बिहिवार, चैत्र २०, २०७६

    राज्य-समाज

    तत्काल सरकारमा जाने सम्भावना छैन : राजपा संयोजक यादव

    बिहिवार, माघ १६, २०७६ साल
    काठमाडौँ, १६ माघ   राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पार्नुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा (राजपा) सरकारमा जाने चर्चा चरिरहेको सन्दर्भमा अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको बताउनुभयो ।    उहाँले भन्नुभयो, “सरकारमा सहभागी हुनेबारे हाम्रो..

    शहीदका सपना साकार बनाउन इमान्दारीका साथ भूमिका निर्वाह गरौँ : राष्ट्रपति

    बिहिवार, माघ १६, २०७६ साल
    काठमाडौँ, १६ माघ  राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान हुने बताउनुभएको छ ।  ‘शहीद दिवस, २०७६’ का अवसरमा आज सन्देश जारी गर्दै उहाँले शहीदका सपनालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निर्वाह गर्न सकेमा यस दिवसले..

    बजेटको अर्धवार्षिक समीक्षा माघभित्रै, छिटो खर्च गर्न अर्थ मन्त्रालयको निर्देशन

    बिहिवार, माघ १६, २०७६ साल
    काठमाडौँ, १६ माघ  आर्थिक वर्षको पहिलो ६ महिना सकिएको दुई सातापछि मन्त्रालयले अर्धवार्षिक समीक्षाको तयारी थालेको छ ।  मन्त्रालयले राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकसहित आफ्ना सबै महाशाखा, विभाग र नियमनकारी निकायहरुका प्रमुखहरुलाई आ–आफ्नो निकायको हालसम्मको प्रगति, चालु आर्थिक वर्षमा हुनसक्ने प्रगति र समीक्षामार्फत् हुनुपर्ने संशोधनको बारेका छलफल गरेको मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए ।  ‘हामीले सबै निकायहरुलाई ६ महिनाको प्रगति र..

    नेविसंघको तदर्थ कार्यसमिति गठन, अध्यक्ष राजीव ढुंगाना

    बिहिवार, माघ १६, २०७६ साल
    काठमाडौं, १६ माघ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको अध्यक्षमा राजीव ढुंगाना नियुक्त भएका छन् ।   नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णयअनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गरेको..

    गाँजा र भाङलाई बैधानिक बनाउन नेकपाकाे माग

    बिहिवार, माघ १६, २०७६ साल
    काठमाडाैं १६ माघ। गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासीन नेकपाका सांसदहरूले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन, खरिदबिक्री र ओसारपसारमा प्रतिबन्ध लगाएको छ। सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन्। मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि..

    राष्ट्रिय सभाका समितिमा हेरफेर हुनसक्ने

    बिहिवार, माघ १६, २०७६ साल
    काठमाडाैं १६ माघ। राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वा्चित भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो ।   राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचित १८ र मनोनीत एक जना गरी १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सुरु भएसँगै समितिमा सभापति र सदस्यहरूको..

    राजधानीको एक होटलमा बंगलादेशी नागरिकको हत्या

    बिहिवार, माघ १६, २०७६ साल
    काठमाडौंमा एक बंगलादेशी नागरिकको हत्या भएको खुलेको छ। काठमाडौंको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलामा बंगलादेशी नागरिक ४५ वर्षीय मोहिद्धिन अहमदको हत्या भएको आठ दिनपछि घटना सार्वजनिक भएको हो।  महानगरीय प्रहरी वृत्त कालिमाटिका डीएसपी रुगमबहादुर कुँवरका अनुसार अहमदको हत्या माघ ७ गते राति होटलकै कोठामा भएको हो।  उनको हत्यामा बंगलादेशी नागरिककै सहभागीता भएको खुलेको डीएसपी कुँवरले बताए। ‘घटना २१ तारिख (माघ ७ गते)..

    नेकपा केन्द्रीय समिति बैठक : एमसीसी पारित गर्ने प्रस्ताव

    बिहिवार, माघ १६, २०७६ साल
    काठमाडाैं १६ माघ। सत्तारूढ नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वयले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्। पार्टी एकताको २१ महिनापछि बुधबार काठमाडौंमा सुरु भएको बैठकमा संयुक्त राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले घुमाउरो भाषामा यस्तो प्रस्ताव गरेका हुन्। एमसीसीबारे राजनीतिक दस्तावेजमा केही उल्लेख नगरिए पनि राष्ट्रिय हितलाई सर्वाेपरि राखी ‘संयुक्त राज्य अमेरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका..

    पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द

    बिहिवार, माघ १६, २०७६ साल
    इस्लामावाद, १५ माघ  पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ । अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो । ‘सुरक्षाको कारण’ देखाउँदै नाका बन्द गरिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अइशा फारुक्वीले अफगानिस्तानसँगको नाकास्थलमा आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएको बताउनुभयो । “हामीले..

    नवलपुरको समृद्धिका लागि योजना छ : डा कोइराला

    बुधबार, माघ १५, २०७६ साल
    नवलपुर, १५ माघ नेपाली काँग्रेसका महामन्त्री एवं सांसद डा शशाङ्क कोइरालाले आफू निर्वाचित क्षेत्रको विकासका लागि नयाँ योजना बनाएको बताउनुभएको छ । जिल्ला उद्योग वाणिज्य सङ्घ बर्दघाट सुस्ता पूर्वको आयोजनामा आजदेखि नवलपुरको गैँडाकोटमा शुरु भएको तेस्रो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै कोइरालाले यहाँको विकासका लागि योजनावद्ध रुपमा तीन वटा काम अगाडि बढाउने बताउनुभयो ।  कोइरालाले नवलपुरमा सबै प्रकारका खेल खेल्न मिल्नेगरि खेल मैदान..

    अध्यक्ष थापाको प्रतिवेदन अनुमोदन

    बुधबार, माघ १५, २०७६ साल
    काठमाडौँ, १५ राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक राजनीतिक परिस्थिति र भावी कार्य दिशा सम्बन्धी ६ बुँदे प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरेको छ ।   उक्त प्रतिवेदन माघ १७ गतेदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा पेश गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।   महामन्त्री भास्कर भद्राद्वारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र..

    नेकपा बैठक : प्रतिवेदनमाथि बिहीबारदेखि समूहगत छलफल

    बुधबार, माघ १५, २०७६ साल
    काठमाडौँ, १५ माघ   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।    महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गर्नुभएको थियो । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा..

    पीडितले कहिलेसम्म पैसा तिरेर रगत लिनुपर्ने ? : अध्यक्ष दाहाल

    बुधबार, माघ १५, २०७६ साल
    काठमाडौँ, १५ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रगतको अभावमा छट्पटाइरहेका बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।  नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आज काठमाडौँमा आयोजित १४ औंँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस समारोहमा उहाँले भन्नुभयो, “दाताले रगत दिइरहने तर पीडितले पैसा तिरेर मात्रै रगत लिनुपर्ने अन्तरविरोधको समाधान छिटोभन्दा छिटो हुनुपर्दछ ।”  अध्यक्ष दाहालले नेकपाको अध्यक्ष र..

    नेपाल–लग्जेम्बर्ग विदेशमन्त्रीस्तरीय वार्ता

    बुधबार, माघ १५, २०७६ साल
    काठमाडौँ, १५ माघ नेपाल र लग्जेम्बर्गबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता भएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलबीच परराष्ट्र मन्त्रालयमा जारी द्विपक्षीय वार्तामा आपसी हित र चासोका विविध विषयका साथै साझा चासोका क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा पनि विचारविमर्श भइरहेको बताइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नुभएको छ । आजै..

    राष्ट्रनिर्माणको अभिभारा र अवसरलाई उपयोग गरौँ : प्रम ओली

    बुधबार, माघ १५, २०७६ साल
      काठमाडौँ, १५ माघ   प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गर्नुभएको छ । यहाँ आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका लागि लड्न आँट गर्ने..

    एमसीसीमा नेपाललाई होच्याउने र अपमान गर्ने कुरा छैन : प्रधानमन्त्री ओली

    बुधबार, माघ १५, २०७६ साल
    काठमाडौँ, १५ माघ बुधवार(आज) राष्ट्रियसभा गृहमा नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताका विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताएका छन् । ओलीले लामो प्रकृया पूरा गरेर अमेरिकासँग सम्झौता गरिएको र त्यो राष्ट्र हित विपरित नभएको बताए । एमसीसी सम्झौता गर्दा संसदबाट पास गर्नुपर्ने व्यवस्था राखिएको भन्दै ओलीले यो अस्तिनै पास भइसक्नु पर्ने विषय भएको बताए..

    पूर्व उपसभामुख तुङ्बाहाम्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित

    बुधबार, माघ १५, २०७६ साल
    काठमाडौं, १५ माघ । सांसद तथा पूर्व उपसभामुख शिवमाया तुङ्बाहाम्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । नकपाको मंगलबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको प्रचार विभागका उपप्रमुख सूर्यथापाले बताए । शिवमायाले उपसभामुख बनेपछि पार्टी सदस्यता त्याग गरेकी थिइन् । सभामुख र उपसभामुखपदमा निर्वा्चित भएपछि दलगत आवद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधान छ । पार्टीले केन्द्रीय सदस्य मनोनित गरेपछि आजदेखि सुरू भएको..

    नेकपा केन्द्रीय कमिटी बैठक आजबाट, यस्तो छ कार्यसूची

    बुधबार, माघ १५, २०७६ साल
    काठमाडौं १५ माघ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा महासचिव विष्णुप्रसाद..

    सापकोटा सभामुख पदमा रहन योग्य, सर्वोच्चले भन्यो यस्ताे..

    बुधबार, माघ १५, २०७६ साल
    काठमाडाैं १५ माघ। सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध युद्धकालमा हत्या आरोप लागेको भन्दै उनलाई सभामुख बनाउने  सत्तारूढ नेकपाको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । न्यायाधीश सपना प्रधान मल्लको इजलासले सापकोटा सभामुख पदमा निर्वाचित भई शपथ लिएर पदभारसमेत गरिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन भन्ने आदेश दिएको..

    सदनको गरिमा उच्च बनाउने सभामुखको प्रण

    मंगलवार, माघ १४, २०७६ साल
    काठमाडौँ, १४ माघ अग्लो कदका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक संस्थाको गरिमालाई थप सबल बनाउने र कुनै गुनासो आउन नदिने प्रण गर्नुभएको छ । उहाँले सोमबार पद तथा गोपनियताको शपथ लिएपछि पनि सदनको गरिमा उच्च बनाउने प्रण गर्नुभएको थियो । आज पनि उहाँले आफ्नो प्रणलाई दोहो¥याउनुभएको छ । संघीय संसद्को हिउँदे अधिवेशन गत पुस ३ गतेदेखि शुरु भए पनि सभामुख नहुँदा..

    नेकपा केन्द्रीय कमिटी बैठकको कार्यसूची तय

    मंगलवार, माघ १४, २०७६ साल
    काठमाडौँ, १४ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार  बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ ।   त्यसैगरी..

    स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनसँग छलफल

    मंगलवार, माघ १४, २०७६ साल
    काठमाडौँ, १४ माघ त्रिभुवन विश्वविद्यालयले निर्धारित मितिमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न तयारी तीव्र पारेको छ । निर्वाचनको तयारीस्वरुप त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालको संयोजकत्वमा रहेको निर्वाचन कमिटीले आज विद्यार्थी सङ्गठनसँग छलफल गरेको छ ।  सो क्रममा प्रस्तावित निर्वाचन कार्यतालिकाका साथै आचारसंहिताबारेमा छलफल भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिनुुभयो । “त्रिविले तोकिएको मितिमै निर्वाचन गर्नेगरी छलफल गरेको हो”, उहाँले..

    पाँच रुपैयाँ जरिवाना तिर्न नसक्दा प्रहरी फन्दामा !

    मंगलवार, माघ १४, २०७६ साल
    वीरगञ्ज, १४ माघ अहिलेको युगमा अदालतद्वारा तोकिएको पाँच रुपैयाँ जरिवाना तिर्न नसक्ने हैसियत भएका मानिसहरु पनि हँुदोरहेछ भनी सुन्दा अचम्म लाग्छ । तर यो सत्य हो । यस्तै घटना बारा जिल्लाको पचनौता नगरपालिकामा घटेको छ ।   कुरो २०६५ साल माघ २७ गतेको हो । पचनौता गाउँपालिका–४ गुलरिया बस्ने ६० वर्षीय नागेन्द्र महरामाथि स्थानीय नवाब ठाकुर लोहारले जिल्ला अदालत पर्सामा जालसाजी मुद्दा हालेपछि..

    सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

    मंगलवार, माघ १४, २०७६ साल
    काठमाडौँ, १४ माघ सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एक इजलासमा सोमबारदेखि शुरुभएको बहसपछि अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।  आदेशमा भनिएको छ, “अग्निप्रसाद सापकोटाले सभामुख पदमा निर्वाचित भई शपथ लिई पदभार ग्रहण गरिसकेको अवस्थामा निजलाई सभामुखको पदमा कार्य नगर्नु नगराउनु भनी..

    बुधबारदेखि नेकपा केन्द्रीय कमिटी बैठक

    मंगलवार, माघ १४, २०७६ साल
    काठमाडौँ, १४ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बुधबारदेखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।  पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो । नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक..

    सभामुख सापकोटालाई आफ्नो तथा सरकारको तर्फबाट पूर्ण सहयोग रहन्छ– प्रधानमन्त्री ओली

    मंगलवार, माघ १४, २०७६ साल
    काठमाडौँ, १४ माघ नयाँ सभामुख निर्वाचित मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई आफ्नो तथा सरकारको तर्फबाट पूर्ण सहयोग रहेने बताएका छन् । ओलीले नवनिर्वाचित सभामुख सापकोटालाई सभा सञ्चालनका लागि आफ्ना तर्फबाट पूर्ण सहयोग रहने बताएका हुन् । नवनिर्वाचित सभामुख सापकोटालाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘यहाँले संविधानको रक्षा गर्न र संविधानको मर्मअनुसार..

    राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ

    मंगलवार, माघ १४, २०७६ साल
      काठमाडौँ, १४ माघ   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ ९एमसिसी० सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताउनुभएको छ ।   प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आज आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उहाँले एमसिसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने स्पष्ट पार्नुभयो ।  गत पुस ७ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले..

    सभामुख बनेपछि अग्नि सापकोटाले पहिलो पटक संसद बैठकको अध्यक्षता गर्दै

    मंगलवार, माघ १४, २०७६ साल
    काठमाडौं, १४ माघ । मंगलबार सभामुखमा निर्वाचित भएपछि अग्निप्रसाद सापकोटाले पहिलो पटक संसद बैठकको अध्यक्षता गर्ने भएका छन् । आज दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उनले अध्यक्षता गर्नेछन । नवनिवार्चित सभामुख सापकोटालाई विभिन्न दलका तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । संवैधानिक आयोगहरुका प्रतिवेदन समेत आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा..

    शान्तिनगरमा ट्रिपरको ठक्कर दिएर चालक फरार

    मंगलवार, माघ १४, २०७६ साल
    काठमाडौंको शान्तिनगरमा आज बिहान ट्रिपरको ठक्करबाट एक महिला घाइते भएकी छिन् । शान्तिनगरको जेब्राक्रसिङ्गमा बाटो काट्दै गरेकी महिलालाई ट्रिपरले ठक्कर दिएको हो । टिप्परको ठक्करबाट घाइते भएकी ती महिलाको सिभिल अस्पतालमा उपचार भइरहेको छ । कोटेश्वरबाट बानेश्वर तर्फ आईरहेको बा. ४ ख ४९९५ नम्बरको ट्रिपरले बाटो काटिरहेकी महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो ट्रिपरका चालक भने फरार छन् ।..

    यती समूहले गर्याे सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा कब्जा

    मंगलवार, माघ १४, २०७६ साल
    काठमाडाैं १५ माघ। सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानुनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ । सो समूहले काठमाडौंको गोकर्णको २७ सय ९२ रोपनी जग्गा पनि कौडीको भाउमा लिजमा लिइसकेको छ । विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले पाथीभरामा केबलकार सञ्चालन गर्न कम्पनी दर्ता गरेका..
    Weather Forecast