आईतवार, भाद्र २९, २०७६

    राज्य-समाज

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सिफारिश

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ  संवैधानिक परिषद्को बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार बसेको परिषद्को बैठकले आयोगका कावा आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए । प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि २०७४ साल फागुन २ देखि घिमिरेले कार्यवाहक प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए..

    चिनियाँ प्रतिनिधि मण्डल राजधानीमा, नेपाल-चीन व्यापार सम्झौताको कार्यविधि टुंग्याउन छलफल हुँदै

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौं, २० भदौ  नेपाल र चीनबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) टुंग्याउन दुई देशका अधिकारीबीच बुधबार र बिहिबार छलफल हुने भएको छ।   नेपाल चीन युवा मैत्री संघको आमन्त्रणमा चिनियाँ युवा प्रतिनिधि मण्डल काठमाण्डौ आइपुगेको छ । काठमाण्डौ आइपुगेको उक्त प्रतिनिधि मण्डलमा जुआओ गा, जिन हाइदोङ, जे साङकुइजोङ, लान जिआओजङ, दा जेङ तथा गे साङजुआओमा रहेका छन् । काठमाडौंको होटल सोल्टीमा हुने..

    नेपाल–चीन तेस्रो परामर्श बैठक आजदेखि, पारवहन सम्झौताको ‘प्राटोकल’ लाई अन्तिम रुप दिइने

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ : नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि राजधानीमा प्रारम्भ हुँदैछ ।  दुई दिनसम्म जारी रहने उक्त बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले गर्नेछन  भने नौ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात मन्त्रालयअन्तर्गतको यातायात विभाग महानिर्देशक वाङ शिपिङले गर्नेछन  ।  बैठकमा उद्योग, वाणिज्य तथा..

    प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, सरकारको काम कारवाहीबारे छलफल

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ :   प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे छलफल भएको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुर्याउने तथा जनवर्गीय सङ्गठनको एकतालाई टुङ्गोमा पुर्याउने विषयमा विचारविमर्श भएको थियो ।    प्रदेश,..

    अध्यक्ष दाहाल यही भदौ २१ गते भारत भ्रमणमा जाने, भदौभित्रै पार्टी एकताको सबै काम

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौं, १९ भदौ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताएका छ ।  आफ्नै निवास खुमलटारमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले त्यसका लागि थप वातावरण बनाउन भ्रमण गर्न लागिएको बताए ।  “दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट..

    कैलाश मानसरोवर हिँडेका राहुल गान्धीले नेपालमा मासु खाएको भन्दै भारतमा थप हंगामा !

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौं, १९ भदौ  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली नफर्किदै गत शुक्रबार कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आए । अध्यक्ष गान्धी कैलाश मानसरोवर तीर्थयात्रामा निस्कदै गर्दा उनि नेपालको बाटो भएर त्यस्तार्फ लागेका हुन्  ।  मानसरोबर यात्रामा जाने क्रममा राहुलले करिब १७ घन्टा नेपालमा विताएका थिए । व्यक्तिगत भ्रमणमा आएका राहुले नेपालमा रहँदा कुनै राजनीतिक भेटघाट गरेनन् । राहुलले नेपालमा रहँदा नेपालकी एक युवतीसँग..

    राष्ट्रिय युवा परिषद्ले स्थानीय तहदेखि सङ्घसम्म युवा संसद् स्थापना गर्ने, यस्तो छ प्रक्रिया !

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १९ भदौ  राष्ट्रिय युवा परिषद्ले युवाको क्षमता विकास गर्नका लागि ‘युवा संसद्’ स्थापना गर्ने भएको छ ।  युवाको नेतृत्व विकास गर्न र युवालाई देशप्रति उत्तरदायी बनाउन १५ देखि २४ वर्षसम्मका युवालाई समेटेर ‘युवा संसद्’ स्थापना गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए ।  परिषद्ले युवा संसद् स्थापनाका लागि ‘युवा संसद् सञ्चालन कार्यविधि–२०७५’ समेत ल्याएको छ । परिषद्ले स्थानीय तह सङ्घसम्म..

    आतङ्कवादसम्बन्धी महासन्धि स्वीकृत, सार्वजनिक सुरक्षा सम्बन्धी विधेयक, २०७५ पारित

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १९ भदौ   राष्ट्रियसभाको मंगलबारको बैठकले ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।  गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेका सो प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।  प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं सांसदले आतङ्कवाद नियन्त्रण नगर्ने हो भने शान्तिसुरक्षामा खलल आउने भएकाले महासन्धि स्वीकृत हुनुपर्नेमा जोड दिए ।  छलफलमा सांसद रामनारायण..

    प्रदेश नं १ : विधेयक पारित, बालबालिकासम्बन्धी विधेयक, २०७५ स्वीकृत

    मंगलवार, भाद्र १९, २०७५ साल
    विराटनगर, १९ भदौ  प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।  प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीद्वारा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०८ बमोजिम विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।  यसअघि बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य सावित्रा रेग्मीले नेपाल..

    'सैन्य अभ्यास कहाँबाट आयो ? मन्त्री भइसकेकाले पनि यस्तो कुरा गरेको देख्दा छक्क लाग्छ'

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौं,१९ भदौ प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रहरुबीच सैन्य अभ्यासको सम्झौता नभएको बताएका छन् । मंगलबार संसदमा प्रतिपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, सैन्य अभ्यास कहाँबाट आयो ? कसको सैन्य अभ्यास ? मन्त्री भइसकेका माननीयज्यूहरुले पनि यस्तो कुरा गरेको देख्दा छक्क लाग्छ ।’ ‘यस्तै कुरा आउँछ भनेर घोषणापत्रै बोकेर बसेको छु । यो गोप्य पनि छैन, बजारभरी छ ।’ संसदमा कांग्रेस..

    करलाई जनताको सेवासँग जोड्न प्रदेश नं १का मन्त्री इन्द्रबहादुर आङ्बोको आग्रह

    मंगलवार, भाद्र १९, २०७५ साल
    विराटनगर, १९ भदौ प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले करलाई जनताको सेवासँग जोड्न आग्रह गरेका छन् । प्रदेश नं १ को प्रदेशसभामा कर तथा गैरकर लगाउने सम्बन्धमा प्रस्तावित विधेयकमा प्रदेशसभाका सदस्यले उठाएका प्रश्नको जवाफमा मंगलबार उनले सो कुरा बताएका हुन्  ।  उनले हाम्रो बजेट कर तथा राजश्वमुखी भएकोले इमान्दारीपूर्वक कर तिरेमा मात्र राष्ट्रको विकास हुने कुरामा जोड दिए..

    कर्मचारी समायोजन पुस मसान्तसम्ममा, खटनपटन र सरुवामा शतप्रतिशत निष्पक्ष गर्ने !

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १९ भदौ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर प्रयास भइरहेको बताएका छन्  ।  राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले निजामति प्रशासनको क्षमतामाथि प्रश्न नभए पनि कार्य क्षमताको उचित प्रयोग र सुशासनको पाटोबाट प्रशस्तै आलोचना हुने गरेको उल्लेख गरे ।  सङ्घीयताको अभ्यास गरिरहेको अवस्थामा केन्द्रिकृत मानसिकताका कारण अधिकाश निजामती कर्मचारीले..

    धनुषाको नापी कार्यालयका कर्मचारी १५ हजार घुस लिंदालिंदै रंगेहात पक्राउ

    मंगलवार, भाद्र १९, २०७५ साल
    महेन्द्रनगर, धनुषा, १९ भदौ नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि रु १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताए ।..

    एलपी ग्यास बोकेर काठमाडौँ आउंदै गरेको भारतीय नम्बरको ग्यास कण्टेनर त्रिशूलीमा खस्यो

    मंगलवार, भाद्र १९, २०७५ साल
    चितवन, १९ भदौ  एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट मंगलबार अपराह्न त्रिशूली नदीमा खसेको छ ।  जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ । कण्टेनर नदीले बगाएर जुगेडी ल्याई पुर्याएको जनाइएको..

    संसदमा प्रधानमन्त्रीलाई प्रश्नको प्रहार : "प्रम ज्यु, भारतको रेल पहिला आउँछ कि चीनको ?"

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौं, १९ भदौ मंगलबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासको बंगालको खाडीको प्रयास (विमस्टेक) बैठकबारे जानकारी गराए । त्यस क्रममा उनले सम्मेलन सफल भएको दावी गरेका थिए । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले भारतको रेल पहिला आउँछ कि चीनको भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै बिमस्टेक सम्मेलन..

    राष्ट्रपतिद्वारा बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’ (तस्वीर सहित)

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १९ भदौ  राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई मंगलबार विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेका छन् ।  गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई मंगलबार प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गरीन् ।  सोअनुसार..

    चिनियाँ पक्षको प्रश्न– नेपालले वार्षिक कति बिजुली किन्छ ? रेलमार्ग पनि सँगै बनाउन प्रस्ताव !

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौं, १९ भदौ   नेपालले गल्छी–केरुङ अन्तरदेशीय प्रसारण प्रसारणलाइन निर्माण गर्न चीनसँगै मिलेर लगानीसमेत गर्नुपर्ने भएको छ । नेपालले अर्को चरणमा नेपालमै बस्ने दुईपक्षीय बैठकमा यसबारे आफ्नो धारणा राख्नेछ । चीन गएर फर्किएको टोलीले विद्युत प्राधिकरणसमक्ष चिनियाँ पक्षले उठाएका विषयहरु अवगत गराएको छ । सन् २००६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनसँग अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने समझदारी भएको थियो । त्यसअनुसार..

    संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो बनाउनुपर्छ : काङ्ग्रेस नेता पौडेल

    मंगलवार, भाद्र १९, २०७५ साल
    तनहुँ, १९ भदौ  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।  रिपोटर्स क्लब नेपालले मंगलबार दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भने । “ म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको..

    चर्चित चेन रेष्टुरेन्ट बाजेको सेकुवाको शिलबन्दी तोडियो, यस्तो छ कारण !

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौं, १८ भदौ  चर्चित चेन रेष्टुरेन्ट बाजेको सेकुवाको ६ वटा आउट लेटमा गरिएको शिलबन्दी तोडिएको छ । यसअघि रेष्टुरेन्टका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि ३० जेठमा अनुसन्धान समितिले छापा मारेर शिलबन्दी गरेको थियो । त्यसलगत्तै, व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटी खोसिएको भन्दै कर्मचारीहरुले विरोध जनाउँदै आएका थिए । प्रहरी प्रशासन, जनप्रतिनिधि लगायतको उपस्थितिमा शिलबन्दी तोडिएको हो ।..

    कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानको जिम्मा अब सिआइबीका वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीलाई

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १८ भदौ : प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीलाई खटाएको छ ।  कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठित समितिलाई थप सहयोग गर्ने गरी प्रवउ ज्ञवालीलाई घटनास्थलमा खटाइएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले जानकारी दिए । “यसअघि गठित समितिलाई थप..

    निर्मला हत्या प्रकरणबारे यसो भन्छन् काँग्रेस सांसद बडु - घटनाको निष्पक्ष छानविन हुनेमा शङ्का !

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणका वास्तविक दोषी पहिचान गर्न ढिलाइ भएको भन्दै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलको ध्यनाकर्षण गराएको छ ।  नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले निर्मला पन्तका हत्याको विषयमा गम्भीर हुन सरकार तथा संसद्को ध्यानाकर्षण गराएका छन् । प्रतिनिधीसभाको सोमबारको बैठकमा उनले कञ्चनपुर घटनामा सुरु देखि सरकारले गम्भीर रूपमा नलिएको..

    गण्डकी प्रदेशसभाको बैठक, मन्त्रीद्वारा सदनलाई जानकारी, विधेयक टेबुल !

    सोमबार, भाद्र १८, २०७५ साल
    पोखरा, १८ भदौ  गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरुले मुलुकमा महिला हिंसा, बलात्कार तथा आपराधिक घटनामा वृद्धि भएको सम्बन्धमा चिन्ता व्यक्त गरेका छन् । आजको प्रदेशसभाको बैठकमा विशेष र शून्य समयमा बोल्ने सदस्यले यस्ता घटनालाई निरुत्साहित गर्न र दोषीमाथि कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  बैठकको शून्य समयमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भदौ ८ गते मृतावस्थामा भेटिएकी पोखरा–१९ बस्ने १३ वर्षीया पुष्पा..

    नेपाल पत्रकार महासङ्घद्वारा पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न प्रेस काउन्सिल नेपाललाई आग्रह

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १८ भदौ  नेपाल पत्रकार महासङ्घले पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ ।  महासङ्घअन्तर्गतको साना लगानीका मिडिया हक हित संरक्षण समितिले आइतबार काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठलाई पत्रपत्रिका वर्गीकरणबारे देशैभरीबाट आएका गुनासोको आधारमा ध्यानाकर्षणपत्रसमेत बुझाएको छ । महासङ्घले पत्रपत्रिका वर्गीकरणबारे पुनर्विचार गर्न समेत आग्रह गरेको छ । महाङ्घका केन्द्रीय सदस्य तथा समितिका सहसंयोजक गोपाल बराइलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले..

    नेकपाका दुवै अध्यक्ष भन्छन् - गौरा पर्वले सांस्कृतिक एकतालाई मबजुत बनाएको छ

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौं, १८ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नं ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताएका छन् । प्रदेश नं ७ तथा कर्णाली प्रदेशमा मनाइने यस पर्वका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले पहिचान र सामथ्र्यलाई संविधानमार्फत सुनिश्चित गरी सङ्घीय गणतान्त्रिक नेपालको निर्माणमा गौरा पर्वको..

    बिमस्टेक घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ   प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिमस्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।   काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई उनले निर्देशन दिएका हुन् । सम्मेलनबाट जारी घोषणापत्रमा गरिबी निवारण, यातायात र सूचना..

    महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ : उपराष्ट्रपति नन्दबहादुर पुन

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ: उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताएका छन् ।  दक्षिण एशियाली महिला विकास मञ्चले सोमबार यहाँ आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक विविधतासहितको सहअस्तित्व अनिवार्य रहेकोमा जोड दिए ।  उनले नेपालले संविधान र अन्य कानूनमार्फत महिलाको हक अधिकार सुनिश्चितताका लागि राज्यका हरेक..

    बिमस्टेक सम्मेलन सफल : रंगरोगनदेखि सुरक्षासम्ममा १० करोडभन्दा बढी खर्च

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौं, १८ भदौ  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन शुक्रवार सम्पन्न भएको छ । बिमस्टेकमा विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरूले प्रवेशद्वार, होडिङ बोर्ड निर्माण गरेका छन् । स्वागतका लागि जम्मा ५७ वटा प्रवेशद्वार निर्माण भएका छन् भने २० वटा भन्दा बढी ठूला फ्लेक्स बोर्ड तथा होडिङ बोर्ड निर्माण भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । बिमस्टेक..

    जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ : अर्थमन्त्री खतिवडा

    सोमबार, भाद्र १८, २०७५ साल
    राजविराज, १८ भदौ  अर्थमन्त्री डा युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।  सप्तरी सदरमुकाम राजविराजमा सोमबार करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । “एकल विन्दुबाट कर उठाउनुपर्नेमा धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था आएको छ,” उनले भने, ‘‘अब..

    जातीय भेदभाव भए दण्ड, सजाय र २ लाखसम्म क्षतिपूर्ति विधेयक सदनमा पेश

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ   मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ ।  जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकलाई सरकारले सदनमा प्रस्तुत गरेको छ । विधेयकमा कसुरको प्रकृतिअनुसार कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पीडितलाई रु दुई लाखसम्म क्षतिपूर्ति..

    विदेशमा रहेका र नेपाली नागरिकता नत्यागेका नागरिकले मतदानको अधिकार पाउने कहिले ?

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौं, १८ भदौ   सर्वोच्च अदालतले दिएको आदेश पालना भए आगामी निर्वाचनमा विदेशमा रहेका र नेपाली नागरिक नत्यागेका नेपाली नागरिकले मतदानको अधिकार पाउनेछन् ।  विदेशमा मतदान गर्नका लागि आवश्य क व्यवस्था मिलाउने आवश्यउक पर्ने सबै निकायको नाम किटान गरेर सर्वोच्च अदालतले आदेश जारी गरेपछि ती निकायले अब कसरी काम अघि बढाउँछन् भन्ने चासोको विषय भएको छ । सरोकारवाला निकाय र विशेषगरी गैरआवसीय नेपालीहरूले सरकारसँग..
    Weather Forecast