आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    पशुपति शमशेर राणा भन्छन् - सरकारले न्यायपालिकाको र शक्ति पृथकीकरणको खिल्ली उडायो !

    बिहिवार, आषाढ २१, २०७५ साल
    नगरकोट, २१ असार  राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताएका छन् ।  रफत सञ्चार क्लब भक्तपुरले बिहिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा राणाले अब छिट्टै नै छरिएर रहेका राप्रपा एक स्थानमा उभिने छ भने ।  अध्यक्ष राणाले सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलका हकमा सुनाएको सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकीकरणको मूल सिद्धान्तको समेत खिल्ली..

    जिल्लाका १०१ ठाउँमा प्राकृतिक प्रकोपको उच्च जोखिम, ढोरपाटनमा बढी खतरा

    बिहिवार, आषाढ २१, २०७५ साल
    बागलुङ, २१ असार  जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ ।  जिल्ला भू–संरक्षण कार्यालय बागलुङले वर्षाअगावै स्थलगत सर्वेक्षण गरी उच्च जोखिमयुक्त ठाउँ किटान गरेको हो । जसमध्ये ढोरपाटन नगरपालिका क्षेत्र बढी जोखिममा रहेको कार्यालयका भू–संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले बताए ।  त्यहाँ पर्ने बोबाङ, अधिकारीचौर र नगरपालिकाको केन्द्र बुर्तिबाङसमेत प्राकृतिक विपद्को जोखिममा..

    राणाकालमा निर्माण भएको जाउलाखेलको सदर चिडियाखाना अब आधुनिक बन्दै

    बिहिवार, आषाढ २१, २०७५ साल
    ललितपुर, २१ असार  राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ ।  यहाँका भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत चिडियाखाना बदलिन लागेको चिडियाखानाले जनाएको छ ।  चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको डा चिरञ्जीवी खरेलले बताए । ६० प्रतिशत पुराना संरचनामा पुनःनिर्माण वा मर्मत भइसकेको छ । राणाकालीन संरचना सुधार भएर नयाँ बन्ने क्रममा रहेको छ । राणाकालमा बनेका पुराना..

    नेकपाको स्थायी समितिको बैठक आज बस्दै, बैठक महत्वाकांक्षी हुदै

    बिहिवार, आषाढ २१, २०७५ साल
    काठमाडौं, २१ असार   नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक बिहीबार बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सरकारका कामको समिक्षा, पार्टीको सांगठनिक परिस्थितिलगायतका विषयमा छलफल गर्न बिहीबार दिउँसो ३ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो । स्थायी समिति बैठकमा दुवै पार्टी अध्यक्षले रिपोर्टिङ गर्ने छन् प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले..

    प्रकृतिको बरदान पर्यटकीय नगरी पोखरा अब प्रदेश नं ४ कै राजधानीमा छनोट

    बिहिवार, आषाढ २१, २०७५ साल
    पोखरा, २१ असार   प्रकृतिको बरदान पोखरा कास्की जिल्लाको सदरमुकाम त हो नै यो साविकको पश्चिमाञ्चल विकास क्षेत्र र गण्डकी अञ्चलको पनि सदरमुकाम हो ।  संघीय संरचनाअनुसार देशको प्रशासनिक विभाजन पछि बनेका प्रदेशमध्ये ४ नं प्रदेशको राजधानी बन्ने अवसर पनि पोखरालाई प्राप्त भएको छ ।  प्रदेशको राजधानी तोक्न संविधानले दुई तिहाइको व्यवस्था गरे पनि प्रदेशसभा बैठकमा पोखरा राजधानी रहने विषय सर्वसम्मत बन्यो । राजधानी..

    धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज बिहान ४.१ रेक्टर स्केलको परकम्प

    बिहिवार, आषाढ २१, २०७५ साल
    काठमाडौँ, २१ असार  धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई बिहिबार पुनः गोरखा भूकम्पको परकम्प गएको छ ।  बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो ।  केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन् । ..

    निर्वाचन आचारसंहितापछि तत्कालीन देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज

    बिहिवार, आषाढ २१, २०७५ साल
    काठमाडौँ, २१ असार  मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको..

    तेह्रथुममा सडक हिलाम्मे भएपछि ढुवानी रोकिँदा डिजेल र पेट्रोल अभाव, कालोबजारी शुरु

    बिहिवार, आषाढ २१, २०७५ साल
    तेह्रथुम, २१ असार   हिलाम्मे सडकका कारण ढुवानीमा समस्या भएपछि तेह्रथुममा डिजेल र पेट्रोलको अभाव भएको छ ।  वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाले अभाव भएको व्यवसायीले दाबी गरेका छन् । ढुवानी समस्याकै कारण जिल्लामा डिजेल र पेट्रोल उपलब्ध गराउँदै आएको तेह्रथुम फ्युल सेन्टरले मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।  जिल्लाका लागि डिजेल लिएर आउँदै गरेको ट्यांकर असार पहिलो साता..

    सच्चा कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्छ, अझै क्रान्ति पूरा हुनै बाँकी छ – मोहन वैद्य

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार  नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले नेपालमा राजनीतिक क्रान्ति पूरा हुन बाँकी रहेको बताएका छन् ।  जनक्रान्तिका महान् शहीद परिवार समाज नेपालले शहीद तथा बेपत्ता परिवार र पूर्वजनमुक्ति सेनाको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा मुक्तियोद्धाहरुलाई अभिनन्दन गर्दै उनले भने, “दश वर्ष लामो संघर्षमा योद्धाहरुले बगाएको रगत व्यर्थ जाँदैन । मलाई विश्वास छ ढिलो चाँडो क्रान्ति सफल हुन्छ ।”  सच्चा कम्युनिष्ट..

    सरकारविरुद्ध उत्रियो कांग्रेस : राष्ट्रियसभा अवरोध, मण्डलामा प्रदर्शन, प्रहरीद्वारा लाठी चार्ज ! (फोटो फिचर)

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ. २० असार  सरकारले राजधानी माइतीघरलगायत विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा नेपाल विद्यार्थी संघले गरेको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ। बुधबार अपरान्ह माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट एक विद्यार्थी घाइते भएको नेविसंघका महासचिव कुन्दन काफ्लेले जानकारी दिए। प्रदर्शनकारीले माइतीघर मण्डलामा केपी ओली सरकारविरूद्ध नारावाजी गरेका थिए। प्रदर्शनमा सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले निषेधित क्षेत्र घोषणाले शान्तिपूर्ण प्रदर्शन गर्न..

    अधिवेशन शुरु भएको ४ महिना पछि कार्यव्यबस्था परामर्श समिति गठन, को–को परे ?

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार अधिवेशन शुरु भएको ४ महिना पछि प्रतिनिधि सभाले कार्यव्यबस्था परामर्श समिति गठन गरेको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सभामुख कृष्णबहादुर महराको अध्यक्षतामा कार्यव्यबस्था परामर्श समिति गठन गरेको हो । समितिमा सभामुख, उपसभामुख, कानून, न्याय तथा संसदीय मामिला मन्त्री र १४ जना सांसद सदस्य छन् । समितिको सदस्यमा उमाशंकर अरगरिया (संघीय समाजवादी फोरम), खगराज अधिकारी (नेकपा), जयपुरी..

    विपदमा परेकाको उद्धार तथा क्षतिपूर्तिमा ध्यान दिन सांसदहरुद्वारा सरकारलाई आग्रह

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार प्रतिनिधिसभाको बुधबारको बैठकमा भारी वर्षाका कारण देशका विभिन्न भागमा ठूलो संख्यामा जनधनको क्षति भएकाले सरकारले सक्रियरुपमा राहत र उद्धारको व्यवस्था गर्न माग गरिएको छ । बैठकको विशेष समयमा बोल्ने सांसदहरुले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि भन्दै डा गोविन्द केसीले शुरु गरेकोअनशन, वर्षातका कारण भएको जनधनको क्षति तथा पूर्वाधार विकासलगायतका विषयमा सरकारको धानाकर्षण गराएका हुन् । सांसद हृदेयश त्रिपाठीले..

    अनशनरत् डा. केसी र गंगामायाको माग विधिसम्मत सम्बोधन हुन्छ : गृहमन्त्री रामबहादुर थापा

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतन्त्रको सुदृढिकरणका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको संसदलाई जानकारी गराएका छन् । शान्तीपूर्णरुपमा प्रर्दशन गर्न नदिएर सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्ने विपक्षीदलको आरोपको खण्डन गर्दै गृहमन्त्री थापाले संवेदनशिल क्षेत्रमा विरोध गर्दा हजारौँ नागरिकलाई असर गर्नु पनि लोकतन्त्र नभएको स्पष्ट पारे । राष्ट्रियसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने,‘अधिनायकवाद आउँदैछ । लोकतन्त्रको निम्ती..

    डाक्टर केसी, गंगामाया र निषेधित क्षेत्रबारे जवाफ माग्दै कांग्रेसद्वारा राष्ट्रिय सभामा अवरोध

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनियोजन विधेयक ‘२०७५’ का विभिन्न शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिको माग गरेपछि राष्ट्रियसभाको बुधबारको दोस्रो बैठक पनि स्थगित भएको छ ।  नेपाली काँग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले विनियोजन विधेयक अन्तर्गत मन्त्रायका विभिन्न शीर्षक माथिको छलफलमा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थितिको माग राखेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे ।  राष्ट्रियसभामा..

    गोविन्द केसी र गंगामायाको विषयमा गृहमन्त्री बादलले दिए यस्तो प्रतिक्रिया

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार गृहमन्त्री रामबहादुर थापाले देशमा सुशासन कायम गर्न निषेधित क्षेत्र घोषणा गरेको बताएका छन् । गृहमन्त्री थापाले राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै सुशासन विना लोकतन्त्रको रक्षा हुन नसक्ने तर्कसमेत गरे ।अन्य मुलुकहरुको उदहारण दिदै गृहमन्त्री थापाले भने, ‘निषेधित क्षेत्र घोषणा भएर अधिनायकबाद लादिएको होइन । लोकतन्त्र रक्षाको निम्ति गरेका छौं ।’ विरोधहरुलाई व्यवस्थित गर्न र सरकार सञ्चालन, राज्य..

    शून्य समय : बाढी पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी गराउन सरकारसँग माग

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार  प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले बाढी पहिरो, डा गोविन्द केसी र गंगामाया अधिकारीको अनशन तथा नेपाली सेनाभित्रको अनियमिताकाबारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  बैठकमा सांसद बिमलकुमार श्रीवास्तवले तराईलगायत मुलुकका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी गराउन सरकारसँग माग गरे । सांसद बिमाला नेपालीले प्राकृतिक प्रकोपका घटनाबाटपीडित जनतालाई राहत पुर्याउन सरकारलाई सुझाव दिए..

    वर्षौंदेखि यात्रुले वर्षामा हिलो र हिउँदमा धुलो खान बाध्य भएपछि सडक बनाउन माग गर्दै चक्काजाम

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार  चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी बुधबार बिहान गरिएको चक्का जाम समापन भएको छ ।  सडकको दुरावस्थाका कारण विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूप क्षेत्र संरक्षित स्मारकबाट समेत हट्न सक्ने खतरा भएर बाध्य भई बुधबार बिहान चक्का जाममा उत्रनुपरेको समता मानव अधिकार तथा नागरिक समाजले जनाएको छ । वर्षौंदेखि सडक नबन्दा यो मार्गबाट आवागमन..

    नेपाल कम्युनिष्ट पार्टीले आज बसेको सचिवालय बैठकबाट स्थायी समितिको कार्यसूची तय

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको सचिवालय बैठकले बिहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गरेको छ ।  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले स्थायी समिति बैठकको कार्यसूची र प्रस्ताव तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  भर्खरै सम्पन्न प्रधानमन्त्री ओलीको चीन भ्रमण, मुलुकमा विद्यमान राजनीतिक परिस्थितिको विकास, सरकारका काम कारबाही र पार्टीको..

    सरकारलाई अलोकतान्त्रिक गतिविधि नगर्न काँग्रेसको सुझाव, कडा आन्दोलन गर्ने चेतावनी !

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडाैँ, २० असार  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निषेधाज्ञा फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।बुधबार बसेको संसदीय दलको बैठकले निषेधाज्ञा तोड्ने चेतावनी दिएको हो । बैठकले मौलिक हक सम्बन्धि आवश्यक कानून निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले कानून निर्माणमा अग्रसरता नदेखाए काँग्रेस सांसदले नै निजि विधेयकका रुपमा मस्यौदा पेश गर्ने बैठकले चेतावनी दिएको छ । काँग्रेसले..

    चीन सरकारको सहयोगमा निर्माण भएको ९ तले दरबारका काष्ठकला राष्ट्रिय संग्रहालयमा

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार  विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको नौतले दरबारको मर्मतका लागि आवश्यक काष्ठकलाको कार्य छाउनीस्थित राष्ट्रिय संग्रहालयमा भइरहेको छ ।  पुराना बिग्रिएका काठलाई मर्मत तथा पुराना कलाकृतिको संरचनाका काष्ठकला कुद्नेलगायत काम त्यहाँ हुने गरेको छ ।  विसं २०७२ वैशाख १२ मा आएको भूकम्प तथा त्यसपछि परकम्पका कारण सो दरबारमा ठूलो क्षति भई जोखिममा परेपछि उक्त सम्पदा जीर्णोद्धारका क्रममा रहेको..

    नदीमा डुबेर २ बालकको मृत्यु, बोलेरो जिप दुर्घटना हुँदा २ को मृत्यु

    बुधबार, आषाढ २०, २०७५ साल
    कैलाली, २० असार  कैलालीको गौरीगंगा नगरपालिका– ११ शिवपुरमा मंगलबार साँझ नदीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।  स्थानीय कटैनी नदीमा साथीको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका आठ वर्षीय छोरा सचिन भुल र सोही स्थानका बाधुराम चौधरीका १२ वर्षीय छोरा अमन चौधरीको करीब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।  नदीको पानीको सतह..

    नेपालकै पहिलो कलंकीको ‘अण्डरपास’ साउनको शुरु सातादेखि सञ्चालन हुने

    मंगलवार, आषाढ १९, २०७५ साल
    काठमाडौँ, १९ असार  पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ ।  चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो ।  कलंकी चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डरपासको १५ मिटर वाल ‘फिनिसिङ’ र ४०० मिटर कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।  साउन पहिलो सातासम्म सबै..

    विभिन्न ठाउँमा रहेर विज्ञान तथा प्रविधि विकासमा मद्दत पुर्याउने व्यक्तित्वहरु पुरस्कृत

    मंगलवार, आषाढ १९, २०७५ साल
    ललितपुर, १९ असार   विभिन्न ठाउँमा रहेर विज्ञान तथा प्रविधि विकासमा मद्दत पुर्याउने व्यक्तिहरु पुरस्कृत भएका छन् ।  नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले मंगलबार खुमलटारस्थित कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा देशका विभिन्न भागमा रहेर विज्ञान प्रविधिका क्षेत्रमा योगदान दिने व्यक्तिहरु पुरस्कृत भएका हुन् ।  सो अवसरमा तथा प्रविधि प्रज्ञा पुरस्कार डा महेशकुमार अधिकारी, विज्ञान पुरस्कार डा सोमनाथ सोपकोटा र प्रविधि पुरस्कार डा हेमराज..

    सञ्चार माध्यमले भ्रम फैलायको भनाई, दूधमा युरिया नभएको पुष्टि

    मंगलवार, आषाढ १९, २०७५ साल
    काठमाडौँ, १९ असार  कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले दूधमा युरिया नभेट्टिएको पुष्टि गरेका छन् ।  रिपोर्टर्स क्लब नेपालले मंगलबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उनले केही साताअघि केही सञ्चार माध्यमले दूधको परीक्षण प्रतिवेदन नआउँदै दूधमा युरिया भेट्टाएको समाचार सम्पे्रषण गरेर पाठकलाई भ्रम सिर्जना गरेको बताए ।  मन्त्री खनालले अनुगमन गरिएका शत्प्रतिशत अर्थात् ४२ दूध सङ्कलन केन्द्र (डेरी) मा खाने सोडा र..

    सरकार अलमलमा ! सत्तारुढ दल नेकपाले सरकार चलाउँछ वा सरकारले नेकपा ?

    मंगलवार, आषाढ १९, २०७५ साल
    काठमाडौँ, १९ असार    सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले परम्परागतभन्दा अर्को नयाँ आयाम थप्ने बजेट ल्याउन नसकेको आरोप लगाए । बजेट आएलगत्तै नेता रायमझीले बुटवल पुगेर भनेका थिए, ‘बजेटमार्फत समग्र राष्ट्र निर्माणको मार्गचित्र आउनुपर्थ्यो तर यो बजेटले त्यस्तो महशुस गराउन सकेन, बजेटले जनतालाई उत्साहित बनाउन सकेको छैन ।’   उनी यतिमा मात्र रोकिएनन् र सरकारले समृद्धिको कुरा..

    भदौसम्म सुधार नभए कालिमाटी बजार नै हटाईदिने मन्त्री खनालको चेतावनी

    मंगलवार, आषाढ १९, २०७५ साल
    काठमाडौँ, १९ असार कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईदिने चेतावनी दिएका छन् । आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाईएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने,‘भदौसम्मपनि कुनै..

    प्रदेश नं ४ को मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित !

    मंगलवार, आषाढ १९, २०७५ साल
    पोखरा, १९ असार प्रदेश नं ४ को मंगलबार १ः०० बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।   उपसभामुख सिर्जना शर्माले जारी गरेको सूचनामा मंगलबार बस्ने भनिएको बैठक विशेष कारण जनाइ असार २१ गते दिनको २ः०० बजेसम्मका लागि सारिएको छ ।    स्रोतका अनुसार मंगलबारको बैठकमा प्रदेशको नामकरण सम्बन्धमा छलफल गरिने कार्यसूची रहेकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी..

    उतारचढाव साथै ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव

    मंगलवार, आषाढ १९, २०७५ साल
    बुटवल, १९ असार    भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।    खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन गर्नसमेत अप्ठेरो भएको सम्बद्ध कृषकले बताएका छन् ।    सैनामैनाको गैरे आयल डिस्टिब्युटर्स, सुद्धोधन गाउँपालिकाको अञ्जनी आयल स्टोर्सलगायतका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । जिल्ला..

    भरतपुर अस्पताललाई दुर्गन्धमुक्त गरि नेपालकै नमूना अस्पताल बनाइने

    मंगलवार, आषाढ १९, २०७५ साल
    चितवन, १९ असार   भौतिक संरचना, उच्चस्तरका उपकरण, दक्ष जनशक्ति भएर पनि दुर्गन्धका कारण समस्या बनेको भरतपुर अस्पतालको दुर्गन्ध अब हट्ने भएको छ ।  सरकारी अस्पतालमध्ये नेपालकै नमूना अस्पताल बन्दै गएको यस अस्पतालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको फोहोर र त्यसवाट हुने दुर्गन्ध नै हो । अस्पतालले ‘एन आर एन क्लिन’ नेपाल र खेम्स क्लिनिक सर्भिसेस प्रालिको सहकार्यमा सोमबार रातिबाट सफा गर्न थालेको..

    महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्तीमा त्रास, पुलमा सवारीसाधनलाई रोक !

    मंगलवार, आषाढ १९, २०७५ साल
    दार्चुला, १९ असार  लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।  २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ । नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर नौ सेन्टिमिटर रहेकामा बेलुका..
    Weather Forecast