बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी उपराष्ट्रपति पुन स्वदेश फिर्ता [तस्वीर सहित]

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौँ, ८ असोज  उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गरे । उपराष्ट्रपति पुनको सम्मानमा सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । उनको स्वागतको लागि नेपाल सरकारका उच्च पदस्थ अधिकृत र..

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी ओली न्युयोर्कमा

    सोमबार, असोज ८, २०७५ साल
    न्युयोर्क, ८ असोज :  प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुगेका छन् र उनको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी छन् । सोही अवसरमा न्युयोर्कमा सोधेका केही प्रश्नको उत्तरमा मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन्  । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने..

    महिला सङ्घद्वारा बढ्दै गएको हिंसा र महङ्गीको चर्को विरोध, प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज  : नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसा र महङ्गीको विरोध गरेको छ ।  नेपाल महिला सङ्घ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा आइतबार मुलुकमा पछिल्लो समय बढ्दै गएको बलात्कार, हत्या, हिंसा र बढ्दो महङ्गीको विरोध गरेको हो ।  बलत्कारीलाई कारबाही गर, बढ्दो महङ्गी नियन्त्रण गर, कानुनी राज्यको पालना गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता..

    सभामुख कृष्णबहादुर महराद्वारा नवनिर्वाचित सभापतिद्वय कर्ण र जैरुलाई शपथ, समितिको पूर्णता

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौं, ७ असोज  सभामुख कृष्णबहादुर महराले संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिलाई पद तथा गोपनीयताको शपथ दिलाएकान् छ ।  संसदीय सुनुवाइ समितिको सभापतिमा लक्ष्मणलाल कर्ण तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्क समितिको सभापतिमा निरादेवी जैरुलाई आईतबार बसेको तत् समितिको बैठकले निर्विरोध चयन गरेको..

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला तहको एकीकरण जिम्मा प्रदेशलाई दियो

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ ।  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गर्दै प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि उनीहरुलाई नियमित बैठक राखेर जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिइएको उल्लेख गरिएको छ ।  प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले..

    देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न सभामुख महराको आग्रह

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न आग्रह गरेका छन् ।  उनले भने, “देश र जनता बलियो भए मात्र पत्रकारिता सफल हुन्छ । पत्रकारिताको ध्येय देश र जनता बलियो बनाउने हुनुपर्छ ।”  नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित ‘हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहलाई आइतबार यहाँ सम्बोधन गर्दै सभामुख महराले प्रसारण पत्रकारिताको विकासमा..

    खजुरास्थित प्रशोधन केन्द्र रहेको कपास विकास समितिको ८ सय २५ बिघा जग्गा अतिक्रमण

    आईतवार, असोज ७, २०७५ साल
    बाँके, ७ असोज खजुरास्थित प्रशोधन केन्द्र रहेको कपास विकास समितिको आठ सय २५ बिघा जग्गा अतिक्रमण गरिएको छ । कपास खेती गर्ने गरिएको सो जग्गा २०५८ सालदेखि अतिक्रमण गरिँदै आएको छ ।  कपास विकास समितिका निमित्त प्रमुख विजयकुमार जोशीका अनुसार सो जग्गा र भौतिक संरचना फिर्ता नगरिँदा कपास खेती विस्तारमा समस्या भएको छ । “मुलुकमा शान्ति स्थापना भइसक्दा पनि समितिले उक्त जग्गा..

    साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुको जोड

    आईतवार, असोज ७, २०७५ साल
    लमही, ७ असोज साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा आईतबार यहाँ आयोजित एक कार्यक्रममा सुस्तश्रवण साङ्केतिक भाषालाई राष्ट्रियकरण गर्नुपर्ने राप्ती बहिरा सङ्घकी निर्देशक प्रतिमा शर्माले बताइन् । ‘‘सुस्तश्रवण भएकाका लागि आफ्नो कुरा व्यक्त गर्नेमाध्यम साङ्केतिक भाषा हो’ उनले भनिन्, ‘त्यसैले यो भाषालाई राष्ट्रियभाषा बनाउनुपर्छ ।’ बोल्न र आफ्ना कुरा व्यक्त गर्न..

    मुलुकी संहितासम्बन्धी विधेयक राष्ट्रियसभामा पारित, खाद्यान्न मूल्यवृद्धि रोक्न माग

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज  राष्ट्रियसभाले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।  ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेश गरेका थिए ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णायार्थ प्रस्तुत गरेका सो विधेयक..

    गरीबी निवारण कार्यक्रममा राजनीतिक चासो र चलखेल, सामाजिक परिचालन कार्यक्रम कमजोर

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज  गरीबी निवारण कोषको सामाजिक परिचालन कार्यक्रम कमजोर भएको र विकास रणनीति पनि स्पष्ट नभएको पाइएको छ ।  कोषको कार्यक्रमको प्रभाव, संरचनात्मक व्यवस्था र सञ्चालन प्रक्रियाकाबारे राष्ट्रिय योजना आयोगले गरेको मूल्याङ्कन प्रतिवेदनमा समूह विकासको प्रभावकारी अवधारणा नलिइनु तथा सामुदायिक संस्थाको गुणस्तर नहुनुलाई दुर्बल पक्षको रुपमा औल्याइएको छ ।  गरीब तथा पिछडिएका समूहलाई विकास प्रयासमा मूल बाहकको रुपमा संलग्न गराई बहिस्करणमा परेका..

    नेकपालाई काँग्रेसको चेतावनी ! जोशीलाई महाअभियोग लगाएर गल्ती नगर्न सचेत गराएपछि...

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौं, ७ असोज  सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश दीपकराज जोशीलाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले महाअभियोग लगाउने गल्ती नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सचेत गराएको छ ।  आइतबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले महाभियोगलाई सामान्य अवस्थामा प्रयोग गर्ने अश्त्रको रुपमा लिन नहुने पनि स्पष्ट पारे । सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधिश जोशीमाथि महाभियोग लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले..

    नेपाल आयल निगम : इन्धन आपूर्ति सहज हुँदै, आजबाट ‘कोटा प्रणाली’ हट्याे

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज  इन्धन अापूर्ति सहज हुँदै गएपछि नेपाल आयल निगमले पेट्राेल तथा डिजेल वितरणमा लागू गरेको कोटा प्रणाली आईतबारबाट हटाएको छ । केही दिन प्रेटाेल पम्पहरुमा बढेकाे भीड पनि अाजबाट सहज हुने अपेक्षा गरिएकाे छ । अब उपभोक्ताले मागेजति नै पेट्राेल तथा डिजेल पाउने निगमले जनाएकाे छ । केही दिन ट्यांकर ढुवानी व्यवसायी तथा सवारी चालकहरुले आन्दोलनले गर्दा इन्धन अापूर्तिमा कठिनाइ उत्पन्न..

    कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ ।  प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोक्नुभएको हो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन शनिबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।  राष्ट्रपतिले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा उपप्रधानमन्त्री..

    प्रधानमन्त्री केपी ओली न्युयोर्क जाने क्रममा अबुधाबी विमानस्थलमा

    आईतवार, असोज ७, २०७५ साल
    अबुधाबी, ७ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राती अबुधाबी आइपुग्नुभयो । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि हुनुहुन्छ ।  अबुधाबी विमानस्थलमा उहाँलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले स्वागत गरे ।  प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको ७३ औं..

    अपडेट : इरान सैन्य परेडका बेला आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २४, ५३ घाइते

    शनिबार, असोज ६, २०७५ साल
    तेहरान, इरान, ६ असोज इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे जनाएको छ ।  सैन्य परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ ।  घटनामा ५३ जना घाइते भएको बताइएको छ..

    काङ्ग्रेसको विधान मस्यौदा ७ प्रदेशमा लगिने, विभिन्न जिल्लामा सुझाव सङ्कलनको कार्यक्रम !

    शनिबार, असोज ६, २०७५ साल
    काठमाडौँ, ६ असोज  नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ ।  असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव सङ्कलन गर्ने शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । इलाम, विराटनगर, जनकपुर, वीरगञ्ज, ललितपुर, धुलिखेल, पोखरा, बाग्लुङ, भैरहवा, घोराही, वीरेन्द्रनगर र धनगढीमा सुझाव सङ्कलनको..

    उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उँचो पार्न उपराष्ट्रपति पुनको आग्रह [तस्वीर सहित]

    शनिबार, असोज ६, २०७५ साल
    काठमाडौँ, ६ असोज  चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले शनिबार विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे ।  यिपिन पोखरासँग यही असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ शहर हो । ५५ लाख ६० हजार जनसङ्ख्या भएको यिपिनलाई ‘रक्सी र बाँसको शहर’ भनेर चिनिन्छ ।  उपराष्ट्रपतिले शनिबार बिहान सिचुवान युनिभर्सिटी एण्ड इञ्जिनीयरिङको भ्रमण..

    महासभामा भाग लिन प्रधानमन्त्री आज अमेरिका जाँदै, ट्रम्पसँग पनि भेट्ने

    शनिबार, असोज ६, २०७५ साल
    काठमाडौँ, असोज ६ ।  प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन् । विशेष गरी संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिनका लागि प्रधानमन्त्री ओली अमेरिका जान लागेका हुन् । प्रमको १३ दिनसम्म चल्ने यस विदेश यात्राका क्रममा केही उच्चस्तरीय राजनीतिक भेटघाट पनि समेत हुने गरी कार्यक्रम तय गरिएको बिदेश मन्त्रालयले जनाएको छ । यस भ्रमणका क्रममा ओलीले..

    मुख्यमन्त्री लालबाबु राउतले संशोधन बिना संविधान स्वीकार्य हुन नसक्ने बताएपछि ...

    शुक्रबार, असोज ५, २०७५ साल
    जनकपुरधाम, ५ असोज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संशोधन विना संविधान स्वीकार्य हुन नसक्ने बताएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले त्रुटीपूर्ण संविधानको संशोधन आवश्यक रहेको बताए । ‘संविधान संशोधनको लागि संघर्ष जारी छ । सबैले आ-आफ्नो ठाउँबाट संघर्षलाई अगाडि बढाउनुपर्छ । संघर्ष विना अधिकार सुनिश्चित हुन सक्दैन,’ उनले भने, ‘अधिकारको लागि संघर्षलाई निरन्तरता..

    प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिको शपथ

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा शुक्रबार आयोजित विशेष समारोहमा सभामुख महरासमक्ष नवनिर्वाचित सभापतिले शपथ लिएका हुन् ।  शपथ लिनुहुनेमा अर्थ समितिका नवनिर्वाचित सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका..

    शिक्षक पेशामा आबद्ध यि व्यक्ति २९ वर्षदेखि नागरिकताको लडाइँमा ...

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज दिवाकर क्षत्री ४५ वर्ष भए, उनी २९ वर्षदेखि नागरिकता प्राप्त गर्ने लडाइँमा छन् । हालसम्म पनि उनले नागरिकता पाएका छैनन् । नागरिकताको त के कुरा अहिले उनलाई गरिरहेको कामबाट पनि हात भिक्न दवाव आइसकेको छ ।  क्षेत्री काठमाण्डुकै निजी विद्यालयका शिक्षक हुन् । विद्यालयमा काम नगर भन्नुको मूल कारण नै क्षत्रीसँग नागरिकता नहुनु हो । ‘बुबाले म सानै..

    पेट्रोलियम अभावमा मातृकाको एक्सन, विक्री वितरणमा कोटा तोकियो, तेल ढुवानी सेनाले गर्ने !

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौं, ५ असोज सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न भनेको छ । निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ..

    उपराष्ट्रपति पुनको चीन भ्रमण - जलविद्युत्, कृषि, पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज  चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन् ।  भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताए । उनले नेपाल ‘एक चीन नीतिप्रति’ प्रतिबद्ध रहेको र नेपाली भूमिलाई चीन विरोधी गतिविधि हुन नदिने बताए ।  उपराष्ट्रपतिले चीन र नेपालबीच..

    नेपाली काँग्रेस विधान परिमार्जन गर्दै, सातै प्रदेशमा राय तथा सुझाव लिने

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज  नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो । काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेका समितिले पार्टीको संशोधन हुन लागेको विधानमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन..

    सुन्दरीजलको पुरानो सडक बन्द नगर्न मेलम्ची आयोजनासँग स्थानीयवासीको माग

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज  राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने नाममा पुस्तौँदेखि सञ्चालनमा रहेको सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न स्थानीयवासीले माग गरेका छन् । सुन्दरीजलबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी, हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत जाने मोटरबाटो बन्द गरी आयोजनाले अधिग्रहण गरेको जग्गाका छेउबाट नयाँ सडक खोल्ने योजना अघि सारेको स्थानीय सुशील सिम्खडाले बताए ।  अहिलेको सडक आयोजनाले अधिग्रहण गरेको जग्गाको बीचमा पर्छ ।..

    कांग्रेसकाे विकृतिबारे रामचन्द्रले गरे खतराको शंकेत, भन्छन् - शेरबहादुर देउवाबाट त्रुटि भएकै हो

    शुक्रबार, असोज ५, २०७५ साल
    लिस्बन, ५ असोज   नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् । ‘मुलुकको परिवर्तन र जनताको न्यायका लागि पञ्चायतकालमा म १४ वर्ष जेल बसेँ, धेरै राजनीतिक सङ्घर्ष गरेँ’, नेता पौडेलले भने, ‘राजनीतिक सङ्घर्ष सत्ता प्राप्तिका लागि नभएर नेपाली जनताको न्याय, देशको उन्नति र समृद्धिका लागि हो ।’ नेपाली जनसम्पर्क समिति पोर्चुगलले..

    प्रधानमन्त्री ओली भोली न्युयोर्क जाँदै, राष्ट्रसंघको सम्बोधनदेखि ट्रम्पको स्वागतसम्म

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज  प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्ने छन् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहनेछिन् ।  असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो..

    प्रतिनिधिसभा अन्तर्गतको निर्वाचनमा सभापतिका लागि १-१ जनाको मात्र उम्मेदवारी

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने निर्वाचनमा प्रत्येक समितिको सभापति पदमा एक-एक जनाको मात्र उम्मेदवारी परेको छ ।  सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेलको उम्मेदवारी परेको छ ।  कृषि, सहकारी..

    काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्न ब्रुमरयन्त्रको प्रयोग गर्ने

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्नका लागि रु ११ करोड मूल्य बराबरको ब्रुमर यन्त्र प्रयोगमा ल्याउने भएको छ ।  ब्रुमर यन्त्र झिकाउन बोलपत्र आह्वान गरिसकिएको सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार ढिलोमा मङ्सिरदेखि काठमाडौँको फोहर ब्रुमरले सफा गर्नेछ ।  ब्रुमर खरिदका लागि हालसम्म ६ वटा आशयपत्रका निवेदन कामपामा परेका छन् । हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने..

    राजीनामा दिन्नँ, महाअभियोग लगाए सामना गर्न तयार छु : दीपकराज जोशी

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौं, ४ असोज सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् ।  यसअघि प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो ।  नेकपाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि एक पत्रकारले न्यायाधीश जोशीलाई अब के गर्नुहुन्छ भनी सोधेका थिए । जवाफमा न्यायाधीश जोशीले आफूले महाअभियोगको सामना गर्ने प्रतिक्रिया दिएका छन् ।  जोशीले महाभियोग..
    Weather Forecast