शुक्रबार, मंसिर २०, २०७६

    राज्य-समाज

    प्रदेशसभामा राजधानी अध्ययन समितिको प्रतिवेदन पेस : प्रदेश ३ को ५ जिल्ला राजधानी तोक्न सिफारिस

    सोमबार, असोज २२, २०७५ साल
    हेटौंडा, २२ असोज  प्रदेश ३ को सोमबार बसेको प्रदेशसभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस भएको छ ।  उपयुक्तताको आधारमा प्रदेश राजधानी सिफारिस गर्न गठित विशेष समितिका सभापति दीपक निरौलाले प्रतिवेदन सभामा प्रस्तुत गरेका हुन् । उनले प्रतिवेदनमा राजधानीका लागि उपयुक्त भनी सिफारिस गरिएको जिल्लाको जिल्लागत विवेचना र विश्लेषण राखिएको बताए । राजधानीको विषय देशको विकास र जनताको सेवालाई हेरेर..

    जिल्ला कारागार डडेल्धुरामा कैदीले ७ बुँदे माग राखेर आमरण अनशन थाले

    सोमबार, असोज २२, २०७५ साल
    पर्शुराम, २२ असोज  जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै आईतबारदेखि आमरण अनशन थालेका छन् ।  डाका चोरी मुद्दाका कैदीबन्दी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देवीसिंह ऐरले ७ बुँदे माग राखेर आमरण अनशन शुरु गरेका हुन् । चालचलन ठिक भएका तथा सुधारोन्मुख अवस्थामा रहेका कैदीबन्दीलाई ६० प्रतिशत माफी मीनाहाको पुरानै व्यवस्थालाई यथावत राखी लागू गरिनुपर्ने, प्रहरी सङ्गठनमा मौलाउदै गएको..

    सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनता पार्टी (राजपा)को चेतावनी

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौं, २२ असोज राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र मधेस थरुहट आन्दोलनसँग सम्बन्धी मुद्दा समाधान गर्ने प्रतिवद्धता जनाएपछि सरकारलाई सर्मथन गरेको थियो । तर, प्रतिवद्धता पुरा नभएको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राजपाले आफूसँग भएको सहमति सरकारको प्राथमिकतामा नपरेको गुनासो..

    नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विकास गरिने सभामुख महराको भनाई

    सोमबार, असोज २२, २०७५ साल
    लमही, २२ असोज सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताएका छन् ।  सोमबारदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताए । “दुवै विमानस्थल सञ्चालनमा आउँछन्”, उनले भने ।  उनले तुलसीपुर विमानस्थलमा केही समयमै अस्थायी हवाई इन्धन डिपो सञ्चालनमा ल्याइने बताए । यसले विमानस्थल नियमित बनाउन..

    प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर भएको नेता शेखर कोइरालाको भनाई

    सोमबार, असोज २२, २०७५ साल
    चितवन, २२ असोज नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन् ।  सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताए । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका काङ्ग्रेसले निर्वाह गर्न नसकेको बताए । उनले भने, “नेपाली काङ्ग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ ।” उनले संसदीय दल कमजोर..

    आयोगमा रिक्त पदको दरबन्दी विवरण लोकसेवा आयोगलाई पठाउन ढिलाइ

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको विभिन्न निकायमा पदपूर्तिका लागि आवश्यक दरबन्दी विवरण लोकसेवा आयोगलाई उपलब्ध गराउन ढिलाइ गरेको छ ।    आगामी असोज ३१ गतेबाट आयोगले नयाँ पदपूर्तिका लागि विज्ञापन गर्ने वार्षिक कार्यतालिका भए पनि मन्त्रालयले विवरण उपलब्ध गराउन ढिलाइ गरेको आयोगका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए । मन्त्रालयका ढिलाइका कारण पदपूर्तिका लागि रिक्त पदमा विज्ञापन गर्नसमेत समस्या..

    कांग्रेसद्वारा सरकारलाई आग्रह : निजगढमा रुख नकाट, बुढीगण्डकी स्वदेशी पूँजीमै बनाऊ

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौं, २२ असोज नेपाली कांग्रेसले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल बाराको निजगढमा जंगलको रुख तत्काल नकाट्न आग्रह गरेको छ । आइतबार राति सकिएको पार्टीको बैठकले विमानस्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाको रुख काट्न लागिएको भन्दै कांग्रेसले यसमा आफूहरुको विमति रहेको बताएको छ । ‘विमान स्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति नेपाली कांग्रेसको गम्भीर विमति छ । आवश्यक..

    नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी, नेता नेपालको असन्तुष्टिमा पनि छलफल हुने

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज  नेपाल कम्युनिष्ट पार्टीको को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा आफ्नो सम्बोधन र कोस्टारिकाको भ्रमण सफल भएको जानकारी दिएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा भ्रमणका अवसरमा विभिन्न मुलुकसँगको द्वैपक्षीय सम्बन्ध विस्तारसमेत भएको जानकारी दिएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए..

    काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक : नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज  नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औँ महाधिवेशनदेखि कायम छ । नेविसङ्घमा प्रमुख विवादका रूपमा देखिएको सो व्यवस्था टुङ्गिएसँगै..

    निर्मला हत्या प्रकरणः थप २ प्रहरी निलम्बित, अनुसन्धान जारी, बढ्दो जनआक्रोश

    सोमबार, असोज २२, २०७५ साल
    भीमदत्तनगर, २२ असोज : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् । चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् । उनीहरुको गतिविधि शंकास्पद भएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए । यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र..

    एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय अब प्रदेश नं ३ को मातहतमा

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज  : केन्द्रीय सरकारको मातहतमा रहेको एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा आएको छ । चालु आवदेखि नै उक्त कार्यालय प्रदेशअन्तर्गतमा आएको भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको थिएन ।  भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले उक्त कार्यालयको  उद्घाटन गर्दै सेवाग्राहीको अधिकारलाई प्राथमिकतामा राखेर यातायातसम्बन्धी विधेयक चाँडो प्रादेशिक संसदमा पेश गर्न लागिएको जानकारी दिए । उनले भने,..

    स्थानीय तहका विकासका काम पारदर्शी र कानूनका अधीनमा रही गर्न अख्तियारको आग्रह

    आईतवार, असोज २१, २०७५ साल
    रसुवा, २१ असोज  विकास निर्माणसम्बन्धी सम्पूर्ण बजेट स्थानीय तहबाट खर्च हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब भ्रष्टाचार न्यूनीकरणका लागि सो तहका पदाधिकारीलाई सचेतना गराउने कार्य शुरु गरेको छ ।  आयोगको कार्यालय हेटौँडाले आईतबार धुञ्चेमा रसुवाका पाँच गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसमेत भेला गराई स्थानीय तहमा गरिने सबै खाले विकासका काम पारदर्शी र ऐन कानूनका अधीनमा रही अगाडि बढ्न..

    स्वतन्त्र मधेसको वकालत गर्दै आएका सीके राउत रौतहटबाट पक्राउ

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौं, २१ भदौ स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीका कार्यालय रौतहटले राउतसहित ३ जनालाई आइतबार नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए। ‘उनीहरूसँग सोधपुछ भइरहेको छ,’ थापाले भने। राउत मधेस छुट्टै देश बनाउनुपर्छ भन्दै अभियान चलाइरहेका छन्। यसअघि पनि प्रहरीले उनलाई पटक पटक नियन्त्रणमा..

    आईजीपी सर्वेन्द्र खनाल भन्छन्– गल्ती गर्ने प्रहरीलाई कडा भन्दा कडा कारवाही हुन्छ

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौं, २१ असोज  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताएका छन् ।  प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज यहाँ आयोजित समापन कार्यक्रममा उनले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताए । “ सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन”, उनले..

    नेकपाको प्रदेश नं ३ संसदीय दलको बैठकमा राजधानीको विषयले प्रवेश पाएपछि ...

    आईतवार, असोज २१, २०७५ साल
    हेटौँडा, २१ असोज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नं ३ संसदीय दलको बैठकमा प्रदेशको राजधानीको विषयले प्रवेश पाएको छ ।  उक्त दलको मुख्यमन्त्री निवासमा आइतबार बसेको बैठकमा सो प्रस्तावबारे छलफल भएको दिँदै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानीको विषयले अब सांसदमा पनि प्राथमिकता पाउने बताए ।  उनले यो विषयमा अहिले सबैको चासो भएकाले छिटै प्राथमिकतामा राखिने धारणा व्यक्त गरे ।..

    पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि, अब मासिक २४ हजार ३ सय ७५ रुपैयाँ

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौं, २१ असोज सरकारले पत्रकारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले पत्रकारहरूको न्यूनतम पारिश्रमिक १९ हजार ५ सयबाट बढाएर २४ हजार ३ सय ७५ पुर्‍याएको हो । साथै बैठकले उखु किसानहरूको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल पनि गठन गरेको छ ।..

    जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौं, २१ असोज  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते जनकपुर आउने भएका छन् ।   प्रधानमन्त्री मोदी रेलको उद्घाटन गर्नुको साथै जनकपुरमा हुने विवाहपञ्चमीमा पनि सहभागी हुने गरी आउन लागेको भारतीय दूतावास स्रोतले जनाएको छ । भारतबाट उनी बराती (जन्ती) भएर आउने भएका छन् ।  नेपाल भारत जोड्ने एकमात्र रेल जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउने भएका हुन् ।  विवाहपञ्चमीको दिन भारतबाट..

    प्रधानमन्त्री केपी ओलीबाट कुलपति उप्रेतीले लिए पद तथा गोपनीयताको शपथ

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौँ, २१ असोज प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष उक्त प्रतिष्ठानका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी आजै उक्त पदमा नियुक्त भएका थिए । सोही अवसरमा कुलपति उप्रेतीले नवनियुक्त सदस्यसचिव जगप्रसाद उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई वर्तमान परिवर्तित समयअनुसार गतिशील र..

    काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै, विद्यार्थी सङ्घ र पार्टीको विधान लगायतका विषयमा छलफल हुने

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौँ, २१ असोज  नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आईतबार बस्दैछ ।  बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधन मस्यौदा समिति संयोजक एवं महामन्त्री..

    वातावरण संरक्षण र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ : राष्ट्रपति

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौँ, २१ असोज  राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताएका छन् । एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा यहाँ आईतबार आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो जनसङ्ख्या र शहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ आइपर्दा वातावरण संरक्षणमा गम्भीर चुनौती थपिएकाले सम्बद्ध पक्षले सो विषयमा यथोचित ध्यान..

    इटहरीमा प्रदेश १ को नामाकरण तथा राजधानीबारे प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया

    आईतवार, असोज २१, २०७५ साल
    इटहरी, २१ असोज : नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवं छलफल सम्पन्न गरेको छ ।  अन्तरक्रियात्मक कार्यक्रममा प्राज्ञ उपानाथ रिजाल, सञ्चारकर्मी जनकऋषि राई, अध्ययता मोहन तिम्सिना, विजय लिम्बू र सत्यनारायण राजधामीले प्रदेश नं १ को नाम कोशी, सगरमाथा, चोमोलोङमा, किरात, थरूहट आदि राख्न उपयोगी हुने तर्क एवं सान्दर्भिकता हुने..

    खाँडाचक्रमा सिसी क्यामेरा, मुख्यमन्त्री शाही भन्छन् - सरकारको प्रतिपक्षी भनेकै गरिबी हो

    शनिबार, असोज २०, २०७५ साल
    सुर्खेत, २० असोज  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताएका छन् ।  कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उनले स्थानीय तथा प्रदेश तहको विकासमा मुख्य बाधक गरिबी नै भएकाले र यसविरुद्ध जुध्नु हामी सबैको साझा दायित्व भएको बताए ।  मुख्यमन्त्री शाहीले भने, “गरिबी बिरुद्ध लाग्न हरेक नागरिक आत्मनिर्भर बन्ने लक्ष्यका साथ..

    नेता उपलब्ध हुने देखिएपछि काङ्ग्रेस केन्द्रीय समिति बैठक असोज २१ गते सर्यो

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौँ, १९ असोज नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २२ गतेका लागि बोलाइएको बैठक असोज २१ गतेका लागि सारिएको छ ।  शुरुमा असोज १९ गतेका लागि निर्धारण गरिएको बैठक पार्टीका धेरै केन्द्रीय नेताहरु काठमाडौँबाहिर रहेकाले असोज २२ गतेका लागि सारिएको थियो । पछि नेता उपलब्ध हुने देखिएपछि असोज २१ गतेका लागि बैठक तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।  बैठकमा पार्टीको..

    पप्पु कन्सट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा : सांसद रौनियार पदबाट स्वतः निलम्बित

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौं, १९ असोज  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमाथिको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको उजुरीमाथि अनुसन्धानबाट पुल निर्माणमा आर्थिक अनियमितता भएको देखिएपछि..

    लेखा अधिकृतलाई नगरप्रमुखले हातपात गरेको बिषयमा कर्मचारीद्वारा आन्दोलन, स्थानीय तह ठप्प

    शुक्रबार, असोज १९, २०७५ साल
    बर्दिवास, १९ असोज  महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले शुक्रबार ठप्प पारेका छन् ।  भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले शुक्रबार जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । यही असोज १० गते लेखा अधिकृत अधिकारीलाई नगरप्रमुख सञ्जीवकुमार साहले आफ्नै कार्यकक्षमा हातपात गरेपछि आफुहरु आन्दोलनमा उत्रेको ट्रेड युनियनका अध्यक्ष राजीशरण..

    कर्मचारीको आन्दोलन पछि ९ दिनमा खुल्यो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

    शुक्रबार, असोज १९, २०७५ साल
    पोखरा, १९ असोज  कर्मचारी आन्दोलनका कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) शुक्रबारदेखि बल्ल सञ्चालनमा आएको छ ।  आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् ।  शुक्रबार आन्दोलनरत कर्मचारी र प्रशासनबीच बसेको वार्ताबाट सहमति जुटेको हो । सहमतिअनुसार अस्थायी कर्मचारी स्थायी गर्न प्रक्रिया शुरु गर्ने, २०६४ का कर्मचारीको स्तरवृद्धि गर्ने सहमति भएको आन्दोलन समितिका..

    इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काँग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री कोइराला

    शुक्रबार, असोज १९, २०७५ साल
    विराटनगर, १९ असोज  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काङ्ग्रेस एक ढिक्का हुनुपर्ने बताएका छन् ।  नेपाल निजामति कर्मचारी युनियन (सङ्घ) प्रदेश नं १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार यहाँ उद्घाटन गर्दै राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप लागेर नबस्ने बताएका छन् । उनले विपी कोइराला..

    प्रदेश नं ५ : नेकपाद्वारा प्रदेश तथा जिल्ला मातहतसम्मको पार्टी एकता अभियान सार्वजनिक

    शुक्रबार, असोज १९, २०७५ साल
    बुटवल, १९ असोज  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान सार्वजनिक गरेको छ ।  नेकपा प्रदेश ५ को पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिश कार्यदलसमेत गठन गरेको शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बिहीबार बुटवलमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेशका १२ वटै जिल्लामा चार चार..

    निर्मला हत्या प्रकरण : बम दिदीबहिनी र मामालाई थप अनुसन्धान गर्न माग

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौं , १९ असोज नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा बम दिदीबहिनी र निर्मलाका मामा तीर्थराज भण्डारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।   घटनाको स्थलगत अध्ययन प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले घटनाको सम्पूर्ण जानकारी भएको दावी गर्दै बम दिदीबहिनी र निर्मलाका मामा भनिने तीर्थराज भण्डारीलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग..

    सगरमाथा आधार शिविर घुम्न आएका १ ताइवानी पर्यटकको लेक लागेर मृत्यु

    शुक्रबार, असोज १९, २०७५ साल
    सोलुखुम्बु, १९ असोज  लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ ।  ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिए । सगरमाथा आधार शिविर घुम्न आएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थित लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु..
    Weather Forecast