बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    मेलम्चीमा पुन: अवरोध, टाट पल्टिएकोले काम नगर्ने ठेकेदारको अडान, थप २ विद्युत् आयोजना प्रभावित

    बुधबार, पौष ४, २०७५ साल
    काठमाडौँ, ४ पुस  पाँच वर्षअघि मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको इटालियन कम्पनी सीएमसी टाट पल्टिएपछि समस्या भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंगलबार दुई दिन प्रयास गर्दा पनि इटालियन ठेकेदार कम्पनी (सीएमसी) काम गर्न तयार नभएपछि मेलम्ची आयोजना अनिश्चित भएको छ । सुरुङको फाइनल फिनिसिङसहितका मुख्य काम रोकिँदा ४६ दिनभित्र काठमाडौंमा पानी ल्याउने कार्यतालिका प्रभावित भएको छ..

    लामो रस्साकस्सीपछि काङ्ग्रेसभित्रको पदाधिकारी विवाद टुङ्गियो, यस्तो छ अन्तिम निर्णय...

    बुधबार, पौष ४, २०७५ साल
    काठमाडौँ, ४ पुस :  नेपाली काङ्ग्रेसले लामो रस्साकस्सीपछि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे विवाद टुङ्गो लगाएको छ ।  मंगलबार साँझ पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले सो विवादको टुङ्गो लगाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि विधान मस्यौदा प्रतिवेदनमा सहमति हुन नसक्दा उक्त प्रतिवेदन महासमिति बैठकमा पेश हुन सकेको थिएन । काङ्ग्रेसको महासमिति बैठक चार..

    सर्वोच्च अदालतको आदेश : भूमि सुधार र मालपोत कार्यालयमा नागरिक स्वयम् आफैले फारम भर्न सक्ने

    बुधबार, पौष ४, २०७५ साल
    काठमाडौँ, ४ पुस :  सर्वोच्च अदालतले भूमि सुधार कार्यालय र मालपोत कार्यालयमा काम गर्न जाँदा लेखापढी गर्न सक्ने नागरिकले आफैँले फारम गर्न सक्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले मंगलबार भूमि सुधार मन्त्रालयले बनाएको नीतिअनुसार लेखापढी गर्न सक्ने नागरिकले आफैँ फारम भरेर काम गर्न सक्ने आदेश जारी गरेको हो ।  लेखापढी गर्ने अभिवक्ताले आफ्नो..

    वाशिङ्टन डिसीमा जुट्यो सहमति, नेपाल र अमेरिकाबीचको ७ दशक लामो सम्बन्धमा नौलो आयाम

    बुधबार, पौष ४, २०७५ साल
    वाशिङ्टन डिसी, ४ पुस : नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा सहमति भएको छ ।  बैठकमा नेपालको तर्फबाट राजदूत कार्की, अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, गृह मन्त्रालयका सहसचिव महादेव पन्तलगायत दूतावासका प्रतिनिधि सहभागी थिए । अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकाका राजदूत..

    काङ्ग्रेस महासमिति बैठक : पार्टीमा गुट-उपगुट र भागबण्डा अन्त्य गर्न सुझाव, विवादले बैठक लम्बिने

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौँ, ३ पुस  नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा बोल्ने सहभागीले पार्टीमा गुट उपगुट र भागबण्डा अन्त्य गरी सशक्त पार्टी बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । महासमिति बैठकको मंगलबार चौथो दिन राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफल जारी छ । विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले सो प्रतिवेदन अझै पेश हुन सकेको छैन । बैठकमा..

    विदेशबाट फर्किएका १५ सयले ऋणका लागि आवेदन दिए, कसरी पाइन्छ सरल कर्जा ?

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौँ, ३ पुस  विदेशमा सिकेको सीपमार्फत स्वदेशमै स्वरोजगार बन्नका चाहने युवाका लागि सरकारले ल्याएको सरल कर्जा कार्यक्रममा उल्लेख्य सहभागिता देखिएको छ ।  सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की पेशा, व्यवसाय तथा उद्यम गर्न इच्छुक युवालाई आव २०७५-०७६ मा रु १० लाखसम्म सरल कर्जा प्रदान गर्ने कार्यक्रम शुरु गरेको थियो । सोमबारसम्म सरल कर्जाका लागि एक..

    निर्मल हत्या प्रकरण - प्रदीप र विशालकाे डिएनए रिपोर्ट मिलेन, आमा दुर्गादेवीद्वारा ८ प्रहरी विरुद्ध उजुरी

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडाैँ, ३ पुस  ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा ‘मुख्य अभियुक्त’ भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट आएको छ । साे ‘सिलबन्दी’ गरेर प्रहरी प्रधान कार्यालय काठमाडाैँमार्फत  कञ्चनपुर पठाइएकाे छ । अभियुक्तकाे रूपमा हिरासतमा लिइए पनि रावल र चाैधरीमाथि अभियाेग पुष्टि गर्ने कुनै भरपर्दाे अाधार भने थिएन । उनीहरूकाे डिएनए प्रहरीको विधि विज्ञान प्रयोगशालामा टेष्ट गरिएकाे..

    कांग्रेस महासमितिको बैठक स्थगितपछि सुरु हुन सकेन, पदाधिकारी संख्यामा विवाद

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडाैं, ३ पुस ।   मंगलबार बिहान बसेको बैठकमा जिल्ला सभापतिहरुले राखेको अडानलाई वेवास्ता गर्दै पार्टी सभापति शेरबहादुर देउवाले बैठक सुरु भएको घोषणा गरलगत्तै जिल्ला सभापतिहरुले होहल्ला गरेपछि बैठक स्थगित गरिएको थियो ।  त्यसपछि नेपाली कांग्रेसको महासमितिको बैठक अझै सुरु हुन सकेको छैन । पार्टीको विधान बैठकमा पेश नगरेको भन्दै महासमिति सदस्यले आलोचना गरेपछि स्थगित भएको बैठक अझै सुरु हुन नसकेको हो ।..

    प्राकृतिक कारणबाट गैँडा मर्दै, कार्यदलका विज्ञद्वारा निकुञ्जको अध्ययन, सूरक्षामा चुनौती

    मंगलवार, पौष ३, २०७५ साल
    चितवन, ३ पुस  चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज विभागले अध्ययनका लागि गठन गरेको कार्यदलले स्थलगत अध्ययन गरेको छ ।  विभागले अध्ययनका लागि पर्यावरणविद् हरिभद्र आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलका विज्ञ सहितको समूहले सोमबार निकुञ्जको अध्ययन गरी आज फर्किएको छ । संयोजक आचार्यका अनुसार निकुञ्जभित्रका घाँसेमैदान, पानीका स्रोत रहेका ठाउँ, दलदल भएका ठाउँ, गैँडाको..

    विद्यमान कानूनको अध्ययन गर्न ४ उपसमिति गठन, ३ महीनाभित्र प्रतिवेदन तयार गर्नुपर्ने

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौँ, ३ पुस  राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिले नेपालको विद्यमान ऐनहरुको अध्ययन गरेर सुझाव प्रस्तुत गर्नका लागि चार वटा विषयगत उपसमिति गठन गरेको छ ।  विद्यायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विषयगत चार उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई तीन महीनाभित्र प्रतिवेदन तयार गर्न समय दिएको समितिका सभापति पशुराम मेघी गुरुङले जानकारी दिए ।  सांसद ठगेन्द्रप्रकाश पुरीको संयोजकत्वमा भूमि प्रशासनसम्बन्धी उपसमिति, सांसद..

    नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वय केपी ओली र प्रचण्डमाथी योगेश भट्टराई खनिएपछि 'बबाल' ...

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौँ, ३ पुस नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा मंगलबार पनि बोल्ने अधिकाशं नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीमाथि प्रश्न गरेका छन् । बैठकमा बोल्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले अध्यद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन अहिलेको आवश्यकता अनुसार नभएको बताएका छन् । बैठकमा सहभागि एक स्थायी कमिटी सदस्यका अनुसार भट्टराईले सांगठनिक एकीकरण ढिला हुनुमा पूर्वएमालेभित्रको नेतृत्वले..

    मेलम्ची आयोजना छाडेर भाग्न खोज्ने ठेकेदारसँग वार्ता, २ अर्ब धरौटी रकम जफत गर्ने सरकारको चेतावनी

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौं, ३ पुस  बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छाडेर फिर्ता हुन आँटेको इटालियन ठेकेदार कम्पनी सीएमसीका प्रतिनिधि र सरकारबीच वार्ता शुरू भएको छ । दुई पक्षको अडानका बीचमा मध्यमार्गी समाधान खोज्ने प्रयास भइरहेको स्रोतले जानकारी दियो । यदि एकतर्फी रूपमा सम्झौता रद्द गरे सीएमसीले राखेको करीब २ अर्ब धरौटी रकम जफत गर्ने चेतावनी समेत सरकारले दिएको छ । खानेपानी मन्त्रालयमा जारी वार्तामा मन्त्री..

    कांग्रेसको महासमिति बैठकमा हंगामा, केसीमाथि महतको ‘आक्रमण’, माइक फुट्यो

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौँ, ३ पुस   नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भएको  छ । महासमितिको बैठक सुरु हुनासाथ जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न दिन आडान राखेपछि केहीबेर घम्साघम्सीकै स्थिति सृजना भएको हो । काँग्रेस महासमिति बैठकमा हात हालाहालको स्थिति आएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा हातहालाल अवस्था..

    पर्सामा प्रहरी र तस्करबीच झडप, ४ सुरक्षाकर्मी घाइते, खोसिएको हतियार खेतमा भेटियो

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौँ, ३ पुस   पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा प्रहरी र तस्करबीच झडप भएको छ । बिहान तेल तस्करी गर्ने गिरोहको आक्रमणबाट चार जना प्रहरी घाइते भएका छन् । नेपालबाट भारतमा डिजेल,पेट्रोल तस्करी गर्ने गिरोहको आक्रमणबाट दुईजना प्रहरी सहायक निरीक्षकसहित चार घाइते भएका हुन् । तस्करको आक्रमणबाट घाइते हुनेहरुमा प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव , प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन..

    रहेनन् पूर्वप्रधानमन्त्री डा‍‍. तुलसी गिरी, कलेजोको क्यान्सरका बिरामी उनी ९३ वर्षमा अस्ताए

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौं, पौष ३ । पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको आज निधन भएको छ। मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा नेता गिरीको निधन भएको परिवारले जनाएको हो ।  कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै भैसेपाटीस्थित मेडिसिटी अस्पतालबाट डिस्चार्जु भएका थिए। उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि म‌ंगलबार निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ। ..

    नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही 'सर्वसम्मत' चयन

    मंगलवार, पौष ३, २०७५ साल
    सुर्खेत, ३ पुस : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन हुनुभएको छ ।  सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको हो । नेकपा कर्णाली प्रदेश सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई..

    निर्मला हत्यासम्बन्धी प्रतिवेदन प्रहरी महानिरीक्षक खनाललाई हस्तान्तरण

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, २ पुस  कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ ।  प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले सोमबार प्रतिवेदन बुझाएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।  भीमदत्त नगरपालिका–२ की १३ वर्षीया..

    इटालियन ठेकदारद्वारा मेलम्ची छोडेको घोषणा, सरकारले पत्र बुझेन, धरौटी रकम रोक्का गर्न बैंकलाई पत्राचार

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौं, २ पुस  इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरेको छ । तर, सरकारले भने उसको पत्र बुझ्न अस्वीकार गरेको छ । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीको अढाइ अर्ब रूपैयाँ धरौटी रोक्का राख्न बैंकमा पत्राचार गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले सोमबार सिएमसीको अढाइ अर्ब धरौटी रोक्का गर्न स्ट्यान्डर्ड चार्ट बैंकमा पत्राचार गरेको हो । टाट..

    देउवा र पौडेलको ‘मेरो गोरुको बाह्रै टक्का’ शैली ! विधानको मस्यौदामा सहमति जुटेन, चर्कियो विवाद

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, पुस २   नेपाली कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहानदेखि भएको छलफलमा विधानको मस्यौदामा सहमति नजुटेपछि महासमितिमै छलफल गरेर टुंग्याउने निष्कर्ष निकाल्दै नेताहरु बाहिरीएका छन् । हिजो भएको दुवै पक्षका नेताहरु सम्मिलित बैठकमा ८ पदाधिकारी राख्ने सहमति जुटे पनि त्यसको निर्वाचन पद्धति कस्तो हुने भन्ने विवाद भने टुंगिएको छैन । सोमबार नै पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच..

    सत्तारुढ नेकपाकै नेताहरूले लगाए सरकार एकलौटी ढंगले चलेको आरोप, ओली-प्रचण्ड निशब्द !!

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, २ पुस नेकपाको स्थायी कमिटी बैठक आजका लागि सकिएको छ। बैठक गत शुक्रबारदेखि सुरु भएको हो। बैठकमा आज १० जना नेताले आफ्नो धारणा राखेका छन्।  अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। बैठकमा अध्यक्षद्वय तथा अर्का नेता वामदेव गौतमले राखेको प्रतिवेदनका विषयमा पनि छलफल हुँदै छ। बैठकमा नेता वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज..

    समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, २ पुस संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।  राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला सहभागिता कम भएको गुनासो गर्दै आर्थिक समृद्धि हासिल गर्न समावेशी विकासलाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिइएको छ । नेपाल मुस्लिम महिलाकल्याण समाज र विश्व मुस्लिम समुदाय परिषद्द्वारा संयुक्त रुपमा ‘नेपालको समावेशी विकासमा महिला..

    परियोजना अलपत्र पार्दै भाग्ने तरखर गरिरहेका मेलम्चीका इटालियन ठेकेदार समातिए ...

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, २ पुस मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसी टाट पल्टिन लागेपछि यसका आठ कर्मचारीलाई प्रहरीले पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाएको छ। मेलम्ची आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित आठ जनालाई आइतबार राति प्रहरीले ठमेलबाट समातेको हो। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त दरबारमार्ग संयुक्त टोलीले आइतबार राति साढे १० बजे ठमेलस्थित रोयल पेङ्गुइन होटलबाट उनीहरूलाई समातेको हो।  महाशाखा..

    गोविन्द केसी भर्सेस सरकार : डा. केसीले अनशन केहीदिन पर धकेले, सरकारको निर्णय कुर्दै

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, २ पुस डा केसीले दिएको समयसीमा सकिनु एक दिनअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्झौता अनुसारनै माग पूरा गर्ने प्रतिवद्धता जनाउँदै केही दिन कुर्न आग्रह गरेकी छिन् ।   केसीले घर्तीका सहयोगी डा. अभिशेष सिंहलाई फोन गरेर चिकित्सा शिक्षा विधेयकका लागि केही दिन दिन आग्रह गरेकी हुन् ।  केसी पनि आफ्नो माग सम्बोधन हुने हो भने केही दिन सरकारको निणर्य..

    पोखराको भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र - स्वागतमा गणतन्त्रविरोधी नाराबाजी, राष्ट्रिय झण्डाको दुरुपयोग

    सोमबार, पौष २, २०७५ साल
    पोखरा, २ पुस ।  पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबारदेखि पोखराको निजी भ्रमण गर्दैछन् । उनी एक साता यहाँ रहने कार्यक्रम छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । सयौंको संख्यामा विमानस्थल अगाडि भेला भएका उनीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी..

    काङ्ग्रेस विधान मस्यौदामा सहमतिको प्रयास, पदाधिकारी सङ्ख्या र चयन प्रक्रियाबारे बहस

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, २ पुस  नेपाली काङ्ग्रेसले पार्टीको विधान मस्यौदालाई पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।  केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि सोमबार बिहान शुरु भएको काङ्गे्रस महासमिति बैठक केही समयका लागि स्थगन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ ।  केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि काङ्ग्रेस..

    सरकारले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गरेर देखाउने : अध्यक्ष दाहाल

    सोमबार, पौष २, २०७५ साल
    रामपुर, २ पुस    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गर्ने बताउनुभएको छ ।  आइतबार पाल्पाको रामपुरमा कार्यकर्तासँगको भेटका क्रममा उहाँले नेपालमा भएका केही परिवर्तन विश्वमा नै उदाहरणीय भएको बताउनुभयो । विस्तृत शान्ति सम्झौता, संविधान निर्माण, नयाँ संविधान निर्माण अनुरुप तीन तहको निर्वाचन, तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता तथा दुई तिहाईको सरकार..

    अश्लील वेभसाइट थप ३ लाख बन्द गर्छाैँ, मन्त्री बाँस्कोटाले थपे - घुक्र्याएपछि आमा चाहिएजस्तै हो टेलिकम

    आईतवार, पौष १, २०७५ साल
    काभ्रेपलाञ्चोक, १ पुस  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् ।  बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आईतबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “पच्चीस लाख अश्लील वेभसाइट बन्द गर्यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दैछौँ ।” इन्टरनेटको पहुँचसँगै अश्लील वेभसाइटले विकृत मानसिकता पैदा..

    नेकपा (माओवादी केन्द्र) : निर्णय सार्वजनिक - विप्लब र वैद्यसँग पार्टी एकता र महाअधिवेशनको समय ‘फिक्स’

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौँ, १ पुस  नेकपा (माओवादी केन्द्र) ले मङ्सिर २८ र २९ गते राजधानीमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गरेको छ ।  यहाँ आईतबार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीले आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गर्ने जानकारी दिइयो । माघभित्र आठौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरिनेछ । पार्टी अध्यक्ष गोपाल किराँतीले ‘जनयुद्ध’को बाँकी कार्यभार पूरा..

    ४० जनाभन्दा बढी प्राविधिक टोलीद्वारा सुस्ताको गैंडा नियन्त्रणमा, सुरक्षितरूपमा चितवन ल्याइँदै

    आईतवार, पौष १, २०७५ साल
    चितवन, १ पुस । बर्खामा नारायणी नदीको बाढिले  बगाएर  भारत पुर्‍याएको एक गैंडा २ दिन देखि सुस्तावासीले सहयोगमा आइतबार साँझपख गैंडा प्राविधिक टोलीको नियन्त्रणमा आएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्रमुख रामकुमार अर्याल सहितको नेतृत्वमा ४० जनाभन्दा बढी प्राविधिक टोली गैंडा नियन्त्रणका लागि सुस्ता गएको थियो । पाँच बजे आसपासमा गैंडा नियन्त्रणमा आएको..

    राजधानीको सूनपाद्वारा सडक विस्तार, आजबाट डोजर लगाएर संरचना भत्काउन शुरु

    आईतवार, पौष १, २०७५ साल
    भक्तपुर, १ पुस  सडक विस्तारकार्यलाई महाअभियानको रूपमा लिएको सूर्यविनायक नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको छ ।  आईतबार भक्तपुरको सिर्जनानगर चोकबाट नगरपालिका जाने सडकको दायाँबायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन शुरु गरेको हो ।  नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, सदस्य दीपक बिसुङ्खेलगायतको प्रत्यक्ष अनुगमनपछि सडक सिमाङ्कन गर्दै डोजर..
    Weather Forecast