बिहिवार, आषाढ १८, २०७७

    राज्य-समाज

    को पहिला बोल्ने भन्ने समस्या, काँग्रेसको संसद बैठक अवरोध ठीक कि बेठीक ?

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार । प्रतिनिधिसभाको सोमबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिनुभएको थियो । काङ्ग्रेसले भने सभामुखलाई बिहानै आफ्ना नेताले बोल्नुहुन्छ भनेर समय माग गरे पनि पहिला बोल्न समय नपाएको..

    सांसदको प्रश्न : ‘अर्थशास्त्रको सिद्धान्त कि राजनीतिक दर्शन’

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार सरकारले गोरखाको आरुघाट  क्षेत्रमा धान्नै नसक्ने गरी स्थानीयबाट मुआब्जाको माग भएपछि त्यस क्षेत्रको बस्ती नै स्थानान्तरण गर्ने सोच अघि बढाएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री  वर्षमान पुनले बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन आरुघाटक्षेत्रको बस्ती हटाएर नयाँ स्थानमा स्थानान्तरण गर्ने सोच अघि सारेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँको जग्गा अधिग्रहण गर्ने सन्दर्भमा प्रतिआना रु..

    संसदमा बोल्न नपाएका प्रधानमन्त्रीले डाके पत्रकार सम्मेलन, गुठी विधेयकबारे भनाइ सार्वजनिक गर्ने

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भन्नुभएको छ, “समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।” प्रतिनिसभाको आजको बैठक..

    प्रधानमन्त्री रोस्ट्रममा पुगेपछि कांग्रेस सांसदको नाराबाजी, बैठक स्थगित

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौं, ३ असार ।  प्रतिनिधिसभाको बैठक बुधबार सम्मलाई स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नारााबजी गरेर अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका छन् । बैठक सुरु हुनेवित्तिकै कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रधानमन्त्री केपी ओलीलाई बोल्न समय दिएपछि सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गर्न थालेका थिए । पटक पटकको आग्रहपछि पनि नाराबाजी नरोकिएपछि..

    प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्दै, गुठी विधेयकको समस्या सल्टिएला ?

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार । गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालय श्रोतले बताएको छ । चर्केको गुठी आन्दोलनका विषयमा सोमबार प्रधानमन्त्री ओलीले भूमि सुधार मन्त्री पद्मा अर्यालसहित काठमाडौँका जनप्रतिनिधिहरुसँग दिनभर विभिन्न चरणमा छलफल गरेका थिए । छलफलमा गुठी विधेयकबारे मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिने बताएका प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्न लागेका..

    इतिहासकै ठूलो पार्टीको भूमिका सरकार सञ्चालनमा शून्य, यस्तो छ प्रधानमन्त्री ओलीको परिधि

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार । इतिहासको सबैभन्दा ठूलो दल नेकपा अहिले सत्तामा छ । तर, सरकार सञ्चालनमा पार्टीको भूमिका शून्यजस्तै छ । पार्टीको सचिवालयमा नौ, स्थायी समितिमा ४५ र केन्द्रीय कमिटीमा चार सय ४१ सदस्य छन् । सचिवालयको बैठक मुस्किलले बस्छ । तर, स्थायी समितिको बैठक १३ महिनामा दुईपटक मात्र बसेको छ । अझ, केन्द्रीय कमिटी त एकपटक पनि बसेको छैन ।..

    काठमाडौँका मेयर शाक्य गुठी विधेयककै पक्षमा, नेकपाकै अन्य जनप्रतिनिधिले गरे ठाडै अस्वीकार

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौं, ३ असार ।  ‘गुठी विधेयकमा विवाद किन ? र के गर्दा उचित हुन्छ’ भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सभा सदस्य, मेयर, उपमेयर र वडाध्यक्षहरूलाई बालुवाटार बोलाए । प्रधानमन्त्रीको निम्तोपछि सत्तारुढ दलका जनप्रतिनिधि लाइन लागेर बालुवाटार पुगे ।  सबैभन्दा पहिला काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धारणा राखे । शाक्यले विधेयकलाई खारेज गर्नेभन्दा पनि संशोधन..

    लोकसेवाको तयारी गर्नेलाई फेरि अर्को तनाब

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार ।  लोकसेवा आयोगको सर्भरमा समस्या देखिँदा स्थानीय तहका लागि आवेदन दिने आवेदक मर्कामा परेका छन्। स्थानीय तहका लागि आवेदन भर्ने म्याद सकिन केही दिन बाँकी रहँदा आयोगको अनलाइन आवेदन पोर्टलमा समस्या देखिएको छ। अनलाइन फर्म भर्न आयोगले तोकेको वेबपेज (पिएससी अनलाइन डट पिएससी डट जिओभि डट एनपी)मा तीनदिनदेखि प्रयास गर्दा पनि लगइन हुन नसकेको पीडितहरूको गुनासो छ। आयोगको..

    सार्वजनिक यातायातमा वर्षौँदेखि जरा गाडेको सिन्डिकेट संस्थागत गर्न सरकारको यस्तो तयारी

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार ।  सरकारले सार्वजनिक यातायात समितिहरूका रोक्का  चलअचल  सम्पत्ति फुकुवा गर्ने तयारी गरेको छ। राष्ट्रियकरण हुनुपर्ने सम्पत्ति फुकुवा गरेर सरकारले सार्वजनिक यातायातमा वर्षौँदेखि जरा गाडेको सिन्डिकेट संस्थागत गर्न खोजेको देखिएको छ।  यातायात व्यवसायीको प्रलोभनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बैंकमा रोक्का रहेको यातायातको चलअचल सम्पत्ति फुकुवा गर्न परिपत्र जारी गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।  कम्पनी रूपान्तरणका लागि यातायात व्यवस्था..

    रोकिएन प्रहरी अनुसन्धानमा जालझेल, ज्यान लिने चालकलाई उम्काउन नक्कलीलाई मुद्दा

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार ।  कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा नक्कली अभियुक्त खडा गरी मुद्दा प्रक्रिया अघि बढाएपछि प्रहरी विवादमा फस्यो । सोही कारण केही प्रहरीविरुद्ध फौजदारी मुद्दा नै दायर भयो । तर, त्यो घटनापछि पनि प्रहरी अनुसन्धानमा जालझेल रोकिएको छैन । सवारी दुर्घटनामा प्रहरीले नक्कली अभियुक्त खडा गरेर वास्तविक दोषीलाई जोगाउँदै आएको खुलेको छ ।  सवारी ज्यान मुद्दामै जालझेल गरेको..

    घर पाउने सूचीबाट बाराका ५५६ हुरीपीडितको नाम गायब, फरक राजनीतिक आस्था राख्नेलाई छानीछानी अन्याय

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार ।  गत १७ चैतको हावाहुरीमा सबैभन्दा प्रभावित फेटा गाउँपालिका–१ भरवलियालगायत विभिन्न गाउँका पाँच सय ५६ पीडितको नाम घर पाउने सूचीबाटै हटाइएको छ । सेनाले तथ्यांक संकलनका क्रममा पूर्ण क्षति भएका एक हजार चार सय दुई घरको तथ्यांक निकाले पनि अहिले आठ सय ४६ घरको सूचीअनुसार निर्माण गरिरहेको छ ।    गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले वास्तविक पीडितलाई घर पूर्ण क्षति भएको..

    बझाङका दुई गाउँ शोकमा, एकै परिवारका ३ सहित १० जनाको मृत्यु

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार ।  बझाङमा जीप दुर्घटना परी मृत्यु हुनेको संख्या १० पुगेको छ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालीका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा १० जनाको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा परी ५ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बताए ।..

    गुठी विधेयक सम्बन्धमा सरकारले चाँडै निर्णय गर्छ : प्रधानमन्त्री ओली

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार ।   प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकका विषयमा जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ । उहाँले सोमबार काठमाडौंँ उपत्यकाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट  प्रतिनिधिसभा र  राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य तथा  नगरप्रमुख–उपप्रमुख र वडाध्यक्षसँग छलफल गर्नुभएको हो ।    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका विषयमा विभिन्न जनप्रतिनिधिले आफ्नो राय व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो..

    लोकसेवा आयोगको विज्ञापनविरुद्ध पुनः रिट निवेदन

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार सर्वोच्च अदालतमा लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध पुनः रिट निवेदन दायर भएको छ ।  स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आज आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका हुन् । स्थानीय तहको स्वीकृत दरबन्दीमा अविच्छिन्न रुपमा अस्थायी र करार सेवामा काम गरिरहेका कर्मचारीको योगदानलाई बेवास्ता गर्दै विज्ञापन गरेको..

    'स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारि'

    सोमबार, आषाढ २, २०७६ साल
    दाङ, २ असार तुलसीपुर उपमहानगरपालिकाले ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।  आगामी आवदेखि जन्मिएका हरेक छोरीलाई स्मार्ट छोरी कार्यक्रमअन्तर्गत प्रत्येक छोरीलाई जन्मेदेखि मासिक रु १०० सयका दरले वार्षिक रुपमा एकमुष्ट रु एक हजार २०० रकम उपलब्ध गराउने नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो..

    मजदुर विवादका कारण होटल हायात बन्द, माग पूरा गर्न नसक्ने व्यवस्थापनको भनाई

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौं, २ जेठ हायात होटल बन्द भएको छ । तारागाउँ रिजेन्सी होटल्स (हायत) मजदुर युनिएनहरुको हड्तालका कारण बन्द भएको हो । हायातले नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै आफूसँग आवद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघले हडताल गरेपछि होटल बन्द गर्न बाध्य भएको जानकारी दिएको छ । कम्पनीले नेप्सेलाई एक पत्र लेख्दै पाहुनालाई आवश्यक सेवा पुर्याउन नसक्ने भएपछि व्यवस्थापन पक्ष होटल बन्द..

    विधेयक फिर्ता लिन राप्रपाको आग्रह

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल विधेयक, मानव अधिकारसम्बन्धी विधेयक, सेना सञ्चालनसम्बन्धी विधेयक र गुठी व्यवस्थापन विधेयक जस्ता विवादास्पद विधेयक फिर्ता लिन आग्रह गर्नुभएको छ ।  उहाँले गुठी व्यवस्थापन विधेयकले सनातन रूपमा सञ्चालन हुँदै आएको धर्म, संस्कृति, परम्परा र अधिकारमा प्रभाव पार्ने भएकाले सरकारले यसतर्फ ध्यान दिई अविलम्ब विधेयक फिर्ता लिन आग्रह गर्नुभयो ।  न्युज क्लब नेपालमा आयोजित..

    काँग्रेस महामन्त्रीले भने – सरकार तानाशाह बन्न खोज्यो, केन्द्रिकृत शासनमै फर्कियो

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौं, २ असार ।  नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् ।  सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए । प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै..

    राष्ट्रियसभाका सांसद गुठीसम्बन्धी विधेयकमा पक्ष र विपक्षमा विभाजित, कस्ले के भने ?

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार    राष्ट्रियसभाका सांसदले गुठीसम्बन्धी विधेयकको पक्ष र विपक्षमा विभाजित भई आ–आफ्नो धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका सांसदले विधेयकका कमजोरी सच्याएर अघि बढाउन सकिनेमा जोड दिनुभयो भने प्रमुख प्रतिपक्षी दलका सांसदले धर्म संस्कृति विरोधी भएकाले यसलाई फिर्ता लिन माग गर्नुभयो ।    बैठकमा सांसद जीवन बुढाले वर्षायाम शुरु भएसँगै कर्णालीमा दुःखका दिन आउने भएकाले विकास निर्माणमा..

    सैद्धान्तिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छ : अध्यक्ष दाहाल

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ ।  शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने बताउनुभयो । “पार्टी एकतालाई..

    लोकसेवा आयोगको विज्ञापन सच्याउन सांसदहरूको माग

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार  संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिनुभयोे । सांसद उमाशङ्कर अरगरिया,  कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा कुमारी, चन्द्रकान्त चौधरीलगायतले यस्तो माग गर्नुभएको हो ।    सांसद खगराज अधिकारी र खेमप्रसाद..

    प्रतिनिधिसभाको बैठक : गुठीयारसँग वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसँग माग गरे । उनले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृतिक, सामाजिक मूल्य मान्यता र मौलिक पहिचानलाई..

    गुठी विधेयक सच्याउन नेकपा नेताहरूको दबाब, झलनाथ भन्छन् -परिमार्जन गर्नुको विकल्प छैन्

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ लाई सरकारले संसद्मा पेस गर्दा संशोधन गर्नुपर्ने बताएका छन्। नेकपाका सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरूले सरोकारवालाहरूसँग पर्याप्त छलफल गरेर मात्रै विधेयक ल्याउन सरकारलाई दबाब दिएका छन्।   नेकपाका सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरोकारवालासँग छलफल नै नगरी विधेयक बनाउने र बाहिर..

    बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिनामा को-को दोषी ?

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार ।  बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको नेपाल प्रहरीले तोकिएको समयमा काम पूरा नभएपछि थप दुई महिना समय मागेको छ । ससरकारले दिएको तीन महिनामा अनुसन्धान पूरा नभएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २ महिना अतिरिक्त समय मागेको हो।   मुआब्जा लिइसकेको जग्गा सेटिङमा हडपेको आरोपमा ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमशेर, हेमाद्रीशमशेर र हाटकशमशेरसहित भूमाफिया..

    प्रदेश बजेट पनि महत्वकांक्षी, सातवटा प्रदेशले छुट्याए २ खर्ब ५९ अर्ब ६० करोड

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार ।  भौतिक पूर्वाधार तथा सामाजिक विकासमा केन्द्रित गर्दै सातवटै प्रदेशले आआफ्ना प्रदेशसभामा वार्षिक बजेट आइतबार पेस गरेका छन् । आर्थिक वर्ष २०७६/०७७ का लागि सातै प्रदेशले कुल २ खर्ब ५५ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा सातवटै प्रदेशको कुल बजेट २ खर्ब ६ अर्ब ७७ करोड विनियोजन भएको थियो ।..

    सुन्दरीजलको माटो बोकेर कोइराला निवासको भूई ढोग्न पुगे कार्यकर्ता तर...

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार ।  ३१ जेठमा झन्डै दुई सय कांग्रेस कार्यकर्ता विराटनगरस्थित कोइरालानिवास पुगे । काठमाडौंबाट कोइराला परिवारको उद्गम थलो सिन्धुलीको दुम्जा हुँदै विराटनगर आइपुगेका उनीहरूले बिपी कोइराला आठ वर्ष थुनिएको सुन्दरीजलस्थित जेलको माटो पनि साथमा ल्याएका थिए । कांग्रेसको उद्गम थलो भन्दै उनीहरूले कोइरालानिवासको द्वारमा शिर टेकाए र भित्र पसे । उनीहरूलाई मेयर भीम पराजुली र कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले स्वागत गरे ।..

    विवाह गर्ने प्रलोभनमा २० भन्दा धेरै युवतीलाई ठगी, यसरी खुल्यो ठगीधन्दा

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौं, २ असार । ज्ञानेश्वरकी किरण शाह (नाम परिवर्तन) त्यतिवेला छाँगाबाट खसेझै भइन्, जतिवेला एक अपरिचित युवतीले हुनेवाला दुलाहको असली धन्दा पर्दाफास गरिन् । त्यसवेलासम्म ढिला भइसकेको थियो । नगुम्नुपर्ने गुमिसकेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौं टेकुस्थित कार्यालयमा भेटिएकी उनी प्रहरीसँग भन्दै थिइन्, ‘त्यसले मेरो सबै सक्यो । त्यसविरुद्ध कानुनी कारबाही गरिपाऊँ ।’    प्रहरीका अनुसार उनलाई प्रेमको चंगुलमा पारी फसाउने नवलपरासी..

    'न्यु रोड' मा ‘स्मार्ट पार्किङ’ शुरु, कसरी गर्ने बुकिङ् ?

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार   नयाँ सडक आसपास क्षेत्रमा व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिने उद्देश्यले ‘स्मार्ट पार्किङ’ आजदेखि शुरु गरिएको छ ।    तीन महीनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रलीका अनुसार पहिलो चरणमा विशाल बजार र धर्मपथमा सेवा सञ्चालन गरिएकामा पछि क्रमशः प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा उपलब्ध गराइनेछ ।    उक्त पार्किङअन्तर्गत ८०० मोटरसाइकल र ६० वटा गाडी पार्किङ क्षमता..

    फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छ : नेता पौडेल

    आईतवार, आषाढ १, २०७६ साल
    चितवन, १ असार । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिनुभएकोे छ । आईतबार यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।  पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढङ्गबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भन्नुभयो,“अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको..

    अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन प्रधानमन्त्रीको युरोप भ्रमण सफल

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार सम्पन्न युरोप भ्रमण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन सफल भएको छ ।  सरकार प्रमुखको तहमा भएको यो भ्रमणले प्रधानमन्त्री ओलीकै शब्दमा ‘नेपाल देखिने र सुनिने राष्ट्रका रुपमा राम्ररी स्थापित हुन पुगेको छ भने नेपालप्रतिको चासो र आकर्षण बढ्न गएको छ ।’ नेपालको विकासका महत्वपूर्ण साझेदार राष्ट्रहरुसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध विस्तार..
    Weather Forecast