शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    अख्तियारको पोखरा कार्यालयद्वारा ६१ प्रतिशत उजुरी फछ्र्योट

    बुधबार, भाद्र ६, २०७५ साल
    पोखरा, ६ भदौ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आर्थिक वर्ष २०७४-७५ मा ६१ प्रतिशत उजुरी फछ्र्योट गरेको छ ।  अघिल्लो आवमा जिम्मेवारी सरेका २४० र आव २०७४-७५ मा नयाँ दर्ता भएका ४९३ सहित ७३३ उजुरीमध्ये ४४६ वटा फछ्र्योट भएको मङ्गलबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा जानकारी दिइयो ।  कार्यालयका उपसचिव रमेश ढकालका अनुसार नवलपुरबाहेकका गण्डकी प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी ३४६ वटा उजुरी..

    गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन्, यो अवस्था रहेसम्म पार्टी बलियो हुदैन – काँग्रेस महामन्त्री कोइराला

    बुधबार, भाद्र ६, २०७५ साल
    नेपालगञ्ज, ६ भदौ  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् ।  नेपाल प्रेस युनियन, बाँकेले बुधबार यहाँ गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ, काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो , यो कुरा नेता, कार्यकर्ताले बुझ्नु पर्छ..

    आधुनिक घरमै आकर्षित ! पर्वतमा लोप हुँदै खरले छाएका घुमाउने घर

    बुधबार, भाद्र ६, २०७५ साल
    पर्वत, ६ भदौ  ग्रामीण भेगका बासिन्दाले परम्परागतरुपमा बनाएका खरले छाएका घुमाउने घर विस्तारै लोप हुँदै गएका छन् ।  घुमाउने घरभित्र अँध्यारा, धेरै कोठा नहुने र छानो छाउन वर्षेपिच्छे झण्झट हुने भएकाले घुमाउने घरप्रतिको आकर्षण घट्दै गएको हो । त्यसो त ग्रामिण क्षेत्रमा समेत आधुनिक सुविधासम्पन्न घर बनाउने चलन बढेकोले परम्परागत घर लोप हुँदै गएको बताइन्छ । केही वर्ष अघिसम्म पर्वतका विभिन्न गाउँमा..

    लालपूर्जा नभएपछि चेपाङले घर बनाउन पाएनन्, भन्छन् - 'चितवन जाँदैनौँ'

    बुधबार, भाद्र ६, २०७५ साल
    धादिङ, ६ भदौ  गाउँबासी सबैको आवास पुनःनिर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक, भैँसे र बाङकूर्तिका चेपाङ समुदाय आक्रोशित भएका छन् ।  भूकम्पले ध्वस्त भएको बस्तीमा पुनःनिर्माण प्राधिकरणबाट आएका प्राविधिक टोलीले घरको सर्वेक्षण गरेर गएपछि अनुदान सम्झौता भए पनि जग्गाको लालपूर्जा नहुँदा उनीहरूले घर बनाउन नपाएको पूर्णबहादुर चेपाङले बताए ।  आवास पुनःनिर्माण सूचीमा नाम भएर पनि घर..

    चिकित्सालय भवनको शिलान्यास गर्न प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

    बुधबार, भाद्र ६, २०७५ साल
    भद्रपुर, ६ भदौ  प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा आएका छन् ।  प्रधानमन्त्री बनेपछि उनि दोस्रोपटक यहाँ आएका हुन् । उनको बुधबार कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए ।  प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्ने छन् । उनले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई..

    के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् !

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ  के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने छ । यदि रोजगार उपलब्ध नभए ‘निर्वाह भत्ता’ दिनेछ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’मा सरकारले बेरोजगार नागरिकलाई एक आर्थिक वर्षमा कम्तीमा १०० दिनको रोजगारीको सुनिश्चितता गराउने व्यवस्था..

    प्रदेशसभामा प्रमले सम्बोधन गर्ने काम विश्वको कुनै मुलुकमा नभएको जिकिर

    मंगलवार, भाद्र ५, २०७५ साल
    महेन्द्रनगर, धनुषा, ५ भदौ  प्रदेश नं २ को मुख्य विपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने काम विश्वको कुनै मुलुकमा नदेखिएको जनाएको छ ।  नेपाल प्रेस युनियन धनुषाद्वारा मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सप्तरीको मलेठ घटना र राजर्षि जनक विश्वविद्यालय सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सही नभएको ठहर गरेको छ ।  प्रदेश नं २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले उनि अंगरक्षकसहित..

    नेपालमा पहिलोपटक पाइपलाइनमार्फत घर-घरमा ग्यास आपूर्ति, प्रधानमन्त्री ओलीले गरे उद्घाटन !

    मंगलवार, भाद्र ५, २०७५ साल
    विराटनगर, ५ भदौ  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन् ।  विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ । अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्यास लगिने प्रतिबद्धता व्यक्त गरेका थिए ।  सो अवसरमा प्रधानमन्त्री..

    गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर उठाएको कामपाले यसपटक १० प्रतिशतले मात्र कर उठाउने

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ  काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको कामपाले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो ।  कामपाले चालु आर्थिक वर्षका लागि नागरिकलाई सहज होस् भन्ने उद्देश्यले विभिन्न सिफारिस दस्तुर निःशुल्क गरेको छ । निःशुल्क गरिएका सिफारिसमा नाबालक, स्वास्थ्य उपचार, अदालत..

    राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौँ राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ । केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार कात्तिक १५ देखि छाप्ने काम शुरु गर्ने र त्यसलगतै वितरण गर्ने तयारी रहेको बताए । ‘‘अहिले परिचय पत्र परीक्षण गर्ने काम भइरहेको छ, कम्पनीले परीक्षण सकेर हामीलाई कात्तिकको दोस्रो..

    स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने मात्र लगाउनुपर्छ : प्रम

    मंगलवार, भाद्र ५, २०७५ साल
    विराटनगर, ५ भदौ   प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिएका छन् ।   विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताए ।  उनले राजश्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए । ..

    डडेल्धुराको भित्री मधेश क्षेत्रका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा, खेतीयोग्य उर्वराभूमी बगरमा परिणत

    मंगलवार, भाद्र ५, २०७५ साल
    डडेल्धुरा, ५ भदौ वर्षेनी बाढीको पीडा भोग्दै आएका डडेल्धुराको भित्री मधेश क्षेत्रका दर्जनौँ गाउँ यसवर्ष पनि बाढीको जोखिममा रहेका छन् ।  भित्री मधेशका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले वर्षेनी यस क्षेत्रका दर्जन गाउँ कटान गदै आएको छ । डडेल्धुरा जिल्लाकै सबै भन्दा बढी विपद् हुने क्षेत्रमा पर्ने परशुराम..

    सबै वडामा रहेको खुल्ला सार्वजनिक स्थानको पहिचान र संरक्षण गर्दै काठमाडौँ महानगरपालिका

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ काठमाडौँ महानगरपालिकाले आफ्नो सबै वडामा रहेको खुल्ला सार्वजनिक स्थानको पहिचान र संरक्षणको कामलाई अघि बढाएको छ ।  ३२ वडा रहेको कामपामा हालसम्मा वडा नं ३, २९ र ६ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा ९ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको कामपा भौतिक पूर्वाधार महाशाखाका..

    'प्रधानमन्त्रीज्यू उपदेश दिन छाड्नुस्, गर्नुपर्ने काम गर्नुस्, अन्तर्वातामा रमाइलो र रोइलो छाड्नुस्'

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौं, ५ भदौ  नेपाली कांग्रेसका सांसद गगन थापाले स्थानीय प्राकृतिक स्रोत तथा वित्त आयोगमा नियुक्ती नगरिएकोमा आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा थापाले प्रधानमन्त्री ओलीको अरूचीले संघीय प्रणालीको भविष्य अन्यौलमा परेको बताए। ‘प्रधानमन्त्रीको संघीयताको अरूचीले संघीय प्रणालीको भविष्यमा अन्यौल श्रृजना भएको छ’, थापाले भने, ‘उदाहरण हो करको कोलाहाल।’ उनले संविधानले प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था गरेको तर नियुक्ती नभएकोमा आश्चर्य प्रकट गरे। ‘यो..

    राष्ट्रियसभा बैठक : ३ विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाइयो

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ राष्ट्रियसभाले विभिन्न शीर्षकका तीन विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।  उक्त सभाको आज बसेको बैठकले विषयगत समितिमा पठाएका विधेयकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन), वातावरण संरक्षण (पहिलो संशोधन) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन)  विधेयक २०७५ हुन् ।  ती विधेयलाई क्रमशः महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र वन..

    सत्तारुढ दलका सांसदले माइतीघर मण्डलामा ‘नाङ्गो प्रदर्शन’ भएको टिप्पणी गरेपछि .....

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौं, ५ भदौ सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले माइतीघर मण्डलामा ‘नाङ्गो प्रदर्शन’ भएको टिप्पणी गरेका छन् । तर, प्रमुख विपक्षी दलकी सचेतक पुष्पा भुसालले गैरसंसदीय शब्द प्रयोग भएको भन्दै आपत्ति जनाइन् । मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले बलात्कारीलाई हैदसम्मको कारबाही गर्नुपर्ने बताए । उनले संविधानमा फाँसीको व्यवस्था गर्न तयार हुनुहुन्छ भनेर प्रमुख विपक्षीलाई प्रश्नसमेत गरेका छन् । अधिकारीले प्रश्न गरे,..

    गृह मन्त्रालयले दिएको जानकारी अनुसार विपद्बाट २ अर्ब बढीको क्षति

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ  विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र रु दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ ।  गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट रु दुई अर्ब आठ करोड ५७ लाख ४० हजार ५०८ बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ । आगालागी, हावाहुरी, बाढीपहिरो, चट्याङ, असिनापानी लगायतका घटनाबाट उक्त क्षति भएको..

    तरकारीमा सिन्डिकेट : आजदेखि देशभर फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भाद्र   नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले मंगलबारदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा सोमबार बिहान सरकारले अनुगमनको क्रममा पक्राउ गरेका ब्यापारीलाई रिहा गर्नुपर्ने माग राख्दै महासंघले मंगलबारदेखि देशभरका बजारमा फलफूलको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको हो । सोमबार बिहान कालिमाटी..

    विराटनगरमा ३५ घरमा गोबर ग्यास, प्रधानमन्त्री ओली उद्घाटन गर्न जाँदै

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौं, ५ भदौ  प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार गोबर ग्यासको उद्घाटन गर्न विराटनगर जाँदै छन् । विराटनगर उपमहानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरी उत्पादन गरिएको वायोग्यासको मंगलबार उद्घाटन गर्न लागिएको हो । तत्कालीन जिल्ला विकास समितिअन्तर्गत वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले गौशालामा ८४ लाखमा ग्यास उत्पादन गरेको हो । उक्त ग्यास पहिलो चरणमा स्थानीयका ३५ घरमा जडान गरिएको छ । गोबर ग्यास उद्घाटन..

    औद्योगिक क्षेत्र सुधारसम्बन्धी माग सहित अनिश्चितकालीन तालाबन्दी र धर्ना

    मंगलवार, भाद्र ५, २०७५ साल
    राजविराज, ५ भदौ   औद्योगिक क्षेत्र सुधारसम्बन्धी विभिन्न माग सहित सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ ।  उक्त क्षेत्रका उद्योग सञ्चालकहरू व्यवस्थापनसमक्ष छ बुँदे माग प्रस्तुत गर्दै मूलढोकामै धर्नामा बसेका छन् । उद्योग भित्र नियमित विद्युत् आपूर्तिका लागि छुट्टै फिडरको व्यवस्था गर्नुपर्ने, गत वर्ष बाढीले भत्काएको उद्योगको पर्खाल निर्माण गर्नुपर्ने, सामान्य वर्षामा पनि औद्यौगिक क्षेत्र डुबानमा..

    नेपालको संविधानमा व्यवस्था - अब प्रदूषणबाट पीडितले क्षतिपूर्ति पाउने !

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ  नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति पाउने भएका छन् ।  त्यसको लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गर्न ‘वातावरण संरक्षण ऐन, २०५३ मा आवश्यक संशोधन गर्ने तयारी थालेको छ । पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति पाउने व्यवस्था गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण ऐन, २०५३ लाई संशोधन..

    कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाका जाहेरवाला “नुरप्रसाद” अदालतमा अनुपस्थित

    मंगलवार, भाद्र ५, २०७५ साल
    चितवन, ५ भदौ : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारी अदालतमा उपस्थित भएनन् । अदालतले उनलाई सोमबार  हाजिर हुन मिति दिएको थियो ।  चितवन जिल्ला अदालतले साउन २० गते नुरप्रसादलाई भदौ ४ गते अदालतमा झिकाउन आदेश गरेको थियो । अदालतको आदेशपछि नुरप्रसादको गोरखास्थित घरमा रितपूर्वक मिति तामेली गरिएको अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । तोकिएको..

    विप्लवका प्रवक्ता ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौँ : सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।  न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले सोमबार  विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको हो । विश्वकर्माका तर्फबाट वीरेन्द्र विश्वकर्माले गैरकानूनी रुपमा पक्राउ गरी थुनामा..

    गण्डकी प्रदेश सरकारद्वारा जनगुनासो सुन्न ‘हेल्लो मुख्यमन्त्री’ सेवा आरम्भ

    सोमबार, भाद्र ४, २०७५ साल
    पोखरा, ४ भदौ : गण्डकी प्रदेश सरकारले सोमबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ टेलिफोन सेवा प्रारम्भ गरेको छ ।  सेवा शुरु भएसँगै टेलिफोन नं १०९४ मा फोन गरेर सर्वसाधारणले समस्या एवं गुनासो मुख्यमन्त्रीसमक्ष पुर्याउन सक्नेछन् ।  गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा सर्वसाधारणको गुनासोको सुनुवाइ र सम्बोधनका लागि ‘हेल्लो मुख्यमन्त्री’ विद्युतीय प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने छ ।  प्रदेश सरकारका काम कारवाहीका साथै सुझाव, प्रतिक्रिया,..

    सुर्खेत क्षेत्रीय अस्पतालमा आगलागी, विद्युत चुहिएर दुर्घटना भएको आशंका

    सोमबार, भाद्र ४, २०७५ साल
    वीरेन्द्रनगर, ४ भदौ  मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा सोमबार अपराह्न आगलागी भएको छ ।  अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ ।  आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिइ । उनका अनुसार आगलागीबाट रु १२ लाखको जेनेरेटरमा क्षति भएको छ ।  आगलागीबाट मानवीय क्षती..

    उदयपुरमा बालविवाह नियन्त्रण गर्न बालबालिका नै सक्रिय भए !

    सोमबार, भाद्र ४, २०७५ साल
    उदयपुर, ४ भदौ जिल्लाका विभिन्न भागमा बालविवाह बढेपछि अहिले ती स्थानका बालबालिका आफै बालविवाह नियन्त्रणमा सक्रिय हुन थालेका छन् ।  जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ८ र ९ राजावास तथा चुहाडे क्षेत्रका दनुवार बस्तीमा बालविवाह बढेकाले अहिले त्यहाँका बालबालिका आफै त्यस्तो विवाह नियन्त्रण गर्न सक्रिय भएका हुन् । राजाबासका २० वर्षीय दिपा दनुवार भन्छिन्, ‘तीन वर्षभित्र हामीजस्ता विद्यालय अध्ययन गर्ने..

    ‘धारो उद्घाटन’ भाइरल : वास्तविकता नलुकाईएको दृश्य, पढ्दा हाँसो उठ्ने तर वास्तविक !

    सोमबार, भाद्र ४, २०७५ साल
    गुल्मी, ४ भदौ   प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ । पुष्पकमल दाहाल प्रचण्डको पालासम्म सामान्य जारकै पानी प्रयोग हुन्थ्यो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बजारमा बिक्रीका लागि राखिएका पानी र दूधमा कोलिफर्म भेटिएको समाचार आएपछि अक्वा हन्ड्रेड प्रयोग गर्न थालिएको हो । मन्त्रीकै..

    प्रधानमन्त्री निवासको धारोमा आउँदैन पानी, महंगो जारको पानीले पाक्छ खाना !

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ । देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । पुष्पकमल दाहाल प्रचण्डको पालासम्म..

    बिम्स्टेक महासन्धिको प्रस्ताव बहुमतले अनुमोदन, समान धारणा बनाउन महासन्धि जरुरी रहेको भनाई

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ प्रतिनिधिसभाको सोमबारको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको छ ।  सो महासन्धिका बारेमा सांसद देवप्रसाद गुरुङ, प्रेम सुवाललगायतले आआफ्नो विचार व्यक्त गरे । गृहमन्त्री थापाले आतङ्कवादको स्वरुपसमेत बदलिएको छ भन्दै सो सम्बन्धमा बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको..

    सबै भूगोललाई समान विकासमा जोड दिइएको छ : मन्त्री गोकुल बाँस्कोटा

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने कार्ययोजना बनाइ अगाडि बढिरहेको बताएका छन् ।  उनले भने, “सञ्चार तथा सूचना प्रविधिको विकास तथा विस्तार कार्यलार्ई द्रुत गतिमा अगाडि बढाउन मन्त्रालयले कार्ययोजना बनाइ तोकिएको अवधिमा तोकिएको काम सम्पादन गर्नेछ । ” सङ्घीय संसद् विकास तथा प्रविधि समितिको सोमबारको बैठकलाई सम्बोधन गर्दे..
    Weather Forecast