शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    कर्मचारीलाई उर्जामन्त्री बर्षमान पुनले दिए कडा निर्देशन : काम समयमा नगरे बर्खास्त गर्छु

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौँ, १ भदौ निर्माणाधीन जलविद्युत् आयोजनाको लागत र समयावधि लम्ब्याउने रोेगबाट मुक्त हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । प्राधिकरणले निर्माण गरिरहेका अधिकांश आयोजनाको अवस्था समस्याग्रस्त रहेको र समयमै सम्पन्न हुने अवस्था नभएको भन्दै मन्त्रालयले निर्देशन दिएको हो । प्राधिकरणले निर्माण गरिरहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजना, माथिल्लो त्रिशूली थ्री ए, रघुगङ्गाजस्ता आयोजना समस्यामा छन् । अधिकांश..

    नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो : मुख्यमन्त्री भट्ट

    शुक्रबार, भाद्र १, २०७५ साल
    धनगढी, १ भदौ  शुक्रबारबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नं ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित अन्तरक्रियाका वक्ताहरुले नयाँ कानूनलाई हरेक व्यक्तिले आ–आफ्नो नैतिकता र आचरणसँग जोड्दै सफल कार्यान्वयन गर्ने-गराउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।  कार्यक्रममा प्रदेश नं..

    प्रधानमन्त्री ओलीको मधेसमा ‘इनिङ्ग’, जनकपुर तरंगित, ओलीप्रति किन चिढियो मधेस ?

    शुक्रबार, भाद्र १, २०७५ साल
    जनकपुर, १ भदौ   प्रधानमन्त्री ओलीले भदौ २ गते प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्नुका साथै बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि  रहेको छ । नेकपाका अध्यक्ष समेत रहेका ओलीका साथमा अर्का अध्यक्ष प्रचण्ड पनि बरमझिया जाने तयारी रहेको छ ।  ओलीको प्रदेश सभामा सम्वोधन गर्ने विषय सार्वजनिक भए लगतै राष्ट्रिय जनता पार्टीका केन्द्रिय नेता एवं पूर्व सांसद डा. विजयकुमार..

    नेपालमा युएनआरसिपिडीको एक दशक, दशौँ वार्षिकोत्सवमा शान्ति र निःशस्त्रीकरणका विविध आयामबारे चर्चा परिचर्चा

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौँ, १ भदौ  नेपालमा संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निःशस्त्रीकरण केन्द्रको एशिया–प्रशान्त क्षेत्रीय कार्यालय (युएनआरसिपिडी) स्थापना भएको दशौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार ललितपुरमा राजधानीमा शान्ति र निःशस्त्रीकरणका विविध आयामबारे चर्चा परिचर्चा भयो ।  अन्तर्राष्ट्रिय युवा दिवसको समेत सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा परराष्ट्र, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकूद मन्त्रालय, नेपालमा कार्यरत संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत निकायका पदाधिकारीले एशिया–प्रशान्त क्षेत्रमा शान्ति सुरक्षा कायम..

    प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलियो

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौँ, १ भदौ  प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए ।  बैठकमा उनले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराए । प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन् । यसअघि..

    सांसदद्वारा देशैभर बाढीपहिरोका कारण जनजीवन प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौँ, १ भदौ  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर बाढीपहिरोका कारण जनजीवन प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण गरेका छन् । शून्य समयमा बोल्ने सांसदहरु लक्ष्मी परियार, बिन्दा पाण्डेलगायतले अविरल वर्षाका कारण देशका धेरै भागमा जनजीवन प्रभावित भएको हुँदा बाढीपीडितको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे ।  सांसदहरु सरिताकुमारी गिरी र सीताराम महतोले मुश्लिम धर्मावलम्बीलाई बकर..

    सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बिरामीको चाप प्रतिदिन बढ्दै

    शुक्रबार, भाद्र १, २०७५ साल
    नेपालगञ्ज, १ भदौ  सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार स्थापनाको डेढ महिनाको अवधिमा ५२२ बिरामीको उपचार गरिएको छ । बाँकेको खजुरामा रहेको उक्त क्यान्सर अस्पताल सरकारीस्तरबाट सञ्चालित चितवनको भरतपुरपछिको दोस्रो हो । सो अस्पतालको गत असार नौ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन्  ।  अस्पतालले बिरामी जाँच,..

    महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

    शुक्रबार, भाद्र १, २०७५ साल
    महेन्द्रनगर, धनुषा, १ भदौ  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन् । दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताए ।  महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम ल्याएको उल्लेख..

    निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालनमा सरकार : अर्थमन्त्री खतिवडा

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौँ, १ भदौ     अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् ।    लघुवित्त संघ नेपालले यहाँ शुक्रबार आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका हुन् ।    “कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने, “हामी समृद्धिको यात्रामा रहेकाले निरपेक्ष..

    नारायणी नदीको भङ्गालो निरन्तर सिङ्गो वस्तीमा सोझिएपछि त्रास, ४२० घर उच्च जोखिममा

    शुक्रबार, भाद्र १, २०७५ साल
    नवलपुर, परासी, १ भदौ  वर्षेनी वर्षात्को समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका बोटे वस्तीका बासिन्दालाई त्रासमा बस्नु यतिखेर दैनिकी जस्तै बनेको छ । नारायणी नदीको भङ्गालो निरन्तर वस्तीमा सोझिएपछि सम्भावित दुर्घटनाको पीडाले स्थानीय बासिन्दा वर्षौंदेखि पीडित बन्दै आएका छन् ।  नदीको कटानका कारण आफूहरुको बास जोखिममा परेको मध्यबिन्दु नगरपालिका–२ की कमलाकुमारी राना बताईन् । उनले भने, ‘‘बाससँगै खेतीयोग्य जमीन पनि..

    चितवन राष्ट्रिय निकुञ्जमा मृतक गैँडा फेला, बुढो भएर मरेको अनुमान

    शुक्रबार, भाद्र १, २०७५ साल
    रत्ननगर, १ भदौ  चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ ।  बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०-३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको र त्यसको दाह्रासमेत खिइएकाले बुढो भएर मरेको अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गरेका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।  यो आर्थिक वर्षमा प्राकृतिक रूपमा गैंडा मरेको यो पहिलो हो..

    नयाँ मुलुकी ऐन आजदेखि लागू, बिभिन्न ६ अपराधमा आजीवन कारावास

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौँ, भदौ १ : मुलुकी अपराध (संहिता) ऐन, २०७४ आज अर्थात् भदौ १ गतेदेखि लागू भएको छ ।  तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गरेका हुन्  । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ..

    नेपाल–अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक सम्पन्न, बिबिध बिषयमा विचारविमर्श

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौँ, भदौ १ : नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ प्रगाढ तुल्याउन तथा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गतवर्ष गठन भएको नेपाल–अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक राजधानीमा सम्पन्न भएको छ ।  परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी र अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागका सहायक सचिव एन्ड्रु कलिन्स नेतृत्वको प्रतिनिधिमण्डलबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, पर्यटन, मानव संशाधन विकास, ऊर्जा, सम्पर्क विस्तार,शिक्षा क्षेत्रमा सहयोग एवम्..

    प्रधानमन्त्री ओलीद्वारा भारतका पूर्व प्रधानमन्त्री बाजपेयीको निधन भएकोमा समवेदना व्यक्त

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौँ, भदौ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ,  नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता भएको बताएका छन् ।  सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गर्नुभएको उदाहरणीय सेवा र दूरदर्शिताको..

    अहिले लागू हुने कानून पोहोर नै बनेको हो, फरक यत्ति हो अहिले हल्ला चल्यो : प्रधानमन्त्री ओली

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३१ साउन   प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अहिले लागू हुने कानून पोहोर नै बनेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ‌ओलीले पोहोर निर्माण गरिएको कानूनमा अहिले धुमधाम हल्ला चलाइएको बताए। ‘त्यसमा भ्रम फिजाउने कोशिश भइरहेको छ । उनले अस्पतालमा बिरामीले डाक्टर कुट्ने कानून नबनाइएको दाबी गरे। प्रधानमन्त्री ओलीले नयाँ कानून आउँदा केही केही व्यवस्था..

    सङ्घीयतालाई कसैले समाप्त पार्न सक्दैन : मुख्यमन्त्री लालबाबु राउत

    बिहिवार, श्रावन ३१, २०७५ साल
    वीरगञ्ज, ३१ साउन  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो भन्नेले अहिले सङ्घीयतालाई असफल पार्न खोजिरहेको आरोप लगाएका छन् ।  ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान)द्वारा आज यहाँ आयोजित ‘सङ्घीयता कार्यान्वयनमा रेडियोको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, “मुलुकको संविधानलाई कार्यान्वयन गर्ने निकाय राम्रो छैन भने त्यो संविधान प्रभावकारी रुपमा लागू हुन सक्दैन ।”  मुख्यमन्त्री राउतले विगतमा जुन..

    प्रम ओलीको चासो, गुनासो र प्रश्न : वडा अध्यक्षले डोजर किनेर ठेक्का आफैँ लिने हो ?

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौं, ३१ साउन  प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गरेका छन् ।   गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिसँग बिहीबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस बिषयमा चासो व्यक्त गरेका हुन् ।  स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकाले त्यस बिषयमा गम्भीर हुन जनप्रतिनिधिलाई प्रधानमन्त्रीले आग्रह गरे । यही क्रममा..

    जंगबहादुर राणाले निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यस्तो संहिता ल्याईयो

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३० साउन  मुलुकी अपराध (संहिता) ऐन, २०७४ भदौ १ गते शुक्रबारदेखि लागू हुनेछ ।  तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो..

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते सम्बोधन गर्ने

    बिहिवार, श्रावन ३१, २०७५ साल
    महेन्द्रनगर, धनुषा, ३१ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  नेकपाले जनकपुरमा बिहिबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउने जानकारीसमेत दिइयो ।  धनुषाका शहीद रामवृक्ष यादवको २४ औँ स्मृतिसभामा सहभागी हुन उनीहरु दुवै जना धनुषा आउने..

    सामाजिक न्यायका लागि दर्नाल अवार्ड अभियानकर्मी सरस्वतीलाई

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३१ साउन  यस वर्षकोे सामाजिक न्यायका लागि दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियानकर्मी सरस्वती नेपालीलाई प्रदान गरिएको छ ।  जागरण मिडिया सेन्टर र समता फाउण्डेशनद्वारा बधुबार आयोजित एक समारोहमा दर्नालकी आमा सरिता नेपालीले पाँच लाख राशिको सो अवार्ड प्रदान गरे । सरस्वती नेपालीले भूमिअधिकार शिक्षा, प्रत्रकारिताको क्षेत्रमा अगुवाइ गर्नाका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकि छिन् ।..

    प्रधानमन्त्रीको आक्रोश : मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३१ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल..

    भक्तपुरका वासिन्दामा पानी पर्न थालेपछि खोला पस्छ कि भन्ने त्रासमा

    बिहिवार, श्रावन ३१, २०७५ साल
    भक्तपुर, ३१ साउन  “जब आकाश कालो भएर आउँछ, मन ढक्क फुल्छ, जब पानी पर्न थाल्छ, अनि मन त्रासले भरिन्छ”, मध्यपुरथिमि नगरपालिका राधे राधेकी वसुन्धरा थापा भन्छिन् । थापा मात्रै होइन यस क्षेत्रका वासिन्दामा पानी पर्न थालेपछि खोला पस्छ कि भन्ने त्रास उत्पन्न हुन्छ । मध्यपुरथिमि नगरपालिकाअन्र्तगत राधे राधे, कमेरोटार तल्लो क्षेत्र, शङ्खधरचोक र निकोसेरा, भक्तपुर नगरपालिकाको सल्लाघारी, हनुमानघाट क्षेत्र, बाराही क्षेत्र र..

    राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा, मन्त्री ढकालद्वारा विधेयक पेश

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३१ असार  राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ ।  राष्ट्रियसभाको बिहिबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिए । राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यबस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन्..

    वन क्षेत्रको १६ हजार हेक्टर जग्गा अन्य प्रयोजनमा, यस्ता छन् मुख्य कारण !

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३१ साउन  विकास आयोजना निर्माणमा वन क्षेत्रको अवरोध हुने गरेको भन्ने गुनासो भएपनि वन तथा वतावरण मन्त्रालयले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ ।  मन्त्रालयले ५१६ विभिन्न निकायलाई फरक फरक १२ प्रयोजनका लागि सरकारी वन क्षेत्रको उक्त जग्गा प्रयोग गर्न दिएको हो । जसमध्ये सबैभन्दा बढी जलविद्युत् र विद्युत् प्रसारण लाइनको क्षेत्रमा १६४,..

    जाजरकोटमा भएको क्षतिका विषयमा गृहमन्त्री र वनमन्त्रीबीच छलफल

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३१ साउन  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृहमन्त्री रामबहादुर थापासँग जाजरकोटमा भएको क्षतिका विषयमा छलफल गरेका छन् ।  बुधबार भएको छलफलमा क्षतिको यकिन विवरण राहत र पुनःस्थापनाका कार्यक्रम तत्काल बुझेर घोषणा गर्ने विषयमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए ।  जिल्लाको सबै ठाउँमा असिनाका कारण बालीनालीमा भएको क्षति, बाढी पहिरोबाट भएको क्षति लगायत विवरण स्थानीय प्रशासनमार्फत् छिटो लिने काम भइरहेको चर्चा गर्दै..

    ट्रेड युनियन : श्रम क्षेत्रको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३१ साउन  मुलुकका तीन ठूला ट्रेड युनियनले श्रम क्षेत्रको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउन सरकार र रोजगारदातासँग माग गरेका छन् ।  अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन महासङ्घ र नेपाल ट्रेड युनियन काङ्ग्रेसले संयुक्त पत्रकार सम्मेलन गरी उक्त ऐन कार्यान्वयन गर्ने सन्दर्भमा आउने जस्तोसुकै दायित्व निर्वाह गर्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।  उक्त ऐन र श्रम..

    रत्ननगर र आन्दोलनरत ७ दलबीच कर समायोजन गर्ने सहमतिपछि आन्दोलन फिर्ता

    बिहिवार, श्रावन ३१, २०७५ साल
    रत्ननगर, ३१ साउन  रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति भएको छ ।  गए राति सम्पन्न वार्तामा नगर उपप्रमुख विमला दवाडीको नेतृत्वमा विज्ञसहितको समिति गठन गरी बढेको कर समायोजन गर्ने सहमति भएको वार्ता टोलीका सदस्य लालबहादुर भट्टले जानकारी दिए ।  उनका अनुसार कर समायोजन भएपछि अहिले बढी तिरेको करसमेत समायोजन हुनेछ । गए राति वार्तामा विभिन्न ११ बुँदे सहमति भएसँगै..

    सुरक्षा चुनौती: भारतीय प्रधानमन्त्री मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, श्रावण ३१ ।  आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुन गइरहेको बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द भएको जनाइएको छ । चौथो पटक नेपाल आउँदै गरेका मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द हुनुमा सुरक्षा कारण प्रमुख रहेको बुझिएको छ ।  बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा देशका प्रतिनिधि आउने भएकाले..

    कतार जाने युवालाई खुशीको खबर, अब १ रुपैयाँ पनि तिर्नु नपर्ने व्यवस्था लागू हुँदै !

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन  सरकारले मुलुकको विकास र उत्पादनमा प्रयोग गर्ने उद्देश्यले नेपालको श्रमशक्तिसम्बन्धी प्राथमिकता बदल्न लागेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कृषिजन्य वस्तुमा मात्रै नेपालको वार्षिक व्यापार घाटा रु एक खर्ब २५ अर्ब रहेको सन्दर्भमा युवा श्रमिकलाई सीपयुक्त र दक्ष बनाई आर्थिक समृद्धि हासिल गर्न प्राथमिकता बदल्न लागेको बताए ।  नेपालमा पर्याप्त सम्भावना भएको उद्योगधन्दामा श्रम शक्तिको..

    प्रतिवेदन प्रस्तुतिको प्रतीक्षामा इपिजी, टिप्पणी एवं आलोचनाको जवाफदेही नहुने !

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन  नेपाल–भारत सम्बन्धका सबै पक्षबारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सम्बन्धित देशका सरकार प्रमुखसँग प्रतिवेदन प्रस्तुतिको प्रतीक्षा गरिरहेको बताएको छ ।  आफ्नो दुईवर्षे कार्यादेश गत असार १९ गते पूरा गरेको इपिजीले निर्धारित समयभित्रै आफ्नो प्रतिवेदन तयार पारेको स्पष्ट गर्दै दुवै देशका प्रबुद्ध व्यक्तिको समझदारीमा प्रतिवेदनका अन्तर्वस्तु सार्वजनिक नगरिएको पनि जनाएको छ ।  प्रबुद्ध..
    Weather Forecast