सोमबार, कार्तिक ४, २०७६

    राज्य-समाज

    मलेसियामा नेपाली कामदारलाई अतिरिक्त आर्थिक भार नपर्ने, पाउनेछन् यस्ता सुविधा ...

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक नेपाली कामदारलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी नेपाल र मलेसियाबीच श्रम समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरानबीच भएको मन्त्रिस्तरीय वार्तापछि आयोजित कार्यक्रममा उनीहरूले कामदार भर्ना, रोजगारी र फिर्तासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, प्रवेशाज्ञा शुल्क, स्वास्थ्य परीक्षण,..

    राष्ट्रपति भण्डारी औपचारिक भ्रमणका लागि कतार प्रस्थान, यस्तो छ ४ दिने कार्यक्रम (फोटोफिचर)

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा सोमबार त्यसतर्फ प्रस्थान गरिन् ।  राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् ।  उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरे । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव,..

    अब नेपाली कामदारले मलेसिया जान एक पैसा तिर्नु नपर्ने, दुई देशबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौं, १२ कात्तिक  नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । यहाँ आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।  लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी..

    जिल्ला प्रशासन कार्यालय चितवनको सूचना : देउसी भैलो १० बजेपछि खेल्न नपाइने

    सोमबार, कार्तिक १२, २०७५ साल
    चितवन, १२ कात्तिक  जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक सूचना जारी गर्दै राति १० बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ ।  कार्यालयले पर्वलाई मर्यादित, अनुशासित र हर्षोल्लासका साथ मनाउन पनि आह्वान गरेको छ । प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका, भूइँचम्पा लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरेको छ ।  त्यसैगरी चाडबाडको बेला लोकमार्गका लाइन होटेलबाहेक अन्य होटेल..

    प्रधानमन्त्री ओली महाराजगञ्ज अस्पताल भर्ना, अझै रुघा खोकी सामान्य अवस्थामा फर्किएन !

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानुभएको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार केही दिनयता प्रधानमन्त्री ओलीको रुघा खोकी सामान्य अवस्थामा नआएपछि आज अस्पताल जानुभएको हो ।..

    पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्ने अन्तिम तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    आईतवार, कार्तिक ११, २०७५ साल
    चितवन, ११ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै तल्लो तहसम्मको पार्टी कमिटी बन्ने बताएका छन् । नेकपा चितवनले आईतबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई सफलतापूर्वक तलसम्म सम्पन्न गर्ने अन्तिम तयारी भइरहेको बताए ।  अध्यक्ष दाहालले भने, “केही दिनभित्रै सबै प्रदेश, जिल्ला कमिटी, स्थानीय कमिटीको तल्लो तहसम्मको एकता टुङ्गिने छ ।”..

    राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक १२ देखि १५ गतेसम्म कतारको तीन दिने भ्रमण गर्दै

    आईतवार, कार्तिक ११, २०७५ साल
    काठमाडौं, ११ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने भएकी छन् । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारीले कतारको तीन दिने भ्रमण गर्न लागेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाका अनुसार राष्ट्रपतिको भ्रमणको अवसरमा नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध..

    सर्वोच्च अदालतमा संवैधानिक इजलास नियमति हुन नसक्दा न्यायमा ढिलाइ

    आईतवार, कार्तिक ११, २०७५ साल
    काठमाडौँ, ११ कातिक सर्वोच्च अदालतमा संवैधानिक इजलास नियमति हुन नसक्दा न्याय पाउन ढिलाइ भएको छ । प्रधानन्यायाधीशसहितको पाँच सदस्यीय इजलासमा संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भएपनि इजलास नै बस्न नसकेका कारण न्याय पाउन ढिलाइ भएको हो । प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका अन्य चार न्यायाधीश तोकी संवैधानिक इजलास गठन गर्नुपर्ने व्यवस्था छ । एउटा प्रधानन्यायाधीशको अवकाशपछि अर्को प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म..

    बर्खास्त एसपी विष्टले भने- ‘म निर्दोष आत्मालाई दु:ख दिइयो, त्योभन्दा दु:ख अरू के होला ?'

    आईतवार, कार्तिक ११, २०७५ साल
    काठमाडौँ, ११ कार्तिक निर्मला पन्तको बलात्कार र हत्या छानबिनमा लापरबाही गरेको भन्दै सेवाबाट बर्खास्त नेपाल प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्टले आफूमाथि लागेको आरोपबारे संगठन र गृह मन्त्रालयविरुद्ध टिकाटिप्पणी नगर्ने बताएका छन्। उक्त आरोपको सत्यतथ्य केही समयमा खुल्ने विष्टको दाबी छ। ‘एक निर्दोष आत्मालाई दु:ख दिइयो, त्योभन्दा दु:ख अरू के होला,’ गृह मन्त्रालयले बर्खास्त गरेको केही दिनपछि कुरा गर्दै उनले भने, 'मलाई जुन आरोप..

    रुघाखोकी र हल्का ज्वरोबाट अस्वस्थ भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

    आईतवार, कार्तिक ११, २०७५ साल
    काठमाडौँ, ११ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ भएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहेका छन् ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आइतबार जारी गरेको प्रेस नोटअनुसार हाल ज्वरो नियन्त्रणमा आई प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।  शुक्रबार स्थगित मन्त्रिपरिषद्को बैठक आइतबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास..

    ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ, यसरी बन्नेछ साझेदारी संयन्त्र (फोटोफिचर)

    आईतवार, कार्तिक ११, २०७५ साल
    काठमाडौँ, ११ कात्तिक  ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आइतबार शुभारम्भ गरिएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी आज देशभर एकैसाथ उक्त कार्यक्रम शुभारम्भ गरेको हो । काठमाडौँमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उक्त कार्यक्रम शुभारम्भ भएको घोषणा गरे..

    राष्ट्रिय योजना आयोगको भूमिका प्रभावकारी हुनुपर्छः मुख्यमन्त्री शाही

    आईतवार, कार्तिक ११, २०७५ साल
    सुर्खेत, ११ कात्तिक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । ‘अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने, जागिर लगाउने संयन्त्रका रुपमा सीमित बन्यो’, उनले भने, ‘तीन वटै तहका सरकारका लागि योजना निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ, सङ्घीय संरचनाअनुसार आफ्नो भूमिकालाई पनि बढाउनुपर्छ ।’ राष्ट्रिय योजना आयोगद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित दिगो विकास लक्ष्य मैत्री..

    प्रधानमन्त्री ओली आज थप अस्वस्थ, भाइरल ज्वरो र छातीको संक्रमण, उपचारपछि बालुवाटारमा आराम

    आईतवार, कार्तिक ११, २०७५ साल
    काठमाडौँ, कार्तिक ११ ।  शुक्रबारदेखि नै अस्वस्थ प्रधानमन्त्री केपी शर्मा ओली आज थप अस्वस्थ भएका छन् । शिक्षण अस्पतालमा उपचारपछि उनी हाल बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आराम गरिरहेका हुन् ।   अहिलेसम्म प्रधानमन्त्री कार्यालयले उनको स्वास्थ्यस्थितिबारे आधिकारिक जानकारी नगराएको भएतापनि उनलाई भाइरल ज्वरो र छातीको संक्रमण भएको स्रोतले जनाएको छ ।  शुक्रबारदेखि नै अस्वस्थ भएका प्रधानमन्त्री शनिबार आफ्नै पार्टी नेकपाले दशैं तिहार र छठको..

    प्रहरीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔँ : काङ्ग्रेस सभापति देउवा

    शनिबार, कार्तिक १०, २०७५ साल
    काठमाडौँ, १० कात्तिक : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।  नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा शनिबार पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो ।  “हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौँसम्म पत्ता नलाग्नु कानूनी राज्यका..

    निर्वाचन आयोगको फैसलाप्रति नेकपा अध्यक्ष ऋषि कट्टेल असन्तुष्ट, निर्णय विरुद्ध सर्वोच्च अदालत जाने

    शनिबार, कार्तिक १०, २०७५ साल
    काठमाडौँ, १० कात्तिक  : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएर गलत नजिर बसाल्न लागेको बताएका छन् ।  शनिबार रिपोर्टस् क्लबमा आयोजित पत्रकार भेटघाटमा उनले गलत नजिर बस्दा पछि अफ्ठेरो पर्ने भन्दै आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने बताए ।  आधिकारिक पत्र आफूहरुलाई नआएको मिडियाबाट मात्रै थाहा पाएको बताउँदै उनले भने, “पत्र आएपछि उक्त निर्णयविरुद्ध हामी..

    कतारका अमिरको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतार जाने

    शनिबार, कार्तिक १०, २०७५ साल
    काठमाडौँ, १० कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी यही सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ ।  कतारका अमिर९राष्ट्राध्यक्ष० शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो । भ्रमणका क्रममा यही कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग..

    कानूनकोे अभावमा काम गर्न नपाउने अवस्था अब रहँदैन : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

    शनिबार, कार्तिक १०, २०७५ साल
    पर्वत, १० कात्तिक : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताएका छन् ।  पर्वतको बिकट गाउँ बिहादी गाउँपालिका–२ बर्राचौरलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा कार्यक्रममा उनले भने, “तीनै तहका सरकारको अधिकार बाँडफाँड गर्ने कानून आगामी हिउँदे अधिवेशनमा बन्ने र त्यसपछि निर्वाध रूपमा काम गर्ने बाटो खुल्नेछ । ”  अध्यक्ष तिमिल्सिनाले अहिलेसम्म कानूनको अभावमा तीनै..

    हतारको निर्णय वा अन्य केही ? नयाँ मुलुकी ऐन लागू भएसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

    शनिबार, कार्तिक १०, २०७५ साल
    दाङ, १० कात्तिक : गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् ।  दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले भदौदेखि कात्तिक ९ गतेसम्म १०४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जानकारी दिए । तीमध्ये ५७ पुरुष र ४७ महिलाले मुद्दा दायर गरेका छन् । नयाँ मुलुकी ऐनले..

    छिमेकी देश भारतको एक दिने भ्रमण सम्पन्न गरी नेकपा अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

    शनिबार, कार्तिक १०, २०७५ साल
    काठमाडौँ, १० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको एक दिने भ्रमण सम्पन्न गरी शुक्रबार राति स्वदेश फर्किएका छन् ।  इन्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भाग लिन भारतको नयाँदिल्ली शुक्रबार नै प्रस्थान गरेका अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गरेका थिए ।  उनले नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिएको नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।..

    नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा २५ कर्मचारीविरुद्ध मुद्दा दायर

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    काठमाडौँ, ९ कात्तिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहचलका तत्कालीन २५ कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।  वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १८४ महिलालाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरेको पाइएपछि आयोगले उनीहरु विरुद्ध आरोपत्र दायर गरेको हो ।  नक्कली कागजात बनाई श्रम स्वीकृति प्रदान गर्ने कार्यमा..

    गृहमन्त्री थापाद्वारा अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    काठमाडौँ, ९ कात्तिक गृहमन्त्री रामबहादुर थापा बादलले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभाग लगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे । उनले भने, ‘विदेशीले नेपाल टेक्ने वित्तिकै हुने उसको पहिलो अनुभव महत्वपूर्ण..

    अन्तत: नेकपाको नाम विवाद टुंग्यियो, सत्तारुढ दलले नै पायो निर्वाचन आयोगको वैधानिकता

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    एजेन्सी, ९ कार्तिक निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई वैधानिकता दिएको छ । तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए..

    सरकारले गरेका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री शक्तिबहादुर बस्नेत

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    सुर्खेत, ९ कात्तिक  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताएका छन् । नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा परिणाम देख्न नपाएको बताए । ‘राज्यको पुनःसंरचनासँगै तीनै तहका सरकार सञ्चालन भएको विशिष्ट अवस्था हो’, मन्त्री बस्नेतले भने, ‘यस अवधिमा..

    कार्यदलले दिएको रिपोर्टका आधारमा नेकपाको प्रदेश कमिटीमा भागबण्डा: एमाले ५५, माओवादी ४५

    बिहिवार, कार्तिक ८, २०७५ साल
    काठमाडौं, ८ कात्तिक कर्णाली र प्रदेश नम्बर २ बाहेक अन्य ५ प्रदेशका कमिटीमा औषतमा ५५/४५ को अनुपातमा भागबण्डा गर्दै नेकपाका सातै प्रदेश कमिटीलाई पूर्णता दिइने भएको छ । केन्द्रीय सचिवालयको विहीबार बसेको बैठकले प्रदेश कमिटी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउन सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव बिष्णु पौडेललाई जिम्मा लगाएको छ । नेकपा स्रोतका अनुसार प्रदेश नम्बर २ र कर्णालीमा तत्कालीन..

    अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आपूर्तिमन्त्री यादवको आह्वान

    बिहिवार, कार्तिक ८, २०७५ साल
    काठमाडौँ, ८ कात्तिक   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।    अल्पविकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकलाई बुधबार जेनेभामा सम्बोधन गर्दै उनले वैदेशिक लगानीको उपयुक्त वातावरण बनाउन तथा बाह्य लगानी आकर्षित गर्न नेपाल सरकारले अवलम्बन गरेका लगानीमैत्री नीतिबारे जानकारी दिए । जेनेभास्थित संयुक्त राष्ट्र सङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि नेपाली नियोगका अनुसार मन्त्री यादवले ‘समृद्ध..

    काठमाडौं महानगरपालिकाको माग : फोहर फाल्ने ठाउँ केन्द्र सरकारले नै बनाइदिनुपर्छ

    बिहिवार, कार्तिक ८, २०७५ साल
    कात्तिक ८, २०७५ केन्द्र सरकारले नै फोहर विसर्जनस्थल (ल्यान्डफिल साइट) निर्माण गरिदिनुपर्ने माग काठमाडौं महानगरपालिकाले गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्थान निर्माण गर्ने जिम्मा आफ्नो नभएको बताउँदै केन्द्र सरकारले निर्माण गरेपछि सङ्कलित फोहर लाने काम मात्र स्थानीय तहको भएको जिकिर गरे । शाक्यले भने, “फोहर राख्ने स्थान निर्माण गर्नका लागि आफूहरूसँग स्रोतसाधन नभएकाले केन्द्र सरकारले नै स्थान तय गरिदिनुपर्छ ।”  दुई..

    सत्तारुढ दल नेकपाको नामको आधिकारिताबारे निर्वाचन आयोगले नै अन्तिम निर्णय गर्ने

    बुधबार, कार्तिक ७, २०७५ साल
    काठमाडौँ, ७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा बुधबार सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ ।  तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग बुधबार आयोगमा छलफल भएको थियो ।  आयोगका प्रवक्ता..

    भारतको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी भाकपा (मार्क्सवादी)का महासचिव नेकपाको चियापानमा !

    बिहिवार, कार्तिक ८, २०७५ साल
    काठमाडौँ, ७ कात्तिक  सत्तारुढ नेकपाले आयोजना गर्न लागेको चियापान कार्यक्रममा भारतको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी भाकपा (मार्क्सवादी) को पनि सहभागिता रहने भएको छ । बिहिवार काठमाडौँ आउन लागेका भाकपा (मार्क्सवादी) का महासचिव सीताराम यचुरीले १० कार्तिकमा नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागिता जनाउन लागेका हुन् । नेकपाको औपचारिक निमन्त्रणमा आउन लागेका महासचिव यचुरीलाई नेकपाले पोखराको भ्रमणपनि गराउने भएको छ । काठमाण्डु बसाईंका क्रममा यचुरीले नेकपा..

    नेपाल चीनबीचको सम्बन्ध आगामी दिनमा थप फलदायी हुने उपप्रधानमन्त्री पोखरेलको धारणा

    बुधबार, कार्तिक ७, २०७५ साल
    काठमाडौँ, ७ कात्तिक उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् ।  बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन त्यहाँ पुगेका रक्षामन्त्री पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष तथा चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको संस्मरणस्थल तियानमेन स्क्वायर क्षेत्रमा उनीप्रति पुष्पगुच्छासहित श्रद्धाञ्जलि अर्पणपछि नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध तथा सहयोग विस्तार गर्न अध्यक्ष..

    बौद्धिक सम्पत्तिलाई मौलिक अधिकारका रुपमा स्थापित गरी संरक्षण गरिने आपूर्तिमन्त्रीको भनाई

    बुधबार, कार्तिक ७, २०७५ साल
    काठमाडौँ, ७ कात्तिक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बौद्धिक सम्पत्तिलाई संविधानतः मौलिक अधिकारका रुपमा स्थापित गरी यसको संरक्षण गर्न नेपाल सरकार गम्भीर रहेको बताएका छन् । विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुआइपिओ) का महानिर्देशक फ्राङ्सिस गुरीसँग मङ्गलबार अपराह्न जेनेभामा भएको भेटवार्ताका क्रममा उनले बौद्धिक सम्पत्तिसम्बन्धी पूराना कानूनको पुनर्विचार गर्दै राष्ट्रिय हित अनुकूल नयाँ ऐन ल्याउने तयारी भइरहेको बताए । मन्त्री यादवले बौद्धिक..
    Weather Forecast