सोमबार, कार्तिक ४, २०७६

    राज्य-समाज

    खोकना र बुङमतीका स्थानीयद्वारा आफूहरुमाथि विवेकपूर्ण न्याय गर्न सरकारसँग माग

    बिहिवार, कार्तिक १५, २०७५ साल
    काठमाडौँ, १५ कार्तिक खोकना र बुङमतीका स्थानीयले आफूहरुमाथि विवेकपूर्ण न्याय गर्न सरकारसँग माग गरेका छन्। राष्ट्रिय गौरवका आयोजना काठमाडौं–निजगढ द्रुतमार्ग, बाहिरी चक्रपथ, १ सय ३२ केभि विद्युत् प्रशारण लाइन र सांस्कृतिक शहर निर्माण गर्ने सम्बन्धमा आफूहरुसँग भएको पूर्व सहमति विपरित सरकारले बल मिच्याइँ गर्ने काम गरेको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन्। उनीहरुले विवेक शून्य निर्णयले आफूहरुलाई न्याय नदिने भन्दै विवेकपूर्ण निर्णय गर्न..

    विराटनगर महानगरपालिका–४, १२ र १४ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो

    बिहिवार, कार्तिक १५, २०७५ साल
    विराटनगर, १५ कात्तिक विराटनगर महानगरपालिका–४, १२ र १४ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।  महानगरपालिकामा १९ वडा रहेकामा अब १८ र १९ मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छ । दुई महीनामा सो वडा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीसाथ काम भइरहेको महानगरपालिका प्रमुख भीम पराजुलीले बिहिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए । विराटनगरमा हाल ९९.४ प्रतिशत चर्पी निर्माण..

    गोरखा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न देश-विदेश सरकारसँग गेसो माग

    बिहिवार, कार्तिक १५, २०७५ साल
    काठमाडौँ, १५ कात्तिक  गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले गोरखा सैनिकमाथि विभेद र सुविधा असमान भएको विषयमा नेपाल सरकार, बेलायत सरकार र गोरखा सैनिकबीचको सहमतिअनुसार वार्ता टोली बनाई कूटनीतिक पहल गर्न माग गरेको छ ।  गेसोले बिहिबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी बेलायत सरकारले गोरखा सैनिकमाथि विभेद र असमानता भएको स्वीकार गर्दै एक महीनाभित्र वार्ता समिति निर्माण गरेर समस्या समाधान गर्ने भनिएको..

    न्याय सम्पादनमा हस्तक्षेप नगर्न महान्याधिवक्ता अग्निप्रसाद खरेलको आग्रह

    बिहिवार, कार्तिक १५, २०७५ साल
    नुवाकोट, १५ कात्तिक महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायिक प्रक्रियाअनुसार नै न्याय सम्पादन हुने भएकाले कहीँ कतैबाट हस्तक्षेप नगर्न आग्रह गरेका छन् । विदुरमा बिहिबार जिल्ला सरकारी वकिल कार्यालय भवनको उद्घाटनपछि महान्यायाधिवक्ता खरेलले न्यायिक प्रक्रियाहरुमा हुने राजनीतिकलगायत अन्य हस्तक्षेपतर्फ सङ्केत गर्दै स्वच्छरुपमा न्यायसम्पादनका लागि जिल्लाका सबै सरोकारवाहरुको साथ चाहिने बताए । ‘न्याय सम्पादनका लागि सबैले उपयुक्त वातावरण बनाउन सहयोग गर्नुहोला, सहयोग गर्न सक्नु..

    नवलपरासीको मध्यविन्दु सेहरीमा अर्धवयस्क पोथी गैँडा मृत फेला, जुधेर मरेको हुनसक्ने अनुमान

    बिहिवार, कार्तिक १५, २०७५ साल
    कावासोती, १५ कात्ति  नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेहरीमा अन्दाजी दुई वर्षको अर्धवयस्क पोथी गैँडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नुरेन्द्र अर्यालले गैँडाको मृत्यु के कारणले भएको भन्ने बारेमा अझै यकिन नभएको बताए ।  चिकित्सकको टोली गैँडा मरेको स्थानमा पुगेको र शवपरीक्षणपछि मृत्युको कारण यकिन हुने सहायक संरक्षक अधिकृत अर्यालले बताए । दुई वटा गैँडा जुधेर घाइते भएर..

    अवैध र अपराध कार्यलाई न्यूनीकरण गर्न नेपाल–भारत सीमा क्षेत्र अनुगमन

    बिहिवार, कार्तिक १५, २०७५ साल
    पाँचथर, १५ कात्तिक  पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो ।  अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुखलगायतको टोलीले अनुगमन गरेको हो । सीमा क्षेत्रमा हुने अवैध र अपराध..

    राष्ट्रपति भण्डरीको ४ दिने औपचारिक भ्रमण पूरा, आज साँझ स्वदेश फर्कदै

    बिहिवार, कार्तिक १५, २०७५ साल
    कतार, १५, कार्तिक  राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहिबार साँझ स्वदेश फर्कदै हुनुहुन्छ ।  मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आउनु भएको हो। कतारमा रहदा राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत यहाँका सरकारी उच्च अधिकारीहरूको भेटवार्ता भएको थियो।  साथै उहाँले यहाँका विभिन्न स्थान र..

    निर्मला पन्त प्रकरण : शङ्कास्पद ४ को डिएनए परीक्षणका लागि नमूना सङ्कलन

    बिहिवार, कार्तिक १५, २०७५ साल
    कञ्चनपुर, १५ कात्तिक  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ ।  महाकाली अञ्चल अस्पतालमा नमूना सङ्कलन गरी दुई दिन अघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।  लामो समयदेखि अनुसन्धानका क्रममा शङ्कास्पद देखिएका व्यक्तिको..

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

    बिहिवार, कार्तिक १५, २०७५ साल
    कतार, १५, कार्तिक  राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गर्नु भएको छ । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार-नेपाल मैत्री संघ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले अब नेपालीले तन, मन र धन खर्चेर नेपाल बनाउने समय आएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ । नेपाल..

    सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुन्छ : राप्रपा अध्यक्ष थापा

    बिहिवार, कार्तिक १५, २०७५ साल
    लहान, १५ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताएका छन् । सिरहाको मिर्चैयामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले फुटका कारण पार्टी कमजोर भएको भन्दै सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुने बताए ।  कतिपय नेताहरुको हठका कारण पार्टी अलग–अलग भएको भन्दै उनले राष्ट्रलाई विखण्डन र सर्वसत्तावादबाट जोगाउन पार्टी एकता अपरिहार्य रहेको..

    सन् १९८४, अक्टोर ३१ : आजकै दिन २ अङ्गरक्षकबाट यसरी भएको थियो इन्दिरा गान्धीको हत्या..

    बुधबार, कार्तिक १४, २०७५ साल
    काठमाडौं, १४ कात्तिक  अक्टोर ३१ अर्थात् सन् १९८४ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको गोली हानी हत्या गरिएको थियो ।  ३१ अक्टोर १९८४ विहान करिब ९ बजे गान्धी दिल्लीको सफदरजंग रोडस्थित आफ्नो निवासबाट बाहिर निस्किइन् । उनलाई त्यतिबेला अकबर रोड जानु थियो । जहाँ उनको कार्यालय थियो । त्यतिबेला उनलाई चर्चित अभिनेता तथा लेखक पीटर उस्तिनोवसँग कुराकानी पनि गर्नु थियो । उक्त..

    कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन भन्छन् - राष्ट्रिय भाषामा अतिक्रमण भयो

    बुधबार, कार्तिक १४, २०७५ साल
    काठमाडौँ, १४ कात्तिक  कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्र्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने बताएका छन् । नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे शताब्दी वर्ष प्रवेश गरेका अवसरमा आयोजित अभिनन्दन समारोहमा उनले राष्ट्रिय शिक्षा प्रणालीमा विदेशी भाषालाई प्रोत्साहन गर्दा शिक्षा हुनेखानेका लागि मात्र बन्न पुगेको बताए । कावा राष्ट्रपति पुनले भने, ‘नेपाल मै आयोजना हुने औपचारिक..

    राष्ट्रपति विद्यादेवी भण्डारी कतार फाउण्डेसनको कार्क्रममा सरिक

    बुधबार, कार्तिक १४, २०७५ साल
    कतार, १४, कार्तिक  राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन बुधबार दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक हुनु भएको छ । राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गर्नु भएको थियो ।  उक्त फाउण्डेसन अन्तर्गत विभिन्न विश्वविद्यालय तथा शिक्षालयहरू सञ्चालित छन् जहाँ ९० भन्दा बढी देशका विद्यार्थीहरू विभिन्न संकायमा अध्ययनरत छन् ।  यसै..

    अपेक्षा अनुसार काम नगरेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने डा. भट्टराईको चेतावनी

    बुधबार, कार्तिक १४, २०७५ साल
    काठमाडौं, १४ कार्तिक नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन्। संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन्। बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै उनले पुराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको..

    देशभरका २५ वटै दुर्गम जिल्लामा पर्याप्त नूनको मौज्दात रहेको साल्ट ट्रेडिङको भनाई

    बुधबार, कार्तिक १४, २०७५ साल
    काठमाडौँ, १४ कात्तिक देशभरका २५ वटै दुर्गम जिल्लामा पर्याप्त नूनको मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।  कर्पाेरेशनका वरिष्ठ सूचना अधिकारी ब्रजेशकुमार झाले आव २०७५÷७६ मा नेपालको सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम, जुल्मा, डोल्पा, कालीकोट, मुगुलगायतका ती जिल्ला कूल ३१ हजार ४५१.३१ क्विन्टल मौज्दात रहेको जानकारी दिए ।  उनका अनुसार नेपालमा वार्षिक एक लाख ९२ हजार मेट्रिक टन नून खपत हुन्छ । यस..

    उखु किसानको ४६ करोड नतिर्ने अन्नपूर्ण सुगर मिल्सका मालिक अग्रवाल पक्राउ

    बुधबार, कार्तिक १४, २०७५ साल
    काठमाडौं, १४ कात्तिक  उखुको किसानको ४६ करोड भन्दा बढी रकम नतिर्ने अन्नपूर्ण सुगर मिल्सका मालिक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवालले सञ्चालन गरेको सर्लाहीको अन्नपूर्ण सुगर मिल्स प्रालीले उखु किसानको ३८ लाख ६८ हजार बक्यौता नतिरेको उजुरी परेपछि पक्राउ गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए । गृह मन्त्रालयको आदेशमा बुधबार विहान प्रहरीले त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरेको हो..

    मन्त्रीसँग अस्पतालमै प्रधानमन्त्रीको बैठक, अनौपचारिक रूपमा काम थाले

    बुधबार, कार्तिक १४, २०७५ साल
    काठमाडौं, १४ कात्तिक स्वास्थमा केही सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम सुरु गरेका छन् ।   शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा. डा. अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको बताए । ‘प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका..

    सिंहदरबारस्थित मन्त्रालय अगाडि दैनिक ४ घण्टा धर्ना, आजबाट सुरक्षामा कडाइ

    बुधबार, कार्तिक १४, २०७५ साल
    काठमाडौँ, १४ कात्तिक  सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ ।  मन्त्रालय परिसर अगाडि बुधबार नेपाल प्रहरीले सुरक्षा घेरा बढाएको छ भने सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशपत्र वा नागरिकताको जाँचमा कडाइ गरिएको छ ।  विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीले २४० दिन काम..

    पूर्वप्रधानमन्त्री डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक आजदेखि

    बुधबार, कार्तिक १४, २०७५ साल
    काठमाडौँ, १४ कात्तिक : नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक आजदेखि राजधानीमा बस्दै छ ।  यही कात्तिक १४ र १५ गते बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका..

    शुभेच्छुकहरुसँग विशेष अनुरोध ! अस्पतालमा प्रधानमन्त्री ओलीलाई भेट्न प्रतिबन्ध

    मंगलवार, कार्तिक १३, २०७५ साल
    काठमाडौं, १३ कात्तिक   छातीमा संक्रमण भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पतालले प्रतिबन्ध लगाएको छ । अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई भेट्न तथा उनको स्वास्थ्य लाभको कामना गर्न चाहने शुभचिन्तकहरुको आकांक्षलाई अस्पतालले आत्मासात गरेपनि अस्पतालको पहिलो दायित्व प्रधानमन्त्रीको स्वास्थ्यलाभ गराएकाले चिकित्सकको सुझाव अनुसारनै भेटघाटलाई प्रतिबन्ध गरिएको उल्लेख छ । प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान साढे चारबजे महाराजगञ्जस्थित..

    नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर

    मंगलवार, कार्तिक १३, २०७५ साल
    कतार, १३, कार्तिक नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो ।  नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ। सो सहमतिपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद..

    अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न मुख्यमन्त्री शाहीको आग्रह

    मंगलवार, कार्तिक १३, २०७५ साल
    सुर्खेत, १३ कात्तिक  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।  वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न मंगलबार आयोजित कार्यक्रममा उनले सेतो कोट लगाएर मात्र अस्पतालमा प्रवेश गर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गरे ।  मुख्यमन्त्री शाहीले उक्त अस्पतालमा जनशक्तिदेखि उपकरणसम्म व्यवस्थापन गर्न प्रदेश सरकार दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।  आर्थिक मामिला तथा योजनामन्त्री..

    काष्ठमण्डप पुनःनिर्माण नभएकाले अन्जली दिदीले बाहिरै बसेर भाइटीका लगाईदिने

    मंगलवार, कार्तिक १३, २०७५ साल
    काठमाडौँ, १३ कात्तिक  तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अन्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाउने तयारी गरेकी छन् । दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका लगाउँदै आएकी अञ्जली दिदीले वसन्तपुरस्थित काष्ठमाण्डप भित्रको गोरखनाथ मन्दिर वरिपरि सबैलाई राखेर टीका लगाउँदै आएका थिइन् । विसं २०५५ देखि टीका लगाउन शुरु गरेकी उनले अहिलेसम्म चार हजार पाँचसय नेपाली र २५० विदेशी..

    नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख घुससहित पक्राउ

    मंगलवार, कार्तिक १३, २०७५ साल
    सिरहा, १३ कात्तिक नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो । अख्तियार टोलीले चौधरीलाई घुसवापत दुई लाख रुपैयाँ लिइसकेको अवस्थामा नापी कार्यालय सिराहाबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।..

    युवा स्वरोजगार कोषमा वक्यौता उठेन, कोषको अवस्था समेत खराब !

    मंगलवार, कार्तिक १३, २०७५ साल
    काठमाडौँ, १३ कात्तिक  बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ सरकारले स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेको रु ५१ करोड ६८ लाख ६४ हजार ४४१ रकम उठाउन पहल गरेको छैन । विभिन्न सहकारी संस्था वा व्यक्तिलाई स्वरोजगारका लागि भन्दै लगानी गरेको रकम उठाउन नसक्दा कोषको अवस्था समेत खराब हुने अवस्थामा पुगेको छ । कोषले आर्थिक वर्ष २०७३/७४ सम्म रु..

    सर्लाहीमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, गोली लागेर १ को मृत्यु, व्यापक प्रहरी परिचालन

    मंगलवार, कार्तिक १३, २०७५ साल
    काठमाडौं, १३ कात्तिक  सर्लाहीको रामनगर–४ मा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । त्यस क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् । यद्यपि, उनीहरुको अवस्था सामान्य रहेको पालले बताए । यसअघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट..

    प्रमसँग सभामुख र भट्टराईको भेट, प्राडा सायमीले भने - नास्ता खाए, दाह्री आफैं काटे

    मंगलवार, कार्तिक १३, २०७५ साल
    काठमाडौँ, १३ कात्तिक  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गरेका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान ८ बजे त्यहाँ पुगेका थिए । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताए ।  यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि..

    राष्ट्रपति भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक

    मंगलवार, कार्तिक १३, २०७५ साल
    कतार, १३, कार्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभएको छ । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना गरेका हुन्।  मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा हुनुहुन्छ ।  यस अघि राष्ट्रपति भण्डारीले आजै दोहास्थित “बलद्ना फुड इन्डष्ट्रिज”को अवलोकन भ्रमण..

    निर्माण व्यवसायी शरद गौचनलाई गोली हान्ने सुटर पक्राउ, अझै ३ जना फरार

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ तत्कालिन  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ ।  महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले लोप्साङ लामा, रोशन बुढाथोकी र अम्बरबहादुर रानालाई पक्राउ गरेको हो । पक्राउ परेका अम्बरबहादुर राना मगरले मुख्य सुटरको काम गरेका थिए । उनीहरुको साथबाट नेपाली र भारतीय नम्बरको सिम, मोबाइल र इन्टरनेट चलाउन प्रयोग..

    ‘यूरो एशियन इनर्जी फोरम’मा सहभागी भई मन्त्री पुन स्वदेश फिर्ता

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक  ‘यूरो एशियन इनर्जी फोरम’मा सहभागी भई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज स्वदेश फर्कनु भएको छ । स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री पुनले सम्मेलन फलदायी भएको र नेपालको ऊर्जा क्षेत्रमा भइरहेको पछिल्लो प्रयासका बारेमा अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराएको बताए ।  नेपालमा लगानीको वातावरण बनेको भन्दै उनले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय समुदायलाई नेपालको पछिल्लो अवस्थाका बारेमा अवगत गराई लगानीका..
    Weather Forecast