आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    डा. गोविन्द केसीको अनशनबारे काँग्रेसद्वारा राष्ट्रियसभामा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत !

    मंगलवार, आषाढ २६, २०७५ साल
    काठमाडौँ, २६ असार प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभाको मंगलबारको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छ । जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जारी भएको अध्यादेशअनुरुप सो विधेयक प्रस्तुत गर्न र अनशनरत डा गोविन्द केसीको स्वास्थ्य उपचारको उचित व्यवस्था गरी जीवन रक्षा..

    सिंहदरबारको गेटमा मानवअधिकारकर्मीको धर्ना, कृष्ण पहाडीसहित २५ जना पक्राउ

    मंगलवार, आषाढ २६, २०७५ साल
    काठमाडौँ, २६ असार  सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि गरेको भन्दै सिंहदरबार बाहिर धर्नामा बसेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । मानवअधिकारकर्मीले सिंहदरबारको दक्षीण गेट अगाडि प्रदर्शन गरेका छन्। सरकारले काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णय गरेपछि  त्यसको बिरोधमा दैनिक प्रर्दशन गर्दै आएका मानव अधिकारकर्मीले मंगलबार एक घण्टा सिंहदरबारको दक्षिण गेटअघि धर्ना दिएका हुन। मानव अधिकारकर्मीहरुले वरिष्ठ चिकित्सक गोविन्द..

    संयुक्त संसदीय सुनुवाइ समितिको कार्यविधि बनाउन ३ सदस्यीय उपसमिति गठन

    मंगलवार, आषाढ २६, २०७५ साल
    काठमाडौँ, २६ असार  संघीय संसद् मातहत गठन भएको संयुक्त संसदीय सुनुवाइ समितिले तीन दिन भित्र समितिको कार्यविधि बनाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ ।  संघीय संसद् सचिवालयमा मंगलबार बसेको समितिको पहिलो बैठकले सांसदहरु योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल सदस्य रहेको उपसमिति गठन गरेको छ ।  सो उपसमितिले समितिको बैठक सञ्चालनको कार्यविधिलगायतका विषयमा प्रतिवेदन तयार पारी शुक्रबार बिहान ११.०० बजे बस्ने..

    प्रवक्ताहरु प्रचारमुखी भइदिँदा मन्त्रालयको प्रभावकारितामा वृद्धि हुन्छ : मन्त्री बाँस्कोटा

    मंगलवार, आषाढ २६, २०७५ साल
    काठमाडौँ, २६ असार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले लिएका नीतिलाई जनताले बुझ्ने भाषामा जनतासामु पस्कन विभिन्न मन्त्रालयका प्रवक्तालाई निर्देशन दिएका छन् ।  उनले भने, “सरकार सरकार हो, तिमीहरुले दल विशेषको नीतिको व्याख्या गर्नुपर्दैन, यो काम राजनीतिक नेतृत्वले गर्छ । सरकारले गरेका कामको राम्रो व्याख्या गरी जनतालाई बुझाउ, यसबाट नै सरकारको प्रभावकारिता वृद्धि हुन्छ ।”  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा..

    नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक साँझ पुन : बस्नेगरी स्थगित

    मंगलवार, आषाढ २६, २०७५ साल
    काठमाडौँ, २६ असार  संगठनात्मक संरचनाका विषयमा टुंगो लगाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक मंगलबार साँझ पुनः बस्ने गरी स्थगित भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा नेकपाका नेता वामदेव गौतम नेतृत्वको कार्यदलले पेश गरेको पार्टीको नियमावली एवं सांगठनिक संरचनाका बारेमा पेश गरेको प्रतिवेदनमाथि छलफल भएको हो ।  शनिबार बसेको सचिवालयको बैठकले नेता गौतमको नेतृत्वमा कार्यदल गठन गरेको थियो..

    चितवन निकुञ्जबाट हालसम्म २६ गैँडा उपहार, सबैभन्दा बढी अमेरिकालाई ६ र त्यसपछी भारतलाई ४

    मंगलवार, आषाढ २६, २०७५ साल
    चितवन, २६ असार : चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ ।  निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६..

    पहिरोले बिहान ५ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आयो

    मंगलवार, आषाढ २६, २०७५ साल
    चितवन, २६ असार : नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ ।  पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध सडक छ घण्टापछि ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं २९, घुमाउनेमा ठूलो पहिरो खसेको थियो । सो ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।  त्यसैगरी, सोही सडकको..

    ब्याप्त भ्रष्टाचार निमिट्यान्न पार्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै त्यसलाई निमिट्यान्न पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले विकास र समृद्धिको बाटोमा अगाडि बढ्न भ्रष्टाचार नियन्त्रणमा लिनुपर्ने बताउनुभयो ।  सुशासनबिना विकास सम्भव नभएको र विकासबिना समृद्धि नहुने भन्दै भ्रष्टाचार नियन्त्रण गर्दै समृद्धिको बाटोमा अघि बढ्ने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो..

    ६३ वर्ष राजनीति गरेका काँग्रेसी नेताको प्रश्न - “गुटमा नभएका हामी जस्ताको अस्तित्व खै ?”

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार पार्टीका पुराना तथा अग्रज नेता एवं पदाधिकारीसँगको भेटघाट तथा अन्तक्र्रियामा नेपाली काँग्रेसको ६३ वर्ष राजनीति गरेका नेता ओमकार श्रेष्ठले प्रश्न गरे, “गुट नभएका हामी जस्ताको अस्तित्व खै ?”  पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायत पदाधिकारी तथा केन्द्रीय सदस्य उपस्थित कार्यक्रममा..

    जनताको पक्षमा गरिरहेको कामलाई प्रतिपक्षीले ओझेलमा पार्न खोज्दैछ : प्रधानमन्त्री ओली

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन्  । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सोमबार  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा गरिरहेको कामलाई आझेलमा पार्न अनेकन प्रयास भएको बताए ।  “निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो”–प्रधानमन्त्री ओलीले भने, “पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा..

    आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्ता एक हुनुपर्ने : सभापति देउवा

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन आह्वान गरेका छन् ।  सोमबार काँग्रेसका पुराना नेताहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उनले पार्टीलाई अन्तर्घातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पु¥याउने दृढता व्यक्त गरे । सभापति देउवाले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोपभन्दा माथि उठेर छलफल गर्नुपर्ने बताए ।  वाम गठबन्धन र पार्टीभित्रको अन्तर्घात निर्वाचनमा पार्टी पराजयको प्रमुख..

    सात दिनभित्र दलसम्बन्धी विधान, नेता र पदाधिकारी चयन गर्ने राजपाको निर्णय

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई भोलि मंगलबार औंपचारिक रुपमा टुंग्याउने भएको छ ।  सिंहदरबारमा सोमबार बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो ।  बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बैठकमा विधानको मस्यौदाबारे छलफल भएको र भोलि १२..

    भूतपूर्व कृषिमन्त्रीले नियुक्त गरेका १० कर्मचारीलाई ओली सरकारद्वारा पदमुक्त किन गरियो ?

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार  कृषि विकास मन्त्रालयले गत असार २० गते बसेको मन्त्रिपरिषद्को निर्णय बमोजिम मन्त्रालय अन्तर्गतका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, कोष, समिति, कम्पनी, बैंक वा अन्य संगठित संस्थाका १० जना कर्मचारीलाई पदमुक्त गरेको छ । पूर्ववर्ती सरकारका कृषि मन्त्रीले मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरेका १० जना कर्मचारीलाई सरकारले पदमुक्त गरेको हो । ‘पूर्ववर्ती सरकारले नियुक्त गरेका कर्मचारीलाई हटाउने मन्त्रिपरिषदको निर्णय बमोजिम आजैका मितिबाट..

    आगामी तीन दिनसम्म देशैभर बदली र वर्षा हुने पूर्वानुमान महाशाखाको जानकारी !

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे सोमबार एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको औँल्याएको हो । सोमबार दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनेछ भने देशको मध्य र पश्चिमी..

    सफल शान्ति प्रक्रिया र संविधानको अन्तर्राष्ट्रियकरण गरिने : परराष्ट्रमन्त्री ज्ञवाली

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समकालीन विश्वमा नेपालभित्र सम्पन्न शान्ति प्रक्रिया अत्यन्त सफल भएको भन्दै यसलाई अन्तर्राष्ट्रियकरण गरिने बताएका छन् ।  राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाएको प्रश्नको सोमबार जवाफ दिने क्रममा उनले विश्वकै समावेशी र सामाजिक न्यायको दृष्टिकोणले निकै प्रगतिशील नेपालको संविधानको पनि अन्तर्राष्ट्रियकरण गरिने बताए ।  परराष्ट्रमन्त्री ज्ञवालीले भने, “आजभन्दा अगाडि हामीले सगरमाथा र लुम्बिनीको ब्रान्डिङ गर्यौं, अब संविधान..

    भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा छलफल शुरु

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार   भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल शुरु भएको छ ।  छलफलका लागि भारतीय रेल अधिकारीको समूह आइतबार नेपाल आएको थियो । विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवासम्म सामान ढुवानीका लागि रेल ल्याउने विषयमा छलफल हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । छलफलमा नेपालका तर्फबाट उक्त मन्त्रालय र रेल..

    समुदायको नेतृत्व र स्थानीय स्रोत परिचालनमा नेपालकै मोडल प्रचार गर्न लायक

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार  समुदायको नेतृत्व र स्थानीय स्रोत परिचालन गरेर गरिने विकासका नेपाली मोडेलहरू प्रचारको अभावमा छायाँमा परेको कुरा विकासविज्ञहरूले बताएका छन् ।  नेपाल सहभागीमूलक कार्य समूह (नेपान) द्वारा आइतबार राजधानीमा आयोजित एक छलफल कार्यक्रममा उक्त सन्दर्भ उठाइएको हो ।  ‘समुदायको नेतृत्वमा स्थानीय विकास के, किन र कसरी ?’ भन्ने विषयमा विकासविज्ञ राजबहादुर गिरीले एक कार्यपत्र प्रस्तुत गर्दै भने, “भारतलगायत विभिन्न विकसित मुलुकले..

    वर्षायाममा देखिएको पानी प्रदूषणको समस्या निकै जटिल रहेको छ : खानेपानी मन्त्री मगर

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार  खानेपानी मन्त्री बिना थापा मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भए पनि खानेपानीका लागि पनि धेरै जनताले संघर्ष गरिरहनुपरेको बताएकि छिन् ।  विनियोजन विधेयकमाथिको छलफलमा संसद सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आधारभूत खानेपानीको पहुँच तीन वर्षभित्र पु¥याउने लक्ष्य किटान गरेर सरकारले कार्यक्रम अघि बढाएको बताइन् ।  उनले भनिन्, “खानेपानीका लागि विनियोजन गरेको बजेटलाई विश्लेषण..

    फुजेल घटनाका अभियुक्त छविलाल पौडेल जेल चलान भएसँगै गंगामायाको अनशन तोडिने अपेक्षा

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौं, असार २५ ।  गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या गरेको आरोप लागेका छविलाल पौडेलले आइतबार आत्मसमर्पण गरेसँगै वीर अःपतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोडिने अपेक्षा गरिएको छ । यसअघि निकै लामो समयदेखि दोषीलाई कारबाहीको माग गर्दै अनशनरत् उनको अनशन तोड्ने प्रयास समेत सुरु भएको छ । अभियुक्त छविलाल पौडेललाई अदालतमा हाजिर भए लगत्तै आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ । द्वन्द्वकालमा..

    राजदूत नियुक्तिको मापदण्ड स्वीकृत, राष्ट्रसंघका लागि न्यूयोर्कस्थित प्रतिनिधि भट्टराईलाई फर्काइने

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार : सरकारले राजदूत नियुक्त गर्ने मापदण्ड २०७५ लाई स्वीकृत गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार  साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूत (स्थायी प्रतिनिधि) दुर्गाप्रसाद भट्टराईलाई आगामी साउन १५ गतेभित्र नेपाल फर्कन सूचना दिने निर्णय गरेको छ ।  बैठकले स्थानीय निकाय वित्त आयोग खारेजी गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा..

    पोखरामा बन्दको प्रभाव : बिहानैदेखि सार्वजनिक यातायात सेवा ठप्प, शैक्षिक संस्थामा पठनपाठन भएन

    सोमबार, आषाढ २५, २०७५ साल
    पोखरा, २५ असार :   तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ ।    बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छैन । पोखरामा बिहानैदेखि अविरल पानी परे पनि बन्दकर्ता बजारका विभिन्न चोकमा बन्द सफल बनाउन परिचालित छन्..

    उपकुलपतिले क्यानाडा जान अनुमति नलिएको स्पष्ट ! काँग्रेस भन्छ - सरकारको व्यवहार 'मानवअधिकार विरोधी' भयो

    सोमबार, आषाढ २५, २०७५ साल
     काठमाडौँ, २५ असार : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ ।  मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्नेमा कुनै अनुमति नलिएको जनाएको हो ।  कोइरालालाई यही..

    पर्सा प्रहरीद्वारा रु १ करोड १५ लाख बढी रकमसहित हुन्डी कारोवारी पक्राउ

    आईतवार, आषाढ २४, २०७५ साल
    पर्सा, २४ असार : मुद्राको अवैध ओसारपसार (हुन्डी) कारोवारमा संलग्न रहेको अभियोगमा पर्सा प्रहरीले रु एक करोड १५ लाख ५ हजार १०० सहित एक व्यापारीलाई नियन्त्रणमा लिएको छ ।  हुन्डीको करोबार हुँदै गरेको पूर्वसूचनाको आधारमा प्रहरीले वीरगन्जको रानीघाटबाट उक्त परिमाणको रकमसहित वीरगन्ज–९ निवासी राहुल केशरीलाई नियन्त्रणमा लिएको हो ।  रानीघाटस्थित महेश केशरीको घरमा अवैध मुद्रा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा आइतबार  बिहान छापामार्दा..

    पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरिभक्त श्रेष्ठलाई विज्ञ समूहबाट हटायो

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन क्षेत्रको विज्ञ समूह (थिङट्याङ्क ग्रुप) को सूचिबाट हरिभक्त श्रेष्ठलाई हटाएको छ ।  उक्त विज्ञ समूहमा एटिएम र हवाई कानून विषयमा विज्ञ श्रेष्ठको मनोनयन सम्बन्धमा केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै श्रेष्ठलाई विज्ञ सूचीबाट हटाइएको हो ।  मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरको  निर्णयअनुसार निज श्रेष्ठको नाम विज्ञ सूचीबाट..

    स्थानीय निकायलाई प्रभावकारी बनाउन कुनै कमजोरी गरिँदैन : मन्त्री पण्डित

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार  सरकारले स्थानीय तहलाई काम कारबाहीमा सहजीकरण गर्न ३८ वटा कानूनको ढाँचा तयार गरी उपलब्ध गराएको छ ।  जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तहलाई बलियो, प्रभावकारी एवं साधन र स्रोतले सम्पन्न गराउन नीतिगत व्यवस्थालाई विशेष जोड दिइएको हो । त्यसमा स्थानीय तहलाई बलियो, प्रभावकारी र जनमैत्री बनाउन सहयोग पुग्ने कानून रहेका छन् ।  बजेट परिचालन, आयोजना छनोट, अनुदान तथा अन्य प्राविधिक सहयोगसमेत..

    अन्तत : ६० करोड प्रकरणबारे पर्यटन मन्त्री रवीन्द्र अधिकारीले मुख खोले

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले झोले संस्थालाई पैसा नबाँडेको स्पष्ट गरेका छन् । अन्यत्रबाट आएको कार्यक्रमलाई मन्त्रालयमार्फत् ट्रान्सफर गरिदिएको उनले स्पष्टोक्ति छ । विनियोजन विधेयकमाथि राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानमा गएको पैसा पूँजीगत खर्चका स्थानीय सरकारको खातामा जाने तर ती संस्थाको खातामा नबस्ने बताएका हुन् । विभिन्न संघ..

    अत्यधिक शुल्कवृद्धि गरेको भन्दै विद्यार्थीले क्याम्पस प्रमुखसहित ५ जनालाई कार्यकक्षमै थुने

    आईतवार, आषाढ २४, २०७५ साल
    विराटनगर, २४ असार तीन विद्यार्थी संगठनले विराटनगरस्थित महेन्द्र मोरङ आर्दश क्याम्पसका क्याम्पस प्रमुखसहित पाँच जनालाई थुनेका छन् । शुल्कवृद्धि गरेको आरोपमा विद्यार्थीहरुले क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक क्याम्पस प्रमुखहरु मोहनकुमार श्रेष्ठ, ताराप्रसाद यादव, सुशील अधिकारी र सामान्य प्रशासन प्रमुख गुद्धरप्रसाद यादवलाई आइतबार आˆनै कार्यकक्षमा थुनिदिएका थिए । अनेरास्ववियु, अखिल क्रान्तिकारीका र नयाँ शक्ति नेपाल निकटको विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच जनालाई विहान..

    महिलाको विषयलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नुपर्ने

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार   लैङ्गिकतासम्बन्धी समाचार प्रकाशन प्रसारण गर्दा संवेदनशील हुनुपर्ने धारणा सरोकार भएकाहरुले व्यक्त गरेका छन् ।  राष्ट्रिय महिला आयोगद्वारा यहाँ आइतबार आयोजित ‘सञ्चार माध्यमबाट हुने प्रकाशन तथा प्रसारणमा लैङ्गिक संवेदनशीलता’ विषय अन्तक्र्रियामा वक्ताहरुले संवेदनशीलता नअपनाउँदा पीडितलाई थप समस्या हुने बताए । साथै उनीहरुले जिम्मेवारीपूर्ण ढङ्गबाट समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह पनि गरे ।  महिला आयोगका सचिव अनिलकुमार ठाकुरले उत्पीडनमा पारिएका महिलाका विषयवस्तुलाई..

    कुलप्रसाद प्रकरणबारे गृहमन्त्रीको स्पष्टिकरण : कुलपतिलाई जानकारी नदिई विदेश जान लागेकाले फर्काईयो

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार गृहमन्त्री रामबहादुर थापाले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विदेश जान रोक्नुको कारण संसदलाई जानकारी गराएका छन्। साथै उनले  चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताएका छन् ।  राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले प्रा डा केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने..

    स्थानीय उत्पादनको प्रवद्र्धन गरेर व्यापार घाटा तथा बेरोजगारीलाई न्यून गरिने : आपूर्तिमन्त्री यादव

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्थानीय उत्पादनको प्रवद्र्धन गरेर विद्यमान उच्चस्तरको व्यापारघाटा तथा बेरोजगारीलाई न्यून गर्दै लैजाने बताएका छन् ।  राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले स्थानीय उत्पादन सम्बद्र्धन गर्ने उद्देश्यले विभिन्न प्रकारका तालीम सञ्चालन एवं प्रविधि हस्तान्तरण गर्ने कार्य भइरहेको तथा चिया, कफी अलैँची, अदुवाजस्ता निर्यातजन्य वस्तुलाई प्रवद्र्धन गरिने..
    Weather Forecast