बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    प्रदेश नं १ : विधेयक पारित, बालबालिकासम्बन्धी विधेयक, २०७५ स्वीकृत

    मंगलवार, भाद्र १९, २०७५ साल
    विराटनगर, १९ भदौ  प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।  प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीद्वारा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०८ बमोजिम विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।  यसअघि बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य सावित्रा रेग्मीले नेपाल..

    'सैन्य अभ्यास कहाँबाट आयो ? मन्त्री भइसकेकाले पनि यस्तो कुरा गरेको देख्दा छक्क लाग्छ'

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौं,१९ भदौ प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रहरुबीच सैन्य अभ्यासको सम्झौता नभएको बताएका छन् । मंगलबार संसदमा प्रतिपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, सैन्य अभ्यास कहाँबाट आयो ? कसको सैन्य अभ्यास ? मन्त्री भइसकेका माननीयज्यूहरुले पनि यस्तो कुरा गरेको देख्दा छक्क लाग्छ ।’ ‘यस्तै कुरा आउँछ भनेर घोषणापत्रै बोकेर बसेको छु । यो गोप्य पनि छैन, बजारभरी छ ।’ संसदमा कांग्रेस..

    करलाई जनताको सेवासँग जोड्न प्रदेश नं १का मन्त्री इन्द्रबहादुर आङ्बोको आग्रह

    मंगलवार, भाद्र १९, २०७५ साल
    विराटनगर, १९ भदौ प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले करलाई जनताको सेवासँग जोड्न आग्रह गरेका छन् । प्रदेश नं १ को प्रदेशसभामा कर तथा गैरकर लगाउने सम्बन्धमा प्रस्तावित विधेयकमा प्रदेशसभाका सदस्यले उठाएका प्रश्नको जवाफमा मंगलबार उनले सो कुरा बताएका हुन्  ।  उनले हाम्रो बजेट कर तथा राजश्वमुखी भएकोले इमान्दारीपूर्वक कर तिरेमा मात्र राष्ट्रको विकास हुने कुरामा जोड दिए..

    कर्मचारी समायोजन पुस मसान्तसम्ममा, खटनपटन र सरुवामा शतप्रतिशत निष्पक्ष गर्ने !

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १९ भदौ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर प्रयास भइरहेको बताएका छन्  ।  राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले निजामति प्रशासनको क्षमतामाथि प्रश्न नभए पनि कार्य क्षमताको उचित प्रयोग र सुशासनको पाटोबाट प्रशस्तै आलोचना हुने गरेको उल्लेख गरे ।  सङ्घीयताको अभ्यास गरिरहेको अवस्थामा केन्द्रिकृत मानसिकताका कारण अधिकाश निजामती कर्मचारीले..

    धनुषाको नापी कार्यालयका कर्मचारी १५ हजार घुस लिंदालिंदै रंगेहात पक्राउ

    मंगलवार, भाद्र १९, २०७५ साल
    महेन्द्रनगर, धनुषा, १९ भदौ नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि रु १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताए ।..

    एलपी ग्यास बोकेर काठमाडौँ आउंदै गरेको भारतीय नम्बरको ग्यास कण्टेनर त्रिशूलीमा खस्यो

    मंगलवार, भाद्र १९, २०७५ साल
    चितवन, १९ भदौ  एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट मंगलबार अपराह्न त्रिशूली नदीमा खसेको छ ।  जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ । कण्टेनर नदीले बगाएर जुगेडी ल्याई पुर्याएको जनाइएको..

    संसदमा प्रधानमन्त्रीलाई प्रश्नको प्रहार : "प्रम ज्यु, भारतको रेल पहिला आउँछ कि चीनको ?"

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौं, १९ भदौ मंगलबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासको बंगालको खाडीको प्रयास (विमस्टेक) बैठकबारे जानकारी गराए । त्यस क्रममा उनले सम्मेलन सफल भएको दावी गरेका थिए । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले भारतको रेल पहिला आउँछ कि चीनको भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै बिमस्टेक सम्मेलन..

    राष्ट्रपतिद्वारा बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’ (तस्वीर सहित)

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १९ भदौ  राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई मंगलबार विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेका छन् ।  गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई मंगलबार प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गरीन् ।  सोअनुसार..

    चिनियाँ पक्षको प्रश्न– नेपालले वार्षिक कति बिजुली किन्छ ? रेलमार्ग पनि सँगै बनाउन प्रस्ताव !

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौं, १९ भदौ   नेपालले गल्छी–केरुङ अन्तरदेशीय प्रसारण प्रसारणलाइन निर्माण गर्न चीनसँगै मिलेर लगानीसमेत गर्नुपर्ने भएको छ । नेपालले अर्को चरणमा नेपालमै बस्ने दुईपक्षीय बैठकमा यसबारे आफ्नो धारणा राख्नेछ । चीन गएर फर्किएको टोलीले विद्युत प्राधिकरणसमक्ष चिनियाँ पक्षले उठाएका विषयहरु अवगत गराएको छ । सन् २००६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनसँग अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने समझदारी भएको थियो । त्यसअनुसार..

    संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो बनाउनुपर्छ : काङ्ग्रेस नेता पौडेल

    मंगलवार, भाद्र १९, २०७५ साल
    तनहुँ, १९ भदौ  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।  रिपोटर्स क्लब नेपालले मंगलबार दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भने । “ म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको..

    चर्चित चेन रेष्टुरेन्ट बाजेको सेकुवाको शिलबन्दी तोडियो, यस्तो छ कारण !

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौं, १८ भदौ  चर्चित चेन रेष्टुरेन्ट बाजेको सेकुवाको ६ वटा आउट लेटमा गरिएको शिलबन्दी तोडिएको छ । यसअघि रेष्टुरेन्टका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि ३० जेठमा अनुसन्धान समितिले छापा मारेर शिलबन्दी गरेको थियो । त्यसलगत्तै, व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटी खोसिएको भन्दै कर्मचारीहरुले विरोध जनाउँदै आएका थिए । प्रहरी प्रशासन, जनप्रतिनिधि लगायतको उपस्थितिमा शिलबन्दी तोडिएको हो ।..

    कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानको जिम्मा अब सिआइबीका वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीलाई

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १८ भदौ : प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीलाई खटाएको छ ।  कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठित समितिलाई थप सहयोग गर्ने गरी प्रवउ ज्ञवालीलाई घटनास्थलमा खटाइएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले जानकारी दिए । “यसअघि गठित समितिलाई थप..

    निर्मला हत्या प्रकरणबारे यसो भन्छन् काँग्रेस सांसद बडु - घटनाको निष्पक्ष छानविन हुनेमा शङ्का !

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणका वास्तविक दोषी पहिचान गर्न ढिलाइ भएको भन्दै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलको ध्यनाकर्षण गराएको छ ।  नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले निर्मला पन्तका हत्याको विषयमा गम्भीर हुन सरकार तथा संसद्को ध्यानाकर्षण गराएका छन् । प्रतिनिधीसभाको सोमबारको बैठकमा उनले कञ्चनपुर घटनामा सुरु देखि सरकारले गम्भीर रूपमा नलिएको..

    गण्डकी प्रदेशसभाको बैठक, मन्त्रीद्वारा सदनलाई जानकारी, विधेयक टेबुल !

    सोमबार, भाद्र १८, २०७५ साल
    पोखरा, १८ भदौ  गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरुले मुलुकमा महिला हिंसा, बलात्कार तथा आपराधिक घटनामा वृद्धि भएको सम्बन्धमा चिन्ता व्यक्त गरेका छन् । आजको प्रदेशसभाको बैठकमा विशेष र शून्य समयमा बोल्ने सदस्यले यस्ता घटनालाई निरुत्साहित गर्न र दोषीमाथि कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  बैठकको शून्य समयमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भदौ ८ गते मृतावस्थामा भेटिएकी पोखरा–१९ बस्ने १३ वर्षीया पुष्पा..

    नेपाल पत्रकार महासङ्घद्वारा पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न प्रेस काउन्सिल नेपाललाई आग्रह

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १८ भदौ  नेपाल पत्रकार महासङ्घले पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ ।  महासङ्घअन्तर्गतको साना लगानीका मिडिया हक हित संरक्षण समितिले आइतबार काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठलाई पत्रपत्रिका वर्गीकरणबारे देशैभरीबाट आएका गुनासोको आधारमा ध्यानाकर्षणपत्रसमेत बुझाएको छ । महासङ्घले पत्रपत्रिका वर्गीकरणबारे पुनर्विचार गर्न समेत आग्रह गरेको छ । महाङ्घका केन्द्रीय सदस्य तथा समितिका सहसंयोजक गोपाल बराइलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले..

    नेकपाका दुवै अध्यक्ष भन्छन् - गौरा पर्वले सांस्कृतिक एकतालाई मबजुत बनाएको छ

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौं, १८ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नं ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताएका छन् । प्रदेश नं ७ तथा कर्णाली प्रदेशमा मनाइने यस पर्वका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले पहिचान र सामथ्र्यलाई संविधानमार्फत सुनिश्चित गरी सङ्घीय गणतान्त्रिक नेपालको निर्माणमा गौरा पर्वको..

    बिमस्टेक घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ   प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिमस्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।   काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई उनले निर्देशन दिएका हुन् । सम्मेलनबाट जारी घोषणापत्रमा गरिबी निवारण, यातायात र सूचना..

    महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ : उपराष्ट्रपति नन्दबहादुर पुन

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ: उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताएका छन् ।  दक्षिण एशियाली महिला विकास मञ्चले सोमबार यहाँ आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक विविधतासहितको सहअस्तित्व अनिवार्य रहेकोमा जोड दिए ।  उनले नेपालले संविधान र अन्य कानूनमार्फत महिलाको हक अधिकार सुनिश्चितताका लागि राज्यका हरेक..

    बिमस्टेक सम्मेलन सफल : रंगरोगनदेखि सुरक्षासम्ममा १० करोडभन्दा बढी खर्च

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौं, १८ भदौ  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन शुक्रवार सम्पन्न भएको छ । बिमस्टेकमा विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरूले प्रवेशद्वार, होडिङ बोर्ड निर्माण गरेका छन् । स्वागतका लागि जम्मा ५७ वटा प्रवेशद्वार निर्माण भएका छन् भने २० वटा भन्दा बढी ठूला फ्लेक्स बोर्ड तथा होडिङ बोर्ड निर्माण भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । बिमस्टेक..

    जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ : अर्थमन्त्री खतिवडा

    सोमबार, भाद्र १८, २०७५ साल
    राजविराज, १८ भदौ  अर्थमन्त्री डा युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।  सप्तरी सदरमुकाम राजविराजमा सोमबार करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । “एकल विन्दुबाट कर उठाउनुपर्नेमा धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था आएको छ,” उनले भने, ‘‘अब..

    जातीय भेदभाव भए दण्ड, सजाय र २ लाखसम्म क्षतिपूर्ति विधेयक सदनमा पेश

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ   मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ ।  जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकलाई सरकारले सदनमा प्रस्तुत गरेको छ । विधेयकमा कसुरको प्रकृतिअनुसार कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पीडितलाई रु दुई लाखसम्म क्षतिपूर्ति..

    विदेशमा रहेका र नेपाली नागरिकता नत्यागेका नागरिकले मतदानको अधिकार पाउने कहिले ?

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौं, १८ भदौ   सर्वोच्च अदालतले दिएको आदेश पालना भए आगामी निर्वाचनमा विदेशमा रहेका र नेपाली नागरिक नत्यागेका नेपाली नागरिकले मतदानको अधिकार पाउनेछन् ।  विदेशमा मतदान गर्नका लागि आवश्य क व्यवस्था मिलाउने आवश्यउक पर्ने सबै निकायको नाम किटान गरेर सर्वोच्च अदालतले आदेश जारी गरेपछि ती निकायले अब कसरी काम अघि बढाउँछन् भन्ने चासोको विषय भएको छ । सरोकारवाला निकाय र विशेषगरी गैरआवसीय नेपालीहरूले सरकारसँग..

    सभापति देउवाले भने - चिकित्सकहरुको जारी आन्दोलनमा कांग्रेसको पुरै समर्थन छ !

    सोमबार, भाद्र १८, २०७५ साल
    चितवन, भदौ १८ । कांग्रेस सभापति शेरबहादुर देउवाले उपचार सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समेत समर्थन रहेको प्रस्ट पारेका छन् । नेपाल प्रेस युनियनले चितवनको भरतपुरमा आज विहान गरेको एक कार्यक्रममा बोल्दै देउवाले चिकित्सकहरुका जायज मागहरु सम्बोधन हुनुपर्नेमा जोड समेत दिए । सरकारका पछिल्ला कामकारबाही प्रति असहमति जनाएका देउवाले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको प्रति भने खुशी व्यक्त..

    सञ्चारमन्त्री बाँस्कोटा इथियोपिया प्रस्थान, अन्तर्राष्ट्रिय हुलाकसम्बन्धी सम्मेलनमा भाग लिने

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८  भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा विश्व हुलाक सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आइतबार साँझ इथियोपिया प्रस्थान गर्नुभयो ।  सङ्घद्वारा इथियोपियाको अद्दिस अबाबामा आयोजना हुने अन्तर्राष्ट्रिय हुलाकसम्बन्धी सम्मेलन सोमबारदेखि शुक्रबारसम्म चल्ने छ । उक्त सम्मेलनमा सङ्घको सदस्य राष्ट्रका रुपमा नेपालको मन्त्रिस्तरीय प्रतिनिधित्व हुन लागेको मन्त्रालयले जनाएको छ ।  सङ्घको कार्यप्रणाली, हुलाक सेवामा विकसित पछिल्लो प्रविधि लगायतका विषयमा सम्मेलनमा..

    बिरामी अस्पतालमा, डाक्टर सडकमा, उपचार भगवानको हातमा, यस्तो छ आन्दोलनको कार्यक्रम !

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौं, १७ भदौ  नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प परेको छ । संघले मुलुकी अपराध संहिता ऐन लागू भएको दिन यही भदौ १ गतेदेखि देशभरका चिकित्सकको प्रमाणपत्र संकलन शुरू गरेको थियो । नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अपराधीको शैलीमा व्यवहार गर्ने ऐन ल्याइएको भन्दै यसले बिरामीको सहज उपचार सेवामा कठिनाइ हुने संघले सरकारको ध्यानाकर्षण गराएको थियो । संघका अध्यक्ष डा...

    कालीमाटी तरकारी बजारको जारी विवाद एक हप्ता भित्र टुंगाउन कृषि मन्त्री खनालको निर्देशन

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौं, १७ भदौ कृषि मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुसँगको छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कालीमाटी तरकारी बजारको विवाद एकहप्ता भित्र टुंग्याएर निरन्तर अनुगमन गर्ने संयन्त्र बनाउन निर्देशन दिए । मन्त्री खनालले कालीमाटी तरकारी बजारको जारी विवाद एक हप्ता भित्र टुंगाउन निर्देशन दिएका हुन्  ।  उनले काठमाडौं उपत्यकाका कम्तीमा तीन स्थानमा तत्काल एकिकृत कृषि बजार स्थापना गर्ने काम अगाडी बढाउन समेत भनेका..

    सामाजिक संस्था रोटरी नेपालद्वारा सगरमाथा आरोही एवं भारतीय अधिकारकर्मी सम्मानित

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौँ, १७ भदौ  सामाजिक संस्था रोटरी नेपालले सगरमाथा आरोही एवं भारतीय अधिकारकर्मी सुनिता सिंह चोकेनलाई आइतबार सम्मान गरेको छ । ‘बेटी बचाओ, बेटी पढाओ’ अभियान लिएर पाँच हजार किलोमिटर साइकलयात्रा पूरा गरेकी चोकेनलाई पूर्व मुख्य सचिव एवं रोटरी नेपाल साक्षरता अभियानका अध्यक्ष तीर्थमान शाक्यले सम्मान गरे । भारतको हरियाणा राज्य सरकारले चोकेनलाई ‘बेटी बचाओ, बेटी पढाओ’ अभियानका लागि सदभावना दूत नियुक्त गरेको..

    मातृका प्रसाद यादवको बर्खास्ती र बादलको रक्षामन्त्रीमा सरुवाको हल्लाबारे प्रचण्डले यसो भने ...

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौँ, १७ भदौ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई बर्खास्तीको तयारी भएको र गृहमन्त्री रामबहादुर थापा बादललाई गृहबाट रक्षामन्त्रीमा सरुवाको तयारी भएको भन्ने हल्लाको खण्डन गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका केही व्यक्ति नै बिम्स्टेकलगत्तै मातृकालाई बर्खास्ती र बादलको सरुवाको तयारी भएको प्रचारमा सक्रिय थए । भारत भ्रमणमा गएका बेला दिल्लीमै आफूलाई हटाउने तयारी भएको हल्ला सुनेका मन्त्री..

    श्रीलङ्काका राष्ट्रपति सिरिसेना औपचारिक सद्भावना भ्रमण पूरा गरी स्वदेश प्रस्थान

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौँ, १७ भदौ श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आइतबार अपराह्न स्वदेश प्रस्थान गरे ।  राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उनकी धर्मपत्नी जयन्ती पुष्पकुमारी यही भदौ १६ गतेदेखि नेपालको औपचारिक सद्भावना भ्रमणमा थिइन् ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति सिरिसेना नेतृत्वको प्रतिनिधिमण्डल यही..

    लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई कावासोतीमा संरक्षण, संरक्षणकर्मी थप उत्साही

    आईतवार, भाद्र १७, २०७५ साल
    कावासोती , १७ भदौ लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई संरक्षणबाट संरक्षणकर्मी थप उत्साही भएका छन् ।  गिद्ध बचाउ अभियानअन्तर्गत जटायु रेष्टुरेण्ट खोलेर संरक्षणको लागि प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुगेको छ। यसको निरन्तरता स्वरूप  गिद्धको संख्यामा वृद्धि हुनाले  संरक्षणकर्मी थप उत्साही भएका हुन्।  १०आै अन्तर्राष्ट्रिय गिद्ध दिबसको अबसरमा  नवलपरासीको कावोसोतीमा बोल्ने अधिकाशंले पर्यटन संगै गिद्धले बतावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रुपमा सहयोग पुर्याएको बताए । यति मात्रै..
    Weather Forecast