आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना बुधबार अपराह्न राजधानी आइपुगे ।  राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । राष्ट्रपति सिरिसेनाको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत प्रस्तुत गरेको थियो ।  सो अवसरमा नेपालका लागि श्रीलङ्काका राजदूत..

    बिजोर नम्बरका सवारी मात्र चल्दा यात्रुलाई सास्ती, बिमस्टेक सार्कको विकल्प हुन सक्ला ?

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौं, १३ भदौ  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का लागि सरकारले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागू गरेपछि यात्रुहरूलाई समस्या परेको छ । यही बिहीवार र शुक्रवार हुन लागेको बिमस्टेक शिखर सम्मेलनको सुरक्षाका लागि सरकारले तीन दिनका लागि राजधानीका सडकमा जोर-बिजोर प्रणाली लागू गरेको छ । बुधवार बिजोर नम्बरका सवारी मात्रै गुड्न दिइएपछि यात्रुहरू सीमित सवारी साधनमा कोचिएर यात्रा गर्न..

    प्रधानमन्त्री ओली र भुटानका अन्तरिम सरकारका प्रमुख 'छिरिङ वाङचुक'बीच भेटवार्ता

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ प्रधानमन्त्री केपी ओली र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकबीच बुधबार भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन हुने स्थान होटल सोल्टीमा भेटवार्ता भएको हो । बुधबार बिहान काठमाडौँ आइपुगेका ल्योन्पोर प्रधानमन्त्री ओलीबीच दिउँसो ४ बजे भेटवार्ता भएका हुन् । त्यसैगरी बुधबारै साँझ ५ बजे म्यानमारका..

    जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै वातावरण संरक्षण सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाही

    बुधबार, भाद्र १३, २०७५ साल
    सुर्खेत, १३ भदौ  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वातावरण संरक्षण सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।  नेपाल वातावरण पत्रकार समूहद्वारा बुधबार यहाँ आयोजित ‘प्राथमिकतामा वातावरण’ सञ्चार बहस कार्यक्रममा उनले जलवायु परिवर्तनको विश्वव्यापी असरलाई मध्यनजर गर्दै प्रदेश सरकारले वातावरण संरक्षणमा विशेष जोड दिएको बताए ।  “सरकारले वातावरण संरक्षणकै लागि भनेर आधा अर्ब बजेट छुट्याएको छ,” उनले भने, “यसकालागि पहिलो चरणमा यो प्रदेशका २४ वटै..

    राष्ट्रियसभाका अध्यक्षसमक्ष नवनिर्वाचित सभापतिबाट पद तथा गोपनीयतको शपथ

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयतको शपथ लिएका छन् ।  शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी छन् ।  सभापति त्रयको प्रतिबद्धता र जीवनी  निर्वाचनपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति..

    ठूला विकास निर्माणको योजना एउटै व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै !

    बुधबार, भाद्र १३, २०७५ साल
    चितवन, १३ भदौ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् ।  निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई बुधबार यहाँ सम्बोधन गर्दै उनले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताए । आफूले सरकार र मन्त्रालयको सचिवलाई भनेर ठूला विकास निर्माण एउटैलाई नदिनुहोस्, साना÷साना..

    बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु, सामाजिक–आर्थिक रुपान्तरण आहिलेको कार्यसूची [फोटो सहित]

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ ।  बैठकको अध्यक्षता गरेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त गर्दै बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची हुनुपर्ने बताए ।  व्यापार र लगानीबाटै आर्थिक–सामाजिक रुपान्तरण हुने यथार्थ औँल्याउँदै त्यसनिम्ति रेल, सडक, हवाईमार्ग र ‘अप्टिकल फाइबर’का माध्यमबाट सम्पर्क..

    मर्यादाक्रमको पर्खाइमा प्रदेशसभाका सदस्य, रोकियो कामकारवाही, यस्तो छ पारिश्रमिक र सुविधा

    बुधबार, भाद्र १३, २०७५ साल
    धनगढी, १३ भदौ  प्रदेश नं ७ प्रदेशसभाका सदस्यहरु सरकारले तोक्ने मर्यादाक्रमको नयाँ व्यवस्थाको पर्खाइमा छन् । यो पर्खाइकै कारण प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बैठकमा टेबुल भएर पनि थप कारवाही अगाडि बढ्न नसकेर लामो समयदेखि सम्बन्धित समितिमा अड्किएर रहेको छ ।  नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रमका विषयमा प्रदेशसभाका सदस्यले असन्तुष्टि जनाएपछि प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको..

    बिम्स्टेक मन्त्रीस्तरीय बैठक आज बस्दै, भुटानका विशिष्ट पाहुना काठमाडौंमा

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक बुधबार बिहान बस्दैछ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र-बाह्य मामिला-विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन्..

    ​सामान्य बन्दै भीमदत्तनगर, खुकुलो बनाईदै कर्फ्यु, वातावरण शान्तिपूर्ण बनाउन सबैतिरबाट पहल

    बुधबार, भाद्र १३, २०७५ साल
    भीमदत्तनगर, १३ भदौ :  १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ ।  भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै एक सातादेखि भीमदत्तनगर र आसपासको क्षेत्रमा स्थानीयबासीले आन्दोलनलाई सशक्त बनाएका थिए । सोही क्रममा भीमदत्तनगरमा गत बिहीबार र शुक्रबार दोहोरो झडप हुँदा स्थिति अशान्त बनेको थियो..

    नेपालका प्रधानमन्त्री ओली र भारतका मोदीले शुक्रवार पशुपति मैत्री धर्मशालाको 'संयुक्तरुपमा' उद्घाटन गर्ने

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ   नेपाल–भारत पशुपति मैत्री धर्मशालाको निर्माण कार्य सम्पन्न भएको छ ।  विसं २०५८ मा शिलान्यास भएको उक्त धर्मशालाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्रदामोदरदास मोदीले यही भदौ १५ गते शुक्रबार संयुक्तरुपमा गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  तीनतारे होटलको सुविधा हुने भनिएको उक्त धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको कोषका..

    प्रतिनिधिसभा बैठकमा मौलिक हक कार्यान्वयन लगायतका विभिन्न ६ विधेयक पेश

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ   प्रतिनिधिसभाको मंगलबारको बैठकमा मौलिक हक कार्यान्वयन गर्र्नेलगायतका विभिन्न छवटा विधेयक पेश गरिएको छ ।  बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ पेश गरेका हुन् ।  त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) (पहिलो संशोधन)..

    भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा छन् : प्रधानमन्त्री ओली

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगका सहमति र सम्झौता कार्यान्वयनका चरणमा रहेको जानकारी गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले दुवै मुलुकबीच गठन भएको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनअनुसार दुवै मुलुकबीच भएका सन्धिसम्झौता पुनरावलोकन हुने चरणमा रहेको बताए ।  सरकारको पहलमा रसुवागडी–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको र वीरगञ्ज–काठमाडौँ रेल्वेको काम अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले यातायात पारवहनको कामसमेत अघि बढेको..

    संसदमा प्रधानमन्त्री ओली र गगनबीच दोहोरी : 'हैन ! क्याल्कुलेटर नै बोक्नुभा'छ कि के हो ?'

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौं, १२ भदौ प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सांसद गगन थापाबीच जुहारी नै चलेको छ । आजभोलि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सांसद गगन थापाबीच रोचक सवालजवाफ चल्ने गरेको छ । गगनको तर्कपूर्ण एवं चोटिलो सवाल र प्रधानमन्त्री ओलीको ठट्यौली एवं व्यंग्यात्मक जवाफले सांसदहरूलाई समेत भरपूर मनोरञ्जन दिन्छन् । आज पनि यस्तै सवालजवाफ चल्यो ।  आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संविधान..

    स्थानीय तहमा अब कर्मचारीको अभाव हुन नदिने प्रशासनमन्त्री लालबाबु पण्डितको प्रतिबद्दता

    मंगलवार, भाद्र १२, २०७५ साल
    भक्तपुर, १२ भदौ  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताएका छन् । उनले भने, “लोकसेवा आयोगले धमाधम नयाँ जनशक्ति निकाल्दै छ, आयोगले विज्ञापन रोक्दैन, आवश्यकताअनुसार खोलिरहन्छ, ती कर्मचारी स्थानीय तहमा पठाइन्छ, कर्मचारी अभाव हुँदैन ।”  भक्तपुरबाट प्रकाशित हुँदै आएको डोलेश्वर दैनिकको प्रथम वार्षिकोत्सव एवं इ डोलेश्वर डट कम अनलाइन संस्करणको मंगलबार आयोजित शुभारम्भ कार्यक्रममा मन्त्री..

    निर्मला हत्या प्रकरण : भावुक हुँदै संसदमा प्रधानमन्त्रीले खाए यस्तो ‘कसम’

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराधीलाई होलोखुकुलो गर्न नसक्ने प्रतिबद्धता जनाएका छन् । ‘चाहे कञ्चनपुरको घटना होस् या अन्यत्रको, यस्ता अमानवीय अपराधका क्रियाकलापमा हामी कहिल्यै उदार हुन सक्दैनौं, कहिल्यै होलोखुकुलो गर्न सक्दैनौं,’ प्रधानमन्त्रीले भने, ‘पूरा सामर्थ्य लगाएर छानबिन हुन्छ, दोषीलाई कडाभन्दा कडा कारवाही..

    संसदमै देउवालाई प्रधानमन्त्री ओलीको यस्तो जवाफ : के यी काम होइनन् ?

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौं, १२ भदौ   आइतबार देउवाले सदनमा सम्बोधन गर्दै ओलीको जवाफ मागेका थिए । देउवाले उठाएका विषय लगायत संसद बाहिर हुने गरेका आलोचनाका विषयमा आलीले जवाफ दिएका छन् । ‘अहिले बाहिरतिर सरकार के मा अल्झियो भनेर टिप्पणी हुने गरेको छ,’ ओलीले भने, ‘संघीयता कार्यान्वयनका काममा यति धेरै काम भएका छन्, के यी काम होइनन् र ?’ ओलीले मन्त्रालयको पुर्नसंरचना, स्थानीय तह, प्रदेश..

    बालबालिकामन्त्री थममाया थापाद्वारा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ राष्ट्रियसभाको मंगलबारको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गरेका हुन् ।  बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको थियो ।  मन्त्री ढकालले संविधान, सर्वोच्च अदालतको नजिर र..

    साहित्यमा नेपालको सुन्दरताको मात्रै होईन अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह : प्रम

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गरेका छन् ।  नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको मंगलबार उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उनले आफूहरु अब समाजलाई सुन्दर बनाउने पक्षमा र कोही नेपाली..

    बिम्स्टेक वरिष्ठ पदाधिकारीको बैठक शुरु : घोषणापत्र र अध्ययन प्रतिवेदनमा केन्द्रित [फोटो सहित]

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका वरिष्ठ पदाधिकारीको १९ औँ बैठक राजधानीमा शुरु भएको छ ।  सदस्य देशका परराष्ट्र-बाह्य मामिला-विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि, आतङ्कवादको प्रतिरोध र अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिए ।  नेपाल बिम्स्टेकको..

    पूर्व लडाकु बिष्ट प्रकरण : प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाबीच असमझदारी

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौं, १२ भदौ  पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसंग २४ घण्टे स्पष्टिकरण सोध्नु भएको छ । उनले गृह मन्त्री रामबहादुर थापालाई पूर्व लडाकु विष्टलाई विमानस्थलबाट फर्काउनुको कारण सहित २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिएका छन् । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गत असार २३ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद..

    विप्लव माओवादीले आतंक फैलाएर रकम संकलन गर्न थालेपछि सरकारको कारबाहि तिब्र

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौं, १२ भदौ नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको माओवादीले आफ्ना सैन्य गतिविधि बढाउन चन्दा संकलन थालेपछि सरकारले कारबाही तिब्र पारेको छ । चन्दले विभिन्न ठाउँमा आतंक फैलाउदै मान्छेहरुदलाई डराएर चन्दा संकलन गर्न थालेको सुचना पाएपछि कार्वाहि तिब्र पारेको हो । विप्लवले देश भन्दा बाहिर पनि सेल्टर बनाएर दुवैतिर बस्न थालेको थाहा पाएपछि सरकार गम्भीर बनेको हो । सरकारले सैन्य फाँटका उपल्ला नेता र १०..

    प्रदेश नं ३ को ट्राफिक कार्यालय भरतपुरमा, १ सातापछि कार्यालय सञ्चालनमा आउने जानकारी

    मंगलवार, भाद्र १२, २०७५ साल
    चितवन, १२ भदौ  प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ ।  भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिए । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं..

    बिम्स्टेक सम्मेलन : विशिष्ट पाहुना नेपाल आउन थाले, पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौं, भदौ १२ ।  नेपालको राजधानी काठमाडौमा यही भदौ १४ र १५ गते हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि विशिष्ट पाहुनाहरु नेपाल आउनेक्रम सुरु भएको छ । सम्मेलनमा आउने अति विशिष्ट पाहुनाहरुको सुरक्षालाई मध्यनजर गर्दै नेपालका चारवटै सुरक्षाअङ्गबाट बिम्स्टेकका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको बताइएको छ । जसमा करिब १७ हजार भन्दा बढी सुरक्षाकर्मीहरु रहेको यसअघि नै जानकारी गराइएको थियो ।    अन्तर्राष्ट्रिय..

    अध्यक्ष प्रचण्ड भन्छन् - पार्टी एकता तपाईं हामीभित्र जमेको फोहोरलाई सफा गर्ने स्वीमिङ पुल हो

    सोमबार, भाद्र ११, २०७५ साल
    काठमाडौँ, ११ भदौ  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई आफूहरुभित्र जमेको फोहोर सफा गर्ने ठूलो स्वीमिङ पुलका रुपमा बुझ्न आह्वान गरेका छन् । काठमाडौं-सर्लाही सम्पर्क मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको जनप्रतिनिधिलाई बधाई एवं शुभकामना कार्यक्रममा प्रचण्डले पार्टी नेता तथा कार्यकर्ताले आफूभित्र रहेको नकरात्मक भावलाई हटाएर अगाडि बढ्ने अवसरका रुपमा पार्टी एकतालाई लिन निर्देशन समेत दिएका छन् । ‘पार्टी एकता तपाईं हामीभित्र..

    बिम्स्टेकका लागि चिटिक्क राजधानी, सुरक्षाको पूर्ण तयारी, तीनकुनेमा झाँकी झल्कने

    सोमबार, भाद्र ११, २०७५ साल
    काठमाडौँ, ११ भदौ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् ।  पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक द्वार बनाइएको छ ।  जहाँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर राखिएको छ । दोस्रो द्वारमा बौद्धनाथ स्तूपको कलात्मक गजुर सहितको बिम्स्टेक राष्ट्रका झण्डाले सजाइएको छ..

    नेपाली प्रेस जगतले देश र जनताको पक्षमा समाचार नलेखेको लालबाबु पण्डितको आरोप

    सोमबार, भाद्र ११, २०७५ साल
    काठमाडौं, ११ भदौ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाली प्रेस जगतले देश र जनताको पक्षमा समाचार नलेखेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालीपन साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘राज्यको चौथो अंग अहिले नेपाली जनताको पक्षमा देखिएको छैन । बरु, लगानीकर्ताको ईच्छा अनुसार समाचार बन्ने गरेका छन् । देश र..

    बिमस्टेक : वरिष्ठ अधिकारीको बैठक भोली, भीभीआईपीका श्रीमतीलाई समेत बुलेटप्रुफ गाडी !

    सोमबार, भाद्र ११, २०७५ साल
    काठमाडौँ, ११ भदौ  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक मंगलबार बस्दैछ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका परराष्ट्र÷विदेश मन्त्रालयका सचिव आज साँझसम्म नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । वरिष्ठ अधिकारीहरुको यो १९ औँ बैठक हो । उनीहरुको स्वागतमा मन्त्रालयका सचिव शङ्करदास बैरागीले..

    संविधानको मौलिक हक : महत्वपूर्ण दर्ता विधेयक छलफलको क्रममा

    सोमबार, भाद्र ११, २०७५ साल
    काठमाडौँ, ११ भदौ   नेपालको संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धितसहित १८ महत्वपूर्ण विधेयक विभिन्न संसदीय समितिमा अहिले छलफलको क्रममा रहेको छ ।  सङ्घीय संसद्को विधेयक शाखाका अनुसार भूमि सम्बन्धी ऐन २०२१ लाई सशोधन गर्न बनेको विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित समितिले सदस्यलाई अध्ययनको लागि वितरण गरेको छ ।  वैयक्तिक गोपननीयता सम्बन्धमा..

    सडक निर्माणमा कांग्रेस सक्रिय, स्थानीय तहमा कर बारे जनप्रतिनिधिलाई प्रशिक्षण दि‌ंदै

    सोमबार, भाद्र ११, २०७५ साल
    दोलखा, ११ भदौ  यहाँको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली कांग्रेस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ ।  कांग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३० मिटर सडक आइतबारबाट गाडी गुड्न सक्ने गरी निर्माण गरेको काँगे्रस वडा नं ४ का सभापति दुर्गाप्रसाद चौलागाईले बताए ।  दैनिक सयौँको सङ्ख्यामा सदरमुकाम चरिकोटमा तरकारी, चामल, दूध, दही बिक्री..
    Weather Forecast