मंगलवार, चैत्र २५, २०७६

    राज्य-समाज

    प्रदेश बजेट पनि महत्वकांक्षी, सातवटा प्रदेशले छुट्याए २ खर्ब ५९ अर्ब ६० करोड

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार ।  भौतिक पूर्वाधार तथा सामाजिक विकासमा केन्द्रित गर्दै सातवटै प्रदेशले आआफ्ना प्रदेशसभामा वार्षिक बजेट आइतबार पेस गरेका छन् । आर्थिक वर्ष २०७६/०७७ का लागि सातै प्रदेशले कुल २ खर्ब ५५ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा सातवटै प्रदेशको कुल बजेट २ खर्ब ६ अर्ब ७७ करोड विनियोजन भएको थियो ।..

    सुन्दरीजलको माटो बोकेर कोइराला निवासको भूई ढोग्न पुगे कार्यकर्ता तर...

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार ।  ३१ जेठमा झन्डै दुई सय कांग्रेस कार्यकर्ता विराटनगरस्थित कोइरालानिवास पुगे । काठमाडौंबाट कोइराला परिवारको उद्गम थलो सिन्धुलीको दुम्जा हुँदै विराटनगर आइपुगेका उनीहरूले बिपी कोइराला आठ वर्ष थुनिएको सुन्दरीजलस्थित जेलको माटो पनि साथमा ल्याएका थिए । कांग्रेसको उद्गम थलो भन्दै उनीहरूले कोइरालानिवासको द्वारमा शिर टेकाए र भित्र पसे । उनीहरूलाई मेयर भीम पराजुली र कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले स्वागत गरे ।..

    विवाह गर्ने प्रलोभनमा २० भन्दा धेरै युवतीलाई ठगी, यसरी खुल्यो ठगीधन्दा

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौं, २ असार । ज्ञानेश्वरकी किरण शाह (नाम परिवर्तन) त्यतिवेला छाँगाबाट खसेझै भइन्, जतिवेला एक अपरिचित युवतीले हुनेवाला दुलाहको असली धन्दा पर्दाफास गरिन् । त्यसवेलासम्म ढिला भइसकेको थियो । नगुम्नुपर्ने गुमिसकेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौं टेकुस्थित कार्यालयमा भेटिएकी उनी प्रहरीसँग भन्दै थिइन्, ‘त्यसले मेरो सबै सक्यो । त्यसविरुद्ध कानुनी कारबाही गरिपाऊँ ।’    प्रहरीका अनुसार उनलाई प्रेमको चंगुलमा पारी फसाउने नवलपरासी..

    'न्यु रोड' मा ‘स्मार्ट पार्किङ’ शुरु, कसरी गर्ने बुकिङ् ?

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार   नयाँ सडक आसपास क्षेत्रमा व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिने उद्देश्यले ‘स्मार्ट पार्किङ’ आजदेखि शुरु गरिएको छ ।    तीन महीनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रलीका अनुसार पहिलो चरणमा विशाल बजार र धर्मपथमा सेवा सञ्चालन गरिएकामा पछि क्रमशः प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा उपलब्ध गराइनेछ ।    उक्त पार्किङअन्तर्गत ८०० मोटरसाइकल र ६० वटा गाडी पार्किङ क्षमता..

    फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छ : नेता पौडेल

    आईतवार, आषाढ १, २०७६ साल
    चितवन, १ असार । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिनुभएकोे छ । आईतबार यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।  पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढङ्गबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भन्नुभयो,“अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको..

    अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन प्रधानमन्त्रीको युरोप भ्रमण सफल

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार सम्पन्न युरोप भ्रमण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन सफल भएको छ ।  सरकार प्रमुखको तहमा भएको यो भ्रमणले प्रधानमन्त्री ओलीकै शब्दमा ‘नेपाल देखिने र सुनिने राष्ट्रका रुपमा राम्ररी स्थापित हुन पुगेको छ भने नेपालप्रतिको चासो र आकर्षण बढ्न गएको छ ।’ नेपालको विकासका महत्वपूर्ण साझेदार राष्ट्रहरुसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध विस्तार..

    जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्ने : राष्ट्रपति भण्डारी

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताउनुभएको छ ।  लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम व्यक्ति सार्वजनिक सेवामा प्रवेश गर्नेप्रति..

    सांसद गगनको गर्जन - ‘होसियार ! सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित छैनन्’

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार एकपछि अर्को नागरिकका अधिकार कुण्ठित हुने गरी कानून बनाउन लागेको आरोप लगाएका छन् । सांसद गगन थापाले सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई संसदबाट आह्वान गरेका छन् । बहुमतको बलमा यो विधेयक पास हुने हो भने सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित नहुने उनको दाबी छ । आइतबार प्रतिनिधिसभाको विशेष समयमा सांसद थापाले सूचना..

    गुठी विधेयकमा भूलवश गल्ती भए सच्याउछौं : प्रधानमन्त्री

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार ।  साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीको विषय उठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युराेप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।   ‘सरकार जनतालाई दुखी बनाउन..

    साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौं, १ असार ।   प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।  गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली आईतबार विहान १० बजे स्वदेश आइपुगेका हुन् । उनलाई स्वागत गर्न उप्रधानमन्त्री ईश्वर पाेखरेल लगायत  विमानस्थल पुगेका थिए ।   फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री ओली जेनेभा हुँदै त्यहाँबाट हिजो काठमाडौं प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले साताव्यापी भ्रमणका क्रममा स्वीट्जरल्यान्ड, बेलायत..

    किन बढ्यो देशभर गर्मी ?

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार ।  नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन ।  “मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,” मौसमविद गंगा नगरकोटीले भनिन् ,‘’ प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ । त्यो बादल नेपाल आउन मनसुनका केही मापदण्ड..

    शिवपुरीमा तीनतिर केबलकार

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार ।  शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामूलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीव्र पारेका छन् । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानीलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक (जामाचो) सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी, लगानीकर्ता र नेताहरू समेत लागिपरेका हुन् । केबलकार सञ्चालनका लागि १ सय ४० जना सेयरधनीसहितको समिति..

    बढी उमेरका विदेशी पुरुषसँग यसकारण नेपाली महिला बिहे गर्छन्

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार ।  नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन्।दुवै जनाले मंसिर ८ मा काठमाडौं जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए।सबै कानुनी प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो। उमेर हेर्दा आफूभन्दा १० देखि ३२ वर्ष जेठा विदेशी पुरुषसँग नेपाली युवतीले विवाह गरेका छन्  न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीय युवतीले विवाह गरिन् । दुवैजनाले काठमाडौं..

    सरकारविरुद्ध जताततै असन्तुष्टि किन ? यी क्षेत्र छन् आन्दोलनमा

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार ।   सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ। दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्दै आन्दोलन सुरु भएको छ। केही दिनदेखि विभिन्न क्षेत्रका पेसाकर्मी र अधिकारकर्मी सडक आन्दोलनमा छन्। मानवअधिकारकर्मी, सञ्चारकर्मी, गुठीयारदेखि बेरोजगार युवासम्म सरकारविरुद्ध सडकमा छन्। झन्डै आधा दर्जन विधेयकमा सरोकारवालाले नै असन्तुष्टि जनाएका छन्। उनीहरूले सरकार अभिव्यक्ति स्वतन्त्रता र मानव..

    सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, सशस्त्रमा पनि सरुवा (नामावलीसहित)

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार ।  सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले १९ नायब प्रहरी महानिरीक्षक (डिआइजी)को सरुवा गर्दै विभिन्न कार्यालयका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो । गृह मन्त्रालयले प्रदेश १ मा डिआइजी ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेश ५ सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिममा तारिणी..

    सत्तारुढ दलकै सांसदले मागे सन्चारमन्त्रीको राजीनामा

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    काठमाडौं, जेठ ३२ सत्तारुढ दल नेकपाका सांसद रामवीर मानन्धरले सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा माग गरेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले गुठी प्रथालाई ‘सामन्तवाद’ भनेको भन्दै सन्चारमन्त्रीको राजीनामा मागेका हुन् । सांसद मानन्धरले सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको भन्दै सन्चारमन्त्रीले कि क्षमा माग्नुपर्ने कि राजीनामा दिनुपर्ने बताए । उनले गुुठियारहरुलाई अपमान गर्ने..

    अब लोडसेडिङको नो चिन्ता ! नेपाल बिजुलीमा आत्मनिर्भर बन्दै

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    काठमाडौँ, ३२ जेठ । कुलमान घिसिङ. नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको तीन वर्ष पुग्दै छ । उनी नियुक्त हुँदा देश चरम विद्युत्भार कटौती (लोडसेडिङ) बाट आक्रान्त थियो । त्यतिबेला लोडसेडिङ कसरी व्यवस्थपन गर्ने भन्ने विषय प्राधिकरणका लागि टाउको दुखाइ थियो । हुन पनि विद्युत्भार कटौती राष्ट्रिय समस्या नै थियो ।  तर अहिले दृश्य फेरिएको छ । सबै चिज ठीक..

    बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने चीनको उद्घोष

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    काठमाडौँ, ३२ जेठ । चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ। शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास मञ्च’ को उद्घाटन समारोहमा तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताए।   चीन नेपाल क्रसबोर्डर आर्थिक सहयोग क्षेत्र स्थापना..

    बाँचुन्जेल पार्टीमा कब्जा जमाएका नेता

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    काठमाडौँ, ३२ जेठ । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए। उनी यसै साता नेकपा (मसाल) को महासचिवमा चयन भएका छन्। काठमाडौं थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौं महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो। कांग्रेसमा भने गिरिजाप्रसाद कोइराला छँदासम्म उनकै कब्जामा पार्टी थियो। निरन्तर १३ वर्ष सभापति बनेका कोइराला पार्टी सभापति रहेका अवस्थामा दिवंगत भए। सिंह ०३१..

    देशको विकास गर्नुपर्ने पैसाले तीन सय ३४ सांसदलाई एक–एक लाखका ल्यापटप

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    काठमाडौँ, ३२ जेठ ।  निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएपछि जनस्तरबाट सरकार निकै आलोचित भयो । कतिपय सांसदले पनि विरोध जनाए । ६ करोडको तरंग सेलाउन नपाउँदै अब सांसदले कम्तीमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ । संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ..

    गुठी विधेयकबाट उत्पन्न परिस्थितिबारे पूर्वराजाको यस्तो चिन्ता !

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ पूर्वराजा ज्ञानेन्द्र शाहले गुठी विधयेकबाट मुलुकमा उत्पन्न परिस्थितिबारे गहिरो चासो र चिन्ता व्यक्त गरेका छन्।  हाल थाइल्याण्डको राजधानी बैंककमा रहेका पूर्वराजा शाहले शुक्रबार केही नेपालीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा आफ्नो चासो र चिन्ता व्यक्त गरिएको बुझिएको छ। उक्त भेटघाटमा सहभागी तर नाम सार्वजनिक गर्न नचाहने एक व्यक्तिका अनुसार पूर्वराजाले मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाज र तिनीहरुसँग जोडिएका संस्थाहरु सामाजिक सौहार्दता र..

    महाभूकम्पको आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री छुटे

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौं, ३१ जेठ नेपालमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणलाई आतंकित पारेको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन क्षेत्री रिहा भएका छन् । जिल्ला अदालत काडमाडौँले शुक्रबार क्षेत्रीलाई तारेखमा रिहा गरेको हो । उनलाई प्रहरीले गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो । क्षेत्रीलाई यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक (अफवाह) फैलाएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो ।..

    चाबहिलस्थित ओम अस्पताल तनावग्रस्त, दुई राउण्ड अश्रुग्यास प्रहार

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त र प्रहरीबीच झडप भएको छ ।  शुक्रबार साँझ मृतकका आफन्तले अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै झगडा गर्न थालेपछि अस्पताल परिसर तनावग्रस्त भएको हो ।  अस्पताल परिसर तनावग्रस्त भएपछि प्रहरीले भीडलाई तितर-बितर पार्न दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा बिरामीका केही..

    अनुकूल कानून भएमा फ्रान्सका वहुराष्ट्रिय कम्पनीहरु नेपालमा लगानी गर्न तयार

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    फ्रान्स, ३१ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको छलफलमा बहुराष्ट्रिय कम्पनीका प्रमुख तथा व्यवस्थापकहरुले नेपालमा लगानीको सुरक्षा र अनुकूल कानून भएमा आफूहरु लगानी गर्न तयार रहेको प्रष्ट पारे ।  फ्रान्सका बहुर्राष्ट्रिय कम्पनीहरु डेमिया अन्तर्राष्ट्रिय, एल्कोर, पुमा, ग्रेट स्पोटर्स टेक, विएनपी, पारिवास, इनग्रुप इन्टरनेशनल, सोसाइटी ग्लोवल फाइनान्स, ओइमीलगायतका अन्तर्राष्ट्रिय कम्पनीहरुले प्रधानमन्त्री ओलीको आह्वानपछि लगानी गर्न इच्छुक रहेको बताएका थिए । फ्रान्स भ्रमणका क्रममा यहाँका..

    गृहमन्त्री थापाको ठोकुवा - ५ वर्षमा गरीबी शून्यमा झाछौँ

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    चितवन, ३१ जेठ । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।  पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताउनुभयो । यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उहाँको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक..

    लोकसेवा आयोगमा आवेदन दिनेको संख्या १ लाख १८ हजार

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ ।   समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए पनि पुनःअहिले भने बढेको बताउनुभयो ।  उहाँका अनुसार गत..

    हृदयाघातका कारण पूर्वसांसद्को निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौं, ३१ जेठ ।  प्रतिनिधिसभाको शुक्रबार बिहानका लागि तय बैठक स्थगित भएको छ । पूर्व सांसद् एवं नेकपा नेता धनीराम पौडेलको शुक्रबार बिहान निधन भएपछि शुक्रबारको बैठक स्थगित भएको हो । | संसद् सचिवालयले पूर्वसांसद् पौडेलको निधन भएकाले शुक्रबार ११ बजेका लागि तय बैठक स्थगित भएको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन..

    प्रधानसेनापति जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा चीन जाँदै

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ  प्रधानसेनापति पूर्णचन्द्र थापा जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असार १ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।  उहाँ प्रधानसेनापतिमा  नियुक्त भएपछि पहिलोपटक चीनको भ्रमण हुन लागेको हो  ।  सो भ्रमण दलमा उहाँकी श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहनुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति थापाले चीनका..

    चौतर्फी दवाबपछि हाजिरी जमानीमा छुटे प्रनेश गौतम

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौं, ३१ जेठ । युट्युवर प्रनेश गौतमलाई प्रहरीले रिहा गरेको छ । युट्बमा ठट्यौली शैलीमा गरेको फिल्म समीक्षालाई लिएर पक्राउ परेका गौतमलाई प्रहरीले बिहीबार रिहा गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रनेशको मुद्दा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार नै बुझाइसकेको छ । वकिल कार्यालयले आवश्यक कानूनी प्रक्रिया पुर्याएर शुक्रबार मुद्दा काठमाडौं जिल्ला अदालतमा बुझाउने तयारी गरिरहेको छ । महाशाखालाई मुद्दा चलाउने..

    सक्रिय हुँदै कांग्रेस युवा, चर्चित युवा नेता को कुन समूहमा ?

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ ।  तीनै तहको निर्वाचनमा कांग्रेसले नमीठो पराजय बेहोरेपछि युवा नेताहरू जुर्मुराउन थालेका थिए । फरकफरक गुटमा रहेका भए पनि निर्वाचन समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकमा ७ युवा नेताले संयुक्त प्रस्ताव पेस गरे । ती युवाहरू अहिले पनि पार्टीका प्रौढ नेताहरूसँग सन्तुष्ट छैनन्, तर उनीहरू पनि आपसमा भिन्नभिन्न समूहमा बाँडिएका छन् ।अघिल्लो वर्ष युवा नेताहरूले छाया सरकार गठन,..
    Weather Forecast