मंगलवार, असोज ७, २०७६

    राज्य-समाज

    मानवीय कारणले हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउन गृहमन्त्री थापाको आग्रह

    सोमबार, कार्तिक २६, २०७५ साल
    म्याग्दी, २६ कात्तिक  गृहमन्त्री रामबहादुर थापाले मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने बताएका छन् ।  बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापाले मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने उल्लेख गरे ।  उनले जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले हुने विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद्..

    प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी नियुक्त

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, २६ कात्तिक  प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् ।  भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनिहरु नियुक्त भएको जानकारी दिए ।  मन्त्रिपरिषद्को बैठकले छिमेकी भारतलगायत केही मुलुकका लागि राजदूतको नाम सिफारिश गरेको बताइए पनि सरकारले..

    परिवारको हातमुख जोड्न सारङ्गी रेट्दै गन्धर्व दाइ भन्छन् - “जनताको के वास्ता चुनाव जितेसी”

    सोमबार, कार्तिक २६, २०७५ साल
    गलेश्वर, २६ कात्तिक ।    “नेताजीको भरपर्दो बात छैन  यिनको पनि गतिलो छाँट छैन ।  पर्छ रात अवश्य दिन बितेसी  जनताको के वास्ता चुनाव जितेसी ।”  गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँटमा धेरैले मन लगाएर सुने ।  २०४५ सालमा १६ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका दुई छोरी, एक..

    अब ३ देशमा नेपालका नयाँ राजदूत, भारतका लागि नीलाम्बर आचार्य, मलेसिया र युएईका लागि पाण्डे र ढकाल !

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, कार्तिक २६ । सरकारले लामो समयको रिक्ततापछि राजदूत नियुक्तिको प्रक्रिया सुरु गरेको छ । हालै मात्र सरकारले छिमेकी मुलुक भारतसहित बैदेशिक रोजगारमा जाने नेपालीहरुको प्रमुख गन्तव्य मलेसिया र युएईमा पनि राजदूत नियुक्त गर्ने भएको हो । यद्यपी मन्त्रिपरिषदको आइतबारको बैठकले राजदूत सिफारिस गरिएको भए पनि औपचारिक निर्णय भने सुनाउन बाँकी नै छ । सरकारले भारतका लागि नेपाली राजदूतमा पूर्वमन्त्री समेत रहिसकेका निलाम्बर..

    लामो समय पछि बसेको मन्त्रिपरिषद् बैठक : निर्णयहरु नयाँ प्रबन्धबाट सार्वजनिक हुने

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, २६ कात्तिक : मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताए । उनले भने, “लामो समयपछि आज मन्त्रिपरिषद्को बैठक बसेको छ । तपाईंहरुले समयक्रममा..

    ५ किशोरीलाई भारत लैजान खोज्ने दुई नियन्त्रणमा, राम्रो काम मिलाइदिने भन्दै फकाएको खुलाशा

    सोमबार, कार्तिक २६, २०७५ साल
    बेत्रावती, २६ कात्तिक : नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।  नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । घटनामा संलग्न धेरै व्यक्ति भएकाले तिनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका १३..

    लुम्बिनीेलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ : चिनियाँ राजदूत

    आईतवार, कार्तिक २५, २०७५ साल
    बुटवल, २५ कात्तिक  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालका लागि चिनियाँ राजदूत यु होङसँग आईतबार बुटवलस्थित मुख्यमन्त्री कार्यालयमा भेटी आफ्नो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनका विषयमा चिनियाँ अनुभव आफ्नो सरकारका लागि काम लाग्ने बताएका छन् । उनले चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी छिट्टै आउने विश्वास पनि व्यक्त गरे ।  राजदूत होङले नेपालमा कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र..

    काभे्रपलाञ्चोकको भुम्लु गाउँपालिकाका १ हजार परिवार जमीनबारे विवादपछि लालपूर्जाविहीन

    आईतवार, कार्तिक २५, २०७५ साल
    काभे्रपलाञ्चोक, २५ कात्तिक  काभे्रपलाञ्चोकको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करीब एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा रहेको खेतीयोग्य जमीनबारे विवादपछि भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपूर्जाविहीन बन्न पुगेका थिए ।  गाउँपालिकाको ७ नं वडाका ३६५ र ८ नं वडाका ५८९ पीडित परिवारसँग ४३ वर्षदेखि आफ्नो जमीनको..

    राप्रपालाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौँ, २५ कात्तिक  राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ ।  पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार दलको साङ्गठनिक गतिविधिप्रति असन्तुष्ट भई उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्यलगायत १८ नेताले गरेको भेलाले दलभित्र निरङ्कुशता बढ्दै गएको निष्कर्षसहितअध्यक्ष थापाको राजीनामा मागेको हो । पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको अन्त्य गर्न नेतृत्व संवेदनशील नभएको अध्यक्ष थापामाथि..

    नेकपाकै मोडलमा एकीकरण ! लोहनी नआए भोलि नै राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकता

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौं, २५ कात्तिक  झण्डै दुई वर्षअघि छिन्नभिन्न भएका तीनवटा राप्रपा फेरि एकीकरणको अन्तिम तयारीमा जुटेका छन् ।  नेताहरुका अनुसार डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी पनि सहमतिमा आए केही दिन समय लिनसक्छ । नभए कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्शेर राणाको राप्रपा प्रजातान्त्रिकबीच भोलि नै एकता घोषणा हुनसक्छ । तीनै पार्टीका नेताहरुका अनुसार पार्टी एकता घोषणाको अन्तिम तयारी भइरहेको छ । उनीहरुका..

    दार्चुलामा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प, घरभित्र रहेकाहरु हतार–हतारमा बाहिर

    आईतवार, कार्तिक २५, २०७५ साल
    दार्चुला, २५ कार्तिक सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबार  ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यसको ७ मिनेटपछि पराकम्पन भएको हो ।  भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट १६ किलोमिटर टाढा भारतको खेला केन्द्र बिन्दु बनाएर भूकम्प गएको जनाएको छ । पराकम्पनको केन्द्रबिन्दु मापन गरिरहेको मापन केन्द्रले जनाए। भूकम्पबाट क्षति भएको बारे अहिलेसम्म कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। भूकम्पको धक्कासँगै..

    प्रदेश नं ३ को ठूलै सकसः नाम र राजधानी तोक्ने जिम्मा ओली-प्रचण्डलाई !

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौं, २५ कात्तिक ।  प्रदेश ३ को राजधानी र नाम टुंगो लगाएर मात्र प्रदेशसभा बैठक बोलाउने तयारी सरकारको छ । स्रोत साधन र प्रतिनिधित्वको हिसावले सबैभन्दा ठूलो प्रदेशको नाम र राजधानी तोक्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई संकट परेको छ । सत्तारुढ नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा राजधानीका लागि सम्भावित पाँच जिल्लाको नाम प्रस्ताव गरिएको छ । प्रदेशको नाम भने प्रस्तुत भएको..

    निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै धर्ना, बाबु भन्छन् - न्याय दिन्न भन्नुपर्यो कि दिनुपर्यो

    आईतवार, कार्तिक २५, २०७५ साल
    कञ्चनपुर २५ कात्तिक ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ  गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ । राज्यले साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै पन्तका बाबु यज्ञराजले आईतबारबाट स्थानीय प्रशासनमा २४ सै घण्टा धर्ना दिने भएका छन् ।  ‘आज दिउँसो ११ बजे स्थानीय मदनचोकमा भेला भएर सयौँको सख्यामा र्यालीसहित प्रशासन कार्यालय पुगेर धर्ना..

    धादिङमा ग्यास बुलेट पल्टेर आगलागी, २ जनाको मृत्यु, सनाखत हुन बाँकी

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौं, २५ कात्तिक धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा ग्यास बुलेट पल्टेर आगलागी भएको छ ।  बेनीघाटस्थित विशालटार मोडबाट ग्यास बुलेट त्रिशूली नदी किनारमा खस्दा २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । सडकबाट करीब ५० मिटर तल खसेको सो ग्यास बुलेटमा आगलागी भईरहेको पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ । उद्धार तथा आगलागी नियन्त्रणका लागि निलकण्ठ नगरपालिकाको..

    राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दको १३४औँ जन्मजयन्ती, प्रधनमन्त्रीको शुभकामना सन्देश !

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौँ, २५ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ ।  फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उहाँले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभएको हो ।  शुभकामना सन्देशमा भनिएको छ, “फाल्गुनन्दले विसं १९८८ वैशाख २४..

    लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्ती, शालिकमा माल्यार्पण, विविध कार्यक्रमको आयोजना

    शनिबार, कार्तिक २४, २०७५ साल
    काठमाडौँ, २४ कात्तिक : विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गरिँदै उनको शालिकमा माल्यार्पण गरियो ।  स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताए..

    स्वास्थ्यलार्इ ख्याल गर्दै प्रधानमन्त्री ओलीले बालुवाटारमै लगाए भाइटीका (फाेटाे फिचर)

    शुक्रबार, कार्तिक २३, २०७५ साल
    काठमाडौं, २३ कात्तिक  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुई बहिनीबाट भाइटीका लगाएका छन् । शुक्रबार बिहान भाइटीकाकाे शुभसाइतमा २ बहिनीकाे हातबाट टीका लगाएका हुन् । अाेलीलाई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लगाइदिएका छन् । प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टामा बस्दै अाएका छन् । उनीहरु दुवै टीका लगाइदिन  काठमाडौं ..

    काङ्ग्रेसभित्रको झगडाका कारण गएको चुनावमा हार व्यहोर्नुपर्र्यो : सभापति देउवा

    शुक्रबार, कार्तिक २३, २०७५ साल
    भक्तपुर, २३ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन् ।  दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा  नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले भने, “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुप¥यो, आन्तरिक झगडा नभएको..

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइटीका लगाउन २ बहिनीहरु काठमाडौंमा

    शुक्रबार, कार्तिक २३, २०७५ साल
    काठमाडौ, २२ कार्तिक  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइटीका लगाउन दुई बहिनीहरु काठमाडौं आएका छन् । टीकाको शुभसाइतमा प्रधानमन्त्री ओलीले विष्णुमाया ढकाल र कमलादेवी कोइरालाको हातबाट सप्तरंगी टीका थाप्नेछन् । अस्वस्थ भएपछि पाँच दिन अस्पतालमा भर्ना भएर उपचार गरेका ओली प्रधानमन्त्री निवास बालुवाटरमा नै आराम गरिरहेका छन्। ओलीकी जेठी बहिनी विष्णुमाया चितवनबाट आएकी हुन्। माहिली बहिनी कमलादेवी कोइराला भने झापाको काकरभिट्टाबाट दाजु तथा प्रधानमन्त्री..

    अमेरिकी संसद्मा निर्वाचित एचबी ह्यारी भण्डारी : नेपालीको शान, नेपाली मुलका व्यक्तिमध्ये अमेरिकाको उच्च तहमा !

    बिहिवार, कार्तिक २२, २०७५ साल
    वासिङ्टन, २२ कात्तिक : अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपालीमुलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित हुनुभएको छ ।  बाल्टिमोर काउन्ट्रीको मेरिल्याण्ड डिष्ट्रिक आठबाट विधायकसभा ९स्टेट डेलिगेटस०मा उहाँले जीत हासिल गर्नुभएको हो । अमेरिकाको राजनीतिक तहमा रहेका नेपालीमुलका व्यक्तिमध्ये भण्डारी नै सबैभन्दा उच्च तहमा पुग्नुभएको छ ।  अहिले केन्द्रीय प्रतिनिधि सभाको ४३५ सिट, केन्द्रीय सीनेटको एक सयमध्ये ३३ सिट, ३६ गभर्नर तथा राज्य सिनेट..

    नेपाल संवत् का प्रवर्तक शङ्खधर शाख्वाः न्याय र समानताका अभियान्ता : प्रधानमन्त्री ओली

    बिहिवार, कार्तिक २२, २०७५ साल
    काठमाडौँ,२२ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक,राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताउनुभएको छ ।  नेपाल संवत् ११३९को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले उक्त कुरा बताउनुभएको हो ।  प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल..

    नेपाल आयल निगम : सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौँ, २१ कात्तिक  नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ ।  निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई बुधबार ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए । निगमले मङ्गलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई..

    इटहरी उपमहानगरपालिकास्थित एक व्यापारिक भवनमा भीषण आगलागी

    बुधबार, कार्तिक २१, २०७५ साल
    इटहरी, २१ कात्तिक   लक्ष्मी पूजाको दिन बुधबार दिउँसो इटहरी उपमहानगरपालिकास्थित एक व्यापारिक भवनमा भीषण आगलागी भएको छ ।  इटहरी उपमहानगरपालिका-६ स्थित धरानलाइनमा रहेको एक व्यापारिक भवनमा आगलागी भएको हो । दोस्रो तल्लाबाट सुरु भएको आगलागीको कारण खुलेको छैन । सुरक्षाकर्मी र स्थानीयबासी आगो नियन्त्रणमा जुटिरहेका छन् ।  बुधबर दिउँसो सवा १ बजेदेखि लागेको आगो बिराटनगर, इटहरी, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाउने प्रयास गरिहेका..

    साहित्यलाई गौरव गर्ने अवस्थामा पुर्याएका देवकोटाको ११०औँ जन्मजयन्ती

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौँ, २२ कातिक  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती बुधबार यहाँ मनाइयो । नेपाल सांस्कृतिक सङ्घद्वारा आयोजित कार्यक्रममा साहित्यकार रमा शर्माले १० वर्षको कलिलो उमेरदेखि नै साहित्य रचना गरेर छोटो अवधिमा नेपाली साहित्यलाई हालको गौरव गर्ने अवस्थामा पुर्याएका बताए ।  अङ्ग्रेजीको बोलबाला भएको यस युगमा नेपाली भाषाको पुनरुत्थान गर्न देवकोटा जस्ता मान्छे फेरि चाहिएको उनले बताए । शर्माले २०१० मा भानुभक्तको पहिलो शालिक..

    सभापति देउवालाई सुजाताको प्रश्न : हामीसँग सल्लाह लिन किन डराको ?

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौं, २१ कात्तिक  नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गरेकी छिन् ।  रिपोर्टर्स क्लबले आजआयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ कोइरालाले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘सभापति ज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?’ सञ्चारकर्मीहरुको देउसी भैलो टोलीसँग बोल्दै उनले सभापतिले उपसभापति मनोनयन..

    चाडबाडमा उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुद बनाइने, इमान्दारीका साथ काम नगर्ने प्रहरीलाई कारवाही !

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौँ, २१ कात्तिक  : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताउनुभएको छ ।  सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मङ्गलबार नयाँ बसपार्कमा आयोजना गरेको ‘अपराध न्यूनीकरणमा समुदायको सहकार्य’ विषयक कार्यक्रममा उहाँले चाडबाडका समयमा हुने अपराधलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताउनुभएको..

    र्चाल्स् शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक : सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चाल्र्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ ।  न्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले मंगलबार छुट नहुनुको कारण लिखित रुपमा पेश गर्न सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले शोभराजको उमेर ७५ वर्ष पुगिसकेको हुनाले सहुतिलय दिन माग गर्दै सोमबार..

    स्थापितले लगाए मुख्यमन्त्री पौडेललाई गम्भिर आरोप, भन्छन् - राजासँग त डराइन...

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक बर्खास्तीमा परेका प्रदेश ३ का पूर्वाधारमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ रहेको गम्भीर आरोप लगाएका छन् । उनले मंगलबार रिपोर्टस क्लबमा भएको साक्षात्कारमा यस्तो आरोप लगाएका हुन् । तिहारपछि पौडेलविरुद्ध आन्दोलन गर्ने उनको चेतावनी थियो । “डोरमणि पौडेलले प्रदेशको अवधारणपत्र एसिया फाउन्डेसनको लगानीमा बनाए । एसिया फाउन्डेसन सीआईएको संस्था हो । डोरमणिले सीआईएसँग साँठगाँठ गरेको देखियो ।..

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ ।  अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै पछाडि..

    के तपाईं राति १० बजेपछि देउसी भैलो खेल्ने योजनामा हुनुहुन्छ ? होसियार !

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको उनले बताए । प्रशासनको..
    Weather Forecast