मंगलवार, मंसिर २४, २०७६

    राज्य-समाज

    प्रदेश नं ५ : नेकपाद्वारा प्रदेश तथा जिल्ला मातहतसम्मको पार्टी एकता अभियान सार्वजनिक

    शुक्रबार, असोज १९, २०७५ साल
    बुटवल, १९ असोज  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान सार्वजनिक गरेको छ ।  नेकपा प्रदेश ५ को पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिश कार्यदलसमेत गठन गरेको शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बिहीबार बुटवलमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेशका १२ वटै जिल्लामा चार चार..

    निर्मला हत्या प्रकरण : बम दिदीबहिनी र मामालाई थप अनुसन्धान गर्न माग

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौं , १९ असोज नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा बम दिदीबहिनी र निर्मलाका मामा तीर्थराज भण्डारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।   घटनाको स्थलगत अध्ययन प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले घटनाको सम्पूर्ण जानकारी भएको दावी गर्दै बम दिदीबहिनी र निर्मलाका मामा भनिने तीर्थराज भण्डारीलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग..

    सगरमाथा आधार शिविर घुम्न आएका १ ताइवानी पर्यटकको लेक लागेर मृत्यु

    शुक्रबार, असोज १९, २०७५ साल
    सोलुखुम्बु, १९ असोज  लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ ।  ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिए । सगरमाथा आधार शिविर घुम्न आएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थित लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु..

    चालु आर्थिक वर्ष अध्ययन र योजना निर्माणको वर्ष भयो - मुख्यमन्त्री शाही

    शुक्रबार, असोज १९, २०७५ साल
    कालिकोट, १९ असोज  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष २०७५-७६ लाई अध्ययन र योजना निर्माणको वर्ष भएको बताएका छन् ।  स्थानीय तहका पदाधिकारीसँग विकास तथा विविध विषयमा छलफल गर्न यहाँ पुग्नु भएका मुख्यमन्त्री शाहीले शुक्रबार आयोजित पत्रकार भेट्घाट कार्यक्रममा कर्णालीका १० वटै जिल्लाको भूमि, जनताको आयआर्जनको स्रोत, बसोबासको प्रकृति, खाद्य उत्पादन, शिक्षा, स्वास्थ्य, विद्युुत, सडक, पर्यटन, खानेपानी, सञ्चारलगायतका विषयको अध्ययन..

    भ्रष्टाचारीलाई छोडिन्न, आयोजनाको काम रोकिन्न, अनुसन्धान पूर्व नै प्रचारप्रसार गरिन्न – अख्तियार

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौँ, १९ असोज  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ ।  राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभई तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने स्पष्ट गरिएको छ ।  अघिल्ला केही कालखण्डमा प्रतिशोधको भावनाबाट कुनै व्यक्ति विशेषको मानमर्दन गर्ने..

    दशैँ तिहारका लागि कास्की प्रहरीको विशेष सुरक्षा योजना सार्वजनिक

    शुक्रबार, असोज १९, २०७५ साल
    पोखरा, १९ असोज : दशैँ र तिहारलाई ध्यानमा राखेर कास्की प्रहरीले विशेष सुरक्षाको व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै दशैँ र तिहारमा २४सै घण्टा सुरक्षा प्रदान गर्न ६०० को हाराहारीमा सुरक्षाकर्मी परिचालित गर्ने जानकारी दिए ।  शान्ति सुरक्षाकै लागि सशस्त्र प्रहरीले समेत १५० सुरक्षाकर्मी र राष्ट्रिय अनुसन्धानको टोली पनि पोखराको मुख्य–मुख्य..

    माधवकुमार नेपालको विषयलाई लिएर स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले यसो भने ...

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौं, १८ असोज  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामकारवाहीको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालको अभिव्यक्तिलाई तन्काउन आवश्यक नभएको बताएका छन् । वर्तमान सरकार पाँच बर्ष चल्ने र नेकपाको झन बलियो सरकार बन्ने उनको दाबी छ ।   ओलीले नेता माधव कुमार नेपालले संसदमा गरेको भाषणलाई आफूले सामान्य रुपमा लिएको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले..

    किशोरीलाई आत्मरक्षाको तालिम दिदै कावासोतीका युवाहरू

    बिहिवार, असोज १८, २०७५ साल
    नवलपरासी कावासोती, १८ असोज मुलुकभर महिलाहिंसा तथा किशोरी बलात्कारका घटना बढेपछी नवलपुरको कावासोती क्षेत्रमा किशोरी आत्मरक्षासंग सम्बन्धी सचेतना कार्यक्रम शुरु गरिएको छ  । हरियाली संस्था, वातावरण जनजागरण बिकास मञ्च  र 'आउ युवा देश बनाउ' नामक संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कावासोती १५ स्थित चन्डेश्वरी मा.बि. गोडार बाट शुरु गरिएको उक्त कार्यक्रम हरीयाली संस्थाका अध्यक्ष एल. एन. दवाडीको अध्यक्षतामा सम्पन्न भएको..

    राष्ट्र सङ्घको ७३औं अधिवेशनमा सहभागी भएर प्रधानमन्त्री केपी ओली स्वदेश फिर्ता

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौं, १८ असोज प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा सहभागी भएर बिहीवार स्वदेश फर्किएका छन् । यही असोज ६ न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओली १२ दिनपछि कतार हुँदै स्वदेश फर्किएका हुन् । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घ महासभाको ७३औं अधिवेशनलाई सम्बोधन गरेका थिए भने सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले..

    निर्मला हत्या प्रकरणमा गृहमन्त्रीको बोलि : एक साताभित्र दोषीमाथि कारवाही हुन्छ

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १८ असोज  गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठनले पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कारवाही गर्न माग गरी दिएको ज्ञापनपत्र बुझ्दै उनले पन्त हत्याकाण्डमा गठित छानबिन समितिको निष्कर्ष सार्वजनिक गरिने बताए ।  अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पन्त हत्यामा..

    निर्मला पन्तलाई न्याय माग्दै सिंहदरबार दक्षिण गेटमा धर्ना, गृहमन्त्रीको राजीनामा माग (तस्बिरहरू)

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १८ असोज बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन भएको छ। बलात्कारविरूद्धको रोष र निर्मलाका निम्ति न्यायका अभियन्ताले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा धर्ना र दिएका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै प्रहरी महानिरीक्षक विदामा बसेर निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने नारा लगाइरहेका छन्। साउन ११ गते बलात्कारपछि हत्या..

    नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा १२औँ महाधिवेशन अनिश्चित

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १८ असोज  नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो ।  अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो ।  उक्त सङ्घको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले..

    नेपाल र अष्ट्रेलियाबीच पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा साझेदारी

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १८ असोज :  नेपाल–अष्ट्रेलिया संयुक्त परामर्श समिति नदीकिनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ ।  संयुक्त परामर्श समितिको हालै सम्पन्न द्विपक्षीय बैठकमा त्यस्तो सहमति भएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।  जलस्रोत व्यवस्थापनमा विश्वमा कहिलिएको मुलुक अष्ट्रेलियासँगको साझेदारीबाट नेपाल लाभान्वित हुने जल तथा शक्ति आयोगका सहसचिव माधव वेलबासेले बताए ।  नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले साझेदारीका नयाँ..

    प्रधानमन्त्री ओली दोहामा, कार्यवाहक राजदूत मणिप्रसाद भट्टराईद्बारा स्वागत

    बिहिवार, असोज १८, २०७५ साल
    दोहा, १८ असोज : प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा न्यूयोर्कबाट काठमाडौँतर्फ जाने क्रममा आज कतारको दोहा आइपुग्नुभयो । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ ।  उहाँलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका कार्यवाहक राजदूत..

    महीनादेखि जारी कर वृद्धि विरुद्धको आन्दोलन फिर्ता, सहमतिपत्रमा हस्ताक्षर

    बिहिवार, असोज १८, २०७५ साल
    लहान, १८ असोज : मिर्चैया नगरपालिकाले कर वृद्धि गरेको विरोधमा विगत एक महीनादेखि जारी आन्दोलन फिर्ता भएको छ ।  नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिबीच दुई बुँदे सहमतिपश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएको हो ।  आन्दोलनरत पक्षका सम्पूर्ण मागमा नगरपालिकाले छलफल गरी कर, राजश्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संशोधित विषयवस्तुको कार्यान्वयन गराउन नगरसभाबाट अनुमोदन गराई मङ्सिर ५ गतेभित्र कार्यान्वयन गरिने सहमति भएको वार्ता..

    नेकपा एकताकाे एक वर्ष : ओली सरकारको गफ चुस्त, काम सुस्त !

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौं, १८ असोज  नेपाल भ्रमणमा रहेकी चर्चित भारतीय अभिनेत्री जुही चावलाले केही दिनअघि नाक छोपेको तस्वीर सामाजिक सञ्जालमा राख्दै लेखिन्–‘काठमाडौंमा हामी कार पर्खिरहेको बेला कति धेरै धूलो, कति धेरै सवारी, पेट्रोल र डिजेलको धुवाँ कति धेरै आकाशमा ! हामीले अनुहार ढाक्नु परेको छ । यहाँका मानिसहरू हरेक दिन सर्जिकल मास्क लगाएर हिँड्छन् ।’ सामाजिक सञ्जाल ट्वीटरमा उनलाई प्रतिक्रिया दिइयो– ‘दिल्ली भन्दा त..

    आपराधिक घटना घट्न नदिन चाडपर्वमा २४सै घण्टा विशेष सुरक्षा योजना

    बिहिवार, असोज १८, २०७५ साल
    कञ्चनपुर, १८ असोज  नजिकिँदै गरेका दशैँ र तिहारलगायत चाडपर्वमा सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन र आपराधिक घटना घट्न नदिन जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ ।  योजनाअनुसार २४सै घण्टा प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको र मातहतका एकाइका संवेदनशील स्थान, सीमा नाका, तथा राजमार्गमा पनि कडाइका साथ जाँच गर्नाका साथै राजमार्ग, बजार क्षेत्रमा मोबाइल गाडी, मोटरसाइकल र साइकलबाट गस्तीको व्यवस्था मिलाइएको प्रहरी..

    कोस्टारिकाको औपचारिक भ्रमण सकेर पुन: न्यूयोर्क पुगे प्रधानमन्त्री ओली

    बुधबार, असोज १७, २०७५ साल
    न्यूयोर्क, १७ असोज प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क आइपुगेका छन् । कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधामन्त्री ओली सान होजे गएका थिए । उनले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि ग्रहण गरेका थिए । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी..

    ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौं, १७ असोज   ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणका प्रतिवादी प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा भएको छ ।  सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले थुनामा पठाएका एसएसपी लोहनी र एसपी लोहनी उच्च अदालतको आदेशानुसार साधारण तारेखमा रिहा भएपछि गृह मन्त्रालयले निलम्बन फुकुवा गरेको हो ।  गृहसचिव प्रेमकुमार..

    दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने र बढी भाडा लिनेको अनुगमन शुरु

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ ।  अनुगमन गरी कारवाहीको अभियान बुधबारदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए । सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आजदेखि आफैँ अनुगमनमा निस्किएको उनले सुनाए ।  विभागको नेतृत्वमा बुधबार नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ ।..

    अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा, सर्वोच्चको ग्यारेज राख्ने विषय आपत्तिजनक

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज  विभिन्न दृष्टिकोणले महत्वपूर्ण कागजातलाई अभिलेखका रुपमा व्यवस्थित एवं सुरक्षित तरिकाले राख्न स्थापना गरिएको राष्ट्रिय अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा परेको छ । मन्त्रिपरिषद्ले विसं २०७१ वैशाख २४ गते गरेको निर्णयअनुसार अभिलेखालय रहेको रामशाहपथस्थित भवन सर्वोच्च अदालतका लागि खाली गर्नुपर्नेछ । राष्ट्रियरुपमा महत्वपूर्ण दस्तावेज रहेको यो भवन सर्वोच्चको ग्यारेज बनाउन पटकपटक पत्राचार भइसकेको छ । मन्त्रिपरिषद्ले अभिलेखालयलाई नारायणहिटी दरबार सङ्ग्रहालयमा सार्ने..

    प्रधानमन्त्री र गृहमन्त्रीका उस्तैउस्तै कुरा - 'निर्मलाको हत्यारा पत्ता लगाउन वर्षौं लाग्नसक्छ'

    बुधबार, असोज १७, २०७५ साल
    चितवन, १७ असोज केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका पुगेका बेलामा पनि निर्मला हत्या प्रकरणको प्रश्नले लखेटेको थियो । अमेरिकामा अन्तरवार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्याको प्रश्नको सामना गर्नुपर्‍यो । प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बलात्कार र हत्या सरकारले गरेको होइन भन्दै यस्ता कतिपय घटनामा अपराधीहरु पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने बताएका थिए । प्रधानमन्त्री ओलीले भने- ‘हरेक..

    घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको पहलमा नयाँ अभियान : गृहमन्त्री थापा

    बुधबार, असोज १७, २०७५ साल
    चितवन, १७ असोज  गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन् ।  प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताएका हुन् ।  देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र सात हजारभन्दा बढी वडा कार्यालय रहेको भन्दै उनले विद्यालय र वडा..

    जनप्रतिनिधि देश र जनताका लागि उत्तरदायी हुनुपर्ने – मुख्यमन्त्री राई

    बुधबार, असोज १७, २०७५ साल
    विराटनगर, १७ असोज  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको बुधबार यहाँ उद्घाटन गर्दै उनले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भने ।  मुख्यमन्त्री राईले प्रदेश र स्थानीय तहबीच नीतिगत तालमेल हुनुपर्ने..

    उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै स्थानीयद्वारा गाउँपालिकामा तालाबन्दी

    बुधबार, असोज १७, २०७५ साल
    रुकुम, पश्चिम, १७ असोज  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले बुधबार बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।  विसं २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइरहेका छन् । लाइन जोड्न माग गर्दै बेतखोलाका स्थानीयले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेकामा माग पूरा नभएपछि कार्यालयमा तालाबन्दी..

    प्रधानमन्त्रीको कोस्टारिका भ्रमण सम्पन्न, स्वदेश फर्कने क्रममा आज न्यूयोर्क

    बुधबार, असोज १७, २०७५ साल
    न्यूयोर्क, १७ असोज  प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क आइपुग्नुभएको छ ।  प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाको भ्रमणमा जानुभएको थियो । उहाँका साथमा धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ । प्रधामन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग दुई पक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले सान होजेमै..

    २०२० को डीभी भिसामा एक नयाँ परिवर्तन ! आवेदन आज रातिबाट खुल्दै, कसरी भर्ने ?

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौं, १७ असोज  अमेरिकी डीभी भिसा कार्यक्रम २०२० का लागि बुधबार रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार बुधबार राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । दूतावासले डीभी चिट्टा बुधबार रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने जनाएको छ । डीभी भर्न कन्सल्टेन्टहरुको सहयोग लिने क्रम बढिरहेका..

    उदयपुरकि १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने ५ बलात्कारीलाई १० बर्ष जेल

    बुधबार, असोज १७, २०७५ साल
    गाईघाट, १७ असोज  उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजाय पाउने चारै जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको..

    प्रधानमन्त्री ओली कोस्टारिकाको सान होजेबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान

    मंगलवार, असोज १६, २०७५ साल
    सानहोजे , १६ असोज : प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको सान होजेबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।  नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनमा भाग लिई यही असोज १४ गते कोस्टारिका आइपुग्नु भएको थियो । कोष्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा उहाँ यहाँ आइपुग्नुभएको थियो ।  प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका..

    निर्मलाको दोषीलाई कारबाहीको माग राख्दै विद्यार्थी आन्दोलित, सरकारी कार्यालय र गाडी तोडफोड

    मंगलवार, असोज १६, २०७५ साल
    कञ्चनपुर, १६ असोज बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाही माग गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनद्वारा मंगलबार कञ्चनपुर बन्द गरिएको छ।  बन्दको अवज्ञा गरेको भन्दै सरकारी कार्यालयमा तोडफोड पनि भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका तीन सरकारी कार्यालयमा नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरूले तोडफोड गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय र..
    Weather Forecast