बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    संविधान दिवस : महानगर झिलिमिली बन्ने, यस्ता छन् व्यवस्था

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौं, २५ भदौ  काठमाडौंँ महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ ।  आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे र सांस्कृतिक झाँकी प्रदर्शन र सजावटको काममा लागेको छ । मूल समारोह अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ, मञ्चको विशिष्ट कक्षलगायत स्थानमा पिउने पानीको व्यवस्था र ध्वनिको व्यवस्था गर्ने कामपाले जनाएको छ..

    निर्मला पन्तका परिवारले न्याय नपाउने स‌ंकेत, छानविनबाट अलगिए उपसचिव वीरेन्द्र केसी

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ निर्मला पन्त हत्या तथा बलात्कार प्रकरणको छानविन गर्न गृहमन्त्रालयबाट गठित समितिका एक सदस्य कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार समितिबाट राजीनामा दिएका छन् । १५ दिनका लागि गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा गठित समितिले अनुसन्धान टुंग्याइसकेको अवस्थामा थप १५ दिन समितिको म्याद थपिनु निर्मलामाथि न्याय नहुनु हो भन्ने निष्कर्षसहित उनले रिर्पोटर्स क्लबमा पत्रकार सम्मेलन गरी राजीनमा दिएका हुन् । ‘समितिको..

    प्रधानमन्त्री ओली र प्रचण्डबीच जनवर्गीय सङ्गठनको एकताका विषयमा छलफल

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार पार्टीको जनवर्गीय सङ्गठनको एकताको विषयमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीको जनवर्गीय सङ्गठन, प्रदेश र जिल्ला समितिको एकताको विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटघाटमा एकता प्रक्रियालाई पूर्णता दिन यही भदौ २७ गते पार्टी सचिवालयको बैठक बोलाउने सहमति..

    अन्तत: ६ महिनापछि सर्वाेच्चले पायाे प्रधानन्यायाधीश, मिश्रको नाम सर्वसम्मतले अनुमोदन

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।  समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको  हो । तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले १ चैत्र ०७४ मा राजीनामा दिएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आएको थियो । अन्तत: सर्वाेच्चले ६ महिनापछि प्रधानन्यायाधीश पाएकाे हाे  । पराजुलीको राजिनामापछि बरिष्ठ न्यायाधीसका हैसियतमा दीपकराज जोशी..

    बिमस्टेक संयुक्त सैन्य अभ्यासबाट नेपाल पछि हट्यो, थाइल्यान्ड पनि सहभागी नहुने

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ ।  सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले बिम्स्टेक शिखर सम्मेलनका क्रममा कुनै पनि तहमा संयुक्त सैनिक अभ्यास सम्बन्धी छलफल र..

    हामी आफ्नै कारणले चुनाव हारेका हौँ, आफ्नाले नै दुश्मन देख्ने प्रवृति सिर्जना भयो : सभापति देउवा

    सोमबार, भाद्र २५, २०७५ साल
    नेपालगञ्ज, २५ भदौ  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताए । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा सोमबार यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तर्क्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिए । “ बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको..

    पछिल्लो ८ महिनामा डलरको मूल्य १३ रुपैयाँले वृद्धि, यस्ता छन् डलर बढ्दाका बेफाइदा

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौं, २५ भदौ   पछिल्लो आठ महिनामा डलरको मूल्य नेपाली रुपैयाँको तुलनमा साढे १३ रुपैयाँले वृद्धि भएको छ । १ फ्रेबुअरी २०१८ मा एक अमेरीकी डलरको नेपालमा बिक्रीदर १०२ रुपैयाँ ०४ पैसा रहेकोमा ७ सेक्टेम्बरमा आइपुग्दा अहिलेसम्मकै उच्च दर ११५ रुपैयाँ ४८ पैसा पुगेको छ। आठ सेक्टेम्बरमा सामान्य ४० पैसाले बिक्रीदर घटेर सोमबार १० सेक्टेम्बरको लागि पनि सोही मूल्य तोकिएको छ। अमेरिकी डलर..

    प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ आज हुँदै, कस्तो छ सम्भावना ?

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौं, २५ भदौ  प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सनुवाइ सोमबार हुँदैछ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले मिश्रको सार्वजनिक सुनुवाई भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको हो । संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध परेका उजुरीको बारेमा प्रश्न गर्दै अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने भएको हो । बैठकले आगामी आइतबार प्रधानन्यायाधीशमा प्रस्तावित मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरुहरुलाई छलफलको लागि बोलाएको छ..

    तरुण दल नगर सभापति रोहित पुनको हत्याको विरोधमा रोल्पा बन्द

    सोमबार, भाद्र २५, २०७५ साल
    रोल्पा, २५ भदौ : नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो ।  बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका..

    पाकिस्तानको राष्ट्रपतिमा नियुक्त भएकोमा डा. अल्भीलाई राष्ट्रपति भण्डारीको शुभकामना

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ :   राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लामिक गणतन्त्र पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित  भइ नियुक्त भएकोमा डा अरिफुर रेहमान अल्भीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।    राष्ट्रपति भण्डारीले एक शुभकामना सन्देश पठाउनु भई नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको हो । नेपाल र पाकिस्तानबीच रहँदै आएको मैत्री सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने र जनस्तरको सम्बन्धसमेत प्रगाढ भएर..

    चितवन जिल्ला अदालतले फुजेल घटनाका प्रतिवादीलाई सफाइ दियो

    आईतवार, भाद्र २४, २०७५ साल
    चितवन, २४ भदौ : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको छ ।  न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार फैसलामा न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानूनी रुपले प्रमाण अभाव देखिँदा दावी स्थापना हुन सक्ने आधार एवं..

    ‘पार्टीभित्रका महाराजा नहटेसम्म बिपीको सपना साकार हुन्न’, काङ्ग्रेसको लोकप्रियतामा प्रश्न चिह्न

    आईतवार, भाद्र २४, २०७५ साल
    कलैया, २४ भदौ  नेपाली काङ्ग्रेसका पूर्वसांसद रामअयोध्याप्रसाद यादवले काङ्ग्र्रेसभित्रका राजा महाराजालाई नेतृत्वबाट नहटाएसम्म बिपीको सपना साकार नहुने बताएका छन् ।  १०५औँ बिपी जयन्तीको अवसरमा आईतबार आयोजित ‘वर्तमान सन्र्दभमा बिपीको विचारको सान्र्दभिकता’ विषयक गोष्ठीमा नेता यादवले पार्टीमा अहिले पनि तानशाह, नातावाद, कृपावाद र परिवारवाद हावी रहेको हुँदा पार्टी झुपडीमा बस्नेका लागि पनि बनाउनुपर्ने आवश्यकता रहेको बताए ।  महामानव बिपीको विचार र आदर्शलाई काङ्ग्रेसले बिर्सेको..

    राजनीतिज्ञ भन्छन् - बिपीको विचार बिर्सिएकाले जनताले बिर्सिए, तर वरिष्ठ नेता पौडेलले भने - त्यसो होइन !

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ  नेपाली काङ्ग्रेसले बिपी विचार बिर्सिएकाले तीनै तहको निर्वाचनमा पछि परेको राजनीतिज्ञले बताएका छन् ।  पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्तीका अवसरमा बिपी चिन्तन प्रतिष्ठानले आईतबार यहाँ आयोजना गरेको ‘आजको सन्दर्भमा बिपी विचार’ कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विधिको शासन स्थापनामा कोइरालाले महत्वपूर्ण योगदान दिएका स्मरण गरे ।  “स्वतन्त्र न्यायपालिकाको विकासमा बिपीको योगदान महत्वपूर्ण छ, विसं २००८ मा स्वतन्त्र न्यायपालिकाको..

    भूकम्पपीडितका घर निर्माणका लागि उपलब्ध गराएको ऋणको ब्याजदर वृद्धि हुँदैन : अर्थमन्त्री

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ  अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि उपलब्ध गराएको सहुलियत ऋणको ब्याजदर वृद्धि नगरिने बताएका छन् ।  अर्थ मन्त्रालय पुगेका भूकम्प सहुलियत कर्जा पीडित सहजीकरण तथा समन्वय समितिका प्रतिनिधिसँग आईतबार उनले विगतमा जुन शर्तमा ऋण उपलब्ध गराइएको हो त्यसलाई निरन्तरता दिइने बताए ।  नेपाल राष्ट्र बैंकमार्फत वाणिज्य बैंकलाई पत्राचार गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खतिवडाले पीडितले पनि नियमसङ्गतरुपमा..

    आर्थिक अनियमियतता गरेको आरोपमा विराटनगर महानगरपालिकाका खरिदार पक्राउ

    आईतवार, भाद्र २४, २०७५ साल
    विराटनगर, २४ भदौ विराटनगर महानगरपालिकाका कर्मचारी तिलकमणी पोखरेल आर्थिक अनियमियतता गरेको आरोपमा पक्राउ परेका छन् । विराटनगर महानगर प्रमुख भीम पराजुलीको नेतृत्वमा आइतबार दिउँसो पोखरेल पक्राउ परेका हुन्। महानगरपालिकामा आर्थिक पाटोमा अनियमितताको गुनासो आउन थालेपछि, वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले पोखरेललाई पक्राउ गरेका हुन्। पोखरेलले ग्राहकसंग लिएको रकम र काटिएको बीलमा अन्तर भेटिएपछि पक्राउ गरिएको थियो। वडा नम्बर ७ का बासिन्दा..

    पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सञ्देश दिनुपर्नेमा शशांक कोइरालाको जोड

    आईतवार, भाद्र २४, २०७५ साल
    दाङ, २४ भदौ  नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सञ्देश दिनुपर्ने बताएका छन् ।  दाङको लमहीमा आइतबार कार्यकर्तासँग भेटघाट गर्दै उनले गुट–उपगुट हुँदा पार्टीभित्रको आन्तरिक विवादले बाह्य शक्तिले फाइदा लिइरहेको भन्दै एकताबद्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।  पार्टीलाई बलियो बनाउन बिपीको सिद्धान्त पछ्याउन आवश्यक भएको भन्दै उनले काङ्ग्रेसको विचार, कार्यकर्ता र विकास महत्वपूर्ण रहेकोले काँग्रेस पार्टी..

    प्रतिपक्षका तर्फबाट वर्तमान सरकारविरुद्ध उत्रनुपर्ने बेला भएको छैन : डा. नारायण खड्का

    आईतवार, भाद्र २४, २०७५ साल
    उदयपुर, २४ भदौ पूर्व मन्त्री तथा सांसद डा नारायण खड्काले अहिले नै प्रतिपक्षका तर्फबाट वर्तमान सरकारविरुद्ध उत्रनुपर्ने बेला भइनसकेको बताएका छन् । पार्टीको कामका लागि उदयपुर आइपुगेका उनले प्रेस युनियन उदयपुर शाखाद्वारा आज बिहान गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । डा खड्काले भने, ‘अहिल्यै सरकारको आलोचना गर्ने बेला भएको छैन । केपी ओली नेतृत्वको सरकार सञ्चालन भएको एक..

    मन्त्री फेरबदलबारे प्रचण्डले मुख खोले : 'प्रधानमन्त्रीले जे भन्नु भएको छ त्यहि आधिकारिक हो'

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ४ दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भ्रमण फलदायी रहेको बताए। उनी गत बिहिबार भारत प्रस्थान गरेका थिए। भारत भ्रमणमा हुँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायत अन्य राजनीतिक व्यक्तित्वसँग भेटवार्ता गरेका थिए। २०७४ मा संसदीय चुनाव..

    प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध परेका उजुरी र भावी कार्ययोजनाबारे सोमबार संसदीय सुनुवाइ हुँदै

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ  प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग सोमबार संसदीय सुनुवाइ हुने भएको छ । सङ्घीय संसद्मातहतको संसदीय सुनुवाइ समितिमा उनिविरुद्ध परेका उजुरी र भावी कार्ययोजनाबारेमा सुनवाइ हुन लागेको हो ।  समितिको आईतबारको बैठकले प्रस्तावित उनिविरुद्ध परेका सिकायतबारेमा उजुरीकर्तासँग सोधपुछ गरेपछि प्रस्तावित प्रधान्यायाधीशलाई सोमबार बिहान सुनुवाइका लागि बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।  प्रस्तावित प्रधानन्यायाधीशका विषयमा चार उजुरी परेकोमा..

    नेपाल चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताएका छन् ।  काठमाडौँस्थित चिनियाँ दूतावासले चिनियाँ भाषा, कला र संस्कृतिमा आयोजना गरेको प्रतियोगिताका विजयीलाई आज पुरस्कार वितरण गर्दै मन्त्री ज्ञवालीले दुई देशबीच भौगोलिक सन्निकटता, सांस्कृतिक–धार्मिक समानता र विभिन्न समयमा विभिन्न तहमा भएका द्विपक्षीय भ्रमणको आदानप्रदानले..

    नापी विभागद्वारा नेपालको आधिकारिक रुपमा प्रमाणित गरेका नक्शा प्रयोग गर्न आग्रह

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले आधिकारिक रुपमा प्रमाणित गरेका नक्शा सरकार मातहतका कार्यालय तथा गैरसरकारी कार्यालयलाई अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरेका छन् ।  मन्त्रालयले आईतबार यहाँ आयोजना गरेको नक्शासम्बन्धी छलफलमा मन्त्री अर्यालले मुलुकको समग्र भूभाग र क्षेत्रफललाई समेटेको आधिकारिक नक्शाको प्रयोगले मात्र देशको राष्ट्रियता अभिवृद्धि हुने बताए । विभिन्न सङ्घसंस्थाले विभिन्न वेबसाइट तथा..

    नेपाल दलित पार्टीको दोस्रो राष्ट्रिय भेला आगामी असोज १६ देखि पोखरामा हुने

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ  नेपाल दलित पार्टीको दोस्रो राष्ट्रिय भेला आगामी असोज १६ देखि पोखरामा हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मेघबहादुर कामीले नयाँ नेतृत्व चयन तथा राष्ट्रिय र अन्य विषयमा छलफल गर्नका लागि असोज १६ देखि १८ गतेसम्म भेला आयोजना गर्न थालिएको जानकारी दिए ।  उनले दलितका विषय उठाएर ठूला राजनीतिक दल सत्तामा पुगे पनि दलितले परिवर्तनको कुनै..

    नयाँ डिभी विजेतालाई अक्टोबरदेखि भिसा, २०१८ का २५ सयबढी नेपाली विजेताले भिसा नपाउने

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौं, २४ भदौ डिभी परेपछि अमेरिकाको भिसा पाउने नेपालीहरुको संख्या पछिल्लो महिनामा ह्वात्तै घटेको छ । आर्थिक बर्ष २०१८ का ९ महिनाको तुलनामा जुलाईमा डिभी लोटरी परेर अमेरिकाको भिसा पाउने नेपालीहरुको संख्या सबैभन्दा कम रहेको छ । अमेरिकी सरकारको विदेशमन्त्रालयको तथ्यांक अनुशार जुलाईमा जम्मा १२१ जना डिभी विजेताहरुले अमेरिकाको भिसा पाएका थिए । गत अक्टोबरमा आर्थिक बर्ष २०१८ सुरु भएयता कुनै पनि..

    मन्त्रिमण्डलमा हेरफेर बारे नेकपाका अध्यक्ष ओली–प्रचण्डबीच मतभेद, मन्त्रीहरू अलमलमा

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले दौडधुप तीब्र पारेका छन् । प्रधानमन्त्री ओलीले बुधवार मन्त्रिमण्डल विस्तारको तयारी गरेका एमाले नेताहरुले बताएका छन् । केही दिनयता सरकारले मन्त्रिमण्डलमा हेरफेर बारे चर्चा चलिरहेको छ । सचिवालय र स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रीमण्डल हेरफेरको विषयमा विवाद देखिएको छ । नेकपाका एक अध्यक्ष..

    राष्ट्रपति भण्डारीबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह [फोटो सहित]

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ   राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आईतबार महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकि छन् ।  राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति छन् । राष्ट्रपति भवन शितलनिवासमा आईतबार आयोजित विशेष समारोहमा उनले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकि हुन् ।  राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गरारे । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,..

    बैतडीका ५० वडा सचिवविहिन, दैनिक कामकाज प्रभावित, नागरिकलाई सेवा पाउन सास्ती

    आईतवार, भाद्र २४, २०७५ साल
    बैतडी, २४ भदौ  स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् । स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ । बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा निकै समस्या भएको छ । दशवटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको उपाध्यक्ष..

    राजधानीको ट्राफिक व्यवस्थापन जटिल बन्दै, सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका छन् ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाको आईतबार बिहान अनुगमनका क्रममा उनले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकोले यसलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अगाडि बढ्न महाशाखालाई आग्रह गरे ।  यातायात व्यवस्था विभागका अनुसार हाल..

    बिमस्टेक सैन्य अभ्यासमा नेपाली सेना नजाने निश्चित, असोज १ देखि चीनसँग अभ्यास गर्ने

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौं, २४ भदौ भारतको पुणेमा सोमबारदेखि हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ। प्रधानमन्त्री केपी ओलीले रक्षा मन्त्रालयमार्फत सेनालाई सैन्य अभ्यासमा नजान निर्देशन दिएका छन् । यसअघि पाँच जना अधिकृतसहित ३० जनाको टोली पुणे जाने तय भएको थियो । ‘हामीले पहिला रक्षा मन्त्रालयबाट स्वीकृति लिएरै जान लागेका थियौं ।..

    कामु प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई महारथीको दर्ज्यानी चिन्ह राष्ट्रपतिले प्रदान गर्ने

    शनिबार, भाद्र २३, २०७५ साल
    काठमाडौँ, २३ भदौ :  राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुहुने भएको छ ।  प्रधानसेनापति राजेन्द्र क्षेत्री पदावधि समाप्त भएका कारण आइतबारदेखि अवकाश लिँदै हुनुहुन्छ । अवकाशमा जानु एक महिनाअघि प्रधानसेनापति बिदा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति क्षेत्री बिदा बसेका कारण सरकारले साउन २४ गतेदेखि लागू हुने गरी रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो..

    नदी सिमाना समस्या समाधानका लागि नेपाल–भारत उच्चस्तरीय बैठक हुँदै

    शनिबार, भाद्र २३, २०७५ साल
    काठमाडौँ, २३ भदौ : नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को उच्चस्तरीय संयुक्त पाँचौ बैठक आगामी असोज पहिलो साता काठमाडौँमा हुने भएको छ ।  दुई देशबीच विगतदेखि नै नदी सिमानाका विषयमा रहँदै आएको समस्या समाधानका लागि आगामी असोज ३, ४ र ५ गते ‘बाउन्ड्री वर्किङ ग्रुप’को बैठक काठमाडौँमा बस्ने नापी विभागका निर्देशक सुरेशमान श्रेष्ठले जानकारी दिए ।  सन् २००७ मा काठमाडौँमा सम्पन्न जेटिसीको बैठकले जेटिसीको..
    Weather Forecast