शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    प्रदेश नं. २ को सरकारलाई दिएको समर्थन कायमैः राष्ट्रिय जनता पार्टी

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    काठमाडौँ २४ जेठ  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं २ को सरकारलाई दिएको समर्थन यथावत् रहने स्पष्ट पारेको छ ।  राजपा अध्यक्ष मण्डलको बिहिबार बसेको बैठकले प्रदेश नं २ को सरकारकाविरुद्ध कुनै पनि प्रकारले अनावश्यक टिप्पणी नगर्न सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिइने निर्णय गरेको छ ।  राजपा अध्यक्ष मण्डलको बिहिबार बसेको बैठकले प्रदेश नं २ को सरकारकाविरुद्ध कुनै पनि प्रकारले अनावश्यक टिप्पणी नगर्न..

    नेकपाले फोरम, नयाँ शक्ति र 'क्रान्तिकारी–माओवादी' सँग एकताको लागि पहल चाल्यो !

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    काठमाडौँ, २४ जेठ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विचार र कार्यशैलीमा तुलनात्मक रुपमा नजीक संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत पार्टीसँग एकताका लागि अनौपचारिक वार्ता शुरु गरेको छ ।  विकास, समृद्धि, सुशासन र समाजवादोन्मुख लक्ष्यमा केन्द्रित हुँदै दुई तिहाइको सरकार बनाएको नेकपाले पार्टीलाई क्रमशः बृहत् बनाएर राष्ट्र निर्माणमा एकीकृत हुन पहल गरिरहेको छ । हालै दुई मन्त्रीसहित सरकारमा..

    आयल निगमको नयाँ नेतृत्व चयन खुला प्रतिस्पर्धाबाट हुन्छ : आपूर्तिमन्त्री मातृकाप्रसाद यादव

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    काठमाडौँ, २४ जेठ  नेपाल आयल निगममा नयाँ नेतृत्वको चयन खुला प्रतिस्पर्धाबाट गरिने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निगमको नयाँ नेतृत्व चयन खुला प्रतिस्पर्धामार्फत् गरिने बताएका हुन्। जग्गा खरिद प्रक्रियामा विवादित बनेका गोपालबहादुर खड्काले बिहिबार यादवसमक्ष राजीनामा बुझाएपछि यादवको सो भनाइ आएको हो। यादवले सो पदमा राजनीतिक नियुक्ति नगरिने बताएका हुन्। ‘खड्का आफैंले राजीनामा दिएर वातावरण सहज बनाइदिनुभएको छ। अब निगममा खुला..

    निर्वाचन आयोगद्वारा नेकपालाई दर्ता प्रमाणपत्र प्रदान, एमाले र माओवादीको नाममा अब दल दर्ता गर्न नपाउने

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    काठमाडौं,२४ जेठ  निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर कोहि कसैले दल दर्ता गर्न नपाउने बताएको छ । यसका साथै आयोगले यी दुई पार्टीका नाम, झण्डा र चुनावचिन्ह लिएर कुनै दलले राजनीतिक क्रियाकलाप गर्न नपाउने समेत प्रस्ट्याएको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी नाम दर्ता गर्न खाजींदा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी २०४८ सालमा नै आयोगमा दर्ता..

    काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    काठमाडौँ, २४ जेठ  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागार्इं (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।  सभापति देउवाले बिहिबार उनहरुलाई काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  बिहिबारनै सभापति..

    साना तथा मझौला व्यवसाय विस्तार आर्थिक विकासको आधार : अध्यक्ष दाहाल

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    काठमाडौँ, २४ जेठ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताएका छन् ।  साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा बिहिबार यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले साना तथा मझौला व्यवसाय आर्थिक विकासको आधार भएकाले यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने भनाइ व्यक्त गरे ।  उनले अहिले देशमा दुईतिहाइ..

    नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    काठमाडौँ, २४ जेठ नेपाल आयल निगमका विवास्पद मानिएका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् ।  खड्कामाथि यसअघि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेको थियो । खड्काले आज नै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मलेन आयोजना गरी राजिनामा दिएको जनाएका हुन् । ‘मैले नै निगममा धेरै नीतिगत सुधार गरेको थिएँ तर पनि  त्यसलाई छायाँमा पार्ने र बदनाम गर्ने कार्य मात्र गरियो’ खड्काले..

    द्वन्द्वका हत्यामा संलग्नलाई छाड्न हुँदैन: काँग्रेसका सभापति देउवा

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    भक्तपुर, २४ जेठ  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिएई छन् ।  आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उनले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताएका हुन् ।  पूर्वप्रधानमन्त्री देउवाले भने, “प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहनुभएका जोन्छेंमाथि द्वन्द्वका नाममा उहाँकै घरमा गएर गोली..

    २४ लाखको सुन चाँदीसहित युवक पक्राउ, कारबाहीका लागि पथलैया पठाइएको जानकारी

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    गौशाला, २४ जेठ  महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, जलसागर, महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताए ।  गएराति करीब ८ बजेतिर बीआर ०७ एबी ४९१८..

    नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौँ, २३ जेठ : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा बुधबार दर्ता भएको छ ।  आयोगका कानून अधिकृत अरुणकुमार झाका अनुसार आयोगको बुधबार  बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता गर्ने निर्णय गरेको हो । दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका..

    प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट बाहिरिन्छौँः महासचिव सुमन

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौँ, २३ जेठ : राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताएका छन् ।  बुधबार यहाँ आयोजित साक्षात्कारमा नेता सुमनले मधेश आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढी मात्रै भएकाले आफ्नो पार्टी सरकारबाट बाहिरिने स्पष्ट पारे..

    ‘संसद् र अदालतमा अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाले कार्यक्रम गर्न नपाउने’

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौँ, २३ जेठ कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले प्रतिपक्षलाई पनि सँगै लैजानका लागि संसद्मा दर्तामा रहेको ‘संस्द सञ्चालन नियमावली’को मस्यौदामा सहमति खोज्न थालेको बताएका छन्  ।  बुधबार आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, “सरकारसँग अहिले दुई तिहाइको बहुमत छ । त्यसैले संसद् सञ्चालन नियमावली सरकारले संशोधन हालेर पनि पार गराउन सक्छ तर सरकारले प्रतिपक्षका कुरालाई पनि सम्बोधन गर्नका लागि..

    ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका एसएसपी खत्री छुटे कि छुटाईयो ?

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौँ,२३ जेठ जिल्ला अदालत कोठामाडौंले पर्याप्त प्रमाण, आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएको एसएसपी श्यामबहादुर खत्री धरौटीमा छुटेको  खुलेको छ । जिल्ला अदालत कोठामाडौंले पर्याप्त प्रमाण, आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएको एसएसपी श्यामबहादुर खत्री धरौटीमा छुटेर पुरानै धन्दामा सक्रिय भएको खुलेको छ ।गत बर्ष साढे ३३ किलो सुन बरामद प्रकरणमा मुछिएका खत्रीलाई न्यायाधीश दीपेन्द्र अधिकारकिो ईजालासले वस्तुगत..

    ६४ वटा विभाग हुने गरेकामा संघीय संरचनामा अब ५४ वटामात्र विभाग हुने !

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौँ, २३ जेठ संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् ।  यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।  अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाँभेर ५४ वटा मात्र विभाग बनाइएको हो ।  मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्ता..

    गृहमन्त्रीले औंल्याए तीन अतिवादी शक्ति, विप्लव नेतृत्वको नेकपालाई राज्यद्रोहीको संज्ञा !

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौं, २३ जेठ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा अस्थिरता फैलाउन खोज्ने शक्तिहरुलाई सरकार र जनता दुबैले पहिचान गरिसकेको बताएका छन् । उनले पूर्वसहकर्मी विप्लव माओवादीलाई राज्यद्रोही शक्तिको संज्ञा दिएका छन् भने सीके राउतहरुलाई अतिवादी र हिन्दु धर्म पक्षधरलाई व्यवस्था विरोधी शक्ति भनेका छन् । तीनै शक्तिले अस्थिरता फैलाउने प्रयास गरेको उनको निष्कर्ष छ । विप्लव समूहः राज्यद्रोही गृहमन्त्री बादलका अनुसार नेत्रविक्रम चन्द नेतृत्वको..

    सुन तस्करीबारे गृहमन्त्री रामबहादुर थापाको दाबी, ‘भुरा मार्दैैछौं, ठूला पनि पर्छन्’

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौं,२३ जेठ गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको र्‍याकेटको अनुसन्धान ठूला ‘माछा’ नजिक पुगेको बताएका छन् । प्रकरणमा पहिले झैँ ठूला माछाहरु पक्राउ नपर्ने आशंका व्यक्त भइरहेका वेला थापाले साढे ३३ केजी सुन गायब प्रकरणबाट सुरु भएको अनुसन्धान ठूला माछाको नजिक पुगेको दाबी गरेका हुन् । गृहमन्त्री थापाले मंगलबार पनि गोरेका एक सहयोगी पक्राउ परेको भन्दै माछा मार्ने क्रम जारी रहेको बताएका छन् ।..

    भूकम्पपीडितलाई निजी आवास पुन:निर्माणका लागि दिइएको खर्च पारदर्शी हुनुपर्छ : अर्थमन्त्री खतिवडा

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौँ, २३ जेठ  अर्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताएका छन् ।  राष्ट्रिय पुननिर्माण प्राधिकरणले बुधबार यहाँ आयोजना गरेको काठमाडौँको निजी आवास पुनःनिर्माणमा भइरहेको ढिलाइका विषयमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको गोष्ठी उद्घाटन गर्नुहुँदै उनले सरकारले पहिलो प्राथमिकता निजी आवास पुनःनिर्माणलाई दिएको बताए ।  “दाताबाट ऋण लिएर पीडितलाई अनुदानका..

    सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए पनि प्रचार हुन सकेन

    बुधबार, जेष्ठ २३, २०७५ साल
    रुपन्देही, २३ जेठ  सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र ओझेलमा परेको छ ।  सैनामैना नगरपालिका–१ को विभिन्न स्थानमा बुद्धकालीन इँट्टा, औजार, पुरातात्विक महत्वका वस्तु, राजा र रानीले नुहाउने कुवा फेला परेकाले अहिले त्यस स्थानलाई तारबार गरेर संरक्षण गरिएको छ ।  सैनामैना नगरपालिकाले पुरातात्विक महत्वको सम्पदा संरक्षणका लागि नगरपालिका–१ स्थित सिरानटोलमा सैनामैना पुरातात्विक संग्रहालय समेत निर्माण गरेर बुद्धकालीन..

    हालै प्रस्तुत गरेको बजेटले ५ लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौँ, २३ जेठ पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताएका छन् ।  सञ्चार केन्द्र नेपालद्वारा बुधबार यहाँ आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा उनले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा सरकारले गर्ने लगानीले रोजगारीको अवसर सिर्जना गर्ने बताए ।  “सरकारी स्रोतबाट सञ्चालन भई घाटामा गएका उद्योगलाई पुनः..

    अत्यधिक गर्मीले तराईको जनजीवन अस्तव्यस्त, अझै केही सातासम्म बढ्ने जानकारी

    बुधबार, जेष्ठ २३, २०७५ साल
    महेन्द्रनगर, धनुषा, २३ जेठ   धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ ।  वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ ।  अत्यधिक गर्मीले..

    प्रधानमन्त्री ओली आफ्नै पार्टीका महिला नेत्रीमाथि खरो रुपमा उत्रिए

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौं,२३ जेठ  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका महिला नेत्रीलाई अनावश्यक मागमा उचालिएर नहिँड्न चेतावनी दिएका छन्। पार्टीको आन्तरिक संगठनात्मक संरचनादेखि सरकारको सहभागितासम्ममा पार्टी नेतृत्वले महिलालाई उपेक्षा गरेको भन्दै मंगलबार ज्ञापनपत्र बुझाउन पुगेका महिला नेत्रीलाई प्रधानमन्त्री ओलीले त्यस्तो चेतावनी दिएका हुन्। ओलीले समावेशी-समानुपातिकका एजेण्डामै घुमिरहने भन्दा पहिले पार्टीका विषयमा सोच्न आग्रह गर्दै महिला नेत्रीमाथि आक्रोश पोखेको ज्ञापनपत्र बुझाउन पुगेकी एक महिला..

    असल ब्यवहार सहि निर्णय ! हराएको ५ लाख फेला पारेर सम्बन्धित धनीलाई जिम्मा

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौँ, २२ जेठ   महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सीमा हराएको रु पाँच लाख फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।  महाशाखाको टोलीले मंगलबार बिहान ७ बजे सोलुखुम्बु घर भई काठमाडौँ कपन बस्ने ५० वर्षीय वीर्घधन राईले बागबजार आउने क्रममा हराएको रु पाँच लाख फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।  राईले ट्याक्सीमा पैसा छुट्ने बित्तिकै महाशाखामा खबर गरेपछि महाशाखाको टोलीले सिसिटिभी फुटेज चेकजाँच..

    कांग्रेस अब कम्युनिस्टको विकल्प हुन सक्दैन, फोरम नै रोजाई हो : उपप्रधानमन्त्री उपेन्द्र यादव

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौं, २२ जेठ उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय समाजवादी फोरम अब कांग्रेसको विकल्पका रुपमा स्थापित हुने बताएका छन् । फोरम अध्यक्ष यादवले मंगलबार पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा कांग्रेसले अब कम्युनिस्ट पार्टीको विकल्प धान्न नसक्ने ठोकुवा गरे । ‘कांग्रेस अब कम्युनिस्टको विकल्प हुन सक्दैन भन्ने धारणामा धेरै मान्छे पुगिसके’ पार्टी अध्यक्ष समेत रहेका यादवले भने, ‘अब विकल्पको रुपमा फोरम हुन्छ भन्ने कुरा स्थापित..

    राष्ट्रपति ट्रम्प र किम जोङ बिच हुने शिखर सम्मेलनमा गाेरखा सैनिकले दिनेछन् सुरक्षा

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडाैं, २२ जेठ  सिंगापुरमा १२ जुनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरीयाका राष्ट्रपति किम जोङ बिच ऐतिहासिक शिखर सम्मेलन हुँदैछ । उक्त ऐतिहाँसिक भेटमा किम र ट्रम्पको शुरक्षाको लागि सिंगापुरको इलीट पुलिस अन्तर्गत रहेका नेपाली ‘गाेरखा जवान’हरुलाई खटाईने भएको छ । विश्व समुदायमा बिर गोर्खाली जवान बहादुर हुन्छन् भन्ने मान्यता रहेको कारण नेपाली जवानहरुलाई छानिएको हो ।यद्यपी दुवै तर्फका नेताहरुको आआफ्नै..

    गृहमन्त्रीले सुन तस्करी रोक्न माग गरेपछि चिनियाँ राजदूतले दिइन् यस्तो जवाफ

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौँ, २२ जेठ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताएका छन् । मंगलबार नेपालका लागि चिनका राजदुत यु होङसँग भेटवार्ता गर्दै गृहमन्त्री थापाले सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताउँदै त्यसको नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् । जवाफमा राजदुत होङले त्यस विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने..

    समायोजनपछि कर्मचारी पुनः संघमा आउन सक्ने : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौँ, २२ जेठ संघबाट कर्मचारी समायोजन गरी प्रदेश तथा स्थानीय तहमा पठाए पनि बढुवा नभएको अवस्थामा पुनः संघमा आउनसक्ने व्यवस्था गर्न लागिएकोे छ ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती कर्मचारीको विधेयकमा यस्तो प्रस्ताव गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार प्रदेश तह र स्थानीय तहमा संघबाट समायोजन भएर गएका कर्मचारी बढुवा नभएको अवस्थामा पुनः..

    लोकसेवाले बनायो तीनवर्षीय रणनीतिक योजना, वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिने !

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौँ, २२ जेठ लोकसेवा आयोगले सातै प्रदेशमा संगठनलाई व्यवस्थित बनाउन तीनवर्षीय ‘रणनीतिक योजना’ निर्माण गरेको छ ।   करीब एक वर्षमा आयोगका कर्मचारी र विज्ञको सुझाव र समन्वयमा उक्त योजना तयार गरिएको र आयोगको ६८ औंँ वार्षिकोत्सवका अवसरमा आगामी असार १ गते सार्वजनिक गरिने सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । संघीय परिवेशमा आयोगको विश्वसनीयतालाई कायम राख्ने, योग्यता प्रणाली निर्धारण गर्ने, प्रशासनिक जनशक्तिलाई..

    प्रधानमन्त्री ओली भन्छन् - नेपाललाई हरियालीमय र फलफूलमय बगैँचा बनाइने (फोटो फिचर सहित)

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौँ, २२ जेठ  प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पुर्याउन सबै तह र तप्काका नागरिकसँग आग्रह गरेका छन् ।  ‘सिंहदरबार बगैँचा’मा लिची र एबोगार्डाेको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूल’को बिरुवा अभियानको मंगलबार शुभारम्भ गर्दै उनले नेपाललाई फलफूल र हरियाली बनाउने अभियानमा योगदान पुर्याउन सबैसँग आह्वान गर्दै भने, “वन जोगाऔँ, वन बढाऔँ, फलफूल लगाऔँ, हरियाली बढाऔँ,..

    मनसुनका लागि चाहिने मापदण्ड, केही दिनभित्रै मनसुन भित्रने जानकारी

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौँ, २२ जेठ  प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ ।  उक्त प्रणालीको प्रभावले काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ ।  मौसमविद्को भाषामा केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि..

    सुन तस्करी प्रकरणमा प्रहरीका पूर्वअधिकृत बोलेपछि तर्सियो गृह मन्त्रालय, कारवाहीको चेतावनी

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडाैं,२२ मंगलबार  सुन तस्करी प्रकरण एवं सनम शाक्य हत्याकाण्डमा अनुसन्धानमा तानिएका प्रहरी अधिकारीहरूबारे केही पूर्व प्रहरी अधिकारीहरूले दिएका अभिव्यक्तिप्रति गृह मन्त्रालयले अापत्ति जनाएकाे । गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अदालतमा विचाराधीन उक्त मुद्दालार्इ प्रभावित पार्नेगरी नियाेजित रूपमा प्रहरीका पूर्व अधिकारीबाट भइरहेका गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरेकाे हाे । गृहले सुन तस्करीको संगठित अपराध अनुसन्धानका लागि गठित समिति र उसले सञ्चालन गरेका कामकारवाही लक्षित..
    Weather Forecast