आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    पर्यटन व्यवसायीद्वारा धुर्मुस—सुन्तली फाउण्डेसनलाई ८ लाख सहयोग !

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौँ, १६ जेठ पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् ।  उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् । ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरियो ।  कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पवित्र उद्देश्यका साथ..

    अपांगता भएकाहरुले पाए नयाँ जीवन, राहत दिएको भन्दै स्थानीयवासी निकै हर्षित

    बुधबार, जेष्ठ १६, २०७५ साल
    लिबाङ, रोल्पा, १६ जेठ साविकको कुरेली–१, रोल्पाकी १२ वर्षीया मैती विकको खुट्टा केही समय अघि आगोले पोलेको थियो ।   कक्षा ५ मा अध्ययनरत विकको आगोले पोलेका कारण एउटा खुट्टा जलेर नष्ट भयो, जसका कारण उनले नचाहेर पनि एउटा खुट्टा गुमाउनु परेको थियो । खुट्टा जलेपछि उनलाई हिँडडुल गर्न त के भित्रबाहिर गर्नसमेत असहज हुने गथ्र्यो । साथीभाइ हिँडडुल गरेको देख्दा कहिलेकाहीँ उनीमा..

    सरकारको लक्ष्य - बीस लाख पर्यटक भित्र्याइने, हवाई क्षेत्रमा १९ अर्ब बजेट विनियोजन

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    काठमाडौँ , १५ जेठ सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै पर्यटकमैत्री पूर्वाधारको विकास गर्ने सरकारले लक्ष्य राखेको छ ।  संघीय संसद्को मंगलबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेका आर्थिक वर्ष २०७५-७६ को बजेटमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, पहिले देश अनि मात्र विदेश भन्ने नीति लिएको सरकारले गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक पूर्वाधारको विकास तथा कार्यक्रम अगाडि बढाउने उल्लेख छ..

    आर्थिक वर्ष २०७५/०७६ बजेट : वृद्ध भत्ता बढेन, एक लाखसम्मको बीमा शुल्क सरकारले ब्यहोर्ने

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    काठमाडौं, १५ जेठ सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ । सरकारले अब समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । ७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने नीति ल्याइएको छ ।  अब ७० वर्ष पुगेका जेष्ठ नागरिकले मासिक वृद्धभत्ता २ हजार पाउँदै आएका छन् । दलित जेष्ठ नागरिकले भने ६०..

    यता मुलुकमा गणतन्त्र दिवसको उत्सव उता चिनी उद्योगको ढोकामा धर्ना

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    बर्दिवास, १५ जेठ मुलुकमा ११औँ गणतन्त्र दिवस उत्सव मनाइरहँदा महोत्तरी जिल्लाका उखु किसान भने आफ्नो उत्पादनको मूल्य माग्दै चिनी उद्योगको ढोकामा अझै धर्ना जारी राख्न बाध्य छन् । जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इन्डिष्ट्रिज (एभरेष्ट चिनी उद्योग) ले उखुको भुक्तानी नदिएपछि किसान आफ्नो उत्पादनको मूल्य माग गर्दै धर्नामा बस्न बाध्य भएका हुन् । उद्योगमा गत मंसिरमा उखु क्रसिङ सञ्चालन भएपछि..

    मन्त्रिपरिषदद्द्वारा बजेट स्वीकृत, संसदमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिँदै

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    काठमाडौँ, १५ जेठ सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि तयार गरिएको आयव्ययको अनुमान स्वीकृत गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार साँझ वार्षिक आय–व्ययसहित बजेट संसद्को दुवै सदनमा प्रस्तुत गर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । संघीयता कार्यान्वयनपछि सरकारले पहिलो पटक संघीय संसद्मा मंगलबार आगामी आवको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ..

    ‘उज्यालो शहर समृद्ध नगर’ नगरपालिकाले थाल्यो त्रियुगा सभ्यताको काम

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    उदयपुर, १५ जेठ उज्यालो शहर समृद्ध नगर अभियानअन्तर्गत त्रियुगा उपत्यकाका लागि अहिलेसम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीबाट समृद्धिको काम थाल्ने भएको छ । उक्त नदीलाई बहुउपयोगी बनाउन त्रियुगा नगरपालिकाले गुरुयोजना तयार गरीे काम शुरु गर्न लागेको हो ।  नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदान’ साबित गर्ने उद्देश्यले त्रियुगा सभ्यताको विकास तथा बरुवा बेलदोभान एकीकृत विकास परियोजना थालिएको नगरपालिकाले जनाएको छ । सो..

    ‘मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि दलहरु एक ठाउँमा उभिनुपर्छ’

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    काठमाडौँ, १५ जेठ विभिन्न राजनीतिक दलका शीर्ष नेताले विकास र समृद्धिका लागि सम्पूर्ण दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् । गणेशमान सिंहको स्मृति र गणतन्त्र स्थापनाको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा मंगलबार आयोजित “संविधानको गतिशीलता र राजनीतिक दलको भूमिका” विषयको एक गोष्ठीमा ती नेताले दलहरु आपसमा मिल्दा मुलुकमा गणतन्त्र र नयाँ संविधान ल्याउन सम्भव भएको भन्दै अब..

    लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति भएको छ : मुख्यमन्त्री लालबाबु राउत

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    धनुषा, १५ जेठ प्रदेश नं २ मा पनि सरकारले मंगलबार  गणतन्त्र दिवस मनाएको छ । उक्त दिवसका अवसरमा प्रदेश सरकारले मंगलबार बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक हुँदै जनकपुर चुरोट कारखानास्थित कभर्ड हल पुगेर सभामा परिणत भएको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक एवं मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, जनकपुर..

    सैनिक मञ्च टुँडिखेलबाट प्रधानमन्त्रीले भने- गरीबी र लोकतान्त्रिक गणतन्त्रसँगै राख्न मिल्ने विषय होइनन्

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    काठमाडौँ, १५ जेठ   प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको विजयको प्रतीक भएको बताएको छन् ।  गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले हामीले मनाइरहेको विजयोत्सव सम्पूर्ण नेपालीको उत्सव भएको उल्लेख गर्दै भने, “यो गणतन्त्र दिवस जनताको दिवस हो । आमनेपालीको दिवस हो । जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन हो । हाम्रो गणतन्त्र..

    समयमा निर्माण सम्पन्न नगर्ने र काम अधूरै छाड्ने २७ कम्पनीको नाम मन्त्रालयमा

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    चितवन, १५ जेठ जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ ।  मिति थप भई काम गरेका र मिति बाँकी रहेका बाहेक कामै छाडेर बसेका कम्पनीको नाम मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए । निर्माण कम्पनीमध्ये तीन वटाले तीन तीन योजना अधूरो बनाएर छाडेका छन् । तिनमा निर्माण सेवा धादिङ, आजीवन..

    'गणतन्त्र दिवस - २०७५' धुमधामका साथ मनाइयो, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म सरिक ! (तस्बिर सहित)

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    काठमाडौँ, १५ जेठ राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा सरिक भईन् । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गरियो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु..

    कैद मिनाह पाएपछि डिल्लीबजार कारागारबाट रिहा भए बालकृष्ण ढुंगेल

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    काठमाडौं, १५ जेठ ।  माओवादीको नेतृत्वमा भएको १० वर्षे शशस्त्र द्वन्द्वकालीन मुद्दामा जेल परेका माओवादी नेता तथा पूर्व सांसद बालकृष्ण ढुंगेल आज डिल्लीबजार कारागारबाट रिहा भएका छन् । यसअघि सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपति विद्या देवी भण्डारीले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान छुटेका हुन् ।  ढुंगेलको पछिल्लो आचरण ठीक भएको भन्दै कारागार व्यवस्थापन विभागले कैद मिनाहाका लागि सिफारिस गरेको थियो..

    समतामूलक समाज निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्नेछः काँग्रेस सभापति देउवा

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    काठमाडौँ, १५ जेठ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवस, २०७५ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।  उनले आज शुभकामना सन्देश दिँदै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनान्दोलनमा जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक..

    संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न राष्ट्रपति भण्डारीको जोड

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    काठमाडौँ, १५ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।  गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताउनुभएको छ ।..

    गणतन्त्र घोषणाको १३ वर्ष : निराशजनक विगत, आशावादी भविष्य

    सोमबार, जेष्ठ १४, २०७५ साल
    काठमाडौँ, १४ जेठ लामो राजनीतिक संक्रमणका कारण संघीय गणतन्त्र नेपाल घोषणा भएको १३ वर्ष लाग्दासमेत मुलुकको अर्थतन्त्रले अपेक्षाकृत गति लिन सकेको छैन । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक स्थिरता कायम भएपछि शिशु गणतन्त्रमा आर्थिक विकास र जनअपेक्षाले साकार रुप पाउने विश्वास बढेर गएको छ । संविधान निर्माणका क्रममा राजनीतिक दलहरु केन्द्रित भएको, आर्थिक विकास र समृद्धिमा ध्यान दिन नसकेको जस्ता..

    सामान्य तर विडम्बनापूर्ण प्रश्न - ‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो, के गरौँ ?’

    सोमबार, जेष्ठ १४, २०७५ साल
    रुपन्देही, १४ जेठ “मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो के गरौं?” प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीले बाटोमा हिँड्दा हिँड्दै सोध्ने गरेको यो एउटा सामान्य तर विडम्बनापूर्ण प्रश्न हो । “हामीले यस्तो अप्ठ्याराका बीच काम गरिरहेका छौं,” मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकसय दिनमा सम्पादन भएका मुख्य कामका विवरण सार्वजनिक गर्न सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने । कानूनको अभाव, भौतिक..

    कानून नहुँदा स्थानीय तहमा अपेक्षित उपलब्धि भएन, जनप्रतिनिधिलाई आवश्यक तालीम दिनुपर्ने स्थानीयको माग

    सोमबार, जेष्ठ १४, २०७५ साल
    पोखरा, १४ जेठ कानून नहुँदा स्थानीय तहका एक वर्ष अपेक्षितरुपमा उपलब्धिमूलक बन्न नसकेकामा सरोकारवालाहरूले जोड दिएका छन् । डेमोक्रेसी रिसोर्स सेन्टर (डिआरसी)द्वारा सोमबार यहाँ आयोजित स्थानीय तहको एक वर्ष विषयक डिआरसी नेपालको अध्ययन प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रममा उनीहरूले कानून नहुँदा काम गर्न कठिनाइ भएको बताउँदै यसबीचमा जनताले धेरै अपेक्षा गरे पनि त्यसअनुरुप काम हुन नसकेको धारणा व्यक्त गरे । डेमोक्रेसी रिसोर्स सेन्टरको..

    समयमै काम नसक्ने काठमाडौंका तीन सय ठेकेदारको विवरण गृह मन्त्रालयमा !

    सोमबार, जेष्ठ १४, २०७५ साल
    काठमाडौँ, जेठ १४  जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ सय निर्माण व्यवसायीको विवरण गृह मन्त्रालयलाई बुझाएको छ। स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुझाएको विवरणमा विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएका व्यवसायीमध्ये दुई सयले मात्र समयमा काम सम्पन्न गरेको र अन्यले काम नसकेको देखिएको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले मन्त्रालयलाई निर्माण व्यवसायीको विवरण गृहमा बुझाएको स्रोतले जानकारी दियो। समयमा काम नगर्ने र..

    संघीय समाजवादी फोरम ओली नेतृत्वको सरकारमा सहभागी हुने

    सोमबार, जेष्ठ १४, २०७५ साल
    काठमाडौँ, १४ जेठ संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो ।  सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका प्रधानमन्त्रीको..

    सर्वोच्च अदालतद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम

    सोमबार, जेष्ठ १४, २०७५ साल
    काठमाडौँ, १४ जेठ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले चिकित्सा शिक्षामा एमडी, एमएस र एमडिएस अध्ययन हुने सम्बन्धन प्राप्त मेडिकल कलेजको लागि तोकेको रु २२ लाख शुल्क सर्वोच्च अदालतले कायम गरिदिएको छ ।  त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले गत चैत २३ गते रु २२ लाख शुल्क तोक्नेसम्बन्धी गरेको निर्णयविरुद्ध युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालि र मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर..

    प्रदेश २ को सबैभन्दा ठूलो दलले नै किन पत्याएन मुख्यमन्त्री राउतलाई ?

    सोमबार, जेष्ठ १४, २०७५ साल
    जनकपुर, जेष्ठ १४ ।  यसअघि प्रदेश नं. दुईमा सरकारलाई विश्वासको मत दिएका तत्कालीन एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि लालबाबु राउत नेतृत्वको सरकारलाई अप्ठेरो परेको छ । तत्कालीन यी दुई पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेपछि प्रदेश २ को संसदमा नेकपा नै सबैभन्दा ठूलो पार्टी बनेको अवस्थामा यसबाट मुख्यमन्त्री राउतको अप्ठेरो दिन शुरु भएको विश्लेषण समेत गर्न थालिएको छ..

    स्वेच्छिक अवकाशकालागि नाम दिएका कर्मचारीहरुले आफ्नो नाम फिर्ता लिन पाउने

    सोमबार, जेष्ठ १४, २०७५ साल
    काठमाडौँ, १४ जेठ : स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।  बैठकले संघीय संसद्मा पेश भएको सरकारको आर्थिक वर्ष २०७५/०७६ नीति तथा कार्यक्रमलाई..

    नेपाल र नेपालीलाई समृद्ध बनाउने विषयमा मजाक नगरियोस् : प्रधानमन्त्री ओली

    आईतवार, जेष्ठ १३, २०७५ साल
    काठमाडौँ, १३ जेठ आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले नेपाल र नेपालीलाई सुखी बनाउने योजना ल्याउदा मजाक गरिएको बताएका हुन्। विपक्षी दलबाट उठाइएको प्रश्नको ठोस जवाफ दिनुको सट्टा उनले नेपाली जनतालाई गरिब हुन नदिने उही पुरानै विषयमा धेरै व्याख्या र लामो भूमिका बाँधे। उनले नीति तथा कार्यक्रम आकाँक्षाहीन नभएको र असंभव महत्वकाँक्षा..

    भारतसँग सम्झौता भएका विषय कार्यान्वयनमा लगिनेछः प्रम ओली

    आईतवार, जेष्ठ १३, २०७५ साल
    काठमाडौँ, १३ जेठ राष्ट्रियसभाको आईतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रमको जवाफ दिँदै संशोधनको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।  यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आईतबारको राष्ट्रियसभामा सदस्यले उठाएका विषयलाई उच्च सम्मान गरिएको बताए । उनले समृद्ध नेपाली, सुखी नेपालीका लागि..

    प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस सडकमा जान्छ : सभापति देउवा

    आईतवार, जेष्ठ १३, २०७५ साल
    काठमाडौँ, १३ जेठ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन् ।  कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कहीँ कतैबाट प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य देखिएमा सिंगो काँग्रेस सडकमा उत्रने बताए । उनले लोकतन्त्र, समावेशिता, संघीयता र नयाँ संविधान कार्यान्यनका पक्षमा काँग्रेस सदैव क्रियाशील हुने बताउँदै ट्रेड युनियनलाई बचाउन युनियन सदैव..

    नीति तथा कार्यक्रम सर्वसम्मतले पारित, नेपाललाई पहिलो विश्वमा लैजान थाल्नुपर्ने भनाई

    आईतवार, जेष्ठ १३, २०७५ साल
    काठमाडौँ, १३ जेठ प्रतिनिधिसभाबाट सरकारको आव २०७५-७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।  नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो । यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दर्ता भएको संशोधनका सूचना निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । संघीय..

    मनसुन शुरु हुन अझै दुई साताभन्दा बढी लाग्ने, काठमाडौँसहित देशभर तापक्रम वृद्धि

    आईतवार, जेष्ठ १३, २०७५ साल
    काठमाडौँ, १३ जेठ केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ ।  मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १० देखि मनसुन शुरु हुन्छ । तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने हुन्छ ।  महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको अधिकतम तापक्रम ३१.५ र न्यूनतम १८.५ डिग्री सेल्सियस पुगेको..

    उपियाँ तथा उडुसरहित कारागार...! होइन कारागार यस्तो पनि हुन्छ ?

    आईतवार, जेष्ठ १३, २०७५ साल
    इटहरी, १३ जेठ सुनसरी जिल्लाको रामधुनी नगरपालिकास्थित झुम्का कारागार सुधारको हिसाबले उच्चतम नमूना कारागार बन्न सफल भएको छ ।  विसं २०६६ मा स्थापित हाल प्रदेश १ कै सबैभन्दा ठूलो कारागारका झुम्का कारागार पहिलो पटक कैदीलाई कुटेरै मारेको घटनादेखि १२ कैदीले सुरुङ खनेर भागेको घटनाले निर्कै चर्चित बन्न पुगेको थियो । कारागार अहिले उपियाँ, उडुस र लामखुट्टेरहित कारागारको उपमाको परिचय बनाउन सफल भएको..

    प्रधानमन्त्रीले संसदमा भने – रेल र पानीजहाजको सपना पूरा हुन्छ !

    आईतवार, जेष्ठ १३, २०७५ साल
    काठमाडौँ, १३ जेठ :  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका छन् ।  जवाफ दिने क्रममा संसदमा बोल्दै प्रधानमन्त्रीले रेल तथा पानीजहाजको सपना पूरा भएरै छाड्ने उल्लेख गरे । विश्वका थुप्रै देशको उदाहरण दिदै प्रम ओलीले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पुरा गर्न लागिपर्ने बताए । नेपाल हाल तेश्रो विश्वकारुपमा रहेकाले..
    Weather Forecast