सोमबार, आषाढ २९, २०७७

    राज्य-समाज

    साढे ११ हजार युवालाई सरकारी जागिरको अवसर

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ । सरकारले लोकसेवा आयोगमार्फत भर्ना गरेर स्थानीय तहमा ११ हजार चार सय ९२ कर्मचारी पठाउने तयारी थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा बाधाअड्काउ फुकाउने प्रस्ताव पेश गरेर पारित गराएपछि आगामी बुधबारसम्म फारम खुलाउने तयारीमा आयोग छ । सरकारले गत चैतमा स्थानीय तहमा स्वीकृत ६६ हजार नौ सय आठ दरबन्दीमध्ये ४३ हजार आठ सय सात दरबन्दीमा..

    सरकारबारे निर्णय लिन समाजवादी पार्टीलाई सकस

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ । सत्तारुढ दल समाजवादी पार्टी नेपाललाई सरकारबारे निर्णय लिन सकस परेको छ । फोरम नेपाल र नयाँ शक्ति पार्टी एकताबाट बनेको समाजवादीको बैठक बस्न नसक्दा निर्णयमा पुग्न समय लागेको नेताहरूले बताएका छन् । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका अध्यक्ष उपेन्द्र यादव सरकारलाई संविधान संशोधनका लागि अल्टिमेटम दिने र माग सम्बोधन नभए मात्रै सरकारबाट बाहिरिने पक्षमा हुनुहुन्छ भने..

    मौसम पूर्वानुमान महाशाखा - ३ दिनसम्म हावाहुरीसहित वर्षा

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौं,  ९ जेठ ।  देशका अधिकांश भूभागमा बिहीबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले देशका पश्चिमी र मध्य भूभागमा र पूर्वी भूभागका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ । देशका पश्चिमी र मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको..

    आरुबोटे हत्याकाण्ड : स्थलगत अनुसन्धान जारी, शव परीक्षण सम्पन्न

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    पाँचथर, ८ जेठ ।  सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घट्नाको प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले स्थलगत अनुसन्धान जारी राखेको छ । प्रहरी वरिष्ठ उपरीक्षक उमा चतुर्वेदी नेतृत्वको एउटा टोली घट्नास्थलमा प्राप्त..

    बाध्यताकोे वैदेशिक रोजगारी अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम : मन्त्री विष्ट

    बुधबार, जेष्ठ ८, २०७६ साल
    रुपन्देही, ८ जेठ ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगरीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ ।    मन्त्री विष्टले रोजगारी देशको प्रमुख मुद्दा बनेकाले बेरोजगारी न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्न तीनवटै तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धमा बुटवलमा आज आयोजना..

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता, सरकारलाई झट्का

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिकरणका लागि आएको राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता गरेकी छिन् । असोज दोस्रो साता प्रतिनिधि सभाबाट पारित भएको विधेयक संविधानको धारा १११ (५) प्रयोग गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो । राहदानी विधेयक २०७५ का कतिपय बुँदाहरुले नेपाली नागरिकलाई राहदानी दिन रोक्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाएको थियो..

    वन क्षेत्र अतिक्रमणले मानव–वन्यजन्तु द्वन्द बढ्दै, ५ प्रजातिमा बढी समस्या

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ   वन क्षेत्रको अतिक्रमणले वन्यजन्तु बासस्थानको विनाश हुनाका साथै वन्यजन्तुको आहारामा समेत कमी आउँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।   मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले वन्यजन्तु आफ्नो बासस्थान छोडी गाउँ बस्तीमा पस्ने क्रम बढेको देखिन्छ ।   यसबाट वन्यजन्तुका अतिरिक्त निकुञ्ज र आरक्ष वरिपरि बसोबास गर्ने समुदायको..

    ब्रुमरले भण्डार गरेको धुलो कहाँ लगेर फालिन्छ ?

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौं, ८ जेठ काठमाडौंको सडक धूलोमुक्त बनाउन काठमाडौं महानगरपालिकाले पाँच वटा ब्रुमर सञ्चालनमा ल्याएको थियो । काठमाण्डाै महानगरपालिकाले  यान्त्रिक कुचो अर्थात ब्रुमरको प्रयोग गर्न थालेपछि सडकको धुलो केही कम भएको देखिन्छ ।   अहिले काठमाडौँको अवस्था बाटोमा हिँड्दा धुलोले उकुसमुकुस पार्ने किसिमको पहिलको जस्तो अवस्था भने अहिले छैन । काठमाडौँ महानगरपालिकाले सडकको धुलो कम गर्न यान्त्रिक कुचो अर्थात ब्रुमर प्रयोग गर्न थालेको दुई महिना भयो..

    निर्मलाकी आमाले बुझिन् राहत

    बुधबार, जेष्ठ ८, २०७६ साल
    कञ्चनपुर, ८ जेठ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमाले सरकारले दिने भनेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । निर्मलाको परिवारलाई स्थानीय सरकारले ३ लाख, प्रदेश सरकारले ५ लाख र संघीय सरकारले १० लाख गरी १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । तर, निर्मलाको परिवारले वास्तविक हत्यारा सार्वजनिक नहुँदासम्म राहत नबुझ्ने अडान लिदै आएका थिए ।  तीन..

    प्रतिनिधिसभा बैठक : राजश्वका क्षेत्रमा प्रभावकारितादेखि प्रहरी समायोजन विधेयकसम्म

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ ।   प्रतिनिधिसभाको बुधबारको बैठकले ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो ।  विधेयमाथिको सैद्धान्तिक पक्षको छलफलमा सांसद भरतकुमार शाह, प्रेम सुवाल, दीव्यमणि राजभण्डारी, रामकुमारी झाँक्री, राजेन्द्रकुमार केसी, उमा रेग्मी, पुष्पा भुषाल र प्रमोद..

    सरकारले जनतालाई सन्तुष्ट गर्न सकेन : नेता पौडेल

    बुधबार, जेष्ठ ८, २०७६ साल
    कैलाली, ८ जेठ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेतारामचन्द्र पौडेलले वर्तमान सरकारले जनतालाई सन्तुष्ट गर्न नसकेको विचार व्यक्त गर्नुभएको छ ।नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले  जनतामा आश्वासन धेरै बाँडेको , समृद्धिको यात्रालाई पनि अगाडि बढाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको कुरा नसुन्नु नै सरकारको प्रमुख कमजोरी हो भन्नुभयो । “अर्काको कुरा सुनिदिएर..

    सडक र बस्ती नजिकका पेट्रोल पम्प हटाउन महानगरको अनुगमन

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ  ।  काठमाडौँ महानगरपालिकाले साझेदार निकायको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । १५ दिन लगाएर गरिएको अनुगमनमा मुख्य गरी बालाजू, कलङ्की, कालीमाटीलगायत स्थानमा रहेका पम्पको अनुगमन गरिएको महानगरले जनाएको छ ।    हाल सञ्चालनमा रहेका धेरै पम्प मानिसको बस्ती नजिक र सडकबाट पनि अत्यन्तै नजिक रहेकाले अनुगमन गरी वास्तविकता पत्ता लगाउन अनुगमन गरिएको महानगरको सहरी सुशासन विभागका प्रमुख हरि कुँवरले..

    नेकपा सांसदबाटै संशोधन हालेर मिडिया विधेयक संविधान अनुकुल बनाउँछौँः नेम्वाङ

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ । सत्तारुढ नेकपाका संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले मिडिया काउन्सिल विधेयक संशोधन हुने बताउनुभएको छ ।  नेपाल पत्रकार महासंघले बुधबार संसदमा दर्ता भएको प्रस्तावित मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतामा बन्देज लगाउने भन्दै संशोधनका लागि नेम्वाङलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै नेम्वाङले विधेयकमा संशोधन हुनेमा शंका नगर्न आग्रह गर्नुभयो । नेकपा सांसदबाटै संशोधन हालेर विधेयक परिमार्जन गरि..

    बलात्कार मुद्दाका आरोपी अस्पतालबाटै फरार

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौं, ८ जेठ ।  बलात्कार अभियोगमा पक्राउ परेका एक व्यक्ति अस्पतालबाटै भागेका छन् । स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुर्याइएका १६ वर्षीय पदम श्रेष्ठ भाग्न सफल भएका हुन् ।  बलात्कार अभियोगमा महाराजगन्ज प्रहरीले मंगलबार पक्राउ गरेका श्रेष्ठ मंगलबार राति भागेको प्रहरीले जनाएको छ । निगरानी नपुगेकाले अभियुक्त भागेको प्रहरीले स्वीकारेको छ ।..

    EPS मार्फत कोरिया जानका लागि ३ जिल्लाको ३२ ठाउँमा परीक्षा केन्द्र तोेकियो

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ ।  यसपटक ईपीएसको परिक्षा काठमाडौं, ललितपुर-काठमाडौं र कास्कीको पोखरा गरी ३ ठाउँमा संचालन गरिने भएको छ । ईपीएस मार्फत सन २०२० मा दक्षिण कोरिया जानका लागि आवेदन दिएका विद्यार्थीले दिने परीक्ष केन्द्र निर्धारण भएको हो ।  आगामी जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका तीन जिल्लको ३२ ठाउँमा परीक्षा केन्द्र तोेकेको छ ।..

    पार्टी निर्णयप्रति असन्तु्ष्ट अनेरास्ववियुका सह–संयोजक तामाङले जिम्मेवारी स्वीकारे

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का सह–संयोजक रञ्जित तामाङले गृहजिल्ला पुगेर आफ्नो जिम्मेवारी स्वीकार गर्नुभएको छ । पार्टीले गतसाता गरेको निर्णयप्रति असन्तुष्ट रहेका तामाङले पार्टी एकतालाई पूर्णता दिन  जिम्मेवारी स्वीकार गर्ने बताउनुभएको हो ।    मैले परिवारभन्दा माथि प्रचण्डलाई मानेको थिएँ, उहाँकै आदेश मानेको थिएँ तर ममाथि अन्याय भयो   गृहजिल्ला झापा पुगेर उहाँले आफूमाथि अन्याय गरेको भन्दै फरक जिम्मेवारी..

    प्रहरीसँगको मुठभेडमा गोली लागेका घाइते विप्लवका कार्यकर्ताको मृत्यु

    बुधबार, जेष्ठ ८, २०७६ साल
    भोजपुर,  ८ जेठ ।  भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।   गोली लागेर गम्भीर घाईते भएका तीर्थराज घिमिरेको उपचारकाे क्रममा मृत्यु भएको हो । मंगलबार साँझ भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्गमा प्रहरीले उनीमाथि गोली चलाएको थियो । गस्तीमा रहेका बेला विप्लवा कार्यकर्ताले आफुहरुमाथि गोली चलाएकाले जवाफी कार्वाही गर्दा उनलाइ गोली लागेको..

    विप्लव समूहका भेरी ब्यूरो सदस्य जैशी पक्राउ, हिरासतमा राखेर अनुसन्धान

    बुधबार, जेष्ठ ८, २०७६ साल
    जाजरकोट, ८ जेठ : नेत्रविक्रम चन्दको नेतृत्वको विप्लव समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन् । मङ्गलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ । कुशे गाउँपालिका–२ घर भई विप्लव समूहमा लागेर विभिन्न गतिविधि गर्दै आएका जैशीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाको शान्ति सुरक्षामा दक्खल पु¥याएको भन्दै उनलाई पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताउनुभयो । यसभन्दा अगाडि विप्लव..

    न्यून जोखिम र अति जोखिमको नक्शाङ्कन र पहिचान गर्दै कामपा

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको न्यून जोखिम र अति जोखिमको नक्शाङ्कन तथा विपत्तिका समयमा हुनसक्ने क्षति पहिचान गर्ने काममा लागिरहेको बताउनुभएको छ ।  नेपाल रेडक्रस सोसाइटीले मंगलबार यहाँ आयोजना गरेको ‘विपत्को समीक्षा र अनुभव आदानप्रदान तथा आगामी कार्ययोजना’ विषयक अन्तरक्रियामा उहाँले विपत्को सामनाका लागि महानगरले न्यून जोखिम र अति जोखिमको नक्शाङ्कन तथा विपत्तिका समयमा हुनसक्ने क्षति पहिचान..

    प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    रुपन्देही, ७ जेठ प्रदेश सरकारले प्रदेश नं ५ को आगामी आर्थिक वर्ष ०७६-७७ को नीति कार्यक्रम स्वीकृत गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा  कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेश गर्नका लागि प्रदेश प्रमुख उमाकान्त झासमक्ष अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।  “प्रदेश योजना आयोगले बनाएको आवधिक योजनालाई आधार..

    एकै विचार र एकै पृष्ठभूमि भएका जोसुकैसँग पनि पार्टी एकता हुन सक्छ : झलनाथ खनाल

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    इलाम, ७ जेठ ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ महिनाभित्रै पार्टीका सबै एकीकरण सकिने बताउनुभएको छ । उहाँले पार्टीको तल्लो तहसम्म एकीकरण गर्न धेरै समय लागेकाले अब तदारुकताका साथ एकीकरणको काम भइरहेको उल्लेख गर्नुभयो ।    नेकपाका जिल्ला तहका पदाधिकारीलाई मङ्गलबार  शपथ ग्रहण गराउन यहाँ आउनुभएका उहाँले दुई धारका दुई कम्युनिस्ट पार्टी एकीकरण ऐतिहासिक भएको बताउनुभयो । उहाँले..

    लागुऔषध नियन्त्रण मार्गदर्शन : स्थानीय तहबाटै नीति र योजना

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौँ, ७ जेठ ।  सङ्घीय राज्य प्रणालीअनुसार सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने सरकारी नीति अनुरुप अब स्थानीय तहले लागुऔषध नियन्त्रण सम्बन्धीको थप महत्वपूर्ण जिम्मेवारी पाएको छ ।  लागुऔषध नियन्त्रण ऐन २०३३ ले दण्डनीय गरेको लागुपदार्थ ओसारपसार, बिक्री वितरण प्रयोग र सञ्चय जस्ता गतिविधि नियन्त्रणका लागि स्थानीय तहले नै कार्याक्रम सञ्चालन गर्ने गरी सरकारले ‘मार्गदर्शन’ तयार पारेकाले स्थानीय तहमा जिम्मेवारी थपिएको हो ।    हरेक..

    सांसदद्वारा पाँचथर घटनाका दोषीलाई कारबाहीको माग

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौँ, ७ जेठ प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको  घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गर्नुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दाेष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।  उहाँले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह..

    सांसद अमनलाललाई कुलमानको प्रष्टोक्ति - भ्रष्टाचार प्रमाणित भए झुण्डिन्छु

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौं, ७ जेठ । संसदीय समितिमा सांसद तथा नेकपा नेता अमनलाल मोदी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिच सवाल जवाफ भएको छ ।  ट्रङ्क र डेडिकेटेड लाइनका विषयमा पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले गरेको वालिङका सवालमा छलफल गर्नको लागि ऊर्जा मन्त्रालय र प्राधिकरणको नेतृत्वलाई लेखासमितिले बोलाएको हो । सांसद मोदीले नीतिगत भ्रष्टाचार प्राधिकरण नेतृत्वबाट भएको आरोप र घिसिङले काम गर्न..

    यसरी खुल्यो लोकसेवालाई विज्ञापन गर्ने बाटो, ११ हजार पदपूर्ति गर्ने तयारी

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौँ, ७ जेठ  मन्त्रिपरिषद् बैठकले लोक सेवाको बाधा अड्काऊ फुकाऊ प्रस्ताव पारित गरेको छ । स्थानीय तहमा आवश्यक साढे ११ हजार बढी कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको प्रस्ताव पारित भएको स्रोतले बताएको छ । मन्त्रिपरिषद बैठकको निर्णय भने सरकारका प्रवक्ताले केही दिनपछि सार्वजनिक गर्नेछन् ।  सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय..

    बर्डफ्लुबाट एक नेपालीको मृत्यु भएपछि एक सय ७२ जनाको नमुना जापान पठाइयो

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौँ, ७ जेठ  नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ । जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार एक मिटरको दूरीमा पनि धेरैपटक आवतजावत भएपछि मात्रै यो भाइरस सर्छ । तर, हालसम्म मान्छेबाट मान्छेमा बर्डफ्लु सरेको..

    ठगी आरोपित हस्तबहादुरद्वारा हिरासतबाटै पीडितलाई धम्की

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौँ, ७ जेठ ठगी आरोपमा पक्राउ परेका सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ स्थायी घर भई हाल ललितपुर बस्दै आएका हस्तबहादुर विश्वकर्माले हिरासतबाटै धम्की दिने गरेको पीडित रामकुमार बोहराले बताउनुभएको छ । बैंकको चेक दिने र त्यहि चेक रोक्का गर्ने तथा रकम फिर्ता माग्दा वास्ता नगरि फरार भएपछि उजुरी दिएको बोहराले बताउनुभयो ।  विश्वकर्माविरुद्ध बैकिङ कसुरको अभियोगमा पाटन उच्च अदालतमा मुद्धा चलिरहेको र म्याद थप..

    देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ?

    सोमबार, जेष्ठ ६, २०७६ साल
    काठमाडौं, ६ जेठ  नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले छायाँ सरकारको समिति गठन गरेका छन् । सभापति देउवाले नेपाली कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका हुन् ।  १. उर्जा, जलस्रोत तथा सिंचाई माननीय ज्ञानेन्द्र बहादुर कार्की, संयोजक माननीय सत्यनारायण खनाल माननीय ज्ञानकुमारी छन्त्याल २...

    तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा

    सोमबार, जेष्ठ ६, २०७६ साल
    काठमाडौं, ६ जेठ । गृहमन्त्री रामबहादुर थापाले तस्कर र भष्ट्राचारीलाई  निस्तेज पार्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित कार्यक्रममा थापाले  राष्ट्र र नागरिकको सफलतापूर्वक सुरक्षा गर्ने नेपाल सरकारको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै यस्तो जिम्मेवारीका लागि सहि सूचना संकलन गर्नुपर्ने बताउनुभयो । कुनै पनि अपराधीलाई नियन्त्रण गर्न ठोस सूचना आवश्यक रहेको बताउँदै उहाँले सहि सूचना, यथार्थ एवम् ठोस..

    संविधानविपरित संसदमै मृत्युदण्डको माग

    सोमबार, जेष्ठ ६, २०७६ साल
    काठमाडौँ, ६ जेठ ।  नेपालको संविधानअनुसार कुनै पनि अपराधमा मुत्यृदण्ड वा फाँसी दिन पाँइदैन । तर, सोमबारको प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले मृत्युदण्ड विषय उठान गर्नुभएको छ ।  ‘सार्वजनिक संस्थान डुबाउनेको अपराध हेरीकन मृत्यदण्डको सजायसमेत दिनुपर्छ’ उनको भनाइ छ ।  औद्योगिक व्यवसाय विधेयकमाथि दर्ता गरेको विरोधको सूचनाबारे धारणा राख्दै सुवालले लघु, घरेलु र साना उद्योग..
    Weather Forecast