शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    सरकार विकासको नीतिका साथ अगाडि बढ्दै : महासचिव पौडेल

    शुक्रबार, आषाढ १५, २०७५ साल
    भक्तपुर, १५ असार  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले देशलाई विकासको गतिमा लैजान सरकारले नीति बनाएर अगाडि बढेको बताएका छन् ।  धान दिवसका अवसरमा युवा संघ नेपाल र वाइसिएल नेपालले आज सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा संयुक्तरुपमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार विकासको गतिमा कहीँकतै नरोकिने बताए ।  महासचिव पौडेलले भने– “अहिलेको सरकारले हिजो यस्तो भयो भनेर गीत गाएर..

    पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प छैन : सभापति देउवा

    शुक्रबार, आषाढ १५, २०७५ साल
    भक्तपुर, १५ असार  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका  छन् ।  नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा शुक्रबार बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताए ।  उनले भने–“आगामी दिनमा सबै एक भएर अगाडि बढे काँग्रेस पुनः देशको एक नम्बरको पार्टी बन्छ, सबैलाई आफ्ना कमी कमजोरीलाई सुधार्दै..

    सरकारले केहि राम्रा काम गरेकाले नकारात्मक टिप्पणी गर्नुपर्ने कुनै कारण देखिंदैन : कमल थापा

    शुक्रबार, आषाढ १५, २०७५ साल
    नेपालगञ्ज, १५ असार  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताएका छन् ।  शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने—“सरकार गठन भएको धेरै भएको छैन, केही राम्रा कामको शुरुवात सरकारले गरेकाले नकारात्मक टिप्पणी गर्नुपर्ने कुनै कारण देखिदैन ।”  अध्यक्ष थापाले सिद्धान्त नमिल्नेसँग आफ्नो पार्टीको एकता नहने बताउँदै आफ्नो दलले राप्रपा प्रजातान्त्रिकसँग एकता प्रक्रिया पुनःअघि बढाएको छ भने..

    महालेखापरीक्षकको प्रतिवेदन कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीको आग्रह (फोटो फिचर)

    शुक्रबार, आषाढ १५, २०७५ साल
    काठमाडौँ, १५ असार  राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखापरीक्षकको प्रतिवेदनका सुझावलाई कार्यान्वयनमा उतार्न सरकारलाई आग्रह गरेकी छिन्  ।  महालेखापरीक्षकको कार्यालयको हीरक जयन्तीका अवसरमा शुक्रबार  काठमाडौँमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले महालेखापरीक्षकको प्रतिवेदनमाथि पछिल्लो समय सरोकारवालाको चासो र जिज्ञासा वृद्धि हुँदै गएकाले त्यो प्रतिवेदनका सुझावलाई कार्यान्वयनमा उतार्न सरकारलाई आग्रह गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले भनिन् , “जनता आफूले तिरेको करको अपचलन भएको छैन भन्ने कुरामा..

    काँग्रेसमा अहिले नेतृत्व होइन, नीतिको बहस गरौँ : उपसभापति निधि

    शुक्रबार, आषाढ १५, २०७५ साल
    काठमाडौँ, १५ असार   नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र एक अर्कामा आलोचना गर्ने बेला नभएको बताएका छन् ।  सभापति देउवाले उपसभापति पदमा मनोनयन गरेपछि शुक्रबार पार्टी कार्यालय सानेपामा पदवहालीका क्रममा उनले चुनावको समीक्षा गर्नुभन्दा संगठन निर्माण गर्नुपर्ने बेला आएको बताए । “पार्टीभित्र झगडा गर्नुभन्दा पनि संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुुपर्ने बेला आएको छ”, उपसभापति निधिले भए ।  हेटौँडामा सम्पन्न जिल्ला सभापतिको भेलाले..

    प्रम ओलीको खरो जवाफ - पहाड नै प्वाल पारेर पानी ल्याउँदा किन प्वाल पारेको भन्ने ?

    शुक्रबार, आषाढ १५, २०७५ साल
    काठमाडौँ, १५ असार  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिँदै छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र खतरामा छ भन्ने भ्रम नदेखाउन प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् । शुक्रबार आर्थिक बर्षको विनियोजन विधेयकमाथि संसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा नपरेको भन्दै लोकतन्त्र गए के आउँछ भनेर प्रश्न गरेका हुन्..

    प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

    शुक्रबार, आषाढ १५, २०७५ साल
    काठमाडौँ, १५ असार  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ ।  बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने छन् ।  यस्तै बैठकमा ‘विनियोजन विधेयक, २०७५’ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसैगरी, अर्थमन्त्री डा..

    नेपालकै दोश्रो भक्तपुर अस्पताललाई सुविधा सम्पन्न बनाइँदै

    शुक्रबार, आषाढ १५, २०७५ साल
    भक्तपुर, १५ असार  एक सय १४ वर्ष पुरानो भक्तपुर अस्पतालले नयाँ स्वरुप पाउने भएको छ । नेपाल कै वीर अस्पताल पछिको दोश्रो अस्पतालको रुपमा रहेको यो अस्पतालमा सरकारले आधुनिक तथा सुविधा सम्पन्न नयाँ बनाउने अस्पतालले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।  अस्पताल निर्माणको गुरुयोजना सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्रालयको नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रमका सुनिल खड्काले अस्पतालको नयाँ तथा पुराना..

    प्रहरी र भारतीय अपराधीबीच रौतहटमा दोहोरो गोली हानाहान, एक अपराधीको मृत्युु

    शुक्रबार, आषाढ १५, २०७५ साल
    रौतहट, १५ असार : जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ ।  स्थानीय राजदेवी नगरपालिका वडा नंं. ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो ।  दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर एकजना २५ वर्षीय भारतीय अपराधीको मृत्युु भएको प्रहरीले..

    नेपाल–भारत इपिजीको अन्तिम बैठक आज बस्दै, महत्वपूर्ण विषयमा छलफल हुने

    शुक्रबार, आषाढ १५, २०७५ साल
    काठमाडौं, असार १५ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को नवौँ बैठक आज अर्थात शुक्रबार बस्ने भएको छ । अत्यन्तै निकटको सम्बन्ध रहेका यी दुई देशबीचमा सन् १९५० मा भएको सन्धी तथा सम्झौता पुनरावलोकनका लागि यो बैठक अत्यन्तै महत्वपूर्ण हुने आँकलन गरिएको छ । आजको यस बैठकमा सन् १९५० को नेपाल–भारत मैत्री सन्धिमा आवश्यक पुनरावलोकन, सीमा सुरक्षालगायतका विविध विषयहरुमा छलफल गरि..

    देशभर विरोध कार्यक्रमका लागि निश्चित स्थान तोकियो, तोकेको स्थानमा मात्र प्रदर्शन गर्न पाइने

    शुक्रबार, आषाढ १५, २०७५ साल
    काठमाडौँ, १५ असार : आगामी साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने भएको छ ।  गृह मन्त्रालयमा बिहिबार भएको छलफलमा गृह प्रशासन सुधार योजनानुसार अब जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध गर्नुपर्ने भएको हो । छलफलमा गृहमन्त्री रामबहादुर थापाले देशभर विरोध कार्यक्रमका लागि निश्चित स्थान तोकिएकाले सोही स्थानमा मात्र विरोध गर्नुपर्ने बताए । “मुलुकभर शान्ति..

    मुलुकमा सुशासन र पारदर्शिताका लागि सूचना अधिकारी र सञ्चारकर्मीबीच समन्वय हुनुपर्नेमा जोड

    बिहिवार, आषाढ १४, २०७५ साल
    पोखरा, १४ असार   मुलुकमा सुशासन र पारदर्शिताका लागि सूचना अधिकारी र सञ्चारकर्मीबीच समन्वय हुनुपर्नेमा सहभागी वक्ताले जोड दिइएका छन् ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बिहिबिर यहाँ आयोजित प्रादेशिक मन्त्रालयका सूचना अधिकारी एवं प्रवक्ता र सञ्चारकर्मीबीचको छालफल एवं अन्तक्र्रियामा उनिहरुले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि र पारदर्शिताका लागि भइरहेका सेवा प्रवाह जनतासमक्ष पुग्नुपर्ने बताए ।  सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणीन्द्रमणि..

    राष्ट्रियसभा नियमावलीको नियम निलम्बनको प्रस्ताव सर्वसम्मतले पारित

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार  राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।  राष्ट्रियसभाको बिहिबारको दोस्रो बैठकमा सांसद खिमलाल भट्टराईले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । सांसद वृशेषचन्द्र लाल र अनिता देवकोटाले उक्त निलम्बन प्रस्तावको समर्थन गरेका थिए । बैठकले नियमावलीका नियम ९४, ९८, ९९ र १०६ निलम्बन गरेको हो ।  बैठकले बिहिबारनैं राष्ट्रियसभा अध्यक्षबाट सभाको कार्यव्यवस्था परामर्श..

    मापदण्ड पूरा नगर्ने र गुणस्तर हिन झापाको २ चिया उद्योग विरुद्ध मुद्दा दायर

    बिहिवार, आषाढ १४, २०७५ साल
    विराटनगर, १४ असार  न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ ।  क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । सो मुद्दा खाद्य निरीक्षक दिनेश ढुंगानाले जिल्ला प्रशासन कार्यालय झापामा दायर गरेका हुन् ।  नियमित तथा..

    मुलुकलाई समृद्धिको मार्गमा लानु नै सरकारको प्रहिलो प्राथमिकता : मन्त्री बाँस्कोटा

    बिहिवार, आषाढ १४, २०७५ साल
    सुरुङ्गा, झापा, १४ असार  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डोर्याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।  बिहिबार झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिपक्षले उठाएका असल कुराहरुलाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकार अघि बढ्ने बताए ।  “विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन,” उनले भने – “प्रतिपक्षलाई पनि साथमा लिएर हामी सिङ्गै नेपालको..

    ३३ किलो सुन प्रकरण र सनम शाक्यबारे प्रहरी प्रमुख सर्वेन्द्र खनालले यसो भनेपछि ....

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्यामा प्रकरणमा पक्राउ परेका प्रहरी अधिकारीका बारेमा आफ्नो कुनै धारणा नभएको बताएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरिक्षक खनालले  तस्करीको सुन र सनम हत्याबारे बोलेका हुन्। ‘घटनाको अनुसन्धान गर्न सरकारले छुट्टै समिति बनाएको छ र सोही समितिले अनुसन्धान गर्दै आएको छ, त्यसमा मैले बोल्ने..

    मध्यपुरथिमि नपाद्वारा आयोजनाभित्रका घरबाटो सिफारिश र नक्सा पास रोक्का

    बिहिवार, आषाढ १४, २०७५ साल
    भक्तपुर, १४ असार नगर विकास प्राधिकरणद्वारा सञ्चालित कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्रका घरेडीको नक्सा पास र घरबाटो सिफारिशमा मध्यपुर थिमि नगरपालिकाले रोक लगाएको छ ।  कमेरोटार जग्गा एकीकरण आयोजना र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका अध्यक्षसमेत रहेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकार सम्मेलनमै यस्तो निर्णय सुनाएका  हुन् ।  प्रमुख श्रेष्ठले भने –“कमेरोटार जग्गा एकीकरण आयोजना शुरु भएको १८ वर्ष भैसक्यो, यहाँभित्रको अनियमितता..

    बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने : अर्थमन्त्री डा खतिवडा

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार  अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताएका छन् ।  प्रतिनिधिसभाको बिहिबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयनका साझेदारहरू प्रदेश र स्थानीय तह पनि भएकाले उनीहरुको पनि क्षमता बढाउँदै केन्द्रले परिपूरकको भूमिका निर्वाह गर्ने बताए ।  राजश्वबाट प्रशस्त साधन र स्रोत तलका तहमा..

    परराष्ट्रमन्त्री ज्ञवालीद्वारा प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराएका छन् । राष्ट्रिय सभाको बिहिबारको बैठकमा मन्त्री ज्ञवालीले चीन भ्रमणले दुई देशबीच पारवहन, बहुआयामिक सम्पर्क संजाल विस्तार, ऊर्जा पूर्वाधार विकास, रसुवा मितेरी पुल निर्माण, लगानी तथा उत्पादनको क्षेत्रमा नेपालमा लगानी बढाउने बारे भएका सम्झौताहरुले दीर्घकालीन आर्थिक सहयोगको खाका तयार गरेको..

    काठमाडौँ पछि अब ललितपुर र भक्तपुरमा पनि तोकियो विरोध प्रदर्शनस्थल

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौं, १४ असार सरकारले ललितपुर र भक्तपुरमा पनि विरोध प्रदर्शन गर्न पाइने स्थान तोकेको छ । तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन तथा सभा गर्न नपाइने गरी ललितपुरमा ५ ठाउँ र भक्तपुरमा एक ठाउँमात्रै तोकिएको हो । ललिपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको छ । त्यसैगरी..

    प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार  सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन् ।  सांसद अधिकारीले प्रतिनिधिसभाको बिहिबारको बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको चालु आव २०७५-७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजना सम्पन्न गरी तत् प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक..

    व्यंग्यात्मक शैलीमा गृहमन्त्रीले भने - 'मलाई त्यही केटी चाहिन्छ भन्नु अधिनायकवाद हो'

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौं , १४ असार माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् । विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा. केसीलाई लक्षित गर्दै भने- ‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो ।’ डा. केसीले हठ गरेको दाबी गर्दै मन्त्री थापाले व्यंग्यात्मक शैलीमा..

    मनसुन देशैभर फैलियो : सामान्यदेखि मध्यम खालको वर्षा हुने

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद् सुवास रिमालले जानकारी दिए ।  उनका अनुसार क्रमिक रुपमा मनसुनी वर्षाको गतिविधि बढ्नेछ ।..

    अर्थमन्त्री खतिवडाको जवाफ - सार्वजनिक महत्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार   अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा बिहिबार प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताएका छन् ।  “यसले विनियोजनमाथिको छलफललाई अवरोध होइन बरु थप सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छु ।” सरकारका सामु असंख्य योजना र सीमित स्रोतसाधन रहेकाले आयोजनामा बजेट कम हुने गरेको बताउँदै अर्थमन्त्री खतिवडाले निर्माणाधीन ठूलो आयोजना केन्द्रले र मझौला तथा..

    सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु हुँदैन : उपनेता गच्छदार

    बिहिवार, आषाढ १४, २०७५ साल
    विराटनगर, १४ असार नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बएका छन् ।  विराटनगर विमानस्थलमा बिहिबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए ।  नेता गच्छदारले सबै राजनीतिक दल र जनताको सहयोगमा २४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताए..

    कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार   सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ ।  बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।  बैठकले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । भ्रमण अपेक्षा अनुरुप..

    चिनियाँ टोली चितवनमा ! असार २८ गते एक जोडी गैँडा चीन पठाइने

    बिहिवार, आषाढ १४, २०७५ साल
    चितवन, १४ असार  नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न बिहिबार चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो ।  राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार जुलाई १२ अर्थात् असार २८ गते गैँडा पठाउने तयारी गरिएको छ..

    फाल्गुनन्दको केन्द्र विवाद , जनप्रतिनिधि संघर्ष समिति गठन गरी आन्दोलनमा

    बिहिवार, आषाढ १४, २०७५ साल
    पाँचथर, १४ असार  जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् ।  स्थानीय तहको निर्वाचन भएको ६ महिना बित्दासम्म केन्द्रको टुंगो नलागेपछि गत पुस १४ गते मतदान गरी फाल्गुनन्द–३ कोल्वुङका पक्षमा मत जाहेर गरेका जनप्रतिनिधिले गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा घुर्विसे पञ्चमीमै केन्द्र सञ्चालन गरिरहेको भन्दै आन्दोलित भएका हुन् ।  वडा नं..

    सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ : अध्यक्ष कमल थापा

    बिहिवार, आषाढ १४, २०७५ साल
    चितवन, १४ असार   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन् । मिडिया नेपाल चितवनले बिहिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनाताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरेको भन्दै तर सरकारबाट दुई तिहाइ मतको दुरुपयोग गर्दै एक दलीय शासन पद्धति ल्याउने होकि भन्ने आशंका..

    धादिङमा पहिरोमा पुरिएर ५ को ज्यान गयो, मार्पाक र सत्यदेवीमा ५ घाइते, ९ घरमा क्षति

    बिहिवार, आषाढ १४, २०७५ साल
    मलेखु, धादिङ, १४ असार   उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइस्वाराँ र चिउरीखर्कमा गएराति पहिरो जाँदा दुई घरका पाँचजनाको ज्यान गएको छ ।  अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा सत्यदेवीको साइस्वाराँका राजु गोलेको घर पूर्णरुपमा क्षति पुगेको छ । घटनामा राजुकी श्रीमती ३६ वर्षीया बसोधा गुरुङ, छोरी १० वर्षीया लक्ष्मी गुरुङ र ५ वर्षीया सरस्वती गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी..
    Weather Forecast