन्धित विषयका..

    नेकपा (माले) द्वारा पोलिटब्यूरो सदस्य ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्कासित

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १६ वैशाख : नेकपा (माले) को पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ ।  यही वैशाख ११ गतेदेखि शुरु भई शनिबार सम्पन्न बैठकले पार्टीका विचार र आदर्र्शबाट विचलित भई पार्टी विरोधी गतिविधिमा संलग्न भएको ठहर गर्दैै रिमाललाई कारबाही गरेको हो ।  पार्टी विधानको धारा ४७ कोे उपधारा ४ बमोजिम पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्दै..

    विप्लब समूहका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले भने - क्रान्तिको नक्कल हुँदैन

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १५ वैशाख : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताएका छन् ।  शनिबार उनकै निवास खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।  उनले भने, “हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०/२५ वर्षअघिको सन्दर्भ र..

    नेपाल सरकारको चीन सरकारलाई उपहार, भाले गैंडा नियन्त्रणमा लिईयो

    आईतवार, बैशाख १६, २०७५ साल
    चितवन, १५ वैशाख : नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा शनिबार नियन्त्रणमा लिइएको छ ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई दिनभरको प्रयासपछि शनिबार साँझ निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट उक्त गैंडा नियन्त्रणमा लिइएको हो ।  शुरुमा पोथी गैंडा नियन्त्रणमा लिने योजना भएपनि अनुकूल नभएपछि भाले गैंडा नियन्त्रणमा लिइएको..

    दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत, कोरिया प्रायद्वीपमा शान्ति स्थापना हुने बिश्वास

    शनिबार, बैशाख १५, २०७५ साल
    काठमाडौँ, १४ वैशाख : नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ ।  सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको तथा यसले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्न योगदान पुग्ने नेपालले विश्वास गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ..

    अस्थिरता निम्त्याउन खोज्नेविरुद्ध निर्मम हुन सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्रीको निर्देशन

    शनिबार, बैशाख १५, २०७५ साल
    बुटवल, १४ वैशाख : गृहमन्त्री रामबहादुर थापाले केही तत्व देशमा अस्थिरता निम्त्याउन उद्यत रहेकाले उनीहरूलाई निस्तेज पार्ने गरी काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।  गृहमन्त्री थापाले शुक्रबार प्रदेश ५ अन्तर्गत प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै देशमा अस्थिरता निम्त्याउन खोज्नेविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिँदै भने, “समस्याको व्याख्या गर्ने होइन, त्यसविरुद्ध एक्सन गर्नुहोस्..

    आर्थिक समृद्धिको आधार साना तथा घरेलु उद्योग: माओवादी अध्यक्ष दाहाल

    शनिबार, बैशाख १५, २०७५ साल
    काठमाडौँ, १४ वैशाख नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको आधार तयार पार्न घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै लगानीको विस्तार गर्नुपर्ने बताएका छन् ।  साना तथा घरेलु उद्योग महासंघले शुक्रबार यहाँ आयोजना गरेको ‘१४ औँ नेपाल अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव २०७५’ को उद्घाटन गर्दै उनले कृषिमा आधारित साना तथा घरेलु उद्योगमा लगानी बढाउन सकेमात्रै..

    सरकारले पठाएको ठाउँमा कर्मचारी जानैपर्छ : मन्त्री लालबाबु पण्डित

    शुक्रबार, बैशाख १४, २०७५ साल
    लुम्बिनी, १४ वैशाख : संघीय मामिला तथा सामन्य प्रशाशनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा राष्ट्रसेवक कर्मचारी जानुपर्ने बताएका छन् । मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर शपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताए । मन्त्री पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजिनामा दिएर निजी व्यवसाय शुरु गर्न सुझावसमेत दिए..

    रोजगारीका लागि युवा विदेशिएपछि तेह्रथुममा जनशक्ति अभाव, चियाबगान झाडीमा परिणत !

    शुक्रबार, बैशाख १४, २०७५ साल
    तेह्रथुम, १४ वैशाख रोजगारीका लागि युवा विदेशिन थालेपछि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभाव भएको छ । पढाइ, रोजगारी र अन्य अवसर खोज्दै युवा गाउँबाट पलायन भइरहेका छन् । युवाशक्तिले गाउँ छाडेपछि कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भएको छ । वर्षेनी काम गर्ने जनशक्ति अभावकै कारण खेतीयोग्य जमिन, खेतबारी र बगान क्षेत्र जंगलमा परिणत भइरहेका छन् । एकपछि अर्को गर्दै..

    ५० दिने महाअभियानले गर्यो २००७ सालको कांग्रेस सदस्यता सार्वजनिक

    शुक्रबार, बैशाख १४, २०७५ साल
    गुल्मी १४, बैशाख : नेपाली कांग्रेस गुल्मीको ५० दिने महाअभियानको जिल्लाका विभिन्न वडामा सञ्चालन भइरहेको छ । नयाँ वर्षको अवसर पारेर बैशाख १ गते देखि सुरु गरिएको हो । नेपाली कांग्रेस गुल्मीको आह्वान ‘गाउँ जाउँ गाउँमै रमाउँ’ ५० दिने महाअभियान भन्ने नाराका साथ सुरु गरिएको अभियान अन्तर्गत जिल्ला भर भव्यताका साथ विशेष भेला सम्पन्न भएका छन् । सदरमुकाम स्थित रेसुंगा नगरपालिका..

    संसद् अधिवेशन वैशाख २३ मा आह्वान गर्न मन्त्रिपरिषद्द्वारा राष्ट्रपतिसमक्ष सिफारिस

    शुक्रबार, बैशाख १४, २०७५ साल
    काठमाडौँ, १४ वैशाख मन्त्रिपरिषद्को शुक्रबारको बैठकले संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । राष्ट्रपतिले आह्वान गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन शुरु हुनेछ । बैठकले हालै प्रधानमन्त्री केपी शर्मा..

    अमेरिकाले फर्काउने भयो ९ हजार नेपालीलाई ! १ वर्षभित्र नेपाल फर्कन निर्देशन

    शुक्रबार, बैशाख १४, २०७५ साल
    काठमाडौं, बैशाख १४ ।  अमेरिकी सरकारले अमेरिकामा टिपीएसमार्फत बस्ने  र काम गर्ने अनुमति पाएका ९ हजार नेपाली नागरिकको टीपीएस नविकरण नगर्ने सूचना सार्वजनिक गरेको छ। एक वर्षभित्र बसोवासका लागि अन्य कुनै कानुनी उपाय अपनाउन वा नेपाल फिर्ता हुन आग्रह गरिएको निर्देशनमा भनिएको छ ‘यसका लागि नेपाली सरकारसँग पनि हामी समन्वयन गर्ने छौ।’ अप्रिल २६ मा होमल्याण्ड स्क्युरिटीद्वारा जारी गरिएको निर्देशनमा भनिएको छ  ‘नेपाली..

    मेलमिलापलाई थप प्रभावकारी तुल्याउन राष्ट्रिय महिला आयोगले गर्यो प्रशिक्षण शुरु

    शुक्रबार, बैशाख १४, २०७५ साल
    काठमाडौँ, १४ वैशाख : राष्ट्रिय महिला आयोगले घरेलु हिंसासँग जोडिएर आएका उजुरीको फछ्र्योट गर्ने सन्दर्भमा अपनाइने मेलमिलापलाई थप प्रभावकारी तुल्याउने भएको छ ।  त्यसका लागि आयोगले मेलमिलापमा प्रत्यक्ष संलग्न रहने अधिकारीलाई मेलमिलापका लागि अपनाउनु पर्ने विधि, प्रक्रिया र सजगताबारे शुक्रबार प्रशिक्षण शुरु गरेको छ ।  ८ दिने उक्त प्रशिक्षणमा सरकारी र गैरसरकारी गरी २७ जना अधिकृतको सहभागिता रहेको छ । प्रशिक्षणका क्रममा द्वन्द्व,..

    राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको पहिलो पटक बैठक बस्दै

    शुक्रबार, बैशाख १४, २०७५ साल
    काठमाडौँ, १४ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ ।  पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था भएकाले अध्यक्ष पशुपतिशम्शेर जबराले सो बैठक बोलाउनुभएको हो ।  पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश प्रमुख, जनवर्गीय संगठनका अध्यक्षलगायत करीब ३०० को सहभागिता हुने उक्त बैठकले राप्रपा परिवेशका दल तथा नेतालाई एकताबद्ध गर्ने र..

    मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा 'चार अध्यादेश' जारी

    बिहिवार, बैशाख १३, २०७५ साल
    काठमाडौँ, १३ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार विभिन्न चारवटा अध्यादेश जारी गरेकि छन् ।  उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ जारी गरेकि हुन् ।  नेपालको संविधानको धारा ११४ को उपधारा..

    भारत किन एमाले र माओवादीको एकता छिटो चाहन्छ ? मोदी आउनु अघि नै पार्टी एकता !

    बिहिवार, बैशाख १३, २०७५ साल
    काठमाडौं, १२ वैशाख अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहिबार दिनभरिजसो गृहजिल्ला चितवनमै व्यस्त हुने भएका छन् । प्रचण्ड मंगलबार चितवन पुग्नेवित्तिकै उनले शुक्रबार (वैशाख २४) एमालेसँगको पार्टी एकताको मिति तोकिने जानकारी दिएका थिए । मंगलबार बिहान साढे ७ देखि ९ बजेसम्म प्रधानमन्त्री केपी ओलीसँग डेढ घन्टा छलफल गरेका प्रचण्ड त्यसपछि चितवन लागेका थिए । उनले सञ्चारकर्मीसँग भने, ‘दुई पार्टीका अध्यक्षको व्यस्तताले गर्दा एकता..

    आतंक फैलाउन खोज्नेको त जरै उखेल्छौँ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’

    बिहिवार, बैशाख १३, २०७५ साल
    भक्तपुर, १३ वैशाख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताएका छन् । बिहिबार मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेर गत शनिबारको सांघातिक आक्रमणमा घाइते भई उपचार गराइरहेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले यस्तो बताएका हुन् । उनले भने, “अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउने कार्यमा..

    मनमोहन अधिकारीलाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य छैन : केपी शर्मा ओली

    बिहिवार, बैशाख १३, २०७५ साल
    ललितपुर, १३ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताएका छन् । नेकपा(एमाले)का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा बिहिबार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सो कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताले स्वर्गीय अधिकारीको योगदानको स्मरण गर्दै उनको शालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा..

    खोटाङको दुई गाउँपालिकामा इन्जिनियर नपुग्दा पुनःनिर्माणका काम अलपत्र

    बिहिवार, बैशाख १३, २०७५ साल
    खोटाङ, १३ वैशाख  दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको दुई गाउँपालिकामा अझै इन्जिनियर आएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि इन्जिनियर नआएका हुन् । दुई गाउँपालिकामा अहिलेसम्म इन्जिनियर नआएपछि पुनःनिर्माणका लागि नक्सा र प्राविधिक सल्लाह नपाउँदा भूकम्पपीडित अन्योलमा परेका छन् । जिल्लाका केही पीडितले भने बिना नक्सा र प्राविधिक सल्लाहमा घर..

    संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा फछ्र्योट ! मुद्दा वि.सं २०६६ देखिका रहेको पुष्टी !

    बिहिवार, बैशाख १३, २०७५ साल
    काठमाडौँ, १३ वैशाख  सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० वटा मात्र मुद्दा फछ्र्योट भएको बताए । ती मुद्दा विसं २०६६ देखिका हुन् । उनले हप्तामा दुई दिनमात्र संवैधानिक इजलासमा परेका मुद्दा भएकाले धेरै फछ्र्योट गर्न नसकिएको जानकारी गराए । संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र न्यायाधीशले हेर्ने गरेका छन् । अहिले सर्वोच्चमा कामु प्रधानन्यायाधीश दीपकराज..

    बर्दघाट नगरपालिकाद्वारा २१ वटा कानून तर्जुमा, आवश्यकताअनुसार परिमार्जन हुनसक्ने !

    बिहिवार, बैशाख १३, २०७५ साल
    नवलपरासी, १३ वैशाख स्थानीय सरकार सञ्चालनका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विभिन्न २१ वटा कानून तर्जुमा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर ती कानून तर्जुमा गरेको हो । तर्जुमा भएका कानूनमा १२ वटा विभिन्न नियमावली, कार्यविधि र निर्देशिका छन् भने नौ वटा ऐन छन् । त्यसैगरी नगरपालिकाले बनाएको नियमावली, कार्यविधि र निर्देशिकामा कार्य सम्पादन नियमावली,..

    अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने : महानिरीक्षक खनाल

    बिहिवार, बैशाख १३, २०७५ साल
    चितवन, १३ वैशाख : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । बिहिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको बताए ।  खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गरे । उनले भने, “प्रहरी..

    ‘मनमोहन अधिकारीको संगतले गिरिजाप्रसाद कम्युनिस्‍ट बनेका थिए’

    बिहिवार, बैशाख १३, २०७५ साल
    काठमाडौं १३, बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट भएको बताएका छन् । १९औँ मनमोहन स्मृति दिवसको अवसरमा प्रतिष्ठानले ललितपुरको सानेपामा गरेको स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला विक्रम सम्बत १९९९ देखि २००४ सम्म कम्युनिस्‍ट भएको बताएका हुन् । पछि गैरकम्युनिस्‍टलाई पक्राउ गरेको भ्रम फैलाएर बिपी कोइरालालाले उनलाई कांग्रेसमा लगेको समेत खुलासा..

    भारतीय प्रधानमन्त्री मोदी आउन २ साता बाँकी, काठमाडौंमा ‘सर्च अप्रेशन’

    बिहिवार, बैशाख १३, २०७५ साल
    काठमाडौं, बैशाख १३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन दूई साता बाँकी रहँदा राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडाइ गर्न थालिएको छ । आगामी बैशाख २८ गते हुने भनिएको मोदीको भ्रमणको विषयलाई लिएर सुरक्षा संयन्त्रहरुलाई विशेष निगरानीमा रहनका लागि निर्देशन दिइसकिएको छ ।  मोदीको भ्रमणलाई लक्षित गरी सरकारले कडा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको जनाइएको छ ।  यसअघि बुधबार महानगरीय प्रहरी..

    ज्येष्ठ नागरिकहरुको दायित्व अब राज्यले लिनुपर्छ : माओवादी अध्यक्ष दाहाल

    बिहिवार, बैशाख १३, २०७५ साल
    रत्ननगर, चितवन, १२ वैशाख : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताएका छन ।  पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २१ पर्वतीपुरमा बुधबार आयोजित ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले अहिलेको सरकारले ज्येष्ठ नागरिकको समस्या समाधान गर्ने विश्वास दिलाए । “घोषणापत्रमा भत्ता रु पाँच हजार पुर्याउने भनिएको छ,..

    अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारीबारे रक्षामन्त्री पोखरेलद्वारा लुम्बिनी पुगेर जानकारी

    बिहिवार, बैशाख १३, २०७५ साल
    बुटवल, १२ वैशाख : रक्षामन्त्री ईश्वर पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनी सिंगो नेपाली जनताको साझा गौरव गर्ने ठाउँ भएकाले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई भव्यरुपले सफल पार्न तयारीमा लाग्न सबैसँग आग्रह गरेका छन् ।  बुद्ध जन्मस्थल लुम्बिनीमा २५६२ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि नेपाली सेनाले करिब एक महिनाको अवधिमा निर्माण गरेको तीन हजारभन्दा बढी क्षमताको..

    भूकम्पले अझै आफूलाई दुःखी तुल्याइरहेको छ : राष्ट्रपति विद्यादेवी भण्डारी

    बुधबार, बैशाख १२, २०७५ साल
    काठमाडौँ, १२ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गरेकी छन् ।  उनले बुधबार ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् । साथै, घाइते र पीडितमा गहिरो माया व्यक्त गरेकी राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ । ..
    Weather Forecast