शनिबार, चैत्र २२, २०७६

    राज्य-समाज

    ‘युवालाई राजनीतिमा आउने वातावरण बनाउनुपर्छ’

    मंगलवार, फागुन ७, २०७५ साल
    कावासोती, ७ फागुन : नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले युवालाई राजनीतिमा आकर्षिक गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस जिल्ला शाखा नवलपुरले ६९औँ प्रजातन्त्र दिवसका अवसर पारी मंगलबार कावासोतीमा राखिएको सम्मान कार्यक्रममा महामन्त्री कोइरालाले अग्रजका योगदानलाई सम्मान गर्दै युवालाई राजनीतिमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।  अग्रजका योगदानलाई भुल्न नसकिने भन्दै उहाँले अग्रजको अनुभव र विगतका इतिहासलाई अनुसरण गर्दै अगाडि..

    नेकपाका शीर्ष नेता धनगढीमा, सम्बोधन समेत गर्ने !

    मंगलवार, फागुन ७, २०७५ साल
    अत्तरिया, ७ फागुन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढीमा आउनुभएको छ । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी पुग्नु भएको नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो ।  भेलालाई नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले..

    मुस्लिम आयोगका प्रस्तावित अध्यक्षको कागजात अध्ययन गरिने

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन  सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ ।  समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीकर्तासँगको छलफलपश्चात् नागरिकता, शैक्षिक प्रमाणपत्रको कागजात अध्ययन गर्ने भएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । सभापति कर्णका अनुसार नागरिकता, शैक्षिक प्रमाणपत्र र राजनीतिक दलको सदस्य रहेको उजुरी प्रस्तावित अध्यक्ष अन्सारीमाथि परेको छ । समितिले..

    नेपाल बारको निर्वाचनका लागि उम्मेदवारी घोषणा

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन  नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको अध्यक्षता उम्मेदवारी घोषणा गरेको छ ।  सो समूहको केन्द्रीय चुनाव प्रचारप्रसार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा सो समूहको उम्मेदवारी घोषणा गरेको हो । उपाध्यक्षमा अधिवक्ता रक्षा बस्याल (महिला), सात प्रदेशबाट एक-एक उपाध्यक्षमा प्रदेश–१ बाट मानबहादुर रुम्दाली, प्रदेश २..

    सर्वाेच्चको न्यायाधीश पद रिक्त, अब कसको पालो ?

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले राजीनामा दिनुभएकाले अदालतमा आजदेखि सो पद रिक्त भएको छ ।  नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम प्रधानन्यायाधीश वा सर्वाेच्च अदालतका न्यायाधीशले आफ्नो पदबाट राष्ट्रपति भण्डारीसमक्ष लिखित राजीनामा दिएमा निजको पद हुने रिक्त हुनेछ । वरिष्ठतम विवादित न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति भण्डारीसमक्ष आज राजीनामा दिनुभएको हो ।  संसदीय सुनुवाइ..

    मुलुकको वेथितिप्रति पशुपतिको कोशिली “लुट्न सके लुट कान्छा”

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन संसदमा प्रतिपक्षी सांसद अमरेश कुमारले पशुपति शर्मालाई आफनो मासिक तलववाट २५ हजार रुपैयाँ दिने घोषणा गरेछन् । सांसद अमरेश कुमारले उक्त घोषणा गरेलगतै सत्तापक्षका एक साँसदले पनि त्यसको प्रतिबाध स्वरुप अमरेश कुमारलाई संसदमै उक्त गीत गाएमा आफूले पनि एक महिनाको तलब नै दिने घोषणा गरेछन् । यो त भयो अहिले चर्चामा रहेको गीतमाथि संसदमा चलेको चर्काचर्की । यहि गीतमाथि..

    निर्मला हत्या प्रकरण : डीएनए परीक्षणका लागि नमुना अमेरिका पठाइंदै

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौं, ७ फागुन बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ । डीएनको वैधानिकतामै प्रश्न उब्जिएपछि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट अमेरिका पठाइन लागेको स्रोतले बतायो ।  यसअघि राष्ट्रिय मानव अधिकार आयोगले पनि डीएनएको वैधानिकतामाथि प्रश्न उठाएको थियो । निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण ‘इलेक्ट्रोफेरोग्राम’ परीक्षणको प्रक्रियामाथि..

    कमल थापाले बालुवाटार पुगेर राजसंस्था फर्काउने चलखेल गरेका हुन् ?

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच मंगलबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र थापाबीच ‘वान टु वान’ वार्ता भएको छ । ओली र थापाबीच ४५ मिनेट लामो भेटवार्ता भएको थियो। ओली र थापाबीच भएको वान टु वान वार्तापछि थापा नेतृत्वकै टोलीले प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।  ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले राप्रपाको..

    प्रजातन्त्र दिवस : राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म सहभागी [फोटो फिचर]

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन  राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा मंगलबार दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालको संविधानका सबै प्रावधानहरू लागू हुँदै गएको र ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको चाहना भएको उल्लेख गर्दै सम्पूर्ण नेपालीको..

    सर्वोच्चका वरिष्ठतम् न्यायाधीश जोशीद्वारा राजीनामा

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो ।  संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले सर्वोच्च अदालतमा काम गरिरहनुभएको थियो ।  प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उहाँलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो..

    आइपुगे भारतबाट उद्धार गरिएका १ सय ७९ नेपाली

    मंगलवार, फागुन ७, २०७५ साल
    भद्रपुर, ७ फागुन  मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी मंगलबार नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् ।  माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताउनुभयो । उनीहरु चढेको छ भारतीय बस आज बिहान ९ बजे..

    अबदेखि प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन : विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।  अघिल्लो हप्ताबाट प्रमाणित गर्ने काम शुरु गरिएको उहाँले बताउनुभयो । यसअघि दूतावासले मागेको औँठाछाप प्रमाणित गर्न प्रहरी प्रधान..

    आज ६९ औँ प्रजातन्त्र दिवस, विविध कार्यक्रम, प्रधानमन्त्री लगायतबाट शुभकामना

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन :  प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताउनुभएको छ ।  उनन्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताउनुभयो ।  वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको..

    नेपाल बारको अध्यक्षमा ९ को उम्मेदवारी, १० हजार मतदाता

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ६ माघ : नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा नौ जनाको उम्मेदवारी परेको छ ।  बारको १५ सदस्यीय कार्यसमितिका लागि ६४ ले उम्मेदवारी दिएका छन् । नेपाल बार एशोसिएशन निर्वाचन २०७५ का प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ ।  अध्यक्षका लागि उम्मेदवारी दिनेमा..

    मुलुकको एक मात्र राष्ट्रिय समाचार समिति ५८औँ वर्षमा

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ६ फागुन : मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको ५८औँ वर्षमा प्रवेश गरेको छ ।  विसं २०१७ फागुन ७ गते ९१८ फेब्रुअरी १९६२० मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो । फ्रान्सका अनुवादक तथा विज्ञापन व्यवसायी चाल्र्स लुइस हवासले पेरिसमा सन् १८३५ मा एजेन्सी फ्रान्स..

    समयमा नै महाधिवेशन : नेता केसी

    सोमबार, फागुन ६, २०७५ साल
    चितवन, ६ फागुन  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशन समयमा नै हुने बताउनुभएको छ ।  सोमबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले समय सीमाभित्रै महाधिवेशन गरेर निष्पक्ष पारदर्शी ढङ्गले हुनुपर्ने बताउनुभयो । महाधिवेशनपछि पार्टीलाई नेतामुखी नभई नीतिमुखी, विधिमुखी नभइ संस्थामुखी र पारदर्शी बनाउन काङ्ग्रेसको ध्यान केन्द्रित रहेको उहाँले जानकारी गराउनुभयो । काङ्ग्रेसले महाधिवेशनपछि राष्ट्रव्यापी कार्यक्रम शुरु गर्ने नेता केसीले बताउनुभयो ।  काङ्ग्रेसभित्र..

    राष्ट्रपतिद्वारा विभिन्न देशकालागि राजदूतहरुको शपथ

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ६ फागुन  राष्ट्रपति विद्यादेवी भण्डारीले समक्ष विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।  संयुक्त अरब इमिरेट्सका लागि नेपालका आवासीय राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालका आवासीय राजदूत उदयराज पाण्डे, कुवेतका लागि नेपालका आवासीय राजदूत दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपालका आवासीय राजदूत दीपक अधिकारीले शीतल निवासमा आयोजित समारोहमा शपथग्रहण गर्नुभएको हो । उक्त अवसरमा..

    नेपालमा सेना : चीनभन्दा दोब्बर, भारतभन्दा तेब्बर

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ६ फागुन नेपालभन्दा निकै ठुलो भूगोल भएका क्यानडा, अर्जेन्टिनाजस्ता मुलुकमा सेनाको संख्या यहाँभन्दा निकै कम छ । नेपाली सेनासँग हेलिकोप्टर उठाउन र भारतीय सहयोगमा आएको ट्रक चलाउन तेलसमेत छैन । नेपाली सेना पहिलेदेखि नै भारतमाथि निर्भर छ । भारतबाटै ६० प्रतिशत अनुदानमा हतियार र गोलीगठ्ठा किन्नुपर्ने बाध्यतामा नेपाल छ । ०४५ मा नेपालले चीनसँग केही ‘एन्टी–एयरक्राफ्ट’ हतियार किन्दा भारतले नाकाबन्दी नै गरेको..

    सवारी दुर्घटनामा घाइते बाराका सिडिओको निधन

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ६ माघ सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । प्रजिअ भट्टराईको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको हो । प्रजिअ भट्टराईका भाइ नरेश भट्टराईले उनकाे मृत्यु भएकाे पुष्टि गरेका छन् । उनले केही समय अघि दाजुकाे मृत्यु भएकाे र आफु अस्पतालमै रहेकाे बताए । माघ १२ गते बाराको निजगढमा आयोजित एक कार्यक्रममा भाग..

    स्ववियु निर्वाचन : सत्तारुढ विद्यार्थीले घेरे उपकुलपति कार्यालय

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ६ फागुन फागुन १६ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएपछि सत्तारुढ दलका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय घेराउ गरेका छ्न ।  स्ववियु निर्वाचन तालिका सार्वजनिक गर्न माग गर्दै पुगेका सत्तारुढ दल नेकपानिकट अनेरास्ववियु र अखिल क्रान्तिकारीनिकट विद्यार्थीहरुले सोमबार दिउँसो कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेरेर नाराबाजी गरेका हुन् ।  विद्यार्थीहरुले नाराबाजी गर्दै उपकुलपति तीर्थ खनियाँको कार्यालय घेरेपछि त्रिविका रजिस्ट्रार डिल्लीराम..

    संसदमा 'लुट्न सके लुट कान्छा' : नेकपा-कांग्रेस सांसदबीच दोहोरी

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ६ फागुन ‘लुट्न सके लुट कान्छा…’ बारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी  र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच प्रतिनिधि सभा बैठकमा दोहोरी चलेको छ। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकार एउटा रचना तथा संगीतबाट अत्तालिएको बताएका छन् । प्रनितिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले लोक गायक पशुपति शर्माको गीत धम्की र दबाबमा प्रतिबन्धित गरिएकोप्रति आपत्ति जनाउँदै यसले सरकार गीतबाटै अत्तालिएको प्रष्ट..

    प्रजातन्त्र दिवस : सरकारी कार्यालयमा सरसफाइ

    सोमबार, फागुन ६, २०७५ साल
    चितवन, ६ फागुन  प्रजातन्त्र दिवसका अवसरमा सोमबार जिल्लाका सरकारी कार्यालय परिसरमा सरसफाइ गरिएको छ । प्रजातन्त्र दिवस मनाउन सरकारीस्तरबाट गठीत समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार सबै सरकारी कार्यालयमा प्रमुखसहितका कर्मचारीले सरसफाइ गरेका हुन् ।  उहाँले सरकारी कार्यालय परिसरमा फोहर बढेको गुनासो आएकाले आफ्नो कार्यालयको सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यस अवसरमा कार्यालय सफा गरिएको बताउनुभयो..

    राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको भेटवार्ता

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ५ फागुन :  राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दहाल‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता देउवा र काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति कार्यालय पुग्नुभएको हो । सो भेटमा उहाँहरुले राष्ट्रपति भण्डारीसँग..

    समृद्धिको संवाहक तीनै तहका सरकार : मन्त्री बाँस्कोटा

    आईतवार, फागुन ५, २०७५ साल
    काभ्रेपलाञ्चोक, ५ फागुन  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको समृद्धिको संवाहक तीनै तहका सरकार भएको बताउनुभएको छ ।  धुलिखेल नगरपालिकाको २३औँ स्थापना दिवस तथा साक्षर नगरपालिका घोषणा कार्यक्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो, “सुखी नेपाली र समृद्ध नेपालको संवाहक केन्द्र सरकार मात्र हैन, प्रदेश सरकार र स्थानीय तह पनि हुन् ।” उहाँले तीनै तहका सरकार समृद्धिको अभियानमा दत्तचित्त रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले..

    “५ वर्षभित्र ५० प्रतिशत युवा स्वरोजगार, निरन्तर अघि बढ्दै सरकार”

    आईतवार, फागुन ५, २०७५ साल
    गाईघाट, ५ फागुन  उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गणतन्त्र र सङ्घीयता स्थापना भएसँगै सरकार मात्र फेरिएको नभएर देशको सम्पूर्ण राजनीतिक प्रणाली नै फेएिको बताउनुभएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा उच्चमाविमा आईतबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालमा अहिले पुरानो सरकार भङ्ग भएर दुई तिहाइको नयाँ सरकारमा मात्र फेरिएर आएको हैन, पूर्ण रुपमा हिजोका पुराना राजनीतिक प्रणाली हटाएर नयाँ प्रणाली स्थापना भएको..

    कांग्रेसको अड्कल : 'सरकारले थर्ड डिभिजन पनि ल्याएन'

    आईतवार, फागुन ५, २०७५ साल
    काठमाडौं, ५  फागुन ।  नेपाली कांग्रेसले सरकारको एक वर्षे प्रगति विवरण तेस्रो श्रेणीमा पास हुन पनि मार्क्स नपुगेको निबन्धजस्तो भएको आरोप लगाएको छ ।  आईतबार पार्टीको सानेपास्थित मुख्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले उक्त आरोप लगाएका हुन् ।  सरकारले जारी गरेको एक वर्षे प्रतिवेदनमा उल्लेख गरेको गीतको गायक गायिकाको नामै गलत उल्लेख गरेको दाबी गरे । सरकारका शुरुवाती पाइला नै लडखडाएको कांग्रेसले..

    तेस्रो नवलपुर युवा सम्मेलन सम्पन्न

    आईतवार, फागुन ५, २०७५ साल
    कावासोती, ५ फागुन  कावासोतीमा तेस्रो नवलपुर युवा सम्मेलन सम्पन्न भएको छ । हरियाली संस्था र वातावरण जनजागरण बिकास मञ्चको संयुक्त आयोजना तथा अन्य संघ संस्थाको सह आयोजनामा सो सम्मेलन सम्पन्न भएको हो । कावासोती स्थित होटल फुलमुनमा आयोजना भएको सम्मेलनमा नवलपुर क्षेत्रका करिव १०० युवा सहभागी रहेको  आयोजक संस्था वातावरण जन जागरण बिकास मञ्चका अध्यक्ष सुधन लम्सालले बताउनुभयो । युवाहरुमा सकरात्मक सोच ल्याई..

    प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने तयारीमा सरकार

    आईतवार, फागुन ५, २०७५ साल
    काठमाडौँ, ५ फागुन आगामी ६९ औं प्रजातन्त्र दिवस भोलिदेखि तीनदिनसम्म भव्यताका साथ मनाइँदैछ । यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापामाध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसम्बाद, अन्तरक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको हो ।  प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गठित प्रचारप्रसार उपसमितिको आज सञ्चार तथा..

    सोमबारदेखि वर्षा र हिमपात दोहोरिने, कहिलेसम्म ?

    आईतवार, फागुन ५, २०७५ साल
    काठमाडौँ, ५ फागुन  पश्चिमी वायुको प्रभावले आईतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन : प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली..

    घोराहीमा मुख्यमन्त्रीको दुःखेसो - ‘सञ्चारमाध्यमबाट सहयोग भएन’

    आईतवार, फागुन ५, २०७५ साल
    घोराही, ५ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारले द्रुत गतिमा सैद्धान्तिक र व्यावहारिक रुपमा काम कारवाही अगाडि बढाएको भए पनि सञ्चारमाध्यमले अपेक्षित सहयोग नगरेको गुनासो गर्नुभएको छ ।  उहाँले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले कानून निर्माण, विकास निर्माण, संविधान कार्यान्वयन र सङ्घीयता लागू गर्ने सवालमा तीव्र गतिमा काम कारवाही अगाडि बढाए पनि सञ्चारमाध्यमले त्यसलाई बेवास्ता गरेको..
    Weather Forecast