शुक्रबार, मंसिर २०, २०७६

    राज्य-समाज

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी लखनउँबाट सिधै जनकपुर आउने, ४ हजार सुरक्षाकर्मी खटिने

    सोमबार, मंसिर २४, २०७५ साल
    सप्तरी, २४ मंसिर  भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाह महोत्सवमा सहभागी हुन आउदा सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी खटिने भएका छन् । यसपटकको विवाह पञ्चमीका मुख्य आकर्षणको रुपमा रहेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लखनउँबाट सिधै जनकपुर आउने भएका छन् । उनी आफ्नै विमानबाट सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहको छ । विमानस्थलबाट उनी सिधैं जानकी मन्दिरमा गई पूजापाठ..

    निर्मला हत्याकाण्ड: प्रदिप र विशाल निर्दोष रहेको भन्दै कञ्चनपुरमा चक्काजाम

    सोमबार, मंसिर २४, २०७५ साल
    कञ्चनपुर, २४ मङ्सिर कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आंशकामा पक्राउ परेका प्रदिप रावल र विशाल चौधरीका घर परिवार आफन्तले चक्काजाम गरेका छन् । १० साउनमा कुखुरा चोरीका आरोपमा पक्राउ परेका रावल र चौधरी निर्दोष भन्दै उनका घर, परिवार, आफन्त एंव छिमेकीले सोमबार पुर्वपश्चिम महेन्द्रनगर राजमार्ग अन्तर्गत ट्राफिक चोक बन्द गराएका हुन् । दिउँसो १ बजेदेखि ट्राफिक चोक बन्द गराएका..

    रसुवा भन्सारका तत्कालीन अधिकृतसहित ६ जनाविरुद्ध ७५ करोडको मुद्दा दायर

    सोमबार, मंसिर २४, २०७५ साल
    रसुवा, २४ मङ्सिर राजस्व अनुसन्धान विभागले रसुवा भन्सारका तत्कालीन भन्सार अधिकृतसहित ६ जनाविरुद्ध  मुद्दा दायर गरेको छ । विभागले करिब ७५ करोड रुपैयाँ मागदाबी गर्दै सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएकाहरुमा तत्कालीन भन्सार अधिकृत पवित्रकुमार खड्का र नायव सुब्बा धिरजकुमार थापा रहेका छन् । त्यस्तै, मितेरी इन्टरनेसनलका प्रोपाइटर सुमन श्रेष्ठ र सामान धनी रञ्जन त्रिपाठी रहेका छन्..

    काठमाडौंको तापक्रम यो वर्षकै कम, केही दिनमै माइनसमा झर्नसक्ने पूर्वानुमान

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौं, २४ मङ्सिर काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महशुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौंको तापक्रम केही दिनमै माइनसमा झर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  अबको केही..

    नागरिकको मुहारमा खुशी ल्याउन सके मानवअधिकार स्थापित हुन्छ – मुख्यमन्त्री पोखरेल

    सोमबार, मंसिर २४, २०७५ साल
    रुपन्देही, २४ मङ्सिर  प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना शन्देश दिँदै उनले मुलुकमा तीन तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले अब संविधानमा उल्लेख भएका मौलिक हक सम्बन्धी व्यवस्था कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।  संविधानले मानव..

    ‘‘प्रहरी दाँत बिनाको कुकुर अनि निर्मला हत्याकाण्ड भारतीय साउथ फिल्मजस्तो ...’’

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौँ, २४ मङ्सिर संसदको दिगो विकास र सुशासन समितिको वैठकमा आज कंचनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको बारेमा छलफल भएको छ।   नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालसहितको छलफलमा सांसदहरुले  हत्याको अनुसन्धानमा प्रहरी सक्रियताबारे जवाफ माग गरेका छन्। बैठकमा सासंद प्रमिला यादवले आईजीपी खनालको राजिनामा माग गरिन्।  उनले भनिन्, ‘‘निर्मला हत्याकाण्ड भारतीय साउथ फिल्मजस्तो भयो । तपाईंले सुरक्षा दिन सक्नुहुन्न भने राजीनामा दिनुस् ।..

    इन्जिनियरिङ क्षेत्रका मुद्धाहरु सम्बोधन गर्न प्रगतिशिल नै चाहिन्छ : ई. नन्दलाल बन्जाडे

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौं, मंसिर २३ नेपाल इन्जिनियर्स एशोसियसनको यहि मंसिर २८ गते हुने निर्वाचनमा प्रगतिशिल समूहबाट प्रदेश नं. ३ का सभापति पदका लागि उम्मेदवार बनेका ई. नन्दलाल बन्जाडेले इन्जिनियरिङ क्षेत्रका मुद्धाहरु सम्बोधन गर्न प्रगतिशिल समूह नै आवश्यक रहेको बताएका छन् । उनले ३ नं. प्रदेशका इन्जिनियर र इन्जिनियरिङ क्षेत्रको विकास गर्न आफूले उम्मेदवारी दिएको पनि बताए ।  सामूहिक बिमा, स्टाफ कलेज र इन्जिनियरहरुको सेवा..

    सांसदको र्‍याखर्‍याख्तीपछि आईजिपी खनालको चुनौती - कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौँ, २४ मङ्सिर  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन् ।  राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताए ।  महानिरीक्षक खनालले भने, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर..

    अन्तरप्रदेश समन्वय परिषद्को बैठक सकियो, गृहमन्त्रीको नेतृत्वमा कार्यदल गठन

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौँ, २४ मङ्सिर अन्तरप्रदेश समन्वय परिषद्को बैठकमा मुख्यमन्त्रीहरुले बोल्ने क्रम सकिएको छ। बैठकमा मुख्यमन्त्रीहरुले प्रदेशहरुका समस्या समाधानका लागि ठोस, तार्किक र सामथ्र्यसहितको सम्बोधनतर्फ जानुपर्ने बताएका छन्। त्यसका निम्ति एक हप्ताको समय दिएर ५ सदस्यीय कार्यदल गठन गर्दै बैठक सकिएको छ। छलफलका निष्कर्षलाई समेटेर कार्यदलले त्यसलाई कार्यान्वयनमा लैजानका लागि एक प्रतिवेदन बनाउने छ।  गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल बनाइएको हो। अर्थमन्त्री युवराज खतिवडा,..

    निर्मलाको न्यायका लागि बालुवाटारमा धर्ना, मानव अधिकारकर्मी प्रहरी नियन्त्रणमा

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौं, २४ मंसिर काठमाडौंको बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा उनीहरु कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिन पुगेका थिए ।  निषेधित क्षेत्र तोड्न खोजेसँगै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  गत  साउन १०  निर्मला पन्तको बलात्कार पश्चात..

    केरूङ-काठमाडौं रेलबारे चीनसँग आज वार्ता, दुबै देशका २ दर्जन बढी अधिकारीहरू सहभागी

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौ, २४ मंसिर  नेपाल र चिनियाँ अधिकारीबीच केरूङ-काठमाडौं रेलमार्गबारे सोमबार वार्ता हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहान ११ बजे हुने वार्तामा दुबै देशका दुई दर्जन बढी अधिकारीहरू सहभागी हुनेछन् । नेपाली पक्षको नेतृत्व मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गरेका छन् ।  वार्ताका लागि चीनको राष्ट्रिय रेल प्रशासनका १५ जना अधिकारीहरू आइतबार नेपाल आएका छन् । मन्त्रालयमा हुने वार्तामा यसअघि चिनियाँ पक्षले गरेको रेलमार्गको पूर्वसम्भाव्यता..

    विद्यार्थीमाथि बेइमानी : कक्षा ११ को नतिजाविरुद्ध गण्डकीका २७ सय विद्यार्थी आन्दोलनमा

    आईतवार, मंसिर २३, २०७५ साल
    पोखरा, २३ मङ्सिर   कक्षा ११ को राष्ट्रिय परीक्षा बोर्डले लिएको विज्ञान विषयको नतिजामा गम्भीर लापरवाही भेटिएको छ । गण्डकी प्रदेशभरका विद्यार्थीको नतिजा बिग्रेर आएको भन्दै विद्यार्थी, अभिभावक र शिक्षण संस्था लगातार आन्दोलनमा छन् ।  विद्यार्थीहरु आफूले लेखेको र प्राप्त गर्ने आत्मविश्वास गरेको ग्रेडभन्दा अनपेक्षित कम हुँदा भविष्य नै अन्धकारमा पर्ने चिन्ताले पिरोलेको बताउँछन् । अपेक्षाकृता नतिजा नआएपछि बोर्ड लगायत सम्बन्धित निकायसँग छलफल गरी..

    स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता टुङ्गो लाग्छ : अध्यक्ष दाहाल

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठकले जिल्ला र जनसङ्गठनको एकताको टुङ्गो लाग्ने बताउएका छन् ।  मङ्सिर २९ गते स्थानीय कमिटीको बैठक बोलाइएको जानकारी दिँदै अध्यक्ष दाहालले प्रदेश कमिटीको टुङ्गो लागिसकेकाले आगामी स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता गर्ने लक्ष्य बनाएको जानकारी दिए ।  जनसांस्कृतिक महासङ्घ नेपालद्वारा जनगायक स्व खुशीराम पाख्रीनको स्मृतिमा आईतबार राजधानीमा भएको सांस्कृतिक..

    संक्रमणकाल अन्त्यको १ वर्ष पुरा हुँदापनि किन फाटेन अस्थिरताको बादल ? खोई प्रादेशिक संसद्, गाउँमा सिंहदरबार !

    आईतवार, मंसिर २३, २०७५ साल
    मंसिर, २३ मङ्सिर २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन मुलुकमा राजनीति स्थायित्वका लागि कोशेढुङ्गा सावित भएको थियो । काठमाडौं–संक्रमणकाल अन्त्यका लागि प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको एकवर्ष पूरा भएको छ । नयाँ संविधानमा भएको व्यवस्था अनुसार तीनवटै तहको निर्वाचन सम्पन्न भएको अवस्थालाई संक्रमणकाल अन्त्यको रूपमा घोषणा गरिएको थियो ।  त्रिशंकु संसदको खतरा आउन नदिन विवेकशील जनताले एउटा गठबन्धनलाई..

    निर्मला हत्या प्रकरणका आरोपित निर्दोष हुने संकेत ! अपराध स्वीकार गरेका २ अभियुक्त घटना हुँदा थुनामा

    आईतवार, मंसिर २३, २०७५ साल
    कञ्चनपुर, २३ मङ्सिर ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न भएका आरोपित निर्दोष हुने संकेत देखिएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पछिल्लो समय झन् पेचिलो बन्दै गएको छ । पछिल्लो समय प्रहरीले पक्राउ गरेको दुई युवा विशाल चौधरी र प्रदीप रावललाई उक्त घटना भएको बेला प्रहरी हिरासतमै रहेको भन्ने खुल्न आएपछि घटनाको अनुसन्धान र..

    ७०औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, ओझेलमा द्वन्द्वपीडित, न्यायको खोजीमा भौतारिदै

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर   नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि द्वन्द्वपीडित अझै न्यायको खोजीमा छन् ।    नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौतापछि सेना समायोजन र हतियार व्यवस्थापन जस्ता जटिल विषय निष्कर्षमा पुग्यो । जुन ठूलो उपलब्धि हो । तर ७०औँ अन्तर्राष्ट्रिय..

    प्रस्तावित राजदूत आचार्य भन्छन् - नेपाल-चीन सम्बन्धको अर्थ भारतसँग कटौती होइन, आशंका चिर्नुपर्छ

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौं, २३ मंसिर  भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले नेपालको चीनसँगको सम्बन्धको अर्थ भारतसँगको सम्बन्धको कटौती नभएको बताएका छन् । आइतबार भएको आफ्नो संसदीय सुनुवाइ क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै पूर्वमन्त्री समेत रहेका आचार्यले राजदूतको रूपमा आफूले यही सन्देश भारतीय नेतृत्वलाई दिने बताए। ‘राजदूतले आफ्नो देशको अरू देशसँगको सम्बन्ध कुनै देशविरूद्ध होइन भन्ने मनाउन सक्नुपर्छ,’ आचार्यले भने,  ‘हाम्रो चीनसँगको सम्बन्धले भारतसँगको सम्बन्ध..

    नवलपुरमा मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आईतवार, मंसिर २३, २०७५ साल
    नवलपुर, २३ मङ्सिर मानव अधिकार राष्ट्रिय महाभेला २०७५ अन्तर्गत गण्डकी  प्रदेशमा पनि विभिन्न कार्यक्रमहरु शरु भएका छन्। यसै सन्दर्भमा नवलपुरमा मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  ।  मानवअधिकारसंग सम्बन्धित विभिन्न सरोकारवालाहरुको सहभागितामा मानवअधिकारको संरक्षण, पालन, स्थायित्वका लागि सबै आ- आफ्नो ठाउँ बाट लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा नवलपुर प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश निर्देशक, मानव अधिकार माहाभेला..

    असन्तुष्ट शीर्ष नेतासँग छलफल गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्ट शीर्ष नेतासँग छलफल सुरु गरेका छन्।  सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायत नेतालाई विधानमाथि छलफल गर्न आइतबार पार्टी कार्यालयमा बोलाएका हुन्।  शनिबार मात्र पार्टी विधानमाथिको छलफल सकिएपछि देउवाले दुवै धारका नेतालाई बोलाएर छलफल सुरु गरेका हुन्। विधानमाथिको छलफलमा सभापति देउवा र इतर पक्षका नेताले फरकफरक धारणा राखेपछि कांग्रेसमा विवाद चुलिएको..

    प्रदेश नं ३ मा विषयगत कार्यालयहरू स्थापना, सरकारलाई काम गर्न सहज हुदै

    आईतवार, मंसिर २३, २०७५ साल
    हेटौँडा, २३ मङ्सिर  प्रदेश नं ३ सरकारले मन्त्रालय मातहत रहने कार्यालयहरूको स्थापना गरेको छ । प्रदेशभित्रका सबै जिल्लासँग नजिक रहेर सेवा प्रवाह गर्न सरकारका विषयगत मन्त्रालयले कार्यालयहरू स्थापना गरेका हुन् ।  विभिन्न मन्त्रालयगत ती कार्यालय स्थापना भएसँगै सरकारलाई बजेट कार्यान्वयनमा मद्दत पुगेको छ । स्थानीयस्तरमा आफ्ना अलग्गै संरचना नहुँदा प्रदेश सरकारलाई गत आर्थिक वर्षको अन्तरिम बजेट खर्च गर्न समस्या भएको थियो ।  सङ्घअन्तर्गतका..

    फोरम–राजपा एकता : उपेन्द्रले सरकार छाड्नुपर्ने सर्त, के होला अब सरकारी समिकरण ?

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर उपेन्द्र नेतृत्व संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल लगायत मुद्दा र विचार मिल्ने अन्य दलसँग एकीकरणका लागि वार्ता समिति गठन गरेको छ । यसको  स्वागत गरेको छ ।  राजपा नेपालले समितिको स्वागत गरेपनि वार्ताका लागि फोरम सरकारबाट फिर्ता हुनुपर्ने सर्त अघि सारेको छ ।  राजपा नेपालका संयोजक राजेन्द्र महतोले फोरम नेपाल सरकारमा रहेसम्म वार्ता हुन नसक्ने प्रतिकृया दिएका छन् ।  उनले..

    भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म अवलोकन गरिदिन प्रधानमन्त्रीको आग्रह [तस्वीर सहित]

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि आईतबार सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता दोहोर्याउनु भएको हो ।  उनले भने, “भ्रष्टाचार गर्न दिन्न भन्ने सङ्कल्प शतप्रतिशत कार्यान्वयन..

    प्रधानमन्त्रीबिरुद्ध खनिए काँग्रेस नेता गगन र शेखर, तत्काल राजीनामा दिनुपर्ने माग

    आईतवार, मंसिर २३, २०७५ साल
    मोरङ, २३ मंसिर नेपाली काँग्रेसका नेता डा.शेखर कोईराला र गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् ।  यसैवीच कार्यक्रमलाई संवोधन गर्दै नेपाली काँग्रेसका युवा नेता गगन थापाले यो सरकारले अव चार बर्ष काम गर्न सक्ने अवस्था नै नरहेको दावी गरेका छन् । नेकपा नेतृत्वको सरकार एक बर्ष भित्रै धेरै आलोचित भएर असफल..

    सञ्चारमन्त्री बास्कोटाले लिए 'एक्सन', चिनियाँ ठेकेदारलाई ३२ करोड जरिवाना

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौं, २३ मंसिर नेपाल टेलिकमका हाल जारी दशवटै परियोजना ठेकदार कम्पनीको लापरवाही र टेलिकम नेतृत्वको लाचारीका कारण अलपत्र परेको भन्दै मन्त्री आफैं कारवाहीमा उत्रिएका हुन् । आठ वर्षसम्म परियोजना ओगटेर काम सम्पन्न नगर्ने चिनियाँ कम्पनी हुवाबेलाई सूचना तथा सञ्चार  प्रबिधि मन्त्री गोकुल बास्कोटाले ३२ करोड रुपैयाँ जरिवाना तिराएका छन् । नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति ६ वर्ष नाघ्दा पनि..

    सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा, पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक बस्दै

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौं, २३ मंसिर । नयाँ संविधान बनेर संघीयता लागू भएपछि आइतबार सिंहदबारमा पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक बस्दैछ ।  प्रदेश र संघबीच देखिएका राजनीतिक विवाद समाधान गर्न संवैधानिक रूपमा व्यवस्था गरिएको अन्तरप्रदेश परिषद् बैठक बस्न लागेको छ। प्रदेश सरकार गठन भएको १० महिनापछि परिषद् बस्न लागेको हो ।  बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् । प्रदेश..

    मानव तस्करीको आरोपबारे राजदूत शेर्पामाथि छानबिन गर्न परराष्ट्रले बनायो समिति

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौं, २३ मंसिर  अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयले एक समिति बनाएको छ। मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका वाड्चुको आरोप छ। वाङचुले आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको बताएका छन्। अष्ट्रेलियास्थित नेपाली राजदूतावासले भने निकै..

    निर्मला पन्तको हत्यारा छिट्टै सार्वजनिक गर्छौं : उपप्रधान तथा रक्षामन्त्री पोखरेल

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर : उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताउनुभएको छ ।    ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को  उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण गरिसकेको छ, हामी चाँडै नै सार्वजनिक गर्छौं, तर राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।”  निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण..

    नेकपाभित्रको असन्तुष्टी छताछुल्ल ! माधव, झलनाथ, बामदेव र प्रवक्ता नारायणकाजी फायर, स्थायी समिति बैठक २९ गते

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धूम्रराहीमा १ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।  सचिवालयले गरेका पछिल्ला निर्णय जानकारी गराउने, पार्टी र सरकारको काम कारवाहीको समीक्षाका लागि उक्त बैठक बस्न लागेको हो ।  यस्तै पार्टीका..

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसमा राष्ट्रपति आज लुम्बिनी आउनुहुँदै

    शनिबार, मंसिर २२, २०७५ साल
    बुटवल, २२ मङ्सिर  लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार लुम्बिनी आउनुहुने भएको छ ।  स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यले जानकारी दिए । विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन..

    अध्यक्ष कट्टेलद्वारा नेकपाको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट, नाम कानून विपरीत भएको उल्लेख

    शुक्रबार, मंसिर २१, २०७५ साल
    काठमाडौँ, २१ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।  अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा शुक्रबार दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानून विपरीत भएको उल्लेख छ..
    Weather Forecast