बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    सांसदको र्‍याखर्‍याख्तीपछि आईजिपी खनालको चुनौती - कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौँ, २४ मङ्सिर  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन् ।  राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताए ।  महानिरीक्षक खनालले भने, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर..

    अन्तरप्रदेश समन्वय परिषद्को बैठक सकियो, गृहमन्त्रीको नेतृत्वमा कार्यदल गठन

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौँ, २४ मङ्सिर अन्तरप्रदेश समन्वय परिषद्को बैठकमा मुख्यमन्त्रीहरुले बोल्ने क्रम सकिएको छ। बैठकमा मुख्यमन्त्रीहरुले प्रदेशहरुका समस्या समाधानका लागि ठोस, तार्किक र सामथ्र्यसहितको सम्बोधनतर्फ जानुपर्ने बताएका छन्। त्यसका निम्ति एक हप्ताको समय दिएर ५ सदस्यीय कार्यदल गठन गर्दै बैठक सकिएको छ। छलफलका निष्कर्षलाई समेटेर कार्यदलले त्यसलाई कार्यान्वयनमा लैजानका लागि एक प्रतिवेदन बनाउने छ।  गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल बनाइएको हो। अर्थमन्त्री युवराज खतिवडा,..

    निर्मलाको न्यायका लागि बालुवाटारमा धर्ना, मानव अधिकारकर्मी प्रहरी नियन्त्रणमा

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौं, २४ मंसिर काठमाडौंको बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा उनीहरु कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिन पुगेका थिए ।  निषेधित क्षेत्र तोड्न खोजेसँगै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  गत  साउन १०  निर्मला पन्तको बलात्कार पश्चात..

    केरूङ-काठमाडौं रेलबारे चीनसँग आज वार्ता, दुबै देशका २ दर्जन बढी अधिकारीहरू सहभागी

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौ, २४ मंसिर  नेपाल र चिनियाँ अधिकारीबीच केरूङ-काठमाडौं रेलमार्गबारे सोमबार वार्ता हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहान ११ बजे हुने वार्तामा दुबै देशका दुई दर्जन बढी अधिकारीहरू सहभागी हुनेछन् । नेपाली पक्षको नेतृत्व मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गरेका छन् ।  वार्ताका लागि चीनको राष्ट्रिय रेल प्रशासनका १५ जना अधिकारीहरू आइतबार नेपाल आएका छन् । मन्त्रालयमा हुने वार्तामा यसअघि चिनियाँ पक्षले गरेको रेलमार्गको पूर्वसम्भाव्यता..

    विद्यार्थीमाथि बेइमानी : कक्षा ११ को नतिजाविरुद्ध गण्डकीका २७ सय विद्यार्थी आन्दोलनमा

    आईतवार, मंसिर २३, २०७५ साल
    पोखरा, २३ मङ्सिर   कक्षा ११ को राष्ट्रिय परीक्षा बोर्डले लिएको विज्ञान विषयको नतिजामा गम्भीर लापरवाही भेटिएको छ । गण्डकी प्रदेशभरका विद्यार्थीको नतिजा बिग्रेर आएको भन्दै विद्यार्थी, अभिभावक र शिक्षण संस्था लगातार आन्दोलनमा छन् ।  विद्यार्थीहरु आफूले लेखेको र प्राप्त गर्ने आत्मविश्वास गरेको ग्रेडभन्दा अनपेक्षित कम हुँदा भविष्य नै अन्धकारमा पर्ने चिन्ताले पिरोलेको बताउँछन् । अपेक्षाकृता नतिजा नआएपछि बोर्ड लगायत सम्बन्धित निकायसँग छलफल गरी..

    स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता टुङ्गो लाग्छ : अध्यक्ष दाहाल

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठकले जिल्ला र जनसङ्गठनको एकताको टुङ्गो लाग्ने बताउएका छन् ।  मङ्सिर २९ गते स्थानीय कमिटीको बैठक बोलाइएको जानकारी दिँदै अध्यक्ष दाहालले प्रदेश कमिटीको टुङ्गो लागिसकेकाले आगामी स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता गर्ने लक्ष्य बनाएको जानकारी दिए ।  जनसांस्कृतिक महासङ्घ नेपालद्वारा जनगायक स्व खुशीराम पाख्रीनको स्मृतिमा आईतबार राजधानीमा भएको सांस्कृतिक..

    संक्रमणकाल अन्त्यको १ वर्ष पुरा हुँदापनि किन फाटेन अस्थिरताको बादल ? खोई प्रादेशिक संसद्, गाउँमा सिंहदरबार !

    आईतवार, मंसिर २३, २०७५ साल
    मंसिर, २३ मङ्सिर २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन मुलुकमा राजनीति स्थायित्वका लागि कोशेढुङ्गा सावित भएको थियो । काठमाडौं–संक्रमणकाल अन्त्यका लागि प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको एकवर्ष पूरा भएको छ । नयाँ संविधानमा भएको व्यवस्था अनुसार तीनवटै तहको निर्वाचन सम्पन्न भएको अवस्थालाई संक्रमणकाल अन्त्यको रूपमा घोषणा गरिएको थियो ।  त्रिशंकु संसदको खतरा आउन नदिन विवेकशील जनताले एउटा गठबन्धनलाई..

    निर्मला हत्या प्रकरणका आरोपित निर्दोष हुने संकेत ! अपराध स्वीकार गरेका २ अभियुक्त घटना हुँदा थुनामा

    आईतवार, मंसिर २३, २०७५ साल
    कञ्चनपुर, २३ मङ्सिर ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न भएका आरोपित निर्दोष हुने संकेत देखिएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पछिल्लो समय झन् पेचिलो बन्दै गएको छ । पछिल्लो समय प्रहरीले पक्राउ गरेको दुई युवा विशाल चौधरी र प्रदीप रावललाई उक्त घटना भएको बेला प्रहरी हिरासतमै रहेको भन्ने खुल्न आएपछि घटनाको अनुसन्धान र..

    ७०औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, ओझेलमा द्वन्द्वपीडित, न्यायको खोजीमा भौतारिदै

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर   नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि द्वन्द्वपीडित अझै न्यायको खोजीमा छन् ।    नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौतापछि सेना समायोजन र हतियार व्यवस्थापन जस्ता जटिल विषय निष्कर्षमा पुग्यो । जुन ठूलो उपलब्धि हो । तर ७०औँ अन्तर्राष्ट्रिय..

    प्रस्तावित राजदूत आचार्य भन्छन् - नेपाल-चीन सम्बन्धको अर्थ भारतसँग कटौती होइन, आशंका चिर्नुपर्छ

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौं, २३ मंसिर  भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले नेपालको चीनसँगको सम्बन्धको अर्थ भारतसँगको सम्बन्धको कटौती नभएको बताएका छन् । आइतबार भएको आफ्नो संसदीय सुनुवाइ क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै पूर्वमन्त्री समेत रहेका आचार्यले राजदूतको रूपमा आफूले यही सन्देश भारतीय नेतृत्वलाई दिने बताए। ‘राजदूतले आफ्नो देशको अरू देशसँगको सम्बन्ध कुनै देशविरूद्ध होइन भन्ने मनाउन सक्नुपर्छ,’ आचार्यले भने,  ‘हाम्रो चीनसँगको सम्बन्धले भारतसँगको सम्बन्ध..

    नवलपुरमा मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आईतवार, मंसिर २३, २०७५ साल
    नवलपुर, २३ मङ्सिर मानव अधिकार राष्ट्रिय महाभेला २०७५ अन्तर्गत गण्डकी  प्रदेशमा पनि विभिन्न कार्यक्रमहरु शरु भएका छन्। यसै सन्दर्भमा नवलपुरमा मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  ।  मानवअधिकारसंग सम्बन्धित विभिन्न सरोकारवालाहरुको सहभागितामा मानवअधिकारको संरक्षण, पालन, स्थायित्वका लागि सबै आ- आफ्नो ठाउँ बाट लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा नवलपुर प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश निर्देशक, मानव अधिकार माहाभेला..

    असन्तुष्ट शीर्ष नेतासँग छलफल गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्ट शीर्ष नेतासँग छलफल सुरु गरेका छन्।  सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायत नेतालाई विधानमाथि छलफल गर्न आइतबार पार्टी कार्यालयमा बोलाएका हुन्।  शनिबार मात्र पार्टी विधानमाथिको छलफल सकिएपछि देउवाले दुवै धारका नेतालाई बोलाएर छलफल सुरु गरेका हुन्। विधानमाथिको छलफलमा सभापति देउवा र इतर पक्षका नेताले फरकफरक धारणा राखेपछि कांग्रेसमा विवाद चुलिएको..

    प्रदेश नं ३ मा विषयगत कार्यालयहरू स्थापना, सरकारलाई काम गर्न सहज हुदै

    आईतवार, मंसिर २३, २०७५ साल
    हेटौँडा, २३ मङ्सिर  प्रदेश नं ३ सरकारले मन्त्रालय मातहत रहने कार्यालयहरूको स्थापना गरेको छ । प्रदेशभित्रका सबै जिल्लासँग नजिक रहेर सेवा प्रवाह गर्न सरकारका विषयगत मन्त्रालयले कार्यालयहरू स्थापना गरेका हुन् ।  विभिन्न मन्त्रालयगत ती कार्यालय स्थापना भएसँगै सरकारलाई बजेट कार्यान्वयनमा मद्दत पुगेको छ । स्थानीयस्तरमा आफ्ना अलग्गै संरचना नहुँदा प्रदेश सरकारलाई गत आर्थिक वर्षको अन्तरिम बजेट खर्च गर्न समस्या भएको थियो ।  सङ्घअन्तर्गतका..

    फोरम–राजपा एकता : उपेन्द्रले सरकार छाड्नुपर्ने सर्त, के होला अब सरकारी समिकरण ?

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर उपेन्द्र नेतृत्व संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल लगायत मुद्दा र विचार मिल्ने अन्य दलसँग एकीकरणका लागि वार्ता समिति गठन गरेको छ । यसको  स्वागत गरेको छ ।  राजपा नेपालले समितिको स्वागत गरेपनि वार्ताका लागि फोरम सरकारबाट फिर्ता हुनुपर्ने सर्त अघि सारेको छ ।  राजपा नेपालका संयोजक राजेन्द्र महतोले फोरम नेपाल सरकारमा रहेसम्म वार्ता हुन नसक्ने प्रतिकृया दिएका छन् ।  उनले..

    भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म अवलोकन गरिदिन प्रधानमन्त्रीको आग्रह [तस्वीर सहित]

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि आईतबार सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता दोहोर्याउनु भएको हो ।  उनले भने, “भ्रष्टाचार गर्न दिन्न भन्ने सङ्कल्प शतप्रतिशत कार्यान्वयन..

    प्रधानमन्त्रीबिरुद्ध खनिए काँग्रेस नेता गगन र शेखर, तत्काल राजीनामा दिनुपर्ने माग

    आईतवार, मंसिर २३, २०७५ साल
    मोरङ, २३ मंसिर नेपाली काँग्रेसका नेता डा.शेखर कोईराला र गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् ।  यसैवीच कार्यक्रमलाई संवोधन गर्दै नेपाली काँग्रेसका युवा नेता गगन थापाले यो सरकारले अव चार बर्ष काम गर्न सक्ने अवस्था नै नरहेको दावी गरेका छन् । नेकपा नेतृत्वको सरकार एक बर्ष भित्रै धेरै आलोचित भएर असफल..

    सञ्चारमन्त्री बास्कोटाले लिए 'एक्सन', चिनियाँ ठेकेदारलाई ३२ करोड जरिवाना

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौं, २३ मंसिर नेपाल टेलिकमका हाल जारी दशवटै परियोजना ठेकदार कम्पनीको लापरवाही र टेलिकम नेतृत्वको लाचारीका कारण अलपत्र परेको भन्दै मन्त्री आफैं कारवाहीमा उत्रिएका हुन् । आठ वर्षसम्म परियोजना ओगटेर काम सम्पन्न नगर्ने चिनियाँ कम्पनी हुवाबेलाई सूचना तथा सञ्चार  प्रबिधि मन्त्री गोकुल बास्कोटाले ३२ करोड रुपैयाँ जरिवाना तिराएका छन् । नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति ६ वर्ष नाघ्दा पनि..

    सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा, पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक बस्दै

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौं, २३ मंसिर । नयाँ संविधान बनेर संघीयता लागू भएपछि आइतबार सिंहदबारमा पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक बस्दैछ ।  प्रदेश र संघबीच देखिएका राजनीतिक विवाद समाधान गर्न संवैधानिक रूपमा व्यवस्था गरिएको अन्तरप्रदेश परिषद् बैठक बस्न लागेको छ। प्रदेश सरकार गठन भएको १० महिनापछि परिषद् बस्न लागेको हो ।  बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् । प्रदेश..

    मानव तस्करीको आरोपबारे राजदूत शेर्पामाथि छानबिन गर्न परराष्ट्रले बनायो समिति

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौं, २३ मंसिर  अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयले एक समिति बनाएको छ। मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका वाड्चुको आरोप छ। वाङचुले आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको बताएका छन्। अष्ट्रेलियास्थित नेपाली राजदूतावासले भने निकै..

    निर्मला पन्तको हत्यारा छिट्टै सार्वजनिक गर्छौं : उपप्रधान तथा रक्षामन्त्री पोखरेल

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर : उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताउनुभएको छ ।    ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को  उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण गरिसकेको छ, हामी चाँडै नै सार्वजनिक गर्छौं, तर राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।”  निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण..

    नेकपाभित्रको असन्तुष्टी छताछुल्ल ! माधव, झलनाथ, बामदेव र प्रवक्ता नारायणकाजी फायर, स्थायी समिति बैठक २९ गते

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धूम्रराहीमा १ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।  सचिवालयले गरेका पछिल्ला निर्णय जानकारी गराउने, पार्टी र सरकारको काम कारवाहीको समीक्षाका लागि उक्त बैठक बस्न लागेको हो ।  यस्तै पार्टीका..

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसमा राष्ट्रपति आज लुम्बिनी आउनुहुँदै

    शनिबार, मंसिर २२, २०७५ साल
    बुटवल, २२ मङ्सिर  लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार लुम्बिनी आउनुहुने भएको छ ।  स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यले जानकारी दिए । विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन..

    अध्यक्ष कट्टेलद्वारा नेकपाको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट, नाम कानून विपरीत भएको उल्लेख

    शुक्रबार, मंसिर २१, २०७५ साल
    काठमाडौँ, २१ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।  अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा शुक्रबार दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानून विपरीत भएको उल्लेख छ..

    सार्क स्थापनाको ३४ औँ वर्ष : निर्णय कार्यान्वयनमा सुस्तता, सार्कको विकल्प बिम्स्टेक बन्ला ?

    शुक्रबार, मंसिर २१, २०७५ साल
    काठमाडौँ, २१ मङ्सिर  दक्षिण एशियाका जनताको हितलाई अभिवृद्धि गर्ने र उनीहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापित दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ३४ औँ वर्षमा प्रवेश गरेको छ ।  सन् १९८५ डिसेम्बर ७–८ मा बङ्गलादेशको ढाकामा सम्पन्न प्रथम शिखर सम्मेलनले क्षेत्रीय सहयोग एवं सद्भावनाका निम्ति आत्मियता र हर्षाेल्लास वातावरणमा विधिवत्रुपमा सार्कको स्थापना गरेको हो । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल,..

    पूर्वमन्त्री विक्रम पाण्डेलाई २ अर्ब बढीको भ्रष्टाचार मुद्दा, सिक्टा भ्रष्टाचारमा को-को परे ?

    शुक्रबार, मंसिर २१, २०७५ साल
    काठमाडौँ, २१ मङ्सिर राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइँको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विक्रम पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। शुक्रबार अख्तियारले निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे, आयोजना प्रमुखहरू सहदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ जना सिडिई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र तीन..

    वाइड बडी खरिद अनियमितताविरुद् नयाँ शक्ति पार्टीको काठमाडौंमा विरोध प्रदर्शन

    शुक्रबार, मंसिर २१, २०७५ साल
    काठमाडौँ, २१ मङ्सिर नेपाल वायु सेवा निगमको वाईड बडी खरिद प्रक्रियामा भएको अनियमितताविरुद्ध नयाँ शक्ति पार्टी नेपालले काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । आज दिउँसो ३ बजे नेपाल वायु सेवा निगमको कार्यालय, सुन्धारामा विरोध प्रदर्शन गरिने नयाँ शक्ति पार्टी नेपालले जनाएको छ । नयाँ शक्ति पार्टीको राजनीतिक सामाजिक परिचालन समितिले विरोध प्रदर्शनमा उपस्थित हुन सबैलाई आग्रह पनि गरेको छ ।..

    निर्मला पन्तलाई न्याय माग्दै बागबजारमा नेविसंघले गर्‍यो प्रधानमन्त्रीको पुत्ला दहन

    शुक्रबार, मंसिर २१, २०७५ साल
    काठमाडौँ, २१ मङ्सिर निर्मला पन्तको लागि न्याय माग्दै नेविसंघले राजधानीको बागबजारमा प्रदर्शन गरेको छ। नेविसंघ पद्यमकन्या इकाईले प्रदर्शनको आयोजना गरेको हो। प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्रीको पुत्ला समेत दहन गरे। पद्यमकन्या इकाईकी अध्यक्ष साधना घिमिरेको नेतृत्वमा आयोजना गरिएको प्रदर्शनमा उनीहरुले निर्मलाको बलात्कारीलाई कारबाही गर, न्याय दे सरकार धेरै भयो बलात्कार, आज अपराध जोगाउने ओली थप्न सक्छ भोली लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए।..

    कतिपय कामलाई आलोचनात्मक टिप्पणी गरेर कमीकमजोरी उजागर गरिदिनुपर्छ : अर्थमन्त्री

    शुक्रबार, मंसिर २१, २०७५ साल
    काठमाडौँ, २१ मङ्सिर  अर्थमन्त्री डा युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् ।  नेपाल आर्थिक पत्रकार सङ्घको चौथो अधिवेशनको यहाँ शुक्रबार उद्घाटन गर्दै उनले भने, “मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्छ ।”  अर्थमन्त्री डा खतिवडाले सरकारले गरेका कतिपय कामलाई पत्रकारिताले हुबहु नभएर आलोचनात्मक टिप्पणी गरेर सहयोग गर्नुपर्नेमा..

    गृहमन्त्रीकै अगाडि पूर्वलडाकूले विष पिएपछि मन्त्रालय प्रवेशमा कडाइ, खानतलासीदेखि यस्ता 'लक्ष्मण रेखा' सम्म !

    शुक्रबार, मंसिर २१, २०७५ साल
    काठमाडौं, २१ मंसिर   मंसिर ५ मा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै अगाडि एक पूर्वलडाकुले विष सेवनको प्रयास गरेपछि गृहमन्त्रालय प्रवेशमा सर्वसाधारणलाई कडाइ गरिएको छ । मन्त्रीको कार्यकक्षभित्रै पूर्वलडाकु कालिकोटका कुलप्रसाद भट्टराईले विष सेवनको प्रयास गरेपछि मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो । मन्त्री बादलकै अगाडि उनले विष सेवन गर्न नपाए पनि कार्यकक्षमा छिर्नुअघि नै उनले विष सेवन गरिसकेको खुलेको थियो । हाल नेपाल..

    सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुन्छ : सभामुख महरा

    शुक्रबार, मंसिर २१, २०७५ साल
    दाङ, २१ मङ्सिर  सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताएका छन् । घोराहीमा शुक्रबार नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान परिस्कृत हुँदै जानेमा जोड दिए ।  आगामी फागुनसम्म कानून संशोधन गसिक्नुपर्ने चुनौती रहेको चर्चा गर्दै सभामुख महराले नेपालको सविधान..
    Weather Forecast