बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    खराब आचरणका प्रहरीलाई तत्काल कारवाही गर्छु : प्रहरी महानिरीक्षक

    बिहिवार, कार्तिक २९, २०७५ साल
    साँखु, २९ कात्तिक  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन् ।  काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुगेका खनालले भने, “समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।”  खनालले अपराध रोकथाम गरी..

    कोलम्बो प्रोसेस : उच्च अधिकारीस्तरीय बैठक शुरु, अवसर तथा चुनौतीको बारेमा गहन छलफल

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौँ, २९ कात्तिक  श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक बिहिबारदेखि काठमाडौँमा शुरु भएको छ ।  प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ ।  बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षित आप्रवासनसम्बन्धी विद्यमान..

    २७ वर्षदेखिको समस्या : नेपालमा रहेका भूटानी शरणार्थीहरुको घरफिर्तीका लागि युएनएचसीआरले पहल गर्ने

    बिहिवार, कार्तिक २९, २०७५ साल
    उर्लाबारी, २९ कात्तिक : सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले पहल गर्ने भएको छ ।  मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिसँग यहाँ बुधबार भएको भेटघाटमा युएनएचसीआरका एशिया ब्युरो निर्देशक इन्द्रिका रवाट्टेले भूटानी शरणार्थी समस्या समाधानमा युएनएचसीआर सधैँ लागिरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “युएनएचसीआरले लगातार प्रयास नगरेको पनि..

    परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् - ‘इपिजी प्रतिवेदन पेशमात्र होइन कार्यान्वयन पनि हुन्छ’

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौँ, २८ कात्तिक : नेपाल–भारत सम्बन्धका सबै पक्षलाई समेटेर सुझावसहितको प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह ९इपिजी० को प्रतिवेदन दुवै देशका सरकार प्रमुखसमक्ष चाँडै पेश हुने र त्यो कार्यान्वयन पनि भएरै छाड्ने एकजना मन्त्रीले बताएका छन् ।  “नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो बनाउन प्रतिवेदनले आधार तयार गरेको छ जसले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत गर्नेछ,” इपिजी प्रतिवेदनका विशेषता सुनाउँदै सञ्चारकर्मीमाझ..

    जीर्ण बन्दै राप्ती पुल : अधिकांश ठाउँको कालोपत्रे उप्कियो, फलामका सामग्रीमा खिया

    बुधबार, कार्तिक २८, २०७५ साल
    लमही, २८ कात्तिक दाङ देउखुरीको राप्ती नदीमा बनेको पुल जीर्ण बन्दै गएको छ । पुलको अधिकांश ठाउँको कालोपत्रे उप्किएको छ, भने पुल निर्माणका लागि प्रयोग गरिएका फलामका सामग्रीमा खिया लागेको छ । पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय रविलाल आचार्यले बताए । ‘पुलको बीचमा खाल्डाखुल्डी छन्, फलाममा खिया लागेको छ’, उनले भने, ‘यसले दुर्घटनाको जोखिम बढेको छ ।’ २०५६ सालमा..

    कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुद्वारा आगजनी, ८ जना पक्राउ

    बुधबार, कार्तिक २८, २०७५ साल
    चितवन, २८ कात्तिक कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ ७ः३० बजे विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय र प्रशासन कार्यालय भवनको सिसा तोडफोडपछि आगजनी गरेका हुन् ।  प्रहरी चौकी रामपुरका इञ्चार्ज शिवमङ्गल चौधरीका अनुसार डिनको कार्यालय भवनको १५, केन्द्रीय कार्यालयका २५ र प्रशासन भवनको १२ वटा झ्यालका सिसा फुटेका छन् । प्रशासनको ढोका फुटाएर भित्र प्रवेश..

    सन् २०१७ को भाषा परीक्षा उत्तीर्ण गरेका युवालाई प्राथमिकता दिन सरकारसँग आग्रह !

    बुधबार, कार्तिक २८, २०७५ साल
    काठमाडौँ, २८ कात्तिक रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् ।  सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण भएका व्यक्ति कामका लागि कोरिया पुगिसक्दासमेत सन् २०१७ मा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका युवा कोरिया जान नपाएको भन्दै उनीहरुले जतिसक्दो छिटो लैजान पहल गर्न आग्रह गरेका हुन् । इपिएस..

    प्रधानमन्त्री ओली र चीनका पर्यटनमन्त्री लू सुगाङ भेट, प्रमद्वारा समृद्धिका लागि सहयोगको अपेक्षा

    बुधबार, कार्तिक २८, २०७५ साल
    काठमाडौँ, २८ कात्तिक  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरेका छन् ।  नेपाल भ्रमणमा रहेका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।  प्रधानमन्त्री ओलीले भने, “समृद्धिको लक्ष्य हासिल गर्न मित्रराष्ट्रबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजीकका छिमेकीबाट थप सहयोगको अपेक्षा गरेका छौँ ।”  प्रधानमन्त्री..

    विकासका लागि राजनीतिक प्रतिस्पर्धा जरुरी भएको दिलेन्द्रप्रसाद बडूको धारणा

    बुधबार, कार्तिक २८, २०७५ साल
    दार्चुला, २८ कात्तिक नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले राजनीतिक प्रतिस्पर्धा अब विकासका लागि हुनुपर्ने बताएका छन् । सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजना तथा नौ वटै स्थानीय तहको सहयोगमा दार्चुला सदरमुकाम खलङ्गामा सञ्चालन भएको अन्तर स्थानीय तहबीचको महिला भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै उनले विकासका लागि राजनीतिक प्रतिस्पर्धा जरुरी भएको बताएका हुन् । जनताले पाँच वर्षका लागि दिएको..

    मौसम पूर्वानुमान महाशाखा : पहाडी भेगका केही स्थानमा क्षणिक वर्षा र हिमपातको सम्भावना

    बुधबार, कार्तिक २८, २०७५ साल
    काठमाडौँ, २८ कात्तिक  मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ । बुधबार दिउँसो देशको पश्चिमी भू–भाग, मध्य र पूर्वका पहाडी भेगमा सामान्य बदली रहने तथा बाँकी स्थानमा..

    सर्वसाधारणले न्याय पाए मात्र कानून व्यवसायीमाथि विश्वास गर्छन् : भीम रावल

    मंगलवार, कार्तिक २७, २०७५ साल
    अत्तरिया, २७ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेशका इञ्र्चाज भीम रावलले सर्वसाधारणले न्यायको अनुभूति पाए मात्रै जनताले कानुनी व्यवसायीमाथि विश्वास गर्ने बताएका छन् ।  नेपाल कानून व्यावसायी सङ्गठनद्वारा मंगलबार यहाँ आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले जनताले न्याय माग्दा विभिन्न बाधा अड्चन खेप्नु परेको बताए । उनले छिटो छरितो सर्वसुलभ तरीकाले कानुनी सेवा दिएर जनविश्वास जित्न कानुनी..

    पुस मसान्तसम्म ३ वटै तहमा कर्मचारी समायोजन हुने, अध्यादेश लोकसेवा आयोगमा

    मंगलवार, कार्तिक २७, २०७५ साल
    विराटनगर, २७ कात्तिक  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्तसम्ममा तीन वटै तहमा कर्मचारी समायोजन भइसक्ने बताएका छन् ।  विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “कर्मचारी समायोजनसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्मा छलफल भएर परामर्शका लागि लोकसेवा आयोगमा पठाइएको छ, त्यो अध्यादेश पारित भएर ऐनका रुपमा आएपछि तीन वटै तहमा देखिएको कर्मचारीसम्बन्धी समस्या समाधान हुनेछ ।”  मन्त्री पण्डितले समायोजनमा कर्मचारीलाई प्रोत्साहन..

    पर्यटन प्रवर्द्धनमा चीनको चासो, चीनमा नेपाली जहाज लैजान सकारात्मक वचन

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौँ, २७ कात्तिक    नेपालको पर्यटन प्रवर्द्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरेको छ ।    नेपाललाई प्रमुख गन्तब्यको सूचीमा समावेश गरेर चीनले वर्षौंअघिदेखि सघाउँदै आएको छ । सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुमधुर रहेको नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले नेपालको चार दिवसीय भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लु सङ्गेङले पर्यटकीय पूर्वाधार बनाएर सघाउने बताएका छन् ।    संस्कृति,..

    मोटरसाइकललाई ठक्कर दिँदा दीर्घबहादुरको मन्त्री पद चैट्, सुदूरपश्चिम प्रदेशमा नयाँ मन्त्रीको सपथ !

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौँ, २७ कात्तिक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन  भट्टले सांसद कृष्णराज सुवेदीलाई  सामाजिक विकास मन्त्रीमा सपथ दिलाएका छन् ।  मंगलबार प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा भट्टले सुवेदीलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।  आजै भट्टले पदीय मर्यादा उलंघन गरेको भन्दै सामाजिक सुरक्षा मन्त्रीको भूमिकामा रहेका दीर्घबहादुर सोडारीलाई बर्खास्त गरेका थिए । उनलाई बर्खास्त गरेलगत्तै प्रदेश सरकारले सुवेदीलाई नयाँ मन्त्री नियुक्त गरेकाे हो ।  सोडारीलाई..

    काङ्ग्रेस सभापति देउवा कमजोर भएकै हुन् त ? पौडेल भन्छन् - विचारको आक्रामकरुप नै छैन

    मंगलवार, कार्तिक २७, २०७५ साल
    चितवन, २७ कात्तिक  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।  नेपाल प्रेस युनियन चितवनले यहाँ मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो भएन भने । वरिष्ठ नेता पौडेलले भने, “विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन ।”  आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी..

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दिर्घ सोडारी बर्खास्त, यस्तो छ कारण !

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौं, २७ कात्तिक   सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दिर्घ सोडारीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन् । आन्तरिक विवादका कारण उनलाई पदमुक्त गरिएको भट्टको सचिवालयले जनाएको छ । सोडारी निकट स्रोतले पार्टीको आन्तरिक गुटबन्दीका कारण मन्त्रीबाट हटाइएको आरोप लगाएको छ । सोडारी तत्कालिन एमालेका कैलाली जिल्ला अध्यक्ष हुन् ।  सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन..

    विराटनगरका मेयरको कष्टकर छठ ब्रत, ३ किलोमिटर घिस्रिदै दण्ड प्रणाम

    मंगलवार, कार्तिक २७, २०७५ साल
    मोरङ, २७ कात्तिक ।  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको पूजाका लागि ब्रत बसेका छन् । मंगलबार दिउँसो १२ बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र मनिषस“गै दण्ड प्रणाम गर्दै निस्किएका पराजुलीले तीन किलोमिटर दण्ड प्रमाण गर्दै सिंघिया घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने उनका सहयोगी कौशल निरौलाले जानकारी दिए । निराहार ब्रत बसेका मेयर भीम पराजुली १५ औं..

    नेपालले चीनलाई उपहारस्वरुप दिएको २ जोडी गैंडा स्वस्थ, पार्कमा राखियो

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौं, २७ कात्तिक ।    नेपालले उपहारस्वरुप दिएको दुई जोडी गैंडालाई चीनले तोकिएको स्थानमा राखेको छ । भद्र र रुपसीको जोडीलाई ग्वान्झाओको चिमिलोङ सफारी पार्कमा तथा सोल्टी र मितिनीलाई साङ्घाई वाइल्ड एनिमल पार्कमा राखिएको हो ।   २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो ।   ‘नेपालले चीनलाई दिएका सबै गैंडा स्वस्थ छन्, उनीहरुलाई क्वारेन्टाइनमा राखेपछि सम्झौतामा उल्लेख भएअनुसार..

    अपराध न्यूनीकरण गर्ने लक्ष्यका साथ ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम : ३६० समिति निर्माण

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौँ, २७ कात्तिक  नेपाल प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ..

    दशैँ-तिहार सकेर मजदुरी गर्न भारत जाने युवाको लर्को, बस काउन्टरमा टिकट काट्नेको भीड, गाउँघर फेरि सुनसान बन्दै

    मंगलवार, कार्तिक २७, २०७५ साल
    बाजुरा, २७ कात्तिक : जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् । चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ ।  खेतबारीको उब्जनीले केही महीना मात्र पुग्ने भएपछि उनीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् । दशैँ तिहार मनाउन घर आएका विद्यार्थी, कर्मचारी तथा अन्य पेशा व्यवसायका व्यक्तिसमेत कर्मथलो फर्किन थालेका छन् ।..

    हेटौँडालाई नै प्रदेश नम्बर ३ को स्थायी मुकाम तोक्ने प्रयास, मुख्यमन्त्री डोरमणि पौडेल झन् सक्रिय

    सोमबार, कार्तिक २६, २०७५ साल
    हेटौँडा, २६ कात्तिक : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकार लागिपरेको बताएका छन् ।  सोमबार सरकारी सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले भने, “ प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा सहमति हुने वित्तिकै प्रदेशसभाको नियमित बैठक सञ्चालन हुनेछ ।”   प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा सहमति हुने वित्तिकै प्रदेशसभाको नियमित बैठक सञ्चालन..

    विदेशमा रहेका नेपालीलाई खुशीको खबर ! अब देशबाहिर रहेकाले पनि भोट हाल्न पाउने !

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, २६ कात्तिक निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ ।  त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन ÷अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्काे मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने अवस्था नरहे..

    मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता भईसक्ने वरिष्ठ नेता झलनाथ खनालको भनाई

    सोमबार, कार्तिक २६, २०७५ साल
    इलाम,२६ कात्तिक नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताएका छन् । उनले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिए ।  इलाम सदरमुकाममा आज आयोजित चियापान समारोहमा खनालले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको बताए ।  पूर्वप्रधानमन्त्री खनालले अहिलेको सरकार नै..

    सुजाताको घरमा 'लञ्च मिटिङ', कांग्रेस सभापति देउवा स्वच्छाचारी भएको पौडेल पक्षको आरोप

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, २६ कार्तिक   नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुको बैठक नेतृ सुजाता कोइरालाको निवास मण्टिकाटारमा बसेको छ । विजयकुमार गच्छादारलाई उपसभापति बनाइपछि असन्तुष्ट बनेको पौडेल पक्षले आउँदो महासमिति बैठकका लागि रणनीति तय गर्न छलफलमा जुटेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले विधान र प्रक्रिया मिचेर स्वच्छाचारी ढंगबाट पार्टी सञ्चालन गर्न थालेको आरोप लगाएको छन् । बैठकमा सहभागि..

    नेपालमा जबर्जस्ती धर्म परिवर्तन गराउने घटना भइरहेकामा बाँस्कोटाद्वारा दुःख व्यक्त

    सोमबार, कार्तिक २६, २०७५ साल
    काभे्रपलाञ्चोक, २६ कात्तिक  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताएका छन् ।  काभे्रपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, “प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व हो ।” उनले मानवजाति र प्राणीको रक्षार्थ देशलाई समृद्ध..

    मानवीय कारणले हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउन गृहमन्त्री थापाको आग्रह

    सोमबार, कार्तिक २६, २०७५ साल
    म्याग्दी, २६ कात्तिक  गृहमन्त्री रामबहादुर थापाले मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने बताएका छन् ।  बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापाले मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने उल्लेख गरे ।  उनले जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले हुने विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद्..

    प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी नियुक्त

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, २६ कात्तिक  प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् ।  भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनिहरु नियुक्त भएको जानकारी दिए ।  मन्त्रिपरिषद्को बैठकले छिमेकी भारतलगायत केही मुलुकका लागि राजदूतको नाम सिफारिश गरेको बताइए पनि सरकारले..

    परिवारको हातमुख जोड्न सारङ्गी रेट्दै गन्धर्व दाइ भन्छन् - “जनताको के वास्ता चुनाव जितेसी”

    सोमबार, कार्तिक २६, २०७५ साल
    गलेश्वर, २६ कात्तिक ।    “नेताजीको भरपर्दो बात छैन  यिनको पनि गतिलो छाँट छैन ।  पर्छ रात अवश्य दिन बितेसी  जनताको के वास्ता चुनाव जितेसी ।”  गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँटमा धेरैले मन लगाएर सुने ।  २०४५ सालमा १६ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका दुई छोरी, एक..

    अब ३ देशमा नेपालका नयाँ राजदूत, भारतका लागि नीलाम्बर आचार्य, मलेसिया र युएईका लागि पाण्डे र ढकाल !

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, कार्तिक २६ । सरकारले लामो समयको रिक्ततापछि राजदूत नियुक्तिको प्रक्रिया सुरु गरेको छ । हालै मात्र सरकारले छिमेकी मुलुक भारतसहित बैदेशिक रोजगारमा जाने नेपालीहरुको प्रमुख गन्तव्य मलेसिया र युएईमा पनि राजदूत नियुक्त गर्ने भएको हो । यद्यपी मन्त्रिपरिषदको आइतबारको बैठकले राजदूत सिफारिस गरिएको भए पनि औपचारिक निर्णय भने सुनाउन बाँकी नै छ । सरकारले भारतका लागि नेपाली राजदूतमा पूर्वमन्त्री समेत रहिसकेका निलाम्बर..

    लामो समय पछि बसेको मन्त्रिपरिषद् बैठक : निर्णयहरु नयाँ प्रबन्धबाट सार्वजनिक हुने

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, २६ कात्तिक : मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताए । उनले भने, “लामो समयपछि आज मन्त्रिपरिषद्को बैठक बसेको छ । तपाईंहरुले समयक्रममा..
    Weather Forecast