शुक्रबार, आषाढ २६, २०७७

    राज्य-समाज

    एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको भत्ता नरोक्न आग्रह

    शनिबार, जेष्ठ १०, २०७७ साल
    काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले ६० वर्ष मुनिका एकल महिला तथा निलो परिचयपत्र प्राप्त गरेका अतिअशक्त अपाङ्गता भएका व्यक्तिले विगतदेखि प्राप्त गर्दै आएको सामाजिक सुरक्षाभत्ता नरोक्न सरकारको ध्यानाकर्षण गराएको छ। आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा एकल महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि औषधि तथा स्वास्थ्य र शारीरिक उपकरणको उपलब्धताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। बन्दाबन्दीका कारण अपाङ्गता..

    उच्च तहका केही सैनिक अधिकृतमाथि अनुसन्धान जारीः सेना

    शनिबार, जेष्ठ १०, २०७७ साल
    काठमाडौं। नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा  भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरुलाई अनुसन्धान र कारवाहीको दायरामा तानिएको हो। सोही क्रममा समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचरणसम्बन्धी कसुर गरेको अभियोगमा तीन अधिकृतसहित पाँच..

    भक्तपुरकी जनप्रतिनिधिमा कोरोना, बस्ती सिल र प्रत्येक घरमा परीक्षण तयारी

    शनिबार, जेष्ठ १०, २०७७ साल
    भक्तपुर- भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ। भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब सङ्कलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो। प्रयोगशालामा भएको परीक्षणको शुक्रबार राति सार्वजनिक भएको नतिजामा कोरोना पोजेटिभ..

    कोरोना संक्रमित भेटिएपछि टीकापुरमा लकडाउन थप कडाइ

    शनिबार, जेष्ठ १०, २०७७ साल
    कैलाली । कैलालीको जानकी गाउँपालिकामा कोरोना संक्रमित देखिएपछि प्रशासनले टीकापुरमा लकडाउनमा कडाइ गरेको छ । जानकी गाउँपालिकासँग टीकापुर जोडिएको पालिका हो । टीकापुर पनि जोखिममा रहेको भन्दै टीकापुर बजार बन्द गरिने तयारी प्रशासनले गरेको छ । संक्रमित आएर गाउँमा समेत बसेकाले जानकी गाउँपालिका–७ को मोतीनगर र जवलपुर गाउँ सिल गरिएको टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए । संक्रमण पुष्टि भएका मोतीनगर र..

    केएमसी अस्पतालको आइसोलेसनमा १ जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

    शनिबार, जेष्ठ १०, २०७७ साल
    काठमाडौं, १० जेठ । काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो ।  ३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५/७० वर्षीय ति बिरामीको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको छ । अस्पताल भर्ना गनुअघि उनको आरडीटी नगरिको बताइएको छ ।  ..

    नरेन्द्र मोदीलाई नयाँ नक्सासहित बेलायतका नेपालीले पठाए विराेधपत्र

    शनिबार, जेष्ठ १०, २०७७ साल
    काठमाडाैं, १० जेठ । बेलायतमा रहेका चार नेपाली राजनीतिक दलका निकट संगठनले संयुक्त रूपमा नेपालको नयाँ नक्सासहित भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ध्यानाकर्षण पत्र पठाएका छन्। भारतले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरेको विरोधमा एकताबद्ध हुँदै उनीहरूले हुलाकमार्फत बेलायतस्थित भारतीय हाई कमिसनमा विरोधपत्र पठाएका हुन्। सत्तारूढ नेकपानिकट प्रवासी नेपाली एकता मञ्च, कांग्रेसनिकट जनसम्पर्क समिति यूके, जनता समाजवादी पार्टीनिकट नेपाली समाज..

    नेपाल आक्रामक बनेपछि वार्ता गर्ने मुडमा भारतका नेताहरु

    शनिबार, जेष्ठ १०, २०७७ साल
    काठमाडौं, १० जेठ । नेपाल भारत सीमा विवाद समाधानका लागि वार्तामा आउन पटक–पटक गरिएको आग्रह लत्याएको भारत अब वार्ताका लागि तयार रहेको त्यहाँका राजनीतिज्ञहरु बताउन थालेका छन् । कालापानी लिपुलेक र लिम्पियाधुरासहितका भूभागमा देखिएको विवाद वार्ता र संवादबाट समाधान गर्न नेपालले गरेको आग्रह भारतले वर्षौँदेखि नकार्दै आएको थियो । तर जब नेपाल सरकारले भारतद्वारा अतिक्रमित ति भूभागहरु समेटेर नेपालको नयाँ नक्सा..

    ट्रम्पले खाइरहेको औलोको औषधिबाट कोरोना संक्रमितको मृत्यु हुने खतरा उच्च

    शनिबार, जेष्ठ १०, २०७७ साल
    काठमाडाैं, १० जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थियो । सो औषधिबारे विज्ञानसम्बन्धी शोध पत्रिका लेसेटले आफ्नो अनुसन्धानमा कोरोना संक्रमित विरामीको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन दिइएमा विरामीको मृत्यु हुने खतरा बढी हुने पाइएको जनाएको छ ।  अध्ययनमा मलेरिया (औलो) को यो औषधिबाट बिरामीलाई कुनै फाइदा नहुने पाइएको छ । ट्रम्पले एक साताअघिमात्र..

    राहत वितरणकाे विषयमा विवाद हुँदा नेकपा र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, डेढ दर्जन घाइते

    शनिबार, जेष्ठ १०, २०७७ साल
    सिरहा, १० जेठ । सिरहाको नरहा गाउँपालिका-१ देवीपुरमा कोरोना प्रभावितहरुलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा शुक्रबार वडा कार्यालयमै कुटाकुट भएको छ। त्यस कुटाकुटमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका डेढ दर्जन बढी घाइते भएका छन्। उनीहरुको उपचारको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ। नेकपाका स्थानीय नेता कार्यकर्ताहरु दुखी चौधरी, चुमन चौधरी, शिवकुमार चौधरी, अजय चौधरी, गुणे चौधरी र कुलदेव चौधरी घाइते..

    भ्रष्टाचार अभियोगमा सेनाका कर्नेल बर्खास्त, झन्डै २ करोड जरिवाना

    शनिबार, जेष्ठ १०, २०७७ साल
    काठमाडाैं, १० जेठ। नेपाली सेनाका महासेनानी (कर्नेल) भूपालमान अधिकारी भ्रष्टाचार अभियोगमा दोषी ठहर भएका छन्। सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्। कर्नेल अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको नेपाली सेनाले जनाएको छ। सैनिक अदालतले गरेको फैसलाअनुसार अधिकारीबाट एक करोड ८५ लाख ४०..

    भारत सगंको सिमा बिवाद हालको लागि अन्तरास्ट्रियकरन नगरिने, प्रबक्ता खतिवडा

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडौं, जेठ ९ । भारतले अतिक्रमण गरेको नेपालको भूभागसम्बन्धि विवादलाई नेपालले तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने जनाएको छ । भारतसँग कूटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गर्दै सरकारले सीमा विवादलाई अहिले नै अन्तर्राष्ट्रियकरण आवश्यक नरहेको निष्कर्ष निकालेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कूटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ तथा सूचना एवं सञ्चार..

    थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय १६

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडौं, जेठ ९ । मकवानपुर, भक्तपुर र सप्तरीमा गरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको हो। थपिने संक्रमितहरुमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्। योसंगै नेपालमा संक्रमितको संख्या ५ सय १६..

    जेठ ११ गते सार्वजनिक बिदा

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडौं। सरकारले जेठ ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुस्लिम धर्मालम्वीहरुको पर्व ईदुल फित्रका अवसरमा जेठ ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जेठ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले ईदुल फित्रका अवसरमा सार्वजनिक बिदाको निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज एक सूचना जारी गरेर आउँदो आइतबार बिदाको निर्णय गरेको जनाएको हो।..

    भारतीय भुपू सैनिकलाई पेन्सन बुझ्न सास्ती

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    भीमदत्तनगर। भारतका विभिन्न सुरक्षा फौजबाट अवकाश प्राप्त भूपूहरुले नेपाल–भारत सीमानाका बन्द हुँदा आफूहरुले पेन्सन बुझ्न समस्या भइरहेको दुखेसो गरेका छन्। कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सीमावर्ती भारतीय बजारमा गएर पेन्सन रकम लिन नपाउँदा घर खर्च चलाउन गाह्रो भइरहेको उनीहरुको भनाइ छ। बैतडीको दशरथ चन्द नगरपालिका–६ सिमायलका भीमबहादुर चन्दले दुई महिनादेखि नाका बन्द हुँदा सिमावर्ती भारतीय बजार झुलाघाट जान नसकेको..

    भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न सर्वोच्चको अन्तरिम आदेश

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडौं। सर्वोच्च अदालतले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपनाप्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले बिहीबार जारी गरेको आदेश आज सार्वजनिक गर्दै सरकारले बन्दाबन्दी समयमा सरकारले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न अन्तरिम आदेश जारी गरेको छ। आदेशमा भनिएको छ, 'हालसम्म आवश्यक सेवाको सूचीमा भेटेरीनरी सेवालाई समावेश गरेको नेदेखिएकाले बन्दाबन्दीको समयमा पनि पशुस्वास्थ्य..

    संविधान सशोधन विधेयक संसद् सचिवालयमा दर्ता

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडौं। नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले संघीय संसद् सचिवालयमा आज नेपालको संविधान (दोस्रो सशोधन)  विधेयक  २०७७ दर्ता भएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सरकारले मंगलबार सार्वजनिक गरेको नेपालको वास्तविक सीमाअनुरुपको नक्सालाई उक्त निशानछापमा समावेश गर्न  संविधान सशोधन विधेयक दर्ता गरेको हो। उक्त  विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफे..

    भारतबाट आएका नेपालीको कोरोना परीक्षण नहुँदा जोखिम बढ्यो

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    भीमदत्तनगर। कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना सङ्क्रमण परीक्षण नगरी बिहीबार सम्बन्धित पालिका पठाइएको छ। परीक्षण विनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना सङ्क्रमणको जोखिम बढेको छ। दुई दिनसम्म भारतबाट यहाँको नाका हुँदै भित्रिएका नागरिकलाई भीमदत्तनगरस्थित बैजनाथ इन्जिनीयरिङ कलेजको क्वारेन्टिनमा राखेर कोरोना सङ्क्रमण परीक्षणपछि मात्रै सम्बन्धित पालिकाको जिम्मा लगाउने गरिएको थियो। सीमामा अलपत्र यात्रुको चाप बढेसँगै यहाँको क्वारेन्टिनमा जम्मा गरेर स्वास्थ्य..

    पूर्वराज्यमन्त्री चौधरीको निधनप्रति दुःख व्यक्त

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वराज्यमन्त्री दूर्योधनसिंह थारु चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन्। पूर्वराज्यमन्त्री चौधरीको आज बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको हो। सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्। स्व चौधरीले काँग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका..

    निशान छाप संशोधनका लागि संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडौं, ९ जेठ । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो । सरकारले सोमबार मात्र नयाँ नक्सा..

    भारतीय अवरोधपछि रक्सौलमा २ सय २२ नेपाली अलपत्र

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडाैं, ९ जेठ । रक्सौलमा अलपत्र दुई सय २२ नेपालीको उद्धार भारतीय सुरक्षाकर्मीको अवरोधका कारण प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले बुधबार त्यहाँ अलपत्र नेपालीको उद्धार गर्ने तयारी गरेको थियो । तर, माथिबाट आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएपछि रक्सौलस्थित हजारीमल क्वारेन्टाइनमै बस्न उनीहरू बाध्य बनेका छन् । ‘वीरगञ्जमा रहेका भारतीय नागरिकलाई पठाएर आफ्नो देशका नागरिक ल्याउने विषयमा भारतीय सीमा..

    गुगलले पनि देखायाे लिम्पियाधुरासहितकाे नयाँ नेपालकाे नक्सा र क्षेत्रफल

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडौं, ९ जेठ । गुगलले नेपालको क्षेत्रफल र नयाँ नक्शा देखाएको छ । नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगलले नेपालको नयाँ क्षेत्रफल र नक्शा देखाएकोे हो । गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफलसहितको नक्शा देखाउँछ । नेपालले गत बुधबार (वैशाख ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको..

    केहिबेरमा बस्दै मन्त्रिपरिषद बैठक, विदेशमा रहेका नेपाली फर्काउने विषयमा छलफल हुने

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडौं, ९ जेठ ।  केहिबेरमै मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए । केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो । शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश पाउने सम्भावना छ । त्यसैगरी..

    गृह मन्त्रालयले गर्‍याे उपत्यका प्रवेश निषेध

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडौं, ८ जेठ । गृह मन्त्रालयले अत्यावश्यक कामबाहेक काठमाडौं उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय गर्दै उपत्यकाका सबै स्थानीय तहलाई निर्णय कार्यान्वयन गर्न परिपत्र गरेको छ । उपत्यकाका स्थानीय तहका प्रमुखसहितको छलफलपछि गृह मन्त्रालयले उपत्यका छिर्ने सबै नाका सिल गर्न र जथाभावी हुने प्रवेश रोक्न भन्दै स्थानीय तहलाई निर्णय कार्यान्वयनका लागि परिपत्र गरेको हो । लकडाउनमा मानिसहरू विभिन्न बहानामा उपत्यकाबाट बाहिरिने र..

    भारतसँग वार्ता गर्न तयार भएर बसेका छौं: दीपकुमार ज्ञवाली

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडाैं, ९ जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूभाग अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्न नेपाल तत्पर भएर बसेको बताएका छन् । द्विपक्षीय संवादका लागि प्रत्यक्ष–परोक्ष रूपमा भारतसँग आग्रह गरिरहेको पनि उनले जानकारी दिए । सीमा विवादका सन्दर्भमा मुख्य राजनीतिक दलका नेता एवं पूर्वपरराष्ट्रमन्त्रीहरूले पनि नेपाल र भारतको आमनेसामने अवस्थालाई चिर्न परिपक्व कूटनीतिक कौशल प्रयोग गरेर द्विपक्षीय वार्ता गर्ने उपाय..

    नयाँ नेपालकाे ३ हजार थान नक्सा छाप्न प्रेसमा पठाइयो

    शुक्रबार, जेष्ठ ९, २०७७ साल
    काठमाडाैं, ९ जेठ । नापी विभागले ३ हजार थान नेपालको नयाँ नक्सा प्रकाशन गर्ने भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बुधबार सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा मुलुकभरका सरकारी कार्यालयलाई नि:शुल्क उपलब्ध गराइने विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । ‘बिहीबार प्राविधिक र भाषा सम्पादन टोली बसी प्रशासनिक नापनक्साको स्वरुपलाई अन्तिम रुप दिएर प्रेसमा पठाएका छौं,’ उनले भने । सरकारले बुधबार..

    स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने पक्राउ

    बिहिवार, जेष्ठ ८, २०७७ साल
    काठमाडौं, जेठ ८ । नेपाल प्रहरीले  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले आफू सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षक भएको र स्वास्थ्य मन्त्रालयमा जागिर लगाउन सक्ने भन्दै ठगी गर्ने तारकेश्वरका ४५ वर्षीय राजकुमार चापागाईंलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले पक्राउ परेका..

    लिपुलेक हिँडेका चन्द समूहका आठ कार्यकर्ता पक्राउ

    बिहिवार, जेष्ठ ८, २०७७ साल
    दार्चुला, जेठ ८ । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्सा सार्वजनिक गरेको अवस्थामा उनीहरु झण्डा बोकेर लिपुलेक हिँडेका थिए । उनीहरुलाई व्यासका स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको..

    थप तीन जनामा कोरोना पुष्टि, कुल ४५७ पुग्यो

    बिहिवार, जेष्ठ ८, २०७७ साल
    काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   बाँके र कपिलवस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल  नेपालगन्ज  र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।  जसमा बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन..

    सत्यकै जीत हुने हो, परिआएको सामना गर्न तयार छौंः उपप्रम पोखरेल

    बिहिवार, जेष्ठ ८, २०७७ साल
    काठमाडौं। ‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको संघीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट समस्या हल गर्न भारतलाई आह्वान गरेका छन् । अरुको कहिल्यै उपनिवेश बन्नु नपरेको सानो राष्ट्र नेपाल र १९४७ मा बेलायतबाट..

    प्रदेश ५ सरकारको नीति कार्यक्रम जेठ १० मा

    बिहिवार, जेष्ठ ८, २०७७ साल
    काठमाडौं। प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद् आज बसेको बैठकले नीति कार्यक्रम यही जेठ १० गते प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो। बैठकले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा दीपावली गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए। बैठकले तराईका जिल्लामा दुई सय  र..
    Weather Forecast