बिहिवार, चैत्र २७, २०७६

    राज्य-समाज

    काङ्ग्रेस सभापति देउवासहितका नेता म्याग्दीमा

    शनिबार, फागुन २५, २०७५ साल
    बेनी, २५ फागुन  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता शनिबार म्याग्दी आउनुभएको छ ।  सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ आउनुभएको हो ।  हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुग्नुभएका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गर्नुभएको छ ।..

    सरकार र स्वतन्त्र मधेशवादी गठबन्धनबीच भएको सहमतिको स्वागत

    शनिबार, फागुन २५, २०७५ साल
    काठमाडौँ, २५ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार र स्वतन्त्र मधेशवादी गठबन्धनबीच शुक्रबार भएको सहमतिको स्वागत गरेको छ ।  पार्टीका सञ्चार विभाग प्रमुख मोहन श्रेष्ठले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा विगत केही समयदेखि राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्दै आएका सिके रावतले विखण्डनको एजेण्डा परित्याग घोषणा गर्नु सकारात्मक रहेको उल्लेख छ । पार्टीले राष्ट्रिय अखण्डताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख छ । विज्ञप्तिमा विखण्डनकारी..

    राजपा र जनमुक्ति पार्टीबीच एकता, २ तिहाइ बढी नेताकार्यकर्ता प्रवेश

    शनिबार, फागुन २५, २०७५ साल
    काठमाडौँ, २५ फागुन : राष्ट्रिय जनता पार्टी  नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच शुक्रबार एकता भएको छ । राजपा अध्यक्षमण्डलका सदस्यले यहाँ आयोजित कार्यक्रममा सो पार्टीका सहअध्यक्ष मानध्वज ब्लोनसहितका नेता कार्यकर्तालाई टिका लगाएर स्वागत गर्नुभएको थियो ।  पार्टी एकीकरणमा जनमुक्ति पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा सहभागी हुनुभएको थियो । उक्त पार्टीका दुई तिहाइभन्दा बढी केन्द्र र जिल्लास्तरका नेता राजपामा प्रवेश गरेको राजपाका नेता केशव..

    पोखराको लेकसाइडस्थित 'क्लब-९९' मा लागेको आगो नियन्त्रणमा

    शुक्रबार, फागुन २४, २०७५ साल
    चिप्लेढुङ्गा, २५ फागुन : पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ ।    स्थानीयवासीका अनुसार राति ९ बजे लागेको आगो झण्डै सवा घण्टापछि दमकल, नेपाल प्रहरी एवं स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको हो । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । ..

    अझै २५ हजार कर्मचारी समायोजन हुन बाँकी

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन  सरकारले समायोजन रोजेका करीब २५ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका जनाएको छ ।  सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अझै २५ हजार समायोजन गर्न बाँकी रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । करीब ८७ हजार कर्मचारीमध्ये ७७ हजार कर्मचारीले समायोजन रोजेका थिए ।  उहाँका अनुसार अहिलेसम्म समायोजन रोजेकामध्ये ५१..

    सरकार र सिके राउतबीच भएको सहमतिमा के-के छन् ? (पूर्णपाठसहित)

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन सिके राउत नेतृत्को स्वतन्त्र तराई मधेस गठबन्धन र सरकारबीच शुक्रबार ११ बूँदे सहमति भएको छ।  सिके राउतले मूलधारको राजनीतिमा आएर स्वतन्त्र मधेस राज्यको माग छाड्ने बताएपछि दुईपक्षबीच राष्ट्रिय सभागृहमा यस्तो सहमति भएको हो ।  शुक्रबारबाट लागू भएको सहमतिमा सिके राउत र गृहमन्त्री रामबहादुर थापा बादलले हस्तक्षर गरेका छन् । सहमतिका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल..

    “महिला आरक्षण र समानताको नीति राज्यले अवलम्बन गर्नुपर्छ”

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन  राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति..

    प्रधानमन्त्री ओली र सिके राउतको एउटै मञ्चबाट सम्वोधन हुदैँ

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन तल्ला कमिटीहरु एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दुवै शनिबार मधेस झर्ने भएका हुन् । स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् । सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् । राउत विहीवार मात्रै..

    अन्तर्राष्ट्रिय महिला दिवस - अधिकार कार्यान्वयनको खाँचो

    शुक्रबार, फागुन २४, २०७५ साल
    कास्की, २४ फागुन  गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले लैङ्गिक, वर्गीय र जातीयलगायतका शोषण, उत्पीडन र विभेदको अन्त्य नगरेसम्म समृद्ध नेपालको स्थापना नहुने हुँदा सबैमा समानता कायम गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउनुभएको छ ।  प्रदेशसभा सचिवालयको आयोजनामा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा शुक्रबार प्रदेशसभा सचिवालय भवनमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “संविधानले महिलालाई सम्पूर्ण अधिकार प्रदान गरेको..

    डा. गोविन्द केसीले प्रधानमन्त्री ओलीलाई माफियाको संज्ञा दिएपछि ...

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन  प्राडा गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माफियाको वफादार बनेको आरोप लगाएका छन् । बिहिबार सात बुँदै वक्तव्य निकाल्दै केसीले स्वास्थ्य र शिक्षा क्षेत्रका समस्या समाधान गर्नुको साटो प्रम ओली र उनी नेतृत्वको सरकार माफिया, दलाल र भ्रष्टहरुको वफादार बनेको आरोप लगाएका हुन् । डा केसीले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, विपन्न नागरिकले सुलभ र गुणस्तरीय स्वास्थ्य..

    सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन  मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा बिहिबारदेखि प्रचलनमा ल्याइएको छ ।  सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ । नापी विभागले तयार गरेको नक्सामा लिपुलेक, कालापानीका साथै ठूला हिमाल, नदी, सडक तथा प्रमुख लोकमार्ग राखिएको छ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा नामकरण हुन बाँकी प्रदेशको..

    सीके राउतलाई रिहा गर्न सर्वोच्चको आदेश

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन केही महिना देखि काठमाडौँमा थुनामा रहेका ‘विखण्डनवादी नेता’ सीके राउतलाई छाड्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई छाड्न आदेश दिएको हो।..

    कालापानी नक्साबाटै गायब ! राष्ट्रियताको जप गर्नेहरु किन चुप ?

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ । भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मोनता टिठलाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो । नेपालको भूमि नापनक्सा गर्दै आएको नापी विभागका पूर्वउपनिर्देशक सुरेशमान श्रेष्ठले कालापानी नभएको नक्सा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । नेपालको सुदूरपश्चिम प्रदेशस्थित..

    निर्मला प्रकरण : एसपीसहित ८ प्रहरीविरुद्ध अदालतमा मुद्दा

    बिहिवार, फागुन २३, २०७५ साल
    महेन्द्रनगर, २३ फागुन ।  कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सात महिनापछि अदालतमा दुईवटा मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी र दिलीपसिंह विष्टका दाजु खडग विष्टको जाहेरीका आधारमा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको हो । सरकारी वकिल कार्यालय कञ्चनपुरका सहायक न्यायाधिवक्ता मोहनीप्रसाद जोशीका अनुसार दिलीपसिंह विष्टलाई यातना दिएकोे अभियोगमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख तथा बर्खास्तमा..

    अदालतको फैसलाविरुद्ध जनतासमक्ष जान्छौं : राजपा नेता

    बिहिवार, फागुन २३, २०७५ साल
    विराटनगर, २३ फागुन  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा बिहिबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।  अध्यक्ष मण्डलका सदस्य महतोले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र..

    पूर्वसांसद पण्डितको निधनबाट सत्तारुढ नेकपा स्तब्ध

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।  पार्टी महासचिव विष्णु पौडेलले विहिबार जारी गर्नुभएको शोक सन्देशमा पञ्चायतकालमा नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि पण्डितले निर्वाह गर्नुभएको भूमिका स्मरणीय रहेको बताउँदै पार्टीले कम्युनिस्ट आन्दोलनले एक समर्पित नेता गुमाएको उल्लेख गर्नुभएको छ ।  नेकपाले..

    ‘विप्लव’ कम्युनिष्टको राप्ती बन्दले रोल्पाको जनजीवन प्रभावित

    बिहिवार, फागुन २३, २०७५ साल
    रोल्पा, २३ फागुन : प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ ।  बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थी फर्किएका छन् । सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन् ।  बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र..

    राजपाद्वारा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन : राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले जनाउनुभएको छ ।  टीकापुर घटनामा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले राजपाका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि बसेको राजपा अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको..

    नयाँ शक्तिका संयोजकसहित २ सय ८ जना नेता नेकपामा

    बुधबार, फागुन २२, २०७५ साल
    उर्लाबारी, २२ फागुन  नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं १ का संयोजक देवराज भण्डरीसहित २०८ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।  मोरङको पथरीशनिश्चरेमा नेकपाले बुधबार आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र मुलुक समृद्ध हुने बताउनुभयो । मन्त्री ढकालले नयाँ शक्तिका..

    सभापति देउवा साताव्यापी जिल्ला भ्रमणमा जाँदै, तालिका सार्वजनिक

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन छदिने जिल्ला भ्रमण जाने हुनुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले पार्टी सभापति देउवा प्रदेश नं १ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि जाने भ्रमण तालिका सार्वजनिक गरेको छ ।  भ्रमण तालिकाअनुसार उहाँ बिहीबार बिहान विराटनगर प्रस्थान गर्नुहुनेछ । उहाँ मोरङबाट..

    मुलुकमा अब आगो बल्छ, राष्ट्रिय विद्रोह सुरु गर्छौं : राजेन्द्र महतो

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन्।  पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उनले त्यस..

    रेशम चौधरीलाई जन्मकैदकाे सजायपछि राजपाले बाेलायाे आकस्मिक बैठक

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन राष्ट्रिय जनता पार्टी (राजपा)को आकस्मिक बैठक बसेको छ । पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि आवश्यक छलफल गर्दैछ । राजपाका महासचिव केशव झाले केही समयपछि पार्टीको आधिकारिक धारणा आउने बताउनुभएको छ । यता, राजपाका नेता लक्ष्मणलाल कर्णले भने अदालतको निर्णयलाई मान्नुको विकल्प नभएको बताउनु भएको छ ।  उहाँले सम्मानित अदालतको निर्णयलाई..

    प्रि–मनसुन शुरु : ३ महीना पहाडी भेगको मौसम प्रभावित हुने

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महीना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भूभागको मौसम लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्ष हुने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभाव पार्न थालेकाले प्रि–मनसुन शुरु..

    गण्डकी प्रदेशसभा - अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्तसँगै बैठक स्थगित

    बुधबार, फागुन २२, २०७५ साल
    पोखरा, २२ फागुन  गण्डकी प्रदेशसभाको बुधवार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बुधवारका लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै स्थगन गरिएको हो । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो।  प्रदेशसभाको मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्नुका साथै उक्त दुर्घटनामा..

    नेपालगञ्जमा स्टिङ अप्रेशन : ८७ हजार घुससहित अधिकृत र सुब्बा पक्राउ

    बुधबार, फागुन २२, २०७५ साल
    नेपालगञ्ज, २२ फागुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अप्रेशनका क्रममा बुधबार दुईवट कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारको बुटवलस्थित कार्यालयबाट गएको टोलीले नेपालगञ्जस्थित दुईवटा सरकारी कार्यालयबाट दुईजनालाई घुससहित पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा एकजना नेपालगञ्ज भन्सार कार्यालयका नायब सुब्बा र अर्का क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत रहेका छन् । यी दुवैलाई अख्तियारको टोलीले घुस लिँदा..

    टीकापुर प्रकरण : रेशम चौधरीलाई जन्मकैद, अब सांसद पद के हुन्छ ?

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन टिकापुरमा सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको अभियोगमा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको छ। जिल्ला अदालत कैलालीले हाल सांसदको पनि सपथ खाइसकेका चौधरीसहित ११ जनालाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।  जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला गरेको हो। यस्तै उक्त घटनामा ३ जनाले फैसला पाएका छन्। लक्ष्मण थारुलाई भने ३..

    पन्ध्रौं योजनामा परामर्श : समुन्नत राष्ट्रको दीर्घकालीन सोच

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन  राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने लक्ष्य लिएको छ ।  सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना तयार गरेको हो । आर्थिक वर्ष २०७६-७७ देखि २०८०-८१ सम्म कार्यान्वयन हुने उक्त योजनाको मस्यौदा बुधबार आयोगले सरोकारवाला पक्षसँग..

    “छिटोभन्दा छिटो निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौँ”

    बुधबार, फागुन २२, २०७५ साल
    धनगढी, २२ फागुन  गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  बुधबार यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।” घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उहाँले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताउनुभयो ।  एकाधिकार कानूनीरुपमा अन्त्य गरिसकिएको बताउँदै उहाँले यसलाई..

    टीकापुर घटनाको फैसला हुँदै - सांसद रेशम चौधरी ‘वार कि पार’ ?

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ ।  मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले बुधबार फैसला सुनाउने भएको छ । थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसपीसहित ९ जनाको ज्यान गएको थियो । उनीहरूका विषयमा कैलाली जिल्ला अदालतले फैसला गर्न लागेकाे हाे ।  जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीका अनुसार सो मुद्दाको बिषयमा वादी नेपाल..

    श्रमिकका समस्याबारे छलफल, गुनासालाई कार्यस्थलमै सावधान

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन  दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्यामाथि छलफल गर्न आगामी चैत ३ गते ‘स्वेच्छिक घर फिर्ती तथा समसामयिक अन्तरक्रिया’ कार्यक्रम आयोजना गर्ने भएको छ ।  स्थानीय फ्यङ्गथेक माइग्रेन्ट सेन्टरको हलमा हुने सो कार्यक्रममा स्वेच्छिक घर फिर्ती, श्रमिकका समस्या तथा गुनासा र दूतावासले प्रदान गर्ने कन्सुलर सेवाका साथै समसामयिक विषयमा छलफल गरिने दूतावासले जनाएको छ । दूतावासले..
    Weather Forecast