बुधबार, मंसिर ४, २०७६

    राज्य-समाज

    सहिद दिवसमा सार्वजनिक बिदा दिने प्रदेश ३ सरकारको निर्णय

    बिहिवार, माघ १०, २०७५ साल
    हेटौडा, १० माघ । माघ १६ गते  परेको सहिद दिवसका दिन प्रदेश नम्बर ३ को सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ३ नम्बरका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले सहिदहरुको सम्मान गर्ने बिदा दिने  निर्णय गरेको हो ।   बैकठले आर्थिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको बिशेष अनुदान अन्तर्गतका योजना तथा कार्यक्रम स्वीकृत गर्ने  र नेपाल सरकारबाट प्रदान गरिने समपुरक..

    अन्तत: सर्वसाधरण कुट्ने २ प्रहरी जवानलाई निलम्बन, अनुसन्धान थालियो

    बिहिवार, माघ १०, २०७५ साल
    गलकोट, १० माघ : सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ ।  विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारवाहीका लागि दुवै जनालाई निलम्बन गरिएको..

    प्रदेश नं ३ : यातायात व्यवस्था सेवा कार्यालय प्रारम्भ, छिट्टै लाइसेन्स पनि नवीकरण गर्ने

    बिहिवार, माघ १०, २०७५ साल
    हेटौँडा, ९ माघ    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सेवा विस्तार भएपछि प्रायः सबै अधिकार प्रदेशमा आइसकेको बताउनुभएको छ ।    प्रदेश कार्यालय स्थापना भएपछिको बुधबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “यो प्रदेश सरकारको ठूलो उपलब्धि हो ।” मुख्यमन्त्री पौडेलले यस कार्यालबाट धेरैभन्दा धेरै सेवाग्राहीले सेवा प्राप्त गर्ने विश्वास गर्नुभयो ।    सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्नेतर्फ सचेत रहन..

    गोर्खा-मुगलयुद्धको २ सय ५६ वर्ष : मकवानपुरगढी विजयोत्सव, यस्तो छ इतिहास !

    बुधबार, माघ ९, २०७५ साल
    हेटौँडा, ९ माघ  गोर्खाली सेनाले आधुनिक युरोपेली हातहतियारसहित मकवानपुरको सहयोगमा आएका बङ्गाली सेनालाई पराजित गरेको दिन बुधबार नेपाली स्वाभिमानको दिन पनि हो । नेपाल एकीकरणका लागि आवश्यक ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप नेपालले आजको दिन हात पारेको थियो ।    शत्रु मारिएको दिन : इतिहासका जानकार केदार न्यौपानेका अनुसार विसं १८१९ माघ १० गते नेपालको इतिहासमा सबैभन्दा बढी एक हजार ७००..

    निर्मला पन्तलाई न्याय र डा. केसीका मागहरु पुरा गर्न भन्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन (फोटोफिचर)

    बुधबार, माघ ९, २०७५ साल
    काठमाडौँ, ९ माघ बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी निर्मला पन्तलाई न्याय र प्रा डा गोविन्द केसीका मागहरु पुरा गर्न भन्दै नेपाल विद्यार्थी संघले सरकार विरुद्ध प्रर्दशन गरेको छ । माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्म नेविसंघले बुधबार र्‍याली निकाल्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघका महासचिव कुन्दनराज काफ्लेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको महिनौँ बितिसक्दा समेत हत्यारा पक्राउ नहुनु र जनतामुखी चिकित्सा शिक्षा विधेयक..

    तस्विरमा हेर्नुहोस् काठमाडौँकाे हिउँदे बर्षा, साझसम्म नरोकिने

    बुधबार, माघ ९, २०७५ साल
    काठमाडौँ, ९ माघ बुधबार उपत्यकामा समेत हल्का बर्षा भएको छ । सोमबारदेखि नै सुदुरपश्चिम र मध्य क्षेत्रका हिमाली र उच्च पहाडी स्थानहरुमा हिमपात पनि भइरहेको छ। उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रमा बुधबार बेलुकासम्म नै पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ। विभागले मध्य भागका अधिकांश क्षेत्र र पश्चिमका धेरैजसो भागमा साँझसम्मै वर्षा हुने बताएको हो । काठमाडौंमा बुधबार ६ः३० बजेसम्म ५.५ मिलिलिटर..

    डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

    बुधबार, माघ ९, २०७५ साल
    डाभोस, (स्वीटजरल्याण्ड), ९ माघ  विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ ।  माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्नेमा चिन्तन मनन गर्न यी उच्च प्रतिनिधि व्यस्त रहेका छन् । यतिबेला, करीब ११ हजार मात्र..

    विभिन्न स्थानमा वर्षा र हिमपात, चिप्लेटी खेल्दै पर्यटक, देश नै रुझायो हिउँदे पानीले ! [भिडीयोसहित]

    बुधबार, माघ ९, २०७५ साल
    मुस्ताङ, ९ माघ  मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । सडकमा एक फिटसम्म बाक्लो हिउँ जमेको..

    शिक्षा र स्वास्थ्यमा व्यापार सदाका निम्ति बन्द हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा

    मंगलवार, माघ ८, २०७५ साल
    काभ्रेपलाञ्चोक, ८ माघ  स् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताउनुभएको छ ।  मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा..

    विश्व आर्थिक मञ्चमा प्रम ओली, राष्ट्रपतिद्वारा स्वागत, विविध विषयमा विचारविमर्श

    मंगलवार, माघ ८, २०७५ साल
    डाभोस (स्विट्जरल्याण्ड), ८ माघ  प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान प्रारम्भ भएको विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुभएको छ ।  परम्परागत स्विस गीतसङ्गीतको प्रस्तुतिबाट शुरु भएको बैठकमा उपस्थित विश्वका विभिन्न मुलकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको स्विट्जरल्याण्डका राष्ट्रपतिले स्वागत गर्नुभएको थियो । स्वागतका क्रममा उहाँले सार्वजनिक–निजी साझेदारी र सहयोग प्रवद्र्धन गर्ने उक्त अन्तरराष्ट्रिय मञ्चलाई वर्तमान विश्वले बेहोर्नुपरेका..

    ‘ठूला नेता मिलेका साढे ४ अरब निलेका’ भन्दै धर्ना दिँदै आएका २१ अभियानकर्मी पक्राउ

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौँ, ८ माघ  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् । ठूला नेता मिलेका साढे ४ अरब निलेका भन्ने नारा लाउँदै प्रदर्शन गर्ने २१ अधिकारकर्मीलाई प्रहरीले संघीय संसद भवन नयाँबानेश्वरबाट गिरफ्तार गरेको छ ।  प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष..

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदेशबाटै श्रम स्वीकृति दिइने, राजधानी धाउनुपर्ने बाध्यता हट्यो

    मंगलवार, माघ ८, २०७५ साल
    अत्तरिया, ८ माघ  सुदूरपश्चिम प्रदेशमा यो हप्ताभित्रै श्रम स्वीकृति दिने तयारी भइरहेको छ ।  वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताउनुभयो ।  उहाँले शुक्रबारदेखि श्रम स्वीकृति दिने तयारी भइरहेको जानकारी दिनुभयो । प्रदेशबाटै श्रम स्वीकृति दिइने भएपछि विभिन्न जिल्लाबाट श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने बाध्यता..

    के राप्रपा काङ्ग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बन्न सक्छ ? कमल थापा यसो भन्छन् ...

    मंगलवार, माघ ८, २०७५ साल
    हेटौँडा, ८ माघ  राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उहाँले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भन्नुभयोे ।  ‘हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा आज आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष..

    नेपाली युवा - वैदेशीक रोजगारको रंगीन सपना र लाचार सरकार, कहिले बन्ला सुखी नेपाल ?

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौँ, ८ माघ  प्रत्येक दिन जस्तो नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशीक रोजगारको सपना वुनेर नेपाली युवाहरु लामवद्ध छन् । देशमा रोजगार नपाउनुको पीडा एकातिर छ भने अर्कोतिर अस्थीर राजनीतिले युवाहरु निराश वन्दै गईरहेका छन् । देशमै केहि गर्ने ईच्छालाई एकातिर पन्छाएर नेपाली युवाहरु खाडी राष्ट्रमा तल्लो स्तरको श्रम गर्न जानुपर्ने वाध्यताले गाँजीरहेको छ ।  उता देशलाई विकासको पगरीमा पुराउछु भनेर भाषणमा नथाक्ने हाम्रा..

    देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने, हिमाली भेगमा हिमपातको सम्भावना

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौँ, ८ माघ  मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।  पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी भेगतिर मध्यम खालको हिमपात हुने मौसमविद्..

    काठमाडौंलाई नै केन्द्रविन्दु बनाएर भूकम्प, धक्का महसुस, मापन केन्द्रले दियो यस्तो जानकारी !

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौं, ८ माघ  काठमाडौं उपत्यकालाई केन्द्रविन्दु मंगलबार भूकम्पको गएको छ । काठमाडौं उपत्यकामा धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २६ मिनेटमा ३ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । काठमाडौंलाई नै केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।..

    चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी, कांग्रेसले आज पनि संसद चल्न नदिने

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौं, ८ माघ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभाको सोमबारका बैठकहरु अवरुद्ध भएकोमा सत्तापक्ष र विपक्षबीच अझै पनि ठोस सहमति हुन सकेको छैन । मंगलबार दिउँसो ३ बजे सम्मका लागि स्थगित प्रतिनिधिसभाको बैठक अझै पनि चल्ने कि नचल्ने भन्ने बारेमा अन्योल देखिएको छ  । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कुराकानीमा सत्तापक्षले ठोस जवाफ नदिएकाले आफूहरु..

    प्रधानमन्त्री ओलीको टोली डाभोसमा, आज बिहानको सत्रलाई सम्बोधन गर्दै

    मंगलवार, माघ ८, २०७५ साल
    डाभोस स्विटजरल्याण्ड, ८ माघ : प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अपराह्न यहाँ आइपुग्नुभयो ।  प्रधानमन्त्री ओलीले मंगलबार बिहान मञ्चको ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक पूर्णसत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।  प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई जुरिच अन्तर्राष्ट्रिय विमानस्थलमा स्विटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले स्वागत गर्नुभएको थियो ।  प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँका धर्मपत्नी श्रीमती राधिका..

    सङ्घीय फोरमलाई अर्को सफलता, दाहाल नेतृत्वको कम्युनिष्ट केन्द्र समाहित

    सोमबार, माघ ७, २०७५ साल
    काठमाडौँ, ७ माघ : सङ्घीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी–कम्युनिष्ट केन्द्र) समाहित भएको छ ।  दाहालले सर्वहारा जनताको अधिकार, सङ्घीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढङ्गले उठाएकाले समाहित भएको बताउनुभयो । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि विसं २०६२ मा केशव दाहालको नेतृत्वमा उक्त पार्टी स्थापना गरिएको थियो ।  सोमबार यहाँ आयोजित कार्यक्रममा फोरम नेपालमा केशव दाहाल नेतृत्वको नेकपा..

    घरआँगनमै मधेश सरकार : सङ्घीयताको उपलब्धि हुँदै, बासिन्दाद्वारा खुशी ब्यक्त

    सोमबार, माघ ७, २०७५ साल
    वीरगञ्ज, ७ माघ  पश्चिमी पर्सास्थित ठोरी गाउँपालिका–४ बस्ने मोहन श्रेष्ठकी छोरी कृतिले सर्वसुलभ तरिकाबाट वंशजको नागरिकता पाउँदा घरआँगनमै मधेश सरकार आएको भनी खुशी ब्यक्त गरेकी छन् ।  विसं २०६३ यता आफनो अधिकारका लागि भएको तीन चरणको मधेश आन्दोनलको उपलब्धिका रुपमा घरआँगनमै मधेश सरकार आएपछिको परिणाम कृतिले घरदैलामा आधाघण्टामै वंशजको नागरिकता पाउनु हो ।  बलिदानीपूर्ण सङ्घर्षको यात्राबाट सङ्घीयता व्यावहारिक रुपमै संस्थागत भएपछि पश्चिमी पर्साको..

    कम्युनिष्ट प्रधानमन्त्री ओली 'डाभोस'को पुँजीवादी सम्मेलनमा जानुको के औचित्य ?

    सोमबार, माघ ७, २०७५ साल
    काठमाडौँ, ७ माघ विश्व आर्थिक मञ्चको चार दशक लामो इतिहासमा पहिलोपटक सहभागी हुन भन्दै प्रधानमन्त्री केपी ओली डाभोस जान लागेका बेला सो भ्रमणबाट नेपालले के उपलब्धि हासिल गर्न खोजेको भन्ने स्पष्ट नभएको टिप्पणी भइरहेको छ। सरकारी अधिकारीहरूले त्यसलाई देशमा संविधान जारी भएपछि स्थायित्वतर्फ अगाडि बढेको सन्देश दिने अवसरका रूपमा लिएको बताएका छन्। आफूहरूलाई मञ्चले निम्ता दिनुको कारण समेत सोही प्रगति सुन्न चाहनु रहेको..

    नेपाली काङ्ग्रेसको अवरोधको कारण राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित

    सोमबार, माघ ७, २०७५ साल
    काठमाडौँ, ७ माघ  राष्ट्रियसभाको आजको दोस्रो बैठकसमेत प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरुद्ध गरेको छ ।  आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको पहिलो बैठक अवरुद्ध गरेको काङ्ग्रेसले दोस्रो बैठकमा समेत अवरोध जारी राखेको हो ।  दोस्रो बैठक शुरु हुने बित्तिकै काङ्ग्रेसका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो ।..

    काङ्ग्रेसद्वारा राष्ट्रियसभाको बैठक शुरु हुने बित्तिकै अवरुद्ध, सांसद १५ मिनेट उभिएको उभियै

    सोमबार, माघ ७, २०७५ साल
    काठमाडौँ, ७ माघ  नेपाली काङ्ग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।  मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले नगरेको बताइन्छ ।  राष्ट्रियसभाको सोमबारको..

    चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची आज, डा केसीकाे अनशन तोडिएला ?

    सोमबार, माघ ७, २०७५ साल
    काठमाडौँ,  ७ माघ ।  राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ । सोमबारबस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारितका लागि प्रस्ताव गर्नुहुने भएको हो । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त..

    जनप्रतिनिधिको सराहनीय कार्य, आफूले पाएको सुविधा जनताको सेवामा

    सोमबार, माघ ७, २०७५ साल
    गलेश्वर, ७ माघ  विलासी साधन र सुविधाको दुरुपयोगका कारण आलोचित बन्दै गएका जनप्रतिनिधिका बीच म्याग्दीका तीन जनप्रतिनिधिले आफूले पाएको सुविधा पनि जनताको सेवाका लागि खर्च गरेर उदाहरणीय बनेका छन् ।  म्याग्दीको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफूले पाउने सुविधा जनताको सेवाका लागि खर्च गर्ने गरेका हुन् ।  यी तीनजना जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत..

    प्रधानमन्त्री ओली कतारको दोहामा, भ्रमण टोली आजै जुरिचतर्फ प्रस्थान गर्ने

    सोमबार, माघ ७, २०७५ साल
    दोहा, कतार, ७ माघ : प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्डको डाभोस जाने सिलसिलामा आज बिहान कतारको राजधानी दोहा आइपुग्नुभयो ।  प्रधानमन्त्री ओलीलाई दोहा विमानस्थलमा कतारका लागि नेपालका राजदूत प्रा डा रमेशप्रसाद कोइराला तथा दूतावासका कर्मचारीले स्वागत गर्नुभएको थियो ।  प्रधानमन्त्रीको २० सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका..

    ओलीको अनुपस्थितिमा रक्षामन्त्री ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री

    सोमबार, माघ ७, २०७५ साल
    काठमाडौँ, ६ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीट्जरल्याण्ड भ्रमण अवधिभर उहाँको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहकको जिम्मेवारी तोकिएको छ ।  स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएकाले संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोक्नुभएको..

    सम्बैधानिक परिषदको बैठकद्वारा ५ आयोगका प्रमुखको नाम सिफारिस

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौं, ६ माघ संवैधानिक परिषद्ले पाँच आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको छ । आइतबार बसेको परिषदको बैठकले पाँच जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रमुखमा पर्वतका बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा प्यूठानका शान्तराज सुवेदी छन् । यसैगरी मधेशी आयोगमा धनुषाका डा बिजयकुमार दत्त, थारु आयोगमा बर्दियाका बिष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा काठमाडौँका समिम अन्सारी..

    प्रधानन्यायाधीश जबरा 'सरसफाइ'मा ! बिचौलियालाई कानूनी दायरामा ल्याउने तयारी

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौँ, ६ माघ  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताउनुभएको छ ।  संवैधानिक तथा कानून पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहित टोलीसँग आईतबार भएको भेटमा उहाँले सर्वोच्च अदालतको पूर्ण बैठकबाट ऐन संशोधन गरी न्याय सम्पादनमा अदालतको गरिमामा आँच पुर्याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तगर्त कारवाही गरिने बताउनुभयो । विस्तृत समाचार आगामी बुलेटिनमा आउने छ । ..

    प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान, धर्मपत्नीदेखि अर्थमन्त्रीसम्म सहभागी

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौँ, ६ माघ प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आईतबार उहाँलाई सभामुख कृष्णबहादुर महरा र उपप्रधानमन्त्री ईश्वर पोखरेलले विदाई गर्नुभयो । सो अवसरमा मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, विभिन्न मुलुकका कूटनीतिक..
    Weather Forecast