आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    बेइमान घोषणापत्र ! “ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?”

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ राष्ट्रियसभाको शुक्रबारको बैठकमा आव २०७५-७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल शुक्रबार पनि जारी छ ।  उनले भने, “जनआकांक्षा र मुलुकको आर्थिक अवस्था विश्लेषण गर्दा बजेट अग्रगामी देखिन्छ तर निर्वाचनका बेला घोषणापत्रमा ज्येष्ठ नागरिकलाई रु पाँच हजार सामाजिक सुरक्षा भत्ता पुर्याउने स्पष्ट लेखिएको विषय कहिले कार्यान्वयन हुन्छ ? राजनीतिक क्षेत्र बेइमान भयो भने अरु क्षेत्रबाट इमान होला भनेर आशा..

    राजश्व र व्ययको अनुमानमाथिको छलफलमा अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको शुक्रबारको बैठकमा आव २०७५-७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाएका विषयमा जवाफ दिने भएका छन् ।  बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५-७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा शुक्रबार छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिने कार्यसूचिमा उल्लेख रहेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते..

    मलेसियामा नेपालीकै कुटपिटबाट पर्वतका एक युवाको मृत्यु, शव ल्याउन अझै १ हप्ता लाग्ने

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    फलेवास, पर्वत, १८ जेठ : रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ ।  पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो ।  करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका आफन्त..

    नेपाली खेलकूद क्षेत्रले राखेका अपेक्षालाई सम्बोधन गर्न अधिकतम प्रयास गर्ने : राष्ट्रपति भण्डारी

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बिहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गरेको छ ।  राखेपले राष्ट्रपति भण्डारी राष्ट्रपतिका लागि दोस्रो पटक निर्वाचित भएपछि उनको सफल कार्यकालको शुभकामनासमेत दिएको छ ।  सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली खेलकूद क्षेत्रले राखेका अपेक्षालाई सम्बोधन गर्न अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले भने, “नेपाली खेल क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने..

    पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक छ : सभापति देउवा

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    पोखरा, १७ जेठ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक भएको बताएका छन् ।  काँग्रेस कास्की जिल्ला सम्मेलनको बिहिबार यहाँ उद्घाटन गर्दै उनले अनुशासनहीनताका कारण पार्टी कमजोर बन्दै गएकाले पार्टीमा मौलाएको छाडापन नियन्त्रण र निर्वाचनमा अन्तरघात गर्नेहरूलाई कारवाही नगरिएसम्म पार्टीलाई सबल बनाउन नसकिने धारणा राखे ।  लोकतन्त्र स्थापनाका लागि काँग्रेसले लामो समयदेखि अनवरत संघर्ष गरेको बताउँदै सभापति देउवाले लोकतन्त्रको रक्षाका..

    प्रकृतिलाई विकाससँग जोडेर त्यसको सही सदुपयोग गर्न सक्नुपर्दछ: गृहमन्त्री थापा

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    रत्ननगर, चितवन, १७ जेठ गृहमन्त्री रामबहादुर थापाले प्रकृति र मानवबीचको द्वन्द्वलाई बाधकका रुपमा हेर्न नहुने बताएका छन् ।  जिल्ला विपद् व्यवस्थापन समिति चितवनले बिहिबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने, “प्रकृतिलाई विकाससँग जोडेर त्यसको सही सदुपयोग गर्न सक्नुपर्दछ ।”  गृहमन्त्री थापाले प्रकृतिलाई विनाशका रुपमा मात्रै नहेर्न आग्रह गर्दै मानव र प्रकृतिबीचको द्वन्द्व संसारभरि नै रहेकाले यसलाई न्यूनीकरण गर्न सकिने बताए ।  उनले भने, “हावालाई..

    क्यान्सर रोग विरुद्ध सरकारले ठोस योजना ल्याउँछः मुख्यमन्त्री राउत

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    लहान, १७ जेठ प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरको उपचारसँगै यो रोग लाग्नै नदिन सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  विश्व धूमपानरहित दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले बिहिबार सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा उनले भने, “क्यान्सर रोग बढ्दै गएकाले यो रोग लाग्नै नदिने गरी सरकारले ठोस स्वास्थ्य योजना ल्याउनेछ ।”  मुख्यमन्त्री राउतले क्यान्सर रोग नियन्त्रणका लागि..

    अर्थमन्त्रीले सांसदको अपमान गरेको भन्दै सांसद गजेन्द्रबहादुर महत बैठकमै भक्कानिएर रोए

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौं, १७ जेठ  सांसद गजेन्द्रबहादुर महतले अर्थमन्त्रीले सांसदको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा रोएका छन् । २०७५/७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बिहीबार आफ्नो धारणा राख्दै गर्दा सांसद महत प्रतिनिधि बैठकमै रोएका हुन्। समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदको अपमान गरेको टिप्पणी उनले गरे। ‘हिजोका सामन्त र मुखियाहरुले आज बैक थापेर बसेका छन्..

    अमेरिको न्यूयोर्क र थाइल्याण्डको बैंककमा गणतन्त्र र सगरमाथा दिवसको कार्यक्रम

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ गणतन्त्र एवं सगरमाथा दिवसका अवसरमा अमेरिकी महानगर न्यूयोर्क र थाइल्याण्डको राजधानी बैंककमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् ।  संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोग र न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासले मंगलबार संयुक्त रुपमा ‘विश्वको सर्वोच्च शिखर र त्यसको परिवेश’ शीर्षकमा तस्वीर प्रदर्शनी गरेको थियो ।  उक्त कार्यक्रममा न्यूयोर्कस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै त्यहाँ बसोबास गर्दै आएका..

    कर्मचारीको उमेरहद ५८ नै राख्ने प्रस्ताव कानुन मन्त्रालयमा, आरक्षणमा महिलालाई ५० प्रतिशत !

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ  निजामति कर्मचारीको उमेरहद ५८ वर्ष कायम राख्ने प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानून मन्त्रालयमा पठाएको छ। काशीराज दाहाल संयोजक रहेको प्रशासन सुधार सुझाव समितिले कर्मचारीको उमेर हद दुई वर्ष थप गरी ६० वर्ष राख्न सुझाव दिए पनि मन्त्रालयले ५८ वर्ष नै राख्ने गरी प्रस्ताव गरेको छ। यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कर्मचारीको उमेरहद बढाउने..

    वार्षिक बजेटमाथिको छलफल, प्रतिपक्षी विरोधमा, सत्ता पक्ष बचाउमा

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ आव २०७५-७६ को राजश्व र व्ययको वार्षिक बजेटका सम्बन्धमा सत्ता पक्षका सांसदबाट उत्कृष्ट रहेको प्रतिक्रिया आएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले भने कार्यान्वयन मुखी नभएको संज्ञा दिएका छन् ।  राष्ट्रियसभाको बिहिबारको बैठकमा अर्थमन्त्री डा युवाराज खतिवडाले आर्थिक वर्ष २०७५-७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।  उक्त प्रस्ताव पछि..

    प्रधानमन्त्री र विमस्टेकका महासचिबबीच भेटघाट, पानीजहाज संचालनमा जोड

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौं, १७ जेठ  प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक)का महासचिब सहिदुल इस्लामले आज बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यमको बनाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले विमस्टेकका बिगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताए । प्रधानमन्त्री ओलीले विमस्टेक संचालनका लागि अल्पकालिन,मध्यकालिन..

    महानगरीय प्रहरीद्वारा ३९ बालबालिकाकाे उद्धार, सञ्चालकलाई मुद्दा लगाउने तयारी

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ । परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरुमा नाबालक केटीलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका आधारमा बुधबार राति छापा मारेर बालिकाको उद्धार गरेको हो । जसमध्ये ठमेलबाट तीन, कोटेश्वरबाट..

    भ्रष्टचारीहरु विरुद्ध स्टिङ अपरेशन जरुरी : गृहमन्त्री रामबहादुर थापा

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    रत्ननगर चितवन, १७ जेठ  गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताएका छन्  ।  नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई आज चितवनको सौराहामा सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारलाई आग्रह गरे।  “भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन्, तिनीहरुको स्टिङ अपरेशन गर्नु जरुरी छ, चाहे अड्डाअदालतमा हुन् अथवा विभिन्न..

    नेपाल कम्युनिष्ट पार्टीबाट अण्डरलाइन हट्यो, अब कोष्ठमा (नेकपा) थपिने

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौं, जेठ १७  तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गर्ने भएको छ। निर्वाचन आयोगमा यसअघि नामको तल अण्डरलाइन गरेर दर्ताका लागि निवेदन दिएको थियो। आयोगको सुझावपछि नेकपाले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएर आयोगको दर्ता गर्न लागेको हो। निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी पहिला नै दर्ता रहेको र अण्डरलाइन गर्दा गलत नजिर बस्ने भन्दै..

    ३३ केजी सुन तस्करीमा मुछिएका प्रहरी श्याम खत्रीद्वारा अदालतमा आत्मसमर्पण

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौं,१७ जेठ साढे ३३ केजी सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्री जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम शुरु गरेपछि खत्री फरार भएका थिए । (थप विवरण आउन बाकी)..

    रुपन्देहीमा दम्पती हत्याका अभियुक्त गौतमलाई ८ वर्षपछि पक्राउ गर्न प्रहरी सफल

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    बुटवल, १७ जेठ :   रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।  बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र निजकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न फरार अभियुक्त अर्जुन गौतमलाई आठ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको जनाएको छ ।  अभियुक्त गौतमलाई गत..

    गैरसरकारी संस्थाहरुले कर्णाली क्षेत्रलाई परनिर्भर बनाए : मुख्यमन्त्री शाही

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    सुर्खेत, १७ जेठ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाएका छन् ।  बुधबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मुख्यमन्त्री शाहीले यो सुझाव दिएका हुन् । सानातिना सहयोगका नाममा गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएको औँल्याउँदै मुख्यमन्त्री शाहीले भने, “दिगो प्रतिफल निकाल्ने गरी न्यूनतम रु एक करोडभन्दा माथिको लगानी गर्ने..

    ‘यसैवर्ष भित्र पानी जहाज चल्न सुरु भयो भने पनि अनौठो नमान्दा हुन्छ’

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौँ,१६ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटलाई लागू गरिछाड्ने दृढता व्यक्त गरेका छन् । नयाँ बानेश्वरमा बुधबार बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले बजेट असाधारण प्रतिबद्धताका साथ आएको भन्दै यसलाई लागू गरिने बताए । बजेट लागू हुँदैन भन्ने विपक्षीहरुप्रति कटाक्ष गर्दै उनले भने, ‘बजेटलाई हावादारी भन्नेहरु सबैभन्दा हावादारी हुन्, यो बजेट कार्यान्वयन हुन्छ, गर्छौं ।’ उनले रेल र पानी जहाज..

    गोरखापत्र, रेडियो र नेपाल टेलिभिजनबारे अध्ययन गर्न समिति गठन

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौँ, १६ जेठ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधार गरी ती संस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन एवं छानबिन गर्न दुई समिति गठन गरेको छ ।  ती संस्थाका नीतिगत, संरचनागत, प्रक्रियागत, प्रविधिगत पक्षका साथै आर्थिक, भौतिक, जनशक्ति व्यवस्थापनलगायतका पक्षमा अध्ययन एवं छानविन गर्न राज्यमन्त्रीस्तरको निर्णयबाट ती समिति गठन भएका हुन् ।  गोरखापत्र संस्थानको..

    देउवाप्रति व्यङ्ग्य गर्दै ओलीले भने- बजेटलाई 'हावादारी' भन्ने आफैं 'हावादारी'

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौं, १६ जेठ  प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले बजेटलाई ‘हावादारी’ भनि टिप्पणी गरेकोमा आपत्ति जनाएका छन् ।  प्रधानमन्त्री ओलीले देउवाप्रति लक्षित गर्दै केही भन्ने ठाउँ नभएपछि बजेटलाई ‘हावादारी’ भनिएको दावी समेत गरे । बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले बजेटलाई ‘हावादारी’ भनेर टिप्पणी गर्ने आफै ‘हावादारी’ भएको भन्दै देउवाप्रति व्यंग समेत..

    “शिक्षाले त्यस्तो जनशक्ति निर्माण गरोस्, जसले समृद्ध नेपाल निर्माणमा योगदान दिन सकोस्”

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौँ, १६ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “स्नातक उत्तीर्ण गरेको छ तर केही गर्न सक्दैन, त्यस्तो हुनुहुँदैन, शिक्षाले त्यस्तो जनशक्ति निर्माण गरोस्, जसले समृद्ध नेपाल निर्माणमा योगदान दिन सकोस्, विद्यार्थीको चाहनाअनुसारको शिक्षा नदिएमा ऊ सफल हुँदैन, विद्यार्थी सफल नभए समृद्ध..

    सरकारले पेश गरेको बजेट स्वप्नदर्शी भएको प्रमुख प्रतिपक्षी काँग्रेसको निष्कर्ष

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडाैँ, १६ जेठ  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आर्थिक बर्ष २०७५/०७६ को बजेटलाई ‘स्वप्नदर्शी’ भनेको छ । चुनावी घोषणा–पत्र र नीति तथा कार्यक्रमभन्दा फरक शैलीको बजेट प्रस्तुत गरेर सरकारले जनमतको उपेक्षा गरेको काँग्रेसले टिप्पणी गरेको हो । समृद्ध नेपाल र सुखी नेपालीको कल्पना पूरा गर्न लगानीको माहोल सृजना गर्नुपर्ने भएपनि सरकारले आफ्नो बजेटमा लगानी जुटाउने विषय समेट्न नसकेको समेत काँग्रेस संसदीय दलको बैठकले..

    नुवाकोटमा धेरै विकास भएको हो सरकार ? फेरि किन घटाइयो बजेट !

    बुधबार, जेष्ठ १६, २०७५ साल
    नुवाकोट, १६ जेठ सरकारले आगामी आर्थिक वर्ष २०७५-७६ को लागि यहाँका दुई नगरपालिका र १० गाउँपालिकालाई रु दुई अर्ब ५४ करोड ४३ लाख बजेट विनियोजन गरेको छ ।  मंगलबार सार्वजनिक भएको बजेटमा सबैभन्दा बढी विदुर नगरपालिकालाई रु ४६ करोड २३ लाख र बेलकोटगढी नगरपालिकालाई रु ३३ करोड ४६ लाख बजेट छुट्याइएको छ । चालू आवभन्दा आगामी आवमा विदुर नगरपालिकालाई रु दुई करोड..

    श्रमिक वर्गको चाहनालाई पूरा गर्न समृद्ध समाजवादी यात्राका लागि बाटो तय गर्ने: प्रधानमन्त्री ओली

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौँ, १६ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका  छन् ।  विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको “माक्र्सवाद र समाजवाद” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको बुधबार यहाँ उद्घाटन गर्दै उनले माक्र्सवादको मार्गदर्शनमा नेपालमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय..

    सरकारको घोषणा - तीन महिनाभित्र नारायणहिटी दरबारमा राजमुकुट सार्वजनिक गर्ने

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौँ,१६ जेठ सरकारले तीन महिना भित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट सार्वजनिक गर्ने घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिना भित्र सार्वजनिक गर्ने योजना अघि सारेका हुन्। यस अघि पनि सरकारले राजमुकुटलाई सार्वजनिक गर्ने प्रतिवद्धता पटक–पटक सार्वजनिक गर्दै आएको थियो। बुधबार नारायणहिटी दरबार संग्राहलयको अनुगमनमा पुगेका मन्त्री अधिकारीले संचारकर्मीमाझ..

    बिपी विचार राष्ट्रिय समाजद्वारा प्रदेश नं. ३ को स्तरीय भेला जेठ १८ काठमाडौँमा गर्ने

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौँ, १६ जेठ बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं. ३ को स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । समाजले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा किन पराजित भयो भन्ने विषयमा समीक्षा हुने बताए । ‘हारको जिम्मेवारी काँग्रेस केन्द्रीय..

    संघीय समाजवादी फोरम सरकारमा सामेल हुने, पाउने भयाे स्वास्थ्य र शहरी विकास मन्त्रालय

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडाैँ, १६ जेठ  संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने तयारीमा जुटेको छ । नेपाल कम्युनिष्ट पार्टीसँगको दुई बुँदे सहमति पछि संघीय फोरम सरकारमा सामेल हुने तयारीमा जुटेको हो । दुई दलबीचको समझदारी पछि मन्त्रालय बाँडफाँट समेत लगभग टुंगिएको बताइएको छ । संघीय फोरमले स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालय पाउने भएको छ । एक/दुई दिनभित्रै सरकारमा सामेल हुने फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले..

    पर्यटन व्यवसायीद्वारा धुर्मुस—सुन्तली फाउण्डेसनलाई ८ लाख सहयोग !

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौँ, १६ जेठ पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् ।  उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् । ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरियो ।  कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पवित्र उद्देश्यका साथ..

    अपांगता भएकाहरुले पाए नयाँ जीवन, राहत दिएको भन्दै स्थानीयवासी निकै हर्षित

    बुधबार, जेष्ठ १६, २०७५ साल
    लिबाङ, रोल्पा, १६ जेठ साविकको कुरेली–१, रोल्पाकी १२ वर्षीया मैती विकको खुट्टा केही समय अघि आगोले पोलेको थियो ।   कक्षा ५ मा अध्ययनरत विकको आगोले पोलेका कारण एउटा खुट्टा जलेर नष्ट भयो, जसका कारण उनले नचाहेर पनि एउटा खुट्टा गुमाउनु परेको थियो । खुट्टा जलेपछि उनलाई हिँडडुल गर्न त के भित्रबाहिर गर्नसमेत असहज हुने गथ्र्यो । साथीभाइ हिँडडुल गरेको देख्दा कहिलेकाहीँ उनीमा..
    Weather Forecast