सोमबार, चैत्र १७, २०७६

    राज्य-समाज

    गलत सामाजिक र सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्छ : राष्ट्रपति

    शनिबार, जेष्ठ ११, २०७६ साल
    काठमाडौँ, ११ जेठ  राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताउनुभएको छ ।  बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगाँैडामा मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको शनिबार उद्घाटन गर्दै उहाँले यस्तो प्रयासबाट समाज, राष्ट्र र सम्पूर्ण विश्व नै सुसंस्कृत बन्न गई मानव जीवन सुखी र..

    पूर्वप्रधानन्यायाधीस खत्रीको निधनको शोकमा आईतबार देशभरका अदालत बिदा

    शनिबार, जेष्ठ ११, २०७६ साल
    काठमाडौँ, ११ जेठ । सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ । सर्वोच्च..

    अबको प्रहरी सुरक्षित समाज र विकास निर्माणको साझेदार : महानिरीक्षक खनाल

    शनिबार, जेष्ठ ११, २०७६ साल
    चितवन, ११ जेठ  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गराउँदै अगाडि बढाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका–२२ पटिहानीमा शनिबार पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै उहाँले प्रहरीमाथि समाजले विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेको बताउनुभयो ।  पर्यटन प्रहरी पर्यटकको सुरक्षासँगै आम समुदायका लागि स्थापना गरिएको बताउँदै उहाँले पर्यटकीय नगरी सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,..

    सरकार आफै भ्रष्टाचारमा लिप्त भएको छ : वरिष्ठ नेता पौडेल

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    बैतडी, १० जेठ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । जिल्लाको मेलौलीमा आज ‘द्वारिकादेवी ठकुरानी’ नामक पुस्तकको विमोचन तथा जागरण अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताउनुभयो ।     “दुई तिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन”, उहाँले भन्नुभयोे, “सरकार आफै भ्रष्टाचारमा लिप्त भएको छ ।” दुई तिहाइको..

    जिल्ला प्रशासन कार्यालयद्वारा १८ हजार नागरिकता प्रमाणपत्र वितरण

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    विदुर, १० जेठ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष शुरु भएदेखि यही  जेठको पहिलो सातासम्म १८ हजार २६५ नागरिकता प्रमाणपत्र वितरण गरेको छ ।  जिप्रकाका अनुसार नयाँ नागरिकता बनाउनेको सङ्ख्या पाँच हजार ९६८ तथा प्रतिलिपि नागरिकता बनाउने १२ हजार २ सय ९७ छन् ।   प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले गत वर्षको तथ्याङ्क विवरणअनुसार  नयाँ नागरिकताको सङ्ख्या सात हजार ३५५ छ ।   कार्यालयका..

    मलेसिया सरकारद्वारा नेपाली कामदारको माग

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौँ, १० जेठ  क्वालालुम्पुरस्थित नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनबीच भएको भेटवार्तामा मन्त्री सेगरनले स्वास्थ्य परीक्षणको गाँठो एक हप्ताभित्र फुकाउने आश्वासन दिएका छन्  । मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड अर्थात् एसओपी नेपाललाई पठाएपछि नेपालले त्यही आधारमा नयाँ तथा पुराना स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणका लागि दर्ता हुन सार्वजनिक आह्वान गरेको थियो । अहिले नयाँ तथा पुराना स्वास्थ्य संस्था गरी २ सय..

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ हजारको निवेदन, १०० दिनको रोजगारी या भत्ता ?

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    दमौली, १० जेठ ।   प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँको छ गाउँपालिकाका करीब तीन हजारले निवेदन दिएका छन् । नागरिकका लागि न्यूनतम रोजगारीको अवसर सिर्जना गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सञ्चालनमा ल्याइएका जिल्लाका छ गाउँपालिकाका दुई हजार ९५४ जनाले बेरोजगार फारम भरेका हुन् ।   प्रत्येक स्थानीय तहको वडाबाटै बेरोजगार हुनेहरुको तथ्याङ्क सङ्कलन गरिएको थियो । चार वटा नगरपालिकामा भने तथ्याङ्क एकीकृत..

    वाइडबडी भ्रष्टाचारबारे सर्वसाधारणलाई जानकारी दिन सार्वजनिक सुनुवाइ हुँदै

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौँ, १० जेठ  । ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते  स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।  नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक..

    प्रदेश ५ को नीति तथा कार्यक्रम : समृद्धिको आधार कृषि क्षेत्र, के छ प्राथमिकता ?

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौं,  १० जेठ । प्रदेश नं ५ को सरकारले ‘कृषिको आधुनिकीकरण’लाई  प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम ल्याइएको छ । प्रदेश सरकारको पञ्चवर्षीय योजना र आवधिक योजनाका आधार नीति कार्यक्रम ल्याएको हो ।   नीति कार्यक्रममा कृषि पेशालाई सम्मानजनक बनाउने उद्देश्यले ‘गरौँ व्यावसायिक कृषि, यसैबाट शुुरु हुन्छ प्रदेशको समृद्धि’ भन्ने नारालाई अगाडि सारिएको छ । सरकारले सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा..

    राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ   चीनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै सम्पन्न चीनको राजकीय भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएको छ ।   नेपालसँगको सम्बन्धलाई अतिउच्च महत्व दिएको र उसको राष्ट्रिय सुरक्षा, स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डताको रक्षासँगै प्रगतिको पथमा उन्मुख हुने चाहनामा सघाउन प्रतिबद्ध रहेको पनि चीनले स्पष्ट गरेको छ ।   राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमण, दोस्रो ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय सम्मेलनलगायत चिनियाँ चासोका..

    कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ अझै पूरा नभएको बताउनुभएको छ ।  तत्कालीन नयाँ शक्ति पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई बिहिबार नेकपा प्रवेश गराउँदै उहाँले नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने पहलको थालनी गरिएको बताउनुभयो ।  दुई ठूला कम्युनिष्ट..

    सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौं, ९ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयक’ मा प्राप्त सुझावलाई ध्यान दिएर पूर्ण प्रेस स्वतन्त्रतालाई सङ्कुचन कुनै नहुने गरी प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।  सो विधेयक र समग्र आमसञ्चार क्षेत्रमाथि प्रेस सङ्गठन नेपालले बिहिबार दिएको ज्ञापनपत्र ग्रहणपछि मन्त्री बाँस्कोटाले लोकतान्त्रिक आन्दोलनकै जगबाट वर्तमान सरकार आएकाले बाहिर प्रचारमा आएजस्तो सरकारले प्रेसको घाँटी निमोठ्ने..

    विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।  विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकर्ताको हत्या गरेको आरोप समेत लगाएका छन् ।  प्रहरीले गिरफ्तार गरी आफ्ना कार्यकर्ताको हत्या गरेपछि बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै महासचिव विप्लवले केपी ओली नेतृत्वको सरकारलाई सामाजिक फाँसीवादी सरकारको संज्ञा दिएका छन् । सांगठनिक कामको सिलसिलामा गत..

    नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौं, ९ जेठ  मुग्लिनमा नयाँ प्रविधिमा आधारित आर्क ब्रिज तयार भएको छ । मुग्लिनमा निर्माण गरिएको यो पुलको निर्माण सफलताले नयाँ प्रविधिमा आधारित पुल नेपाली इन्जिनियर आफैले डिजाइन गरेर निर्माण गर्न सक्छन् भन्ने पनि प्रमाणित गरेको छ । करिव १ सय ६० मिटर लम्वाईको यो पुल २०६९ सालबाट निर्माण सुरु गरिएको थियो । २०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि नयाँ..

    नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    बलेवा, ९ जेठ राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् ।केही समयअघि हस्ताक्षर सङ्कलन गरेका ती दलले उक्त विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन माग गरेका हुन् । बिहिबार विधेयकविरुद्ध ती दलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पनि बुझाएका थिए  ।   नेपालको राष्ट्रियतामा आच आउने गरी विधेयक आएकाले विरोध गर्नुपरेको राजमोका..

    गुणस्तरीय शिक्षाका लागि विदेशिनु पर्ने अवस्था आउन नदिन आह्वान : प्रधानमन्त्री ओली

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ   प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु पर्ने अवस्था आउन नदिन आह्वान गर्नुभएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीपन, राष्ट्रियता, विविधता र यहाँका आवश्यकताको पहिचान गरी..

    गर्व महसुस हुने गरी काम गर्न प्रहरी महानिरीक्षकको निर्देशन

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी कर्मचारीले राष्ट्र, समाज, परिवार र आफैँले गर्व महसुस गर्न सक्ने गरी काम गर्नुपर्न बताउनुभएको छ । महानगरीय प्रहरी परिसर मातहतका जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार निर्देशन सम्बोधन गर्दै खनालले उक्त कुरा बताउनुभएको हो ।    संगठनको हालको रणनीति कस्तो छ र प्रहरीले कसरी काम गर्ने भन्ने विषयमा..

    अन्तिम परिणाम सार्वजनिक नहुँदै ओलीले दिए मोदीलाई बधाइ

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ ।  भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जितका लागि बधाइ दिनुभएको छ ।  प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो ट्वीटमार्फत बधाइ दिनुभएको हो ।  ‘सान्दार जितका लागि हार्दिक बधाई’ दिँदै ओलीले आगामी दिनमा सहकार्यका लागि समेत आफू आशावादी रहेको उल्लेख गर्नुभएको छ ।  भारतीय लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहान सुरु भएको हो ।..

    उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी धरौटीमा रिहा

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    चितवन, ९ जेठ   उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा हुनुभएको छ ।    पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङस्थित सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले रेग्मीलाई बुधबार पक्राउ गरेको थियो ।   जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उहाँ जिल्ला प्रशासन कार्यालय चितवनमा रु ५४ हजार धरौटी जम्मा गरी रिहा हुनुभएको हो..

    पारिवारिक अपराध बढ्दो, यस्ता छन् पछिल्ला केही घटना

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ ।  सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये झन्डै ४० प्रतिशत आफन्तबाटै भएका छन् । समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन् । ‘सामान्य विषयमा समाज र घरभित्रै हुने घटना निकै बढेका छन्,’ उनी भन्छन्, ‘यस्ता घटना रोक्न प्रहरीले पनि सामुदायिक पुलिसिङको अवधारणा अघि..

    साढे ११ हजार युवालाई सरकारी जागिरको अवसर

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ । सरकारले लोकसेवा आयोगमार्फत भर्ना गरेर स्थानीय तहमा ११ हजार चार सय ९२ कर्मचारी पठाउने तयारी थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा बाधाअड्काउ फुकाउने प्रस्ताव पेश गरेर पारित गराएपछि आगामी बुधबारसम्म फारम खुलाउने तयारीमा आयोग छ । सरकारले गत चैतमा स्थानीय तहमा स्वीकृत ६६ हजार नौ सय आठ दरबन्दीमध्ये ४३ हजार आठ सय सात दरबन्दीमा..

    सरकारबारे निर्णय लिन समाजवादी पार्टीलाई सकस

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ । सत्तारुढ दल समाजवादी पार्टी नेपाललाई सरकारबारे निर्णय लिन सकस परेको छ । फोरम नेपाल र नयाँ शक्ति पार्टी एकताबाट बनेको समाजवादीको बैठक बस्न नसक्दा निर्णयमा पुग्न समय लागेको नेताहरूले बताएका छन् । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका अध्यक्ष उपेन्द्र यादव सरकारलाई संविधान संशोधनका लागि अल्टिमेटम दिने र माग सम्बोधन नभए मात्रै सरकारबाट बाहिरिने पक्षमा हुनुहुन्छ भने..

    मौसम पूर्वानुमान महाशाखा - ३ दिनसम्म हावाहुरीसहित वर्षा

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौं,  ९ जेठ ।  देशका अधिकांश भूभागमा बिहीबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले देशका पश्चिमी र मध्य भूभागमा र पूर्वी भूभागका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ । देशका पश्चिमी र मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको..

    आरुबोटे हत्याकाण्ड : स्थलगत अनुसन्धान जारी, शव परीक्षण सम्पन्न

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    पाँचथर, ८ जेठ ।  सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घट्नाको प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले स्थलगत अनुसन्धान जारी राखेको छ । प्रहरी वरिष्ठ उपरीक्षक उमा चतुर्वेदी नेतृत्वको एउटा टोली घट्नास्थलमा प्राप्त..

    बाध्यताकोे वैदेशिक रोजगारी अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम : मन्त्री विष्ट

    बुधबार, जेष्ठ ८, २०७६ साल
    रुपन्देही, ८ जेठ ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगरीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ ।    मन्त्री विष्टले रोजगारी देशको प्रमुख मुद्दा बनेकाले बेरोजगारी न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्न तीनवटै तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धमा बुटवलमा आज आयोजना..

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता, सरकारलाई झट्का

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिकरणका लागि आएको राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता गरेकी छिन् । असोज दोस्रो साता प्रतिनिधि सभाबाट पारित भएको विधेयक संविधानको धारा १११ (५) प्रयोग गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो । राहदानी विधेयक २०७५ का कतिपय बुँदाहरुले नेपाली नागरिकलाई राहदानी दिन रोक्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाएको थियो..

    वन क्षेत्र अतिक्रमणले मानव–वन्यजन्तु द्वन्द बढ्दै, ५ प्रजातिमा बढी समस्या

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ   वन क्षेत्रको अतिक्रमणले वन्यजन्तु बासस्थानको विनाश हुनाका साथै वन्यजन्तुको आहारामा समेत कमी आउँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।   मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले वन्यजन्तु आफ्नो बासस्थान छोडी गाउँ बस्तीमा पस्ने क्रम बढेको देखिन्छ ।   यसबाट वन्यजन्तुका अतिरिक्त निकुञ्ज र आरक्ष वरिपरि बसोबास गर्ने समुदायको..

    ब्रुमरले भण्डार गरेको धुलो कहाँ लगेर फालिन्छ ?

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौं, ८ जेठ काठमाडौंको सडक धूलोमुक्त बनाउन काठमाडौं महानगरपालिकाले पाँच वटा ब्रुमर सञ्चालनमा ल्याएको थियो । काठमाण्डाै महानगरपालिकाले  यान्त्रिक कुचो अर्थात ब्रुमरको प्रयोग गर्न थालेपछि सडकको धुलो केही कम भएको देखिन्छ ।   अहिले काठमाडौँको अवस्था बाटोमा हिँड्दा धुलोले उकुसमुकुस पार्ने किसिमको पहिलको जस्तो अवस्था भने अहिले छैन । काठमाडौँ महानगरपालिकाले सडकको धुलो कम गर्न यान्त्रिक कुचो अर्थात ब्रुमर प्रयोग गर्न थालेको दुई महिना भयो..

    निर्मलाकी आमाले बुझिन् राहत

    बुधबार, जेष्ठ ८, २०७६ साल
    कञ्चनपुर, ८ जेठ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमाले सरकारले दिने भनेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । निर्मलाको परिवारलाई स्थानीय सरकारले ३ लाख, प्रदेश सरकारले ५ लाख र संघीय सरकारले १० लाख गरी १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । तर, निर्मलाको परिवारले वास्तविक हत्यारा सार्वजनिक नहुँदासम्म राहत नबुझ्ने अडान लिदै आएका थिए ।  तीन..

    प्रतिनिधिसभा बैठक : राजश्वका क्षेत्रमा प्रभावकारितादेखि प्रहरी समायोजन विधेयकसम्म

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ ।   प्रतिनिधिसभाको बुधबारको बैठकले ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो ।  विधेयमाथिको सैद्धान्तिक पक्षको छलफलमा सांसद भरतकुमार शाह, प्रेम सुवाल, दीव्यमणि राजभण्डारी, रामकुमारी झाँक्री, राजेन्द्रकुमार केसी, उमा रेग्मी, पुष्पा भुषाल र प्रमोद..
    Weather Forecast